कञ्चनपुरमा २ महिनामै भाँसियो ४९ लाखको सडक

कञ्चनपुर : दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग निर्माण गरिएको २ महिनामै भत्किएको छ ।

बेदकोट नगरपालिकाले बसन्तथालामा ४९ लाख खर्च गरी निर्माण गरेको बाटो निर्माण गरिएको दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग २ महिनामै भासिएको हो ।

निर्माण कम्पनीले मापदण्ड विपरीत पहुँच मार्ग निर्माण गरेकाले सडक भासिएको स्थानीय पारस जोशीले बताए । उनका अनुसार दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग जेठमा निर्माण गरिएको थियो । ‘निर्माण कम्पनीको कारण सडक भासिएको हो,’ उनले भने, ‘उक्त सडक ठाउँठाउँमा भासिएको छ ।’

बेदकोट निर्माण सेवाले निर्माण गरेको पहुँच मार्ग २/३ ठाउँमा भासिएको उनी बताउँछन् । ‘केही दिनअघि परेको वर्षाले पहुँच मार्ग भासिएको थियो,’ उनले भने, ‘ठेकेदार, जनप्रतिनिधि र प्राविधिकको मिलेमतोमा सडक तथा पहुँच मार्ग स्टिमेट विपरीत निर्माण गरिएको छ ।’ भासिएको ठाउँमा तटबन्ध नगरिए पानी परेपछि थप सडक भासिने उनी बताउँछन् ।

‘भासिएको सडक छेउमा तटबन्ध गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘समयमै तटबन्ध नगरे सरकारको लाखौं लगानी खेर जान्छ ।’

बेदकोट नगरपालिकाका-२ का वडाध्यक्ष नरेश सिंह पनि दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको पथरिया खोला नजिक सडक भासिएको बताउँछन् । ‘त्यो ठाउँमा खेतहरुबाट आएको पानी खोला जान्थ्यो, त्यहाँ ठूलो खाल्डो थियो,’ उनले भने, ‘त्यो स्थानमा सडक निर्माण गर्दा तटबन्ध गरिनु पथ्र्यो, तर राखिएन त्यसैले सडक भासिएको हो ।’

इन्जिनियरले सडकको इस्मेट बनाउँदा तटबन्ध राख्नुपर्ने भएपनि छुटाएकाले सडक भासिएको सिंहको भनाई छ । ‘इन्जिनियरले स्टिमेट बनाउँदा तटबन्ध राख्न छुटाएछ, त्यसैले भासियो,’ उनले भने, ‘निर्माण व्यवसायीले त स्टिमेट अनुसार नै काम गरेको छ ।’

निर्माण सम्पन्न भएको १ वर्षसम्म सडक भासिएमा मर्मत गर्ने जिम्मेवारी ठेकेदारको हुने बताउँदै वडाध्यक्ष सिंहले ठेकेदारलाई सडक मर्मत गर्न लगाइने बताए । ‘निर्माण व्यवसायीलाई भासिएको सडक मर्मत गर्न भनेका छौं,’ उनले भने, ‘निर्माण व्यवसायीले केही दिनमै भासिएको ठाउँमा सडक मर्मत गर्ने बताएको छ ।’

इन्जिनियरले पहुँच मार्गको स्टिमेट बनाउँदा छुटाएको गरेको बेदकोट नगरपालिकाका सवइन्जिनियर नरेन्द्र बोहराले बताए ।

पहुँच मार्गको पथरिया खोला नजिकको खाल्डोमा नयाँ भरान भएकोले सडक भासिएको उनी बताउँछन् । नगरपालिकाले २ किलोमिटर सडक कालापेत्र गर्नका लागि १ करोड रुपैयाँको लागत अनुमान गरेको दैजी-छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्ग निर्माण गर्न बेदकोट निर्माण सेवाले घटाघटीमा ४९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

बेदकोट निर्माण सेवाले दैजी-छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको काम गत जेठ महिनाको अन्तिम साता सम्पन्न गरेको थियो ।

बेदकोट निर्माण सेवाका सञ्चालक देब चन्दले दैजी छेला औद्योगिक क्षेत्र जोड्ने पहुँच मार्गको एक ठाउँमा मात्रै भासिएको बताए ।

