लागुऔषध चरेससहित दुई भारतीय पक्राउ

धादिङ, पुस १९ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट बिहीबार आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौै‌बाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेको हो । एचआर ३ एसएस ९३७१ नंको कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ । रासस

चारै प्रतिस्पधीले दिए ‘बेजोड’ पस्तुति, कसले बाजी मार्ला आइडलको उपाधि ? [भिडियाे]

काठमाडौं, मंसिर २८ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल-२ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति विशेष रह्यो। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ। बिहीबार नेपाल आइडलको मञ्च चिटिक्क परेको थियो। विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी ढाकाको पहिरनमा सजिएका थिए। ड्यासमा बसेका जज पनि ढाका मिश्रित पहिरनमा आकर्षक देखिएका थिए। कार्यक्रमकी सञ्चालिका रिमा विश्वकर्मा ढाकाको लामो गाउनमा सजिएकी थिइन् भने आसिफ शाहले ढाकाकै कोटमा नेपालीपन झल्काएका थिए। कार्यक्रमको सुरुआतमा रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुभकामना सन्देशको भिडियो क्लिप प्रदर्शन गरिएको थियो। जजहरू कालीप्रसाद बाँस्कोटा, न्ह्यु वज्राचार्य र इन्दिरा जोशीले पनि गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए। उत्कृष्ट चारको अब्बल प्रस्तुतिमा दर्शकहरू झुमिरहेका थिए। हरेक प्रतियोगीले दुईवटा गीत मिश्रण गरेर आवाज दिएका थिए। कार्यक्रममा पहिलो प्रस्तुतिका लागि रवि मञ्चमा देखा परे। उनले ‘दैव हे’ बोलको गीतमा बेजोड प्रस्तुति दिएका थिए। सुदूरपश्चिमका एकमात्र विजेताका दाबेदार रविले पछिल्लो समय आफूलाई निकै परिस्कृत गरेका छन्। कार्यक्रमको दोस्रो प्रस्तुतिका लागि जज कालीप्रसाद बाँस्कोटा मञ्चमा उपस्थित भए। ‘निर जैले रिसाउनी’ बोलको गीतमा सुमधुर आवाज र रोमान्टिक प्रस्तुतिका साथ मञ्च तताउन सफल भए उनी । विक्रमको स्वरमा नेपाल आइडल मन्त्रमुग्ध बन्यो। सबैको हौसला र तारिफ पाउन सफल बरालले ‘मेरो बेहोशी आज’ र ‘चिठीभित्र’ बोलको दुईवटा गीतलाई एकै बसाइमा सँगसँगै गाएका थिए। उनको प्रस्तुति अब्बल थियो । यसलगत्तै निकै लामो आलाप गुनगुनाउँदै मञ्चमा देखा परिन्, जज इन्दिरा जोशी। उनले ‘जाऊँ कि नजाऊँ’ बोलको गीतमा निकै सुमधुर आवाज दिएकी थिइन्। ‘मै नाचेँ छमछमी’ बोलको गीतमा शरीरको ताल मिलाउँदै मञ्चमा देखा परे सुमित। यसका साथै उनले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतमा पनि निकै सुमधुर आवाज दिएका थिए। ‘फूलको आँखामा फूलै संसार’ बोलको गीत गुनगुनाउँदै मञ्चमा देखा परे आइडलका जज न्ह्यु वज्राचार्य। उनले गीत गाउँदा सबैजना चुपचाप संगीतमा हराएका थिए। नेपाल आइडलकी दाबेदार एकमात्र महिला प्रतियोगी अस्मिताले ‘कहिलेकहीँ मलाई पनि’ बोलको गीतमा आवाज दिइन्। यसका साथै ‘मेरो माया कतारमा’ बोलको गीत पनि मि श्रण गरेर गुनगुनाएकी थिइन्। कहिले रक, कहिले लोक, आधुनिक, सेन्टिमेन्टल हरेक प्रकारका गीतमा आफूलाई अब्बल साबित गरिसकेकी अस्मिताले धमाकेदार प्रस्तुति दिइन्। आउने पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुने कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । अघिल्लो हप्ताको कार्यक्रमपछि चारैजना प्रतियोगी आआफ्ना घर गएका थिए। शुक्रबारको कार्यक्रममा कोही पनि इलिमेट नहुने र होम भिजिटको भिडियो प्रदर्शन गरिने पौडेलले बताए। उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए। फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ । नेपाल आइडलको यात्रामा आफूसँग अनगिन्ती अनुभव रहेको बताउँदै उनले यसको स्क्रिप्ट र भाषामा अत्यन्तै लगावले काम गरेको बताए। ‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल-२ साउन २४ देखि सुरु भएको हो। नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य छन्।  यो समाचार अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।

युएई बाट कोमामा फर्किए जित बहादुर

युएई,कार्तिक २५। ब्रेन ह्यामरेज (मस्तिष्कमा रगत जमेको) कारण कोमामा पुगेका जित बहादुर लिम्बुलाई युएईबाट नेपाल पठाइएको छ। ताप्लेजुङ स्थाइ ठेगाना भएपनी हाल मोरङमा बस्दै आएका लिम्बुलाई युएई स्थित नेपाली दूतावासको पहल तथा विभिन्न संघ सस्थाको आर्थिक सहयोगमा शनिबार राती १२ बजे युएईको दुबई एरपोर्टबाट ट्रान्जिटमा दिल्ली हुँदै नेपाल पुर्याइएको हो । युएई बाट नेपालका लागि सिधा उडान भए पनि जटिल प्रकृतिका बिरामी बोक्ने सुबिधा नभए पछी लिम्बूलाई एयर इन्डिया मार्फत नेपाल लगिएको हो। सन् २०१५ मा रोजगारीका लागि युएई आएका लिम्बु करार अवधी सकिए पछी सन् २०१७ बाट अबैधानिक बनेका थिए। लिम्बू अबैधानिक रूपमा कार्यरत रहेको भन्दै सरकारले समेत उनलाई नेपाल फर्काउन पहल गरेको थिएन। लामो समय देखि युएईमा नै उपचाररत लिम्बुलाइ नेपाली जन प्रगतिशील मोर्चाले कागजी प्रक्रिया मिलाउन पहल गरेको थियो भने दूतावासको पहलमा अस्पतालमा बुझाउनुपर्न उपचार खर्च १ लाख ६० हजार दिर्हाम छुट भएको थियो। अचेत अबस्थामा रहेला लिम्बुलाई नेपालमा उपचारको लागि बिराटनगर न्युरो अस्पतालमा रिफर गरिएको छ ।

श्रीमानको मृत्युमा नरोएको भन्दै ५ वर्ष जेल सजाय !

