घट्यो घरायसी ग्राहकको विद्युत महसुल, नयाँ कति ? (सूचीसहित)

काठमाडौंः घरायसी ग्राहकको विद्युत महसुल घटेको छ ।

सोमबार बसेको विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सरदर १० प्रतिशत विद्युत महशुलदर घटेको छ ।

विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ ।

 

हेर्नुस् नयाँ महसुलको दरः

चलचित्र ‘शुभ मंगल’ बन्ने, कुशल–सुरवीना मुख्य भूमिकामा

काठमाडौंः प्रेमकथामा ‘शुभ मंगल’ नामक फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियामा बस्दै आएका निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्ने छन् । देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम,सम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने फिल्मको केही समयपछि औपचारिक रुपमा घोषणा गरिने बताइएको छ । निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ । फिल्मका अन्य कलाकार तथा प्राबिधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन् ।

कराँतेमा लक्ष्मण तामाङले दिलाए नेपाललाई स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका छन् । सोमबार कातातर्फ स्वर्ण जितेको नेपालले फाइट (कुमुते) तर्फ पनि शुरुमै स्वर्ण जितेको हो । ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १–० ले पराजित गरे । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सूर्यलाई पराजित गरेका थिए ।

हङकङका विस्फोटक ब्याट्सम्यान आउट, नेपाल जित नजिक

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सातौं विकेट गुमाएको छ । हकङकले सातौं विकेटका रुपमा किन्चित शाहलाई ५३ रनमा गुमाएको हो । उनलाई सुशन भारीले विकेटकीपर विनोद भण्डारीको हातबाट क्याचआउट गराए । यसअघि अभिनाश बोहरा र करन केसीले ३–३ विकेट लिइसकेका छन् । यो समाचार तयार पार्दासम्म हङकङले ३३.३ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाएर १ सय १७ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी  

तिहारमा पनि सुनसान छन् सुन पसल

विराटनगरः सुनको मूल्यमा उल्लेखनिय वृद्धि भएसँगै सुनको कारोवार घटेपछि बिराटनगरका सुनपसलहरु चाडवाडमा पनि सुनसान छन् । मूल्य वृद्धिका कारण एकतोला सुन खरिद गर्न ठुलो लगानी गर्नुपर्ने भएपछि चाडवाडमा पनि यसपटक सुनको बिक्री नहुदा पसल सुनसान भएका हुन् । सुनको मूल्य बढेपछि यसवर्ष तीज, दशैँ तथा तिहारसमेत सुन बिक्री घटेको सुन व्यवसायी बताउँछन् । तिहारको धनतेरस अर्थात काग तिहारको दिनलाई सुनचादी खरिदका लागि शुभदिन मानिन्छ । तिज र दशैँमा बिक्री नभए पनि धनतेरसको दिन सुनचाँदी बिक्री हुने व्यवसायीले बिश्वास लिएका थिए । गतवर्ष धनतेरसका दिन पाँचलाखसम्म सुनचादी बिक्री गर्ने व्यवसायीहरुले यस पटक भने गतवर्षको तुलनामा ५० प्रतिशतमात्र बिक्री भएको बताउँछन् । मनिष ज्वोर्लसका अशोक खडकाले तिहारमा गतवर्ष चारलाखसम्म सुुनचादी बिक्री गरेकोमा योवर्ष त्यसको आधामात्र बिक्री भएको बताए । धनतेरसका दिन पसलमा ग्राहक भिड भएपनि सगुनका लागि सुनका सानातिना सामान बिक्री भएको उनको भनाई छ । तिहारमा पहिले बिक्री गर्न भ्याइ नभ्याई हुन्थ्यो फुर्सदसमेत हुदैन थियो तर यो वर्ष त्यो अवस्था नरहेको उनले बताए । बाबा शिव ज्वेर्लसका दिनेश साहले गतवर्षको तुुलनामा योवर्षको दिपावलीमा ३० प्रतिशत बिक्री भएको बताए । पहिलेको तुलनामा योवर्ष फाटफुट ग्राहक आएकाले बिक्री कम भएको उनको भनाई छ । सालिमार ज्वेर्लसका सुुनिल अग्रवालले तिहारमा मात्र होइन दशैँ र तिजमासमेत कारोवार ठप्प भएको बताए । महँगो भएका कारण सुन बिक्री नभएपनि चाँदीको बिक्री भने सन्तोषजनक नै रहेको उनको भनाई छ । पसलमा ग्राहक भिड देखिन्छ एकजना लिने र चारजनाले हेरेर सुझाव दिने भएकाले भिड देखिएपनि कारोवार सामान्य हुने गरेको उनले बताए । अग्रवालले भने, गतवर्षको तुुलानमा यस बर्ष ५० प्रतिशत कारोवार घटेको छ । धनलक्ष्मी ज्वोर्लसका सुभाष बर्माले धनतेसरका दिन गतवर्ष तिन लाखसम्म बिक्री भएकोमा यसबर्ष सोको तुलनामा ६० प्रतिशतमात्र बिक्री भएको बताए । सुुनचाँदीको पसल मात्र नभएर बिराटनगरका प्राय सबै व्यवसायमा मन्दी छाएको उनको भनाई थियो । यसैगरी ऋद्धिसिद्धी ज्वोर्लसका अशोक सुमानीले सुनचाँदीको बिक्रीमा गत असारदेिख बिक्रीमा मन्दी आएको बताए । सुनको मूल्य बढेपछि सुनमा लगानी गर्ने भन्दा पनि ग्राहकले सो पैसा अरुतिरै लगानी गर्ने थालेको पाइन्छ । सुन किन्ने पैसा अहिले जग्गा र अरु व्यापारमा लगानी गर्ने क्रमसमेत बढेको पाइन्छ ।

