आजको मौसम: देशको अधिकांश स्थानमा वर्षा, केही स्थानमा चट्याङको सम्भावना
काठमाडौं । अहिले (शुक्रबार बिहान) देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशका धेरै स्थानमा चट्याङसहित पानी पर्ने तथा पश्चिमका एकरदुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
२४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले भनेको छ स् पहाडी भूभागमा पहिरो जानसक्ने, हवाई तथा तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानिको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु हुन अनुरोध छ।
महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंमा रातिदेखि नै वर्षा भइरहेको छ। बितेको १८ घण्टामा उपत्यकामा १३.५ मिलिमिटर वर्षा भएको छ।
‘अझै यो वर्षा ३ घण्टाजति जारी रहने सम्भावना छ,’ उनले भनिन्, ‘त्यसपछि खुल्ने सम्भावना छ।’
तर साँझपख पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन्।
‘न्यून चापीय रेखा औसत स्थान (भारत) मै छ,’ उनले भनिन्, ‘तर त्यो एकदमै सक्रिय भएका कारण त्यसको प्रभाव नेपालमा पनि परेर वर्षा भएको हो।’
यस्तो छ आजदेखि तीन दिनसम्मको मौसमी अनुमान
भाद्र २० गते शुक्रबार
दिउँसोः देशभर आंशकिदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
रातिः देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म साथै पश्चिम र मध्य भेगका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
भाद्र २१ गते शनिबार
दिउँसोः देशभर आंशकिदेखि सामान्यसम्म रही थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
रातिः देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। साथै मध्य र पश्चिमी भेगका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।
भाद्र २२ गते आइतबार
दिउँसोः देशभर आंशकिदेखि सामान्यसम्म बदली रही थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
रातिः देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। साथै पश्चिमी र मध्य भेगका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। मौसम पूर्वानुमान महाशाखा
शिक्षक लाइसेन्स परीक्षाः मेसिनबाटै उत्तरपुस्तिका जाँच्ने आयोगको निर्णय
काठमाडौंः शिक्षक सेवा आयोगले वस्तुगत खण्डको उत्तर पुस्तिका परीक्षणको काम मेसिनबाट गर्ने भएको छ। अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाबाट आयोगले पहिलोपटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको प्रयोग गर्ने भएको हो। मेसिनबाट परीक्षण गरिने उत्तर पानालाई मोड्न वा कुच्याउनु हुँदैन। त्यस्तो पानाको उत्तर मेशिनले पढ्न नसक्ने हुँदा परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको की वा सेट आफ्नो वस्तुगत उत्तर पानाको क, ख, ग वा घ मध्ये कुनै एकमा रहेको गोलाकार संकेतमा मसी भरेर चिन्ह लगाउनुपर्ने हुन्छ। यस्तै उत्तर दिँदा पनि कुनै एक उत्तरमा उसैगरि मसी भर्नुपर्ने हुन्छ। वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक उत्तरको लागि २० प्रतिशत अँक कट्टा गरिने आयोगले जनाएको छ। परीक्षालाई चुस्त र परीक्षणमा त्रुटि कम गर्ने तथा लाग्ने समय बचत गरी छिटो नतिजा निकाल्न प्रविधिको प्रयोग गर्ने निर्णय गरेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । यसअघि नै शिक्षा मन्त्रालयले एमविविएस परीक्षाको कापी परीक्षण गर्नका लागि ल्याएको मेसिन खाली रहेकोले आयोगले त्यही मेसिनको प्रयोग गर्ने भएको हो। त्यसका लागि आवश्यक पर्ने प्रश्न तयारीको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। यसको प्रयोगका बारेमा परीक्षार्थीलाई आवश्यक जानकारी गराइने उनले बताए। ‘यो प्रविधि संसारले प्रयोग गर्दै आएको प्रविधि हो, आयोगलाई पनि समय सापेक्ष रुपमा प्रविधिमैत्री बनाउने हाम्रो प्रयास हो, यसबाट परीक्षणको समय बचत हुने मात्रै होइन, परीक्षणमा हुने त्रुटि पनि घट्छ, विद्यार्थीलाई न्याय हुन्छ’ उनले भने, ‘नेपालमा पनि यस अघि लोकसेवा आयोग, एमविविएसको परीक्षाहरुमा मेसिनको प्रयोग हुँदै आएको छ।’ लाइसेन्सको परीक्षा असोज ९ गतेदेखि ११ गतेसम्म गर्ने गरी आयोगले मिति तय गरेको छ। प्राथमिकको ९ गते माध्यमिकको १० गते र निम्न माध्यमिकको ११ गते गर्ने र सबै परीक्षा बिहान ८ बजेबाट शुरु गर्ने गरी आयोगले मिति तय गरेको हो। गत असार २ गते परीक्षा मिति विना लाइसेन्सको विज्ञापन खोलिएको थियो। विज्ञापनको ५३ औं दिनमा बिहीबार बल्ल आयोगले परीक्षा मिति तय गरे पनि परीक्षा सञ्चालन हुने जिल्ला र केन्द्र भने अझै तय गरेको छैन। भदौ १५ गते मात्रै केन्द्र सार्वजनिक गर्ने आयोगले जनाएको छ। तीन घण्टाको उक्त परीक्षा अवधिमा वस्तुगतका लागि ४० मिनेट निर्धारण गरिएको छ। उक्त समयअघि नै वस्तुगत प्रश्न हल गरी बुझाएमा विषयगत प्रश्न उपलब्ध गराउने आयोगले जनाएको छ। विषयगततर्फ शिक्षण कला सम्बन्धि खण्ड क र सामान्य पेशागत ज्ञान सम्बन्धि प्रश्न खण्ड ‘ख’मा आउने र यी दुई खण्डको उत्तर अलग अलग उत्तर पुस्तिकामा लेख्नुपर्ने छ।
पिकअप र ट्रक ठोक्किँदा ५ बालबालिकासहित ९ को मृत्यु
हापुड, भारत । उत्तर प्रदेशको राष्ट्रिय राजमार्गमा ठूलो दुर्घटना भएको छ । शनिवार साँझ उत्तर प्रदेशको दिल्ली जोडने हाइवे हापुड नजिकै दुर्घटा भएको थियो । भीषण दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुलाई निजि अस्पताल लगिएको छ । पिकअपमा रहेका मानिसहरु विवाहबाट घर फर्किँदै गरेको बेला एउटा क्यान्टर ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो । विपकअपमा २५ जना रहेका थिए । घटनापछि राजमार्गमा लामो जाम लागेको थियो । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ । File Photo
लगानी हामी गर्छौ सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ – गण्डकी प्रदेश समन्वय परिषद कतार
दोहा,असार १३।वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका गण्डकी बासिले स्वदेशमा लागानी गर्न इच्छुक रहेको भन्दै त्यसको सुरक्षा सुनिश्चित हुनुपर्ने बताएका छन्। गण्डकी प्रदेश समन्वय परिषद कतारले शुक्रबार आयोजना गरेको अन्तरक्रीया कार्यक्रम बोल्दै सहभागीले जलविद्युत संगै थुप्रै क्षेत्रमा लगानी गर्न सकिने भए पनि आफनो गरेको लागानिको ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन्। कार्यक्रममा हाम्रो अभिभारा-समृद्ध गण्डकी प्रदेश भन्ने मुल नारा सहित स्थापित परिषदको लगानी बोर्ड बारेमा लगानी बोर्डका संयोजक समेत रहेका परिषद अध्यक्ष हंसराज ढकाल क्षत्रीले जानकारी दिएका थिए। अध्यक्ष ढकालले गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुमा लगानीका संभावना र चुनैतीहरु बारे जानकारी गराउदै जलविद्युतको लगानी पहिलो रोजाइ रहेको भए पनि पर्यटन तथा कृषि उत्पादनमा पनि थुप्रै संभावना रहेको बताएका छन्। कार्यक्रममा सहभागीले उपयुक्त योजना छनोट गरेर कम्पनी तयार गरि सामुहिक लगानी गर्न सकिने भन्दै त्यसको आवश्यक तयारी गर्न सुझाव दिएका थिए । कार्यक्रममा संस्थाका महासचिव रामजी खत्रीले परिषदको २०१९-२० कार्यकालको लागि तयार पारिएको कार्यपत्र बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख सल्लाहकार आश बहादुर गुरुङ, सल्लाहकार भुपती भट्टराई, बिधान मस्यौदा समितिका निवर्तमान संयोजक बिल गुरुङ, परिषद सदस्य एवं एनआरएन ए कतारका महासचिव बुधवल गुरुङ, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, गोर्खा सेवा समाजका अध्यक्ष राजेश्वर ढकाल, लमजुङ सेवा समाजका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ, ब्यबसायी लक्षण चौलागाईं लगाएतले आफ्नो सुझाव राखेका थिए। गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले स्वागत र महासचिव रामजी खत्रीले संचालन गरेका थिए भने कार्यक्रमको सहजिकरण सल्लाहकार होमनाथ शर्मा र कार्यपत्र तयारी समितिका सदस्य सन्तोष क्षत्रीले गरेका थिए।