गुहाइटी, । श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिला विगत ५ वर्षदेखि जेल सजाय भोगिरहेकी छन् । भारतको असममा ती महिलालाई श्रीमानको मृत्युमा नरोएको भन्दै आफैले हत्या गरेको आरोपमा जेल सजाय भएको हो । उनलाई स्थानीय अदालतले आफ्नो पतिको हत्या गरेको दोषी ठहर ग-यो । गुहाइटीको उच्च अदालतले पनि स्थानीय अदालतले गरेको फैसलालाई सदर गर्दै उनलाई जेल सजाय सुनायो । श्रीमानको हत्यामा आफ्नो संलग्नता नभएको भन्दै ती महिलाले सर्वोच्च अदालतमा मुद्दा हालिन् । गत बुधबार सर्वोच्च अदालतले उच्च अदालतले गरेको फैसलालाई उल्टाउँदै ती महिलालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश द्वय आरएफ नरीमन र जस्टिस नवीन सिन्हा ले महिलाको पक्षमा फैसला गर्दै ‘मौकामा भेटिएका तमाम सबुत र प्रमाणले श्रीमानको हत्यामा उनको संलग्नता छ भन्न सकिने आधार छैन् । र जहाँसम्म श्रीमाको मृत्युमा नरोएको कुरालाई हत्याको मुख्य आधार वा प्रमाण भनिएको छ, त्यो अप्राकृतिक व्यवहार हो । यसलाई हत्याको प्रमाण मान्न सकिन्न ।’

मालदिभ्समा नेपाली युवतीको मृत्यु

झापा, असोज ६ । जिल्लाको मेचीनगर नगरपालिका-१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ ।   वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए ।   सङ्गीताको शव आज बिहान घर ल्याइ पुर्याएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताए ।   मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् । -रासस

को हुन् यी युवक, किन गरे नेपाल सरकारको विरोधमा नग्न प्रदर्शन ?(भिडियोसहित)

काठमाडौं । एक युवक सिंहदरबार अगाडि नेपाल सरकारको विरोधमा नग्न प्रदर्शन गरेका छन् । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेटअगाडि एक युवकले नग्न विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् । उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए । उनको छाती ‘नेपाल सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो । सडकमा नग्न प्रर्दशनमा उत्रिएका उनलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती युवा जितिन लिम्बु हुन् । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । हेर्नहोस् भिडियो-

आज साउने संक्रान्ति, केछ यो पर्वको महत्व ?

काठमाडौं, साउन १ । आज साउने संक्रान्ति, यसलार्इ कर्कट संक्रान्तिका रूपमा पनि मनाइन्छ । आज विविध सांस्कृतिक एवं धार्मिक पर्व समेत मनाइन्छ । लुतो फाल्ने दिनका रूपमा यसदिन विशेष सरफार्इ गरिन्छ भने बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । सौरमासका हिसाबले आजबाटै सूर्य कर्कट राशिमा (कर्कट रेखा) प्रवेश गर्ने भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यससँगै सूर्यको दक्षिणायण हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यस दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्त्व रहेको बताइन्छ। सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । माघेसंक्रान्तिसँगै सुरू भएको सूर्यको उत्तरायण गति साउने संक्रान्तिसँगै दक्षिणायण तर्फ मोडिन्छ । यस दिनदेखि दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत रहेको छ । यस दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायत अमिला फलफूल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। सुदूरपश्चिममा यसैदिनबाट ‘कालो महिना’ लाग्यो भन्ने गरिन्छ र दैलो वरिपरि झिझिरकाँडी लगाइन्छ भने अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउने चलन छ । साथै यस महिनाभर देवीदेउताको विशेष पूजा, र निरन्तर दियो बाल्ने गरिन्छ । महिलाहरूले हातभरि मेहेन्दी लगाउने, हरियो लुगा र चुरापोते लगाउने चलन पनि यसै दिनबाट सुरू हुन्छ । कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन् । पूर्वतिर किरातलगायतका समुदायले एकाबिहाने वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ । काठमाडौंलगायतका स्थानमा भने साउने संक्रान्तिका दिन छोरीचेलीलाई बोलाएर ख्वाउने चलन पनि छ। यसै दिनबाट नयाँ आर्थिक वर्षको प्रारम्भ समेत हुन्छ ।

खरो बन्दै महाथिर सरकार, समस्यामा अवैधानिक कामदार

क्वालालम्पुर । नयाँ सरकार बनेसँगै मलेसियामा कार्यरत अवैधानिक कामदारहरु संकटमा परेका छन् । ‘रुखो प्रशासन र चोखो राजस्व’ को आक्रामक तयारी सहित ‘फिल्ड मार्शलमा’ उत्रिएको मलेसियाली प्रशासनको मुख्य निशाना अवैधानिक कामदार पनि हुन् । बिहानीले दिनको छनक देखाउँछ भनेझैँ ‘मोहमद महाथीर’को सरकारले निर्वाचित भएको पाँच दिनपछि नै ५० अर्ब डलर ‘कालो–धन’ जफत गरेको थियो। विमानस्थल र बन्दरगाहमा शिलबन्दी गरेर ‘भ्रष्ट मन्त्रीलाई पक्राउ, कमिशनखोर र माफियाहरूलाई घेराबन्दी लगायतका काम गरिसकेको महाथिर सरकारले १४४ जना ‘कालाबजारिया व्यापारीहरु’ लाई कारबाही समेत गरिसकेको छ। त्यस्तै गत महिनामा ५० जना ‘भ्रष्टचारी न्यायाधीश र २०० बढी रिश्वतखोर पुलिस’ लाई जेल चलान समेत गरेको छ। हाल अवैधानिक रुपले कार्यरत कामदारहरुलाई ‘धरपकडको चरण’मा प्रवेश गरेको यहाँको प्रशासनले विभिन्न कम्पनी तथा कामदार बस्ने आवासहरुमा छापा मारिरहेको छ । पक्राउ कार्यलाई जुलाई एक तारीख अर्थात आजैदेखि तीव्र बनाइने भएको मलेसियामा स्थिति प्रशासनले जनाएको छ। मलेसियाले अवैधरुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेको थियो । यता मलेसिया स्थित नेपाली राजदूतावासले पनि गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई यही समयभित्र स्वदेश फर्कन आग्रह गरेको छ । अहिले पनि हज्जारौंको संख्यामा नेपाली कामदारहरु अवैधानिक तरिकाले मलेसियाका विभिन्न स्थानमा कार्यरत छन् । नेपालबाट भिसा लगाएर आएको कम्पनिमा भने अनुसारको तलब सुविधा नहुँदा नेपाल लगाएत अन्य देशका कामदारहरु अवैधानिक बन्ने गरेका छन् । यसअघि बेला–बखतमा यहाँको सरकारले वैधानिक हुन वा घर फर्किन समय दिने गरेको थियो। तरपनी आफ्नो आग्रहको बेवास्ता गरेको भन्दै मलेसियाको नयाँ सरकारले आइतबारदेखि उनीहरुलाई पक्राउ गर्न अभियान नै चलाउन लागेको हो। वैधानिक हुन र घर फर्किने योजनामा सामेल नहुने कामदार सहित उनीहरुका रोजगारदातालाई पनि कारबाही गरिने मलेसिया सरकारले जनाएको छ ।

