मत्रकार महासंघ नै पत्रकारको तलब बढाउन चाहेको छैनः मन्त्री बाँस्कोटा
काठमाडौं, असोज २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल पत्रकार महासंघले नै पत्रकारको पारिश्रमिक बढाउन नचाहेको आरोप लगाएका छन् ।
सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई शनिबार काभ्रेपलाञ्चोकमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । मन्त्री बाँस्कोटाले भने, ‘महासंघ नै श्रमजीवीको पक्षमा उभिएको देखिएको छैन तर सरकार पारिश्रमिक बढाउने पक्षमै छ ।”
उनले श्रमजीवी पत्रकारको पारिश्रमिक मासिक ४० हजार पुर्याउने योजनामा सरकार रहेको उल्लेख गर्दै ‘कर्पोरेट मिडिया हाउस त्यसरी जान चाहदैनन्, तर सरकार अब त्यसलाई लागू गरेरै छाड्छ ।’ उनले भने ।
मन्त्री बाँस्कोटाले पत्रकारको सुरक्षा र आर्थिक समृद्धिका निम्ति मेरो अभियान जारी नै रहन्छ भन्दै अधिकारको लडाईं सकिएकाले अब निर्माणको समय आएको बताए ।
मन्त्री बाँस्कोटाले पर्यावरणीय तथा मानवीय चापलाई मध्यनजर गरी स्थानीय तहले पानीको स्रोतको खोजी गरेर त्यसको सुरक्षा गर्नुपर्नेमा जोड दिदैं पानीको खोजी र सुरक्षा गर्ने दायित्व सरकारको मात्रै नभई सम्बन्धीत सबै पक्षको रहेको बताए । -रासस
आज साउने संक्रान्ति, केछ यो पर्वको महत्व ?
काठमाडौं, साउन १ । आज साउने संक्रान्ति, यसलार्इ कर्कट संक्रान्तिका रूपमा पनि मनाइन्छ । आज विविध सांस्कृतिक एवं धार्मिक पर्व समेत मनाइन्छ । लुतो फाल्ने दिनका रूपमा यसदिन विशेष सरफार्इ गरिन्छ भने बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । सौरमासका हिसाबले आजबाटै सूर्य कर्कट राशिमा (कर्कट रेखा) प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यससँगै सूर्यको दक्षिणायण हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यस दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ। सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । माघेसंक्रान्तिसँगै सुरू भएको सूर्यको उत्तरायण गति साउने संक्रान्तिसँगै दक्षिणायण तर्फ मोडिन्छ । यस दिनदेखि दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत रहेको छ । यस दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। सुदूरपश्चिममा यसैदिनबाट ‘कालो महिना’ लाग्यो भन्ने गरिन्छ र दैलो वरिपरि झिझिरकाँडी लगाइन्छ भने अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ । साथै यस महिनाभर देवीदेउताको विशेष पूजा, र निरन्तर दियो बाल्ने गरिन्छ । महिलाहरूले हातभरि मेहेन्दी लगाउने, हरियो लुगा र चुरापोते लगाउने चलन पनि यसै दिनबाट सुरू हुन्छ । कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन् । पूर्वतिर किरातलगायतका समुदायले एकाबिहाने वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ । काठमाडौंलगायतका स्थानमा भने साउने संक्रान्तिका दिन छोरीचेलीलाई बोलाएर ख्वाउने चलन पनि छ। यसै दिनबाट नयाँ आर्थिक वर्षको प्रारम्भ समेत हुन्छ ।
गर्भवती महिलालाई बाख्रा वितरण
लहान । नगर क्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०÷१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभएको हो । दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बाख्रा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो । रासस
खरो बन्दै महाथिर सरकार, समस्यामा अवैधानिक कामदार
क्वालालम्पुर । नयाँ सरकार बनेसँगै मलेसियामा कार्यरत अवैधानिक कामदारहरु संकटमा परेका छन् । ‘रुखो प्रशासन र चोखो राजस्व’ को आक्रामक तयारी सहित ‘फिल्ड मार्शलमा’ उत्रिएको मलेसियाली प्रशासनको मुख्य निशाना अवैधानिक कामदार पनि हुन् । बिहानीले दिनको छनक देखाउँछ भनेझैँ ‘मोहमद महाथीर’को सरकारले निर्वाचित भएको पाँच दिनपछि नै ५० अर्ब डलर ‘कालो–धन’ जफत गरेको थियो। विमानस्थल र बन्दरगाहमा शिलबन्दी गरेर ‘भ्रष्ट मन्त्रीलाई पक्राउ, कमिशनखोर र माफियाहरूलाई घेराबन्दी लगायतका काम गरिसकेको महाथिर सरकारले १४४ जना ‘कालाबजारिया व्यापारीहरु’ लाई कारबाही समेत गरिसकेको छ। त्यस्तै गत महिनामा ५० जना ‘भ्रष्टचारी न्यायाधीश र २०० बढी रिश्वतखोर पुलिस’ लाई जेल चलान समेत गरेको छ। हाल अवैधानिक रुपले कार्यरत कामदारहरुलाई ‘धरपकडको चरण’मा प्रवेश गरेको यहाँको प्रशासनले विभिन्न कम्पनी तथा कामदार बस्ने आवासहरुमा छापा मारिरहेको छ । पक्राउ कार्यलाई जुलाई एक तारीख अर्थात आजैदेखि तीव्र बनाइने भएको मलेसियामा स्थिति प्रशासनले जनाएको छ। मलेसियाले अवैधरुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेको थियो । यता मलेसिया स्थित नेपाली राजदूतावासले पनि गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई यही समयभित्र स्वदेश फर्कन आग्रह गरेको छ । अहिले पनि हज्जारौंको संख्यामा नेपाली कामदारहरु अवैधानिक तरिकाले मलेसियाका विभिन्न स्थानमा कार्यरत छन् । नेपालबाट भिसा लगाएर आएको कम्पनिमा भने अनुसारको तलब सुविधा नहुँदा नेपाल लगाएत अन्य देशका कामदारहरु अवैधानिक बन्ने गरेका छन् । यसअघि बेला–बखतमा यहाँको सरकारले वैधानिक हुन वा घर फर्किन समय दिने गरेको थियो। तरपनी आफ्नो आग्रहको बेवास्ता गरेको भन्दै मलेसियाको नयाँ सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो। वैधानिक हुन र घर फर्किने योजनामा सामेल नहुने कामदार सहित उनीहरुका रोजगारदातालाई पनि कारबाही गरिने मलेसिया सरकारले जनाएको छ ।
कतिमा कारोबार भइरहेको सुनचाँदीको मूल्य ?
