मजाले हाँसौं : शेरेको Leave Application
हेल्लो सर,
When I come come
पानी पर्यो झम झम्
Leg मेरो चिप्ल्यो,
I लडिङ ठाम को ठाम्,
झर्यो My Bag,
Book भिज्यो कसम्,
तेसैले Today ,
I will Not Come …
Yours फाल्तु विद्यार्थी
शेरे
नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई आज मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गर्नुभएको छ । मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गर्नुभएको हो । त्यस प्रकारका अवाञ्छित, गैरकानूनी र एकपक्षीय शुल्कले नेपाली कामदारले झण्डै रु १८ हजार रकम तिर्दै आएका छन् । मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको सन्दर्भमा मलेसियामा जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएकाले यस समस्यालाई तत्काल सम्बोधनका लागि सम्बन्धित सरकारको नेतृत्वलाई सन्देश दिन आग्रह गर्नुभएको हो । नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिनुभयो । कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पुर्याउने बताउनुभएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो । रासस
२ किलोग्राम सुनसहित दुई भारतीय पक्राउ
भीमदत्तनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताउनुभयो । काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँंबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस
मलेसियामा ब्लडमनी संकलन अभियान सुरु।
मलेसिया । साउदी अरबको उच्च अदालत बाट ब्लडमनिको फैसला सुनाइएका रोल्पा धवाङ ५ का दिलबहादुर घर्ती लाई बचाउन आबस्यक ब्लडमनि संकलन अभियान मलेसियामा सुरु भएको छ । साउदी स्थित अल दोआदमी भन्ने स्थानमा कार्यरत रहदा नीजले चलाएको सवारी दुर्घटना भई साउदी नागरिको निधन भएपछि साउदी अदालतमा घर्ती विरुद्ध दायर भएको थियो । अदालतले घर्तीलाई दोषी ठहर गरि ब्लडमनी स्वरुप २ लाख २५ हजार साउदी रियल, अर्थात झन्डै ६५ लाख नेपाली रुपियाँको फैसला सुनाएको हो । साउदी स्थिति नेपाली दुतावासले उक्त फैसलामा पुनरावेदन गर्दा पनि पहिलेकै फैसला सदर गरेपछि देश बिदेश बाट घर्तीको जीवन रक्षाका लागि यतिखेर नेपाली हरुले दिलबहादुर घर्ति बचाउ अभियान चलाएका छन । पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकोले “सेवा नै धर्म हो” भन्ने मुल उदेश्यका साथ नेकपा माओवादी केन्द्र निकट प्रबास संगठन नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका इन्चार्ज रमेश तिवारी, अध्यक्ष प्रेम पाण्डे र एनआरएन आइसीसका सदस्य विश्व राईको विशेष उपस्थितमा गत आइतबार मलेसियामा दिलबहादुर घर्ती बचाउन अभियान २०७५ मुल समिति गठन भएको मंच मलेसियाले जानकारी दिएको छ । नेपालमा सन्चालन गरिएको ब्लडमनि संकलन अभियानका सदस्य रुपधन घर्ती मगर (सुकुमार) र सुगम बुढा मगरको पहल तथा चन्द्र बहादुर घर्ती मगर को सक्रियतामा ब्लडमनी संकलन अभियान संचालन गरिएको हो । अभियानको पहिलो दिन मलेसियन रिङगेट २७ सय ३ रुपैयाँ नेपाली ७२ हजार बराबर संकलन गरिएको जानकारी दिएका छन । मृत्युदण्ड कुरिरहेका दिलबहादुर घर्तीलाई जसरी भएपनि सकुशल नेपाल फर्काउन अभियानलाई सक्रिय र बृहत बनाउने अभियान्ता रुपधन घर्तीले बताएका छन । अभियान बारे जानकारी तथा सहयोग गर्न अभियान्ता हरुले बैंक खाता नम्बर र सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन ।जस अनुसार मलेसियामा शुगम मगर – 0149856895,रुप धन घर्ती मगर (सुकुमार) 0169781134,अर्जुन घर्ती मगर 01151534127 अथवा सिधै शुगम मगर को CIMB बैंक को एकाउन्ट नम्बर 7057418309 मा पनि रकम जम्मा गर्न ब्यबस्था मिलाएको जानकारी दिएका छन । अभियान लाइ सफल पार्न देश बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुलाइ सक्दो सहयोग गर्न समेत अभियान्ता हरुले अनुरोध गरेका छन ।
जनकपुर अाइपुगे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणका लागि नयाँ दिल्लीबाट जनकपुर अाइपुगेका छन् । मोदी नयाँ दिल्लीबाट पटना हुँदै जनकपुर आएका हुन् । जानकी मन्दिरमा मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गरे । प्रधानमन्त्री ओली नयाँ ‘गेट अप’मा देखिएका छन् । अघि–पछि दौरा सुरुवालमा देखापर्ने ओलीले आज भने कुर्ता, पाइजामा र गम्छा भिरेका छन् । जनकपुरमा उनले जानकी मन्दिरमा पुजा गर्ने कार्यक्रम छ । उनलाई आजै जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । दिउँसो उनी जनकपुरबाट काठमाडौं आउने छन् ।
