अमेरिका र दक्षिण कोरियाद्वारा नेता उनको हत्याको षडयन्त्र : उत्तर कोरिया

वैशाख २३ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले आफ्ना नेता किम जोङ-उनको हत्याको षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।

अमेरिकी गुप्तचर संस्था सिआइएले बायोकेमिकल अर्थात जैविक रसायनिक पदार्थको प्रयोग गरी किम जोङ–उनको हत्याको षड्यन्त्र गरिरहेको उत्तर कोरियाको आरोप छ । उत्तर कोरियाली सुरक्षा मन्त्रालयले सिआइए र दक्षिण कोरियाली समर्थन प्राप्त एक संगठन जैविक रसायनिक पदार्थसहित किममाथि आक्रमणका लागि उत्तर कोरिया प्रवेश गरेको बताएको छ । नेता किमलाई कुनै सार्वजनिक समारोहमा निशाना बनाउने खतरा रहेको पनि मन्त्रालयले औँल्याएको छ ।

उत्तर कोरियाको आरोप प्रति सिआइए र दक्षिण कोरियाले कुनै प्रतिक्रिया दिएका छैनन् । उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिका र दक्षिण कोरियासँगको सम्बन्ध बिग्रिरहेका बेला उत्तर कोरियाले पछिल्लो आरोप लगाएको हो ।

दमाकस एयरपोर्ट नजिक भीषण हमला

सिरिया, वैशाख १४ । सिरियाको दमाकस अन्तर्राष्ट्रिय विमानस्थल नजिक भीषण हमला भएको छ । हमला कसले र किन गरेको भन्ने बारेमा भने अझै सम्म स्प्ष्ट भइसकेको छैन । बिबिसीले जनाए अनुसार, एयरपोर्ट नजिक ठूलो विष्फोटको आवाज सुनिएको थियो । विष्फोटले के कति क्षति भएको छ भन्ने कुरा समेत खुल्न सकेको छैन । उक्त एयरपोर्ट सिरियाको राजधानीबाट २५ किलोमिटर दक्षिण पूर्वमा रहेको छ । विष्फोटसँगै गोली चलेको आवाज समेत सुनिएको छ । सिरियामा सन् २०११ देखि गृहयुद्ध चलिरहेको छ । यो युद्दमा तीन लाख बीस हजार बढीले ज्यान गुमाइसकेका छन् ।

कृषिसम्बन्धी मोबाइल एप्स्को प्रभावबारे तथ्याङ्क सङ्कलन

काभ्रे, वैशाख ११ । किसनलाई उपलव्ध गराइएको मोबाइल सहित कृषिसम्बन्धी एप्स्को उपयोगिताबारे तथ्याङ्क सङ्कलन गरिने भएको छ । काभ्रेका किसानमा कृषि र पशुपालनप्रतिको लगाव देखेर तीन वर्षदेखिको प्रयासले सकारात्मक रुप लिन थालेकाले सो तथ्याङ्क लिन लागिएको विश्व बैङ्कका पुनम पिल्लाईले बताउनुभयो । “यहाँको सफलतापछि हामी अन्य क्षेत्रमा पनि मोबाइल फोन उपलब्ध गराउने छौँं,” पिल्लाईले भन्नुभयो, “मोबाइल एप्स्को प्रयोगले काभ्रे जिल्लाको कृषिको विकासमा थप टेवा दिने अपेक्षा राखेका छौं ।” विश्व बैंकले मोवाइल एप्स्मार्फत किसानलाई कृषि सम्बन्धी विभिन्न सहयोग गर्र्दै आएको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा अठ्ठाइकिलो गाईपालन समूहका संयोजक राममणि अधिकारीले मोबाइलमार्फत आवश्यक जानकारी लिन र मौसमको फेरबदलबाट बालीनालीलाई पर्ने असर न्यूनीकरण गर्नेलगायतका जानकारी पाइने बताउनुभयो । यो प्रविधि नयाँ भएकाले यसको प्रयोग गर्न अझै प्रशिक्षणकै क्रममा आफूहरु रहेको उहाँले जानकारी दिनुभयो । संयोजक अधिकारीले उक्त प्रविधिमार्फत र पशु र तरकारीमा लाग्ने किराबाट बच्न कस्ता संयन्त्र अपनाउन सकिन्छ भन्ने जानकारी मोबाइलबाटै पाइने भएकाले सम्बद्ध किसान उत्साहित भएको उल्लेख गर्नुभयो । धेरै समयपछिको प्रयासबाट मोवाइलको एप्स् प्रयोग सम्भव भएको छ भन्दै मोबाइल फोन वितरणका संयोजक जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक श्याम नारायण महतोले प्रभावकारी रुपमा यस एप्स्को प्रयोग गर्न र पाएका जानकारी अरुलाई पनि उपलब्ध गराउन आग्रह गर्नुभयो । जिल्ला पशुसेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा विश्व बैंकले केही समयअघि ४३ वटा समूहमा रहेका विकसानलाई मोबाइल फोन वितरण गरेको थियो ।

