सुनको मूल्य आकाशियो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको मूल्य महंगो हुँदै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएको तथा तेलको भाउ बढेको र आर्थिक गतिविधि सुस्त भएपछि सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आर्थिक गतिविधि बढ्दै जाँदा सुनमा लगानी बढ्छ । लगानी बढ्पछि भाउ पनि बढ्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

गएको हप्ता सुनको मूल्य बढेर तोलाको ५७ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।

प्रारम्भिक मतगणनामा वाम गठबन्धन अगाडि, कांग्रेस तेश्रो

काठमाँडौ, मंसिर २१ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुन शुरू भएको छ । हालसम्म प्राप्त परिणाम अनुसार वाम गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १रएक क्षेत्रमा अग्रता लिएका छन् । पहिलो चरणमा मंसिर १० गते भएको ३२ जिल्लाका प्रतिनिधि र प्रदेशसभा अन्तर्गतका धेरै निर्वाचन क्षेत्रहरुको मतगणना भइरहेको छ । बिहीबार दोस्रो चरणमा भएको निर्वाचनको पनि मतपेटिका स‌ंकलनपछि गणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । कतीपय स्थानमा वाम उम्मेदवारहरूले शूरवातमा नै दोब्बर, तेब्बरले अग्रता लिएका छन । रोल्पा, रुकम, जाजरकोटमा निक़ै बढ़ी अंतर देखिएको छ । आज निर्वाचन सम्पन्न अधिकांस ज़िल्लामा भोलीदेखि मत गणना हुनेछ ।

युवा खेलाडीहरुका लागि ठाउँका ठाउँ यस्तो निर्णय गरेः महरा

दाङ, कार्तिक २९ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले मतदाता भेटघाटका क्रममा दाङको घोराहीस्थित भरतपुर खेल मैदान पुगेर युवा खेलाडीहरुलाई सरकारी स्तरबाट खेल मैदान निर्माणका लागि बजेट पठाइदिने निर्णय गरेका छन् । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि दाङमा हुने राष्ट्रिय खेलाडी छनोट खेल संचालन गर्ने मैदान मर्मत गर्न आवश्यक रकम सरकारले प्रदान गर्ने भन्दै उपप्रधानमन्त्री महराले निर्माणाधीन मैदानबाटै अर्थमन्त्रालयका सचिवसँग टेलिफोन गरी बजेट सुनिश्चित गरेका हुन् । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्र स्तरिय उक्त खेल दाङमा संचालन हुनु गौरवको कुरा हो भन्दै महराले दाङमा खेलकुदको बिकास गर्न युवाहरुलाई हौसला प्रदान गरे । दाङको खेलकुद क्षेत्रको बिकासका लागि उपप्रधानमन्त्री महराले देखाएको यस्तो खालको सक्रियताले आफुहरुमा हौसला प्रदान गरेको भन्दै पुर्व राष्ट्रिय खेलाडी नरेन्द्र पुन सन्देश श्रेष्ठ लगाएतका खेलाडी युवाहरुले खुसी व्यक्त गरे ।

द्धन्द प्रभावित क्षेत्रका महिलाको राष्ट्रिय भेलाद्धारा १५ बुदे घोषणापत्र जारी,

काठमाडौं, कात्तिक २१ । द्धन्दका बेला यौन हिंसाका शिकार भएका महिलाहरुले आफ्ना अधिकारमा आवाज बुलन्द बनाउन द्धन्द प्रभावितहरुको राष्ट्रिय सञ्जाल सहज गठन गरेका छन् । चितवनको सौराहमा ६ दिनसम्म द्धन्द प्रभावित ११ जिल्लाका ८० प्रभावित महिलाहरुको भेलाले सो सञ्जाल गठन गरेका हुन् । उनिहरुले त्यो अवस्था र अहिलेका बेला आफुहरुले भोगिरहेको समस्या र अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउने र प्रभावितको न्यायमा पहुँच वृद्धि गर्ने उदेश्यका साथ आज राजधानीमा द्धन्द प्रभावित महिलाहरुको राष्ट्रिय भेला समेत गरेका छन् । भेलामा सहभागी प्रभावित महिलाहरुले आफुहरुको माग अहिलेसम्म सम्वोधन हुन नसकेको बरु उल्टै पीडाहरु चर्काउने काम भएको तितो अनुभव सुनाएका थिए । १५ बुदे घोषणापत्रमा द्धन्दपिडितको परिभाषामा यौन हिंसा र यातनालाई समेटिनुपर्ने, मृत्यु भएकाको प्रमाणित गरी सहज तरिकाले न्याय पाउने वातावरण सिर्जना गर्नुपर्ने, सहज कानुनी पहुँच बनाउनुपर्ने लगायतका माग गरेका छन् । त्यसैगरी पीडक र उनिहरुलाई संरक्षण गर्ने पक्षलाई समेत कानुनी कठघरमा ल्याई कानुनी कारवाही गर्न, एच आई भी संक्रमण, प्रजनन् स्वास्थ्य सम्बन्धि अन्य गम्भिर समस्याहरु देखिएकाले निशुल्क उपचार गर्नुपर्ने, रोजगारीको अवसर श्रृजना गर्नुपर्ने माग समेत १५ बुदे घोषणापत्रमा गरेका छन् । कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य डाक्टर मावधी भट्टले आयोगमा ६२ हजार घटना दर्ता भएकोमा ७ हजार अनुसन्धानको क्रममा रहेको जानकारी दिर्इन ।