१३औँ सागः मन्डे श्रेष्ठले नेपाललाई दिलाए पहिलो स्वर्ण

काठमाडौंः मन्डे श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन्। पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन्। फाइनलमा मन्डले २५.७२ अंक ल्याउँदै पाकिस्ताका नैयामातुल्लाहलाई पराजित गरेका हुन्। नैयामातुल्लाहले २४.९२ अंक प्राप्त गरे। यसअघि समूहमा मन्डेले २४.० अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका हुन्। यस्तै अर्को समूहमा पाकिस्तानका नैयामातुल्लाहले २३.६८ अंक ल्याउँदै स्वर्णका लागि मन्डेसँगको भिडन्त पक्का गरेका थिए। त्यसबाहेक समूहमा श्रीलंकाका साउथरासाले २१.१८, बंगलादेशका मोहम्मद हासिन्कले २२.८ अंक ल्याए। श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए । १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले पहिलो पदक जितेको छ। त्यसअघि चञ्चला दनुवारले कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ नेपाललाई रजत पदक दिलाएकी थिइन्। पाकिस्तानकी साइदासँग पराजित हुँदै नेपाल रजतमा खुम्चिएको थियो। पाकिस्तानकी साइदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन। चञ्चलाले २४.६२ अंक प्राप्त गरिन।

हङकङले सस्तैमा गुमायो ३ विकेट, अभिनाशलाई पहिलो सफलता

काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याइरहेको हङकङले सस्तैमा ३ विकेट गुमाएको छ । हकङकले तेस्रो विकेटका रुपमा नजाकत खानलाई ९ रनमा गुमाएको हो । उनलाई अभिनाश बोहराले विकेटकीपर विनोद भण्डारीको हातबाट ‘क्याच आउट’ गराए । यसअघि हङकङले दोस्रो विकेटका रुपमा असहन अब्बासीलाई १० र क्यामरून म्याकउस्लानलाई ४ रनमा गुमाउन पुग्यो । उनी दुवैलाई करन केसीले आउट गरेका हुन् । सस्तैमा ३ विकेट गुमाए पनि हङकङले उत्कृष्ट ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म हङकङले ९ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर ४४ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन बनायो । नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे । उनले ९ चौकाको मद्दतमा १३९ बलमा ८९ रन बनाए । यस्तै आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७, विनोद भण्डारीले १५, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, करण केसीले ७ रनकाे याेगदान दिए । कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फ शून्य रनमा आउट भए । बलिङमा हङकङका एजाज खानले ३, नसरुल्ला खान र एहसान खानले २–२, अफताब हुसेन र रौनक कपुरले एक–एक विकेट लिए । हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी  

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

काठमाडौंः बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हमिदले कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने छन् । हमिदको नेपाल भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिने जनाइएको छ । राष्ट्रपति हमिदको नेपाल भ्रमणका बेला त्रिदेशीय सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयको भनाई छ । यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।

उठ्ने बित्तिकै हिँड्नु स्वास्थ्यका लागि कति उपयुक्त?

एजेन्सीः नियमित हिँड्नु स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । बिहानको हिँडाइले त स्वास्थ्यलाई कैयौँ फाइदा पुर्‍याइरहेको हुन्छ । बिहान हिँड्दा दिनभर शरीर फुर्तिलो हुने मात्र नभई मोटोपन, मुटुरोगजस्ता कैयौँ समस्याबाट पनि बच्न सकिन्छ । यस्ता छन्, बिहानमा हिँड्नुका फाइदाः १. दैनिक रूपमा हिँड्ने बानीले तनाव पनि मुक्त गर्ने काम गर्छ । नियमित हिँड्ने बानीले सकारात्मक सोचको पनि विकास गर्दै लैजान्छ । २. दैनिक रूपमा हिँड्दा शरीरका हड्डी, खुट्टा, पेट तथा पाखुराका मांसपेशी मजबुत बन्दै जान्छन् । त्यस्तै, ढाड, जिउ दुख्नेजस्ता समस्या पनि बिस्तारै कम हुँदै जान्छ । ३. विश्वमा भएका विभिन्न अनुसन्धानले देखाएको छ कि नियमित हिँड्ने बानीले मानिसको आयुसमेत बढ्छ । यस्तो क्रियाकलापले शरीरको तौललाई पनि सन्तुलित गर्ने काम गर्छ । ४. कतिपयमा रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि उनीहरू विभिन्न अस्पताल पनि धाइरहेका हुन्छन् । तर, बिहानको समयमा दैनिक १ घण्टा हिँड्ने बानीले अनिद्राको समस्यालाई पनि दूर गर्दै लैजान्छ । ५.यति मात्र होइन, बिहान हिँड्नुका अरू पनि थुप्रै फाइदा छन् । बिहानको हिँडाइले श्वासप्रश्वास प्रणालीमा सुधार ल्याउने काम गर्छ । हिँड्दा श्वासप्रश्वासको गति बढ्छ र शरीरका नसाहरूमा राम्रोसँग अक्सिजन पुग्ने गर्छ । यसो हुँदा शरीरमा रहेका विकार तत्व सजिलै हट्नुका साथै शक्तिसमेत वृद्धि हुँदै जान्छ । ६.निसलाई विश्वास नलाग्न सक्छ, तर मर्निङ वाकले स्मरण शक्तिको पनि विकास गर्छ ।