दैलेख कारागार कैदीबीच झडप, सात जना घाईते, दुई गम्भिर

दैलेख, बैशाख ९ । जिल्ला कारागार दैलेखमा पानीको निहुँमा विवाद हुँदा कैदीबन्दीबीच शनिवार झडप भएको छ । झडपमा सात जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ । खानेपानीको विषयलाई लिएर कारागारमा रहेका नारायण शाही र उपेन्द्र पुनबीच भएको भनाभनपछि दुई समूहबीच झडप भएको प्रहरी निरीक्षक योगेन्द्र खड्काले जानकारी दिए । घाइतेमध्ये शाही र पुनलाई जिल्ला अस्पताल दैलेखमा उपचारका लागि लगिएको छ । अन्य पाँच जना भने सामान्य घाइते छन् । दैलेख कारागारमा ८० जना पुरुष र २० जना महिला राख्ने क्षमता भए पनि १ सय ५३ जना राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिंदा कारागारमा पटकपटक विवाद र झडप हुने गरेका छन् ।

‘छक्का पञ्जा २’ को लाेकेशन फाइलन, गीत भने अझै फाइलन हुन सकेन

काठमाडौं, वैशाख ८ । सुपरहित नेपाली चलचित्र ‘छक्का पञ्जा’ सिक्वेलका लोकेशन हन्टिङ गरिरहेको निर्माण टोलीले दुईवटा लोकेशन फाइनल गरेको छ । वैशाखको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको ६० प्रतिशत शुटिङ काठमाडौंमा हुनेछ भने बाँकी छायांकन काठमाडौंबाहिर हुनेछ । अहिलेसम्म सिनेमाको लागि काठमाडौं र मकवानपुरको चित्लाङ फाइनल भएको र अन्य लोकेशनहरुका बारेमा छलफल भइरहेको निर्माण पक्षले जानकारी दिएको छ । त्यस्तै सिनेमाको लागि अहिलेसम्म दोस्रो गीत पनि फाइनल भएको छैन । हरिवंश आचार्य र आस्था राउतको आवाज रहेको ‘झ्याम्म, झ्याम्म’ बोलको प्रमोशनल गीत फाइनल भएको र दोस्रो गीतको खोजी जारी रहेको जानकारी छ । दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको यस सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, स्वस्तीमा खड्का, निश्चल बस्नेत, जितु नेपाल, शिवहरी पौड्याल, ज्योत्सना योगी लगायतका कलाकारको अभिनय रहनेछ । अागामी असाेज ११ गतेदेखि याे चलचित्र रिलिज हुनेछ ।

एनसेलले ल्यायो नयाँ डेटा प्याक, दुई गुणा भोल्युमको डे प्याक तथा चार गुणा भोल्युमको नाइट प्याक

