धुर्मुस–सुन्तलीको सल्लाहः रक्सी खाने पैसाले बीमा गर्नुस्
डोटी, पुष २२ । सामाजिक अभियन्त्ता तथा हास्य कलाकारद्वय सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे (सुन्तली) डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा आउने भनेपछि दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो ।
एकाएक चौरको मञ्चमा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हास्यव्यङ्ग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दिपायल पिपल्लाका दर्शकको तालीको गड्गडाहट सुनियो । दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साधुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेको भन्दै कलाकारले व्यङ्ग्य गरे।
‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भने, “रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।” महिलालाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गरे ।
दोस्रो पटक डोटीमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गरेका थिए । धुर्मुस र सुन्तलीका कुरा सुनेर हजारौँ दर्शकले आफ्नो जीवन बीमा समेत गराएका छन् । रासस
निर्मला हत्या अनुसन्धानमा फेरि गयाे अर्काे प्राविधक टाेली
महेन्द्रनगर : निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको सूक्ष्म अनुसन्धान गरिरहेको मानवअधिकार आयोगले प्राविधिकसहितको विज्ञ टोली गठन गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेशका निर्देशक झंकर रावलले विज्ञ टोलीले कञ्चनपुर पुगेर प्रहरीले गरिरहेको अनुसन्धान र अन्य प्राविधिक विषयमा जानकारी लिएको बताए। ‘यो अपराध अनुसन्धान गर्ने टोली भने होइन’, उनले भने, ‘आयोगले मानवअधिकारका दृष्टिबाट गर्नुपर्ने अनुसन्धानको पाटोमा हेर्ने प्राविधिक विज्ञ सहितको टोली गठन गरेर पठाएको हो।’ तथ्य केलाउने, प्रहरीले अनुसन्धानका लागि तयार पारेका प्रमाणलगायत के–कसरी गरिएको रहेछ ? त्योसमेत हेर्ने काम प्राविधिक विज्ञ टोलीले गरेको छ। टोलीका संयोजक पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठकले टोलीले घटनास्थल पुगेर आवश्यक अध्ययन र परामर्श गरेको बताए। ‘हामीले जिल्लामा पुगेर मानवअधिकारको दृष्टिबाट काम भए÷नभएको हेरेका छौं’, उनले भने, ‘अहिले निर्मला पन्तको बलात्कार र हत्याको घटना र भविष्यमा कुनै घटना भए त्यसमा अपनाउनुपर्ने सजकताका लागि समेत ध्यान दिन खोजिएको हो।’ टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मलाको शव भेटिएको घटनास्थल, पीडित परिवार, सरोकारवाला निकायलगायतसँग समेत भेट गरेर आवश्यक अध्ययन गरेको छ। ‘अहिलेको अनुसन्धान प्रहरीले कसरी गरिरहेको छ, मानवअधिकारको दृष्टिकोणबाट त्यो पनि हेरिएको छ’, संयोजक पाठकले भने, ‘घटनास्थलको प्राविधिक पाटो र अनुसन्धानका अन्य पाटोसमेत प्राविधिक तवरले अध्ययन गरिन्छ।’ टोली सदस्यसमेत रहेका शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विभाग प्रमुख डा. हरिहर अवस्थीले पोस्टमार्टम, भजाइनल स्वाब संकलन गर्दा के–कसरी गरिएको थियो भन्नेबारे समेत टोलीले हेरेको बताए। उनका अनुसार पोस्टमार्टम गर्ने महाकाली अञ्चल अस्पतालका चिकित्सकसँग समेत छलफल गरिएको छ। अन्नपूर्ण दैनिकबाट
तिलकसिंह पेलाले गाए ‘मोरा साँवरा…!’
