लुम्बिनी प्रदेशको राजधानी निर्णयलाई कार्यन्वय गरेको छौंं : मुख्यममन्त्री कुलप्रसाद केसी

भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरे ।

मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिवी प्रदेश सभाकाले पारित गरेको कुरा बताउँदै भने –“ २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । त्ययलाई कार्यन्वयमात्रै गरेको हो, हाल सरकारले त्यसको निर्णयलाई अक्षर पालना मात्रै गरेको त्यसैले विवाद नगरी सिंगो पदेशबासी जनताको मनोभावनालाई केन्द्रीत गर्ने हो ।”

उनले लुम्बिनी प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेबार भएर कार्यन्वय गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधी, सरोकारवाला लाग्नका लागि अनुरोध गरे ।

माननीय मुख्यमन्त्रीले आफ्नो कार्यकालमा त्यसलाई एउटा गौरवको आयोजनाको रुपमा अगाडि बढाएको छ । त्यसलाई कार्यन्वय गरी अगाडि बढाएका छन । यो कार्यन्वयका लागि सहयोग गर्ने सबैलाई अझै थप सहयोग गर्नका लागि आग्रह गरे । यो प्रदेशको राजनीनी नेपालको सबैभन्दा नमूना योग्य बनाउने प्रतिवद्धता व्यक्त गरे । लुम्बिनी प्रदेशको राजाधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने बताउँदै यो केन्द्रीय सरकारको भन्दा बढी राम्रो हुने बताए ।

प्रदेश सभा सदस्यबाट त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मदतान गरेका थिए । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसको ह्वीपबिरुध दाङका चार कांग्रेसका सांसदले पनि पक्षमा मतदान गरेका थिए ।

यसलाई सारेको भनेर प्रदेशबासी जनताको मनो विज्ञानमा विभाजन ल्याउनु भन्दा पनि त्यसलाई कार्यन्वय गरेको हो । जुन सरकारले पनि आफूले गरेको निर्णय कार्यन्वय गर्नु र त्यसलाई लागु गर्नु यो सरकारकाको कर्तव्य हुन आउँछ । त्यसले मुख्यमन्त्री कुल प्रसाद केसीले सकारको निर्णयलाई कहि कतै अलपत्र पर्ने खतराबाट मुक्त गर्नका लागि संघीयता विरोधीहरु सल्वलाएको बेला यसको सँस्थागत विकासलाई उच्च प्राथमिकता दिएर अगाडि बढेका हुन। अव त्यो सपना पुरा हुने क्रममा छ । यो लुम्बिनी प्रदेशबासीको लागि एउटा ऐतिहासिक कार्यहुने छ ।

भरतपुर महानगरकाेआर्थिक समिक्षा : सेवा प्रवाह चुस्त बनाउन मेयर दाहालको निर्देशन

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा गरेका उपलब्धीबारे समिक्षा गरेको छ । महानगरपालिकाले आर्थिक वर्षमा महानगरभित्र भएका विकास निर्माण, राजस्व संकलन, सुशासन लगायतका विषयमा समिक्षा गरेको हो । महानगरपालिकाको सभाहलमा भएको समिक्षा गोष्ठीमा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । महानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक पूर्वाधार निर्माण, सडकको स्तरोन्नती गरेको देखिएको छ । ५ वर्षअघि १ किलोमिटर कालोपत्रे पनि भएको वडामा अहिले औसतमा ३० किमी सडक कालोपत्र निर्माण भएको तथ्याङकमा उल्लेख छ । भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६१० किमी सडक कालोपत्रे निर्माण गरेको थियो । सडक पूर्वाधारपछि महानगरले शिक्षा पूर्वाधार निर्माणमा रकम खर्च भएको पाइएको छ । महानगरभित्र रहेका विद्यालयको पूर्वाधार निर्माण गरी प्राविधिक शिक्षालाई जोड दिएको वडाहरुको तथ्याङ्कले देखाएको छ । महानगरमा रहेका विद्यालयहरुमा पछिल्लो समय आर्कषण वृद्धि भइ विद्यार्थीको संख्यामा क्रमश बढेको छ । महानगरमा विगतमा ५ वर्षको अवधिमा सामुदायिक विद्यालयको विद्यार्थीको संख्या ७ हजारले वृद्धि भएको छ । विद्यालयहरुको गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको थियो । महानगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न सिँचाईको सुविधा, निकुञ्जसँग जोडिएको वडामा मेषजाली निर्माणमा रकम विनियोजन गरी काम गरेको देखिएको छ । गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ । योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ । वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवा प्रवाहमा सुस्त भएको प्रति असन्तुष्टी जनाइन् । मेयर दाहालले महानगर मातहतका कर्मचारीलाई कार्यतालिका बनाएर परिणाम देखिने गरी काम गर्न निर्देशन समेत दिइन् । ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुहोस,उनले भनिन् ,‘सेवाग्राहीमैत्री कार्य प्रणाली लागु गर्नुहोस् । कुनै पनि कार्यमा अवरोध भए त्यसको समधानतर्फ लाग्नुहोस् । काम गर्न चाहेँ असम्भव केही पनि छैन ।’ मेयर दाहालले पूर्वाधार निर्माणमा गुणस्तरीयता मुख्य विषय भएकाले नियमित अनुगमन र सुपरिवेक्षण गर्न सम्बन्धीत कर्मचारीलाई निर्देशन दिइन् । समयमै काम नगर्ने, गुणस्तरहिन काम गर्ने निर्माण गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारबाही समेत गर्न निर्देशन दिइन्। वार्षिक समिक्षा गोष्ठीमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समिक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए ।