काठमाडौं, वैशाख ८ । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिमअन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जसअन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याकहरु यहि वैशाख ७ देखि लागु भएको छ । इन्टरनेट सबैका लागि थिमअन्तर्गत यसअघि ल्याइएको अफर समाप्त भएलगतै ल्याइएको यो योजनाअन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवाको मजा लिन सक्नेछन् । ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकताअनुसार जति पटक पनि खरिद गर्न सक्छन् । अल टाइम डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले रु १० मा २५ एमबि, रु २० मा ६० एमबि, रु १०० मा ३०० एमबि, रु १५० मा ६०० एमबि र मात्र रु २५० मा १२०० एमबि डेटा खरिद गर्न सक्नेछन् । डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोही मूल्यमा अलटाइम डेटा प्याकभन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । अर्थात् डे डेटा प्याकअन्तर्गत ग्राहकले मात्र रु २५० मा २४०० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै नाइट प्याकअन्तर्गत ग्राहकले रु २५० मा ४८०० एमबि डेटाको मजा लिन सक्नेछन् । यसरी डे डेटा प्याकअन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३०० एमबि, ६०० एमबि र १२०० एमबि का प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहने छ । ‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई थप परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । यो अफरले बढी भन्दा बढी ग्राहकमा इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने विश्वास छ,’ एनसेलका कपोर्रेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् । उल्लेखित शुल्कहरु सबै कर सहित हुन् । यो अफर ९० दिनको लागि मान्य हुनेछ ।

के चाँही किनौ होला ?

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजधानीको भृकुटीमण्डपस्थित १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला एवं नवीनतम प्रविधि प्रदर्शनीको उद्घाटनपछि मेलामा राखिएका सामानहरुको अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ, काठमाडौ

आफ्नै प्रेमकथामा अभिनय गर्दै उमेश र कविता

वैशाख १ । निर्देशक मिलन चाम्सले चलचित्र ‘बोबी’ घोषणा गरेका छन् । वास्तविक कथामा आधारित भइ बन्न लागेको यस चलचित्रका बारेमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले जनाएको छ । हालै मात्र दुई चलचित्र ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’को छायांकन सकेका चाम्सले ‘वीर बिक्रम २’को पनि घोषणा गरेका थिए । ‘वीर बिक्रम २’ घोषणाको केहि दिनमा नर्वे लगायतका देशहरु तथा नेपालमा छायांकन हुने चलचित्र ‘बोबी’ घोषणा गरेका हुन् । यो चलचित्रलाई चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईले निर्माण गर्नेछ । यि दुवै संस्था निर्देशक चाम्सका नै हुन् । हालै उनले बेलायतको सेरोफेरोमा काम गर्नेगरी लण्डन सिने आई प्रोडक्शन शुरु गरेका हुन् । ‘बोबी’ नर्वेमा बस्दै आएको जोडीको वास्तविक कथामा बन्न लागेको हो । उमेश थापा र कविता गुरुङलाई निर्देशक चाम्सले भेटेर उनीहरुको वास्तविक कथा सुनेपछी त्यसैमा अाधारित भइ फिल्म बनाउने लागेकाे उनले बताए । चलचित्रमा उमेश र कविता नै प्रमूख कलाकार रहनेछन् । उमेश नर्वेका एक सफल इन्जिनियर हुन् । फिल्ममा उमेश र कविताको साथमा पाइलट विजय लामाको पनी अभिनय रहनेछ । नर्वे र नेपालको विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन गरिने बताइएको छ । आगामी जुनबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण

काभ्रे – कृषि तथा पशुपालनसम्बन्धी सूचना किसानको हात हातमा पुर्याउन ४३ कृषकलाई नि:शुल्क मोवाइल र सिमकार्ड वितरण गरिएको छ । खबर आजको कान्तिपुरमा  प्रकाशित समाचार अनुसार,  कृषि विकास मन्त्रालयको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत २६ कृषक र १७ पशुपालक किसानलाई सिमसहितको मोबाइल वितरण गरिएको हो । कृषि व्यवस्थापन सूचना प्रणाली अन्तर्गत एन्रोएड फोनमा रहने हाम्रो कृषि एपमार्फत विभिन्न बाली, मौसम, रोग किरा, प्रविधिबारे जानकारी दिइन्छ । कृषकले राखेको जिज्ञासाको समधान पनि एपमार्फत गरिने व्यवस्था मिलाईएको बाली विकास अधिकृत थर्कबहादुर जीसीले जानकारी दिए ।