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । शुक्रबार सुन प्रतितोला मूल्य ५७ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ५७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।
हेपाटाइटिसजस्तै रोग देखा पर्याे
दार्चुला, असार ११ । जिल्लाको मालिकार्जुन गाउँपालिका-३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उपचारका लागि स्वास्थ्यचौकीमा पुगेका बिरामीमा एकैखाले लक्षण देखा परेकाले रोग देखिएको हो । उनीहरुमा आँखा पहेँलो हुने, ज्वरो आउने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिएका छन् । आज चिकित्सकको टोली रोग देखा परेको क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने तथा रोगको निदानलगायतका बारेमा अध्ययन अनुसन्धान गर्ने डा. भट्टले बताउनुभयो । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्ने गर्दछ । अन्य मौसमभन्दा वर्षात्को समयमा यस्तो रोग बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । मानव शरीरमा महत्वपूर्ण अंगका रुपमा रहेको कलेजो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि यस रोगका कारक भएको डा. भट्टको भनाइ छ । -रासस
नगर कार्यपालिकामा अख्तियारको छापा
कञ्चनपुर, जेठ ३१ । बेलौरी नगरपालिकामा सडक निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । दुईवटा सडक निर्माणमा अनियमितता भएको बेनामे उजुरी परेपछि अख्तियार टोलीले अनुसन्धान थालेको हो । ‘वडा नं ६ र २ मा ग्राभेल सडक निर्माणमा अनियमितता भएको उजुरी परेको छ,’ आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले भने,‘त्यही छानबिनका लागि नगरपालिका कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको हो ।’ उनले सडक निर्माण प्रक्रियाका थप कागजातसमेत कार्यालयमा पेस गर्न निर्देशन दिइएको बताए । शाखा अधिकृत हरिशचन्द्र जोशी नेतृत्वको टोलीले मंगलबार सडक अनुगमनसँगै कागजात नियन्त्रणमा लिएको हो । उनका अनुसार उजुरीमा सामान खरिदको दर तथा निर्माण सामग्री कम राखेर बढी देखाइएको दाबी गरिएको छ । कान्तिपुरमा खबर
अत्याधिक गर्मी बढेपछि विद्यालयमा भटाभट विद्यार्थी बेहोश हुँदै
लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ । यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्कने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ । गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । रासस
‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने
काठमाडौं, जेठ २१ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो सम्मेलन भदौ १४ र १५ गतेसँगै २१ र २२ गते गर्नका लागि सदस्य राष्ट्रसंग प्रस्ताव गर्ने निर्णय गरेको हो । शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारागार कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ । समाचार नेपाल समाचारपत्रमा छ ।
युएईका जेलमा रहेका ९५३ बन्दीलार्इ जेलमुक्त गर्न राष्ट्रपतिको आदेश
युएई, वैशाख ३१ । युएईमा विभिन्न कारणले जेल जिबन बिताउन बाध्य ९५३ बन्दी लाई युएई सरकारले आम माफी दिने भएको छ । युएईका राष्ट्रपतिको शेख खलिफा विन जायद अल नायानले जेलमा रहेका विभिन्न देशका बन्दिलाइ मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमदानको अबसरमा जेलमुक्त गर्न आदेश दिएका हुन । युएईका जेलमा रहेका बन्दी आफ्नो देश फर्केर नयाँ जीवन को सुरवात गर्दै आफ्नो परिवार सङ खुशी साथ रहन सकुन भन्ने उदेश्य सहित जेल मुक्त गर्न लागेको अालाइन पत्रिका गल्फ न्युजमा उल्लेख छ । के कस्ता कारणले जेल परेका र कस्ता कस्ता बन्दी लाई जेल मुक्त गर्न नखुलाइएको भएपनी आदेश भने दिइएको बताइएको छ ।
आजबाट कक्षा ११ को परीक्षा सुरु, बोक्सीको आरोपमा कुटिएकी किशोरी राधा परीक्षामा सामेल
कैलाली । गत फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन बोक्सी भगाउने भन्दै निर्घात कुटिएकी राधा चौधरी आइतबारदेखि सुरु भएको कक्षा ११ को परीक्षामा सहभागी भएकी छिन् । उनी कैलाली स्थित घोडाघोडी बहुमुखी क्याम्पस परिक्षा केन्द्रबाट परीक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । परिक्षामा सहभागि राधा चौधरीले विगतको घटना सम्झदै भनिन् –‘मलाई विनाकारण बोक्सी भन्दै कुटपिट गरेपछि केही समय पढाईमा ध्यान दिन सकिन ।’ तरपनि परिक्षाका लागि भन्दै केहि समयदेखि मिहिनेत गरेर पढिरहेकी छु, अवस्य सफल हुन्छु ।ु उनलाई कुटपिट पछि उपचारमा रहेका बेला प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र स्थानिय सरकारका प्रमुखहरुले भेटेर थुप्रै आश्वासनहरु दिएपनि अहिलेसम्म कसैले केहि सहयोग नगरेको राधाले बताईन् । बरु सातसमुन्द्रपारीबाट मनकारी जयन्ती राईले ५० हजार आर्थिक सहयोग गरेपछि आफुलाई केही सहज भएको राधाले बताईन् । अन्तर्राष्ट्रिय नारी दिवसका दिन देउकलियाकै रामबहादुर चौधरी उर्फ भोलेबाबा, आफूलाई पार्वती बताउने किस्मती चौधरी, स्मारिका चौधरी लगायतले बोक्सीको आरोप लगाएर राधामाथि निर्घात कुटपिट सहित यातना दिएका थिए । उनलाई यातना दिने रामबहादुर सहितका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । एजेन्सीको सहयोगबाट
सुनको मूल्य महँगियो, कति छ आजको मूल्य ?