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध

काठमाडौं । देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा आजदेखि एलपीजी ग्यास विस्थापन गरिएको छ । अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो । सोअनुसार, आज भदौ १ गतेदेखि विद्युतीय चुलो प्रयोगमा ल्याइएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ ।

काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि)ं शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

लुम्बिनीका ७१ स्थानीय तहकाे परिणाम सार्वजनिक, कांग्रेस पहिलाे, माओवादी दाेश्राे

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार लुम्बिनीका ७१ पालिकामा ३२ पालिका जित्दै कांग्रेस पहिलो बनेको हो। माओवादी केन्द्र २१ पालिकामा विजयी बन्दै दोस्रो भएको छ भने एमाले १८ स्थानीय तह जित्दै तेस्रो बनेको छ। नतिजा सार्वजनिक भएकामध्ये दुईवटा पालिकामा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेको छ। लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये गुल्मी, रोल्पा, बर्दिया र रुकुम पुर्वका सबै पालिकाको मतगणना सकिएको आयोगले जनाएको छ। नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह गुल्मी दरबार गाउँपालिका, गुल्मी रेसुंगा नगरपालिका, गुल्मी मदाने गाउँपालिका, गुल्मी ईस्मा गाउँपालिका, गुल्मी कालिगण्डकी गाउँपालिका, गुल्मी ऐरावती गाउँपालिका, प्यूठान स्वर्गद्धारी गाउँपालिका, प्युठान राजपुर गाउँपालिका, दाङ बबई गाउँपालिका, दाङ राजपुर गाउँपालिका, दाङ दंगीशरण गाउँपालिका, दाङ लमही नगरपालिका, दाङ शान्तिनगर गाउँपालिका, दाङ डुडुवा गाउँपालिका, बाँके राप्ती सोनारी गाउँपालिका, बाँके बारबर्दिया नगरपालिका, बर्दिया गुलरिया नगरपालिका, बर्दिया गेरुवा गाउँपालिका, बर्दिया ठाकुरबाबा नगरपालिका, बर्दिया बारबर्दिया गाँउपालिका, बर्दिया मधुवन नगरपालिका, बर्दिया रैनादेवी छहरा गाउँपालिका, पाल्पा रामपुर नगरपालिका, पाल्पा तानसेन नगरपालिका, पाल्पा रैनादेवी छहरा गाउँपालिका, पाल्पा गंगादेव गाउँपालिका, रोल्पा रुन्टीगढी गाउँपालिका, रोल्पा सिद्धार्थनगर नगरपालिका, रुपन्देही शुद्धोधन गाउँपालिका, रुपन्देही कञ्चन गाउँपालिका, रुपन्देही सितगंगा नगरपालिका, अर्घाखाँची छत्रदेव गाउँपालिका, अर्घाखाँची माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह थवाङ गाउँपालिका, रोल्पा रोल्पा नगरपालिका, रोल्पा परिवर्तन गाउँपालिका, रोल्पा सुनिल स्मृति गाउँपालिका, रोल्पा लुङ्ग्री गाउँपालिका, रोल्पा माडि गाउँपालिका, रोल्पा सुनछहारी गाउँपालिका, रोल्पा चन्द्रकोट गाउँपालिका, गुल्मी धुर्कोट गाउँपालिका, गुल्मी रुरुक्षेत्र गाउँपालिका, गुल्मी मालिका गाउँपालिका, गुल्मी पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व सिस्ने गाउँपालिका, रुकुम पूर्व भुमे गाउँपालिका, रुकुम पुर्व बंगलाचुली गाउँपालिका, दाङ राप्ती गाउँपालिका, दाङ गढवा गाउँपालिका, दाङ प्यूठान नगरपालिका, प्यूठान माण्डवी गाउँपालिका, प्यूठान रिब्दीकोट गाउँपालिका, पाल्पा राजापुर गाउँपालिका बर्दिया राष्ट्रिय जनमोर्चाले जितेको पालिका मल्लरानी गाउँपालिका, प्युठान भुमिकास्थान नगरपालिका, अर्घाखाँची एमालेले प्रमुख जितेका स्थानीय तह देवदह नगरपालिका, रुपन्देही ओमसतिया गाउँपालिका, रुपन्देही पुर्वखोला गाउँपालिका, पाल्पा तिनाउ गाउँपालिका, पाल्पा माथागढी गाउँपालिका, पाल्पा निस्दी गाउँपालिका, पाल्पा बगनासकाली गाउँपालिका, पाल्पा छत्रकोट गाउँपालिका, गुल्मी सत्यवती गाउँपालिका, गुल्मी मुसिकोट नगरपालिका, गुल्मी सरुमारानी गाउँपालिका, प्यूठान नौबहिनी गाउँपालिका, प्युठान सन्धीखर्क नगरपालिका, अर्घाखाँची मालारानी गाउँपालिका, अर्घाखाँची पाणिनी गाउँपालिका, अर्घाखाँची त्रिवेणी गाउँपालिका, रोल्पा बासगढी नगरपालिका, बर्दिया सरावल गाउँपालिका, नवलपरासी पश्चिम

दक्षिणकाली नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको छ। मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरे। मेयर मोहन बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी भए । एमालेका उम्मेदवार श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत प्राप्त गरेर पराजित भए । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा विजयी भएका थिए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा विजयी भएकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७ सय ९३ मत अन्तरले पराजित गरेकी हुन् ।