स्थानिय तह निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौँ, चैत १६ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालया प्रवक्ता बालकृष्ण पन्थीले बताउनुभयो । केन्द्रीयतहमा सुरक्षा योजना बनिसकेको छ भने क्षेत्रीय र जिल्ला तहमासमेत सुरक्षा योजना बन्दैछन्, उहाँले भन्नुभयो– ‘ एक हप्ताअघिनै १५ दिनभित्र योजना प्रस्तुत गर्न सबै जिल्लामा निर्देशन जारी गरिसकिएकाले अबको एक हप्ताभित्र सबै जिल्लाबाट सुरक्षा योजना आइपुग्नेछ ।’ उन्नाइस वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुने भएकाले पनि यसले गाउँ, टोलस्तरसम्म प्रत्यक्ष प्रभाव पार्ने छ । निर्वाचनमा भित्रि घेरमा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरीको परिचालन गरिने उहाँले बताउनुभयो । त्यसैगरी मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटाउने निर्णय गत हप्ता सुरक्षा परिषद्को बैठकले गरिसकेको छ । निर्वाचनमा सेनाको थप भूमिकाबारे मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ । निर्वाचन आयोगले हालसम्म सबै जिल्लाको मतदान केन्द्र कहाँ÷कहाँ हुने र कति हुने भनी विवरण नदिएका कारण सोहीबमोजिमको जिल्लामा सुरक्षा योजना बनाउन नसकिएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने तयारी गृहप्रशासनले गरेको छ । सोहीअनुरुप ७५ हजार म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले चैत ११ गते एक हप्ताभित्र आवेदन माग गरिसकेको छ । आवेदन दिने समय दुई दिन बाँकी छँदै ६२ हजार पुरुष र १० हजार महिलाले म्यादी प्रहरीका लागि आवेदन दिइसकेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । म्यादीका लागि युवामा आकर्षण बढ्दो देखिएको र यसले निर्वाचनको सफलतामा सहयोग पुग्ने प्रवक्ता खनालले विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनका लागि प्रहरीले आवश्यक सुरक्षा योजना बनाइसकेको र त्यसलाई कार्यान्वयनको चरणमा लगिएको जानकारी दिनुभयो । निर्वाचनका लागि आवश्यक स्रोत, साधनको तयारीमा तीव्ररुपमा गृहमन्त्रालय लागेको गृह प्रवक्ता पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “निर्वाचनका लागि आवश्यक बजेटका लागि यसअघि पनि अर्थमन्त्रालयमा प्रस्ताव पठाइसकेका छौँ, केही रकम निकासा पनि भइसक्यो, थप आवश्यक रकमका लागि अर्थमा फेरि माग पठाउँदैछौँ ।” समय