राष्ट्रिय सभाबाट तीन विधेयक पारित
काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
यसैगरी, बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।
यसअघि, आजैको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९२५ औं संशोधन० विधेयक, २०७९ बहुमतले पारित गरेको थियो ।
राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ३७औं जन्मदिन मनाउदै,यी हुन उनी बारे जान्नै पर्ने ४ तथ्य
काठमाण्डौं । पर्चुगलका कप्तान तथा म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले आज आफ्नो जन्मदिन मनाउदै छन् । रोनाल्डले आज आफ्नो ३७औं जन्मदिन मनाउदै छन् । सन् १९८५ फेब्रुअरी ५का दिन रोनाल्डो पोर्चुगलको फञ्चल,म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता जोस डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो । उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ । उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८०० भन्दा बढी गोल गरिसकेका छन् । यी हुन उनी क्रिस्टियानो रोनाल्डो बारे ४ तथ्य अमेरिकी राष्ट्रपतिको नामबाट क्रिस्टियानो रोनाल्डोको खास नाम डोस सान्तोस एभिरो हो तर पछि रोनाल्डोको नाम ४० औं अमेरिकी राष्ट्रपति पोटस रोनाल्डो रेगनबाट प्रेरित भएर राखिएको थियो । उक्त निर्णयलाई रोनाल्डोका बुबा जोस डिनिसले प्रशंसा गरेका थिए। मनपर्ने खाना रोनाल्डोलाई पोर्चुगाली डिश खान मनपर्छ जुन नुनिलो प्याज, भुटेको आलुको टुक्रा र अण्डाले छोपिएको हुन्छ। आफ्नो क्यारियरमा ३४ प्रमुख ट्रफीहरूजितेः पोर्चुगल स्टार रोनाल्डोले आफ्नो करियरमा कुल ३४ ट्राफीहरू जितेका छन् जसमध्ये ३२ फुटबल क्लबबाट र दुई पोर्चुगल राष्ट्रिय टोलीबाट जितेका हुन् । सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता सन् २०२१ मा क्रिस्टियानो रोनाल्डोले पूर्व इरानी अलि डेईलाई पछि पार्दै अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ता बनेका छन्। उनको नाममा हालसम्म ११५ गोलको किर्तिमानि छ। पाँच बालोन डीओर र तीन विश्व प्लेयर अफ द इयर अवार्डबाट विभुषित क्रिस्टियानो रोनाल्डोले तीनवटा फिफा वर्ल्ड प्लेयर अफ द इयर अवार्ड (२ उत्कृष्ट फिफा अवार्ड) जितेका छन्। उनि जिनेदिन र ब्राजिलका तर्फबाट संयुक्त अवार्ड सहित सर्वाधिक पटक अवार्ड जित्ने खेलाडि हुन् । उनले पाँचवटा बालोन डी’ओर अवार्ड पनि जितिसकेका छन् ।
स्कूल नखोल्न काठमाडौं जिल्ला प्रशासनको आदेश, सभा-जुलुस र भाेजभतेरमा पनि रोक
काठमाडौं । कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै काठमाडौं जिल्ला प्रशासनले तत्कालका लागि विद्यालय नखोल्न निर्देशन जारी गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने बताएको हो । यसअघि महानगरपालिकाले आवश्यक ठानेमा विद्यालय सञ्चालन गर्ने बताएपनि कोरोनाको त्रास कायमै रहेकोले संक्रमणको विश्लेषण गरेर मात्रै स्कूल खोल्न पाइने भएको हो । पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । यति मात्र होइन, शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने बताएको छ । आज जारी आदेशमा सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि प्रशासनले रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । यस्तै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । यसबाहेक निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यस्तो छ ८ महिनाअघि मात्रै सार्वजनिक इण्डो प्यासिफिक रणनीतिको गोप्य दस्तावेज