नतिजा प्रकाशनमा अनियमितता गरेको भन्दै त्रिवि सेवा आयोगमा वैद्य–विप्लवका विद्यार्थी संगठनद्वारा तालाबन्दी
काठमाडौं, वैशाख ३० । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै विद्यार्थी संकगठनले दालाबन्दी गरेका छन् । नेत्र विक्रम चन्द विप्लव र मोहन वैद्य किरणको पार्टी निकट विद्यार्थी संगठनले सोमबारआयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालबन्दी गरेका हुन् । नतिजा प्रकाशनमा भएको अनियमितता विरुद्द अखिल क्रान्तिकारीले संयुक्त रूपमा तालाबन्दी गरको वैद्य निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्ष संघर्ष दाहालले जानकारी दिए। हालै प्रकाशित गरिएको नतिजा खारेज गर्नुपर्ने, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने माग रहेको दाहालले जनाए। उनले माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि जानकारी दिए। कार्यालयमा उतीर्ण भएकाहरूको अन्तवार्ता हुँदैगर्दा अखिल क्रान्तिकारीका नेताहरू दाहाल, कुमार बर्तौला र शुलभ वैद्यले तालाबन्दी गरेका हुन्।
तीन विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)
काठमाडौं, वैशाख २९ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत (खुल्लातर्फ) विभिन्न विषयको लिखित परीक्षाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिबार एक सूचना जारी गर्दै मावि तहको सााजिक, नेपाली, गणित विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । साविक पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको सामाजिक विषयको र मध्यमाञ्चलको गणित र नेपाली विषयको पुनर्योग नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
अब बालबालिकालाई खाजा होइन, अभिभावकलाई नगद दिइने
काठमाडौं, वैशाख २६ । सरकारले नीति तथा कार्यक्रममा विद्यालय तहका बालबालिकालाई पोषण दिने भने पनि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षाका लागि खाद्य कार्यत्रममार्फत उपलब्ध गराइँदै आएको दिवा खाजा कटौती गरिएको छ । विद्यार्थी टिकाइराख्न ‘दिवा खाजा’ प्रभावकारी उपायका रूपमा अघि बढाइएको थियो। यसकै लागि राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सहयोगमा २०५२ सालदेखि ‘शिक्षाका लागि खाद्य परियोजना’ सुचारु छ। सम्झौताअनुसार परियोजना सन् २०२२ सम्म माक्र रहनेछ। शिक्षाका लागि खाद्य कार्यत्रम अहिले ११ जिल्लाका सीमित विद्यालयमा मात्र छ। कार्यक्रमका कार्यकारी निर्देशक डा. भोजराज काफ्लेले बालबालिकालाई पौष्टिक आहारको व्यवस्था क्रमशः घटेको बताए। ‘सरकारको नीति तथा कार्यक्रममा पोषणको विषय उल्लेख छ,’ उनले भने, ‘डब्लूएफफीको सहयोगमा सुचारु कार्यक्रम त्रमशः घटेको छ । सायद सरकारले स्थानीय सरकारमार्फत व्यवस्था गर्न सक्छ।’ यसअघि बालबालिकालाई दिवा खाजाका रूपमा पिठोको हलुवा बनाएर दिइन्थ्यो । गत वर्षबाट पोषणयुक्त चामल (फोर्टिफाइड राइस) को खाजा उपलब्ध गराइँदै आएको छ । उक्त खाजा चामल भिटामिन, मिनरलयुक्त हुने दाबी गरिएको छ । विद्यार्थीले खाजाका रूपमा हरेक दिन ८० ग्राम चामल, २० ग्राम दाल, दस ग्राम वनस्पति तेल, दुई ग्राम आयोडिनयुक्त नुन पाउँदै आएका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २५ मा दिवा खाजासम्बन्धी व्यवस्था उल्लेख छ । मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले विद्यार्थी टिकाइराख्न विभिन्न मोडेलको अध्ययन भएको बताए। त्यसनिम्ति दिवा खाजालाई नगद मोडेलमा अघि सारिएको उनले जनाए। ‘बालबालिकालाई विद्यालयमै खाजा पकाएर दिने व्यवस्थाको सट्टा अभिभावकलाई नगद दिएर छोराछोरीलाई घरबाटै खाजा व्यवस्था गराउने नीति लिइएको छ,’ मन्त्रालयका प्रवक्तासमेत रहेका अर्यालले भने, सरकार स्वयंले नगद मोडेलमा विद्यार्थी खाजा कार्यक्रम व्यवस्था गर्नेछ।’ झन्डै ९ वर्षदेखि परीक्षणका रूपमा दिवा खाजाको सट्टा ‘नगद मोडेल’ अघि सारिएको हो । शिशु कक्षादेखि ५ कक्षासम्मका बालबालिकाले खाजाको सट्टा एकमुष्ट नगद पाउनेछन्। कर्णाली (अञ्चल) का पाँच जिल्लाका १ लाख ९१ हजार ४ सय ३२ बालबालिकाले दैनिक २० रुपैयाँ पाउँछन् । त्यसबाहेक अरू जिल्लाका बालबालिकाले दैनिक १५ रुपैयाँका दरले पाउँछन् । वार्षिक पठपाठन हुने १ सय ८० दिनका निम्ति उक्त कार्यत्रम लागू छ । ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन बाँकी रहेको अर्यालले बताए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