काठमाडौँ, कार्तिक २७ । लामो समय संगीत बजारबाट टाढा रहेका गायक-सङ्गीतकार तिलकसिंह पेलाले ‘प्रीत लगा के गयो रे…’ बोलको हिन्दी भाषाको गीत रेकर्ड गराएका छन् । ५० को दशकमा ‘आँसु’ गीती एल्बममा संग्रहित ‘लुकाउन खोज्दा पनि…’, ‘कुल्चेर मेरो फूल..’ जस्ता गीत गाएर चर्चामा आएका गायक तिलकसिंह पेला लामो समय शास्त्रीय संगीतको साधनामा व्यस्त रहेपछि ओझेलमा रहेका थिए । लगभग दुई दशकपछिको मौनता तोड्दै उनी फेरि नेपाली सांगीतिक बजारमा आउने तयारीमा जुटेका हुन् । मङ्गलबार राजधानीको अनामनगरस्थित म्युजिक नेपालको स्टुडियोमा पेलाले दुई गीत रेकर्ड गराए । उनले ‘निर्जन किनारसँग…’ र ‘प्रीत लगा के गयो रे मोरा साँवरा…’बोलका दुई गीत रेकर्ड गराएका छन् । यी दुवै गीतको रचना कृष्णसिंह पेलाले गरेका हुन् भने संगीत रचना गायक स्वयंको रहेको छ । दुबै गीतको संगीत एरेन्जको काम भने रिदम कँडेलले गरेका हुन् ।
कृषि विकास बैंकमा जेष्ठ नागरिक सहायता कक्ष संचालन
धनगढी, कार्तिक १५ । ‘समाजलाई सेवा लिन सजिलो हो्स’ भन्ने उद्देश्यले बिहीबारदेखि कृषि विकास बैंक शाखा कार्यालय कैलाली पुल धनगढीमा जेष्ठ नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ । यूवा शान्ति परिषद कैलालीले संचालनमा ल्याईएको उक्त सहायता कक्षको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन । यस शाखाबाट ५ हजारभन्दा बढीले स्थानीय तहबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्दछन् । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती नहोस् भनेर जेष्ठ नागरिक सहायता कक्षा संचालन गरिएको नगर प्रमुख नृपबहादुर वडले बताए । यहाँहरु प्रत्येक महिना बैंकमा लाईन बस्नुपर्छ भन्ने छैन नगरप्रमुख वडले भने, बैंक खातामा जमा भएको रकम जहिले आएर पनि बुझ्न वा झिक्न सकिन्छ । जेष्ठ नागरिकका लागि उभिएर लाईन बस्न नपर्ने गरि कुर्चीहरु राखिएका छन् युवा शान्ति परिषदका संयोजक प्रेम ढुंगानाले भने, बाहिर खडा गरिएको सहायता कक्षा चेक काट्ने, केवाईसी भर्ने, सल्लाह दिने, पानी खुवाउने काम गरिने छ । यसका लागि युवा शान्ति परिषदले स्वयंसेवकहरु खटाएको छ । कृषि विकास बैंक कैलाली पुल शाखाका प्रवन्धक डम्बरसिंह गुरुले जेष्ठ नागरिक सहायता कक्षले जेष्ठ नागरिकलाई राहत पुग्ने बताए । उनले भने, सबै वडाका जेष्ठ नागरिकलाई सजिलो होस भनेर सामाजिक सुरक्षाभत्ता बुझ्ने ब्यबस्था मिलाएका छौं ।
कृषि, पर्यटन, जलस्रोत विकासमा स्पेनको अनुभव अनुकरणीय
काठमाडौँ, असोज २६ । कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रको नवीनतम प्रवद्र्धनमा नेपालले स्पेनबाट धेरै ज्ञान लिन सक्ने धारणा विज्ञहरुले औँल्याएका छन् । युरोपिनय युनियनमा फ्रान्सपछि दोस्रो आर्थिक समृद्धि हासिल गरिरहेको स्पेनले आफ्नो जनसङ्ख्या भन्दा बढी विदेशी पर्यटक भित्र्याउन गरेको उदाहरण शुक्रबार यहाँ आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीले कृषि क्षेत्रमा गरेका यान्त्रिकीकरण तथा ऊर्जा (जलस्रोत तथा वैकल्पिक) क्षेत्रमा स्पेनले गरेको विकासबाट नेपालले ज्ञान लिनुपर्ने सुझाव समेत दिए । स्पेनको जनसङ्ख्या करीब चार करोड ६४ लाख पुगेको छ । उसले वार्षिकरुपमा आठ करोड पर्यटक भित्र्याउने गर्दछ । साढे जुुधाई जात्रा विदेशी पर्यटकलाई आकर्षण गर्ने जात्रा बनिरहेको छ । स्पेनको क्याटलोनीय र बार्सिलोना शहर प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । कृषि क्षेत्रमा जैतुनको तेल उत्पादन गर्ने विश्वको धनी देश स्पेन नै हो । उसको करीब पाँच लाख वर्गकिलोमिटर जमीनमा कृषि उत्पादन हुने गर्दछ । साथै ऊर्जा क्षेत्रमा पनि स्पेन धनी रहेको छ । पूर्वसचिव एवं परराष्ट्रविद् डा मदन भट्टराईले नेपालले स्पेनबाट विशेष गरी कृषि, पर्यटन र ऊर्जा विकासका क्षेत्रबाट ज्ञान लिनुपर्ने धारणा राखे । सङ्घका संरक्षक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले पर्यटनका माध्यमबाट स्पेनले आर्थिक समृद्धिमा हासिल गरेको चर्चा गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा सरकारले विशेष लगानी गर्नुपर्छ भने । काठमाडौं महानगरपालिका र स्पेनको मेड्रिक शहरका बीच भगिनी सम्बन्ध समेत कायम भएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष वासुदेव गिरी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, कृष्ण अर्याल तथा महासचिव कृष्ण अर्यालले नेपाल स्पेनबीचका विविध क्षेत्रमा जानकारी दिएका थिए । उनीहरुले दुवै मुलुक लाभान्वित हुने गरी आगामी दिनमा व्यापार, उद्योग तथा पर्यटन विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए । रासस
मलेशियामा मृत्यु भएका १३ नेपालीको सम्झनामा दूतावास द्वारा शोक सभाको आयोजना
मलेसिया,असोज २३। बिषादियुक्त मदिराको सेवनबाट मलेशियामा ज्यान गुमाएका १३ जना नेपालीको सम्झनामा नेपाली दूतावास मलेशियाले शोक सभाको आयोजना गर्ने भएको छ। गत असोज १ गते देखि मलेशियाका विभिन्न ठाउँमा बिषाक्त मदिराको सेवन बाट असोज २३ सम्म १३ जना नेपालीले ज्यान गुमाएको पुष्टि गर्दै दूतावासले मृत्यु हुने नेेपालीको सम्झनामा आउँदो २६ तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको छ। वैदेशिक रोजगारीका लागि मलेशिया आएका नेपालीले अनाहकमा ज्यान गुमाएको देख्दा हामी निक्कै दुखित छौ ।त्यो एउटा ठुलो घटना थियो आगामी दिनमा हामी सबैलाई सचेत रहन आग्रह गर्छौ दूतावास स्रोतको भनाइ छ।
मोबाइल तथा इन्टरनेट प्रयोगमा नेपाल साउथ एसियामै अगाडि
काठमाडाैं, असाेज १८ । क्षेत्रीय आइसिटी नीतिको भण्डार लर्न एसियाले गरेको एक अध्ययनले नेपालमा मोबाइल तथा इन्टरनेटको पहुँच र यसका प्रयोगकर्तासम्बन्धी नयाँ तथ्यांक सार्वजनिक गरेको छ । भर्खरै सम्पन्न ‘आफ्टर एक्सेस’ नामक सर्वेक्षणले नेपालमा अन्य छिमेकी मुलुकहरुको तुलनामा मोबाइल तथा इन्टरनेट प्रयोगमा अग्र स्थानमा रहेको तथ्य सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनले ई–कमर्शको सुचाङ्कमा भने सो अवस्था नरहेको बताएको छ । अध्ययन प्रतिवेदन अनुसार, १५–६५ उमेर समूहका ७२ प्रतिशत नेपाली जनतासँग मोवाइल फोन रहेको छ । यी मध्ये ६० प्रतिशत फोनहरु इन्टरनेट चल्ने स्मार्टफोन छन् । साथै ४६ प्रतिशत नेपाली इन्टरनेटको बारेमा जानाकार छन् । यो तथ्य एसियाका मुलुकहरु भारत, पाकिस्तान, म्यानमार, वंगलादेश र कम्वोडियाभन्दा उच्च हो । अध्ययन सार्वजनिक गर्दै लर्न एसियाका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रीय आइसिटी नीतिका विशेषज्ञ हेलानी गलपाया भनिन, ‘नेपालमा इ–कमर्श विकासको ठुलो संभावना छ । यस क्षेत्रका सरोकारवालाहरु चेतना अभिवृद्धि तथा मोवाइल वित्तिय सेवा र इ–कमर्श वृद्धिका लागि सँगसँगै अघि बढ्नु पर्दछ ।’ अध्ययनमा केवल ३ प्रतिशत मोवाइल प्रयोगकर्ताहरुले कुनै वेला पैसा पठाउन र प्राप्त गर्न मोबाइल प्रयोग गरेको पाइएको छ । त्यस्तै केवल १५– ६५ उमेर समुहका २५ प्रतिशत नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले विभिन्न मञ्चहरुमध्ये कम्तिमा एउटाकोबारेमा जानकार रहेको पाइएको छ । यस समूहको मात्र ४ प्रतिशतले तीनिहरु मध्ये कुनैको प्रयोग गरेको बताए । यो संख्या सर्वेक्षण गरिएका धेरै एसियाली देशहरुको मध्ये न्यन हो । इन्टरनेट प्रयोग नगर्नुको मूख्य कारण यस सम्बन्धी चेतनाको कमी रहेको र बाँकी इन्टरनेत तथा मोबाइल प्रयोगमा भएको उपलब्धी अन्तरराष्ट्रिय पुरस्कार प्राप्त गर्न लायक कार्य भएको निष्कर्ष निकालिएको छ । यसले ग्लोवल साउथमा मोवाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र अन्य अनलाईन मञ्चहरुको पहुँच तथा प्रयोग सम्बन्धि ठोस तथ्याङ्क संकलन गरेको छ । मूख्य अनुसन्धानकर्ता तथा टोलीनेता गलपयाले भनिन्, ‘मोबाईल फोन तथा ईन्टरनेटमा उपलब्ध सूचना तथा तथ्याङ्कले राष्ट्रिय जनसंख्याको प्रतिनिधित्व गर्दैन । यो सरकार र अन्य निर्णयकर्ताहरुलाई अप्राप्त तथ्याङक हुन्छ ।