प्रचण्ड चमत्कारः चितवनमा ४ दिन, ४ सभा, २000 पार्टी प्रवेश, जित निश्चित

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ चितवन यति बेला चितवनमा छन । गएको कात्तिक १६ गते चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा ददस्यका लागि उम्मेदवार दर्ता गर्न प्रचण्ड चितवन आएका हुन । गृह जिल्ला चितवन आएसँगै प्रचण्डले केहि नयाँ कुरा बोल्ने गर्छन । त्यसैले प्रचण्ड चितवन आएपछि सबैको ध्यान यतैतिर तानिन्छ ।चितवन यस्तो ठाउँ हो जहा“ हरेक नेपाली राजनीति परिवर्तनको लागि अभियानको आरम्भ हुने गरेका छन । चाहे पञ्चायतको विरुदको अभियान ,०४६ सालको जनआन्दोल होस वा ०६२/०६३ को नै किन नहोस् । चितवनलाई परिवर्तनको उदगम स्थल मान्निछ ।नेपालमा गणतन्त्र स्थापनापछि दुई पटक पधानमन्त्री भएका प्रचण्ड नेपाली राजनीतिको अभिभावकको भूमिकामा छन् । उनी अहिले चितवन क्षेत्र नं ३ को प्रतिनिधीसभा उम्मेदवार हुन् । कात्तिक १६ गते मनोनयका लागि चितवन आएका प्रचण्ड ४ दिनसम्म चुनाबी प्रचारप्रसारमा व्यस्त रहे । मनोनयपछि उनले भरतपुर गेष्ट हाउस चौरमा संयुक्त बाम गठबन्धनको सभालाई सम्बोधन , माडीमा दिवाकर तिर्थमाया स्मृती पुरुष भलिबल प्रतियोगिताको उद्घाटन ,बाम गठबन्ध क्षेत्र नं ३ को सम्पर्क कार्यालयहरुको उद्घाट ,प्रचण्ड विजय अभियानको उद्घाटन गरे ।यस बिचमा उनका बाल्यकालका साथीसग पनि भेटघाट गरेका थिए । पुर्व प्रधानमन्त्री प्रचण्डले ४ दिनमा अन्य पार्टीका करिब २ हजार भन्दा बढी कार्यकर्तालाई पाटी प्रवेश गराए । प्रचण्ड क्षेत्र नं ३ मा उम्मेदवारको रुपमा आए सगै चितवनको राजनीतिले नया“ मोड लिएको छ । प्रचण्डको उम्मेदवारी पछि राप्रपा चितवनका अध्यक्ष सहितको टोली माओवादी केन्द्र मा प्रवेश गरे । नयाँ शक्ति नेपालका ३ जना केन्द्रिय सदस्य सहितको टिम पनि माओवादी केन्द्र मा प्रवेश ग¥यो । यसले चितवनको राजनीतिमा नया“ तरङग पैदा गरेको छ ।गृह जिल्ला चितवन भएपनि अन्य ठाउँ बाट चुनाव लड्दै आई रहेका उनी यस पटक आफ्नै ठाउँ बाट उम्मेदवारी दिएका छन । देशकै नेतृत्व सम्हालि सकेका प्रचण्डले चितवन क्षेत्र नं ३ मा जिते चितवनकै विकास हुने आशा गरिएको छ । उनले चितवनको विभिन्न क्षेत्रमा पुगेर स्थान विशेष विकास निमार्णको घोषणा गरेका छन् । ४ दिने जिल्ला बसाईले उनको पक्ष्ँमा जनलहर सिर्जना भएको छ । यसले उनको जितलाई थप मजबुद बन्दै गएको देखिन्छ ।

शाह बने सेञ्चुरी बैंकको सिइओ

काठमाडौं, कात्तिक १७ । सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । शाह यसअघि मेगा बैंकको सिइओ थिए । शाहकै पहलमा मेगा बैंक स्थापना भएको थियो थियो । सञ्चालक समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि लागु हुने गरी शाहलाई सेञ्चुरी बैंकको सिइओमा नियुक्त गरिएको बताइएको छ । बैंकका सिइओ अनुजमणि तिमल्सिनाले राजिनामा गरेपछि सेञ्चुरी बैंकले शाहलाई नयाँ सिइओमा नियुक्त गरको हो । मेगा बैंकका दोश्रो कार्यकाल सकिन एक महिना अघि नै शाह सेञ्चुरी बैंकको सिइओ नियुक्त भएका हुन । बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धीको नयाँ ऐन अनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न पाउँदैन । नेपाल बैंकर एशोसिएसनका अध्यक्षसमेत रहेका शाहले स्टान्डर्ड चार्टड र नबिल बैंकमा पनि काम गरिसकेका छन ।

फिल्ममा नायकले आफ्नो मोबाइल नम्बर प्रयोग गरेको भन्दै रिक्सा चालकद्वारा मुद्दा

ढाका, कात्तिक १७ । बंगलादेशमा एक रिक्सा चालकले त्यहाँका चर्चित नायकविरुद्ध मुद्दा दायर गरेका छन् । एउटा फिल्ममा ती नायकले प्रयोग गरेको मोबाइल नम्बर आफ्नो रहेको भन्दै एक रिक्सा चालकले मुद्दा दायर गरेका हुन् । बंगलादेशका अभिनेता शाकिब खानले एउटा फिल्ममा प्रयोग गरेको मोबाइल नम्बर रिक्सा चालक इजाजुल मियाँको हो । फिल्ममा उक्त मोबाइल नम्बर सार्वजनिक भएपछि कयौं युवतीले उक्त नम्बर नायक शाकिब कै रहेको ठानेर फोन गर्ने गरेको रिक्सा चालक इजाजुलको भनाइ छ । ‘फिल्ममा मेरो मोबाइल नम्बर प्रयोग गरिएपछि मलाई सारै तनाव भएको छ, दिनहुँ अनावश्यक फोन आइरहन्छ,’ उनले भने । इजाजुलले नायक शाकिबसँग क्षतिपूर्ति रकमको मागसमेत गरेका छन् । उनका अनुसार पाँच दिनभित्र पाँच सयभन्दा बढीले फोन गरेका छन् । रिक्सा चालक इजाजुलको मोबाइल नम्बर गत जुनमा प्रदर्शित एक चलचित्र प्रयोग गरिएको थियो । सो चलचित्रका निर्माता तथा निर्देशक नायक शाकिब स्वयं हुन् । फिल्मको एउटा दृष्यमा नायकले आफ्नी प्रेमिकालाई आफ्नो मोबाइल नम्बर भन्दै एउटा नम्बर भन्छन् । त्यो नम्बर संयोगवस रिक्सा चालक इजाजुलको हो । ‘मलाई दैनिक फोन आउन थाल्यो, अधिकांश कल नायक शाकिबका महिला प्रशंसकको आउने गरेको छ,’ उनले भने, ‘म तपाईको फ्यान हुँ, म तपाईसँग दुई मिनेट कुरा गर्न सक्छु ? भनेर फोन गर्छन्,’ उनले भने । इजाजुलका अनुसार उनी आफ्नो मोबाइल नम्बर परिवर्तन गर्न समेत सक्दैनन् । किनकि उनका ग्राहकले समेत सोही नम्बरमा फोन गर्दै आएका छन् । सुरुमा अदालतले मुद्दा दायर गर्न समेत मानेको थिएन । तर जब इजाजुलको समस्याबारे राम्ररी अवगत गराइयो, अदालतले मुद्दा दायर गरेको छ । (एजेन्सी)