काठमाडौं । यतिखेर नेपालमा अमेरिकी सहयोगबाट सञ्चालन हुन सम्झौता भएको एमसिसी परियोजनाबारे बृहत चर्चा भइरहेको छ । नेपाल सरकारले यो योजना इण्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ कि पर्दैन भनेर अमेरिकी सरकारसँग जवाफ समेत माग गरेको छ । अमेरिकाको तत्कालिन ट्रम्प प्रशासनले सन् २०१८ मा इण्डो प्यासिफिक रणनीति ल्याएको थियो । यद्यपी बाइडेन सरकार नआउँदासम्म भने उक्त दस्तावेज गोप्य राखिएको थियो । सन् २०२१ को जनवरीमा मात्रै उक्त दस्तावेज सार्वजनिक भएको थियो । आइपिएस दस्तावेजको रणनीतिक ढाँचा नाम दिइएको उक्त दस्तावेजले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी विदेशी नीति र सहयोग यही रणनीतिक ढाँचालाई सहयोग पुर्याउन हुने स्पष्ट उल्लेख गरेको छ । ट्रम्प प्रशासनको बेला गोप्यरुपमा तयार पारिएको उक्त दस्तावेजले हिन्द–प्रसान्त क्षेत्रमा चीनलाई घेराबन्दी गर्दै अमेरिकी प्रभुत्व बढाउने कुरा उल्लेख गरेको छ । दस्तावेजमा यसका लागि भारत, जापान र अष्ट्रेलियालाई मुख्य साझेदार पार्टनरका रुपमा ब्याख्या गर्दै ती देशहरुलाई उल्लेख्य सहयोग गर्ने उद्देश्य समेत राखेको छ । १० पेष्ठ लामो दस्तावेजमा हिन्द प्रशान्त रणनीतिको मुख्य उद्देश्य नै चीनको प्रभाव कम गर्ने सो का लागि भारतलगायतका देशसँग सैन्य तथा प्राविधिक गठबन्धन बलियो बनाउने उल्लेख छ । भारत लगायतका देशहरुको सहयोगले रणनीतिकरुपमा महत्वपूर्ण हिन्द–प्रशान्त क्षेत्रमा चीनविरुद्ध शक्ति सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने दस्तावेजमा छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले सार्वजनिक गरेको उक्त दस्तावेज पछिल्लो समय व्हाइटको वेभसाइटमा पनि राखिएको छ । युएस स्ट्राटेजिक फ्रेमवर्क नाम दिइएको उक्त दस्तावेजमा दक्षिण तथा दक्षिण पूर्वी एशियामा भारतको भूमिका बढाउन अमेरिकाले सैन्य तथा अन्य क्षेत्रमा सहयोग गर्ने बताइएको छ । यसका लागि भारतलाई सैन्यलगायतका क्षेत्रमा अमेरिकाले सहयोग गर्ने र बंगलादेश, श्रीलंका तथा माल्दिभ्स जस्ता देशहरुसँग समेत रणनीतिक सझदारी कायम गरेर क्षेत्रीय गठबन्धन बनाउनुपर्ने बताइएको छ । दक्षिण तथा दक्षिण पूर्वी एशियालगायतका देशहरुका चीनको आर्थिक तथा राजनीतिक प्रभाव कम गर्न दक्षिण एशियामा भारतलाई निकै बलियो बनाउनुपर्ने र भारतको भूमिका झनै बढाउनुपर्ने दस्तावेजमा उल्लेख छ । चीनविरुद्ध भारत रणनीतिक साझेदार भएकोले उसको क्षमता अभिबृद्धिमा अमेरिकाले सहयोग गर्ने बताइएको छ । यसका साथै परमाणु आपूर्ति समहूमा भारतको सदस्यतालाई सहयोग गर्ने तथा राजनैतिक, सैन्य र जासुसी क्षेत्रमा समेत भारतको क्षमता बढाइने दस्तावेजमा उल्लेख छ । दस्तावेजको अध्ययन गर्दा अमेरिकाले वर्तमान विश्वमा चीनलाई मुख्य शत्रु मानेको र त्यसविरुद्ध भारत बलियो क्षेत्रीय सहयोगी देश बन्ने परिकल्पना गरेको छ । अर्कोतर्फ उत्तर कोरियालाई समेत अमेरिकासामु झुकाउन दबाब दिने रणनीति अख्तियार गर्नुपर्ने दस्तावेजमा छ । यो दस्तावेजले दक्षिण एशियाका देशहरुमा भारतीय हस्तक्षेप या प्रभुत्वलाई अमेरिकाले झनै प्रश्रय दिने देखिन्छ । थप कुराहरु Key highlights of the report: China Assumes China “aims to dissolve U.S. alliances and partnerships in the region. China will exploit vacuums and