वृद्धवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता

दैलेख– नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरेको लापरवाहीका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् । जिल्लामा रहेको एनएमबी बैंकमा खाता छ, साबिकको नगरपालिका वडा नं १ देखि वडा ९ सम्मको सामाजिक सुरक्षाभत्ता बैंकबाट वितरण गर्ने गरे पनि नगरपालिका कार्यकारी अधिकृतको सरुवा भएको कारण देखाउँदै नगरपालिकाले समयमै निकासा नदिएका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित भएका छन् । नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले नगरपालिका कार्यालयको खाता सञ्चालन गर्न समय लागेका कारण सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको बताए । उनले खाता सञ्चालन हुनेबित्तिकै पहिला सामाजिक सुरक्षाभत्ता र शिक्षकहरुको तलब निकासा गरे पनि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक आउन ढिला भएका कारण समयमै समाजिक सुरक्षाभत्ता पठाउन नसकेको बताए । नारायण नगरपालिका दैखलेले असोज १३ गते मात्र एनएमबी बैंकलाई सामाजिक सुरक्षाभत्ता निकासाको चेक दिएको बैंकका जिल्ला प्रबन्धक निर्मला श्रेष्ठले बताए । दशैँअगावै सामाजिक सुरक्षा वितरण गर्ने तयारीमा नगरपालिका रहे पनि विविध कारणले ढिला भएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्कालले बताए । उनले नारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको एनएमबी बैंकबाट भत्ता विरतण गरेको र अन्य १० र ११ वडाका ज्येष्ठ नागरिक एकल महिला, बालबालिकाको भत्ता वडाका सचिवमार्फत वितरण गरेको बताए।

क्लिनिकबाट लागूऔषध तथा प्रतिबन्धित औषधी बिक्री वितरण !

धनगढीः कैलालीको लम्की–चुहा नगरपालिका–४ बलियाबाट ठुलो परिमाणमा लागूऔषधी तथा प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने एकजना मेडिकल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मी स्वास्थ्य क्लिनिकका सञ्चालक ३२ बर्षिय मेसक कुमार चौधरी रहेका छन् । लागु तथा प्रतिबन्धित औषधी बिक्री वितरण गर्ने गरेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।   सि.नं. बरामद संख्या १ Tramadol  Hydrochloride Capsules 50 mg (Trama) Red 1000 capsules २ Pheniramine Maleate Tableth ( AVIL) 595 Tab ३ Cholordiazepoxide Tablets (Zepox) 30 Tab ४ Tramadol  Hydrochloride capsules  (Tramats) Green 200 capsules ५ Pregablin capsules (REGAB ) 5870 capsules ६ Cambipack of  mIfepristone tablets (MIFEGEST) kit- गर्भपतन गराउने औषधि 50 tablets  