स्थानीय तह निर्वाचनः यस्तो छ रोल्पाकाे चुनावी अंकगणित

रोल्पा । रोल्पामा आगामी बैशाख ३० गते सम्पन्न हुने निर्वाचनमा माहोल विस्तारै निर्वाचनमय बन्दै छ । रोल्पा जिल्लामा सबै राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक एजेण्डासहित जनताको माझमा गइरहेका छन् । रोल्पा जिल्लामा निर्वाचनका लागि सबै राजनीतिक दलहरुले तयारी गरिरहेका छन् । गाउँ गाउँमा जनताको बीचमा जान थालेका छन् । रोल्पा जिल्लामा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र एमालेको त्रिपक्षीय भिडन्तझै देखिन्छ । रोल्पा जिल्लामा प्रतिगमनकारी विरुद्धको मोर्चाले पनि सार्थक पाउन सकेन । रोल्पा जिल्लामा कांग्रेसले ५ वटा गाउँपालिका अनिवार्य दावी र माओवादीले अधिकतमसम्म ३ वटा गाउँपालिका दिन सक्ने भन्ने विषयमा नमिलेपछि अब स्वच्छ तरिकाले निर्वाचनमा भाग दिने भएका छन् । रोल्पा जिल्लाको १० वटा स्थानीय तहमा अब चुनावी मोर्चामा होमिएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी माहोल बन्दै गएको छ । सबै राजनीतिक दलहरुले आफ्नो चुनावी कार्यक्रमलाई स्थानीयत स्तरसम्म केन्द्रीत गर्नुले पनि अब रोल्पामा चुनावमय बन्दै गएको छ । जनताको सबैभन्दा नजिकको सरकारको नेतृत्व चयनका लागि राजनीतिक दलहरुले आफ्नो तर्फबाट न्वारानदेखिको बल लगाइरहेका छन् । रोल्पा जिल्लाका १० वटा स्थानीय तह र ७२ वडामा को विजय हुन सक्न भन्ने कुरा अझै भन्न सक्ने अवस्थामा नभएमा पनि विभिन्न अड्कल बाजी गर्ने र राजनीतिक सभादेखि चिया गफ अनि सामाजिक सञ्जालहरुमा छाउन थालेको छ । यस बारेमा रोल्पा जिल्लाको विगतको मतभारका आधारमा राजनीतिक दलहरुका प्रमुखहरुले के भन्छन् त ? रोल्पा जिल्लामा रोल्पा नगरपालिका लगायत ९ वटा स्थानीय पालिका रहेका छन् । २०७४ सालको स्थानीय तहमा नेकपा (माओवादी) केन्द्रले रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कार्यपालिमामा बहुमत रहेको छ । यसगरी नेकपा (एमाले) ले त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले लुंग्री गाउँपालिकामा प्रमुख र उपप्रमुख विजय भएको थियो । पालिकाको विजयको अवस्था यसैलाई विश्लेषण गर्ने हो भने नेकपा माओवादी केन्द्र ७० प्रतिशत, नेकपा एमाले २० प्रतिशत र नेपाली कांग्रेस १० प्रतिशत हो । अब कसले कुन पालिका वाजी मार्ला भन्ने कुराको चर्चा परिचर्चा हुन थालेको छ । २०७४ सालको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने रोल्पा नगरपालिका, थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र एक्लै जित्न सक्ने भएको माओवादी केन्द्रका रोल्पा जिल्लाका संयोजक सुरेन्द्र थापाले बताउनु भयो । रोल्पा नगर माओवादी केन्द्रकै पोल्टामा रोल्पाको एक मात्र नगरपालिकामा यसपटक पनि माओवादी केन्द्र नै विजय हुन सक्ने अनुमान गर्न थालिएको छ । बलियो संगठन भएकै कारणले जित्न सक्ने आधार सृजना हुँदै गएको छ । २०७४ मा पनि नेकपा (माओवादी केन्द्र) का पूर्ण केसीले ५६३४ मत लिनुभएको थियो भने नेपाली कांग्रेसका उम्मेद्वार पूर्व सांंसदले ३८२७ मत लिनुभएको थियो भने एमालेका मिना शर्माले ४७८ मत लिनुभएको थियो। त्यसैले यसपटक पनि माओवादीको पोल्टामै पर्ने अड्कल गर्न थालिएको छ । आगामी निर्वाचनमा पनि गठबन्धन नेपाली कांग्रेसका शेरबहादुर थापा र माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीबीचमा प्रतिष्प्रर्धा हुने भए पनि अन्तिममा (माओवादी केन्द्र) नै विजय हुन सक्ने सम्भावना देखिएको छ । सुनछहरी गाउँपालिका रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र नै विजय हुने सम्भावना छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार आसबहादुर पुनमगरले २५५१ मत लिएर