विराज भट्टको ‘साङ्लो’ को रिलिज मिति धकेलियो

काठमाडौंः नायक विराज भट्टद्वारा निर्देशन गरिएको नेपाली चलचित्र ‘साङ्लो’ रिलिज मिति सारिएको छ । छठको अवसर पारेर कार्तिक १५ गते रिलिज हुने घोषणा गरिए पनि ‘साङ्लो’ आउँदो फागुन ९ गते रिलिज हुने भएको हो । शनिबार फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको नयाँ रिलिज मिति सार्वजनिक गरिएको हो। यसै सिनेमाबाट मिस नेपाल २०१७ निकिता चण्डकले नेपाली रजतपटमा डेब्यू गर्दै्छिन्। सिनेमामा विराज भट्ट तथा निकिताका अलावा प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारहरुको अभिनय रहनेछ। सिनेमालाई सुदूरपश्चिमको रमणीय ठाउँमा फिल्माङ्कन गरिएको छ। विराज फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्मित सिनेमामा तेजबहादुर खड्काको लगानी रहेको छ। शिवम् अधिकारीले पटकथा र संवाद लेखेको सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन्।

नसिरुद्दिन शाह, राेमिला थापरसहित १८० जनाले माेदीलाई लेखे बिराेधपत्र

मुम्बई, भारतकाे सामाजिक क्षेत्रका प्रसिद्ध १ सय ८० जनाले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई बिराेध पत्र लेखेका छन् । माेब लिचिङघटनामा चिन्ता व्यक्त गर्दा ४९ प्बुद्द व्यक्तिमाथि मुद्दा दर्ता गरिएपछि बिराेध प्रकट गरिएकाे हाे । बिराेध पत्र लेख्नेमा अभिनेता नसीरूद्दीन शाह र इतिहासकार रोमिला थापर समेत १८० जना रहेका छन् । पत्रमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधै आवाज उठाईराख्ने बताईएकाे छ । “हाम्रा ४९ साथीहरुका विरुद्द माेब लिचिङ घटनामा आवाज उठाएकाे आराेपमा मुद्दा चलाइएकाे छ । उनीहरुले नागरिक कर्तव्य पूरा गरेका थिए ।” पत्रमा उल्लेख छ, “के नागरिककाे आवाज बन्द गर्नु, अदालतकाे दुरुपयाेग गर्नु उत्पीडनहैन र ?” पत्रमा लेखक अशोक वाजपेयी, जैरी पिंटो र शम्सुल इस्लाम, शिक्षाविद इरा भास्कर, कवि जीत थायिल, संगीतकार टीएम कृष्णा र फिल्मकार सबा देवानले पनि हस्ताक्षर गरेका छन् । पत्रमा भारतका सांस्कृतिक समुदायका सदस्यहरु र नागरिकका रुपमा यश प्रकारका उत्पीडनकाे सधै बिराेध गर्ने उल्लेख छ । लिचिङका घटना बढेकाे भन्दै माेदीलाई पत्र लेख्ने ४९ जनाविरुद्ध ३ अक्टुबरका दिन मुजफ्फराबादमा केस दर्ता गरिएकाे थियाे । उक्त पत्रमा मे २०१४ देखि माेदी सरकार सत्तामा आएसँगै अल्पसंख्यक र दलित समुदायविरुद्ध ९० प्रतिशत मुद्दा दर्ता भएकाे उल्लेख थियाे ।

चीनले बनायो ९८ फुटबल मैदान बराबरको विशाल विमानस्थल (तस्बिर सहित)

चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको विशाल विमानस्थल सञ्चालनमा आएको छ। चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङस्थित डाशिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधवार औपचारिक उद्घाटन गरे। उक्त विमानस्थल झन्डै सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ। अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रो ठूलो छ। एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ। तर बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको सरकारी अधिकारीहरू बताउँछन्। डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ। सन् २०२५ भित्र १७ करोड यात्रुहरू उक्त विमानस्थल हुँदै बेइजिङ आउने अपेक्षा गरिएको छ। नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ। ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्। यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्। यो विमानस्थल सञ्चालनमा आएपछि बेइजिङमा पनि न्यूयोर्क र लन्डनमा जस्तै दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। सन् १९५८ मा खुलेको बेइजिङ क्यापिटल विमानस्थल अहिलेसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेका छन्।    

मिसेस नेपाल- २०१९ बनिन् महेन्द्रनगरकी भाविषा कोइराला चटौत

मिसेस नेपाल इन्टरनेसनल- २०१९ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले जितेकी छिन् । रिबन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको प्रतियोगितामा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरलाई क्राउन र स्यास पहिर्‍याएका थिए। सोही अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिद्वारा सम्मानित गरिएको हाे । समारोहमा प्रतियोगिता पाँचौं वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सीताराम पोखरेल र मिस नेपालका आयोजक गोपालसुन्दर लाल कक्षपतिलाई रिबन अनर अवार्डबाट सम्मानित गरिएको थियो। विभिन्न पेसामा आबद्ध ३० विवाहित महिलाबीच सम्पन्न प्रतियोगितामा विजयी भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाइकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छन्। भाविषा र रंगीनाले उपाधि जितेबापत सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनरअप, स्नेहा राउत थापा सेकेन्ड रनरअप र बेस्ट पर्सनालिटी, शवनम खरेल थर्ड रनर्सअप र बेस्ट र्‍याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाइस, कुश्मादेवी खाँड मल्ल मोस्ट पपुलर र मस्ट फ्रेन्डली तथा आश्मा तामाङ पब्लिक च्वाइस र मोस्ट गर्जियस भएका छन्। अश्विनी झाको कोरियोग्राफी तथा निशुकान्त झाको निर्देशनमा भएको समारोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए।

आज सोमबार, कस्तो छ तपाइको राशिफल?