भारत र दक्षिण अफ्रिकाबीच मोहाली टी–२० मा गजबको संयोग, दुईमध्ये एउटा रेकर्ड पक्का

काठमाडौँ, भारत र दक्षिण अफ्रिकाबीच हुने जारी टी–२० शृंखलाको दोस्रोमा एउटा नया रेकर्ड बन्ने निश्चित भएको छ। बुधबार साँझ सवा सात बजेदेखि सुरु हुने उक्त खेलमा जुनसुकै टीमले जिते पनि नयाँ रेकर्ड बन्ने संयोग जुरेको छ। पन्जाबको मोहालीस्थित पीसीए आइएस बिन्द्रा स्टेडियममा खेलिने उक्त खेल दुवै टीमका लागि महत्वपूर्ण समेत रहेको छ। दुवै देशबीच खेलिने भनिएका तीन खेलमध्ये पहिलो खेल धर्मशालामा खेलिनुपर्ने थियो तर अत्यधिक वर्षाका कारण उक्त दिन टस समेत हुन सकेन। आजको खेल जित्ने टीमसँग मात्र शृंखला जित्ने सम्भावना जीवित रहनेछ। यस्तो बन्न गइरहेको छ रेकर्ड अन्तर्राष्ट्रिय टी-२० मा भारत र दक्षिण अफ्रिका बीच प्रतिद्वन्द्विताको कुनै लामो इतिहास छैन। दुवै देशबीच हालसम्म जम्मा १३ टी-२० खेल खेलिएका छन् जसमध्ये ८ मा भारतले र ५ मा दक्षिण अफ्रिकाले जीत हात परेको छ। दुवैबीच निर्धारित दुई खेल (कोलकाता र धर्मशालामा निर्धारित) रद्द भएका छन्। तर भारतले घरेलु मैदानमा आजसम्म दक्षिण अफ्रिकालाई हराउन सकेको छैन। दुवै देशबीच हालसम्म दुई टी-२० खेल खेलिएका छन्। दुबैमा भारतले क्रमशः सात र छ विकेटले हार व्यहोरेको छ। दक्षिण अफ्रिकाले भारतलाई २ अक्टुबर २०१५ मा धर्मशालामा ७ विकेटले र ५ अक्टोबर २०१५ मा कटकमा ६ विकेटए पराजित गरेको थियो। दुवै देश बीच २०१५ मा कोलकातामा र २०१९ मा धर्मशालामा हुने भनिएका खेल रद्द भएका छन्। यदि आजको खेलमा भारतले दक्षिण अफ्रिकालाई हराएको खण्डमा यो नयाँ रेकर्ड बन्नेछ। त्यस्तै मोहालीको मैदानमा हालसम्म भारतले एउटा पनि टी-२० अन्तर्राष्ट्रिय खेल हारेको छैन। भारतले हालसम्म यस मैदानमा जम्मा दुई टी-२० अन्तर्राष्ट्रिय खेलेको छ। उसले यस मैदानमा १२ डिसेम्बर २००९ मा पहिलो टी-२० श्रीलंकाविरुद्ध खेलेको थियो। यस खेलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो। यस मैदानमा भारतले अर्को टी-२० खेल अस्ट्रेलियाविरुद्ध २७ मार्च २०१६ मा खेलेको थियो जसमा उसले अस्ट्रेलियालाई पनि ६ विकेटले हराएको थियो।

आत्मरक्षाका लागि प्रतिकार गर्दा कतारको जेलमा, सहयोगी मनहरुको ८२ लाखपछि नेपालमा !

काठमाडौंः कतारको जेलमा थुनिएका बिनोद रानाभाट सोमबार स्वदेश फर्किएका छन् । बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको कामका लागि ३ बर्षअघि कतार पुगेका चितवनको माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर (हाल भरतपुर १५) का रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्राजेलमा राखी मुद्दा चलाएको थियो । मुद्दाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनिका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करिब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने थियो । उनको रिहाइका लागि रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरी सबैसंग सहयोग उठाएर ८२ लाख रुपैयाँ नेपालबाट पठाई रिहाई गरिएको हो ।

विद्यार्थी र युवा संगठनद्वारा ज्ञानेन्द्र शाहीलाई बाँके जिल्लामा प्रवेश निषेध गर्ने चेतावनी

नेपालगञ्ज, नेकपा निकट विद्यार्थी र युवा संगठनहरुले ज्ञानेन्द्र शाहीमाथि जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार बाँकेको नेपालगञ्जस्थित एयरपोर्टमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शाही समूहले अभद्र व्यवहार गरेको भन्दै जनवर्गीय संगठनले भत्र्सना गरेका हुन । नेकपा निकट, अनेरास्ववियू, अखिल क्रान्तिकारी, युवा संघ र वाईसिएलको जिल्ला नेतृत्वहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै हातपात एवं आक्रमण गर्नेप्रति निन्दा र खेद प्रकट गरेका छन् । भ्रष्टाचार र नैतिकताको कुरा गर्नेहरु पहिला आफू शीष्ट हुन सिक्नुस भन्दै विज्ञप्तीमा आगामी दिनमा यस्ता हर्कत दोहोरिए ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रवेश निषेध गर्ने समेत चेतावनी दिइएको छ । पढनुस विज्ञप्ती