विजयी हुनु भएको थियो भने नेपाली कांग्रेसका उम्मेद्वार दुर्गे बुढामगरले ११३६ मत र एमालेका रिमा सुवेदीले ९४७ मत लिनुभएको थियो । हाल नेपाली कांग्रेस एमाले र नेकपा माओवादीका साझा उम्मेद्वार नै एमालेको सूर्य चिन्हबाट नेकपाका पुस्तमन घर्तीले उम्मेद्वार दिएपछि प्रतिष्प्रर्धा हुने देखिएको छ । २०७४ मा निर्वाचनमा बहिस्कार र बम पड्काउँदै गरेको पार्टी र पुस्तमन घर्ती नै एमालेको सुर्य चिन्हबाट निर्वाचन लड्ने भएपछि माओवादी केन्द्रका नेता धनबहादुर पुनमगरलाई अलि सहज हुने अवस्था देखिएको स्थानीय बताउँछन् । २०४७ सालको निर्वाचनबाट निर्वाचित गा.पा. अध्यक्ष आसबहादुर पुनमगरले जनताको सेवा अत्याधिक गरेको कारणले गर्दा पनि मत थपिएको बताइएको छ । थबाङ माओवादी केन्द्रकै आधारइलाका जनयुद्धको आधारइलाका थबाङमा माओवादी केन्द्रले नै बाजी मार्ने अवस्था देखिएको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार वीरबहादुर घर्तीमगरले १९९० लिएर विजयी हुनुभएको थियो भने कांग्रेस र विप्लवको समर्थनमा स्वतन्त्र उम्मेद्वार अमित घर्तीमगरले १०५७ मत प्राप्त गर्नु भएको थियो । हाल स्वतन्त्र उम्मेद्वार अमित घर्तीमगरले पनि फिर्ता लिएपछि र थबाङबाटै थबाङमा माओवादी केन्द्रका उम्मेद्वार ऋषिकेशव बुढामगरलाई झनै सहज हुने देखिएको छ । परिवर्तन गाउँपालिका परिवर्तन गाउँपालिकामा २०७४ मा माओवादी केन्द्रका उमेद्वार निमकान्त डाँगीले ४६०८ मतले विजयी हुनुभएको थियो भने नेपाली कांग्रेसका उमेद्वार झक्कुप्रसाद घर्तीमगरले १९८९ मत लिनुभएको थियो । यसपटक पनि माओवादी केन्द्रका नेता सुकबहादुर बुढामगर र यसभन्दा अगाडि कांग्रेसबाटै राजनीनामा दिई स्वतन्त्र घोषणा गर्नुभएका हाल फेरि कांग्रेसबाटै उम्मेद्वार दिनुभएका विश्वकुमार चन्दबीचमा प्रतिष्प्रर्धा हुने देखिएको छ । यस गाउँपालिकामा भर्खरै उद्योग वाणिज्य संघको अध्यक्षबाट विदाइ चन्द फेरि कांग्रेसबाट दिनुभएकोले उनलाई अबसरवादीका रुपमा चिन्न थालेका छन् । तर चन्द र बुढाबीचमा प्रतिषप्रर्धा भए पनि बुढा नै विजयी हुने आकलन गरिएको छ । माडी गाउँपालिका माडी गाँपालिकामा यसअघि नेपाली कांग्रेस र एमालेका साझा उम्मेद्वारका रुपमा गोपाल घर्तीले २६२१ मात्रै लिनुभएको थियो भने माओवादी केन्द्रका नन्दबहादुर पुनमगरले ३१८२ प्राप्त गरी विजयी बन्नुभएको थियो । यसपटक पनि (माओवादी केन्द्र) र एकीकृत (समाजवादी) साझा अध्यक्षका उमेद्वार अमरसिंह घर्तीमगर र नेपाली कांग्रेस, एमाले र स्वतन्त्रका साझा उम्मेद्वार विजयी घर्तीमगरको बीचमा कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । माओवादी केन्द्रका नेता विजय घर्तीमगर एमालेमा जानु र समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीको लगायतको टिम समाजवादीमा रहँदा त्यसले पनि माओवादी केन्द्रलाई बलियो अधार भएको अनुमान राजनीतिक वृत्तमा हुन थालेको छ । सुनिलस्मृति गाउँपालिका २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट सबैभन्दा बढी आकांक्षीहरुको भएर पनि एक मत गराएर विजय गुणेन्द्र घर्तीमगरले ४१५५ मत लिनुभएको थियो भने नेपाली काँग्रेसका शेरचन महराले ३०६० र एमालेका खिमचन्द्रले १०१९ लिनुभएको थियो । त्यसमा अहिले पनि माओवादी केन्द्रको साझा मनोविज्ञानमा लिन सक्यो भने विजय भन्ने सम्भावना बढेको छ । होइन भने नेपाली कांग्रेस पनि बलियो प्रतिष्पर्धी भएकाले गर्दा यो निर्वाचन निकै रोचक हुने देखिन्छ । त्रिवेणी गाउँपालिका त्रिवेणी गाउँपालिका २०७४ मा नेकपा एमालेका उम्मेद्वार शान्तकुमार वलीले ३ हजार ३३३ मत प्राप्त गर्नुभएको थियो भने माओवादी केन्द्रको गंगाप्रसाद बुढामगर ३ हजार ११२ मत लिई निकटतम प्रतिद्वन्दी बन्नुभएको थियो । नेपाली काँग्रेसको मत ९८४ मात्रै रहेको छ । यसमा माओवादी केन्द्रका नेता कुलानन्द गिरीले उम्मेद्वार दिई ७५८ मत लिनुभएको थियो । यसर्थ हाल माओवादी केन्द्रबाट साझा उम्मेद्वार र दुरदर्शी नेता युवा नेता रेशम पुनमगर र कर्णबहादुर बाँठामगर बीचमा हुने भएको छ । गाउँपालिकामा एमालेको सबैभन्दा बलियो वडा नुवागाउँमा एमालेका स्थापित नेता शान्तराज बोहरा माओवादी केन्द्रबाटै वडा अध्यक्ष लड्ने भएपछि एमालेलाई सकस बनेको छ । समाजवादीको पनि सबैभन्दा राम्रो त्रिवेणी गाउँपालिका भएकाले भएको दावी गर्दै गाउँपालिका अध्यक्ष लालबहादुर खत्रीले उम्मेद्वारी दिएपछि एमाललाई सकस परेको छ । किनकि समाजवादीले एमालेकै मत काट्ने देखिन्छ । सो अनुसार हालसम्मको अवस्थाका आधारमा जसरी पनि माओवादी केन्द्रलाई सहज हुने अवस्था देखिन्छ । रुन्टीगढी गाउँपालिका सबैको गणनामा रोल्पाका १० वटा स्थानीय तहहरुमध्ये सबैको नजर रुन्टीगढीमा लागेको छ । २०७४ को निर्वाचनमा सबैभन्दा प्रतिष्पर्धा भएको गाउँपालिका हो । जसमा एमालेका उम्मेद्वार बालाराम बुढामगरले ३४०२ मत लिनुभएको थियो भने नेपाली कांग्रेसको टेकहादुर बस्नेतले ३२७९ र नेकपा (माओवादी केन्द्र) गोविन्द पुनमगरले ३१०८ लिनुभएको थियो । यस गाउँपालिकामा भने पहिला एमाले नै अग्रस्थानमा थियो । यसपटक नेपाली कांगे्रस, माओवादी केन्द्र, एमालेबीचमा नै त्रिपक्षीय भिडन्त हुने देखिएको छ । कतिपयको अनुमान बालाराम बुढा नै आउने भनिए पनि हार हुन सक्ने भन्दै यामबहादुर दशौदीलाई एमालेबाट उम्मेद्वार बनाइएको छ । त्यस्तै, नेपाली कांग्रेसबाट जनक पुनमगर, माओवादी केन्द्रका गोविन्द पुनमगर बीचमा त्रिपक्षीय भिडन्तमा छ । सबैले आफ्नो विजयको गणनामा राखेका छ । गंगादेव गाउँपालिका रोल्पाको गंगादेवमा पनि सबैको नजरमा परेको छ । २०७४ सालमा माओवादी केन्द्रका बीरबहादुर खत्रीले २४१४ मत प्राप्त गरी विजय हुनुभएको थियो भने एमालेका रोशन कुमार वलीले २२९० र नेपाली कांग्रेसका हरिबहादुर पुनमगरले २२६१ मत लिनुभएको थियो । यस गाउँपालिमा झ्वाट्ट हेर्दा यसै भन्न नसकिने अवस्था रहेको गाउँपालिका राजनीतिज्ञहरु बताउँछन् । तर यसमा सत्ता साझेदारी गठबन्धन भयो भने र एमाले पार्टीको विभाजनले एउटा टिम समाजवादीमै रहेको कारणले गर्दा यसमा माओवादी केन्द्र नै बलियो देखिन्छ । तर त्यसमा स्वतन्त्र उम्मेद्वार एवं विप्लव नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीले माओवादीकै भोट काट्ने भएको गर्दा त्यहाँ यसै हुन्छ भन्न सकिने बताइन्छ। लुंग्रीमा कांग्रेस र माओवादी केन्द्रको प्रतिष्पर्धा लुंग्री गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको रस्साकसी हुने सम्भावना बढेको छ । नेपाली कांग्रेस दुर्गाबहादुर खड्काले ३१२५ मत लिएर विजय हुनुभएको थियो भने माओवादी केन्द्रका तुलाराम खड्काले २९१० प्राप्त गरेको निर्वाचन आयोग रोल्पाको अभिलेखमा छ । यसर्थ आफ्ना संगठनहरु बलियो बनाउँदै गएको दुवै पक्षको भनाइ छ । यसमा लुंग्री–१ पाङ लुंग्री २ सीर्पको मतले निर्भर गर्ने अनुमान गरिन थालेको छ । यस पटक नेपाली कांग्रेसका नेता जनक खड्का र माओवादी केन्द्रका भरत थापा बीचमा प्रतिष्पर्धा हुने देखिएको छ । तर नेपाली कांग्रेसको तीव्र मतभेदमा माओवादी केन्द्रलाई जितको सुनिश्चतता हुन सक्ने अनुमान गरिएको छ । रोल्पाको निर्वाचनमा अबको अवस्थाका आधारमा माओवादी केन्द्रले विगतको ७ पालिकाभन्दा त्रिवेणी र लुंग्री थप गर्न सक्ने अवस्था देखिएको छ । रोल्पा जिल्लाका राजनीतिक दलहरु सबै निर्वाचन प्रचार प्रसारमा लागेका छन् । तर आगामी बैशाख ३० गते जनताले दिने मतको आधारमा सत्य नतिजा आउने कुराले नै कसको अवस्था कस्तो भन्ने कुराको निधो गर्नेछ ।  