रुघाखोकीबाट हुम्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो, २ सय सय बिरामी
काठमाडौं, बैशाख १५ । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन, पैदल जान तीन दिन लाग्छ, त्यसैले सरकारले डाक्टर र औषधि पठाएको छैन । जनताका लागि औषधि र स्वास्थ्यकर्मी पुर्याउन सरकारले हेलिकोप्टरसमेत व्यवस्था गर्न सकेको छैन । महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीय जगत शाहीले बताए । गाउँपालिका प्रमुख बागदल मल्लले एक दर्जन बस्तीमा रोग फैलिएको जानकारी दिए । उनले संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको बताए । मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ । पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको उनले बताए । अझै हिँडेन स्वास्थ्यकर्मीको टोली विकट ताँजाकोटमा नौजनाको ज्यान गइसक्दा पनि औषधि र विज्ञसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको छैन । प्रदेश सरकारले शनिबार नेपालगञ्जबाट बाजुराको कोल्टीसम्म जहाजमा जाने र त्यहाँबाट पैदल पठाउने गरि शनिबार औषधि र उपकरणसहितको स्वास्थ्यकर्मी टोली खटाएका थियो । कोल्टीबाट पैदल ताँजाकोट पुग्न एक दिन लाग्छ । तर, प्रतिकूल मौसमका कारण कोल्टीका लागि जहाज उड्न नसकेपछि टोली नेपालगञ्जबाट अघि बढ्न सकेन । कर्णाली प्रदेश स्वास्थ्य महाशाखाका महामारी सम्पर्क व्यक्ति श्याम आचार्यको नेतृत्वमा डा। टेकराज भट्टराई र एकजना ल्याबका कर्मचारी साँझ सुर्खेत नै फर्किएको प्रदेश महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । गृहले हेलिकोप्टर पठाए आइतबार जाने सुर्खेतबाट औषधिसहित चिकित्सकको टोली ताँजाकोट ल्याउन हेलिकोप्टर उपलब्ध गराइदिन हुम्ला जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ । गृहजिल्ला हुम्ला पुगेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले हेलिकोप्टरका लागि सिडिओमार्फत पहल गरेका हुन् । तर, गृहले शनिबार अबरेसम्म पनि हेलिकोप्टर उपलब्ध गराउने निश्चित नगरेको खबर प्राप्त भएको प्रदेश महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । यो समाचार नयाँ पत्रिकाबाट लिइएको हो ।
मेलम्चीकाे समस्या धेरै दिन रहन्न- खानेपानी मन्त्री मगर
काठमाडौं,,५ वैशाख । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्नुभयो, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’ जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उहाँले बताउनुभयो । भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिनुभयो । वार्षिकोत्सव समारोहमा बोर्डको परिसरमा रहेको पोखरीमा माछा हालेर र बेलुन उडाएर उहाँले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पु-याउन सरकार लागिरहेको जानकारी दिनुभयो । सचिव शर्माले भन्नुभयो, ‘ उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाईरहेका छन् । दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । ९० प्रतिशत जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’ भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरु योजना बनाईरहेको जानकारी दिनुभयो । उपत्यका भित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैयाहरुको संरक्षण र सम्बद्र्धनका लागि बोर्ड योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताउनुभयो ।
