मलेसियामा रविको व्यापक प्रचार [फोटोफिचर]
काठमाडौं, पुष १ । नेपाल आइडल सिजन–२ को ‘फाइनल’ मा पुग्न सफल रवि ओडलाई विजयी बनाउन मलेसियामा उनका समर्थकले व्यापक प्रचारप्रसार गरिरहेका छन् ।
त्यहाँ नेपालीहरुको सबैभन्दा बढी भीडभाड हुने स्थानमा रविको व्यापक प्रचार–प्रसार भइरहेको हो । यो प्रचारको नेतृत्व मलेसियामा रहेको ‘रबि जिताउ बिशाल अभियान’ले गरिरहेको छ ।
अभियानले त्यहाँका विभिन्न स्थानमा रविका सयौं तस्बिरहरु टाँसिएका छन् । आज (आइतबार) समर्थकले मलेशियाको जोहोर बारुमा हजारौंको संख्यामा उपस्थित भएर रबिको लागि भोट आह्वान गरिएको छ ।
रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । यो पटक भोटिङ बिहीबार रातिबजेबाट खुल्ला भएकाे छ र एक हप्तासम्म भोट गर्न सक्नु हुनेछ । देश तथा विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरेर पनि भोट गर्न सकिन्छ ।
युएईमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन दूतावासको आग्रह
युएई ,साउन १५ । नेपाली दूतावास युएईले गैर कानुनी रूपमा युएईमा कार्यरत नेपालीलाई युएई सरकारले ल्याउन लागेको आममाफी प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ। मंगलवार एक सूचना जारी गर्दै दूतावासले बिदेशी कामदारलाई लक्षित गरि युएई सरकारले आगामी अगस्ट १ तारीखदेखि अक्टोबर ३१ तारीखसम्म लागू हुने गरि सुरु गर्न लागेको आममाफी प्रक्रियामा सहभागी भएर बैधानिक बन्न वा स्वदेश फर्किन गैर कानुनी रूपमा कार्यरत नेपाली लाई अनुरोध गरेको छ। युएई सरकारले सुरु गर्न लागेको आममाफीको नयाँ नियम ३ महिना सम्मको लागि मात्रै भएको हुदा यथासिग्र आबस्यक कागजात र दस्तुर सहित दूतावासको कार्यलयमा सम्पर्क गारी स्वदेश फर्किन आवश्यक एक तर्फी यात्रा अनुमति पत्र वा नयाँ पासपोर्ट बनाउन दूतावासले सुचना मार्फत जानकारी दिएको छ। दूतावासद्वारा जारी सूचनामा गैर कानुनी रूपमा बसोबास गरेका नेपालीले नयाँ पासपोर्ट बनाउनका लागि पुरानो राहदानीको कपी ,नेपाली नागरिकताको कपी प्रहरी रिपोर्ट (पुरानो राहदानी हराएको अवस्थामा), राहदानी बनाउनको लागि दस्तुर नियमितको लागि दिरहाम २००, हराएरर बिग्रिएर राहदानी बनाउनु परेमा ४००र नाबालको लागि दिरहाम १००, उल्लेख गरेको छ । यस्तै एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्टका) लागि, पुरानो राहदानीको कपी भए पुग्नेछ भने यस्तो डकुमेन्ट निशुल्क जारी गरिने दूतावासले जानकारी दिएको छ।
वाइड बडी ‘अन्नपूर्ण’ विमानले भोलिदेखि व्यवसायिक उडान शुरु गर्ने
काठमाडौं, साउन १छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले भोलिदेखि (साउन १६ गतेदेखि) व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ । “दोहा उडानका लागि निगमले आज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट उडान अनुमतिपत्र (एओसी) पाएको हो”, महाप्रबन्धक कंसाकारले भने । “प्राधिकरणबाट आज अनुमति पाएका छौँ, भोलि मंगलबारसम्म सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान शुरु गर्ने योजना बनाएका छौँ”, उनले भने । वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उक्त जहाजले गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरिसकेको जनाए । ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाज गत असार १४ गते काठमाडौँ अवतरण भएको थियो । निगमले वाइड बडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन ९आइकाआ०ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्थाअनुसार सो प्रक्रियासमेत पूरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइड बडी जहाजले त्यस्तो उडान गरेको हो । निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए । यस्तै निगमको ‘मकालु’ नाम राखिएको वाइड बडी जहाज यही साउन ११ गते काठमाडौँमा अवतरण भइसकेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाज आइसकेको र उडान अनुमतिका लागि तयारी हालतमा छ । बढीमा अबको दुई साताभित्र त्यस्तो अनुमति प्राप्त हुनेछ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ । निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए । हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । रासस
छात्राको संख्या बढी भएपनि एसर्इर्इ परीक्षाको नतिजामा छात्र नै अगाडि
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् । परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भने सोही जिपिएमा छात्रको प्रतिशत ६ दशमलव ६ देखिएको छ । जिपिए २ भन्दा तल धेरै छात्रा देखिएका छन् । शनिबार सार्वजनिक नतिजाअनुसार ३ दशमलव २५ देखि ३ दशमलव ६ सम्म हासिल गर्नेमा करीब ९ प्रतिशत छात्रा छन् भने छात्राको प्रतिशत ११ दशमलव ६ प्रतिशत छ । शिक्षाविद् डा मनप्रसाद वाग्ले भन्नुहुन्छ, “परीक्षामा संख्यात्मकरूपमा छात्राको संख्या बढी देखिए तापनि गुणात्मकरूपमा छात्रको उपलब्धि बढी देखिएको छ, यो सकारात्मक संकेत होइन । झण्डै ५० प्रतिशत छात्राका जिपिए २ भन्दा तल हुनुले शिक्षामा समानता ल्याउनु चुनौतीपूर्ण देखाएको छ ।” उहाँले आगामी दिनमा छात्राको उपलब्धि बढाउन र शिक्षाको लगानीअनुसारको प्रतिफल ल्याउन प्रत्येक विद्यालयले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले सहभागीमा छात्राको संख्या बढी भए पनि परिणामअनुसार छात्राहरु केही पछाडि परेको पाइएको बताउनुभयो । प्राविधिक त्रुटि सच्चाइयो शनिबार सार्वजनिक भएको संवत् २०७४ को परीक्षाफलमा केही विद्यार्थीको नतिजाको ग्रेडमा भोलिपल्ट वृद्धि भएको विषयमा परीक्षा नियन्त्रण कार्यालयले गल्ती स्वीकार्दै प्राविधिकरुपमा सुधार गरेको छ । नतिजा वेभसाइटमा राख्दा इनपुट र आउटपुटको सूत्र प्रोसेसिङको प्राविधिक पक्षमा केही विषयको मार्जिनल केसमा जिपिए सुधार भएको हो । उपनियन्त्रक गौतमले प्राक्टिकल नम्बर जोड्न भूल भएको नभई प्राविधिक त्रुटि भएको दाबी गर्दै केही विद्यार्थीको अन्तिम ग्रेडसिटमा ग्रेड सामान्य वृद्धि भएको बताउनुभयो । प्राविधिक त्रुटिको विषयमा छानविनको माग भइरहेका बेला कार्यालयको पछिल्लो ग्रेडसिटलाई आधिकारिक मान्न आग्रह गरेको छ । सरकारी र निजीको तुलना हुँदै परीक्षाफल सार्वजनिक भएको भोलिपल्ट प्राविधिक गडबडी पत्ता लागेपछि ग्रेडसिटलाई सुधार्न प्राविधिक टोली व्यस्त भए पनि पनिकाले परीक्षाफलका विविध पक्षहरुको विश्लेषण गर्न भ्याएको छैन । सहभागीमध्ये सामुदायिक र निजी विद्यालय तथा प्रदेशगत