ओलीले हिरा छाडेर किरा जम्मा गरेकाले एमाले छाँडेः राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाले पनि नेकपा एमाले छाडेका छन । तिमल्सिनाले शनिबार बिहान एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका हुन । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै हिराहरू छाडेर किराको मात्र जमात जम्मा गरेकाले आफूले एमाले छाडेको बताए छन्। उनले खेलाडीहरूको रक्षा र हितका लागि आफूले काम गर्ने बताए । उनी यसअघि राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष भएर खेल क्षेत्रमा सक्रिय थिए । उनले पछिल्लो समय धेरै अफ्ठेरोमा ओलीलाइ सहयोग गरेको भए पनि ओलीले मान्छे चिन्न र उचित मूल्यांक गर्न नसकेको बताए ।

३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन चितवनमा सुरु

चितवन । चितवनमा ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्र्तगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा।प्रा डा बसन्त श्रेष्ठले जानकारी दिए । दातको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए । दन्त चिकित्सा एक चिकित्सक शास्त्रको एक प्रमुख अंग हो उनले दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्य वाडा टिङ्गा छिद्रा भएको ,दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ । अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुनडा पुजा कोइरालाले बताईन् । पहिलो शत्र आज चितवन मेडिकल कलेजमा र बाकीँ दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन् । सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए । चितवनमा आजदेखी ३ दिने अर्थोडोन्टिक चिकित्सकहरुको अन्र्तराष्टिय सम्मेलन सुरु भएको छ । चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डाक्टर हरिशचन्द्र न्यौपानेले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्सा अन्र्तगत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए । उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको टेक्निक र फेकल्टीहरुद्वारा सहभागीलाई प्रशिक्षणसगै विभिन्न प्रस्तुतीसहितको छलफल राखिएको सम्मेलनका संयोजक डा।प्रा डा बसन्त श्रेष्ठले जानकारी दिए । दातको समस्यासगैँ अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए । दन्त चिकित्सा एक चिकित्सक शास्त्रको एक प्रमुख अंग हो उनले दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्य वाडा टिङ्गा छिद्रा भएको ,दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ । अर्थिडोलिक्स उपचारले विरामीको दाँत मात्रै मिल्ने होइन कि दाँत वरिपरिको हाड र मासुमा अनुकुल परिवर्तन भएर मानिसको सुन्दरता व्यक्तित्व विकासमा वृद्धि हुनडा पुजा कोइरालाले बताईन् । यो शल्यक्रियाअति नै सुक्ष्म र सम्बेदनशिल हुने भएकोले यस्को सफलतामा, सहि योजनाले निकै महत्वपुर्ण भुमिका खेलेको हुन्छ। यो अर्थोग्न्याथिक शल्यक्रिया उपचार अन्य यस्ता खालका बिरामीको लागि कोशेढुङगाको रूपमा साबित हुने कोईरालाको भनाई छ। पहिलो शत्र आज चितवन मेडिकल कलेजमा र बाकीँ दुई दिनको शत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन् । सम्मेलनमा नेपाल, भारत बङ्गलादेशसहितका देशका गरि एक सय पचास जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए । बढ्ने उमेरका बालबालिकामा तल वा माथिको जवडाको समस्या छ भने एप्लाइन्सहरूको प्रयोग गरि ग्रोथ मोड्युलेसन पद्घतिबाट समाधान गरिन्छ । बढ्ने उमेर सकिसकेको छ भने अर्थोडोन्टिक क्यामोफ्लाजबाट पनि उपचार गर्न सकिन्छ, जुनमा समान्य जवडाको समस्यालाई दाँत सारेर उपचार गरिन्छ तर जवडाको समस्याको प्रकृति अत्यन्त जटिल छ भने बढ्ने उमेर सिधिएपछि अर्थोग्नाथिक सर्जरीबाट उपचार गर्नुपर्ने हुन्छ ।

दैलेख महाबु–४ मा क्रान्तिकारी आरआरका सचिव सुरेन्द्र शाही सिफारिस

दैलेख । नेकपा (माओवादी केन्द्र) दैलेख महाबु गाउँपालिकाले वडा नम्बर–४ को अध्यक्षको उम्मेदबारको रुपमा विद्यार्थी नेता सुरेन्द्र शाहीलाई एकल रुपमा सिफारिस गरेको छ । अखिल(क्रान्तिकारी) आरआर क्याम्पस कमिटीको सचिवको रुपमा विद्यार्थी राजनीतिमा सक्रिय शाही त्यस वडाका युवा विद्यार्थीबीच लोकप्रिय छन् । उनी विगत ६ वर्ष देखि आर.आर. क्याम्पसमा सकृय रुपमा विद्यार्थी राजनीति गर्दै आएका छन्। उनको पार्टी संगठनमा लगाव, आन्दोलन प्रतिको आस्था एवं कृयाशिलता अनुकरणीय भएको उनका सहकर्मीहरु बताउछन् । “उहाँ जत्तिको युवालाई वार्ड पार्टीले विश्वास गरेर उम्मेबार बनाएछ । यस्तो कदम विद्यार्थी राजनीतिमा लाग्ने युवा विद्यार्थीको लागि गर्वको कुरा हुन्छ। पार्टीले उहाँलाई चिनेको छ, हामीलाई विस्वास छ जनताले पनि उहाँ लाई अनुमोदित गर्ने छन्। हामी उहाँलाई शुभकामना व्यक्त गर्न चाहान्छौं । ” शाहीका समकक्षी एवं अखिल (क्रान्तिकारी), आर.आर. क्याम्पस कमिटी अध्यक्ष शिशिर वश्यालले भने । सुरेन्द्र बहादुर शाही कालिका युवा एकता क्लब, महाबु–४, काप्रिखोला दैलेखका अध्यक्ष पनि हुन्। उनकै नेतृत्वमा गत वर्ष असोज ३१ देखि कार्तिक ३ गते सम्म प्रथम कालिका भलिबल तथा संस्कृतिक कार्यक्रम–२०७८ गरेका थिए । राजनीति र समाजसेवा मार्फत स्थानीय क्षेत्रको विकासमा लागेको भन्दै शाहीले चुनावमा पार्टीले आफुलाई अगाडि सारे पनि गठबन्धनको निर्णयले जसलाई उम्मेदबार बनाउछ त्यसलाई सबै सहयो गरेर प्रतिगमन विरुद्ध एकजुट हुनुपर्ने बताए । उनले आफ्नो उम्मेदबारी सिफारिससँगै चुनावी प्रतिबद्धता जनाएका छन् । यस्ता छन् शाहीका चुनावी प्रतिबद्धता १.प्रदेश स्तरिय खेल संचालन गर्ने र राष्ट्रिय स्तरको खेलाडी उत्पादन मा जोड दिने। २. वडा नम्बर ४ मा पर्ने गैदाबाज मा.बिमा न्युनतम एउटा प्राविधिक शिक्षा ल्याउने। ३.भ्रष्टाचार मुक्त प्रशासन सहितको सुशासन कायम गर्ने। ४.निशुल्क शिक्षा र स्वास्थ सुविधायुक्त वडा निर्माण गर्ने। ५. आन्तरिक उत्पादनमा जोड दिदै स्थानीय युवाका लागि रोजगारी सिर्जना गर्ने। ६. कृषिको आधुनिकिकरण गर्दै कृषकको आयमा वृद्धि गर्ने। ७. महिला तथा अन्य उत्पीडित समुदायको लागि विशेष आर्थिक कार्यक्रम ल्याउने, उनीहरुको सशक्तीकरणमा विशेष जोड दिने।