काठमाडौं । साताको अन्तिम शुक्रबार सुनको मूल्य दुई सयले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि चाँदीको प्रतितोला मूल्य ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।
युरोपा लिग फुटबलको फाइनलमा एथ्लेटिको मड्रिड र मार्से भिड्ने
काठमाडौं, वैशाख २१ । स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिड र फ्रान्सको मार्से ‘युरोपा लिग फुटबल’को फाईनलमा प्रवेश गरेका छन् । गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इंग्लिश क्लब आर्सनललाई १–० ले हराँउदै एथ्लेटिको मड्रिड फाईनलमा पुगेको हो । गएरातिको खेलमा एथ्लेटिकोलाई विजयी गराउन ४५ औं मिनेटमा डिएगो कोष्टाले गरेको गोल निर्णायक बन्यो । यसअघि आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलपछि एथ्लेटिको मड्रिड समग्रमा २–१ को परिणामसहित फाईनलमा पुगेको हो । फाईनलमा एथ्लेटिकोको भिडन्त फ्रेन्च क्लव मार्सेसँग हुनेछ । गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा अष्ट्रियाको साल्जवर्गसँग २–१ ले पराजित भए पनि समग्रमा ३–२ को जित निकाल्दै मार्से फाईनलमा पुगेको हो । आफ्नै मैदानमा भएको पहिलो लेगको खेलमा मार्से २–० ले विजयी भएको थियो । एथ्लेटिको मड्रिड र मार्सेबीचको युरोपा लिग फाईनल खेल यही मे १६ तारिखका दिन फ्रान्सको लियों शहरमा आयोजना हुँदैछ ।
अर्काको मुख ताकेर कर्णालीको विकास संभव छैन : मुख्यमन्त्री शाही
सुर्खेत, वैशाख १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने वताउनु भएको छ । आफुले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने वताउनुभयो । कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडाक)ले शनिवार सुर्खेतमा आयोजना गरेको कर्णाली सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विदेशीका कारण कर्णालीको विकास भएन भन्ने धारणा हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो । विहान सडक सरसफाई कार्यक्रममा सहभागि भई सम्मेलनको उद्घाटन गर्न पुग्नुभएका मुख्यमन्त्री शाहीले श्रमप्रति सम्मान गर्ने भावनाको विकास गर्न प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रमदिनका रुपमा मनाउन थालेको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि प्रदेश सरकार महत्वकाँक्षी योजनाका साथ अगाडि वढेको वताउनुभयो । भौतिक पुर्वाधार, पर्यटन, जलविद्युत, कृषिको विकास सरकारको नीति कार्यक्रममा उच्च प्राथमिकताका साथ आएको उहाँले वताउनुभयो । कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि दातृ निकाय, सरकार, एनजीओ आईएनजिओ र नीजि क्षेत्रको लगानीलाई एकद्धार नीतिमा परिचालन गरिने पनि जानकारी दिनुभयो । एनजिओ आईएनजिओलाई कर्णाली प्रदेशमा छिर्न नदिने भनि भ्रामक प्रचार गरिएको भन्दै उहाँले एनजिओ आईएनजिओलाई निषेध गरिएको नभई, सरकारको नीति कार्यक्रमको प्राथमिकताका आधारमा नियमण गरिने स्पष्ट गर्नुभयो । श्रमदिनका अवसरमा सडक सरसफाई प्रदेश सरकारले शुरु गरेको श्रमदिनका अवसरमा आज मुख्यमन्त्री महेन्द्रवहादुर शाही र विभागीय मन्त्री तथा सचिवहरु सहितको टोलीले सडक सरसफाई गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको प्रशासकीय क्षेत्रका सडकहरु सरसफाई गरिएको थियो । श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकासका लागि प्रदेश सरकारले हरेक महिना १ र १५ गते श्रमदिनको घोषणा गरेको छ । श्रमदिनमा मुख्यमन्त्री, मन्त्री तथा सरकारी निकायका सवै पदाधिकारीले अनिवार्य रुपमा श्रमदान गर्ने व्यवस्था मिलाईने मुख्यमन्त्री शाहीले वताउनुभयो । पुजी निर्माण र संमृद्धिका लागि श्रम महत्वपुर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले भन्नुभयो –‘दिनभर सुतेर विताउने रातभरी पैसा आउने कही पनि हुदैन, संसारमा समृद्धशाली देश त्यहाका जनताको श्रमले वनेका हुन ।’ सडकमै ज्ञापन पत्र यसैविच मुख्यमन्त्री शाहीले सडकमै ज्ञापन पत्र वुझनुभएको छ । सडक सरसफाईमा व्यस्त रहनुभएका मुख्यमन्त्री शाहीले गृहजिल्लावाट आएको तिला कर्णाली वहुमुखी क्याम्पसको ज्ञापन पत्र सडकमै वुझनुभएको हो । ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘कार्यपद्धतीमा परिवर्तन जरुरी छ, काम गर्नका लागि औपचारिकता जरुरी नभएको वताउनुभयो ।’ क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा र स्ववियु अध्यक्ष भिमप्रसाद आचार्य नेतृत्वमा आएको टोलीले खेलमैदान निर्माण, १२ कोठे पक्की भवन निर्माण, क्याम्पस हाताको घेरवार निर्माण, खानेपानी व्यवस्था लगायतको माग गरेको थियो ।
आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण
बाँके । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ । निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोलालगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जले जनाएको छ । दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ । चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको छ । निकुञ्जमा आगलागी हुन नदिन स्थानीयवासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर तयारी गरिएको निकुञ्जका सहायक संरक्षक अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । रासस
यी मोडलले आफ्नो तस्विरभित्र लुकेको पीडा यसरी सार्वजनिक गरिन्
१७ वर्षको उमेरदेखि नै म पलभरका लागि पनि एक्लो रहेकी छैन। मलाई कसरी फेला पार्ने भन्ने पुरुषहरु जान्दछन्। म पनि उनीहरुबाट मोहित भइरहन्छु। यस्तो लाग्छ, म तन्किएर सदाका लागि अस्तित्वमा छु । म गलैँचामा बच्चजसरी बसेकी छु। मेरो पिठ्युँ भित्ताको हिटरबाट केही इन्च मात्रै टाढा छ । म आफ्ना पुराना तस्वीर नियालिरहेकी छु। म ती अनुहारहरुलाई यसरी उठाउँछु, मानौँ ती पानीका थोपा हुन् र औँलाको चेपबाट खस्न चाहन्छन्। यो तस्वीरमा म १८ वर्षकी छु। बैंककको घामको किरण, त्यहाँको अनौठो आर्द्रता र गर्मीले मेरो त्वचा तताएको छ। एक प्रतिष्ठित स्पर्धाका लागि एक साथीले मेरो तस्विर कैद गरिरहेकी छु । म उसका लागि सुन्दर बन्न चाहन्छु। उसलाई जित्न सहयोग गर्न चाहन्छु। म आशा गर्छु, मैले बोक्ने कथालाई मेरो अनुहारले धोका नदेओस्। हरेक तस्विरमा देखिने म अर्कै व्यक्तिको उत्पादन हुँ। तिनको आवश्यकता, विचार, उद्देश्य र चाहनाको परिणाम हुँ। साँझको प्रस्तुतिका बेला लगाउने झुम्का खोज्दै जाँदा पुरानो काठको गहना राख्ने बाकसभित्र मैले तस्विरको खात भेट्टाएँ। तस्विरमा देखिने केटी र ती भित्र लुकेका कथाबीचको अन्तरले मलाई घुँडा टेक्न बाध्य गरायो । त्यसपछि म पुनः न्यानो महसुस गर्न भित्तामा टाँसिएँ। यो तस्वीरमा म १८ वर्षकी छु। बैंककको घामको किरण, त्यहाँको अनौठो आर्द्रता र गर्मीले मेरो त्वचा तताएको छ। एक प्रतिष्ठित स्पर्धाका लागि एक साथीले मेरो तस्विर कैद गरिरहेकी छु । म उसका लागि सुन्दर बन्न चाहन्छु। उसलाई जित्न सहयोग गर्न चाहन्छु। म आशा गर्छु, मैले बोक्ने कथालाई मेरो अनुहारले धोका नदेओस्। केही महिनाअघि मात्र यो कुरा सुरु भएको थियो। मेरो हाइस्कुलको मनोविज्ञान पढाउने शिक्षक मलाई चिठी पठाइरहन्छ । ऊ सबै चिठी रातो मसीले ठूलो अक्षरमा लेख्छ। उसलाई मेरो कक्षा तालिका थाहा छ, त्यसैले कक्षा कोठामै मलाई फोन गर्छ। ‘सबै कुरा म रेकर्ड गरिरहेको छु,’ ऊ भन्छ। ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो । १८ वर्षसम्ममा यो कुरा बुझ्न मलाई जीन्दगीले पर्याप्त अनुभव दिइसकेको छ। ‘तिमी त साह्रै दुष्ट छ्यौ,’ ऊ मलाई लेख्छ वा फोनमा भन्छ। तावामा तेल खारिएझैँ उसको स्वर सुसाउँछ। ‘तिमीले यसको दण्ड पाउनैपर्छ। म तिम्रा कुरा अरुलेभन्दा राम्ररी थाहा पाउँछु। तिमी त आफूलाई सर्वसुन्दरी ठान्छ्यौ। तिम्रो मुस्कान। तिम्रो शरीर। पढाइमा पनि राम्रो अंक। तिमीले मलाई पनि त खुसी तुल्याउनुपर्यो !’ उसको चिठी, फोन, सताउने कार्य र धम्कीबारे म स्कुलको प्रधानाध्यापकलाई जानकारी गराउँछु। कार्यालय कोठामा विद्यार्थीलाई राखिएको कुर्सीमा म बसेकी छु। प्लास्टिकको कुर्सीले मेरो मेरुदण्ड झन्झनाउँछ। बच्चाको झैँ मेरो गोडा कुर्सीमा झुण्डिन्छ। म सोच्छु, सायद प्रधानाध्यापक सबै केटीहरुको खुट्टा त्यसैगरी झुण्डियोस् भनेर अग्लो कुर्सी राख्ने गर्छ। के ऊ आफ्नो अधिकारलाई अतिरञ्जित गर्न, हामीलाई भयभीत तुल्याउन, आज्ञाकारिता प्राप्त गर्न त्यसो गर्छर ? ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो । १८ वर्षसम्ममा यो कुरा बुझ्न मलाई जीन्दगीले पर्याप्त अनुभव दिइसकेको छ। म सकेसम्म राम्ररी उसलाई कुरा बुझाउन खोज्छु। ऊ सुनिरहन्छ। म आफ्नो आवाज दृढ र आवेशबिहीन राख्छु। नाटक लेखकले झैँ म उसलाई ती दृश्यहरु वर्णन गर्छु। मैले भावुकता प्रदर्शन गरेँ भने त्यसलाई मैले बोलेको सत्यमाथि नै आक्रमण गर्न प्रयोग गरिनेछ। मलाई यो कुरा थाहा छ, किनभने यौनिक खतरासँग यो मेरो पहिलो जम्काभेट होइन। पहिलो पटक त एघार वर्षकी हुँदै मैले यस्तो भोगिसकेकी थिएँ। ऊ मेरो भान्दाइ थियो र मभन्दा २० वर्ष जेठो थियो। ‘लोग्नेमान्छेको जात त्यस्तै हो,’ मेरो गुनासोको उत्तरमा भनियो र आफूलाई बचाउने जिम्मा मैमाथि छोडियो। ‘धन्यवाद,’ प्रधानाध्यापकले भन्यो। ‘यो कुरा म ठीक गर्छु। कसैलाई नभनेकोमा धन्यवाद।’ मैले उसलाई चुप बस्छु भनेको याद छैन। ‘तिमी कक्षामा फर्किऊ।’ प्रधानाध्यापक योभन्दा अझ महत्वपूर्ण अरु कामतिर लाग्छ। म र मेरो गुनासोलाई पुनः उही स्थानमा थन्क्याइन्छ। जहाँ ऊ मानिसको व्यवहारको सूक्ष्म भेदबारे बखान गर्दै मेरो लागि मात्र आरक्षित दुर्भावनायुक्त मुस्कान छरिरहन्छ। स्कुलमा मेरा बाँकी वर्षहरु ऊ यसैगरी मलाई जिस्क्याउँदै अँध्यारो इनारबाट पानी निकालेझैँ अरु विद्यार्थीहबाट हाँसो बटुल्दै बिताउनेछ। एक केटीमा पलाएको आशक्तिका कारण मैले यो कुरा बढाइचढाइ गरेको आरोप लगाउनेछ। ‘तिमी मुस्कुराइरहनु पर्दैन,’ मेरो फोटोग्राफर साथी भन्छे। त्यो क्षण ऊ मलाई अत्यन्त प्रिय लाग्छे, त्यसैले म झण्डै रोएँ। रीमा जमान २३ वर्षको हुँदा खातबाट म अर्को तस्वीर उठाउँछु। यसमा म २३ वर्षकी छु। समयले मेरो अनुहार दुब्ल्याएको छ। जवानीलाई शृंगारले विस्थापित गरेको छ। अहिले म अभिनेत्री हुँ र न्युयोर्कमा छु। फोटो सुटका क्रममा लिइएका हजारौँ तस्वीरमध्ये मेरो एजेन्ट यसलाई चाहिँ मन पराउँछन्। ‘तिमी यसमा शान्त र दृढ देखिन्छौ,’ उनीहरु मलाई भन्छन्। मेरोबारे यस्तो सोच्ने उनीहरु कति असल त ! म बलात्कृत भएको रातमा पनि यो गीतले मेरो पिछा छोड्दैन। डरले शरीर भरिएपछि मेरो दिमाग शरीरबाट अलग भएर कोठाको एउटा कुनामा अलग्ग बस्न पुग्छ। त्यही कुनामा मेरो दिमाग सानो बच्चाझैँ छातीमा घुँडा टाँसेर डल्लो पर्छ, सबै दृश्य नियाल्दै, ताज्जुब मान्दै। शरीरबाट बाढीझैँ निस्किरहेको पीडाबाट ध्यान हटाउन अन्य सोचसँग आफूलाई व्यस्त बनाउँदै। एक अभिनेत्रीको अस्तित्व अनौठो हुन्छ। हामीलाई सुन्दर ढंगले बोल्न तालिम दिइएको हुन्छ। तर हामीले अरुले दिएका शब्द मात्रै बोल्नुपर्छ। यसैको माध्यमबाट हाम्रो जाँच लिइन्छ। हामी निर्देशित हुन्छौँ। कुँदिन्छौँ। चम्किलो हुन्जेल टल्काइन्छौँ। उनीहरुले इच्छाएअनुसार नचम्किए, नबोले वा व्यवहार नगरे हामीलाई तुरुन्दै विदा दिइन्छ। ‘हामी अलग बाटो जाँदैछौँ ।’ ‘हामीले खोजी गरिरहेको मान्छे तिमी होइनौ।’ ‘यो भूमिका तिमीलाई सुहाएन ।’ हरेक दिउँसो र राती यी शब्द मेरो दिमागमा सर्पझैँ फण फुलाउँछन्, अभिन्न मित्रझैँ मेरो साथमा रहिरहन्छ। यो एक उपहासपूर्ण धुन हो, जसलाई हरेक महिला राम्ररी जान्दछन्। म बलात्कृत भएको रातमा पनि यो गीतले मेरो पिछा छोड्दैन। डरले शरीर भरिएपछि मेरो दिमाग शरीरबाट अलग भएर कोठाको एउटा कुनामा अलग्ग बस्न पुग्छ। त्यही कुनामा मेरो दिमाग सानो बच्चाझैँ छातीमा घुँडा टाँसेर डल्लो पर्छ, सबै दृश्य नियाल्दै, ताज्जुब मान्दै। शरीरबाट बाढीझैँ निस्किरहेको पीडाबाट ध्यान हटाउन अन्य सोचसँग आफूलाई व्यस्त बनाउँदै। ‘अब म को बन्नेछुरु कस्तो भूमिका चाहिँ मलाई सुहाउलारु के यो रात सदाका लागि मेरो छालामा टाँस्सिइरहलारु के बलात्कार