टेलिफोन नै सरकारी जागिर जस्तो, १० देखि ४ सम्ममा मात्र

जाजरकोट, कार्तिक १६ । जाजरकोटका नगरपालिका र गाउँपालिकामा टेलिफोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । बिहान १० बजे टेलिफोन टावर आउने र ४ बजे टावर जाने हुँदा त्यसपछिका समय फोन सञ्चालन नहुने स्थानीयवासीको गुनासो छ । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका, वारेकाट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र कुशेगाउँपालिकामा टेलिफोन टावरमा समस्या हुँदै आएको हो । टावर सञ्चालन गर्नका लागि राखिएका सौर्य उर्जाले प्रभावकारी काम नगर्दा दैनिक घाम लागेपछि मात्र टावर सञ्चालनमा आउने गरेको हो । टावरमा राखिएका सौर्य उर्जा वर्षौ पुराना भएको र मर्मत पनि नहुँदा टावर सञ्चालनमा कठिनाइ भएपछि स्थानीयवासीले पटक पटक नेपाल टेलिकमलाई जानकारी गराए पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । काम परेको समयमा टावर नहुँदा दैनिक काम गर्न समस्या भएको त्रिवेणी नलगाड नपा ८ का हरिबहादुर खत्रीले बताए ।

म्यादी प्रहरीमा चर्काे विवाद, सिडिओ र एस्पि पनि विवादित

भक्तपुर, कार्तिक १५ । आसन्न प्रदेश र प्रतिनिधि चुनावको लागी म्यादी प्रहरी छनौटको क्रममा पछिल्लो सामाजिक संजाल फेसबुकमा प्रहरी बर्दीमै प्रश्नपत्र खोसेर आफै उत्तरपुस्तिकालाई भरेको दिएको भिडियो र तस्विर भईरल भईरहेको छ । त्यो भिडियो महानगरिय प्रहरी परिसर भक्तपुरमा हवल्दार शैलेन्द्र बस्नेत र सिपाही कुमार श्रेष्ठ हो । त्यो भिडियो र तस्विर हो व्रहाण्डी खेल मैदान भक्तपुरको । म्यादी भर्ना छनौटमा प्रहरीबाटै यस्तो हुदाँ समेत सम्वधित निकायबाटै यतिसम्म नालायक हुदाँ समेत स्थानिय प्रशासनले दोषीमाथी कारवाही गर्ने आट गरेको छैन्न् । महानगरिय प्रहरी परिसर भक्तपुरले उल्टै म्यादी प्रहरीहरुलाई तालिममा समेत प्रत्यक्ष रुपमा जिम्मेवारी दिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत हवल्दार वस्नेत र असई कुमार श्रेष्ठले छनोट स्थलमै गएर पैसा लिएका र सेक्स गर्नेहरुलाई छनोट विना नै भर्ना गराएका तथ्य समेत फेला छ । स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरी छनोटमा घुस खानेदेखी सेक्स काण्डसम्म लफडा समेत भोगेका बस्नेत र श्रेष्ठले महानगरिय प्रहरी परिसर भक्तपुरले म्यादी प्रहरी भर्ना छनोट प्रकृयामा समावेश नै नगरी पाँच हजार देखी दश हजारसम्म लिएको पाईएको छ । केहीयता विभिन्न बाहनामा त्रसित बनाएर ति एकल महिलालाई भर्नामा सहयोग गर्ने बाहनामा पटक पटक यौन सम्र्पक गरेको पीडितले नाम नबन्ने शर्तमा मेरोजिल्ला डट कम लाई बताईन् । उनले भनिन् यसरी कतै उजुरी गर्दा समाजमै बदमान हुने डरले कतै उजुरी नदिएका बताईन् । म्यादी प्रहरी मै भर्ना भएका अर्का एक युवकले भने हामीहरु धेरै पाँचदेखी देश हजारसम्म बुझाएर छनोटमा परेको बताए । उनीहरुले पैसा हाकिमलाई समेत दिनुपर्ने कता पैसा दिएको भने तरुन्तै तालिमबाटै निकाल्ने धम्की दिने गरेको बताए । म्यादी प्रहरी छनोटमा सहभागी एक प्रहरीले भने म्यादी प्रहरी छनोटमा प्रहरी उच्च स्रोतदेखी सिडिओले समेत आफन्त भएको भनेर भर्ना गरेको बताए । उनले भने अधिकाशं प्रहरीकै आफन्त र श्रीमती भएकाले कोटा प्रणाली विधि अपनाएको बताए । भक्तपुर प्रहरीले भक्तपुरमै कोटा प्रणाली नै जस्तो गरेर प्राय धेरै प्रहरीहरुकै श्रीमतीहरु म्यादी प्रहरीमा भर्ना भएका छन् । भक्तपुरका केहि पत्रकारका श्रीमती र आफन्त भर्नाको लागी सिडियो र एस्पी कार्यालय धाएका थिए । यस विषयमा भक्तपुरको सिडियो द्रोण पोखरेल र महानरिय प्रहरी परिसर एस्पी किरण राणालाई प्रतिक्रया लिन खोज्दा केहि जवाफ दिन चाहाएन्न् । यसै विषयमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जय बहादुर चन्द्रले जिल्लामा म्यादी प्रहरी छनोटमा सिडिओ अध्यक्ष रहने कार्यविधि रहेकाले त्यसको छनविन समेत सिडिओ मतहतले गर्ने हुदाँ त्यसमा दोषीलाई कार्हवाही गर्ने अधिकार समेत सिडिओलार्इ नदिएको कारबाही गर्ने आफुले नमिल्ने बताए । आसन्न प्रदेश र प्रतिनिधि चुनावको लागी ६ सय म्यादी प्रहरी छनोट भएका छन् ।