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेणु दाहाल

चितवन । माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले सत्तारूढ नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए। यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए।

चितवनको रत्ननगर वडा नं ७ वालमैत्री तथा वालश्रम मुक्त घोषणा

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ७ लाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गरिएको छ । बालमैत्री स्थानीय सासन कार्यान्वयन निर्देशिक २०७८ अनुरुप ५१ वटा सुचक पुरा गरी सो वडालाई शुक्रवार बालमैत्री घोषणा गरिएको हो । वालमैत्री घोषणा हुने सो वडा सातौ हो । यस अघि वडा नं ३,५,१०,१४,१५ र १६ लाई वालमैत्री वडा घोषणा गरिसकिएको छ । १६ वटा वडा मध्ये बाँकी रहेका ९ वटा वडालाई बालमैत्री तथा वालश्रम मुक्त घोषणा गरी चैत महिना भित्र समग्र नगरलाई नै वालमैत्री नगर घोषणा गर्ने तयारी रहेको मेयर नारायण वनले बताए । वडालाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गर्नुपूर्व बालश्रम मुक्त,वाल विवाह,बहुविवाह,पूर्ण खोप,जन्मदर्ता लगायतका ५१ वटा सुचक पुरा गरिएको छ । सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच वागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले वालमैत्री घोषणा गरेका हुन । कार्यक्रममा मन्त्री श्रेष्ठले मेयर नारायण वन र वडाध्यक्ष लालबहादुर भट्टलाई वडा वालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । घोषणा कार्यक्रममा वडा भित्रका वालक्लवलाई खेलकुदका सामाग्री हस्तारण समेत गरिएको छ । वालमैत्री वडा घोषणा गर्नुपूर्ण वडा भित्र रहेका वालश्रमिकको उद्दार गरी उनीहरुलाई शिक्षा,अभिभावकको आयआर्जनको लागि सीपमुलक तालिम तथा सामाग्री सहयोग,पूर्ण खोप,जन्मदर्ता लगायतका कामहरु गरिएको वडाध्यक्ष भट्टले बताए । वालमैत्री वडा कार्यान्यवनको लागि सो वडाले पञ्तबर्षीय रणनीतिक कार्ययोजना बनाएको छ । कार्ययोजनामा वडा भित्र विकास निर्माणका काम गर्दा वालमैत्री बनाउने,वालवालिकाको विकासको लागि प्रयाप्त बजेट विनियोजन गर्ने,वालश्रम भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने लगायतको विषय समाबेश गरिएको वडाध्यक्ष भट्टले बताए । कार्यक्रममा वडा भित्रको परिचय सहित वालवालिकाको स्थितिपत्र पुस्तकको विमोचन समेत गरिएको थियो । कार्यक्रममा मेयर वनले बालमैत्री नगर घोषणा गर्नुपूर्व वालवालिकालाई लक्षित गरी वडा नं ८ मा वाटर किङडमको प्रक्रिया सुरु भइसकेको बताए । दुई महिना भित्र कुनै पनि हालतमा नगरलाई वालमैत्री घोषणा गर्ने वटमलाईन रहेको भन्दै उनले वाँकी रहेका वडाहरुलाई एकमुष्ट घोषणा गरी नगरलाई वालमैत्री घोषणा गरिने बताए । उपमेयर विमला दुवाडीले अन्य नगरबाट अबलोकन गर्न आउने गरी रत्ननगरलाई नमुना वालमैत्री नगर बनाउने बताइन । मन्त्री श्रेष्ठले विकास निर्माणको लगवा वालवालिकाको बृद्धि विकास,उनीहरुको अधिकार सुनिश्चितताले मात्र समग्र विकासले सार्थकता पाउने बताए । सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण अंग वालवालिका रहेको भन्दै उनले बालबालिका माग र उनीहरुको समस्या सामधान गर्न प्रदेश सरकार तयार रहेको बताए । वालमैत्री पूर्वाधार निर्माण गर्न सके नेपाल अन्तराष्टिय मोडलको बन्ने उनको भनाई छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,संघका पूर्व अध्यक्ष तथा बाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक ज्ञानबहादुर विसुराल, नेकपा एमाले जिल्ला कमिटी सदस्य विन्दा कार्की, महिला विकास अधिकृत दीपा घिमिरे,नगर स्तरीय वाल क्लवकी अध्यक्ष रोनिसा घिमिरे,बाघमारा वनका अध्यक्ष जित बहादुर तामाङ,रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल,वडा सदस्य सोमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय वालक्लवकी अध्यक्ष अस्मिता भट्टले स्वागत मन्तव्य तथा वडा सचिव पदम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम उद्घाटन हुनुपूर्व सौराहामा सचेतनामुलक शोभायात्रा समेत निकालिएको िथयो ।  