opportunities created by these diminished bonds.” “China seeks to dominate cutting-edge technologies, including artificial intelligence and bio-genetics, and harness them in the service of authoritarianism. Chinese dominance in these technologies would pose profound challenges to free societies.” “China will take increasingly assertive steps to compel unification with Taiwan.” Act to “counter Chinese predatory economic practices that freeze out foreign competition, undermine U.S. economic competitiveness, and abet the Chinese Communist Party’s aspiration to dominate the 21st century economy.” “Build an international consensus that China’s industrial policies and unfair trading practices are damaging the global trading system.” “Work closely with allies and like-minded countries to prevent Chinese acquisition of military and strategic capabilities.” India Desired outcome: “India’s preferred partner on security issues is the United States. The two cooperate to preserve maritime security and counter Chinese influence in South and Southeast Asia and other regions of mutual concern.” “India remains preeminent in South Asia and takes the leading role in maintaining Indian Ocean security.” “Accelerate India’s rise and capacity to serve as a net provider of security and Major Defense Partner; solidify an enduring strategic partnership with India underpinned by a strong Indian military.” “Strengthen the capacity of emerging partners in South Asia, including the Maldives, Bangladesh, and Sri Lanka, to contribute to a free and open order.” Taiwan “Devise and implement a defense strategy capable of, but not limited to: (1) denying China sustained air and sea dominance inside the “first island chain” in a conflict; (2) defending the first-island-chain nations, including Taiwan; and (3) dominating all domains outside the first island-chain.” “Enable Taiwan to develop an effective asymmetric defense strategy and capabilities that will help ensure its security, freedom from coercion, resilience, and ability to engage China on its own terms.” North Korea Objective: “Convince the Kim regime that the only path to its survival is to relinquish its nuclear weapons.” “Maximize pressure on Pyongyang using economic, diplomatic, military, law enforcement, intelligence, and information tools to cripple North Korea’s weapons of mass destruction programs, choke off currency flows, weaken the regime, and set the conditions for negotiations aimed at reversing its nuclear and missile programs, ultimately achieving the complete, verifiable, and irreversible denuclearization of the Peninsula.” “Do this by: (1) helping South Korea and Japan acquire advanced, conventional military capabilities; (2) drawing south Korea and Japan closer to one another.” Southeast Asia Objective: “Promote and reinforce Southeast Asia and Asean’s central role in the region’s security architecture, and encourage it to speak with one voice on key issues.” “Promote an integrated economic development model in the Indo-Pacific that provides a credible alternative to One Belt One Road; create a task force on how best to use public-private partnerships.” दस्तावेजकाे पूर्ण पाठ यहाँ क्लिक गरेर डाउनलाेड गर्न सकिन्छ । IPS-Final-Declass