टि–२० वरीयताः रसेल र गेलभन्दा पारस अगाडि

काठमाडौंः आइसीसी टि–२० क्रिकेटको नयाँ वरीयतामा अलराउण्डरतर्फ नेपाली टिमका कप्तान पारस खड्का २७ औं स्थानमा रहेका छन् । उनी पछिल्लो पटकको वरीयतामा सुधार गर्न सफल भएका हुन् । यद्यपी उनको यो विधामा उच्चतम वरीयता भने २५ औं स्थानसम्म रहेको छ । अलराउण्डरमा पारसले आन्द्रे रसेल, क्रिस गेल, राशिद खान र बेन स्टोकलाई पछि पारेका छन् । यस्तै अलराउण्डरमा अर्का नेपाली खेलाडी सोमपाल कामी ६७ औं स्थानमा यथावत रहेका छन् । ब्याटिङमा पारस ६८ औं स्थानमा यथावत रहेका छन् । उनले महेन्द्रसिंह धोनी, क्रिस गेल, ब्रान्डन टेलर, निकोलस पुरन, ट्राभिस हेडलाई पछि पारेका छन् । बलिङ तर्फ सोमपाल ७८ औं स्थानमा यथावत छन् भने वसन्त ७२ औं स्थानमा पुगेका छन् ।

एटीएम ह्याकिङः नेपाली बैंक भन्छन्, ‘तीन महिनाभित्र एटीएम कार्ड फेर्न सकिँदैन’