थोरै भएकाले नियमित प्रक्रियाबाट आवश्यक स्रोत, साधन र बन्दोबस्तीका साधन खरिद गर्न नसक्ने भएकाले छिटो प्रक्रिया अवलम्बन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– सार्वजनिक खरिद ऐनअनुरुप ती सामग्री किन्न लागे महिनौँ लाग्ने भएकाले छोटो प्रक्रियाबाट बन्दोबस्तीका सामान किन्न लागिएको हो । विशेष परिस्थिति भएकाले मन्त्रिपरिषद्बाट सो निर्णय गराउने तयारी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अश्रुग्याससहित केही हतियारसमेत तत्कालै किन्नका लागि बजेट माग गर्न लागिएको छ । यस्तै म्यादी प्रहरीका लागि चाहिने लाठी, पोसाक, हेल्मेटसमेत छिटो प्रक्रियाबाट किन्ने तयारी गरिएको छ । सुरक्षा निकाय र मन्त्रालयका लागि सवारीसाधन किन्न मात्रै रु चार अर्ब अर्थसँग गृह मन्त्रालयले माग गरिसकेको छ । विसं २०७० को संविधानसभाको निर्वाचन मतदान केन्द्रलाई आधार मानेर सुरक्षा व्यवस्था बनाई राखिएको छ, पन्थीले भन्नुभयो– २०७० सालको मतदान केन्द्रभन्दा सङ्ख्या घट्दैन, त्यो सङ्ख्याभन्दा थोरै भए पनि बढ्छ । मन्त्रालयले संवेदनशीलताको आधारमा जिल्ला र मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति बनाउने छ, उहाँले भन्नुभयो– “अहिले सामान्य भनिएका ठाउँमा निर्वाचनको समयमा असमान्य हुनसक्छ भने अहिले असमान्य भनिएका ठाउँ निर्वाचनको बेला सामान्य बन्न सकछ, त्यसैले पूर्ण सुरक्षा येजना त निर्वाचन सकिने बलोसम्म बनिरहन्छ ।” चैत मसान्तभित्रै पूर्ण सुरक्षा कार्ययोजना कार्यान्वयनमा आउने गरी गृहप्रशासनले तयारी थालेको छ । विशेषत २ नम्बर प्रदेशमा तराई केन्द्रित दलले निर्वाचनको विरोध गरिरहेको सन्दर्भमा गृह मन्त्रालयले आफ्नो ध्यान सो प्रदेशअन्तर्गतका जिल्लामा केन्द्रित गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सुरक्षा निकायले निगरानीमा राखिरहेको छ । गृह प्रवक्ता पन्थीले आफूहरुले निर्वाचनमा तराई केन्द्रित सबै दलले भाग लिन्छन् र सहजरुपमै निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरेकोे बताउनुभयो । त्यस्तै दुई चरणमा निर्वाचन हुने चर्चामा कुनै सत्यता नभएको बताउँदै उहाँले अहिलेसम्म एकै चरणमा निर्वाचन गर्ने गरी सुरक्षा रणनीति बनाई राखिएको प्रष्ट पार्नुभयो । देशैभरका जनता मतदानका लागि आतुर रहेकाले यसमा सबैको सहयोग हुनेमा गृह मन्त्रालय आशावादी छ ।