मेष– पाचन प्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वृष– बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मिथुन– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कर्कट– रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सिंह– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । धनु– विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कन्या– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । तुला– प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ । वृश्चिक– अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । धनु– साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला । कुम्भ– वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कुम्भ– शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । मीन– पढाइ लेखाइमा प्रगति हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

खुला दिसामुक्त घाेषणाा हुँदा पनि याे बिजाेग, ७९ हजारले प्रयाेग गर्छन् १ शाैचालय

ललितपुर : जनसंख्या ३० लाखभन्दा बढी, सार्वजनिक शौचालय ३८ वटा। मुलुकको राजधानी र पहिलो महानगरपालिकाको अवस्था हो यो। यसरी हेर्दा एउटा शौचालय ७९ हजारले प्रयोग गर्नुपर्ने बाध्यता छ। काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने, ‘काठमाडौंमा बसाइँ सराइ र जनसंख्या बृद्धि अनुपात हेर्दा यहाँको जनसंख्या ३० लाखभन्दा बढी पुगेको अनुमान छ।’अन्नपूर्ण पोष्टमा नितु घलेले लेखेकी छिन । केन्द्रीय तथ्यांक विभागले सन् २०१६ मा काठमाडौंको जनसंख्या २५ लाख २२ हजार एक सय तीन रहेको विवरण सार्वजनिक गरेको थियो। विभागका निमित्त महानिर्देशक मोदिनलाल श्रेष्ठले भने, ‘हालको जनसंख्या अझै धेरै हुनुपर्छ। जनसंख्या वृद्धिदर उच्च छ। यति नै संख्या भन्न सकिन्न।’ विश्व स्वास्थ्य संगठनका अनुसार आपत्कालीन अवस्थामा मात्र एउटा शौचालय ५० जनाले प्रयोग गर्न मिल्छ। जनसंख्या हेरेर प्रत्येक तीन सय मिटरमा एउटा शौचालय हुनुपर्ने प्रावधान छ। उपत्यकामा सार्वजनिक शौचालय निर्माणका लागि काम गर्दै आएको संस्था एरोसान नेपालले काठमाडौंंमा ३८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेको जनाएको छ। संस्थाका प्रकाश अमात्यले भने, ‘चालू अवस्थामा रहेका शौचालय दुर्गन्धित र जीर्ण छन्।’ काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयसम्बन्धी निर्देशिका पास गर्न सकेको छैन। काठमाडौंमा ५६ वटा पेट्रोल पम्प सञ्चालनमा छन्। कुनै पेट्रोल पम्पमा पनि शौचालय र खानेपानीको व्यवस्था छैन। पेट्रोल पम्प सञ्चालन लाइसेन्स लिँदा स्वच्छ पानी र शौचालयको व्यवस्था गरेको हुनुपर्ने प्रावधान छ। यीबाहेक मठमन्दिर, पार्क, सरकारी कार्यालय, सपिङ मल जोड्दा २ सय ४२ शौचालय तत्काल बन्न सक्ने अमात्य बताउँछन्। रेस्टुरेन्टसँग पनि सहकार्य गर्न सकिने उनको भनाइ छ। कोटेश्वर, रत्नपार्क, भोटाहिटीमा निजी सार्वजनिक साझेदारीका आधारमा शौचालय सञ्चालनमा छन्। भृकुटीमण्डपस्थित सार्वजनिक शौचालय उदयपुरका तीर्थ राईले सञ्चालन गरिरहेका छन्। उनले शौचालय सञ्चालनबापत मासिक एक लाख १६ हजार तिर्छन्। शौचालयबाट मासिक ५० हजारभन्दा बढी आम्दानी नहुने उनको भनाइ छ। शौचालयको कौसीमा कफीसप चलाउनुपर्ने माग उनको छ। ‘उचित नियमन अभाव र चर्को कर प्रणालीले व्यवस्थित नभएको अध्ययनमा देखिएको छ’, अमात्य भन्छन्, ‘यसबारे सरकारको नीति स्पष्ट छैन।’ समाजकल्याण परिषद्को स्वामित्वमा रहेको यो शौचालय अपांग र बृद्धबृद्धामैत्री छैन। भोटाहिटीमा सञ्चालित शौचालयले महानगरलाई वार्षिक ६० लाख रुपैयाँ तिर्छ। मासिक दुई सिलिन्डर ग्यास रत्नपार्कस्थित शौचालयबाट मासिक दुई सिलिन्डर बायोग्यास निकालिन्छ। नजिकैको चियापसलले मासिक तीन सिलिन्डर ग्यास खपत गर्छ। सञ्चालक ऋषि गर्तौला हरेक सार्वजनिक शौचालयले बायोग्यास निकाल्नुपर्ने बताउँछन्। गर्तौला भन्छन्, ‘निकै राम्रोसँग व्यवस्थापन गरेका छौं। सेन्सर बत्ती छ, महिलामैत्री छ।’ उनले महानगरलाई वार्षिक १७ लाख अग्रीम भुक्तानी तिर्नुपर्ने बताए। कीर्तिपपुरमा वडैपिच्छे शौचालय कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय बनाउँदै छ। यसका लागि निर्देशिका पारित गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको वातावरण शाखाका ज्ञानबज्र महर्जनका अनुसार कीतिपुर बसपार्कमा शौचालय सञ्चालनमा ल्याइएको छ। सबै सार्वजनिक शौचालय निःशुल्क बनाइने नगरपालिकाको योजना छ। ट्वाइलेटछेउमा लामो सास फेर्छुः चिरीबाबु ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भन्छन्, ‘अफिस आउँदा लामो सास फेर्छु। ट्वाइलेट गनायो भने गुनासो गरिहाल्छु। अफिसमा व्यवस्थापन गर्न सकिएला तर बाहिर त समस्यै हुन्छ।’ उनले लगनखेल र जाउलाखेलको शौचालय व्यवस्थित गर्न लागिएको बताए। उनले भने, ‘शौचालय बनाउन जग्गा छैन। भएको ठाउँमा छरछिमेकीले बनाउन दिँदैनन्। मंगलबजारको पर्यटकीय शौचालय भूकम्पपछि बन्द छ। अर्को सातादेखि काम हुनेछ।’ आशीर्वाद पाउँदाको खुसी गंगामान गुरुङ र मिठु श्रेष्ठ दम्पतीले ग्वार्कोमा सञ्चालनमा ल्याएको शौचालयमा भीड हुन्छ। १६ लाख लगानीमा सञ्चालन भएको उक्त शौचालयमा अनेकांै खालका मानिस आउँछन्। शौचालयबाहिर बोटबिरुवा छन्। मिठुले कुखुरा र कुकुर त्यही हुर्काइन्। बिहान ४ बजे खुल्ने उनको शौचालय पसलका मुख्य ग्राहक ट्राफिक प्रहरी, बटुवा र सवारी मजदुर हुन््। मिठुका अनुसार तीन महिनाअघि ५५ वर्ष जतिका देखिने व्यक्ति शौचालयमा प्रवेश गरे। उनी निकै आपत्मा थिए। शौचालय आइपुग्न समस्या भएपछि उनले कपडामा दिसा गरेछन्। उनले भित्री पहिरन शौचालयमै फुकाले। सफा गरे र गए। मिठु भन्छिन्, ‘दिसापिसाब लुकाएर लुक्ने कुरा होइन। आपत्मा परेका मानिसले धेरै आशीर्वाद दिएका छन्।’ गत वर्ष पोखराबाट एउटा महिला टोली आयो। उनीहरू बिहान ४ बजे रात्रिबसबाट ग्वार्कोमा उत्रिए। उनीहरूलाई शौचालय जान हतार भएको रहेछ। शौचालय देखेर खुसी भए। दिसापिसाब गरेपछि पाँच सय रुपैयाँ टिप्स दिन खोजे। मिठुले भनिन्, ‘दिसापिसाब गरेको दस रुपैयाँ मात्रै लिन्छांै भन्दाभन्दै ती महिलाले जबरजस्ती सय रुपैयाँ छोडेर गए।’ गंगामान र मिठुको जोडीले शौचालय सञ्चालन गरेबापत सरकारलाई वार्षिक डेढ लाख रुपैयाँ कर तिर्छ। प्रत्येक दिन ५ सय रुपैयाँको पानी किन्नुपर्छ। सफा गर्न विभिन्न खालका केमिकल प्रयोग गर्नुपर्छ। मिठुको शौचालय सञ्चानल नाफाभन्दा सहयोगमुखी मात्र भएको छ। अन्नपूर्ण पोष्टमा नितु घलेको समाचार सार्वजनिक छ ।