बालुवाटारमा दाहाल–नेपालको एउटै स्वर एमसीसी पास गर्न सकिँदैन

काठमाण्डौं । शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ । एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको हो । छलफलमा प्रधानमन्त्रीले एमसिसी पारित गरेर अघि बढ्न आग्रह गरेका हुन् ।देउवाले आगामी संसद बैठकमा एमसीसी अघि बढाउने तयारी गरिएको जानकारी गराएका थिए । तर सत्ता साझेदार दुई दलका शीर्ष नेता दाहाल र नेपालले चुनावअघि कुनै पनि हालतमा एमसीसी अघि बढाउन नमिल्ने र पास गर्न पनि नसकिने बताएका थिए । एमसीसीलाई लिएर अहिले सत्ता गठबन्धनमा विवाद बढेको छ । कांग्रेसभित्र पनि चुनावी गठबन्धन गर्न नहुने दबाब बढेपछि तीन नेताले यस विषयमा पनि कुराकानी गरेका थिए । तर छलफल कुनै निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले जानकारी दियो ।

सशस्त्रको पहलमा भारतीय एसएसबीले हटायो दशगजामा बनाएको पोष्ट

विराटनगर, नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीको टिकुलिया बस्तीबीचको दसगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आफूखुसी बनाएको सुरक्षा पोस्ट् हटाइएको छ। सशस्त्र प्रहरीको पहलमा एसएसबीले पोस्ट् हटाएर दसगजाबाट आफ्नै भूमिमा सारेको हो। कूटनैतिक मर्यादा र सीमा सम्बन्धी अन्तर्राष्ट्रिय कानुनविपरित दसगजामा पोस्ट् निर्माण गरेर २४ घण्टा नै हतियारसहितका एसएसबीलाई खटाउन थालिएपछि भारतको चौतर्फी विरोध भएको थियो। जिल्ला सुरक्षा समिति मोरङको बैठकमा पनि यस विषयमा कुरा उठेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सशस्त्रका उच्च अधिकारीले एसएसबीले बनाएको पोस्ट् हटाउने विषयमा पहल थाल्न सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए। निर्देशनसँगै पहल थालेको सशस्त्र प्रहरीले दसगजाको पोस्ट् हटाउन एसएसबीका अधिकारीसँग आग्रह गरेको थियो। सशस्त्रको आग्रहपछि लगभग एक महिनाअघि निर्माण गरिएको पोस्ट् दसगजाबाट हटाउँदै एसएसबीले भारतीय भूमितर्फ लगिसकेको प्रजिअ दाहालले बताए। ‘सशस्त्रको पहल र आग्रहमा एसएसबी पोस्ट् हटाएर आफ्नै भूमिमा लैजान सहमत भएको हो,’ उनले भने, ‘दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने प्रावधानलाई ख्याल गर्न एसएसबीसँग आग्रह पनि गरिएको छ।’ दसगजाको अतिक्रमण हटाउने र सिमानालाई व्यवस्थित बनाउने दुई देशीय सहमतिविपरीत एसएसबीले सुरक्षा पोस्ट् निर्माण गरेको थियो। दसगजामा संरचना निर्माण गरेर सुरक्षा दिने नाममा एसएसबीले नेपालतिर हुने गतिविधी नियाल्न थालेको आशंका गरिएको थियो। -अन्नपूर्ण पोष्टबाट साभार

खानी तथा भूगर्भ विभागको निष्कर्ष- अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति

सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ। गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर्ष निकालेको हो। विभागका सिनियर डिभिजनल जियोलोजिस्ट एवं उपसचिव शिवकुमार बाँस्कोटा र जियोलोजिस्ट गौतमप्रसाद खनालको टोलीले यही साउन २२ देखि २५ गतेसम्म मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा गएर गरेको भौगर्भिक अध्ययनले उक्त निष्कर्ष निकालेको हो। असार १ गतेको अत्यधिक वर्षापछि हेलम्बु गाउँपालिकाको पेमदाङ खोला र मेलम्ची खोलाको दोभानबाट शुरु भएको बाढी मेलम्ची खोलामा जम्मा भई पहिराको लेदो र पानी मिसिँदा किनारा थप कटान भएको तथा खोलाले थप विकसित रूप लिँदै जाँदा मेलम्ची र त्यस आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको विभागका सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटाले बताए।

लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने

काठमाडौं । बुटवल, लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । यसअघि विपक्षी गठबन्धनले पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव प्रदेश सभाको बैठकमा पेस भएपनि मुख्यमन्त्रीले राजीनामा दिएपछि अर्को प्रक्रियामार्फत सरकार गठन हुने भएको हो । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो तीन बजेभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्ने समय दिएका थिए । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् । तर कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकाले केसी आठ महिना मात्रै मुख्यमन्त्री रहने छन् । सात वटा प्रदेश मध्ये माओवादी ३ वटा प्रदेशमा सरकार बनाउन सफल हुने छ ।