हेपाटाइटिसजस्तै रोग देखा पर्याे 

दार्चुला, असार ११ । जिल्लाको मालिकार्जुन गाउँपालिका-३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उपचारका लागि स्वास्थ्यचौकीमा पुगेका बिरामीमा एकैखाले लक्षण देखा परेकाले रोग देखिएको हो । उनीहरुमा आँखा पहेँलो हुने, ज्वरो आउने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिएका छन् । आज चिकित्सकको टोली रोग देखा परेको क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने तथा रोगको निदानलगायतका बारेमा अध्ययन अनुसन्धान गर्ने डा. भट्टले बताउनुभयो । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्ने गर्दछ । अन्य मौसमभन्दा वर्षात्को समयमा यस्तो रोग बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । मानव शरीरमा महत्वपूर्ण अंगका रुपमा रहेको कलेजो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि यस रोगका कारक भएको डा. भट्टको भनाइ छ । -रासस

अत्याधिक गर्मी बढेपछि विद्यालयमा भटाभट विद्यार्थी बेहोश हुँदै

लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ । यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्कने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ । गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । रासस

युएईका जेलमा रहेका ९५३ बन्दीलार्इ जेलमुक्त गर्न राष्ट्रपतिको आदेश

युएई, वैशाख ३१ । युएईमा विभिन्न कारणले जेल जिबन बिताउन बाध्य ९५३ बन्दी लाई युएई सरकारले आम माफी दिने भएको छ । युएईका राष्ट्रपतिको शेख खलिफा विन जायद अल नायानले जेलमा रहेका विभिन्न देशका बन्दिलाइ मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमदानको अबसरमा जेलमुक्त गर्न आदेश दिएका हुन । युएईका जेलमा रहेका बन्दी आफ्नो देश फर्केर नयाँ जीवन को सुरवात गर्दै आफ्नो परिवार सङ खुशी साथ रहन सकुन भन्ने उदेश्य सहित जेल मुक्त गर्न लागेको अालाइन पत्रिका गल्फ न्युजमा उल्लेख छ । के कस्ता कारणले जेल परेका र कस्ता कस्ता बन्दी लाई जेल मुक्त गर्न नखुलाइएको भएपनी आदेश भने दिइएको बताइएको छ ।

सुनको मूल्य महँगियो, कति छ आजको मूल्य ?

काठमाडौं । साताको अन्तिम शुक्रबार सुनको मूल्य दुई सयले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि चाँदीको प्रतितोला मूल्य ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

शिव परियार र पूर्णकला बिसी सांगीतिक कार्यक्रमका लागि युएई आउने

युएई, वैशाख १० । युएईको फुजेरा राज्यमा त्यहा स्थित क्रियाशिल संघसस्थाहरुको सयुक्त आयोजनामा सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक शिव परियार, लोकगायिका पूर्णकला बिसि र नायक सलोन बस्नेत कार्यक्रम भाग लिन फुजेरा आउने आयोजकले जानकारी दिएका छन् । आउदो अप्रिल २७ तारिख शुक्रबार फुजेराको मिडिया हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा युएईका नेपाली व्यावसायि र कलाकारिता क्षेत्रका विशिस्ट ब्यक्ति हरुलाई विशेष अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको आयोजक सदस्य सस्था एनआरएन फुजेराका कार्यवाहक अध्यक्ष सेर सुनारले जानकारी दिएका छन् । लामो समयदेखि फुजेरामा कुनै भब्य कार्यक्रम नभएको हुदा रास्ट्रीय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा कार्यक्रम आयोजना गर्न फुजेरामा रहेका सक्रिय सामाजिक संघसंस्थाहरु एकै मञ्चमा उभिएर संयुक्त प्रस्तुति झल्काउने उदाहरणीय काम हुन लागेको प्रवासी नेपाली मञ्च फुजेरा क्षेत्रीय समितिका सचिव मेघराज कंडेलले बताएका छन् । फुजेरामा रहेका नेपाली व्याबसायीहरुको संयुक्त प्रायोजन रहने यस कार्यक्रममा नमस्ते रेस्टुरेन्ट मुख्य प्रायोजकको रुपमा रहेको र प्रायोजकहरुमा सिल्भर स्पून रेस्टुरेन्ट, अल बर्दी क्याफटेरिया र नासर लेडिज सैलुन रहेका छन् । युएईमा कार्यरत नेपाली कलाकारहरु मध्ये सर्वाधिक रुचाइएकाहरुको सिमित प्रस्तुति रहने उक्त कार्यक्रममा कलाकारहरुलाई सम्मान समेत गरिने आयोजक संस्था एनआरएन फुजेराले बताएको छ । एनआरएन फुजेरा , प्रवासी नेपाली मंच, जनसम्पर्क समिति, पाल्पाली समाज , झापाली समाज, स्याङ्जा सहयोग समाज, अर्घाखाँची सम्पर्क समिति र नेपाल मगर समाज युएईको फुजेरा क्षेत्रीय समिति लगायतको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम उदाहरणीय, सफल र पुर्ण मनोरञ्जनात्मक हुने दाबी आयोजकले गरेका छन ।