थाहा ७ महादेवखर्कमा एकादशी मेला (फोटोफिचर)

थाहा नगपालिका ७ महादेवखर्कमा हरेक बर्ष हरिशयनी एकादशीमा विशेष मेला लाग्ने गर्छ । महादेवकाे दर्शन र पुजा गर्ने  दर्शनार्थीहरुको पनि भीड लाग्ने गरेकाे छ । फोेटोः नारायण कार्कीको फेसबुकबाट कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु  ब्युँझने भएकाले हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध स्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।   तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।  

अवैध बाटोबाट धेरै नेपालीहरु अमेरिका पुग्दैछन्

काठमाडौं, कात्तिक १४ । अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन् । बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन् । तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने । अमेरिकाको न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चार नेपालीको व्यथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनीहरूले महरालाई भने, ‘भविष्य राम्रो हुन्छ भनेर अमेरिका आएका हौं । दुस्ख निकै पाइयो । धेरै पैसा खर्च भयो । दलालहरूले सुरुमा सपना बाँड्छन्, रकम पनि थोरै (२०/२५ लाख) भन्छन् अनि बीच बाटामा पुगेपछि माग गर्दै जान्छन्, सुरु रकमको दोब्बर बढी तिरिसक्यौं ।’ उनीहरू दाङ, नवलपरासी र कपिलवस्तुका हुन् । उनीहरूले आफूहरूले ४५ लाखभन्दा बढी खर्च गरेर आएको उल्लेख गर्दै आफ्नो नाम र तस्बिर सार्वजनिक नगर्न कान्तिपुरलाई आग्रह गरे । ‘दक्षिण अमेरिकी मुलुकको घना जंगल, समुद्र पार गर्दै ड्राइफुट र समुद्रकै पानी खाएर यहाँ आइपुगेका हौं,’ उनीहरूले भने, ‘कैयन् विदेशीले पनि आफूलाई नेपाली भनेर परिचय दिँदारहेछन् । तर हामी ९ जना मात्र थियौं । पाँच जना डीसीमा रहेको दूतावासमा धाइरहेका छन् । हामी न्युयोर्कमा आइपुग्यौं ।’ -कान्तिपुर दैनिकबाट  

फोरम र राजपाबीच चुनाबी तालमेल, गठबन्धनमा जान परे सँगै जाने

काठमाडौं, असोज २० । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी( राजपा) नेपाल बीच आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा सहकार्य गरेर जाने सहमति भएको छ । शुक्रबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘आपसी समझदारीमा दुवै पार्टीका साझा उम्मेदवार बनाइ आगामी चुनाबमा भाग लिने, उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टी, मोर्चा वा गठबन्धनसँग दुवै सहकार्य गर्नुपर्ने भए दुबै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको छ ।’ हेर्नु विज्ञप्तीको पूर्ण पाठः

एनआरएनए मध्यपूर्वको संयोजकमा आरके शर्मा बलियो अवस्थामा

युएई । गैरआवासीय नेपाली संघ (एनआएनए), अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को मध्यपूर्व क्षेत्रको संयोजकमा कतारका राजेन्द्रकुमार शर्मा (आरके शर्मा) को बलियो दावी छ । शर्माले केही दिनअघि १४ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै मध्यपूर्वको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका थिए । उनीसँगै साउदी अरबका धरम केसीले पनि संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । शर्मा वर्तमान आईसीसी सदस्य हुन भने धरम केसी विभिन्न टास्क फोर्समा बसेर काम गरिसकेका व्यक्ति हुन् । मध्यपूर्वका खाडी राष्ट्रहरु युएई, कतार, साउदी अरब, ओमान, बहराइन र कुवेत लगायतका मजदुरहरुको समस्यालाई बुझ्ने र सम्बोधन गर्न सकेन व्यक्तिको रुपमा आरके शर्मालाई लिन थालिएको छ । केसी भन्दा शर्मालाई बलिया उम्मेद्कवारका रुपमा हेर्न थालिएको छ । पछिल्लो चरणमा शर्मा खाडी क्षेत्रमा निकै नै सक्रिय छन । उनी कतारका नेपाली ब्यवसायी पनि हुन् । शर्माले जारी गरेको १४ बुँदे प्रतिबद्दता सहितको घोषणापत्र सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । इराक, जोर्डन र लेबनान लगायतका दुतावास नभएका मुलुकहरुमा नियमित भ्रमण गरी समस्या समाधानमा जोड दिने शर्माले घोषणा पत्रमा बताएका छन । उनले मध्यपूर्वबाट पर्यटन प्रबर्दनमा लागिपर्ने प्रतिबद्दता जाहेर गरेका छन । शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउने पहल गर्ने लगायतका घोषणा पत्रमा समेटिएका छन । पछिल्ला दिनहरुमा शर्माको सकृयता बढेसँगै खाडीमा एनआरएनएको अबको नेता शर्मा हुने अनुमान गर्न थालिएको थियो । एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन अक्टोबर १४ देखि १६ तारिकसम्म काठमाडौं हुँदैछ । सम्मेलनमा विश्वभरका ७५ भन्दा बढी मुलुकका एनआरएनएहरुको उपस्थिती हुनेछ ।

के हो बहुदलीय जनवाद र कसरी पुग्ने समाजवादमा ?