तुलनाको आँकडा तयार भइनसकेको उपनियन्त्रक गौतमले बताउनुभयो । उहाँले जिपिएलाई ‘ए’, ‘बि’, ‘सी’ जस्ता ग्रेड र प्रतिशतमा रुपान्तरण गर्न नसकिने पनि स्पष्ट गर्नुभयो । नेपाल शिक्षक युनियनका अध्यक्ष बाबुराम थापाले विगतको तुलनामा सामुदायिक विद्यालयको नतिजामा क्रमशः सुधार आएको जनाउँदै शिक्षक नेता प्रधानाध्यापक रहेका विद्यालयमा पनि नतिजा राम्रो रहेको दाबी गर्नुभयो । ललितपुरको रुद्रायणी मावि, खोकनाका प्रअ थापाले आफ्नो विद्यालयमा ‘ए’ प्लससहित सबै विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुने गरी सफल भएको जानकारी दिनुभयो । “शिक्षक नेताहरुले राजनीतिमात्र गर्छन्, पढाउँदैनन् भन्ने आरोपलाई नतिजाले खण्डन गरिदिएको छ”, थापाले भन्नुभयो । रासस
बस दुर्घटनामा ९ घाइते, ७ को अवस्था गम्भीर
रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौ जना घाइते भएका छन । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ । तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । रासस
वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गरिने
काठमाडौं, असार ५ । प्रख्यात न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गरिने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बठैकले हिजो निधन भएका डा देवकोटालाई राजकीय सम्मान गर्ने निर्णय गरेको हो । नेपाली चिकित्सा क्षेत्रमा देवकोटाले गरेको योगदानको सम्मान गर्दै सरकारले यस्तो निर्णय गरेको हो । डा. देवकोटाको दाहसंस्कार आज हुँदै छ । न्युरो अस्पताल बाँसबारीका अनुसार उनको विद्युतीय मेसिनबाट दाहसंस्कार हुनेछ । श्रद्धाञ्जलीका लागि अहिले उहाँको पार्थिव शरीरलाई न्युरो अस्पतालको परिसरमा राखिएको छ । अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राती नै बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । यस्तै, पूर्वप्रधामन्त्री प्रचण्डले देशले ठूलो क्षती बेहोरेको भन्दै डा. देवकोटालाई श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । यस्तै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
युएईमा एक नेपाली महिलाले गरिन् आत्महत्या
युएई । आइतबार युएईमा काभ्रेको बनेपाकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । रोजगारीका लागि संयुक्त अरव ईमिरेट्स (युएई) आएकी कृष्णा परियारले युएईको रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा आत्महत्या गरेको उनका सहकर्मी साथीले जानकारी दिएका छन्। मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईदको छुट्टी मनाएर कम्पनीको कोठामा फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । उनी आइतवार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसगै कम्पनीमा कार्यरत निर्मलाले बताइन् । उनका सहकर्मीका अनुसार १७ तारिख बिहान ४ बजे साथीहरूले आत्महत्या गरेको अवस्थामा कृष्णाको शव फेला पारेको थियो ।उनले के कति कारणले आत्महत्या गरेकी हुन भन्ने कारण भने खुलेको छैन। घटनापछि कम्पनीले प्रहरीलाई खबर गरेको र यसवारे प्रहरीले अनुसन्धान गरिरहेको छ। परियारको ७ बर्षिया एक छोरी छिन् । मृतक उनको शव अहिले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ।