नवलपरासी सांसदको माग: त्रिवेणी सुस्ता प्रदेश ५ मै कायम हुनुपर्ने

नवलपरासी, चैत्र १४ । नवलपरासीका सांसदले, नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिका प्रदेश नं. ४ मा विभाजन प्रति गम्भीर आपत्ति जाहेर गर्दै सो गाउँ पालिकालाई प्रदेश नं. ५ मै कायम गर्न पर्ने सरकारलाई आग्रह गरेका छन् । जनताको चाहना विपरित सरकारले त्रिवेणी सुस्तालाई प्रदेश नंं ४ मा मिलाउन खोज्दा नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं. ५ र ६ का दुई जना सांसदले सिमाकङ्कन संसोधनका लागि आवाज उठाएका हुन् । जिल्लाको निर्वाचन क्षेत्र नंं ५का सांसद विक्रम खनालले आज परासीमा आयोजित पत्रकार सम्मेलनमा भने, जसरी सरकारले दाउन्ने डाँडावारी नवलपुर क्षेत्र प्रदेश नंं ४ र डाँडापारी परासी क्षेत्र प्रदेश नं. ५ छुट्टयाउने गरि जिल्लार्लाइ विभाज गरेको छ सोही खाका अनुसार प्रदेशको पनि सिमाङ्कन हुनु पर्ने सरकार संग माग राखेका छन् । स्थानिय निकायको चुनाव आवश्यक छ भन्दै सांसद खनालले राष्ट्रिय शक्तिहरुको बिच राष्ट्रिय सहमति कायम गरि चुनावमा भिडे मात्र देशले निकास पाउने जिकिर गरे । सांसद खनालले, सरकारले मधेशी जनताहरुको जायज मागलाई सम्बोधन गरि गठन हुने सिमांकन आयोगले प्राविधिक हिसाबले प्रदेशको सिमाङ्कन गर्न पर्ने आवश्यक रहेको बिचार पनि व्यक्त गर्नु भयो । पत्रकार सम्मेलनमै निर्वाचन क्षेत्र नं. ६ का सांसद देवकरण कलवारले (सन्तु) कुनै पनि हालतमा त्रिवेणी क्षेत्र प्रदेश नं. ४ मिसाउन नपाईने बताए । सरकारले जनता र सांसदहरुको भावना विपरित यदि जिल्लाको सिमाङ्कन ग¥यो भने यो संघियता लामो समयसम्म टिकन नसक्ने जिकिर गरे । धार्मिक तथा पर्यटकिय दृष्टिकोणले निकै सम्भावना बोकेको त्रिवेणी क्षेत्रलाई प्रदेश नं. ५ मै कायम गराउन सदन मा कुरा राख्ने तथा सरकार समक्ष स्थानिय जनताको साथमा डेलिगेश समेत जाने सांसद कलवारले चेतावनी दिए । नवलपरासीमा १५ वटा स्थानिय निकायको तोकिएको छ जस मध्ये ७ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् । स्थानिय निकाय पुर्न संरचना आयोगले त्रिवेणी सुस्ता, कुडिया, रुपौलिया, पक्लिहवाँ, नर्सही गाविसलाई एकै गाविसमा मिसाई हाल त्रिवेणी सुस्ता गाउँ पालिका बनाएको छ । उक्त गाउँ पालिकालाई प्रदेश नं. ४ लैजान खोजिएको हुँदा त्यस प्रति स्थानिय जनता र सांसदको विरोध छ ।​

काबेली ए आयोजनाको निर्माण सुरु

ताप्लेजुङ, चैत १४ । आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको गत शुक्रबार शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण हुने यो आयोजना पूर्वकै ठूलो र बहुप्रतिक्षित मानिएको छ । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत लगानी रहेको छ । सन् २०१२ मा इन्फ्राको एसिया र यसको स्थानीय साझेदार बुटवल पावर कम्पनीले नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न संयुक्त उद्यम कम्पनीको स्थापना गरेका थिए जसले पहिलो आयोजनाको रुपमा काबेली ए जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् । इन्फ्राको एसियाले आफ्नो दक्षता, लगानी र अन्तर्राष्ट्रिय पुँजीमा पहुँच पु¥याई स्थानीय निजी क्षेत्रलाई सहयोग गर्दै आएको छ । आयोजनामा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (क्यानेडियन जलवायु परिवर्तन कार्यक्रम), नेपाल जलविद्युत् लगानी तथा विकास कम्पनी र एनआइसी एसिया बैंकको ऋण सहयोग रहेको जनाइएको छ । झिझ्याङ र टिडब्लुसिडब्लु नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् । आयोजनाको शुक्रबार स्थानीय वृद्ध दुर्गा भण्डारीले शिलान्यास गर्नुभएको थियो । सो कार्यक्रममा काबेली इनर्जी प्रालिका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आयोजनाको काम अघि बढ्ने भएकाले निर्माण कार्यले गति लिने बताउनुभएको थियो । यता आयोजना सम्पन्न गर्न ठूलो चासो देखाएकामा स्थानीय बासिन्दाबाट प्रभावित आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले उनीहरुबाट निरन्तर सहयोग हुने आशा व्यक्त गर्नुहुन्छ । पाँचथर अमरपुरको वडा नं २ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरी साढे चार किमी सुरुङमार्गसहित पिनासी घाटमा विद्युत् गृह निर्माण गरिनेछ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ आयोजनाबाट प्रभावित क्षेत्रमा पर्छन् । आयोजनाको निर्माण कार्य सन् २०२० को अप्रिलमा सम्पन्न हुने बताइएको छ । रासस