धरातलीय यथार्थ बुझ्ने एकमात्र उपाय भनेको मान्छेसँग प्रत्यक्ष कुरा गर्नु हो । यो नै आफ्टर ऐक्सेसको मुख्य चरित्र हो।’ आफ्टर ऐक्सेस सर्वेक्षणको नेपाल विशेष नतिजाहरु क्षेत्रीय आइसिटि थिङ्क ट्याङ्कका रुपमा परिचित लर्न एसियाले काठमाडा्रंमा आज (अक्टोबर ४, २०१८) मा लोकार्पण सार्वजनिकरण गरेको छ । उक्त सार्वजनिकिकरण कार्यक्रममा प्रतिवेदनको सारांश र नेपालको अवस्थाको सम्बन्धमा प्यानल छलफल भएको थियो । यो कार्यक्रम लर्न एसिया, इन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलिजि ले संयुक्त रुपमा आयोजना गरेको थियो । सेन्टर फर ल एण्ड टेक्नोलोजी का कार्यकारी निर्देशक बाबुराम अर्यालले यो प्रतिवेदनले हाम्रो क्षेत्रको विकासको लागि आवशयक मूख्य बिषयको वारेमा प्रकाश पारेको बताए । उनले भने, ‘हामीले भविष्यका नीति निर्माण कर्ता तथा नियामक तथा औधोगिक नीतिनियमहरुका बारेमा सुचना दिन यो तथ्याङ्क प्रयोग गर्नुपर्छ ।’ कार्यक्रममा दुरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनल, संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुभास ढकाल, आइ एस ओ सि नेपालका अध्यक्ष सन्तोष सिग्देल, नेपाल टेलिकमकी व्यवस्थापक रिना डंगोल, भायानेट कम्युनिकेशनका प्रवन्ध संचालक विनय वोहरा, का प्रमुख कार्यकारी निर्देशक हेलानी गलपायाको सहभागिता रहेको थियो । साउथ एसिया संयोजक तथा कार्यक्रम सन्चालक उज्वल आचार्यले प्यानल छलफल मोडेट गरेका थिए । नेपालमा सात प्रदेशका १०० वडाहरुका २००० घरपरिवार तथा व्यक्तिहरुसम्म पुगेर यो सर्वेक्षण गरिएको थियो । नमुना संकलन विधि अपनाउदा १५–६५ उमेर समुहका देशभरीका मानिसहरुलाई लक्षित समूह मानि ९५ प्रतिशत गोपनीयता र ३.३ प्रतिशत मात्र सिमान्त त्रुटी हुने सक्नेगरी नमूना संकलन गरिएको थियो । अध्ययनका लागि आडिआर, क्यानडा, संयुक्त राज्यको डिएफआईडि फोर्ड फाउनडेशन तथा स्वीडिस इन्टरनेशन डेभलपमन्ट कर्पोरेशन एजेन्सीले आर्थिक सहयोग गरेका थिए । नेपालमा प्रयोग गरिएको विधि अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकाका अठारबाटै सर्वेक्षण कार्य सम्पन गरिएका देशहरु सँग तुलना योग्य छ । त्यसैले आफ्टर एक्सेस डाटावेस मोवाइल फोन र इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धि ग्लोबल साउथको उत्कृष्ट तथा पुर्ण डाटावेश हो । यस तथ्याङ्कमा ३८,००० जना घरपरिवार तथा व्यक्तिहरु सँग प्रत्यक्ष अन्तरवार्ता गरि संकलित सूचनाहरु समाविष्ट छन् । यस तथ्याङ्कले विभिन्न लैङ्गिक, ग्रामिण वा शहरी वसाई र उमेर जस्ता पक्षहरुलाई समेटेको छ । यस्ता छन् प्रमुख नतिजा एसियाका अन्य सर्वेक्षण गरिएका मुलुकहरुको तुलनामा १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्ताहरु लामो समय सम्म अनलाईन वस्ने गरेको पाईयो । धेरै जस्तो अर्थात ७८% प्रयोगकर्ताहरु १ वर्ष भन्दा वढी समयदेखी अनलाईन रहेको देखियो । केवल २२% गत वर्षवाट मात्र अनलाइन भएको भेटियो । जहाँ कि सो सख्या भारतमा ३३%, पाकिस्तानमा ५३% र कम्वोडियामा ४३% पाइयो । इन्टरनेट प्रयोगमा पुरुष र महिला बिचको भिन्नता ३३% पाइयो । जुन एसियाली मुलुकको तुलनामा अझै राम्रो देखिन्छ भने सर्वेक्षणमा समावेश गरिएका थोरै जसो मुलुकहरुको आर्थिक स्तर समान रहेको पाईयो । १५-६५ उमेर समुहका नेपाली इन्टरनेट प्रयोगकर्तामध्ये ४०% ले सो को अनुभव लिएको वताए तापनि २९% ले डाटा (data) को लागत मूल्य बढि हुने गरेको प्रष्ट पारे । ७७% इन्टरनेट चल्ने मोवाइल फोन भएका प्रयोगकर्ताले विभिन्न एप्सहरु प्रयोग गर्ने गरेको पाईयो । तिनिहरुमध्ये धेरैले म्यासेन्जिङ अथवा च्याट अथवा सामाजिक सञ्जाल चल्ने एप्सहरु वा सवै प्रयोग गर्ने गरेको वताए । सर्वेक्षण गरिएका मुलुकहरु मध्ये १५-६५ उमेर समुहको नेपाली इन्टरनेट प्रयोगकर्ताहरुले न्यून अनलाईन ह्यारेसमेन्ट अनुभव गरेको बताए । केवल ४% ले मात्र यस्तो अनुभव गरेको पाईयो जुन कम्बोडियामा २६% रहेको छ । समाजिक सञ्जालमा संप्रेषित समाचारको सम्बन्धमा अध्ययन गर्दा नेपालमा १५-६५ उमेर समुहका ५८% मोवाइल प्रयोगकर्ताहरुले यस्ता समाचारको पुर्ण विश्वास गर्ने वताए । यो संख्या अन्य सर्वेक्षण गरिएका मुलुकको तुलनामा अति उच्च रहेको छ ।
टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता
बैतडी, भदौ २ । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए । उनले भने, “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं” टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताए । गाउँपालिकाले टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ । १८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका सबै आठवटै वडाका वडा अध्यक्षलाई टुहुरा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । टुहुरा बालबालिकाको भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट रु दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ ।
पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टी सम्पन्न
नयाँ दिल्ली, भदौं १ । भारतका सन्त नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको अन्त्येष्टि गरिएको छ। अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उनको अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अविवाहित र कविको पनि पहिचान बनाएका नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको थियो। अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ। उनी भारतमा तीन पटक प्रधानमन्त्री बनेका थिए। उनको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको बताए। उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताए। वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १.३० बजेसम्म उनको पार्थिव शरीरलाई दीनदयाल उपाध्याय मार्गमा रहेको विजेपीको निवासमा राखिएको थियो। यसपछि उनको शवयात्रा निकालिएको थियो। शव यात्रामा लाखौँ नेता कार्यकता र शभचिन्तक सहभागी थिए। वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभागितालाई मध्यनजर गरेर शुक्रबार भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। पाकिस्तानका भावी प्रधानमन्त्री अर्थात तेहरिक इन्साफका नेता इमरान खानले पनि वाजपेयीको निधनप्रति दुःख व्यक्त गरे। उनले पाकिस्तान र भारतको द्विपक्षीय सम्बन्ध सुधारको प्रयासमा वाजपेयीको योगदानलाई अविस्मरणीय रुपमा सम्झना गरिने उनले आफ्नो ट्वीटरमा लेखेका थिए। त्यसैगरी भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले लाखौँ व्यक्तिले वाजपेयीलाई माया र सम्मान गर्ने बताए। उनले आफ्नो ट्वीटरमा भारतमाताले एक सपूत गुमाएको बताए। सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो । उनले कानपुरको डीएवी कलेजबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा एमए उत्तीर्ण गरेका थिए । पछि उनले एलएलबीको पढाई शुरू गरेपनि छोडेर विद्यार्थी कालदेखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लागेका थिए। महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू उत्प्रेरित भएको बताउने बाजपेयीले डा श्यामप्रसाद मुखर्जी र पं दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढेका थिए। भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रूपमा राजनीतिक नेतृत्व गरे। सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भए। सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल भए। सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बनेका वाजपेयी १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाले । सन् १९७७ देखि १९७९ सम्म भारतको विदेशमन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भए। उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराए। सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाए। त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र १९९६ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाए। तर त्यो केबल १३ दिनमात्रै रह्यो । उनले सन् १९९८ मा १३ महिना र सन १९९९ मा अप्रील १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपिए। वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो। त्यसपछि उनले राजनीतिबाट सन्यास लिएको घोषणा गरको थिए। रासस
अमेरिकामा विदेशी विद्यार्थीका लागि नयाँ नियम लागू, नेपालीसहित लाखौं प्रभावित हुने
अमेरिका, साउन २६ । अमेरिकाले विदेशी विद्यार्थीका लागि नयाँ कडा कडा नयान् नीति ल्याएको छ । अमेरिकामा अध्ययनरत विद्यार्थीले ‘स्टूडेन्ट स्टेटस’ (विद्यार्थीको हैसियत) उल्लंघन गरेको भोलिपल्टदेखि उनीहरुलाई अमेरिकामा बस्ने गैरकानूनी मानिने छ । भलै उनीहरुको भिषा अवधि बाँकी नै किन नहोस् । नयाँ नियम बिहीबार (९ अगस्त) देखि लागू भएको हो । नयाँ नियमसँग लाखौं विद्यार्थी प्रभावित हुने भएका छन् । यसअघिका नियममा जुन दिन अदालतले दोषी ठहर गथ्र्यो या आप्रवासी मामिला हेर्ने न्यायाधीश आदेश जारी गर्थे त्यसपछि अमेरिकामा बस्न गैरकानूनी मानिन्थ्यो । नयाँ नीतिका अनुसार १८० दिनसम्म अनाधिकृत रूपमा त्यहाँ बसेकालाई फेरि अमेरिका प्रवेशका लागि १० वर्षसम्म प्रतिबन्ध लगाइने छ । कुनै पिद्यार्थीले संस्थान (कलेज वा विश्वविद्यालय) मा पूरा समय दिएनन भने उनीहरुलाई स्टूडेन्ट स्टेटसको नियम उल्लंघन गरेको मानिने छ । अध्ययन सकिसकेपछि पाइने अतिरिक्त अवधि (ग्रेस पीरियड) भन्दा धेरै अमेरिकामा बस्न र अनाधिकृत रूपमा जागिर गर्नेहरु पनि अब सजायका भागीदार बन्ने छन् । अमेरिकामा सबैभन्दा धेरै चिनियाँ विद्यार्थी अध्ययनरत रहेको बताइन्छ । त्यसपछि भारतीय विद्यार्थी रहेको बताइन्छ । अमेरिकामा थुप्रै नेपाली विद्यार्थीहरु पनि अध्ययनरत छन् । नयाँ नियमको असर नेपाली विद्यार्थीमा पनि पर्ने निश्चित छ ।
युएईमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन दूतावासको आग्रह
युएई ,साउन १५ । नेपाली दूतावास युएईले गैर कानुनी रूपमा युएईमा कार्यरत नेपालीलाई युएई सरकारले ल्याउन लागेको आममाफी प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ। मंगलवार एक सूचना जारी गर्दै दूतावासले बिदेशी कामदारलाई लक्षित गरि युएई सरकारले आगामी अगस्ट १ तारीखदेखि अक्टोबर ३१ तारीखसम्म लागू हुने गरि सुरु गर्न लागेको आममाफी प्रक्रियामा सहभागी भएर बैधानिक बन्न वा स्वदेश फर्किन गैर कानुनी रूपमा कार्यरत नेपाली लाई अनुरोध गरेको छ। युएई सरकारले सुरु गर्न लागेको आममाफीको नयाँ नियम ३ महिना सम्मको लागि मात्रै भएको हुदा यथासिग्र आबस्यक कागजात र दस्तुर सहित दूतावासको कार्यलयमा सम्पर्क गारी स्वदेश फर्किन आवश्यक एक तर्फी यात्रा अनुमति पत्र वा नयाँ पासपोर्ट बनाउन दूतावासले सुचना मार्फत जानकारी दिएको छ। दूतावासद्वारा जारी सूचनामा गैर कानुनी रूपमा बसोबास गरेका नेपालीले नयाँ पासपोर्ट बनाउनका लागि पुरानो राहदानीको कपी ,नेपाली नागरिकताको कपी प्रहरी रिपोर्ट (पुरानो राहदानी हराएको अवस्थामा), राहदानी बनाउनको लागि दस्तुर नियमितको लागि दिरहाम २००, हराएरर बिग्रिएर राहदानी बनाउनु परेमा ४००र नाबालको लागि दिरहाम १००, उल्लेख गरेको छ । यस्तै एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्टका) लागि, पुरानो राहदानीको कपी भए पुग्नेछ भने यस्तो डकुमेन्ट निशुल्क जारी गरिने दूतावासले जानकारी दिएको छ।
पाकिस्तानमा आत्मघाती बम आक्रमण, १२८ जनाको मृत्यु