आचार्य र शाक्यले एकीकृत समाजवादी रोजे प्रदेशसभामा विश्वासको मत दिने- रामकुमारी झाँक्री
विराटनगर — नेकपा एकिकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पार्टी रोजे उनीहरुलाई नै प्रदेशसभामा विश्वासको मत दिने बताएकी छन् । ‘मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले भदौ २२ गतेसम्ममा एकीकृत समाजवादी नरोजेको अवस्थामा अल्पमतमा पर्ने र त्यसपछि प्रदेशसभामा विश्वास गुमाउने बाटोबाटै प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुन्छ,’ विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानी गर्दै झाँक्रीले भनिन्, ‘तर अहिले नै कुन प्रदेशमा गठबन्धन दलभित्रका कुन पार्टीले प्रदेश सरकारको नेतृत्व गर्ने निर्णय भइसकेको छैन ।’ प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्ने अधिकार भएकोले त्यसपछि नै प्रदेश सरकार गठन र केन्द्र सरकार विस्तारको प्रक्रिया सुरु हुने झाँक्रीले बताइन् । उनले आफूहरुको दल अझै बन्ने क्रममा नै रहेकोले सरकारमा सहभागी हुन अझै निर्णय गरिनसकेको सुनाइन् । झाँक्रीले बजारमा चलेको हल्लाजस्तो गठबन्धन टुट्ने वा भत्किने अवस्था नरहेको बताइन् । ‘प्रतिनिधिसभाको पूरा कार्यकाल सञ्चालन गर्न, अहिलेसम्मका प्राप्त उपलब्धि संस्थागत गर्न, संविधान पूर्णरुपमा कार्यान्वयनका लागि अहिलेको गठबन्धन दलको सरकार गठन भएको छ,’ उनले भनिन्, ‘यो गठबन्धनको सरकार आउँदो निर्वाचन गराउनसम्मका लागि बनेकोले बजारमा चलेको गठबन्धन टुट्ने हल्ला निराधार हो ।’ प्रतिनिधिसभामा कतिपय बिजनेसहरु प्रतिपक्षीसँग पनि सहकार्य गरेर ल्याउनु पर्ने भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसका लागि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कुराकानी गर्दैमा गठबन्धन टुट्ने आशंका गर्नु व्यर्थ रहेको उनको भनाइ थियो । नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने र मुलुकमा कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने झाँक्रीको भनाइ थियो । ‘हिजो हामी सँगै को–को थियौं र को–को गए भन्ने विषयले पार्टी निर्माणमा खासै अर्थ राख्दैन,’ उनले भनिन्, ‘पार्टी निर्माणको आन्दोलनका क्रममा ट्रेनमा को–को चढ्नुभयो र को–को झर्नुभयो भन्ने कुराले महत्त्व राख्दैन ।’ उनले मुलुकमा रहेका बहुसंख्यक युवा शक्ति र आधा जनसंख्या रहेको महिलालाई लक्षित गरेर एकीकृत समाजवादी पार्टी निर्माण भएकोले उनीहरुलाई समेटेर अघि बढ्ने बताइन् । उनले युवा र महिलाको समस्या समाधानलाई केन्द्रमा राखेर एकीकृत समाजवादी अघि बढ्ने भएकोले पार्टीमा आबद्ध हुन आह्वान गरिन् । –कान्तिपुरबाट
प्रिमियर लिगमा ब्रेन्टफोर्डकाे धमाकेदार शुरुवात