सुगन्धजस्तै हुन्छरु मेरो नजिक आउने जोसुकैले यो कुरा सुँघेर थाहा पाउछरु के मेरो नाम अब ‘महिला’ बाट ‘पीडित’ मा बदलिइसक्योरु भाग्यवश मेरो बलात्कारी समय, पीडा र मप्रति मितव्ययी हुन्छ। ऊ निस्किन्छ र अर्को दिन सुरु हुन्छ। म आफ्नो दिमागलाई चुप लगाएर, सुन्दर भएको अभिनय गर्दै रेष्टुरेन्टमा आफ्नो पालोको काम गर्छु। दिउँसो म मोडलिङका लागि दौडिन्छु। त्यसपछि युवा अभिनेत्रीहरुका लागि त्यसवर्षको सबैभन्दा प्रतिष्ठित शो ‘गसिप गर्ल’ मा अडिसन दिन पुग्छु। अडिसनका लागि म स्क्रिप्टका निरस वाक्य बोल्छु। ती शब्द खाली कागजजस्तै मसीविहीन, नरम लाग्छन्। ‘त्यो दृश्य फेरि गर, अनि हाम्रोलागि अलिकति खितखिताइदिन्छौ किरु’ कास्टिङ डाइरेक्टर सुझाउँछ। निर्माताहरु उत्साहित भएर मुन्टो हल्लाउँछन्। ‘तिमीले यसमा आफूलाई अलि कम गर्न आवश्यक छ,’ कास्टिङ डाइरेक्टर हातले इसारा गर्दै बताउँछ। ‘त्यो चरित्र अरु सबैभन्दा तीक्ष्ण छैन भनौँ न।’ उनीहरु सबै हाँस्छन्। ‘मात्र हाँस्ने प्रयास गर।’ निर्देशनअनुसार म प्रस्तुति दिन्छु। खितखिताउँछु, आफूलाई घटाउँछु। समयका लागि धन्यवाद। अर्कोको पालो। अर्को तस्वीर, आफ्नो मोडलिङ कार्डका लागि मैले छानेका पाँचमध्ये एक तस्वीर, २५ वर्ष हुँदाको। अभिनेत्रीको तस्वीरभन्दा अलग। मोडलिङ कार्डमा दुवैतर्फ तस्वीर हुन्छ। चार ओटा एकापट्टि र अर्कोतिर कार्डभरीको एउटा। यो उद्योगको चलनअनुसार नै यिनमा मैले फरफरक मात्रामा वस्त्र खोलेकी छु। ‘मलाई यो चाहिँ मनपर्यो,’ उसको विचार सोध्दा मैले डेटिङ गरिरहेको मान्छेले भन्यो। ‘यो मेरो सबैभन्दा मनपर्ने तस्वीर हो। यसमा तिमी कुनै सन्देश दिइरहेकी झैँ देखिन्छौ।’ ‘कस्तो सन्देशरु’ म सोध्छु। मैले सुनेकै कथा उसले पनि सुनेको छ कि भनेर जिज्ञासु हुँदै। ‘यता आऊ, म तिमीलाई चाहन्छु भनेजस्तै।’ ऊ मुस्कुराउँछ। ‘तिमीलाई ‘कम हिदर’ ९कामुक निमन्त्रणा० को कुरा पूरै थाहा छ।’ ऊ हाँस्छ र मलाई अझ नजिक तान्छ। म पनि ऊ सँगसँगै हाँस्छु, उसको चुम्बनको जवाफ दिन्छु र उसको ओच्छ्यानमा पल्टिन्छु। पछि ऊ नुहाउँदै गर्दा उसले छानेको तस्वीर म फेरि हेर्छु। यो र अरु सबै तस्वीरमा म आफैँ चाहिँ कति कम बाँकी रहेकी छु भनेर म चकित पर्छु। ओहो, म कति चम्किलो र आदर्श देखिन्छु। यी तस्वीरमा पन्ध्र वर्षको उमेरदेखि मैले लड्दै आएको एनोरेक्सिया ९खानपिनसम्बन्धी एक मनोवैज्ञानिक विकार, जसले अरुचि गराउँछ० ले मज्जासँग आफ्नो धर्म पूरा गरेको छ। लोग्नेमान्छे शारीरिक रुपमा उपस्थित नभए पनि पुरुष दृष्टि, पुरुष बनोट र पुरुष चाहना हरेक तस्वीरमा झल्किन्छ। ती तस्वीरमा मेरो यथार्थ, मेरो असलीपना र चोट भने अदृश्य बनेको हुन्छ। १७ वर्षको उमेरदेखि नै म पलभरका लागि पनि एक्लो रहेकी छैन। मलाई कसरी फेला पार्ने भन्ने पुरुषहरु जान्दछन्। म पनि उनीहरुबाट मोहित भइरहन्छु। यस्तो लाग्छ, म तन्किएर सदाका लागि अस्तित्वमा छु। कसैको छोरी, कसैको आखेट, कसैको प्रेमिका, कसैको लोरी, कसैको जोत्ने जमिन। जतिजति म आफूलाई गुमाउँछु, उति नै बढी पुरुषलाई म आकर्षित गर्छु। म कतिसम्म भन्न सक्छु भने कसैसँग प्रेममा पर्दा आफ्नो आवाज गुमाउँदाजस्तै महसुस हुन्छ। नुहाइसकेर ऊ बेडरुमभित्र पस्नुअघि बाथरुमको ऐनाअघि आफ्नो पाखुरा तन्काउन रोकिन्छ। ‘रमाइलो भो,’ ऊ मलाई त्यहाँबाट हिँड्ने बेला भयो भन्ने जानकारी दिँदै भन्छ। म हतारहतार कपडा लगाउँछु, ऊ मलाई ढोकासम्म छोड्न आउँछ। ‘म तिमीलाई चाँडै भेट्छु।’ ऊ मलाई मुखमा अन्तिम चुम्बन दिन्छ र पुठ्ठामा अन्तिम पटक थप्थपाउँछ। म एलेवेटरतिर जाँदैगर्दा फेरि उसले बोलाएको सुन्छु। ‘झन्डै बिर्सेको१’ ऊ मेरो मोडलिङ कार्ड देखाउँछ। ‘ओहो, धन्यवाद।’ म कार्ड लिन्छु र एलेवेटर पर्खिन्छु। उसले आफूलाई सबैभन्दा मनपरेको भनेको फोटो निहुरेर हेर्दै गर्दा म उसले भनेका शब्द सम्झिन्छु। यौनसम्पर्क लगत्तै कुकुरले घाँस उम्रेको जमिनको टुक्रालाई आफ्नो दाबी गरेझैँ उसले घोषणा गरेको थियो, ‘तिमी मेरी हौ।’ मैले मुन्टो हल्लाउँदै सहमति जनाएकी थिएँ, ‘म तिम्रै हुँ।’ एलेवेटर आइपुग्छ। म बाटो लाग्छु। यसमा म २७ वर्षकी छु। मेरो एनोरेक्सिया सबैभन्दा खराब अवस्थामा छ। यसले मेरो जीवनका उथलपुथलको अवस्था राम्ररी देखाउँछ। अभिनय र मोडलिङका अलावा म लेखन र संगीत निर्माणमा पनि लागेकी छु। यो तस्वीर एक म्युजिक भिडियो सुटिङका बेला लिइएको हो। अरु सबै तस्वीरमा म मुस्कुराइरहेकी छु, हाँसेको वा मनमोहिनी बनेको ढोङ गरिरहेकी छु। तर यो चाहिँ अभ्यास र प्रस्तुतिबीचको क्षणमा लिइएको हो। यसमा सायद तिमी मायालु युवती देख्छौ। म भने एक ुएक्सपोजु आइमाईलाई देख्छु, जो आफ्नो लोग्नेको छायाँमा डुब्दै गइरहेकी छे। हाम्रो प्रेम पाशविक थियो। वासनाबाट तीव्र गतिमा सल्किएको हाम्रो प्रेमको अवतरण पनि उत्तिकै तीव्र गतिमा भयो। उसले आफूलाई सबैभन्दा मनपरेको भनेको फोटो निहुरेर हेर्दै गर्दा म उसले भनेका शब्द सम्झिन्छु। यौनसम्पर्क लगत्तै कुकुरले घाँस उम्रेको जमिनको टुक्रालाई आफ्नो दाबी गरेझैँ उसले घोषणा गरेको थियो, ‘तिमी मेरी हौ ।’ तिनलाई ऊ ‘सौता’ भन्छ। ऊ भन्छ, ‘बेबी यो मैले तिम्रै भलोका लागि गरेको हुँ। यसो गर्दा मलाई खुसी पार्ने पूरा दबाब तिमीलाई मात्रै पर्दैन।’ ऊ साँच्चै अर्की महिलासँगको सम्बन्धमा छ वा मलाई यत्तिकै त्यसो भनिरहेको छ, म भन्न सक्दिनँ। सायद ऊ मलाई जलाउन त्यसो भनिरहेको छ। सत्य जे भए पनि हाम्रो घरमा अर्की महिला प्रवेश गरिसकेकी छ, जसले हरेक स्वासमा मलाई तर्साइरहेकी छ। हामी जंगलको बीचमा आधा जलेको गोठमा बसेका छौँ। हामी सभ्याताबाट निकै अलग छौँ, त्यसैले हाम्रो फोन उठ्दैन। अन्य महिलामा रुचीबाहेक उसमा अचानक क्रोधको ज्वाला पनि दन्किन्छ। हरेक पटक उसले काल्पनिक विजयको गुड्डी हाँकिरहँदा म आफूलाई चिच्याउन, कराउन र तर्क गर्नबाट रोकिराख्छु। म उसको माया गुमाउन वा उसलाई रिस उठाउन चाहन्नँ। खासगरी परपरसम्म कुनै अर्को मान्छे पनि नभएको यो निर्जन स्थानमा। म ऊ गर्जेको, आफूले प्रेम गरेको मान्छे यौनसाथीमा मात्र घटिरहेको हेरिरहन्छु। म एक अभिनेत्रीको रुपमा र लोग्नेमान्छेको संसारलाई प्रिय बनाउन तालिम दिइएकी एक केटीका रुपमा उसलाई शान्त पार्न जाने जति उपाय प्रयोग गर्छु। उसले मलाई कहिल्यै हिर्काएन। ऊप्रतिको मायाले पनि मलाई भरोसा दिन्छ, मुखले चाहिँदो धावा बोले पनि उसले ममाथि हात उठाउने छैन। हरेक रात हामी एकअर्काभन्दा परपर भएर सुत्छौँ, मानौँ एकअर्काको निकटताबाट हाम्रो शरीरको छाला उप्किन थाल्छ। बरु उसले मलाई साँच्चै पिटोस् भन्ने चाहना राख्दै एकपछि अर्को रात म जागै पल्टिरहन्छु। उसले पिटेदेखि मसँग उसलाई छोड्ने कुनै ठोस बहाना हुने थियो, पीडाको प्रमाण हुने थियो। भावनात्मक युद्धको मुख्य गुण के हो भने यसले भौतिक दुर्व्यवहारभन्दा कैयौँ गुणा बढी छल र सहजताका साथ घाइते बनाउन सक्छ। जसले यस्तो पीडालाई स्वीकार्न, पचाउन, औचित्यपूर्ण ठान्न र माफी दिन सजिलो पार्दछ। ऊ त्यो गोठलाई पारिवारिक आवासका रुपमा बदल्न काम गरिरहेको छ। गोठको पछाडि हाम्रो ठूलो डसना पल्टिरहेको छ। डसना वरिपरि हिटर र इँटाको खात छ। छानाबाट तारमा नग्न बल्व झुण्डिएरहेका छन्। ऊ र म दुवै ती बल्वलाई छलेर हिँड्न जान्दछौँ। ती बल्वले छोए मात्रै छाला जलाउने निश्चित छ। अभिनय र फोटोसुटबाट प्राप्त मेरो कमाइ अझ बढाउन म अरुको बच्चाको हेरचाह गर्छु। हरेक साता उसको खल्तीमा मेरो कमाइ जम्मा गरेर म आफ्नो कर्तव्य पूरा गर्छु। आफ्नो पैसा उसलाई दिने बेलामा म भोक, जाडो वा थकानका कारण त्यसबारे गहिरिएर सोच्न नसक्ने भइसकेकी हुन्छु। यद्यपि उसले कराएको सुनेर म कहिलेकाहीँ चकित पर्छु, मेरो आवाज कहाँ छरु यो कसरी मेरो जीवन भयोरु म कसरी यस्ती आइमाई बनेँरु अन्ततः एक रात उसको पारा हेरेर मैले उसलाई सन्तुष्ट बनाउन नसकेका कुराहरुको सूची तयार गरेपछि ख्याल आयोः मैले आफूलाई खतराहरुबाट घेरिसकेको छु, किनभने यी सबै कुरा परिचित लाग्छन्। अचानक सबैथोक स्पष्ट भयो। बाक्लो कुहिरो हट्यो र मेरो कथा देखियो। अलगअलग टुक्रा प्रतीत हुने चीजहरु अब स्पष्ट देखिनेगरी जोडिए। एकपछि