९ महिना भित्र गरे ४४ जनाले आत्महत्या
राजविराज, चैत २५ । यस वर्षको नौ महिना अवधिमा हालसम्ममा ४४ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म सप्तरीमा महिला २३ र पुरुष २१ गरी कुल ४४ जनाले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । पछिल्लो फागुन र चैत महिनामा मात्र झुण्डिएर र विष सेवनगरी १५ जनाले ज्यान गुमाएका छन । तीमध्ये ११ पुरुष र चार महिलाले ज्यान गुमाएको तथ्याकंमा उल्लेख रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए। जिल्लामा आत्महत्याको घटनामा वृद्धि भइरहेको बेला आइतबार थप एक यूवाले आत्महत्या गरेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी २१ वर्षिय घनश्याम यादवले आत्महत्या गरेका हुन् । आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । स्विटरको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रहरीका अनुसार आत्महत्याका अधिकांश घटना प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानमा खुलेको छ । गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्या गरेको अनुसन्धानमा पाइएको छ । उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भार थेग्न नसक्दा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको संख्या उल्लेृख्य मात्रामा रहेको छ । यो समाचार आजको गोर्खापत्र अनलाइनले छापेको छ ।
आजै थप ४ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं, चैत ८ । शिक्षक सेवा आयोगले शुक्रबार अस्थायी शिक्षकको ७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै काठमाडौं, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, नुवाकोट, भक्तपुर र ललितपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– काभ्रेपलाञ्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् नुवाकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भक्तपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ललितपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् काठमाडौंको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् चितवनको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मकवानपुर को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपाल १–० गोलले अगाडि (LIVE )
काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनल श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा १ गोलको अग्रता बनाएको छ । नेपालका लागि पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाइन् । गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।
विवाहको खर्च कटाएर शिक्षामा ५ लाख सहयोग
रुकुम, फागुन १५ । मुसिकोट नगरपालिका–१ सल्लेका नरेन्द्र विक र नेपालगन्जकी रीना राईले विवाहको खर्च कटाएर शैक्षिक विकासमा पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । आइतबार सरस्वती मावि सल्लेमा सामान्य कार्यक्रम गरी विक र राईले अन्तर्जातीय प्रगतिशील विवाह गरेका थिए । विप्लव नेतृत्वको नेकपाको रुकुम पूर्वका सेक्रेटरीसमेत रहेका विकले समाजलाई सकारात्मक सन्देश दिन विवाहमा लाग्ने खर्चले शैक्षिक क्षेत्रमा सहयोग गरेको बताए । नवदम्पती विक र राईले चार लाख नगद र शैक्षिक सामग्री गरी पाँच लाख रुपैयाँ स्थानीय दुईवटा विद्यालय तथा तीनजना विद्यार्थीलाई सहयोग गरेका हुन् । उनीहरूले सरस्वती मावि सल्लेलाई १ लाख ५१ हजार नगद र करिब १ लाख रुपैयाँबराबरको शैक्षिक सामग्री तथा वीर बलभद्र मावि थवाङ रोल्पालाई एक लाख नगद सहयोग गरेका छन् । त्यसैगरी, उच्च शिक्षा अध्ययनका लागि सहिदपुत्री थवाङ रोल्पाकी सिजमाया घर्ती, दाङकी असहाय हेमकुमारी पुन र मुगुकी गरिब तथा जेहेनदार विद्यार्थी बालकेश नेपालीलाई जनही नगद ५० हजार रुपैयाँ सहयोग गरेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
स्तनको आकार बृद्धि गर्न सकिन्छ ?