इङ्ग्लिस प्रिमियर लिगकाे जारि खेलमा ब्रेन्टफोर्डले सिजनको पहिलो खेलमा आर्सनललाई २–० गोलले पराजित गर्दै धमाकेदार शुरुवात गरेको छ । ७४ वर्षपछि आफ्नो घरेलु मैदानमा देखिएको नवप्रवेशी टोली पाहुना टोलीमाथि हाबी देखिएको थियो । खेलको २२ औँ मिनेटमा नै सर्जी कानोसको गोलको मद्दतले ब्रेन्टफोर्डले अग्रता लिन सफल रह्यो । दोस्रो हाफमा क्रिस्टियन नोरगार्डले अर्को गोल थप्दै ब्रेन्टफोर्डको जीत सुनिश्चित गरे । अलेक्सान्डर लाकाजेट र पिएरे एमेरिक आउबामियाङ बिना मैदानमा उत्रेको आर्सनलका लागि इमाइल स्मिथ र निकोलास पेपेले गोलको प्रयास गरेपनि त्यसलाई गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाऊ गरेका थिए ।
मौद्रिक नीति सार्वजनिक : बैंकबाट रेमिट्यान्स पठाउने र जम्मा गर्नेलाई नयाँ अफर
काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीबाट विप्रेषण भित्र्याउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपाली विदेशमा विप्रेषण बैंकिङ प्रणाली मार्फत भित्र्याउन र वचत गर्न प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत विन्दू थप पाउने ब्याज दिने उल्लेख गरिएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत, ७ प्रतिशत यथावत राखिएको छ । वाणिज्य बैंकबाहेक राष्ट्रिय स्तरका विकास बैंक र वित्तीय संस्थाको चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । कृषि र उर्जा क्षेत्रको विकासका लागि कृषि र ऊर्जासम्बन्धी ऋणपत्रको व्यवस्थालाई निरन्तरता दिइएको छ ।
प्रचण्ड, माधव र विप्लवबीच भेटवार्ता, बृहत समाजवादी केन्द्र निर्माणका लागि छलफल
काठमाडौं । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेको विप्लवले आज प्रचण्डसहित माधव नेपालसँग भेट गरेका छन् । बुधबारको भेटमा नेपालको कम्युनिष्ट आन्दोलनको विगत र भविष्यका बारेमा मोटामोटी चर्चा भएको थियो । विगतका आन्दोलनको रक्षा गर्दै नेपाली समाजलाई अग्रगमनतर्फ लैजान क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच बृहत एकतामा जोड दिँदै आएका प्रचण्डसँग विप्लवसले आफूहरुको कार्यनीतिक बाटोको बारेमा छलफल गरेका थिए । बुधबारको छलफललाई निरन्तरता दिँदै आज बिहान प्रचण्ड र विप्लव माधव नेपाल निवास पुगेका हुन । आजको भेटमा वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट आन्दोलनको भविष्यका बारेमा छलफल भएको श्रोतले बतायो । आजको भेटका बारेमा बिस्तृत विषय सार्वजनिक नभएपनि नेपाली विशेषताका आधारमा समाजवादी क्रान्तिको रणनीति निर्माण गर्ने विषयमा तीनैजनाबीच भेटघाट भएको श्रोतले बतायो । कार्यदिशाका हकमा भिन्नता भएपनि समाजवादमा जानुपर्ने सवालमा समानता भएकोले बृहत समाजवादी केन्द्र निर्माण गर्नुमा उनीहरु सबैको जोड रहेको बताइन्छ । भेटघाट र छलफललाई तीब्रता दिँदै आगामी दिनमा संयुक्त मोर्चा निर्माणको सम्भावनाबारे थप प्रयास गर्ने छलफल उनीहरुबचि भएको छ ।
गोकर्ण विष्ट पनि खनिए ओलीमाथि, एकतर्फी निर्णयले पार्टी एकता कमजोर भएको टिप्पणी
नेकपा एमालेका सचिव गोकर्ण बिष्टले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रूपमा बैठक राखेका कारण पार्टी एकतामा समस्या आएको बताएका छन्। सेतोपाटीले सार्रवजनिक गरेकाे भिडिओ कुराकानीमा एमाले सचिव बिष्टले धेरै एजेन्डामा सहमति भएको भए पनि आफ्नै ढंगले बैठक राखेका कारण एकता कमजोर अवस्थामा पुगेको बताए। आफूहरूले प्रयत्न जारी राखिरहेकाले अझै पनि आशा गर्ने ठाउँ रहेको उनको भनाइ छ। ‘हामीले लगभग अन्तिम अवस्थामा पुर्याएका थियौं। केही शब्दमा परिमार्जन गरेर सहमति गर्ने विषयबाहेक धेरै एजेन्डामा लगभग अन्तिम अवस्थामा पुगेको थियो। तर एकाएक कमजोर अवस्थामा पुगेको छ,’ उनले भने, ‘एकपक्षीय बैठक बसेर एक ढंगका निर्णय जसरी सार्वजनिक भएका छन् त्यसले एकतामाथि शंका उत्पन्न गरेको छ। कतै एकताका लागि भएको यो संवाद इमान्दारपूर्ण प्रयत्नको रूपमा नभएको त होइन भन्ने आशंका विभिन्न ठाउँबाट देखा परेको छ। प्रयत्न जारी छ, छलफल जारी छ, म अहिले पनि आशावादी छु।’