अर्को चोटका माध्यमले आफ्नो आवाज दबाएपछि म यस्ती आइमाई बनेकी थिएँ। केटी भएर जन्मेकै कारण मैले यो दुनियाँको कोर्रा खाएकी थिएँ। केटी भएकै कारण म सजाय र अपमानको लायक छु भनेर मैले विश्वास गरेकी थिएँ। केटी भएकै कारण यी सारा कुरालाई मैले स्वीकार गरेकी थिएँ। मैले उसलाई छोड्न जरुरी थियो। हामीले घर भन्ने गरेको चिहान, आफ्नो जीवन भनेर मैले स्वीकारेको संकीर्ण जीवन छोड्न जरुरी थियो। उसको अहम्ले सानो बनाएको। मैले काम गर्ने उद्योगहरुले खुम्च्याएको। उसको प्रेम जिउँदो राख्न चाहने केटीले सानो बनाएको यो जीवन छोड्न जरुरी थियो। अहिले म ३४ वर्षकी भएँ। मैले उसलाई छोडेँ। मैले आफू जुन केटी थिएँ, उसलाई पनि छोडेँ। मैले अभिनय र मोडलिङ छोडेँ अनि लेखकीय जीवनमा प्रवेश गरेँ। लेखकका रुपमा मैले सबैभन्दा पहिले संस्मरण लेखेँ। त्यसमा मैले आफ्नो कथा खोजेँ, कोर्राले बनाएको चोट सिलाएँ र अरुको हातबाट आफ्नो शरीरलाई मुक्त गरेँ। अब मेरो शरीर मेरो बन्यो, मेरो आवाज फिर्ता भयो। म अभिनय र मोडलिङ छोडेर लेखक बन्ने समाचारले विरोधको सामना गर्नुपर्यो। करिबकरिब प्रत्येक साथी र आफन्तबाट अविश्वास, चिन्ता, घृणा, तिरस्कारदेखि लिएर हाँसोसम्म मैले पाएँ। मैले नमागेका ती प्रत्येक सल्लाह हामी महिलाहरुले राम्ररी थाहा पाइसकेको वाक्यांशबाट सुरु हुन्थेः ‘म तिमीलाई मन पराउँछु तर…’ यस्तै विरोध र मेरो जिद्दी कायम छ। लेखकका अलावा म अहिले एक वक्ता पनि हुँ। म आफ्नै आवाज मात्र बोल्छु। आजभोलि मेरो करिअर यस्तै छ। महिलाहरुभित्र रहेको लचिलोपनबारे म बोल्छु। संसारले दिने चोट निको पार्ने र त्यसबाट माथि उठ्ने तरिकाबारे म बोल्छु। आफ्नो कथ्यलाई अरुको हातबाट खोसेर पुनः आफ्नो बनाउने हाम्रो अधिकारको कुरा गर्छु। र हामी सबै आफ्नो जीवन आफैँ लेख्न सक्षम छौँ भनेर बोल्छु। किशोरी वा युवती हुँदाताका म अभिनेत्री र मोडल बन्न चाहन्छु भनेर सुनाउँदा ‘ठीकै हो’ भनेर मुस्कानका साथ स्वीकार गरिन्थ्यो। त्यसको विपरीत लेखक हुन्छु भन्दा कसैले स्वीकार्दैन। पेसागत वा व्यक्तिगत रुपमा महिलाले आफ्नो सत्य आफैँ रचना गर्ने वा त्यसलाई प्रकट गर्ने अवधारणालाई मान्न उनीहरुलाई मुस्किल पर्छ। महिलाको यस्तो दुस्साहसी सपना देख्ने, निश्चित परम्पराभन्दा पर जान आँट गर्ने वा सम्भावनालाई यथार्थमा बदल्ने कुराले धेरै ओटा मुटुमा अव्यक्त डर पैदा गर्नेछ। म छक्क पर्छु, यसरी अरुलाई विरोधका लागि उकास्नमा के मेरो कुनै खास रुपको भूमिका छरु सायद मजस्तो कुनै समयकी शान्त, आज्ञाकारी, आदरपूर्ण र सुन्दर महिलाले समेत शारीरिक सुन्दरतालाई आफ्नो योग्यता र धनको रुपमा प्रयोग नगर्ने निर्णय गरेको कुरा पचाउन मुस्किल छ। अझ त्यसको सट्टा मेरो अन्तर्निहित र प्रामाणिक शक्तिको रुपमा रहेको आफ्नो दिमाग र आवाजको सहारामा जीवनमा सफलता खोज्नु र प्राप्त गर्नु घृणित र निन्दाजनक छ। यदि सम्पूर्ण युवती र महिलाहरुले यस्तै विद्रोह गर्ने हो भने पितृसत्ता ढल्नेछ। यस्तै विरोध र मेरो जिद्दी कायम छ। लेखकका अलावा म अहिले एक वक्ता पनि हुँ। म आफ्नै आवाज मात्र बोल्छु। आजभोलि मेरो करिअर यस्तै छ। महिलाहरुभित्र रहेको लचिलोपनबारे म बोल्छु। संसारले दिने चोट निको पार्ने र त्यसबाट माथि उठ्ने तरिकाबारे म बोल्छु। आफ्नो कथ्यलाई अरुको हातबाट खोसेर पुनः आफ्नो बनाउने हाम्रो अधिकारको कुरा गर्छु। र हामी सबै आफ्नो जीवन आफैँ लेख्न सक्षम छौँ भनेर बोल्छु। एक अभिनेत्रीका रुपमा मैले लिएको तालिम र जीवनमा मैले लिएका अनुभवहरुको संयोगले मलाई यो नयाँ जीवनका लागि पूर्ण रुपमा तयार गरेको छ। यद्यपि अहिले म अरुले लेखेका शब्दहरु बोल्दिनँ। म जस्ती केटी थिएँ, त्यसलाई सँगालेर बाक्साभित्रै म पुनः थन्क्याउँछु। विगत वर्षका कष्टहरुलाई अहिले कृतज्ञताले विस्थापित गरिसकेको छ। किनभने ती सबैले मलाई यहाँसम्म ल्याइपुर्याए। र म गर्व गर्छु किनभने मैले हरेक कुरालाई कवितामा बदलेको छु। म उठ्छु। हेर्नुहोस् माेडल रिमा जमानका केही तस्विरहरु- एजेन्सीको सहयोगबाट