काठमाडौंः  नेपालका विभिन्न ब्याङ्कलाई तारो बनाएर ह्याकरहरूले करोडौँ रुपैयाँ चोरेको घटनाबारे छानबिन गर्न गठित समितिले अहिले प्रचलनमा रहेका सम्पूर्ण म्याग्नेटिक स्ट्रिप कार्ड तीन महिनाभित्र हटाएर चिपमा आधारित कार्ड व्यवस्था मिलाउन सुझाव दिएको छ। गत शनिवार ह्याकरहरूले नेपाल र भारतका एटीएमबाट नेपाली ब्याङ्कमा रहेको तीन करोड ५८ लाख रुपैयाँ भन्दा बढी रकम एटीएमबाट चोरेका थिए। चिनियाँ ह्याकरहरूले काठमाण्डूका एटीएमबाट पैसा चोर्दा प्रयोग गरेका सम्पूर्ण कार्डहरू ‘म्याग्नेटिक स्ट्रिप’ भएको पाइएपछि राष्ट्र ब्याङ्कले सुरक्षा व्यवस्था थप सबल बनाउने उपाय भन्दै त्यस्तो सुझाव दिएको बताएको छ। तर नेपाल ब्याङ्कर्स सङ्घका सदस्य अशोक शेरचन भन्छन्, “लाखौँ ग्राहकहरूले म्याग्नेटिक कार्ड प्रयोग गरिरहेकाले तीन महिनाभित्रै तिनलाई पूर्ण रूपमा विस्थापन गर्न असम्भव छ।” कार्ड फेर्दा हुने असर चिप र पिनलाई नेपाल राष्ट्र ब्याङ्कले यसअघि नै अनिवार्य बनाएको थियो। यद्यपि अहिले पनि चिपले कारोबार गर्न असफल भएको खण्डमा ‘फलब्याक’ भनिने वैकल्पिक बाटोबाट पुरानै म्याग्नेटिक स्ट्रिप कार्डको शैलीमा कारोबार गर्न सकिन्छ। “म्याग्नेटिक कार्डमा खातावालका सीमित सूचना हुन्छन् जसले गर्दा आधिकारिकता पुष्टि गर्ने सवालमा ह्याकरहरूले फाइदा उठाउन सक्ने जोखिम उच्च हुने गरेको हो,” ब्याङ्किक सुरक्षा मामिलाका जानकार सूचनाप्रविधिविज्ञ सुरेश कर्ण भन्छन्। तर एटीएमबाटै प्रविधिलाई छक्याउँदै चोरी गर्ने क्रम बढेपछि राष्ट्र ब्याङ्कले त्यसलाई हटाउने सुझाव दिएको हो। अहिले चिपजडित एटीएम कार्डले समेत निम्न अवस्थामा म्याग्नेटिक स्ट्रिपका रूपमा काम गर्ने गर्छन्: म्याग्नेटिक कार्ड किन अझै प्रचलनमा? म्याद बाँकी भएका म्याग्नेटिक स्ट्रिप कार्ड बोक्ने ग्राहकहरू अझै लाखौँको सङ्ख्यामा रहनुले ब्याङ्कहरूले अहिलेसम्म दुवै अवस्थामा अनुकूल हुनेगरी सुविधा दिइराखेको बताउँछन्। “त्यसबाहेक नेपालमा थुप्रै विदेशी ब्याङ्किङ सेवाका कार्ड प्रचलनमा छन्। थुप्रै अमेरिकी ब्याङ्कले अझै म्याग्नेटिक स्ट्रिप कार्ड चलाउनु पनि अर्को कारण हो,” नेपाल इन्टरनेट फाउन्डेशनका अध्यक्ष विक्रम श्रेष्ठ भन्छन्। म्याग्नेटिक स्ट्रिप कार्डमा ह्याकरहरूले अरूको विवरणमाथि थपघट गर्न सक्ने जोखिम उच्च हुने गरेको विज्ञहरूको भनाइ छ। भिजा, मास्टरकार्डजस्ता सेवा प्रदायकहरूले भने म्याग्नेटिक स्ट्रिपमार्फत् कारोबार भएको खण्डमा थप विवरणको आधिकारिकता पुष्टि ब्याङ्कहरूले नै गर्नुपर्ने अन्यथा हुने भवितव्यमा आफूहरू जिम्मेवार नहुने सर्त राख्ने गरेको ब्याङ्कहरू बताउँछन्। ब्याङ्कर्स सङ्घका अशोक शेरचनको भन्छन्, “ह्याकरहरूले चिप भएकै एटीएम कार्डबाट समेत ह्याकिङ गरिरहेका छन्। त्यसैले सुरक्षालाई समग्रतामा हेरिनुपर्छ।” पछिल्ला वर्षमा एटीएमबाट चोरीका क्रम बढेपछि अब एटीएम कार्डमा औँठाछाप पनि हुने बायोमेट्रिक प्रणालीमा जानुपर्ने कुरा पनि उठेको छ। विक्रम श्रेष्ठ भन्छन्, “त्यो भर्खर उदाइरहेको प्रविधि हो र केही देशले मात्र प्रयोग गरिरहेका छन्। तर नेपाल त्यसमा प्रवेश गर्ने हो भने चाहिँ पूर्वाधारका हिसाबले समस्या छैन।” राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका भनाइमा तीन महिनाभित्र खातावाललाई सूचित गर्ने र त्यसभित्र उनीहरू एटीएमकार्ड फेर्न नआएमा ती कार्ड निष्क्रिय पार्न लगाइनेछ। “र वैकल्पिक रूपमा म्याग्नेटिक स्ट्रीपबाट हुने कारोबार रोक्ने समेत तयारी भइरहेको छ।” आक्रमण र क्षति समितिका अनुसार गत शनिवार नेपालका १७ वटा ब्याङ्कका विभिन्न स्थानबाट ६८ वटा एटीएम कार्ड प्रयोग गरी एक करोड उनान्नब्बे लाखभन्दा बढी रुपैयाँ निकालिएको थियो। सोही दिन भारतमा २४ ब्याङ्कका एक सय ३२ एटीएमबाट नेपाली ब्याङ्कलाई तारो बनाएर एक करोड पाँच लाखभन्दा बढी भारतीय रुपैयाँ झिकिएको पाइएको छ। भारतमा झिकिएको केही रकम वास्तविक रूपमा सेवाग्राहीले गरेका कारोबार हुन सक्ने भनिएको छ। त्यसदिन जम्माजम्मी तीन करोड ५८ लाख रुपैयाँ भन्दा केही बढी बराबरको रकम झिकिएको थियो। बिहीवारयता एटीएमबाट एक दिनमा बढीमा ६० हजार रुपैयाँ मात्र झिक्न मिल्ने नयाँ सीमा कायम गरिएको छ। पहिला एक दिनमा एक लाख रुपैयाँ झिक्न मिल्थ्यो। अनुमान र अनुसन्धान समितिले भिजा नेटवर्क वा नेप्स भनिने नेपालका ब्याङ्कहरूको आन्तरिक सञ्जाल वा दुई प्रणालीबीच कहीँ कतै कसैले अनधिकृत रूपमा नियन्त्रण लिई रकम चोरी गरेको अनुमान गरेको छ। समितिमा रहेका राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार अहिले सिङ्गापुरबाट बोलाइएका विज्ञहरूको टोलीले ह्याकबारे थप अनुसन्धान गरिरहेका छन्। कार्यकारी निर्देशक मिश्रले भने, “अनुसन्धान केही नेपालमै बसेर र केही देशबाहिर अवस्थित प्रविधि प्रयोगशालामा समेत हुन सक्छ।” घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले चिनियाँ समूहका छ जनालाई पक्राउ गरेको छ। तीमध्ये एक जनासँग फ्रान्सको नागरिकता भएको बताइएको छ। उनीहरूबाट काठममाण्डूका एटीएमबाट चोरिएको अधिकांश रकम बरामद भएको प्रहरीले जनाएको छ।