यी मोडलले आफ्नो तस्विरभित्र लुकेको पीडा यसरी सार्वजनिक गरिन्

१७ वर्षको उमेरदेखि नै म पलभरका लागि पनि एक्लो रहेकी छैन। मलाई कसरी फेला पार्ने भन्ने पुरुषहरु जान्दछन्। म पनि उनीहरुबाट मोहित भइरहन्छु। यस्तो लाग्छ, म तन्किएर सदाका लागि अस्तित्वमा छु । म गलैँचामा बच्चजसरी बसेकी छु। मेरो पिठ्युँ भित्ताको हिटरबाट केही इन्च मात्रै टाढा छ । म आफ्ना पुराना तस्वीर नियालिरहेकी छु। म ती अनुहारहरुलाई यसरी उठाउँछु, मानौँ ती पानीका थोपा हुन् र औँलाको चेपबाट खस्न चाहन्छन्। यो तस्वीरमा म १८ वर्षकी छु। बैंककको घामको किरण, त्यहाँको अनौठो आर्द्रता र गर्मीले मेरो त्वचा तताएको छ। एक प्रतिष्ठित स्पर्धाका लागि एक साथीले मेरो तस्विर कैद गरिरहेकी छु । म उसका लागि सुन्दर बन्न चाहन्छु। उसलाई जित्न सहयोग गर्न चाहन्छु। म आशा गर्छु, मैले बोक्ने कथालाई मेरो अनुहारले धोका नदेओस्। हरेक तस्विरमा देखिने म अर्कै व्यक्तिको उत्पादन हुँ। तिनको आवश्यकता, विचार, उद्देश्य र चाहनाको परिणाम हुँ। साँझको प्रस्तुतिका बेला लगाउने झुम्का खोज्दै जाँदा पुरानो काठको गहना राख्ने बाकसभित्र मैले तस्विरको खात भेट्टाएँ। तस्विरमा देखिने केटी र ती भित्र लुकेका कथाबीचको अन्तरले मलाई घुँडा टेक्न बाध्य गरायो । त्यसपछि म पुनः न्यानो महसुस गर्न भित्तामा टाँसिएँ। यो तस्वीरमा म १८ वर्षकी छु। बैंककको घामको किरण, त्यहाँको अनौठो आर्द्रता र गर्मीले मेरो त्वचा तताएको छ। एक प्रतिष्ठित स्पर्धाका लागि एक साथीले मेरो तस्विर कैद गरिरहेकी छु । म उसका लागि सुन्दर बन्न चाहन्छु। उसलाई जित्न सहयोग गर्न चाहन्छु। म आशा गर्छु, मैले बोक्ने कथालाई मेरो अनुहारले धोका नदेओस्। केही महिनाअघि मात्र यो कुरा सुरु भएको थियो। मेरो हाइस्कुलको मनोविज्ञान पढाउने शिक्षक मलाई चिठी पठाइरहन्छ । ऊ सबै चिठी रातो मसीले ठूलो अक्षरमा लेख्छ। उसलाई मेरो कक्षा तालिका थाहा छ, त्यसैले कक्षा कोठामै मलाई फोन गर्छ। ‘सबै कुरा म रेकर्ड गरिरहेको छु,’ ऊ भन्छ। ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो । १८ वर्षसम्ममा यो कुरा बुझ्न मलाई जीन्दगीले पर्याप्त अनुभव दिइसकेको छ। ‘तिमी त साह्रै दुष्ट छ्यौ,’ ऊ मलाई लेख्छ वा फोनमा भन्छ। तावामा तेल खारिएझैँ उसको स्वर सुसाउँछ। ‘तिमीले यसको दण्ड पाउनैपर्छ। म तिम्रा कुरा अरुलेभन्दा राम्ररी थाहा पाउँछु। तिमी त आफूलाई सर्वसुन्दरी ठान्छ्यौ। तिम्रो मुस्कान। तिम्रो शरीर। पढाइमा पनि राम्रो अंक। तिमीले मलाई पनि त खुसी तुल्याउनुपर्‍यो !’ उसको चिठी, फोन, सताउने कार्य र धम्कीबारे म स्कुलको प्रधानाध्यापकलाई जानकारी गराउँछु। कार्यालय कोठामा विद्यार्थीलाई राखिएको कुर्सीमा म बसेकी छु। प्लास्टिकको कुर्सीले मेरो मेरुदण्ड झन्झनाउँछ। बच्चाको झैँ मेरो गोडा कुर्सीमा झुण्डिन्छ। म सोच्छु, सायद प्रधानाध्यापक सबै केटीहरुको खुट्टा त्यसैगरी झुण्डियोस् भनेर अग्लो कुर्सी राख्ने गर्छ। के ऊ आफ्नो अधिकारलाई अतिरञ्जित गर्न, हामीलाई भयभीत तुल्याउन, आज्ञाकारिता प्राप्त गर्न त्यसो गर्छर ? ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो । १८ वर्षसम्ममा यो कुरा बुझ्न मलाई जीन्दगीले पर्याप्त अनुभव दिइसकेको छ। म सकेसम्म राम्ररी उसलाई कुरा बुझाउन खोज्छु। ऊ सुनिरहन्छ। म आफ्नो आवाज दृढ र आवेशबिहीन राख्छु। नाटक लेखकले झैँ म उसलाई ती दृश्यहरु वर्णन गर्छु। मैले भावुकता प्रदर्शन गरेँ भने त्यसलाई मैले बोलेको सत्यमाथि नै आक्रमण गर्न प्रयोग गरिनेछ। मलाई यो कुरा थाहा छ, किनभने यौनिक खतरासँग यो मेरो पहिलो जम्काभेट होइन। पहिलो पटक त एघार वर्षकी हुँदै मैले यस्तो भोगिसकेकी थिएँ। ऊ मेरो भान्दाइ थियो र मभन्दा २० वर्ष जेठो थियो। ‘लोग्नेमान्छेको जात त्यस्तै हो,’ मेरो गुनासोको उत्तरमा भनियो र आफूलाई बचाउने जिम्मा मैमाथि छोडियो। ‘धन्यवाद,’ प्रधानाध्यापकले भन्यो। ‘यो कुरा म ठीक गर्छु। कसैलाई नभनेकोमा धन्यवाद।’ मैले उसलाई चुप बस्छु भनेको याद छैन। ‘तिमी कक्षामा फर्किऊ।’ प्रधानाध्यापक योभन्दा अझ महत्वपूर्ण अरु कामतिर लाग्छ। म र मेरो गुनासोलाई पुनः उही स्थानमा थन्क्याइन्छ। जहाँ ऊ मानिसको व्यवहारको सूक्ष्म भेदबारे बखान गर्दै मेरो लागि मात्र आरक्षित दुर्भावनायुक्त मुस्कान छरिरहन्छ। स्कुलमा मेरा बाँकी वर्षहरु ऊ यसैगरी मलाई जिस्क्याउँदै अँध्यारो इनारबाट पानी निकालेझैँ अरु विद्यार्थीहबाट हाँसो बटुल्दै बिताउनेछ। एक केटीमा पलाएको आशक्तिका कारण मैले यो कुरा बढाइचढाइ गरेको आरोप लगाउनेछ। ‘तिमी मुस्कुराइरहनु पर्दैन,’ मेरो फोटोग्राफर साथी भन्छे। त्यो क्षण ऊ मलाई अत्यन्त प्रिय लाग्छे, त्यसैले म झण्डै रोएँ। रीमा जमान २३ वर्षको हुँदा खातबाट म अर्को तस्वीर उठाउँछु। यसमा म २३ वर्षकी छु। समयले मेरो अनुहार दुब्ल्याएको छ। जवानीलाई शृंगारले विस्थापित गरेको छ। अहिले म अभिनेत्री हुँ र न्युयोर्कमा छु। फोटो सुटका क्रममा लिइएका हजारौँ तस्वीरमध्ये मेरो एजेन्ट यसलाई चाहिँ मन पराउँछन्। ‘तिमी यसमा शान्त र दृढ देखिन्छौ,’ उनीहरु मलाई भन्छन्। मेरोबारे यस्तो सोच्ने उनीहरु कति असल त ! म बलात्कृत भएको रातमा पनि यो गीतले मेरो पिछा छोड्दैन। डरले शरीर भरिएपछि मेरो दिमाग शरीरबाट अलग भएर कोठाको एउटा कुनामा अलग्ग बस्न पुग्छ। त्यही कुनामा मेरो दिमाग सानो बच्चाझैँ छातीमा घुँडा टाँसेर डल्लो पर्छ, सबै दृश्य नियाल्दै, ताज्जुब मान्दै। शरीरबाट बाढीझैँ निस्किरहेको पीडाबाट ध्यान हटाउन अन्य सोचसँग आफूलाई व्यस्त बनाउँदै। एक अभिनेत्रीको अस्तित्व अनौठो हुन्छ। हामीलाई सुन्दर ढंगले बोल्न तालिम दिइएको हुन्छ। तर हामीले अरुले दिएका शब्द मात्रै बोल्नुपर्छ। यसैको माध्यमबाट हाम्रो जाँच लिइन्छ। हामी निर्देशित हुन्छौँ। कुँदिन्छौँ। चम्किलो हुन्जेल टल्काइन्छौँ। उनीहरुले इच्छाएअनुसार नचम्किए, नबोले वा व्यवहार नगरे हामीलाई तुरुन्दै विदा दिइन्छ। ‘हामी अलग बाटो जाँदैछौँ ।’ ‘हामीले खोजी गरिरहेको मान्छे तिमी होइनौ।’ ‘यो भूमिका तिमीलाई सुहाएन ।’ हरेक दिउँसो र राती यी शब्द मेरो दिमागमा सर्पझैँ फण फुलाउँछन्, अभिन्न मित्रझैँ मेरो साथमा रहिरहन्छ। यो एक उपहासपूर्ण धुन हो, जसलाई हरेक महिला राम्ररी जान्दछन्। म बलात्कृत भएको रातमा पनि यो गीतले मेरो पिछा छोड्दैन। डरले शरीर भरिएपछि मेरो दिमाग शरीरबाट अलग भएर कोठाको एउटा कुनामा अलग्ग बस्न पुग्छ। त्यही कुनामा मेरो दिमाग सानो बच्चाझैँ छातीमा घुँडा टाँसेर डल्लो पर्छ, सबै दृश्य नियाल्दै, ताज्जुब मान्दै। शरीरबाट बाढीझैँ निस्किरहेको पीडाबाट ध्यान हटाउन अन्य सोचसँग आफूलाई व्यस्त बनाउँदै। ‘अब म को बन्नेछुरु कस्तो भूमिका चाहिँ मलाई सुहाउलारु के यो रात सदाका लागि मेरो छालामा टाँस्सिइरहलारु के बलात्कार सुगन्धजस्तै हुन्छरु मेरो नजिक आउने जोसुकैले यो कुरा सुँघेर थाहा पाउछरु के मेरो नाम अब ‘महिला’ बाट ‘पीडित’ मा बदलिइसक्योरु भाग्यवश मेरो बलात्कारी समय, पीडा र मप्रति मितव्ययी हुन्छ। ऊ निस्किन्छ र अर्को दिन सुरु हुन्छ। म आफ्नो दिमागलाई चुप लगाएर, सुन्दर भएको अभिनय गर्दै रेष्टुरेन्टमा आफ्नो पालोको काम गर्छु। दिउँसो म मोडलिङका लागि दौडिन्छु। त्यसपछि युवा अभिनेत्रीहरुका लागि त्यसवर्षको सबैभन्दा प्रतिष्ठित शो ‘गसिप गर्ल’ मा अडिसन दिन पुग्छु। अडिसनका लागि म स्क्रिप्टका निरस वाक्य बोल्छु। ती शब्द खाली कागजजस्तै मसीविहीन, नरम लाग्छन्। ‘त्यो दृश्य फेरि गर, अनि हाम्रोलागि अलिकति खितखिताइदिन्छौ किरु’ कास्टिङ डाइरेक्टर सुझाउँछ। निर्माताहरु उत्साहित भएर मुन्टो हल्लाउँछन्। ‘तिमीले यसमा आफूलाई अलि कम गर्न आवश्यक छ,’ कास्टिङ डाइरेक्टर हातले इसारा गर्दै बताउँछ। ‘त्यो चरित्र अरु सबैभन्दा तीक्ष्ण छैन भनौँ न।’ उनीहरु सबै हाँस्छन्। ‘मात्र हाँस्ने प्रयास गर।’ निर्देशनअनुसार म प्रस्तुति दिन्छु। खितखिताउँछु, आफूलाई घटाउँछु। समयका लागि धन्यवाद। अर्कोको पालो। अर्को तस्वीर, आफ्नो मोडलिङ कार्डका लागि मैले छानेका पाँचमध्ये एक तस्वीर, २५ वर्ष हुँदाको। अभिनेत्रीको तस्वीरभन्दा अलग। मोडलिङ कार्डमा दुवैतर्फ तस्वीर हुन्छ। चार ओटा एकापट्टि र अर्कोतिर कार्डभरीको एउटा। यो उद्योगको चलनअनुसार नै यिनमा मैले फरफरक मात्रामा वस्त्र खोलेकी छु। ‘मलाई यो चाहिँ मनपर्‍यो,’ उसको विचार सोध्दा मैले डेटिङ गरिरहेको मान्छेले भन्यो। ‘यो मेरो सबैभन्दा मनपर्ने तस्वीर हो। यसमा तिमी कुनै सन्देश दिइरहेकी झैँ देखिन्छौ।’ ‘कस्तो सन्देशरु’ म सोध्छु। मैले सुनेकै कथा उसले पनि सुनेको छ कि भनेर जिज्ञासु हुँदै। ‘यता आऊ, म तिमीलाई चाहन्छु भनेजस्तै।’ ऊ मुस्कुराउँछ। ‘तिमीलाई ‘कम हिदर’ ९कामुक निमन्त्रणा० को कुरा पूरै थाहा छ।’ ऊ हाँस्छ र मलाई अझ नजिक तान्छ। म पनि ऊ सँगसँगै हाँस्छु, उसको चुम्बनको जवाफ दिन्छु र उसको ओच्छ्यानमा पल्टिन्छु। पछि ऊ नुहाउँदै गर्दा उसले छानेको तस्वीर म फेरि हेर्छु। यो र अरु सबै तस्वीरमा म आफैँ चाहिँ कति कम बाँकी रहेकी छु भनेर म चकित पर्छु। ओहो, म कति चम्किलो र आदर्श देखिन्छु। यी तस्वीरमा पन्ध्र वर्षको उमेरदेखि मैले लड्दै आएको एनोरेक्सिया ९खानपिनसम्बन्धी एक मनोवैज्ञानिक विकार, जसले अरुचि गराउँछ० ले मज्जासँग आफ्नो धर्म पूरा गरेको छ। लोग्नेमान्छे शारीरिक रुपमा उपस्थित नभए पनि पुरुष दृष्टि, पुरुष बनोट र पुरुष चाहना हरेक तस्वीरमा झल्किन्छ। ती तस्वीरमा मेरो यथार्थ, मेरो असलीपना र चोट भने अदृश्य