विद्यार्थी संगठनहरुले जलाए प्रधानमन्त्रीको पुत्ला
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत बिभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रतिगमन भाग २ विरुद्ध आन्दोलन अभियानमा जोडिएका अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, माधव नेपाल समूहको अनेरास्ववियू, जसपा निकट विद्यार्थी संगठन र अखिल छैठौंले संयुक्तरुपमा पुत्ला दहनमार्फत बिरोध प्रदर्शन गरेका हुन । राजधानीको रत्नराज्य क्याम्पस अगाडि भएको पुत्ला दहन कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामांगलगायतको उपस्थिति रहेको थियो ।
प्रम ओलीको भ्याकेट निवेदन भट्टराई र फुयालको संयुक्त इजलासमा सुनवाई हुँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा दिएको निवेदनको सुनवाई न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा भइरहेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै ओलीले भ्याकेट निवेदन दिएका थिए । सर्वोच्च अदालतले एमालेले कर्णालीका चार जना सांसदलाई कार्वाही गरेको निर्णय बदर गरेको थियो । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेकोमा गरिएको कार्वाहीविरुद्ध परेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो । उक्त आदेशविरुद्ध केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको जिकीर गर्दै ओलीले भ्याकेट निवेदन दिएका हुन ।
पाल्पामा जबर्जस्ती करणी आरोपमा बावु पक्राउ
पाल्पा । पाल्पामा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । बगनासकाली गाउँपालिकाका ३१ वर्षीय पुरुषले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ८ वर्षकी छोरीलाई जबर्जस्ती गरेको उजुरीका आधारमा बिहीबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जबर्जस्ती करणीको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
धनगढीमा तीन दिन स्वाब सङ्कलन नहुने
धनगढी । नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए । तीन दिनपछि पुनः सेवा सञ्चालन हुनेछ । सेती प्रादेशिक अस्पतालमा भने स्वाब सङ्कलन जारी रहने जनाइएको छ । लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको कोरोना परीक्षणका लागि उपमहानगरपालिकाले निःशुल्क स्वाब सङ्कलन गरिरहेको र त्यसको परीक्षण सेती प्रादेशिक अस्पतालले गर्दै आइरहेको छ । सङ्कलन गरिएका सबै नमूनाको परीक्षण गरिएपछि उपमहानगरपालिकाले पुनः निःशुल्क स्वाब सङ्कलन कार्य सञ्चालन गर्नेे जनाइएको छ । जिल्लामा कोरोना सङक्रमणदर बढेसँगै स्वाब दिनेको सङ्ख्या अत्यधिक बढेको छ ।
नेपाल समूहको एकमात्र विकल्प– आत्मसमर्पण या विद्रोह