मलेसियामा रोजगारी खुलाउन भदौको २४ र २५ गते संयुक्त बैठक बस्ने

काठमाडौं : लामो समयदेखि बन्द रहेको नेपाली कामदारलाई मलेसियामा रोजगारी खुलाउने विषयमा दुवै देशका अधिकारीहरु भदौको अन्तिम साता संयुक्त बैठक बस्ने भएको छ । लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा मलेसियाले लिखित जवाफ पठाएसँगै अब भदौको २४ र २५ गते दुवै देशका अधिकारीहरुबीच मलेसियाको क्वालालाम्पुरमा संयुक्त बैठक हुने भएको हो । करिब १५ महिनादेखि नेपाल कामदारका लागि मलेसियामा रोजगारी बन्द छ । यसअघि नेपाल र मलेसियाबीच गत वर्ष कात्तिक १२ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि हुन लागेको संयुक्त बैठक श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । श्रम सम्झौतामा नेपालीहरु मलेसिया जाँदा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोर्ने र कामदार आपूर्ति गरे वापत कामदारले पाउने आधा महिना बराबरको तलब सेवा शुल्कका रुपमा मेनपावर कम्पनीले पाउने व्यवस्था सम्झौतामा उल्लेख छ। मलेसियाले विगतमा स्वास्थ्य परीक्षण गर्दै आएका ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्ने र वार्षिक रूपमा अन्य संस्था थप्ने जानकारीसहितको पत्र नेपाली दूतावास मलेसियामार्फत परराष्ट्र मन्त्रालयलाई पठाएपछि संयुक्त बैठक बस्न लागेको हो । यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने १२२ स्वास्थ्य संस्था सूचीकरण गरेको पत्र मलेसियालाई पठाएको थियो।

जान्नुहोस्, के हो पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस?

काठमाडौं, साउन २१ । पोस्ट–एक्सपोजर प्रोफिलेक्सिस एक किसिमको एन्टिरेट्रोभाइरल थेरापी हो, जोे एचआइभी संक्रमण हुनबाट जोगिन प्रयोगमा ल्याइन्छ । एड्सको रोकथाममा प्रयोगमा ल्याइने एआरटी औषधिअन्र्तगत यो पनि पर्छ । विशेषगरी, एचआइभी संक्रमितसँग असुरक्षित यौनसम्पर्क भएमा, रगतको सम्पर्कमा आएमा, संक्रमितले प्रयोगमा ल्याएका सिरिन्ज उपयोग गरेमा वा रोग सर्न सक्ने विभिन्न अवस्थामा पोस्ट–एक्सपोजेर प्रोफिलेक्सिस औषधि प्रयोगमा ल्याइन्छ । औषधि प्रयोग विधि –पछिल्लो समयमा पोस्ट-एक्सपाजेर प्रोफिलेक्सिस औषधि धेरै प्रयोगमा आउने गरेको पाइन्छ । सुरुको अवस्थामा संक्रमण भएको थाहा नहुने भएकाले एचआइभी संक्रमणको जोखिम भएमा अधिकांशमा यो औषधिको प्रयोग गर्ने गर्छन् । –विशेषगरी, संक्रमितको रगत सम्पर्कमा आउन सक्ने स्थान र अवस्था (जस्तै, अस्पताल, जथाभावी सिरिन्जको प्रयोग आदि) मा बढी प्रयोगमा ल्याइन्छ । –पोस्ट एक्सपोजर प्रोफिलेक्सिस औषधि जति छिटो प्रयोगमा ल्याउन सक्यो त्यति नै प्रभावकारी हुन्छ । घटना भएको ७२ घन्टाभित्रमा प्रयोगमा ल्याइसक्नुपर्ने हुन्छ । –औषधिको प्रयोगपछि मानिसमा कमजोरीपन देखिन्छ । खासगरी बान्ता, डाइरिया हुने र डर लाग्ने भएकाले अन्य समस्या पनि हुन सक्छन् । अन्य संक्रमण हुन सक्ने जोखिमसमेत बढ्छ । खासगरी उनीहरूमा मनोवैज्ञानिक असर पर्ने भएकाले स्वास्थ्य समस्या देखिन्छन् । –यो औषधि पूर्ण मात्रा अर्थात् २८ दिनसम्म लगातार प्रयोगमा ल्याउनुपर्छ । अन्यथा संक्रमणको जोखिम उच्च रहन्छ । –मनोवैज्ञानिक दृष्टिले कमजोर तथा कतिपय व्यक्तिमा अत्यधिक तनावले गर्दा मानसिक स्वास्थ्यमा असर पर्ने हुन सक्छ । तसर्थ उनीहरूलाई उचित परामर्श दिनुपर्छ । घरपरिवार र समाजले पनि विशेष हेरचाह गर्न जरुरी हुन्छ । यो जानकारी भेरी अञ्चल अस्पतालमा कार्यरत एचआइभी फोकल पर्सन डा. संकेत रिसालले नयाँ पत्रिका दैनिकबाट लेखेका छन् ।