एजेन्सी, असार ३० । पाकिस्तानको दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १२८ जनाको ज्यान गएको छ । बलुचिस्तानको मास्तुङ्ग जिल्लामा भएको एक चुनावी र्यालीमा शुक्रबार आत्मघाती बम आक्रमण भएको हो । घटनामा सयौँ मानिस घाइते भएका छन् । पछिल्लो चार वर्षमा पाकिस्तानमा भएको यो सबैभन्दा ठूलो आक्रमण रहेको सरकारी अधिकारीले बताएका छन् । घटनामा ज्यान गुमाउनेमा आउँदो चुनावका लागि मास्तुङ्गबाट उठेका उम्मेदवार पनि रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । बलुचिस्तान अवामी पार्टीका नेता नवाबजादा सिराज रईसानीको पनि घटनामा ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । आक्रमण क्वेटी नेहसाना राजमार्गको उक्त पूर्व तथा क्वेटाबाट झण्डै ३५ किलोमिटर पर भएको हो । विस्फोटका लागि ८ देखि १० किलो विस्फोटक पदार्थ प्रयोग भएकाले ठूलो क्षति भएको हो । सिराज रईसानी बलुचिस्तानका पूर्व मुख्यमन्त्री नवाब असलम रईसानीका भाइ हुन् र आउँदो चुनावका लागि सिराजले असलम विरुद्ध नै उम्मेवारी दिएका थिए । उनले गरेको चुनावी र्यालीमा आक्रमण भएको हो र धेरैको ज्यान गएको छ ।
एनआरएनए युएईको पहलमा दुई महिलाको उद्दार
युएई ।युएईमा लामो समय देखि दलालले बन्धक बनाइ राखेका दुई नेपाली महिलालाई एनआरएनए युएईले उद्दार गरी बुधबार स्वदेश फिर्ता गरेको छ। युएईको अलऐन स्थित एउटा घरमा बिगत एक बर्ष देखि बन्धक बनाइ राखेको अबस्थामा पीडित मध्ये एक महिलाले सामाजिक संजाल मार्फत आफ्नो उद्दारको लागि पहल गरिदिन अपील सहितको भिडियो हाले पछी एनआरएनए युएईले प्रहरीको सहयोगमा ठेगाना पत्ता लगाई पीडितको उद्दार गर्न सफल भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन्। यसरी अलपत्र पर्नेहरुमा बर्दिया घर भएकी रेनुका र उनकी साथी भुप कुमारी रहेकी छिन भने अर्कि एक महिलालाई दलालले भगाउन सफल भएको भए पनि नेपाली दूतावास युएईले सम्पर्क गरी हाल दूतावासको सेल्टरमा राखेको दूतावासले बताएको छ। अलपत्र मध्ये रेनुका र भुप कुमारीलाई एनआरएनए युएईले आवश्यक प्रकृया पुरा गरी बुधबार हवाई टिकटको ब्यबस्था मिलाई स्वदेश फिर्ता गरेको छ भने अर्की एक महिलालाई दूतावासले केही दिनमा नेपाल फर्काउने तयारी गरेको दूतावास स्रोतले जानकारी दिएको छ। पछिल्लो समय युएईमा रहेका सँघसस्थाहरु खासगरि एनआरएनए युएईले मजदुर हितमा उल्लेखनीय काम गर्दै पीडितलाई न्याय दिलाउन महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नेपाली दूतावास युएईका कार्यबाहक राजदूत सागर फुयाँलले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।
भीमसेन ‘कान्छी ’ लिएर आए ! (भिडियोसहित)
२५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए । उतिबेलाका चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिंडेका गायक लामा २५ वर्षपछि पुन गायन क्षेत्रमा फर्किएका छन् । लामा यति लामो समयपछि साङ्गीतिक क्षेत्रमा कमब्याक भएका हुन् । विद्यार्थी हुँदा देखि नै गीत गाउँदै हिंडेका लामाको सोख चर्चित गायक बन्ने थियो । आखिर उनी गायक त बने नै तर गायन क्षेत्रबाट लामो समय हराए । अब उनले गायन क्षेत्रबाट कहिलै न भाग्ने बताए । उनी भन्छन, ‘म आफ्नै कारणले गायन क्षेत्रबाट हराएँ । म २५ वर्षसम्म जागिरमा लागें अनि त्यो बीचमा फिल्म खेल्न तिर पनि लागें । तर, अब म गायन क्षेत्रमै फर्किएको छु ।’ ‘मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’ भन्ने बोलको गीत नै लामाले गाएको पहिलो गीत हो । जुन गीत २०४७ सालमा रेकर्ड गरिएको थियो । विश्व बल्लभको शब्दमा तयार भएको यो गीतलाई शम्भुजित बाँस्कोटाले सङ्गीत दिएका थिए । यही गीतलाई पुन एरेन्ज ६ महिना अघि रिमेक लिएर आएका लामाले अहिले नयाँ गीत ‘हे कान्छी ’ लिएर आएका छन् । ‘हे कान्छी’लाई राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । मङ्गलवार नेपालको पहिलो टेम्पो चालक, व्यवसायी तथा साहित्यक व्यक्तित्व लक्ष्मी शर्माको प्रमुख आतिथ्यतामा ‘हे कान्छी’ सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा वरिष्ठ लोक गायक कुमार वस्नेत, वरिष्ठ कलाकार उत्तम केसी, भकारी एमडीसीका प्रमुख तथा गीतकार बसन्त वित्यासी थापा, मिलापका कृष्ण भुसाल, निर्देशक संजय पाण्डे, काठमाडौं महानगरपालिका वडा नं.- ३का वडा अध्यक्ष दीपक केसी लगायतले भीमसेन टी लामालाई नयाँ आगमनका लागि बधाई तथा शुभकामना दिएका थिए । लामाको गित हेर्नस्, भिडियोमा-
कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्न सघाउन मुनद्वारा पुटिनलाई आग्रह
मस्को, असार १० । रूस भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गराउने कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । आइतबार तीन दिन लामो भ्रमण सकी फर्किनुपूर्व सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफूले रूसी राष्ट्रपति पुटिनसँग उक्त कुरा राखेको बताउनुभयो । उहाँको राष्ट्रपतिका रूपमा रूसमा पहिलो भ्रमण हो । मुन शनिबार मेक्सिकोसँग दक्षिण कोरियाले खेलेको विश्वका खेललाई पत्नी किम जोङ सुककासाथ रहेर अवलोकन गर्नुभएको थियो । खेलमा मेक्सिकोले दक्षिण कोरियाली समूहलाई २–१ गोल अन्तरले हराएको थियो । भ्रमणका समय राष्ट्रपति मुनले रूसी राष्ट्रपति पुटिनलगायतका अन्य उच्च पदस्थ अधिकारीसँग पनि भेट गर्नुभएको थियो । भेटका क्रममा दुई नेताले रूस र दक्षिण कोरियाबीचको सम्बन्धलाई प्रगाढ बनाउने बिषयमा वार्ता भएको थियो । उहाँहरूबीच स्वतन्त्र ब्यापार सम्झौता गर्नका लागि पहल गर्ने कुरामा सहमति भएको जनाइएको छ ।
म्याद नाघेको खाद्यान्न बिक्री गर्ने ७ व्यापारी पक्राउ
काठमाडौं, असार ७ । बजार अनुगमनका क्रममा पसलमा मूल्यसूची नराख्ने र उपभोग्य मिति सकिएका खाद्यान्न बिक्री गर्ने सातजना व्यापारीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पक्राउ गरेको छ । पक्राउ परेका व्यापारीलाई काठमाडौं र ललितपुर प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई बुधबार थुनामा राख्ने र बिहीबार दिउँसो आवश्यक अनुसन्धान सुरु गर्ने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । ‘पक्राउ परेका सबैलाई प्रहरीको जिम्मा लगाएका छौँ, बिहीबार आवश्यक कागजात झिकाएर थप अनुसन्धान गर्नेर्छौं’ उनले भने । पक्राउ परेकामध्ये चारजना थोक बिक्रेता, एक खुद्रा विक्रेता, एक डिपार्टमेन्ट स्टोरका कर्मचारी र एकजना सुपर मार्टका सञ्चालक हुन् । विभागको अनुगमन टोलीले बुधबार दिनभर २५ थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो । त्यसमध्ये सात पसलमा मूल्यसूची नटाँसेको, मिति गुज्रिएको सामान राखेको, उत्पादन मिति उल्लेख नभएको सामान राखेकोलगायतका कैफियत भेटिएपछि तत्काल विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको थियो । विभागको निर्देशनपछि सबै व्यापारी विभाग परिसरमा साँझ साढे चार बजेसम्म उपस्थित भएका थिए । त्यसपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको संयोजकत्वमा विभागमै सबै अनुगमन निरीक्षकसहितको बैठक बसेको थियो । बैठकमा यादवले विभाग बोलाइएका सबैलाई एक रात थुनामा राखेर थप अनुसन्धान गर्न निर्देशन दिएका थिए । ‘दोषी सबैलाई कारबाही हुन्छ, कसको अपराध कस्तो छ भन्ने कुराको निक्र्यौल गरी अपराधअनुसारको कारबाही सबैले भोग्नेछन्’ उनले भने । मन्त्रीको निर्देशनपछि राति आठ बजे ललितपुर र काठमाडौंको प्रहरी परिसरलाई सात व्यापारी जिम्मा लगाइएको हो । यी हुन् पक्राउ परेका व्यापारी १- सागर मानन्धर, पञ्च स्टोर, बालकुमारी २- महेश तिमिल्सिना, तिमिल्सना किराना एन्ड खाद्य स्टोर, बालकुमारी ३- नरोत्तम फैजू, बंगलामुखी स्टोर, बालकुमारी ४- ध्रुवप्रसाद गुप्ता, शिवज्योति टे«डिङ ५- राजाराम तिवारी, भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर, कलंकी ६- सुरज श्रेष्ठ, सुरज स्टोर, जोरपाटी ७- नगेन्द्र पनेरू, रोसी सुपर मार्ट, गोंगबु नयाँ पत्रिकामा खबर छ ।