बनेको हुन्छ। १७ वर्षको उमेरदेखि नै म पलभरका लागि पनि एक्लो रहेकी छैन। मलाई कसरी फेला पार्ने भन्ने पुरुषहरु जान्दछन्। म पनि उनीहरुबाट मोहित भइरहन्छु। यस्तो लाग्छ, म तन्किएर सदाका लागि अस्तित्वमा छु। कसैको छोरी, कसैको आखेट, कसैको प्रेमिका, कसैको लोरी, कसैको जोत्ने जमिन। जतिजति म आफूलाई गुमाउँछु, उति नै बढी पुरुषलाई म आकर्षित गर्छु। म कतिसम्म भन्न सक्छु भने कसैसँग प्रेममा पर्दा आफ्नो आवाज गुमाउँदाजस्तै महसुस हुन्छ। नुहाइसकेर ऊ बेडरुमभित्र पस्नुअघि बाथरुमको ऐनाअघि आफ्नो पाखुरा तन्काउन रोकिन्छ। ‘रमाइलो भो,’ ऊ मलाई त्यहाँबाट हिँड्ने बेला भयो भन्ने जानकारी दिँदै भन्छ। म हतारहतार कपडा लगाउँछु, ऊ मलाई ढोकासम्म छोड्न आउँछ। ‘म तिमीलाई चाँडै भेट्छु।’ ऊ मलाई मुखमा अन्तिम चुम्बन दिन्छ र पुठ्ठामा अन्तिम पटक थप्थपाउँछ। म एलेवेटरतिर जाँदैगर्दा फेरि उसले बोलाएको सुन्छु। ‘झन्डै बिर्सेको१’ ऊ मेरो मोडलिङ कार्ड देखाउँछ। ‘ओहो, धन्यवाद।’ म कार्ड लिन्छु र एलेवेटर पर्खिन्छु। उसले आफूलाई सबैभन्दा मनपरेको भनेको फोटो निहुरेर हेर्दै गर्दा म उसले भनेका शब्द सम्झिन्छु। यौनसम्पर्क लगत्तै कुकुरले घाँस उम्रेको जमिनको टुक्रालाई आफ्नो दाबी गरेझैँ उसले घोषणा गरेको थियो, ‘तिमी मेरी हौ।’ मैले मुन्टो हल्लाउँदै सहमति जनाएकी थिएँ, ‘म तिम्रै हुँ।’ एलेवेटर आइपुग्छ। म बाटो लाग्छु। यसमा म २७ वर्षकी छु। मेरो एनोरेक्सिया सबैभन्दा खराब अवस्थामा छ। यसले मेरो जीवनका उथलपुथलको अवस्था राम्ररी देखाउँछ। अभिनय र मोडलिङका अलावा म लेखन र संगीत निर्माणमा पनि लागेकी छु। यो तस्वीर एक म्युजिक भिडियो सुटिङका बेला लिइएको हो। अरु सबै तस्वीरमा म मुस्कुराइरहेकी छु, हाँसेको वा मनमोहिनी बनेको ढोङ गरिरहेकी छु। तर यो चाहिँ अभ्यास र प्रस्तुतिबीचको क्षणमा लिइएको हो। यसमा सायद तिमी मायालु युवती देख्छौ। म भने एक ुएक्सपोजु आइमाईलाई देख्छु, जो आफ्नो लोग्नेको छायाँमा डुब्दै गइरहेकी छे। हाम्रो प्रेम पाशविक थियो। वासनाबाट तीव्र गतिमा सल्किएको हाम्रो प्रेमको अवतरण पनि उत्तिकै तीव्र गतिमा भयो। उसले आफूलाई सबैभन्दा मनपरेको भनेको फोटो निहुरेर हेर्दै गर्दा म उसले भनेका शब्द सम्झिन्छु। यौनसम्पर्क लगत्तै कुकुरले घाँस उम्रेको जमिनको टुक्रालाई आफ्नो दाबी गरेझैँ उसले घोषणा गरेको थियो, ‘तिमी मेरी हौ ।’ तिनलाई ऊ ‘सौता’ भन्छ। ऊ भन्छ, ‘बेबी यो मैले तिम्रै भलोका लागि गरेको हुँ। यसो गर्दा मलाई खुसी पार्ने पूरा दबाब तिमीलाई मात्रै पर्दैन।’ ऊ साँच्चै अर्की महिलासँगको सम्बन्धमा छ वा मलाई यत्तिकै त्यसो भनिरहेको छ, म भन्न सक्दिनँ। सायद ऊ मलाई जलाउन त्यसो भनिरहेको छ। सत्य जे भए पनि हाम्रो घरमा अर्की महिला प्रवेश गरिसकेकी छ, जसले हरेक स्वासमा मलाई तर्साइरहेकी छ। हामी जंगलको बीचमा आधा जलेको गोठमा बसेका छौँ। हामी सभ्याताबाट निकै अलग छौँ, त्यसैले हाम्रो फोन उठ्दैन। अन्य महिलामा रुचीबाहेक उसमा अचानक क्रोधको ज्वाला पनि दन्किन्छ। हरेक पटक उसले काल्पनिक विजयको गुड्डी हाँकिरहँदा म आफूलाई चिच्याउन, कराउन र तर्क गर्नबाट रोकिराख्छु। म उसको माया गुमाउन वा उसलाई रिस उठाउन चाहन्नँ। खासगरी परपरसम्म कुनै अर्को मान्छे पनि नभएको यो निर्जन स्थानमा। म ऊ गर्जेको, आफूले प्रेम गरेको मान्छे यौनसाथीमा मात्र घटिरहेको हेरिरहन्छु। म एक अभिनेत्रीको रुपमा र लोग्नेमान्छेको संसारलाई प्रिय बनाउन तालिम दिइएकी एक केटीका रुपमा उसलाई शान्त पार्न जाने जति उपाय प्रयोग गर्छु। उसले मलाई कहिल्यै हिर्काएन। ऊप्रतिको मायाले पनि मलाई भरोसा दिन्छ, मुखले चाहिँदो धावा बोले पनि उसले ममाथि हात उठाउने छैन। हरेक रात हामी एकअर्काभन्दा परपर भएर सुत्छौँ, मानौँ एकअर्काको निकटताबाट हाम्रो शरीरको छाला उप्किन थाल्छ। बरु उसले मलाई साँच्चै पिटोस् भन्ने चाहना राख्दै एकपछि अर्को रात म जागै पल्टिरहन्छु। उसले पिटेदेखि मसँग उसलाई छोड्ने कुनै ठोस बहाना हुने थियो, पीडाको प्रमाण हुने थियो। भावनात्मक युद्धको मुख्य गुण के हो भने यसले भौतिक दुर्व्यवहारभन्दा कैयौँ गुणा बढी छल र सहजताका साथ घाइते बनाउन सक्छ। जसले यस्तो पीडालाई स्वीकार्न, पचाउन, औचित्यपूर्ण ठान्न र माफी दिन सजिलो पार्दछ। ऊ त्यो गोठलाई पारिवारिक आवासका रुपमा बदल्न काम गरिरहेको छ। गोठको पछाडि हाम्रो ठूलो डसना पल्टिरहेको छ। डसना वरिपरि हिटर र इँटाको खात छ। छानाबाट तारमा नग्न बल्व झुण्डिएरहेका छन्। ऊ र म दुवै ती बल्वलाई छलेर हिँड्न जान्दछौँ। ती बल्वले छोए मात्रै छाला जलाउने निश्चित छ। अभिनय र फोटोसुटबाट प्राप्त मेरो कमाइ अझ बढाउन म अरुको बच्चाको हेरचाह गर्छु। हरेक साता उसको खल्तीमा मेरो कमाइ जम्मा गरेर म आफ्नो कर्तव्य पूरा गर्छु। आफ्नो पैसा उसलाई दिने बेलामा म भोक, जाडो वा थकानका कारण त्यसबारे गहिरिएर सोच्न नसक्ने भइसकेकी हुन्छु। यद्यपि उसले कराएको सुनेर म कहिलेकाहीँ चकित पर्छु, मेरो आवाज कहाँ छरु यो कसरी मेरो जीवन भयोरु म कसरी यस्ती आइमाई बनेँरु अन्ततः एक रात उसको पारा हेरेर मैले उसलाई सन्तुष्ट बनाउन नसकेका कुराहरुको सूची तयार गरेपछि ख्याल आयोः मैले आफूलाई खतराहरुबाट घेरिसकेको छु, किनभने यी सबै कुरा परिचित लाग्छन्। अचानक सबैथोक स्पष्ट भयो। बाक्लो कुहिरो हट्यो र मेरो कथा देखियो। अलगअलग टुक्रा प्रतीत हुने चीजहरु अब स्पष्ट देखिनेगरी जोडिए। एकपछि अर्को चोटका माध्यमले आफ्नो आवाज दबाएपछि म यस्ती आइमाई बनेकी थिएँ। केटी भएर जन्मेकै कारण मैले यो दुनियाँको कोर्रा खाएकी थिएँ। केटी भएकै कारण म सजाय र अपमानको लायक छु भनेर मैले विश्वास गरेकी थिएँ। केटी भएकै कारण यी सारा कुरालाई मैले स्वीकार गरेकी थिएँ। मैले उसलाई छोड्न जरुरी थियो। हामीले घर भन्ने गरेको चिहान, आफ्नो जीवन भनेर मैले स्वीकारेको संकीर्ण जीवन छोड्न जरुरी थियो। उसको अहम्ले सानो बनाएको। मैले काम गर्ने उद्योगहरुले खुम्च्याएको। उसको प्रेम जिउँदो राख्न चाहने केटीले सानो बनाएको यो जीवन छोड्न जरुरी थियो। अहिले म ३४ वर्षकी भएँ। मैले उसलाई छोडेँ। मैले आफू जुन केटी थिएँ, उसलाई पनि छोडेँ। मैले अभिनय र मोडलिङ छोडेँ अनि लेखकीय जीवनमा प्रवेश गरेँ। लेखकका रुपमा मैले सबैभन्दा पहिले संस्मरण लेखेँ। त्यसमा मैले आफ्नो कथा खोजेँ, कोर्राले बनाएको चोट सिलाएँ र अरुको हातबाट आफ्नो शरीरलाई मुक्त गरेँ। अब मेरो शरीर मेरो बन्यो, मेरो आवाज फिर्ता भयो। म अभिनय र मोडलिङ छोडेर लेखक बन्ने समाचारले विरोधको सामना गर्नुपर्‍यो। करिबकरिब प्रत्येक साथी र आफन्तबाट अविश्वास, चिन्ता, घृणा, तिरस्कारदेखि लिएर हाँसोसम्म मैले पाएँ। मैले नमागेका ती प्रत्येक सल्लाह हामी महिलाहरुले राम्ररी थाहा पाइसकेको वाक्यांशबाट सुरु हुन्थेः ‘म तिमीलाई मन पराउँछु तर…’ यस्तै विरोध र मेरो जिद्दी कायम छ। लेखकका अलावा म अहिले एक वक्ता पनि हुँ। म आफ्नै आवाज मात्र बोल्छु। आजभोलि मेरो करिअर यस्तै छ। महिलाहरुभित्र रहेको लचिलोपनबारे म बोल्छु। संसारले दिने चोट निको पार्ने र त्यसबाट माथि उठ्ने तरिकाबारे म बोल्छु। आफ्नो कथ्यलाई अरुको हातबाट खोसेर पुनः आफ्नो बनाउने हाम्रो अधिकारको कुरा गर्छु। र हामी सबै आफ्नो जीवन आफैँ लेख्न सक्षम छौँ भनेर बोल्छु। किशोरी वा युवती हुँदाताका म अभिनेत्री र मोडल बन्न चाहन्छु भनेर सुनाउँदा ‘ठीकै हो’ भनेर मुस्कानका साथ स्वीकार गरिन्थ्यो। त्यसको विपरीत लेखक हुन्छु भन्दा कसैले स्वीकार्दैन। पेसागत वा व्यक्तिगत रुपमा महिलाले आफ्नो सत्य आफैँ रचना गर्ने वा त्यसलाई प्रकट गर्ने अवधारणालाई मान्न उनीहरुलाई मुस्किल पर्छ। महिलाको यस्तो दुस्साहसी सपना देख्ने, निश्चित परम्पराभन्दा पर जान आँट गर्ने वा सम्भावनालाई यथार्थमा बदल्ने कुराले धेरै ओटा मुटुमा अव्यक्त डर पैदा गर्नेछ। म छक्क पर्छु, यसरी अरुलाई विरोधका लागि उकास्नमा के मेरो कुनै खास रुपको भूमिका छरु सायद मजस्तो कुनै समयकी शान्त, आज्ञाकारी, आदरपूर्ण र सुन्दर महिलाले समेत शारीरिक सुन्दरतालाई आफ्नो योग्यता र धनको रुपमा प्रयोग नगर्ने निर्णय गरेको कुरा पचाउन मुस्किल छ। अझ त्यसको सट्टा मेरो अन्तर्निहित र प्रामाणिक शक्तिको रुपमा रहेको आफ्नो दिमाग र आवाजको सहारामा जीवनमा सफलता खोज्नु र प्राप्त गर्नु घृणित र निन्दाजनक छ। यदि सम्पूर्ण युवती र महिलाहरुले यस्तै विद्रोह गर्ने हो भने पितृसत्ता ढल्नेछ। यस्तै विरोध र मेरो जिद्दी कायम छ। लेखकका अलावा म अहिले एक वक्ता पनि हुँ। म आफ्नै आवाज मात्र बोल्छु। आजभोलि मेरो करिअर यस्तै छ। महिलाहरुभित्र रहेको लचिलोपनबारे म बोल्छु। संसारले दिने चोट निको पार्ने र त्यसबाट माथि उठ्ने तरिकाबारे म बोल्छु। आफ्नो कथ्यलाई अरुको हातबाट खोसेर पुनः आफ्नो बनाउने हाम्रो अधिकारको कुरा गर्छु। र हामी सबै आफ्नो जीवन आफैँ लेख्न सक्षम छौँ भनेर बोल्छु। एक अभिनेत्रीका रुपमा मैले लिएको तालिम र जीवनमा मैले लिएका अनुभवहरुको संयोगले मलाई यो नयाँ जीवनका लागि पूर्ण रुपमा तयार गरेको छ। यद्यपि अहिले म अरुले लेखेका शब्दहरु बोल्दिनँ। म जस्ती केटी थिएँ, त्यसलाई सँगालेर बाक्साभित्रै म पुनः थन्क्याउँछु। विगत वर्षका कष्टहरुलाई अहिले कृतज्ञताले विस्थापित गरिसकेको छ। किनभने ती सबैले मलाई यहाँसम्म ल्याइपुर्‍याए। र म गर्व गर्छु किनभने मैले हरेक कुरालाई कवितामा बदलेको छु। म उठ्छु। हेर्नुहोस् माेडल रिमा जमानका केही तस्विरहरु-     एजेन्सीको सहयोगबाट