स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक उडे विदेश

काठमाडौं । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि । उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

सोतो कराँते डो संघ नेपालको बैठक सम्पन्न, महत्वपूर्ण २ निर्णय गरियो

काठमाडौंः सोतो कराँते डो संघ नेपालको आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले रिक्त रहेका पदमा विभिन्न व्यक्तिलाई मनोनगन गरेको छ । संघका सदस्य हिक्मत बोहराका अनुसार बैठकले सोतो कराँते डो संघ नेपालको केन्द्रीय समितिमा विभिन्न व्यक्तिलाई मनोनयन गरेको हो । जसअनुसार समितिको उपाध्यक्षमा कर्णबहादुर कुँवर र मिनबहादुर चन्दलाई चयन गरिएको छ । यस्तै सदस्यमा युद्धविक्रम तामाङ, अनिल बुढथापा, कुमारी भजन सोडारी, बिकास गुरुङ, भरत शाह र कमलसिंह रानालाई सदस्यममा चयन गरिएको संघका सदस्य बोहराले जानकारी दिए । उनका अनुसार बैठकले सोतो कराँते डो संघ नेपाले आयोजना गर्ने प्रतियोगिताको मिति पनि तोकेको छ । बैठकले दोस्रो अन्तर्राष्ट्रि सोतो कराँते प्रतियोगिता आउँदो माघ १६ र १७ गते गर्ने निर्णय गरेको छ । प्रतियोगिता शसस्त्र प्रहरी बलको हलचोक काठमाडौंमा आयोजना गर्ने निर्णय सर्व सम्मत गरिएको संघका सदस्य बोहराले जानकारी दिए ।

डेंगु प्रकोपः दक्षिण एसियामा एकै भाइरस

काठमाडौं । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा।बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए। समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की प्रतिनिधि डा।लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तत्व जिम्मेवार रहेको बताइन्। डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ। लामखुट्टेको अन्डा तथा लार्भा नष्ट गर्नुबाहेक विकल्प नभएको डा।नागपालले बताए। उनीहरू डब्लूएचओ, युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको कार्यक्रममा सहभागी थिए। डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।

मन्त्री पोखरेलद्धारा विद्युतीय बस उदघाटन, भाडामा २० % छूट

काठमाडौं । ‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गरेका छन । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्नेछन् । कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

सिंह राशि छोडेर जाँदैछन् यी दुई ग्रह, अबका ७ दिन कसका लागि कस्तो ?

आज सोमबारदेखि अर्को सोमबारसम्म बुध र शुक्र दुई राशीको अवस्थामा परिवर्तन हुन गइरहेको छ । दुबै ग्रह सिंह राशिबाट निस्केर कन्या राशीमा जाँदैछन् । यसबाट सिंह राशिमा चलिरहेका चार ग्रहको संयोग समाप्त हुने छ । ग्रहको यो परिवर्तनले तपाईको राशीमा के प्रभाव पर्छ त ? भारतका प्रख्यात ज्योतिषी गुजन वाष्णेयकै शब्दमा मेष राशि कामको प्रशंसा हुने । आर्थिक लाभका लागि कुनै नयाँ कार्य गर्न चाहनुहुन्छ भने यो हप्ता तपाईलाई एकदमै राम्रो छ । यो सप्ताहमा कार्य व्यवसायमा सफलताको योग बनिरहेको छ । अर्को आइतबारसम्म धन लाभ तथा कार्यमा सफलता देखिन्छ । करियरमा प्रगति र लाभका दृष्टिले राम्रो छ । तपाईको कामको प्रशंसा हुनेछ । सम्मान पाइन सक्छ । वृष राशिः विवाद हुनसक्छ सोमबार, मंगलबारका दिन कोहीसँग अनावश्यक विवाद हुन सक्छ । कुनै अप्रिय घटनाका कारण कष्ट पुग्न सक्छ । सोचेर बुझेर मात्रै कार्य व्यवहार गर्नुहोला । बुधबारदेखि भने प्रतिकूलतामा कमी आउला । कतै जागिर खोज्नैपर्ने आवश्यकता महसुस हुने छ । यो समयमा तपाई केही नयाँ गर्ने कोशिसमा हुनुहुन्छ । अर्को हप्ताको शुरुआतसम्म तपाईका लागि समय अनुकुल हुने छ । मिथुनः शनिबारपछि सुखद समय आज र भोली कुनै प्रिय व्यक्तिसँग वार्तालाप या भेट हुन सक्छ । जीवनसाथीबाट पूरा सहयोग पाइने छ । तपाईले कोहीसँग केही वाचा गर्नुभएको थियो भने यो हप्ता त्यो पुरा गर्दा उत्तम हुन्छ । बुधबारदेखि केही कठिनाई आउन सक्ला । यात्रा गर्दा सावधानी अपनाउनु होला । स्वास्थ्यमा ध्यान दिनु जरुरी । मौसमी बिरामी लाग्न सक्छ । शनिबार र आइबार भने सुख समृद्धिको साधन बढने देखिन्छ । मान प्रतिष्ठामा पनि बृद्दि होला । कर्क राशि ः लगानीका लागि राम्रो बिरोधीहरुको प्रभाव कम हुने छ । धन लाभको संकेट देखिन्छ । अपरिचित व्यक्तिको सहयोग पाईला । शेयर बजारमा लाभ र धनको लगानीका लागि राम्रो समय छ । शनिबार र आइतबार लामो यात्रा नगरेकी बेस । जोखिम र लापरवाहीबाट जोगिनुस । चोटपटकको सम्भावना देखिन्छ । होशियार रहनु राम्रो । दान गर्नुहोला । सिंह राशिः बिग्रेका काम बन्ने महिलाहरुका लागि खासगरी छात्राका लागि राम्रो समय छ । व्यापारीलाई भने कडा परिश्रम नै गर्नुपर्ला । पारिवारिक हिसाबले यो सात दिन राम्रो छ । बिग्रेका काम बन्लान । शत्रु निर्बल रहनेछन् । कुनै बृद्धबृद्धालाई सहयोग गर्नुहोला । कन्या राशिः जागिरमा लाभ सोमबार मंगलबार सामान्य मनमुटाव हुनसक्छ । पारिवारिक सम्बन्धमा अलि होश पुर्याउनु होला । काममा बिलम्ब हुन सक्छ । संयम र धैर्य नै तपाईका लागि अहिलेको मुख्य उपचार हो । बुधबारपछि भने समय ठीक छ । परिश्रम अनुसार सफलता पाइने र रोकिएका काम बन्ने छन् । व्यापार र जागिरमा लाभको योग छ । समय अनुकुल हुँदा त्यसको लाभ धैर्यतासाथ लिनुहोला । तुला राशिः लेनदेनमा सतर्कता आवश्यक यो हप्ता तपाई सक्रिय मुडमा देखिनुहुनेछ । जोश उत्साह र कार्यकुशलताले काम बन्न सक्छ । बुधबार र बिहिबार भने कुनै कुराले तपाईलाई तनाव दिन सक्छ । परिवारमा यही कारण तपाईले कठोर वचन नबोल्नुहोला । अचानक कसैबाट धोका पाइन सक्छ । अर्को कुरा लेनदेनमा सतर्कता आवश्यक छ । आइतबारदेखि समय ठीक छ । वृश्चिक राशिः सिनियरसँग राम्रो गर्नुहोला सोमबारदेखि बिहिबारसम्म अनुकल देखिन्छ । कतैबाट लाभ पाइन सक्छ । मान प्रतिष्ठाको पनि योग छ । तर शुक्रबारपछि भने केही समस्या देखिन्छ । शुक्रबार र आइतबारका दिन आफूभन्दा माथिका सिनियरसँग विवाद नगर्नुहोला । यो बेला आफ्नो कामसँग मात्र मतलब गरेर दायाँ बायाँ त्यति ध्यान नदिनु होला । कुनै मन्दिरमा फल दान गर्नुहोला । धनु राशि ः कोशिस भन्दा बढी सफलता यो समय राम्रो छ । तपाईको आत्मविश्वास बनि रहनेछ । आनन्दित हुनुहुनेछ । नयाँ कामको शुरुआत हुन सक्छ । आर्थिक पक्ष राम्रो होला । कारोबारमा पनि ठीकै देखिन्छ । लाभदायक योजनासँग जोडिनुहुनेछ । कमाएको धनको केही रकम सामाजिक क्षेत्रमा दान गर्दा त्यो झनै राम्रो हुने छ । परिवारमा बच्चालाई समय दिनु जरुरी देखिन्छ । कुनै पुरानो कुराले मन अशान्त बन्न सक्छ, त्यसका लागि सामाजिक क्षेत्रमा समय बिताउँदा राम्रो । मकरः अनावश्यक खर्चको योग अनावश्यक खर्च हुने देखिन्छ । खर्चमा नियन्त्रण गर्नुहोला । सही दिशा हुँदाहुँदै पनि कार्यमा बिलम्ब हुन सक्छ । काम बनेपनि कठिनाईका सामना गर्नुपर्र्ला । हप्ताको अन्त्यमा राम्रो छ । धन लाभ हुने देखिन्छ । श्रीमतीलाई कतै घुमाउन लग्दा राम्रो । पारिवारिक उलझन हटनेछ । कुम्भः यो हप्ता राम्रो देखिन्छ । मित्रहरुको सहयोग पाइनेछ । योजनाहरुलाई पुरा गर्न शुरुमै कस्सिनुपर्लाै । बुधबारदेखि भने केही विशेष सावधानी अपनाउनु जरुरी छ । न चाहँदा नचाहँदै पनि प्रतिकुल परिस्थिति आउन सक्छ । तर जस्तो परिस्थिति आएपनि त्यसको प्रतिकार गर्नुहोला । शनिबारदेखि फेरी समय राम्रो छ । मीन राशिः लेन देनमा सतर्कता यो हप्ता राम्रो छ । तपाईकै समय छ, त्यसैले यसको भरपूर फाइदा उठाउनुस । तपाईका सोझो मनको केहीले फाइदा उठाउन सक्लान त्यसैले सबै कुरा आफ्नै सोचेर नभन्नुहोला । अरु राम्रो छ । लेनदेनमा केही सतर्कता जरुरी देखिन्छ । स्वास्थ्यमा केही सतर्ककता आवश्यक छ । घर परिवारमा राम्रो होला । तपाईको परिवारमा कोही बृद्द छन् भने उनको मनोकांक्षा पुरा गर्नुहोला ।