क्यान्सरका कारण २ कैदीको मृत्यु

चितवन चैत १३ । भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए । विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ १८ गतेसम्मका लागि कैदको आदेश दिएको थियो । रामेछापमा कैद भुक्तान गरिरहेका उनलाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही महिनाअघि चितवन ल्याइएको थियो । यसैगरी २०५४ फागुन १ गते जेल परेका ठगराजलाई २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो । क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिनुभयो । पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भएको छ । रासस

ठाेक्न मादल ठाेक !

म्याग्दीको बेनीमा बिहीबारदेखि सुरु भएको प्रथम धौलागिरी सांस्कृतीक महोत्सवको अवसरमा मादल बजाउँदै गीत गाउँदै निकालिएको र्यालीमा सहभागिहरु । तस्बिर : सन्तोष गौतम, म्याग्दी

तीन लाखमै भुकम्प प्रतिरोधी घर

काठमाडौं, चैत ९ ।  सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख ९२ हजार रुपैयाँमै तोकेको मापदण्डअनुसार बनाउन सक्नेछन् । प्राधिकरणले पक्की घरको ६ वटा नयाँ डिजाइन स्वीकृत गरेको छ । त्यसमध्येको एउटा डिजाइनमा दुईकोठे पक्की भवन तीन लाखमै बनाउन सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले पाँचवटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेको प्राधिकरणले जनाएको छ । सरकारले यसअघि १७ वटा डिजाइन स्वीकृत गरेको थियो । ती डिजाइनको घर बनाउन लागत महँगो पर्ने गुनासो भूकम्पपीडितले गरेका थिए । नयाँ डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुंगाको जोडाइ र माटोको गारोका एकतले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत जोडाइमा भूकम्पप्रतिरोधी घर बनाउन सकिनेछ । यो मोडलबाहेकका घर भने तीन लाखभित्र नबन्ने प्राधिकरणका एक अधिकारीले बताए । ‘तीन लाखभित्रै पनि घर बन्छ है भनेर एउटा उदाहरण दिन नयाँ मोडल राखिएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘बाँकी मोडल तीन लाख रुपैयाँमा बन्दैनन् ।’ प्राधिकरणले सबै मोडलका घर निर्माणको लागत भने सार्वजनिक गरिसकेको छैन । बस्ती स्थानान्तरणका लागि जग्गा खोज्ने जिम्मा सिडिओलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको मंगलबार बसेको बैठकले जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडितलाई स्थानान्तरण गर्न आवश्यक जग्गा तथा घडेरी व्यवस्थापनको गृहकार्य गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ । प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बैठक बसेको थियो । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइँ सर्न चाहने प्रभावितलाई जग्गा किन्ने प्रयोजनका लागि दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिफारिस गरेको थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

सर्वोच्चको फैसलाबारे देउबालाई पूर्व जानकारी भएको खुलासा

काठमाडौं, चैत ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिबीचको शीतयुद्ध छताछुल्ल हुने गरी भएको प्रहरी महानिरीक्षक नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि कांग्रेस सभापति देउवा दुखी भएको उहाँ निकट एक नेताले बताएका छन् । जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय बदर भएपछि देउवा दुखी भएको खबर आजको नेपाल समाचारपत्रमा छ । ती नेताका अनुसार दुई, तीन दिनदेखि सार्वोच्च अदालतबाट यस्तो फैसला आउँछ भन्ने कुरामा सभापति देउवा जानकार हुनुहुन्थ्यो । देउवाले प्रधानमन्त्रीलाई समेत चर्को दबाब दिएपछि गृहमन्त्री निधि अन्तत प्रहरी महानिरीक्षकमा चन्दलाई नै सिफरिस गर्न बाध्य भएका थिए । आइजीपी प्रकरणमा देउवा मुछिएपछि कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसमेत असन्तुष्ट थियो ।