बार्सिलोनाले जित्यो उपाधि, फाइनलमा नमज्जाले हार्यो सेभिल्ला

काठमाडौं, वैशाख ९ । बार्सिलोनाले यो वर्षको पहिलो प्रमुख उपाधि कोपा डेल रे फुटबलको उपाधि उचालेको छ । कोपा डेल रे फुटबलको फाइनल अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लालाई ५–० ले हराउँदै उपाधि उचालेको हो । बार्सिलोनाले योसँगै लगातार चार सिजन कोपा डेल रे फुटबलको उपाधि जितेको छ । बार्सिलोनाले पहिलो हाफमा नै ३–० को अग्रता लियो भने दोस्रो हाफमा थप दुई गोल गरेको हो । घरेलु मैदानमा सेभिल्ला निरिह देखियो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई तथा लियोनल मेस्सी, आन्द्रेस इनिएस्टा, फिलिप कोन्टिन्होले एक एक गोल गरे । स्वारेजले १४ र ४० औँ मिनेटमा गरी दुई गोल गरेका हुन् । स्वारेजले दोस्रो गोल गर्नुअघि मेस्सीले ३१ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा इनिएस्टाले गोल गरे । उनले ५२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता ४–० मा लगे । ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा कोन्टिन्होले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भयो र लगातार चौाथो सिजन कोपा डेल रेको उपाधि उचाल्यो । बार्सिलोना ला लिगामा पनि उपाधि नजिक छ । उसका लागि एक जित वा एथ्लेटिको मड्रिडको एक हार उपाधिका लागि पर्याप्त छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिड आइतबार राति रियल बेटिससँग खेल्दैछ । यो खेलमा एथ्लेटिको पराजित भएमा बार्सिलोनाले ला लिगाको उपाधि पनि पक्का गर्नेछ ।

यातनाको क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध मुद्दा

बाँके, चैत्र २५ । प्रहरीले हिरासतमा शारिरीक र मानसिक यातना दिएको भन्दै बाँकेको भुजाईगाँउका एक युवाले आइतबार मुद्दा दायर गरेका छन् । भुजाईगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रुपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा आज मुद्दा दायर गरेका हुन् । मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँके र सोही कार्यालयका असाई राजेन्द्र पुजारालाई विपक्षी बनाइएको छ । फिरादपत्रमा यातना क्षतिपूर्ति मुद्दामा यातनाको कारणले पुग्न गएको क्षति र भविष्यमा पुग्न जाने क्षतिको समेत यथोचित मूल्यांकन र विचार गरी यातनासम्वन्धि क्षतिपूर्ति ऐन २०५३ को दफा ३(१) बमोजिम एक लाख रुपैयाँ अर्थात् हदैसम्मको क्षतिपूर्ति माग गरिएको छ । साथै, कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारवाहीको माग गरिएको छ । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को कानूनी सहयोगमा मुद्दा दर्ता गरिएको थर्ड एलायन्सका नेपालगंज प्रमुख आलम खानले बताउनु भयो । मोबाईल चोरीको अभियोगमा पक्राउ परेका थापालाई हिरासतमा दिइएको यातनाका कारण हिप पुरै निलडाप परेको छ भने हिडडुल गर्न समेत समस्या भएको छ । भने यातनाका कारण, छाती, ढाड र खुट्टामा पनि चोट लागेको छ । मुद्दा दर्ता गराउन थर्ड एलायन्सका प्रमुख आलम खान र अधिवक्ता विश्वजीत तिवारी बाँके जिल्ला अदालत गएका थिए ।