नेकपा एमालेले बहुदलीय जनवादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेको छ । अहिले माओवादी र एमालेको एकताको बहसले बहुदलीय जनवादका बारेमा समेत चर्चा सुरु भएको छ । माओवादीले बहुदलीय जनवादलाई संशोधनवादी र वर्ग समन्वयवादी सिद्दान्त भनेर आलोचना गर्दै आएको छ । ख़ासगरि समाज परिवर्तनमा बल प्रयोगको अनिवार्य मार्क्सवादी मान्यतालाई बहुदलीय जनवादले निषेध गरेको माओवादीको तर्क रही आएको छ । यो संदर्भमा बहुदलीय जनवादको बारेमा नेकपा एमालेका नेता वेदूराम भुसालले लेखेको यो आलेख यहाँ प्रस्तुत गरिएको छ । *** जनताको बहुदलीय जनवाद नेपालको विशिष्ट अवस्थामा माक्र्सवादको सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यक्रम हो । यो नेपाली क्रान्ति र क्रान्तिछिको निर्माण कालमा समेत मार्गदर्शन गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यान्वायन गर्ने कार्यक्रम दुवै हो । जबज नेपाली क्रान्ति र निर्माणको सिद्धान्त एवम् कार्यक्रम हो भन्ने बित्तिकै क्रान्ति के हो ? भन्ने प्रश्न उठ्न सक्छ । क्रान्तिको सामान्य अर्थ परिवर्तन हो । क्रान्ति शब्दले विभिन्न शास्त्रमा विभिन्न अर्थ बोक्ने गर्दछ । दार्शनशास्त्रीय परिभाषामा क्रान्ति कुनै पनि वस्तु वा घटनामा हुने गुणात्मक परिवर्तन हो । राजनीतिक अर्थशास्त्रीय परिभाषामा क्रान्ति पुराना उत्पादन सम्बन्धको ठाउँ नयाँ उत्पादन सम्बन्धले लिनु हो । राजनीतिशास्त्रीय परिभाषामा क्रान्ति एउटा वर्गको हातमा रहेको राज्यसत्ता अर्को वर्गको हातमा जानु हो । समाजशास्त्र र इतिहासको परिभाषामा क्रान्ति समाज विकासको प्रक्रियाले एउटा चरणबाट अर्को चरणमा प्रवेश गर्ने बिन्दु हो । लेनिन भन्छन्– ‘राज्यशक्ति एउटा वर्गको हातबाट अर्को वर्गको हातमा जानु क्रान्तिको मुख्य र आधारभूत चिन्ह हो ।’ (अप्रिल थेसिस) । माथिका परिभाषाहरूबाट स्पष्ट हुन्छ कि क्रान्ति समाज परिवर्तनको प्रक्रिया र परिघटनाको एकत्व हो । समाज परिवर्तनको प्रक्रिया दोहोरो तरिकाले अगाडि बढ्दछ । एकातर्फ क्रमिक विकास र अर्कोतर्फ क्रान्तिकारी फड्को त्यसैले क्रान्ति समाजको क्रमिक विकास र क्रान्तिकारी फड्कोको एकत्व हो, मात्रात्मक परिवर्तन र गुणात्मक फड्कोको एकत्व हो । क्रमिक विकासले समाजको आधारमा परिवर्तन ल्याउँछ र उपरी संरचनाको परिवर्तनका निम्ति पृष्ठभूमि तयार पार्दछ भने क्रान्तिकारी फड्कोले उपरी संरचनामा रहेको पुरानो वर्चस्वलाई तोडिदिन्छ र नयाँ वर्चस्व स्थापित गर्दछ, पुरानो सत्तालाई फालिदिन्छ र नयाँ सत्ता स्थापित गर्दछ । त्यसैले लेनिन भन्छन्– ‘राज्यशक्ति एउटा वर्गको हातबाट अर्को वर्गको हातमा जानु क्रान्तिको मुख्य र आधारभूत चिन्ह हो ।’ (अप्रिल थेसिस) । त्यसैगरी, कमरेड मदन भण्डारी भन्नुहुन्छ– ‘प्रतिक्रियावादी सत्तालाई अन्त्य गरी जनसत्ताको स्थापना गर्नु हाम्रो क्रान्तीकारी राजनीतिक संर्घषको हमेशा केन्द्रीय कार्य रहेको छ र रहनुपर्छ ।’ (नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद पृ ३०) नेपाली समाज उपर्युक्त दुवै प्रक्रियाबाट परिवर्तित हँुदै आएको छ । वि.सं. १९९३ मा कम्पनी कानुनको निर्माण र तत्पश्चात नेपाल बैंक लिमिटेड तथा विराटनगर जुट मिललगायतका उद्योगधन्दाको स्थापना भएपछि नेपाली समाजमा पुँजीवादी उत्पादन प्रणालीको समेत प्रवेश भयो । त्यसपछि सामन्ती बन्धनहरूलाई तोड्ने अनेकौं सुधार कार्यहरू भए । विघटी प्रथाको खारेजी, मोही हक सुरक्षित गर्ने भूमिदारी अधिकार कानुन निर्माण, भूमि जाँच कमिसनको गठन र मोही हेरफेर गर्न नपाउने व्यवस्था (२००८), भूमिसुधार कमिसनको गठन (२००९), जग्गा र जग्गा कमाउनेको लगत राख्ने कानुन निर्माण (२०१३), बिर्ता उन्मूलन (२०१६), भूमिसम्बन्धी (नयाँ व्यवस्था) ऐन निर्माण (२०१९), भूमी ऐन (२०२१) निर्माण, जसले एकातर्फ मोहियानी हक लागू गरी कृषि भूमिमा द्वैध स्वामित्व कायम गर्‍यो भने अर्कोतर्फ पहाडमा ८० रोपनी र तराईमा २८ बिघाभन्दा बढी जमिन राख्न नपाउने गरी हदबन्दी तोकिदियो । सोही ऐनबमोजिम जग्गा नापी एवम् भूमिसुधार कार्यक्रम सञ्चालन गरियो । ०५१ को एमाले सरकारको पाला वडाल आयोग गठन गरी भूमि समस्याको अध्ययन गरियो । ०५८ मा भूमि ऐन ०२१ मा संशोधन गरी जमिनको हदबन्दी घटाएर पहाडमा १०.रोपनी र तराईमा १०+१ बिघा कायम गरियो । त्यसै वर्ष कमैया मुक्तिको घोषणा गरियो । मोहीले कमाएको जग्गाको एक हिस्सामा मोहियानी हक लाग्ने र त्यो जग्गा मोही स्वयम्ले किनबेच गर्न पाउने व्यवस्था हुनुका साथै कमैया, कमलरी, हलिया, गोठाला, हरुवा, चरुवा, बुक्राहा, बुक्रेनी आदि राख्न नपाउने भएपछि भूदास प्रथाको अन्त्य भयो । यी सबै कार्यहरूले गर्दा हाम्रो समाजमा धेरै लामो समयदेखि रहिआएका सम्पत्ति सम्बन्धहरू अर्थात् उत्पादन सम्बन्धहरूमा क्रमश: परिवर्तन हँुदै गयो, सामन्ती उत्पादन प्रणाली कमजोर बन्दै गयो र पुँजीवादी उत्पादन प्रणाली क्रमश: फैलँदै र बलियो बन्दै गयो । बिर्ता, जागिर, किपट, शेरा, रकम आदि नामका सामन्ती भूमि सम्बन्धका संरचनाहरू भत्कँदै गए । राज्य रजौटा प्रथा, उखडा प्रथा आदि पनि खारेज भए । सामन्ती आर्थिक संरचनाहरू भत्कँदै गएपछि बिर्तावाल, तालुकदार, जिमुवाल, मुखिया जस्ता सामन्ती शासकीय संरचनाहरू पनि भत्किए । अर्कोतर्फ सामन्ती अधिनायकवादी शासनका विरुद्ध अनेकन प्रकारका आर्थिक–राजनीतिक संघर्षहरू पनि भए । ००३ सालको फागुनमा विराटनगरका मजदुरहरूले हडताल गरे । ००४ मा काठमाडौंमा जयतु संस्कृतम् नामको विद्यार्थी आन्दोलन भयो । ००८ मा बर्दिया र बारा–पर्साका किसानहरूले जमिन्दारी शोषण दमनको विरुद्ध आन्दोलन गरे भने भोजपुरका किसानहरूले मोहियानी हक प्राप्तिको आन्दोलन चलाए । ०१० मा सुदूरपश्चिममा भीमदत्त पन्तको नेतृत्वमा ठूलो किसान विद्रोह भयो । ०११ मा तनहुँ र गोरखामा एकदेव आलेको नेतृत्वमा ‘जाली तमसुक च्यात्ने र सुकुमबासी बसोबास’ गराउने आन्दोलन, झापामा ‘खमारबन्द’ आन्दोलन र बारा, पर्सा, रौतहटमा ‘रे नही जी कहो’ आन्दोलन भए । ०१७ सालपछि दाङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तुलगायत विभिन्न जिल्लामा किसान आन्दोलन भए । ०३० मा लुम्बिनीमा बचतविरोधी ठूलो किसान आन्दोलन भयो । ०३३ देखि ०४० को बीचमा खोटाङ, काभ्रे, चितवन, सिन्धुपाल्चोक, इलाम, धनकुटा, सुर्खेत, दाङ, सिन्धुली, धनुषा, महोत्तरी, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा विभिन्न प्रकारका किसान आन्दोलनहरू भए । क्रमिक विकास र क्रान्तिकारी धक्का दुवै प्रक्रियाबाट भएका उपर्युक्त संघर्ष र परिवर्तनहरूले हाम्रो मलुकको सामन्ती अर्थराजनीतिक व्यवस्थालाई कमजोर पार्दै ल्याए र ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिले त्यसलाई आधारभूत रूपमा समाप्त गरिदियो । यी तमाम किसान आन्दोलनहरूले सामन्ती अर्थव्यवस्थाको जग हल्लाउने र विभिन्न सुधारकार्य गर्न बाध्य पार्ने काम गरे । साथसाथै प्रचण्ड गोर्खाको राणाहरूलाई एक चिहान पार्ने उद्घोष (१९८७), प्रजापरिषद्को लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने संघर्ष, नेपाली कांग्रेसको प्रजातन्त्र स्थापना गर्ने संघर्ष र नेपाल कम्युनिस्ट पार्टीको गणतन्त्र स्थापना गर्ने संघर्ष, यी सबको समष्टिले ००७ सालमा चरम निरंकुश सामन्ती शासनको रूपमा रहेको एकतन्त्रीय जहानियाँ राणा शासनलाई फालिदियो । त्यस धक्काले सामन्ती शासनलाई पूरै परास्त गर्न नसके पनि त्यसको चरम अधिनायकवादी पक्षलाई तोड्न सफल भयो । राजाले पुन: शक्ति लिँदै गएर ०१७ सालको प्रतिगमन भएपछि झापा, अर्घाखाँचीलगायत जिल्लामा भएका सशस्त्र विद्रोह र अन्य आन्दोलनहरू, ०३६ सालको सशक्त विद्यार्थी आन्दोलन, जनमत संग्रह कालमा भएको राजनीतिक प्रचार, नेकपा (माले)को पञ्चायती चुनाव उपयोग गर्ने अभियानले ल्याएको राजनीतिक जागरण आदिले विकसित गरेको परिस्थितिका कारणले ०४६/४७ को संयुक्त जनआन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थालाई समाप्त गरी मुलुकको सार्वभौम अधिकार जनताको हातमा राख्ने र राजतन्त्रलाई संवैधानिक बनाउने काम गर्‍यो । तर, कांग्रेसी सरकारका जनविरोधी क्रियाकलाप र माओवादी उग्रपन्थका हिंसात्मक गतिविधिको पृष्ठभूमिमा राजाले फेरि प्रतिगमनकारी गतिविधि सुरु गरेपछि नेकपा (एमाले)ले अगाडि सारेको गणतन्त्रको नारामा गोलबन्द भएर चलाइएको संयुक्त जनआन्दोलन ०६२/६३ ले शान्तिपूर्ण जनक्रान्तिको रूप लियो र त्यसले मुलुकलाई राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने बिन्दुमा पुर्‍यायो । १९९३ मा सुरु भएको लोकतान्त्रिक शासन पद्धतिको स्थापना गर्ने आन्दोलनले ७० वर्षमा एउटा चरण पूरा गर्‍यो । क्रमिक विकास र क्रान्तिकारी धक्का दुवै प्रक्रियाबाट भएका उपर्युक्त संघर्ष र परिवर्तनहरूले हाम्रो मलुकको सामन्ती अर्थराजनीतिक व्यवस्थालाई कमजोर पार्दै ल्याए र ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिले त्यसलाई आधारभूत रूपमा समाप्त गरिदियो । क्रान्तिले सामन्ती सत्तालाई विस्थापित गरेर स्थापित गरेको नयाँ राज्य संरचनालाई माध्यम या साधनको रूपमा प्रयोग गरी नवनेपाल निर्माणको अभियान सञ्चालन गरेर उक्त कार्यभार पूरा गर्न सकिन्छ । ०६२/६३ को जनक्रान्तिले सामन्त वर्गको हातबाट राज्यसत्ता खोसेको छ र समाजको आधार परिवर्तनका निम्ति ढोका खोलेको छ । सामन्त वर्गको हातबाट राज्यसत्ता खोस्ने र समाजको आधार परिवर्तनका निम्ति ढोका खोल्ने यो घटना सामान्य घटना होइन, इतिहासलाई नयाँ चरणमा प्रवेश गराउने एउटा निर्णायक घटना हो । नेपाली समाज समन्ती युगबाट अगाडि बढेर पुँजीवादी युगमा प्रवेश गर्ने आरम्भ बिन्दु हो । त्यसैले यो एक क्रान्ति हो । यो आम जनताको व्यापक सहभागितामा शान्तिपूर्ण ढंगले सञ्चालित क्रान्ति भएकाले शान्तिपूर्ण जनक्रान्ति हो । तर, यो क्रान्ति न त बुर्जुवा वर्गको एकल नेतृत्वमा हुने पुरानो जनवादी क्रान्ति हो न त श्रमजीवी वर्गको एकल नेतृत्वमा हुने नयाँ जनवादी क्रान्ति नै । यो त श्रमजीवी र बुर्जुवा वर्ग दुवैको संयुक्त नेतृत्वमा भएको एक विशिष्ट खालको क्रान्ति हो । त्यसैले यो नेपालको विशिष्ट परिस्थितिमा भएको एउटा विशिष्ट प्रकारको पुँजीवादी जनवादी क्रान्ति हो । यो क्रान्ति नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको नीति र जनताको बहुदलीय जनवादले अँगालेको शान्तिपूर्ण संघर्षको बाटोअनुरूप भएको छ । यस क्रान्तिले सामन्तवादमाथि निर्णायक प्रहार गरेको छ र नेपाली समाजलाई पुँजीवादको चरणमा प्रवेश गराएको छ । जबजले क्रान्तिपछि लागू गर्ने राजनीतिक कार्यत्रमको रूपमा निम्न लक्ष्यहरू निर्धारण गरेको थियो : (१) सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको सत्ता तथा उनीहरूको शोषण उत्पीडन समाप्त गरी मजदुर किसान तथा सामन्तवाद–साम्राज्यवादविरोधी सम्पूर्ण जनवादी, देशभक्त र न्यायप्रेमी जनसमुदायको संयुक्त जनवादी राज्यसत्ता कायम गर्नु । (२) नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गर्ने । (३) मानव अधिकार र मौलिक हक अधिकारको प्रत्याभूति दिने । (४)संविधानको सर्वोच्चता, कानुनको शासन र शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्ने । (५) बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष रहने व्यवस्था गर्ने । (६) विकेन्द्रीकरण र स्थानीय स्वशासनको संवैधानिक व्यवस्था गर्ने । (७) सामन्तवाद दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण उत्पीडनका सम्पूर्ण अवशेषहरूलाई कानुनसम्मत ढंगले निर्मूल गर्ने । ०६२/६३ को क्रान्तिबाट उपर्युक्त लक्ष्यहरूमध्ये अधिकांश प्राप्त भएका छन् । जनवादी गणतन्त्र घोषणा गर्ने भनेकोमा लोकतान्त्रिक गणतन्त्र भनिएको छ । यो क्रान्ति श्रमजीवी वर्गको एकल नेतृत्वमा नभई श्रमजीवी वर्ग र बुर्जुवा वर्ग दुवैको संयुक्त नेतृत्वमा भएको हुनाले सहमतिमा त्यसो गरिएको हो । सातांै बुँदा कार्यान्वयन गर्न बाँकी छ । साथै, यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक कार्यक्रमहरू चाहिँ लागू गर्न बाँकी छ । यी कार्यक्रमहरू निर्माण कालमा लागू गरिने कार्यक्रम हुन् । अब यी बाँकी कामहरू सम्पन्न गर्नेतर्फ अगाडि बढ्नुपर्दछ । नेपाली समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण अबको हाम्रो मुख्य कार्यभार हुनुपर्दछ । क्रान्तिले सामन्ती सत्तालाई विस्थापित गरेर स्थापित गरेको नयाँ राज्य संरचनालाई माध्यम या साधनको रूपमा प्रयोग गरी नवनेपाल निर्माणको अभियान सञ्चालन गरेर उक्त कार्यभार पूरा गर्न सकिन्छ । अब त्यसमै केन्द्रित भएर लाग्नुपर्दछ ।   जननेता कमरेड मदन भण्डारीका अनुसार ‘क्रान्तिले पुरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृढ बनाउँछ ।’ (बहुदलीय जनवादबारे केही कुरा, पृ १९) । विगत क्रान्तिले पुरानो समाजको जगलाई तोडेको छ । अब नयाँ समाजको संरचना सुदृढ पार्ने काममा लाग्नुपर्दछ । यही नै अबको हाम्रो दायित्व हो । कमरेड मदनकै अनुसार ‘विद्यमान समाजको गर्भभित्र नै नयाँ समाजका तत्वहरूको उदय र विकास नभई क्रान्ति हुन सक्दैन ।’ (बहुदलीय जनवादबाट केही कुरा पृ १८) । हो, त्यसैले हिजो सामन्ती समाजको गर्भभित्र पुँजीवादी समाजका तत्वहरूको उदय र विकास भइरहेको थियो । ती तत्वहरूको विकासले सामन्ती तत्वहरूलाई विस्थापित गर्दै लगेको थियो । परिणामस्वरूप सामन्ती राज्यव्यवस्था ढलेको छ र पुँजीवादी राज्यव्यवस्था स्थापित भएको छ । अब यस राज्यव्यवस्थालाई प्रयोग गरेर विद्यमान समाजभित्र र समाजवादी समाजका तत्वहरूको उदय र विकास गराउनु अर्थात समाजवादका आधारहरू निर्माण गर्नु हामी क्रान्तिकारीहरूको दायित्व हो । यही दायित्व पूरा गर्न तल्लिन भएर लाग्नुपर्ने बेला भएको छ । बुधवारबाट साभार लेखमा व्यक्त विचार लेखकका नीजी विचार हुन । सम्पादकीय सहमती अनिवार्य छैन ।

“दशैँमा आउँछु भन्थ्यो आएन”

धादिङ, असोज १०  । नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो । विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ । सिद्धलेक गाउँपालिका–६ की देवकी पण्डितका छोरा दामोदर विदेश गएको लामो समय भयो कहाँ भन्ने अत्तोपत्तो नभएपछि यस वर्षको दशैँ पनि अरु वर्षमा जस्तै बाटो हेरेर बित्ने भएको छ । “छोरा घर आउला र छिमेकीको घरमा जस्तै रमाइलो गरुँला” भन्ने उनको आशा निराशामा परिणत भएको छ । सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका–२ की अस्मिता पौडेल “घर आउँछु” भन्ने छोराको यादमै बित्ने पक्का भएको छ । चार वर्षअघि कुवेत गएका उनका छोरा सम्पर्कमा छैनन् । दशैँमा आउँछु भनेर फोन गरे पनि केही वर्षदेखि उनी कता हराए भन्ने कसैलाई थाहा छैन । साथीभाइले पनि पत्ता लगाउन सकेका छैनन् । आर्थिक अवस्था सुधार गर्नका लागि विदेशिएका व्यक्ति धमाधम बेपत्ता हुनु र चाडबाडमा समेत सम्पर्कमा नआउँदा घरमा रहेका परिवार आत्तिने गरेको मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताउनुभयो । वैदेशिक रोजगारीमा सुरक्षित तरिकाले जाने लगायतको सूचना तथा परामर्श उपलब्ध गराउँदै आएको सिर्ड्स धादिङले विदेश जाँदा अपनाउनुपर्ने विषय र अन्य सुरक्षित वैदेशिक रोजगारसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउँदै आए पनि विदेश गएर बेपत्ता भएकाको संख्या कम छैन । सिड्र्स धादिङका कार्यक्रम संयोजक गंगा सुवेदीले विदेश गएर बेपत्ता भएकाको खोजी गरिदिनका लागि निवेदन दिनेको संख्या धादिङ जिल्लामा ४५ जना रहेको जानकारी दिनुभयो । धादिङबाट विदेश गएकामध्ये मलेसियामा २५, कतारमा तीन, साउदी अरब र युएइमा चार चार, भारत र कुवेतमा तीन तीन, जर्जियामा दुई र इराकमा एक जना बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ । जिल्लाको उत्तरी भागबाट बढी मानिस विदेशमा बेपत्ता छन् । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगीमारा, थाँक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटारलगायत क्षेत्रबाट धेरै मानिस हराएको सूचना प्राप्त भएको छ । बेपत्ता हुनेको हकमा खोजी गर्नका लागि सरकारबाट कुनै पनि निश्चित संयन्त्र नहँुदा विदेशमा बेपत्ता भएकालाई खोजी गर्न अप्ठ्यारो परिरहेको छ । यद्यपि सूचना तथा परामर्श केन्द्रले विभिन्न छापा र अनलाइनमार्फत सूचना सार्वजनिक गरेर खोजी गरिरहेको छ । यही कारण यस वर्ष ४५ बेपत्तामध्ये १४ जना सम्पर्कमा आएको सुवेदीले जानकारी दिनुभयो ।

एनसेलले टावर राखेबापत भाडा तिरेन,जग्गाधनीद्वारा मोबाइल नेटवर्क अवरुद्ध

कैलाली, असोज १० । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले टावर राखेबापतको भाडा नतिरेपछि कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा जग्गाधनीले मोबाइल नेटवर्क अवरुद्ध पारेका छन् । एनसेलले १६ महिनादेखि भाडा नबुझाएको दाबी जग्गाधनीको छ । घरधनीले टावरमा जाने बिजुली रोकेपछि नेटवर्क बन्द हुँदा त्यस क्षेत्रका हजारौं एनसेल उपभोक्ता मारमा परेका छन् । करिब १० वर्षअघि स्थापित एनसेलको टावरले यसअघि पनि भाडा नदिएको भन्दै जग्गाधनी राजीपुरका गौरीशंकर सापकोटाले पाँचपटक नेटवर्क अवरुद्ध गरेको बताए । यसपटक पनि सोही समस्या दोहोरिएको उनको भनाइ छ । जग्गाधनी सापकोटाले ५ हजार रुपैयाँका दरले १६ महिनाको करिब ८० हजार रुपैयाँ एनसेलले आफूलाई नदिएको दाबी गरेका छन् । भाडा तिर्नका लागि पटक–पटक आग्रह गर्दापनि एनसेलले कुनै वास्ता नगरेकाले नेटवर्क अवरुद्ध गर्न बाध्य भएको सापकोटाको भनाइ छ । एक हप्तादेखि एनसेलको नेटवर्क अवरुद्ध हुँदा कतिपयले नमस्तेको सिमको जोहो गर्न थालिसकेको बताएका छन् ।