काठमाडौं । वैशाख १० गते शुक्रबारका दिन बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले स्थायी कमिटीलगायत अन्य कैयन जिम्मेवारीको टुंगो लगाएको छ । अचम्म त के छ भने बैठकले गठन गरेको स्थायी कमिटि र अन्य जिम्मेवारीमा माधव नेपाल समूहका एकजना पनि परेका छैनन् । ओली पक्षले यसअघि नै माधव नेपाल समूहका २७ जना सांसदलाई स्पष्टिकरण सोधिसकेको छ । त्यसअघि नै नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावललगायतलाई कार्वाही गरिसकेको छ । शुक्रबारको निर्णय हेर्दा माधव नेपाल समूहका अगाडि अब पार्टीभित्र लड्ने अवस्था बाँकी रहेको देखिँदैन । त्यसो त माधव नेपाल समूहले माओवादी केन्द्रसँग पार्टी एकता पूर्वको अवस्थामा फर्केमा मात्रै एकता हुने कुरा दोहोर्याएका छन् । फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ । तर शुक्रबारको बैठक अघि दुईपटकसम्म नेता नेपालसँग भेटवार्ता भएपनि ओलीले भने माधव नेपाल पक्षलाई पेलेरै निर्णय गरेका छन् । यसले स्पष्ट सन्देश दिएको छ–ओलीले पछाडि फर्केर सहमति गर्न खोजेका छैनन् । समर्पण गरेर आएमा, अहिलेसम्म भएगरेका निर्णयलाई मानेको खण्डमा मात्रै माधव नेपाल समूह ओली पक्षका लागि स्वीकार्य देखिन्छ । ओली पक्षले पेल्दै जाने र माधव नेपाल पक्षले सहमति र पार्टी एकता भनेर चुप लाग्ने अवस्था अहिले देखिएको छ । अहिलेसम्म ओली पक्ष जे जसरी अघि बढेको छ र शुक्रबारको बैठकले जसरी त्यसलाई अभिव्यक्त गरेको छ । त्यसबाट अब माधव नेपाल समूहका अगाडि कि आत्मसमर्पण कि विद्रोह बाहेक अरु कुनै विकल्प देखिँदैन । किनभने प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्ष छाडेर स्थायी कमिटी गठनसहित नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो। नेता वामदेव गौतम र माओवादी केन्द्रबाट आएका चार नेतालाई समेटेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ। यसमा नेपाल पक्षका एकजना पनि परेका छैनन् । के माधव नेपाल समूहले यो स्वीकार्न सक्छ ? यथार्थ त के हो भने नवौं महाधिवेशनबाट निर्वाचित भएका झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुकुन्द न्यौपाने, अमृतकुमार बोहरा र रघुजी पन्तहरु स्थायी कमिटिमा परेका छैनन् । ओली पक्षले शुक्रबारको बैठकमा बैठकले २ सय ६५ नेताको जिम्मेवारी तोकेको छ । तर यो जिम्मेवारी अन्तर्गत नेपाल पक्षका कति जना परेका छन् त ? सम्भवतः एकजना पनि यो जिम्मेवारी पाउनेमा देखिँदैनन् । नेपालसहित उनी पक्षका झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृत बोहरा, अरुण नेपाल, कमलप्रसाद चौलागार्इं, कल्याणीकुमारी खड्का, केदारप्रसाद न्यौपाने, कृष्णप्रसाद शर्मा खनाल, खगेन्द्र चुडाल, गणेशकुमार पहाडी, गंगालाल तुलाधार, गरिमा शाह, गौरा प्रसार्इं कोइराला, घनेन्द्र बस्नेत, चन्द्र शाही, चूडामणि जंगली, जगन्नाथ खतिवडा, जयन्ती राई, जीवननाथ घिमिरे, जीवनराम श्रेष्ठ, झपट रावल, टंकप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, दिलकुमारी पन्त, डा। देउमान सम्बाहाम्फे, देवशंकर पौडेल, धर्मनाथ प्रसाद साह, धर्मराज निरौला, नरेश खरेल, नागेन्द्रप्रसाद चौधरी, निरज आचार्य, निरादेवी जैरु, पशुपति चौलागाईं, प्रकाश ज्वाला ९निष्कासित०, प्रकाशबहादुर शाह, प्रतापलाल श्रेष्ठ, प्रदीप नेपाल, प्रमेलकुमार खनाल, प्रमेशकुमार हमाल, बलदेव चौधरी, बलराम बासकोटा, बसन्त मानन्धर, बेदुराम भुसाल, भागवत विश्वासी नेपाली, भानुभक्त जोशी, भाष्कर काफ्ले, ममता गिरी, महमद महफुज अन्सारी, महेश रेग्मी, माधवप्रसाद अर्याल, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, यदुवंश झा, यज्ञराज सुनुवार, रचना खड्का, रत्नेश्वर गोइत, रवीन्द्र अधिकारी ९नवलपुर०, रविन कोइराला, राजन राई, राजबहादुर बुढा क्षेत्री, राजेन्द्रप्रसाद राई, राजेन्द्रप्रसाद पाण्डे, रामकुमारी झाँक्री, रामबहादुर ज्ञवाली, रामचन्द्र यादव, रामचन्द्र साह तेली, रामप्रित पासवान, लक्ष्मण पौडेल, डा। विजयकुमार पौडेल, विजय गुरुङ, विक्रमबहादुर शाही, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, शत्रुघन महतो, शारदाप्रसाद सुवेदी, शेरबहादुर केसी, श्रीनाथ बराल, श्रीप्रसाद साह, श्रीमाया थकाली, सरलाकुमारी यादव, सावित्राकुमारी भुसाल, सुधीरप्रसाद साह, सुरेन्द्र मानन्धर, सोमप्रसाद पाण्डे, हरिबहादुर राई, हंशबहादुर शाही ले जिम्मेवारी पाएका छैनन् । ओलीले स्पष्टरुपमा सन्देश दिएका छनः कि गल्ती स्वीकारेर आउ, कि पार्टी छोडेर जाऊ । नवौं महाधिवेशन ओली पक्षका लागि खासै अर्थ राख्ने देखिँदैन । नत्र महाधिवेशनबाट निर्वाचितहरुलाई जिम्मेवारी विहिन बनाइदैन थियो होला । यो स्थितिमा माधव नेपाल समूहले ठोस निर्णय गर्ने आँट गर्न सक्नुपर्छ । अबको विकल्प विद्रोह हो । पार्टीभित्र विद्रोह, नयाँ विचार, नयाँ संगठन र नयाँ कार्यशैलीसहित निरंकुशताविरुद्धको विद्रोह । के माधव नेपाल समूहले यो आँट गर्न सक्ला ?
संसद अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय, अब के होला ?
काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले संसदको जारि हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो । संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला अधिवेशन अन्त्य गर्ने निर्णय भएको हो । सरकारले सिफारिस गरेपछि आजै राष्ट्रपतिबाट संसदको अधिवेशन अन्त्य भएको घोषणा हुनेछ । यसअघि प्रधानमन्त्रीले संसदमा सभामुखले एमसिसीको एजेण्डा प्रवेश गर्न नदिएको भन्दै आलोचना गरेका थिए । आजको बैठकले आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरेको हो । सरकारले भने जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको दावी गरेको छ । संसद पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । सरकारले जेठ १५ मा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने प्रचलन रहेको छ । संसद अधिवेशन अन्त्य भएपछि अविश्वासको प्रस्तावको तयारीमा रहेका दलहरुले के गर्छन् भन्ने प्रश्न समेत उठेको छ । सम्भवतः संसद अधिवेशन अन्त्य भएपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने देखिन्छ । त्यसो भएमा एकमहिनाभित्रै सरकारले विश्वासको मत लिनुपर्ने र त्यसका लागि तत्कालै संसदको बजेट अधिवेशन बोलाउनु पर्ने हुन्छ । यदि यसो नभएमा विशेष अधिवेशनको माग समेत सांसदहरुले गर्न सक्नेछन् ।
वर्षको अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौं । २०७७ सालको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से २३ अंकले बजार बढेर २७१४ अंकमा कायम भएको छ, जुन अंक हालसम्मकै उच्च हो । आज विकास बैंकको सूचक ९५ अंकले बढ्दा वाणिज्य बैंक समूहको सूचक ४२ अंकले बढेको छ । मंगलबार कारोवार रकममा सुधार हुँदै ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १६९९ रुपैयाँ, माउन्टेनको ८३३, ज्योतिको ५१४, सिन्धुको २४६, छ्याङ्दीको २६९ रुपैयाँ कायम भएको छ । ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी नबिल बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वर्षको अन्तिम दिन सेयर बजारले नयाँ रेकर्ड कायम राख्दा लगानीकर्ताहरू उत्साहित भएका छन् । नयाँ वर्षसँगै बजारमा थप उत्साह थपिने अनुमान उनीहरूको छ ।