कमलहरी राख्नेमा बुद्धिजीवी अगाडि
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँकी १८ वर्षीया पूजा चौधरी ५ वर्षदेखि मोर्डन ऐरा स्कुलका सञ्चालक तथा प्याब्सन कैलालीका पूर्वअध्यक्ष आरसी यादवको घरमा काम गर्न बाध्य छिन् । उनलाई वार्षिक ३० हजार ज्याला दिने सर्तमा शिक्षक यादवले काममा लगाएका हुन् । उनले यादवको घरमा खाना पकाउने काम गर्नु परिरहेको छ। धनगढी गाउँकै १२ वर्षीया शर्मिला चौधरी पनि ३ वर्षदेखि व्यापारी मीन चौधरीको घरमा काम गरिरहेकी छिन् । उनी घरको सम्पूर्ण काम गरेबापत वार्षिक १५ हजार पाउँछिन् । भजनी नगरपालिका–८, भजनीकी १४ वर्षीया गीताकुमारी चौधरी भने वार्षिक एक क्विन्टल चामल ज्यालादारी पाउने गरी ५ वर्षदेखि कृषक विक्रम चौधरीको घरमा काम गर्न बाध्य छिन् । कृषक विक्रमले गीतालाई पढाउने सर्तमा घरमा काम गराइरहेका छन्। २०७० असार १३ गते मन्त्रिपरिषद्को निर्णयले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कम्लहरीलाई मुक्त गर्ने निर्णय गरेको थियो । लगत्तै साउन २ गते उनीहरूको मुक्तिको घोषणा गरियो । तर, जिल्लामा अझै पूजा, शर्मिला र गीता जसरी नै बालिकाहरु कम्लहरी बस्न बाध्य छन् । २८ जना नयाँ कम्लहरी मुक्त कम्लहरी विकास मञ्चले गरेको सर्वेक्षण २०७४ अनुसार जिल्लाका ८ वटा स्थानीय तहमा २८ जना नयाँ कम्लहरी फेला परेका छन् । तथ्यांक अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिकामा ३ र ३, भजनी नगरपालिकामा एक, लम्की चुहा नगरपालिकामा ८, जानकी, कैलारी गाउँपालिकामा ४र४, जोशीपुर गाउँपालिकामा ३, वर्दगोरिया गाउँपालिकामा २ बालिका कम्लहरी रहेका छन् । सो तथ्यांकले बुद्धिजीवी वर्गहरुले नै कम्लहरी राखिरहेको देखाउँछ। तथ्यांकअनुसार शिक्षक, व्यापारी, प्रहरी, जागिरे कर्मचारी, कृषक, होटल व्यापारीले कम्लहरी राखेका छन् । कैलालीका चौधरी समुदायका बालिका जिल्लाभित्र मात्र नभई कञ्चनपुर, काठमाडौं, सुर्खेत, भारत लगायतका स्थानमा कम्लहरी बस्न बाध्य भएको उल्लेख छ । लम्की चुहा नगरपालिका–१ की १६ वर्षीया मञ्जु चौधरी भारतको दिल्लीमा २०६९ सालदेखि काम गरिरहेकी छिन् । यस्तै, वर्दगोरियाकी १६ वर्षीया निरुता चौधरी २०७३ सालदेखि काठमाडौंस्थित एकेन्द्र मल्लको घरमा एक लाख ४४ हजार वार्षिक ज्याला पाउने गरी घरको काम गरिरहेका छिन्। शिक्षा ग्रहण गर्नुपर्ने समयमा स्वयं अभिभावकको दबाब तथा विभिन्न प्रलोभन परेर मौलिक हकको रूपमा रहेको शिक्षाको अधिकारबाट वञ्चित हुँदा समाज विकासमा बाधा पर्ने जिल्ला शिक्षा कार्यालय कैलालीका शाखा अधिकृत धर्मसिंह ऐर बताउँछन्। उनका अनुसार अभिभावकविहीन कम्लहरीहरुका लागि राज्यले होस्टल र अभिभावक भएका कम्लहरीहरुलाई छात्रवृत्ति स्वरुप रकम प्रदान गर्दै आएको बताए । मुक्त कम्लहरी विकास मञ्चका अनुसार जिल्लाको टीकापुर र धनगढीको सेहरीमा अभिभावक विहिन कम्लहरीका लागि होस्टलको व्यवस्था गरिएको छ । अहिले टीकापुरमा २८ र धनगढीको सेहरीमा ३८ गरि ६६ जना कम्लहरी होस्टलमा बसेर अध्यापन गरिरहेका छन् । धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार कानुनले दिएको अधिकारलाई प्रयोग गरेर कम्लहरी मुक्त समाज बनाउन जरुरी रहेको बताउँछन्। ‘यो या त्यो बहानामा कम्लहरी राख्न पाइँदैन,’ उनले भने, ‘बालिकालाई काममा लगाउने घरधनीलाई कानुन अनुसार कारबाही गरिनुका साथै बालिकाहरुको उद्धार, पुनर्स्थापना गर्नुपर्छ।’ महिला तथा बालबालिका कार्यालय कैलालीकी प्रमुख सन्ध्या राजेश्वरी सिंह जिल्लामा कम्लहरी राख्ने घरधनीलाई प्रशासनले कडा कदम चाल्नुपर्ने बताउँछिन्। यसैबीच महिला तथा बालबालिका कार्यालयको बैठकले जिल्लास्थित कम्लहरी राख्ने घरधनीलाई प्रशासन कार्यालयमा बोलाई छलफल गर्ने र २८ वटै बालिकाको उद्धार तथा पुर्नस्थापनाका लागि पहल गराउन प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ। नेपाललाइभबाट
वातावरण पत्रकारिता पुरस्कार शेर्पा र मण्डललाई
काठमाडौँ । यो वर्षको वातावरण पत्रकारिता पुरस्कार ‘अन्नपूर्ण पोष्ट’ दैनिकका काठमाडौं संवादाता छेटु शेर्पा र ‘दि काठमाडौँ पोष्ट’ दैनिकका काठमाडौं संवाददाता चन्दनकुमार मण्डल लाई प्रदान गरिने भएको छ । विश्व वातावरण दिवसका अवसरमा नेपाल वातावरण पत्रकार समूहले यो पुरस्कार प्रदान गर्ने गरेको छ । समूहले सो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।
खुशी खबरः आज पनि ह्वात्तै घट्यो सुनचाँदीको मूल्य !
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालीकै कुटाइबाट मलेसियामा एक नेपालीको मृत्यु
मेलेसिया, जेठ १८ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका एक युवाको नेपालीकै कुटाइबाट मृत्यु भएको छ । पर्वतको मोदीगाउँपालिका ५ का २२ वर्षीय युवा किशोर केसीको नेपालीकै कुटपिटबाट बुधबार मृत्यु भएको छ । गएको आइतबारसँगै काम गर्ने नेपाली युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदया अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको भएको मृतकका आफन्त अनमोल क्षेत्रीले जानकारी दिए । पूर्बी नेपालबाट रोजागरीका लागि मलेसिया पुगेका चार नेपाली युवाले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको कारण मृत्यु भएको बताइएको छ । मृतक केसीको बिहीबार स्थानीय अस्पतालमा पोष्टमार्टम भएको छ । भने शव नेपाल पठाउन एक हप्ता लाग्ने बताइएको छ । २० महिना अघि रोजागरीका लागि क्षेत्री मलेसिया पुगेका थिए । अविवाहित केसी परिवारका कान्छा सन्तान हुन । उनका पिता भिमबहादुर केसी पनि बैदेशिक रोजगारीमा जाने आउने गरिरहेका थिए । परिवारको कान्छो सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देबी केसी अर्धचेत अवस्थामा छन भने गाउँलेहरुमा समेत रुवाबासी चलेको छ । केसीलाई कुटपिट गर्ने चारै चारै जना प्रहरी नियन्त्रणमा रहेको र उनीहरुम माथि अनुसन्धान भइरहेको बताइएको छ ।
गणतन्त्र दिवसमा बालकृष्ण ढुंगेलसहित ८१६ कैदी जेलमुक्त
काठमाडौं, जेठ १५ । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन् । उनले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा जेल मुक्त भएका हुन् । यस्तै, ढुगेंलसहित ८१६ कैदी पनि आजै छुट्ने कारागार व्यवस्था विभागका प्रमुख हरि मैनालीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् । सजाय माफी पाउने ८१६ जनामा तत्कालिन माओवादीका नेता तथा पूर्वसभासद बालकृष्ण ढुंगेल पनि समावेश छन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भने तेम्बा शेर्पासहित ८१६ जना भनिएको छ । कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । आइतवार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो । प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन पुरानै हो । यसअघि राजतन्त्रको पालामा पनि यो प्रचलन थियो ।
पुरुष लिंगसँग जोडिएका अनौठा पाँच जानकारी
लिंग मानव शरीरको महत्वपूर्ण एक अंग हो । र यसको महत्व पनि अहम छ । र मानुहोस्की यो तपाईलाई सबैभन्दा प्रीय पनि लागछ छ । त्यसका बावजूद पनि यस्को र योसँग जोडिएका धेरै जानकारीहरु छन तर कैयौं कुरा तपाइृलाई थाहै छैन । त्यसैले आज यो सानो नवाबका बारेमा जानुहोस् भारतीय पुरुषहरुको लिंगको औसत लम्बाइ (उत्तजेजित अवस्थामा) ५.५७ इंच हुन्छ । तर अपवादका रुपमा भने उत्तजेजित लिंगको आकार १३.५ सम्म भएको पाइएको छ । एक सर्वेका अनुसार ५२ प्रतिशत पुरुषले आफ्नो भइरहेको लिंग भन्दा लामो र ३२ प्रतिशत पुरुषले भइरहेको भन्दा केही मोटो लिंग चाहाना राखेको पाइएको छ । धूमपानको प्रभाव धूमपानले तपाईको स्वास्थ्यका साथै लिंगको ‘आकार’मा पनि असर गर्ने बताइएको छ । धूमपान गर्नेको व्यक्तिको लिंगको आकार ६ सेन्टीमिटरले कम हुने अध्ययनले बताएको छ । त्यतिमात्रै होइन हदभन्दा धेरै धूमपान र ड्रिंकिंगले यौनउत्तेजना कम गरिदिन्छ । त्यसकारण तपाईको भलाइका लागि मात्रै नभएर तपाईको छोटे राजाका लागि भएपनि धूमपान सम्भव भएसम्म त्यागी दिनुस् सम्भव भएन भने कम गर्नुस् । लैंगिक असमानता सृष्टिकर्ताले पनि यस कुराको हकमा पुरुषलाई महिलाको तुलनामा अन्याय गरेको छ । तपाईलाई थाहा छ पुरुषको उत्तेजना केबल ६ सेकेन्डसम्म मात्रै हुन्छ जवकी महिलाको १३ सेकेन्डसम्म रहन्छ । लिंगको आकार किन यस्तो कहिल्यै सोच्नु भएको छ तपाईको लिंगको अगाडिको भाग किन यस्तो छ भनेर ? किन यो छाता जस्तो देखिन्छ ? तपाई त्यसको बारेमा थापा पाएपछि चकित पर्नु हुन्छ । त्यसको प्रमुख कारण यो हो की सेक्सका दौरान तपाईको सेक्स पार्टनरको योनीबाट शुक्रकीट बाहिर आउन नपाओस् । तपाईको लिंगको छाताआकारले त्यो रोक्ने काम गर्दछ । महिलाहरुको पाठेयघरमा धेरैदिनसम्म शुक्रकीट जीवित रहन सक्ने भएकाले यस्तो गर्नु परेको ,। लिंगको कम्मरसँग बलियो सम्बन्ध स्पाइनल कर्ड (मेरुढण्ड) का तीन भागले तपाईको सेक्सजीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । तपाईका कल्पनाहरुलाई स्पाइनल कर्डले नै मस्तिष्कसम्म पुर्याउँछ र लिंग उत्तेजित हुन्छ । लिंगमा तरल पदार्थ आउनु र त्यसको प्रतिक्रियालाईलाई यथावत राख्नका लागि सन्देश दिमागसम्म पुर्याउने काम पनि स्पाइन कर्डले नै गर्दछ । वीर्यसखलित हुने क्रियालाई पनि स्पाइनल कर्डले नै नियउन्त्रत गर्दछ । त्यसैले स्पाइनल कर्ड शरीरको मात्रै नभएर सेक्सजस्ीवनको पनि ब्याकबोन नै हो। अरोमा मैजिक मिठो र सुन्धीत वासानाले तपाईलाई सेक्सका दौरान सक्रियता र उत्तेजना बढाउन मद्दत गर्दछ । लम्बेडरको सुगन्धले त तपाईको सेक्स उत्तेजना बढाएर ४० प्रतिशतसम्म पुर्याउँछ । अब त तपाईलाई सम्झना भयो होला किन सेक्स पार्टनर आउनु भन्दा पहिला नै कोठमा सगन्धीत र फरक बासना आउने मैनबत्ती (अरोमैटिक कैंडल) बल्न उत्साहित हुनुहन्छ ?