पञ्चदेवल विनायक नगरपालिकाका महिलालाई घरेलु सेनिटरी प्याड उत्पादन तालिम

अछाम, असार २३ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीनदिने तालिम आइतबारदेखि सुरु भएको हो । छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई ९ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरुलाई महिनावारी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ । नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागीता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । पत्येक समूहमा तीन–तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देवकोटाले सहभागिले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देबकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे । त्यसैगरी, नगर उप–प्रमुख अम्बिका चलाउनेले पहिले पनि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा गरेको र यसपटक संवाद डबलीसँगको सहकार्यमा भएको तालिमपनि फलदायी हुने विश्वास लिएको बताइन् । २१ औं शताब्दीमा पनि अन्धविश्वास तथा लाजको विषय बनाएर अव्यवस्थित महिनावारीबाट महिलाहरु पीडित हुनु दुःखत विषय भएको धारणा राखिन् । आफुले पनि विगतमा यस्तो समस्या भोगेको स्मरण गर्दै भनिन् ‘यही सामाजिक परिवेशको कारण मानसिक तथा शारीरिक ठूलो प्रताडन भोगेको थिएँ, तर अहिले यसमाथि मलगायत धेरैले विजय प्राप्त गरेका छौं । अब देशबाटै छाउपडी समस्या उन्मुलन गर्नुपर्छ ।’ चलाउनेले विगतका तालिमको उपलब्धिको कारण कयौं महिला यस समस्याबाट मुक्तमात्रै नभएर प्याड ब्यवसायबाट उद्यमशील पनि भइसकेको जानकारी दिइन् । संवाद डबलीका सचिव धनन्जय बुढाले संचार माध्यम र सरोकारवाला पक्षको सहकार्यमा सामाजिक समस्याको समाधानको प्रयासले छिटो सफलता प्राप्त गर्ने धारणा राखे । सो तीनदिने तालिमकी प्रमुख प्रशिक्षक मिना विष्टले विगत लामो समयदेखि महिनावारी व्यवस्थापन तथा सामाजिक जनचेतनाको क्षेत्रमा काम गर्दै आएको अनुभवसहित सहभागी प्रशिक्षार्थीहरुलाई उद्यमशील बन्न आह्वान गरिन् । उनले छाउपडी समस्याको हलमात्र खोज्नेभन्दा यसैमाथि टेकेर उद्यमशील बन्न सकिने सम्भावना रहेको जानकारी दिइन्। कार्यक्रमा ८ नं. वडाध्यक्ष ताराप्रसाद खनाल, नगरका प्रशासकीय अधिकृत लक्ष्मीकान्त बजगाईलगायतको उस्थिति रहेको थियो। समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ ।

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (सूचनासहित)

काठमाडौं, असार २ । शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्तसँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् । ‘खास विषयमा हुने शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था कार्यान्वयन गरिदैं छ’ थपलियाले भने ‘यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ ।’ माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरु मध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो । यस्तै माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुस्