फेरिँदै मानवबेचविखनको तरिकाः गर्भकै शिशुको मोलमोलाई !
काठमाडौं । मानव बेचविखनको स्वरुपमा पछिल्लो समय निकै बदलाव देखिँदै छ ।
विगतमा प्रेमको नाममा होस् या पैसाको, अनेक आशा र प्रलोभनमा मानव बेचविखन हुँदै आएको थियो ।
तर, केही समययता भने गर्भकै शिशुको मोलमोलाइ हुने र उनीहरुलाई बेचिने गरेको खुलासा भएको छ ।
रोहिणी डेढ महिनाकी अवोध बालिकालाई के थाहा उनी बेचिएकी थिइन् भनेर । त्यो पनि गर्भमै ।
१४ वर्षको उमेरमै कसैसँग प्रेममा परेपछि एक किशोरीले उनलाई जन्माएकी हुन् । तर, उनी प्रेमको निशानी बन्न सकिनन् । किनकि, जुन सम्बन्धपछि उनी जन्मदै थिइन्, त्यो सामाजिकरुपले वैध थिएन ।
प्रेम गरेको अभिनय गर्ने युवकले गर्भवती बनाएर फरार भएपछि किशोरी नेपाल बाल संगठनको शरणमा पुगेकी थिइन् ।
बाल संगठनका प्रमुख बालकृष्ण डंगोलले ती किशोरीलाई सुरक्षितरुपले बच्चा जन्माउन सहयोग गर्ने आश्वासन दिए । अनि, पुर्याए काठमाडौं, कलंकीको सन्जीवनी बर्थ सेन्टरमा ।
त्यहीँ गत साउन १२ गते रोहिणीको जन्म भयो । किशोरीको बाध्यताको फाइदा उठाउँदै बाल संगठन प्रमुखले रोहिणीलाई गर्भमै एक बेलायती महिला डोना स्मिथलाई बेचिसकेका थिए ।
स्मिथ पासपोर्ट बनाउन अध्यागमन विभाग पुग्दा कर्मचारीले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले रोहिणीलाई उद्धार गरेर कान्ति बाल अस्पतालको सघनकक्षमा भर्ना गरेको थियो ।
२३ दिनसम्म कान्तिमै राखिएपछि रोहिणीलाई बालबालिका खोजतलास समन्वय केन्द्रकोे जिम्मा लगाइयो ।
अहिले उनलाई ललितपुरको धोवीघाटमा रहेको नवकिरण अनाथ असहाय बाल उत्थान समाजमा राखिएको खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।
बाल उत्थान समाजमै उनको न्वारन गरेर रोहिणी नाम राखिएको हो । नवजात शिशु भएको र स्याहार गर्ने व्यक्तिको पनि अभाव भएकाले सुरुमा त बालगृहले राख्न आनाकानी गरेको थियो ।
बालगृहकी सन्चालिका सावित्री पोखेरेलले आफूले बच्चाको राम्रोसँग स्याहार–सुसार गरिरहेको जानकारी दिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बालिकाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।
गर्भमै बेचिएको यो घटनाले मानव बेचविखनको जालो समाजमा कति गहिरो हुँदै गएको छ भन्ने देखाएको छ ।
बालिका बेचविखनको आरोपमा डंगोल र स्मिथ अहिले पुर्पक्षका लागि थुनामा छन् । इमेजखबरबाट
‘डिसहोम उज्वल भविष्य’ कार्यक्रम अन्तर्गत तराईका ४ विद्यालयमा शैक्षिक सामग्री वितरण
काठमाडौं, पुस २६ । गुणस्तरिय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपीवितरण गरेको हो। नेपालको कुना–काप्चासम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले ‘डिशहोम उज्वल भविष्य’ कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए । कार्यक्रमअन्तर्गत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालय बालमन्दिरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ । कार्यक्रम रौतहट जिल्लाको डिशहोमका अधिकृत विक्रेता सन्तोष केशरीको अध्यक्षता तथा ब्राण्ड म्यानेजर मनोज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । यसै योजना अन्तर्गत डिशहोमले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ । शैक्षिक सामाग्री महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देविका मतको प्रमुख आतित्थ्यतामा २ नं. वडा अध्यक्ष वीरेन्द्रप्रसाद चौरसिया, समाजसेवी, शिक्षकतथा स्थानीयको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गरे । यस्तै बाराकै सिम्रौन गढको श्री कँकाली उमाविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री र चिसोबाट जोगिनका लागि न्यानो टोपी वितरण गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहमान मिया अन्सारी लगायत नागरिक समाजका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र स्थानीयको उपस्थितिमा सिम्रोन गढ नगरपालिकाका उपप्रमुख रिमा देविकुशवाहाले शैक्षिक सामाग्री वितरण गरेका थिए । डिशहोमले यसै कार्यक्रमअन्तरगतपर्सा जिल्लाको पोखरियास्थित श्री जिल्ला उचांगल रामदेव माविका विपन्न परिवारतथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ । पोखरियाका नगर प्रमुख दिपनारायण रौनियारको उपस्थितिमा शिक्षक महासंघ पर्साका अध्यक्ष पर्वत ठाकुर, वडा नं.४ पोखरीयाका वडा अध्यक्ष लक्ष्मण साह लगायत नागरिक समाजका अगुवा, समाजसेवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि र स्थानीयको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको हो । डिसहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसँगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । नेपालका ग्रामीण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कूलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्री साथै प्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ । मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहाले पनि बीचैमा छाड्नेहरूको तथ्यांक निकै ठूलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले डिशहोमले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरीय दृष्य पु¥याइरहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तीव्ररूपमा अगाडि बढाइरहेको छ ।
मेलम्चि ठेकेदारकाे धराैटी जफत नगर्न अल्पकालीन आदेश, अाइतबार बहस हुने
काठमाडौं । मेलम्ची खानेपानीको सुरुङ खन्ने जिम्मा पाएको ठेकेदार कम्पनी सिएमसीको धरौटी जफत नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ । शुक्रबार उच्च अदालत पाटकमा मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलाशले धरौटी जफत नगर्न अल्पकालीन आदेश दिएका हुन् । यसअघि काम सम्पन्न नगरी ठेकेदार क्रम्पनी भाग्न खोजेपछि सरकारले सिएमसीका केही कर्मचारीलाई पक्राउ गरी धरौटी जफत गर्ने निर्णय गरेको थियो । सरकारले धरौटी जफत गर्ने निर्णय गरेलगत्तै सिएमसीका तर्फबाट उच्च अदालत पाटनमा सरकारको निर्णयविरुद्ध निषेधाज्ञाको आदेश माग्दै रिट परेको थियो । रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै मुख्यन्यायाधीश ढुङ्गानाले आइतबारसम्मका लागि धरौटी जफत नगर्न अल्पकालिन आदेश दिएका हुन् । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाइएको छ । ‘दुवै पक्षको बयान आएपछि मात्रै अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे निर्णय हुनेछ । अहिले दिएको अल्पकालीन आदेश हो, अन्तरिम आदेश होइन,’ रजिष्ट्रार दाहालले भने ।
कञ्चनपुरको स्वास्थ्य चौकी बजारमा निर्धन संस्थाद्वारा व्यवसायिक भैंसीपालन तालिम सम्पन्न
काठमाडौं, कार्तिक १९ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्र्तिक १५ गतेदेखि १७ गतेसम्म कञ्चनपुर जिल्लाको स्वास्थ्य चौकी बजारमा ‘ब्यवसायिक भैंसीपालन तालिम’ सम्पन्न भएको यस संस्थाको स्वास्थ्य चौकी बजार शाखाका प्रमुख मनकाजी चौधरीेले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु मानबहादुर थापा, गोपाल दत्त ओझा, मनकाजी चौधरी र शंकरप्रसाद न्यौपाने रहेका थिए । एक परिवारमा एकजना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिइ व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढ्नुको साथै यस संस्थाको भावी कार्यक्रम, योजना, सेवा सुविधाको विस्तार तथा पहुँचमा वृद्धि गर्र्दै लैजाने समेत संस्थाका अत्तरिया क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकरप्रसाद न्यौपानेले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको स्वास्थ्य चौकी शाखाका प्रमुख मनकाजी चौधरीले प्रकाश पारेका थिए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको संञ्जाल बनाइ लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्र्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइ रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइ रहेको छ । यस संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरी लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख पु¥याएको र ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । भैंसीपालन गरी रहेका यस शाखाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका स्वास्थ्यचौकी शाखाका प्रमुख चौधरीले जानकारी गराएका थिए । तालिमको संचालन स्वास्थ्यचौकी शाखाका प्रमुख चौधरीले गरेका थिए । रोगी तथा निरोगी गाइ–भैंसीको पहिचान गर्ने तरिका, रिपिट ब्रिडर्स, गर्भपतन, डिसटोकिया, प्रोल्याप्स रोगका मुख्य मुख्य कारण, लक्षण, उपचार तथा रोकथामका उपायहरुबारे जानकारी गाई–भैंसीपालनको महत्व, नेपालमा पालिने विभिन्न स्थानीय तथा उन्नत नश्लका गाई–भैंसीपालनकोे जातिय परिचय, कमी कमजोरी, संरक्षण तथा विकास, दूग्ध उत्पादनमा गाई–भैंसीको योग्यदान, दूधालु गाई–भैंसी छनौट गर्ने प्रक्रिया र यसको महत्व, गाई–भैंसीको भाले खोज्ने उमेर, भाले खोजेको समय पत्ता लगाउने, भाले लगाउने उत्तम समय र पहिचान गर्ने तरिका, कृत्रिम–प्राकृतिक गर्भाधान, यसको महत्व र गाई–भैंसीमा बाँझोपनाका मुख्य मुख्य कारणहरुको साथै समाधानका उपायहरुबारे जानकारी, गाई–भैंसीपालन विधि, उमेर र अवस्थाअनुसार गाई–भैँसी, बाच्छाबाच्छी, पाडा पाडीलाई भूँई (ठाउँ)को आवश्यकता तथा स्थानीय श्रोत साधनको प्रयोग गरी उन्नत गोठ निर्माण गर्ने तरिकाबारे जानकारी, ब्याउने गाई–भैँसी, दुहुना गाई–भँैसी तथा बाच्छा र बाच्छी, पाडा–पाडीको हेरचाहको साथै बिगौती दूध र यसको महत्व बारे जानकारी, दुहुना गाई–भंैसीको लागि हरियो घाँस तथा सन्तुलित दानाको महत्वको साथै स्थानीय श्रोतबाट उपलब्ध कच्चा पदार्थहरुको प्रयोग गरी सन्तुलित दाना बनाउने प्रविधिबारे जानकारी, दुधालु गाई–भैँसीको लागि वर्र्षैभरि हरियो घाँस उत्पादन गर्ने तरिकाबारे जानकारी, गाई–भैैंसीमा हुने आन्तरिक तथा वाहय परजीवीहरुको नियन्त्रणको साथै खोप कार्यक्रम बारे जानकारी, उन्नत÷ गाई भैंसीपालन ब्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरिका र यसको महत्व, गाई र भैंसीपालन ब्यवसायको बजार ब्यवस्थापन, गाई–भैंसीमा लाग्ने मुख्य मुख्य रोगबारे सामान्य जानकारी, लक्षण, उपचार तथा रोकथामका उपायहरु, संस्थाले प्रदान गरेका सेवाहरु कर्जा, बचत, बिमा, विप्रेषण, कर्जा सदुपयोगिताको महत्व, कर्जा सदुपयोगिता, भैंसीपालन स्किम बारेमा सहभागीहरुले जानकारी लिएको क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपानेले जानकारी गराएको थिए ।
बिहीबार फेरि कतिले घट्यो सुनचाँदी ?
काठमाडौं, कार्तिक १५ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । मंगलबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७३५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।
प्रतिस्ठानको सहयोगार्थ कतारमा विविध सास्कृतिक कार्यक्रम सम्पन्न
सन्तोष क्षत्री दोहा,असोज २०।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निर्माणधिन भवनको लागी आर्थिक सहयोगार्थ कतार शाखाको आयोजनामा बिजया दशमी तथा सुभ दिपावलीको सुभकामना आदानप्रदान सहितको विविध संस्कृति कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनीले नेपालको पुर्ब देखि पश्चिम र हिमाल देखि तराई सम्मका लोक संस्कृतिको संरक्षणको लागि भवन निमार्ण गर्न लागीएको बताए । अध्यक्ष पङ्गेनीले विभिन्न भुभाग, भाषाभासी र भूगोलमा छरिएर रहेको मैलिक लोक संस्कृतिका बाजा देखि कलाकार सम्मको अभिलेख तथा संग्रहालय रहने गरि महत्त्वपूर्ण योजना सहित आफुहरु लागेको भन्दै सबैलाई सहयोगको लागि आह्वान गरे । आफ्नै कार्यकालमा भवन निर्माण गरि सक्ने लक्ष्य रहेको भन्दै अध्यक्ष पङ्गेनीले नेपालीले बिदेशमा रहेर पनि मातृभुमिमा आइपर्ने हरेक दुख सुखमा निरन्तर साथ दिदै आएको भन्दै प्रतिस्ठानको भवन निर्माणमा पनि सहयोग प्रदान गर्न आग्रह गरे । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा अध्यक्ष कृष्ण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए आइसिसी मध्यपुर्व संयोजक आर के शर्मा, एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोख्रेल,नेपाली जनसम्पर्क समितीका महामन्त्री मोहमद अजिज अलि,नेपाली जनप्रगतिशील मन्च कतार पाँचौ महाधिवेशन आयोजक समितिका उप-संयोजक राजु डुम्रे,तराइ मधेस लोकतान्त्रिक मन्चका अध्यक्ष हुसेन खान,एनआरएनए एनसिसि कतारका महासचिव बुधवल गुरुङ, नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मिया, सम्पुर्ण सामाजिक संघसंस्थाको तर्फबाट पर्वत युवा सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाका प्रमुख सल्लाहकार दुर्गा पङ्गेनी, सल्लाहकार ईश्वर पोख्रेल, अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, नारायण समाजसेवी लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै कार्यक्रम संयोजक शक्ति क्षत्रीले “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण ,श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नाराका साथ स्थापित संस्थाले आफ्नै भवन निर्माण गर्ने पवित्र उदेश्यले कार्यक्रम आयोजना गरेकोले सहयोगको लागि आग्रह गरे । कार्यक्रमको प्रमुख आकर्षण समेत रहेका चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनी र गायिका तुलसा जिसि क्षत्रीको लाइभ दोहोरीमा दर्शक झुमेका थिए । कार्यक्रममा नेपाल बाट आएकी मोड्ल रोजि बस्नेत संगै रित कुमार श्रेष्ठ, लेखनाथ रिमाल, पुष्पा लिम्बु, सपना थापा, दिपेन्द्र सुनार लगाएतका कलाकारको प्रस्तुति रहेको थियो । साथै प्रदेशिएका हरुको बास्त्विकता बोकेर पछिल्लो समय चर्चित बनेको गित `बोल माया´ मा आधारित कलाकारको अभिनयले दर्शक दिर्घामा सन्नटा छाएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा सचीव रित कुमार श्रेष्ठ र सचिवालय सदस्य तिलुशर्मा पौडेलले गरेका थिए ।
नेप्सेमा १ करोड कित्ता शेयर सूचिकृत
काठमाडौं । शुक्रवार नेप्सेमा चार कम्पनीको बोनस र हकप्रद शेयर गरी कुल १ करोड ७ लाख १४ हजार ९ सय ८१ दशमलव ६ कित्ता शेयर सूचिकृत भएको छ । देवः विकास बैङ्क र सूर्योदय लघुवित्त वित्तीय सस्थाको गरी ६८ लाख १३ हजार १ सय ९ कित्ता हकप्रद शेयर र ओम डेभलपमेण्ट बैङ्क र कर्णाली डेभलपमेण्ट बैङ्कको ३९ लाख १ हजार ८ सय ७३ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । आर्थिकअभियानबाट
वातावरण पत्रकारिता पुरस्कार शेर्पा र मण्डललाई
काठमाडौँ । यो वर्षको वातावरण पत्रकारिता पुरस्कार ‘अन्नपूर्ण पोष्ट’ दैनिकका काठमाडौं संवादाता छेटु शेर्पा र ‘दि काठमाडौँ पोष्ट’ दैनिकका काठमाडौं संवाददाता चन्दनकुमार मण्डल लाई प्रदान गरिने भएको छ । विश्व वातावरण दिवसका अवसरमा नेपाल वातावरण पत्रकार समूहले यो पुरस्कार प्रदान गर्ने गरेको छ । समूहले सो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।
५ खर्ब ८ करोड बेरुजुसहित महालेखापरीक्षककाे प्रतिवेदन सार्वजनिक
काठमाडौं, चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३/७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यतालिका छ । सार्वजनिक गरेको ५५ औं प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ५ खर्ब ८ करोड पुगेको उल्लेख गरिएको छ । महालेखा परीक्षक टंकमणि शर्माले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको प्रतिवेदनमा यस वर्ष मात्रै १ खर्ब २० अर्ब ९१ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षक शर्माले कूल ४६ खर्ब ८७ अर्ब ९१ करोड लेखा परीक्षण गरिएको जानकारी दिए । यस वर्ष सबैभन्दा बढि बेरुजु मन्त्रालयहरुमा खानेपानी तथा सरसफाई मन्त्रालयमा देखिएको छ । मन्त्रालयहरुमध्ये सबैभन्दा बढी खानेपानी तथा सरसफाई मन्त्रालयको १९ दशमलव ६१ प्रतिशत रहेको पनि महालेखा परीक्षक शर्माले बताए । त्यसैगरी प्रदेश नम्बर २ मा सबैभन्दा बढि बेरुजु देखिएको छ । प्रदेशहरुमध्ये प्रदेश नम्बर २ मा १३ दशमलव २७ प्रतिशत बेरुजु देखिएको हो । अन्य प्रदेशहरुमा यस भन्दा कम बेरुजु देखिएको पनि महालेखा परीक्षक शर्माले बताए । प्रतिवेदनमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयमा बेरुजु देखिएको छैन । सरकारी निकायतर्फ सबैभन्दा बढि बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छ । कूल बेरुजुको २२ दशमलव ४३ प्रतिशत हिस्सा भौतिक मन्त्रालयको रहेको पनि महालेखा परीक्षक शर्माले जानकारी दिए । प्रतिवेदनमा अर्थ मन्त्रालयको बेरुजु १६ अर्ब १६ करोड रहेको छ । त्यसैगरी १ खर्ब ६१ करोड राजस्व बक्यौता देखिएको छ । यो गतवर्ष भन्दा २२ प्रतिशतले बढि हो । प्रतिवेदनमा कर तिर्न अटेर गर्ने प्रवृत्ति बढेर गएको पनि उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले नेपाल आयल निगमको जग्गा खरिदका क्रममा कर छलीको विषयलाई पनि प्रतिवेदनमा समेटेको छ । अर्थ मन्त्रालयले गत वर्ष ३२ अर्ब ५५ करोड विविध शीर्षकमा मनोमानी ढंगले रकम वितरण गरेको पनि प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनमा कूल बजेटको २८ प्रतिशत हिस्सा असार महिनामा मात्रै खर्च भएको पनि उल्लेख गरिएको छ । धितोपत्र व्यवसायीको कमिसनबापट १६ करोड ६२ लाख उठाउन बाँकी रहेको पनि प्रतिवेदनमा समेटिएको छ । महालेखा परीक्षकको कार्यालयले पछिल्ला केही वर्षयता बेरुजु कम गर्दै लैजान सरकारलाई सचेत समेत गराउँदै आएको छ । सबै सरकारी कार्यालय र संघ वा प्रदेश सरकारको पूर्णस्वामित्व भएको संगठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण हुने व्यवस्था छ । महालेखापरीक्षकमा आफू नियुक्त भएको ११ महिनाभित्र २०७४ सालको नियमित र सोभन्दा अघिका लेखापरीक्षण गर्न बाँकीसमेत गरी छ हजार १६ निकायको आर्थिक कारोवारको परीक्षणपछि देखिएका विषय प्रतिवेदनमा उल्लेख गरिएको शर्माले जानकारी दिनुभयो ।
समीक्षा– ‘हिचकी’ अर्थात् ‘बाडुली’, रानी मुखर्जीको नयाँ फिल्म
रानी मुखर्जी, बलिउडकी उत्तम कलाकार । उनका चलचित्रहरु हेर्दा बेग्लै आनन्द आउँछ दर्शकहरुलाई । अहिले यिनै रानी मुखर्जीको नयाँ चलचित्र निकै चर्चामा छ । चलचित्रको कथाबस्तु सामान्य छ । हिन्दीमा हिचकी अर्थात् बाडुली । भनिन्छ, कसैले सम्झिँदाखेरि बाडुली लाग्छ रे । विज्ञानले नमानेपनि हामीकहाँ बाडुली लागे आफूभन्दा टाढा भएका आफन्तलाई सम्झिने कोशीस गरिन्छ । हो, यही बाडुलीको वरिवरि घुमेको चलचित्र हो – “हिचकी” शिक्षक र विद्यार्थीको कथा । शिक्षक अर्थात् गुरुजी । कोही पढाउँन् मात्र, कोही राम्रोसँग बुझाउँछन् तर कोही शिक्षक भने हाम्रो जीवनकै प्रेरणा बन्छन् । यस्ता गुरुलाई हामी जीवनभरी बिर्सिन सक्दैनौं । यस्तै प्रेरणा दिने आफ्ना शिक्षक मिष्टर खानबाट प्रेरित नैना माथुरको कथाको कथा हो हिचकी । नैना माथुर अर्थात् चलचित्रमा रानी मुखर्जीको चरित्र । रानी मुखर्जी ‘टोरेन्ट सिन्ड्रोम’बाट पीडित छिन् । यसका कारण उनलाई बारम्बार बाडुली लागिरहन्छन् । यही बाडुली उनको समस्या बन्छ । १८ वटा स्कूलले उनलाई भर्ना लिन मान्दैनन् । तर जिद्दी नैना, उनी भने शिक्षण पेशामा आफ्नो भविष्य खोज्ने धूनमा हुन्छिन् । सबैतिरबाट अस्वीकृत नैनालाई अन्तमा एउटा स्कूलमा गरिब बच्चाहरुलाई पढाउने चुनौतीपूर्ण काम दिइन्छ । तर यो त्यति सहज काम भने हुन्न । नैनाको मजाक उडाउ खप्पिस हुन्छन् केटाकेटी । नैनाको कोशीस भने उनीहरुलाई मनाउने हुन्छ । चलचित्रमा यसपछि के हुन्छ त्यो हेरेर मात्र थाहा हुन्छ । तर चलचित्रले बाडुलीका कारण भोग्नुपर्ने समस्यालाई निकै सुन्दर ढंगले चित्रण गरेको छ । चलचित्रमा रानी अर्थात नैनाको चरित्र अमेरिकन मोटिभेसनल स्पीकर र टीचर ब्रेड कोहिनबाट प्रेरित छ । ब्रेड कोहिन पनि टोरेन्ट सिन्ड्रोमबाट पीडित थिए । तर एउटा सफल शिक्षक भइ छाडे । कोहिनले एउटा पुस्तक पनि लेखे । उक्त पुस्तकमा आधारित भएर २००८ मा ‘फ्रन्ट अफ त क्लास’ नामक चलचित्र पनि बन्यो हलिउडमा । रानी मुखर्जीको चलचित्र यसबाट प्रेरित देखिन्छ । बिहे अनि छोरी पाएकी रानी ४ वर्षपछि पर्दामा फर्किएकी हुन । यो चलचित्रले उनको पुनः प्रवेश झन सशक्त भएको टिप्पणीकारहरुले लेखेको पाइन्छ । चलचित्रमा रानीको उत्कृष्ट अभिनय छ । यसअघि यस्तै प्रकृतिको ब्ल्याक चलचित्रमा उनले दमदार अभिनय गरेकी थिइन । चलचित्रको निर्देशन सिद्धार्थ पी मल्होत्राले गरेका छन् ।
‘आजाद भिसा’ का नाममा तस्करी: कतारमा ४० नेपाली अलपत्र
काठमाडौं, चैत २ ।चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा कामदार पठाई ठगी गरेका हुन् । अलपत्र परेका कामदार कतारको बक्रा, सनैया र साँहनिया क्षेत्रमा खान पनि नपाउने अवस्थामा छन् । ती म्यानपावरले प्रतिकामदार १ लाख ८० हजारदेखि २ लाख ३५ हजार रुपैयाँसम्म ठगी गरेका हुन् । म्यानपावरले कतारस्थित ताज ट्रेडिङ कन्स्ट्रक्टिङ, प्रोजेक्ट सपोर्ट ट्रेड्रिङ, कोमिला कन्स्ट्रक्सन, क्युप्लस ट्रेडिङ र फोल्रा ट्रेडिङ कम्पनीको स्पोन्सरमा पठाएका थिए । कतारस्थित नेपाली दूतावासका अनुसार यी कामदारको भिसा संखुवासभाका आशिष दाहाल र चितवनका कृष्णबहादुर लामालगायतले निकालेका हुन् । के हो ‘आजाद भिसा’ ? कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफूअनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । पीडित कामदार न्यायका लागि कतारी निकायमा प्रमाणसहित नपुग्दा ती संगठित दलालले फाइदा उठाइरहेका छन् । यही भिसामा जाने भन्दै सर्लाहीका चन्द्रबहादुर भण्डारीले मिडल अर्विट म्यानपावरका सञ्चालकलाई २ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । यही भिसामा पुगेका तेह्रथुमका सुमन भण्डारीले भने, ‘१७ सय रियालको काम सजिलो काम पाइन्छ भनेर म्यानपावरले पठाएको थियो । दुई महिना भइसक्यो कामै पाएको छैन ।’ गुमराहमा श्रम स्वीकृति कामदार पठाउन मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति निकालेका हुन् । वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । तर, यी म्यानपावरले त्रिभुवन विमानस्थल कटाउनका लागि श्रम स्वीकृति निकालेका हुन् । ‘हामीलाई कतार पुगेपछि अर्को कम्पनीमा सुरक्षा गार्डको काम दिलाउँछु, त्यसका लागि आशिष दाहालले काम खोजिदिन्छ भनेर पठाएको थियो,’ १ लाख ८० हजार रुपैयाँ बुझाएर कतार पुगेका रसुवाका धर्मसिंह गुरुङले भने, ‘यता आइसकेपछि थाहा पाउँदा त अर्कै रहेछ ।’ राम्रो काम र तलब पाइन्छ भनेर नै आजाद भिसामा आएको पीडित सहदेव गौतमले बताए । ‘खोजी खोजी मन लागेको काम गर्न पाइन्छ भनिएको थियो,’ उनले भने, ‘यता आएपछि थाहा भयो, आजाद भन्ने केही हुँदैन रहेछ । कम्पनीकै भिसा रहेछ । त्यो कम्पनीले अर्कोमा जान अनुमति नदिएसम्म कतै जान नपाइनेरहेछ ।’ पीडितहरूको सम्पर्कमा ती दलाल छैनन् । पीडितसँग समन्वय गरिरहेका बीबी खरालले विभाग र कामदारलाई झुक्काउने म्यानपावरलाई कारबाही गर्नुपर्ने बताए ।
माअाेवादी संसदीय दलकाे नेतामा रामचन्द्र मण्डल निर्वाचित
काठमाडाैं, फागुन ३० । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ को संसदीय दलको नेतामा धनुषाका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न निर्वाचनबाट मण्डल निर्वाचित भएका छन् । मण्डलले ७ मत पाए भने प्रतिद्वन्दी भरत साहले मात्र ४ मत पाए । संसदीय दलको नेता छान्न जनकपुरमा सहमति जुटन नसकेपछि पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा मतदान भएकाे हाे । राष्ट्रतिको चुनावमा भोट हाल्न काठमाडौं गएको मौकामा संसदीय दलको नेता चयनको निर्वाचन राजधानीमा भएको हाे ।
नेपाल–भारतबीच पहिलो सुपुर्दगी, मोष्टवान्टेड मुखियालाई नेपाल ल्याइयो
काठमाडौं । नेपाल र भारतबीच पहिलो पटक सुपुर्दगी भएको छ । १६ वर्षअघि काठमाडौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा भएको हत्याका मुख्य अभियुक्त मुखिया गरुङलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत नेपाल ल्याइएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेका अनुसार मुखिया गुरुङको समूहले २०५८ कार्तिक १८ गते बानेश्वरका १९ वर्षका सुवर्ण गुरुङको हत्या गरेका थिए। हत्यापछि मुखिया समूहका तीन जना पक्राउ परे पनि उनी भने फरार रहेका थिए। उनलाई नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजिरहेको थियो। घटनापछि मकाउमा लुकेर बसेका मुखिया दुई महिनाअघि नेपाल आएका थिए। त्यसपछि भारत हुँदै थाइल्याण्ड जाने क्रममा भारतीय प्रहरीले उनलाई मंसिर २२ गते भारतको जयपुर विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउलगत्तै भरतीय प्रहरीले उनलाई दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशअनुसार उनलार्इ नेपाल ल्याइएको हो। छिमेकी देश र खुला सिमाना भए पनि नेपाल र भारतबीच यसअघि गुपचुप मै बन्दी हस्तान्तरण हुन्थ्यो । गएको शुक्रबार मुखियालाई सुपुर्गदी गर्ने पत्रमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हस्ताक्षर गरेपछि आज मुखियालाई नेपाल प्रहरीलाई बुझाइएको हो ।
आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदरमा कमी
पाल्पा, पुस १० । पाल्पामा मातृ मृत्युदर न्यून रहेको पाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदरमा कमी आएको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आव २०७३-७४ मा मातृ मृत्युदर तीनजना, आव २०७२-७३ मा छजना तथा आव २०७१-७२ मा तीनजना रहेको कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभाष, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै गाउँ गाउँमा सञ्चालनमा रहेका २० वटा स्वास्थ्य चौकीबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन भइरहेकाले पनि पछिल्लो समय पाल्पामा मातृ मृत्युदर एकदमै न्यून रहेको ज्ञवालीको भनाइ छ । सरकारले २०६८ देखि शुरु गरेको आमा सुरक्षा कार्यक्रममार्फत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चारपटकसम्म गर्भ परीक्षण गराएको रु ४०० रकम प्रदान गर्न थालेपछि महिला स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन थालेपछि मातृ मृत्युदरमा कमी आएको हो । महिलामा चेतनाको स्तर वृद्धि हुनु, महिला साक्षर बन्दै जानु, गाउँ गाउँमा स्वास्थ्य संस्था स्थापना हुनुजस्ता कारणले पनि मातृ मृत्युदरमा कमी आएको हो ।
अनियमिततामा पूर्व मुख्यसचिवसहित तीन जनामाथि आयोगको छानबिन
काठमाडौं, कात्तिक १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ । आयोगले आइतबार पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसँग बयान शुरु गरेको हो । आयोगका एक उच्च अधिकारीका अनुसार गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरी राज्यको स्रोत दुरुपयोग गरेको र कारबाही गर्नुपर्नेलाई जोगाउन परामर्शदाता नियुक्त गरी आयोगको काम कारबाही प्रभावित पार्न खोजेको अनुसन्धानबाट खुलेपछि पुनः वयानका लागि बोलाइएको हो । ट्रान्सफर्मर खरिदमा रु तीन करोडभन्दा बढीको भ्रष्टाचार भएको अनुसन्धानबाट खुलेको थियो । सो विषयमा आयोगले प्राधिकरणका केही अधिकारीमाथि यसअघि नै मुद्दा चलाएइको थियो । विशेष अदालतमा कायम रहेको मुद्दालाई प्रभावमा पार्न परामर्शदाता नियुक्त गरी भ्रष्टाचारजन्य गतिविधिलाई सहयोग गरेको आयोगको भनाइ छ । तत्कालीन ऊर्जा सचिवको हैसियतले क्षेत्री, पण्डितलाई बयानका लागि बोलाइएको जानकारी दिँदै आयोगले कार्कीलाई भने प्राधिकरणको पूर्व कार्यकारी निर्देशकको हैसियतले बयानका लागि बोलाइएको जनाएको छ । आयोगका अनुसार २०७० साल भदौ २९ गते ट्रान्सफर्मर अनियमितता प्रकरणका मुद्दा चलाउने भनी आयोगले निर्णय गरेको थियो । सो निर्णयलगत्तै प्राधिकरणले मध्यस्थता गरी आयोगले गरिरहेको काम प्रभावित पार्न खोजेको र विवादित निर्णय गराई रु तीन करोड हाराहारीमा अनियमितता गरेको ठहर गरिएको आयोगका अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार ट्रान्सफर्मर खरिदका क्रममा भएका विषयलाई प्रस्ट रुपमा आयोगलाई जानकारी नगराए वा आयोगले सोधेको प्रश्नको वस्तुनिष्ट उत्तर नदिए तीनै जनामाथि भ्रष्टाचारको मुद्दा चल्नेछ । अकूत सम्पत्ति कमाएकामा चार जनामाथि छानबिन यस्तै आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सरकारका सचिव गजेन्द्र ठाकुर, काठमाडौँ महानगरपालिकाका उच्च सुरक्षा अधिकृत (डिएसपी)का रुपमा कार्यरत धनपति सापकोटा र राजुनाथ पाण्डेसँग बयान लिएको छ । अस्वाभाविक जीवनशैली अपनाएको र वैध आयातको तुलनामा वैध आयको तुलनामा अवैध आयको मात्रा बढी लिएको भन्दै छानबिन शुरु गरेको आयोगको भनाइ छ ।
शिकारबाट रू एक करोड राजश्व वृद्धि
बागलुङ, असोज २० । ढोरपाटन शिकार आरक्षमा वार्षिक रु.एक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । शिकार, काठपूर्जी, पर्यटक शुल्क, दण्ड जरिवानालगायतबाट राजश्व संकलन हुने आरक्ष कार्यालयले जनाएको छ । वर्षेनी दुई याममा हुने शिकारबापत विदेशी शिकारीले तिर्ने शुल्कबाट सबैभन्दा बढी राजश्व उठ्ने गरेको छ । वर्षेनी सातदेखि १० लाखसम्म काठपूर्जीबाट राजश्व प्राप्त हुने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । हरेक वर्ष असोज–मंसिरमा चल्ने पहिलो र फागुन–वैशाखमा चल्ने दोस्रो शिकार याममा गरी ३० देखि ४० को संख्यामा नाउर र झारलको शिकार हुने गरेको छ । नेपाली शिकार कम्पनीमार्फत अमेरिका, फ्रान्स, नर्वे, रसियालगायतका मुलुकबाट तालीमप्राप्त शिकारी आरक्षमा आउने गरेका छन् । विदेशीहरू लाखौँ रूपैयाँ खर्चेर शिकारमा रमाउन ढोरपाटन आउने गर्छन् । अघिल्लो शिकार याम फागुन–वैशाखमा हालसम्मकै उच्च एउटा झारल शिकारको रू १३ लाख पाँच हजार तिरेका थिए । यस्तै नाउर शिकारबापत रु आठ लाख ७५ हजार तिरेका थिए । साढे दुई वर्षअघि पनि झारल शिकारको दर बढेर रू नौ लाख ३१ हजारसम्म पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ । शिकारको दरमा आउने परिवर्तनले राजश्व संकलनमा पनि घटबढ ल्याउने गरेको छ । गत आवमा शिकारबाट मात्रै रू एक करोड ४७ लाख राजश्व उठेको थियो। शिकारको दर उच्च हुँदा उक्त आवमा राजश्व संकलन बढेको अधिकृत बरालले बताउनुभयो । यस्तै आरक्ष क्षेत्रभित्रको जंगलबाट काठ झिक्न चाहने स्थानीय उपभोक्ताबाट समेत काठपूर्जीबाट वर्षमा लाखौँ रूपैयाँ राजश्व उठ्ने गरेको छ । कार्यालयले विशेषगरी सल्लो प्रजातिका काठ प्रयोगका लागि अनुमति दिने गरेको छ । हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीअनुसार आरक्ष क्षेत्रभित्र बसोबास गर्ने स्थानीयवासीका लागि काठ प्रयोग गर्न पाइने सुविधा छ । “एक घनफिट काठ निकालेबापत रु १०० राजश्व आरक्षलाई तिर्नुपर्छ, त्यसबाहेक १३ प्रतिशत भ्याट थपिने गरेको छ”, अधिकृत बरालले भने । आरक्षमा शिकारका लागि आउने र अन्य विदेशी पर्यटकले पनि प्रवेश शुल्क तिर्ने गरेका छन् । सार्क राष्ट्रबाहेकका मुलुकका पर्यटकले रू तीन हजार, सार्कभित्रका पर्यटकले रु एक हजार ५००, विदेशीले ‘क्यापिङ शुल्क’ बापत रु एक हजार, सार्क राष्ट्रका पर्यटकले ५०० र नेपालीले रु ३०० आरक्षलाई बुझाउने गरेका छन् । आरक्षभित्र हेलिकोप्टर अवतरण गरेबापत रु.पाँच हजार र भरिया प्रवेशको रु २५ राजश्व तिर्नुपर्ने व्यवस्था छ । आरक्ष क्षेत्रभित्र हुने अवैध क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहबाट असुलेको जरिवानाबापतको रकम पनि राजश्वमा जाने गरेको छ । अव्यवस्थित चरिचरन, चोरीनिकासीजस्ता घटनामा संलग्नलाई जरिवाना गर्ने गरिएको छ । संवेदनशील प्रकृतिका घटनालाई भने कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने गरिएको आरक्ष कार्यालयले जनाएको छ ।