काठमाडौं, डा. राजेन्द्र भद्रा । म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले हेर्छन्, जसका कारणले मैले एकपटक आत्महत्या गर्ने प्रयास समेत गरें । म जसरी भए पनि यो समस्याबाट मुक्त हुन चाहन्छु । के गर्ने होला ? ब्रेस्ट सर्जरी गर्न कति खर्च लाग्छ ? स्तनको विकास स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत: दुई–तीन वर्ष चाँडो–ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति (shape) आयतन (size) लाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ । पहिलो चरण : यो किशोरावस्था भन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ । दोस्रो चरण : Bud जस्तो देखा पर्छ, यो चरणमा स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ । तेस्रो चरण : स्तन अझ बढ्ने र ग्रन्थिय तन्तु (glandular tissue) बन्ने क्रम जारी रहन्छ । चौथो चरण : Areola र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुन्छ । पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, Areola स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने । पूर्ण विकसित स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । व्यक्तिको वजन बढी भए यसको आकार पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिं स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिंदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनलाई । स्तनको आकार र आयतनको महत्व तपाईंले भन्नु भएजस्तै यसको आफ्नै प्रकारको महत्व छ । स्तनले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूमा स्वास्थ्य भन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने पाइएको छ । तपाईंको चिन्ताको मूल जरो पनि यही हो । अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक देखाइएको हुन्छ त्यसो गर्न त्यति सजिलो पनि छैन, कतिपय स्थितिमा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमव्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्र जस्तै हुनुपर्छ भन्ने छैन । स्तन सानो हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता नरहने वा शिशुलाई स्तनपान गराउन असक्षम हुने होइन । केही पुरुष ठूला स्तनप्रति आकर्षित हुने भए पनि वास्तविक यौन क्रियाका बेला स्तनको आयतनलाई नै सुखमय यौन जीवनका लागि मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु र आत्महत्याको प्रयास त के सोच आउनसम्म दिनु बुद्धिमानी होइन, तर तपाईंले यसलाई निको पार्ने सोच राख्नुभएको कुराले भने म उत्साहित छु । स्तनको विकास नहुने कारण र महिनावारी नियमित नहुनुको संकेत हामीलाई थाहै छ, किशोरावस्थामा विभिन्न शारीरिक परिवर्तनहरू हुन्छन् । तपाईंले स्तन तथा महिनावारीको बाहेक सहायक यौन चिन्हहरूका बारेमा भने केही लेख्नुभएको छैन । १४ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु वा यौनकेश (यौनाङ्ग वरिपरि रौं) नआउनु वा १६ वर्ष सम्म महिनावारीको सुरुवात नहुनु, स्तनको विकास हुन थालेको ५ वर्ष पछिसम्म पनि महिनावारी नहुनुले तपाईंको यौवनावस्थामा प्रवेश हुने कुरामा ढिलाइ भएको संकेत गर्छ । यसरी यौवनावस्था सुरु हुने कुरामा ढिलाइ हुनुका अनेक कारण हुन सक्छन् । कुनै दीर्घरोग, कुपोषण वा वंशाणुमा भएका खराबी अनि हार्मोन (पिटयुटरी वा थाइराइड) मा भएका खराबी त्यसका कारण हुन सक्छन् । तपाईंले यस विषयमा केही पनि जानकारी दिनुभएको छैन, त्यसमा पनि चिकित्सकले तपाईंको समस्याका बारेमा के भन्नुभयो, जानकारी दिनुभएको छैन । तपार्इंका आमा वा दिदी–बहिनीमा पनि यस्तो समस्या भए/नभएको कुरा पनि पत्रमा केही उल्लेख छैन । समाधान के होला त ? यदि यौनावस्थाको सुरुवातमा ढिलाइ भएको हो भने त्यसको कारण अनुसार उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्याका लागि चिकित्सक त्यसमा पनि हार्मोनसम्बन्धी विशेषज्ञ (Endocrinnologist) सँग सम्पर्क राख्नु उपयुक्त हुन्छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले विकसित मुलुकहरूमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको आफ्नै कतिपय नकारात्मक असर पर्न थालेको देखिएको हुनाले त्यसका वैकल्पिक उपायहरूको अवलम्बनका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ । तपाईंलाई थाहै छ कि भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न जान्छ र सुन्दरतामा वृद्धि हुन्छ । यसै किसिमले स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन केही ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि पाइन्छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगाबाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो वा होइन भन्न सकिंदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी देखाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ । साप्ताहिकबाट
डीएनए परीक्षण गराउन निर्मलाकी आमाले दिइन् रगतको नमूना
कन्चनपुर, पुस २५ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले आफ्नो डीएनए परीक्षण गराउन रगतको नमूना दिएकी छन् । निर्मलाको ‘भजाइनल स्वाब’को डीएनए वास्तविक भएनभएको पुष्टि गर्न डीएनए परीक्षण गराउन लागेको उनले बताइन् । बुधबार रगतको नमूना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्मलाको हत्या भएको ६ महिना बितिसके पनि अझै वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । अनुसन्धानकाक्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिसकेको छ ।
सवारीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
दाङ, पुस २५ । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गएराति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन् । बुढाको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा राखिएको छ । रासस