भक्तपुरमा शुरु भएको बिस्केट जात्रा (भिडियोसहित)
भक्तपुरमा चैत २७ गते मंगलबारदेखि नौ दिन ८ रातसम्म मनाइने बिस्केट जात्रा सुरु भएको छ । हेर्नुहोस् यो केही झलकहरु- फेसबुकबाट साभार
‘गुण्डा नाइके’ गणेश लामा जेल चलान
काठमाडौं, चैत्र २६ । गएको फागुनमा राजधानीबाट हतियारसहित पक्राउ परेका ‘गुण्डा नाइके’ गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। काठमाडौंको पशुपति भिजनबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई सोमबार थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको प्रहरीले जनाएको छ । लामालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
नेप्से परिसूचक १.२० प्रतिशत बढ्यो
काठमाडौं । सोमवार नेप्से परिसूचक १ दशमलव २० प्रतिशत बढेको छ । उतारचढावसँगै उकालो लागि रहेको बजार २ घण्टाको व्यापारमा १५ दशमलव ५५ अङ्कले बढेर १ हजार ३ सय १० दशमलव २० विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ६२ कम्पनीको ५ हजार ४ सय २८ पटकको व्यापारमा रू. ४० करोड ९५ लाख बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । बीमा समूहको परिसूचक २ दशमलव ३३ प्रतिशत, लघुवित्तको १ दशमलव ८७ प्रतिशत र बैङ्किङको १ दशमलव १ प्रतिशतले बढेको छ । साथै ‘अन्य’ समूहको परिसूचक शून्य दशलमव ९३ प्रतिशत, होटलको शून्य दशमलव ७८ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३८ प्रतिशत, जलविद्युतको शून्य दशमलव १९ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको हो । परिसूचक ०.७९ प्रतिशत बढ्यो नेप्से परिसूचक शून्य दशमलव ७९ प्रतिशत बढेको छ । ३ घण्टाको व्यापारमा शेयर बजार १० दशमलव २१ अङ्कले बढेर १ हजार ३ सय ४ दशमलव ८६ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ६८ कम्पनीको ७ हजार ८ सय पटकको व्यापारमा रू। ५७ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको हो । होटल, जलविद्युत र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको परिसूचक बढेको छ । बीमा समूहको परिसूचक १ दशमलव ६५ प्रतिशत, ‘अन्य’ समूहको १ दशलमव ५७ प्रतिशत, लघुवित्तको १ दशमलव २ प्रतिशत, बैङ्किङको शून्य दशमलव ६३ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ४ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव १८ प्रतिशत बढेको छ । होटल समूहको परिसूचक १ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४३ प्रतिशत र जलविद्युतको शून्य दशमलव शून्य छ प्रतिशत घटेको छ । आर्थिक अभियान दैनिकबाट