मुस्ताङमा बेमौसमी हिमपात : मुक्तिनाथ क्षेत्रमा आधा फिटसम्म हिउँ, बेनी-जोमसोम सडक अवरुद्ध
मुस्ताङ, वैशाख २७ । उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताउनुभयो । हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ । स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन् । हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ । बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताउनुभयो । हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् । वर्षात्का कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ ।
अाज किराँत समाज सुधार दिवस्
काठमाडौं, बैशाख २४ । आज थोरै यर्जुवेदबाट कुरा उत्थान गर्न चित्त परेको छ, यर्जुुवेदमा किराताँ शब्दको प्रयोग गरिएको छ र सँस्कृतमा यस शब्दको अर्थ हो अत्यन्त हसंमुख अझ सामान्य शब्दमा अाकर्षक अनि राम्रा ब्यक्तिहरु । यसअर्थमा यी शुरविर, वीराङ्गना, शिकारी, प्रकृतीप्रेमी अनि राम्रा मान्छेहरुको समूदाय किराँत समूदाय अनि संस्कृती एउटा गौरवको विषय हो । अनि प्राचीन कालमा किराँती राजाहरुले शासन गरेका कुराहरु त हामीले पढेकै हौं, काठमाडौमा पनि १९६३ वर्ष र ८ महिना किराँती राजाहरुले शासन गरेको प्रमाण छ । प्रथम किराँती राजा यलम्वर हुन भने अन्तीम राजा खिगुलाई मानिन्छ । किराँतहरुको प्राचीन सम्बत येले संबत विक्रम संबत भन्दा पनि लगभग १७८० वर्ष पुरानो छ, यसरी प्राचीन समयको शासन व्यवस्था अनि सुधारात्मक र विकासउन्मुख किराँतीहरुलाई लिच्चछवी शाषकहरुले सन् १५८ मा विस्थापीत गरेका हुन् । महाभारतमा पनि किराँता अर्जुना भन्ने शब्द पाईन्छ, धनुविद्या आर्जन गर्नकलागि अर्जुनले आफ्नो नामनै किराँता अर्जुना राखेकोे तथ्य महाभारत दिएको छ । प्राचीन कालको धनुविधा देखि आधूनिककालको यूद्धमा समेत नाम कहलिएका वीर विराङ्गना किराँत समूदाय अनि किराँत धर्मावलम्वीका रुपमा चिनिन्छ । किराँतका मूल देवतालाई तगेरा निगांफुमा भनिन्छ भने काठमाण्डौ पशुपतीको किराँतेश्वर महादेवको प्रतिमा र त्यसप्रती किराँतहरुको अथाह श्रद्धाले यस समूदायलाई शिवप्रेमी समूदायका रुपमा पनि लिईन्छ । किराँत धर्म एउटा अत्यन्त ब्यवहारीक धर्म अनि सभ्यता हो । संसारभरिनै आफ्नो प्रकृतीप्रेम आचरण अनि साहसकालागि नाम कमाएका यी धर्मावलम्बीहरुले हरेक वर्षको बैशाख २४ गते किराँत समाज सुधार दिवसका रुपमा मनाउदै अाएका छन् । किराँत धर्म अनुसार ८६औं समाज सुधार दिवस आज मनाइदैछ । किराँत धर्मगुरु तथा नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समूदायले हरेक वर्ष वैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् । फाल्गुनन्द लिङदेनले जारी गरेका बुँदालाई किराँती समुदायले सत्य धर्म मुचुल्काका रुपमा स्विकार गरेकाछन् । ती १० बुँदा किराँती समूदायमा कायम रहेका कुरीति, कुसंस्कारहरुको अन्त्य गर्न कोशेढुंगो सावित भयो । उक्त बुँदाहरुमा सबैले शान्तिको बाटो हिड्नु पर्ने, कसैलाई हिंसा गर्न नहुने, मिल्दोजुल्दो रुपमा संस्कृति परम्परा चलाउनु पर्ने, अर्काको घर परिवार बिगार्नु नहुने, जाँडरक्सी खान नहुने जस्ता सुधारका प्रमुख बुँदाहरु थिए । अज्ञानतावश् कुसंस्कारमा डुबेका किराँती समुदायलाई माथि उठाउन महत्वपूर्ण योगदान पुर्याउने फाल्गुनन्द लिङदेनको जन्म जयन्ती कार्तिक २५ गते पर्दछ । यस दिनलाई समेत विशेष दिनका रुपमा मनाउने नेपाल सरकारले निर्णय गरिसकेको छ । फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलाम चारखोलाको चुक्चिनाम्बामा भएको थियो । उतिबेला किराँत समूदायमा ब्याप्त मद्यपानको समस्याले जरा गाडेको थियो र यस समस्यालाई सुधार गर्न फाल्गुनानन्दले चुम्लुङ (सभा) डाँके । बिकृतिका कुरा उठाए र त्यसलाई रोक्न सामाजिक बन्धनयुक्त १० बुँदे दस्तावेज तयार पारे । नेपालको पूर्वी पहाडी श्रेत्रहरुलाई किराँतहरुको घना वसोवासको क्षेत्रका रुपमा लिन सकिन्छ, सुनसरी जिल्लाको धरानमा रहेको बुढासुब्बामा भएको टुप्पो नभएको वाँसा रुखहरु अन्तीम लिम्बु राजा वुद्धि कर्ण राय खेवागंले एकैफेरमा तीर हानेर हात्ती मार्न नसकेको झोँकमा जथाभावी तीर चलाएर वाँसको टुप्पाहरु छिनाएको भन्ने विश्वाश पनि छ । २००७ सालको प्रजातन्त्रको उदय पछी लिम्बुराजाहरुलाई दिईएको स्वायत्त अधिकार नेपाल अधिराज्यमा अन्तर्निहित राखिएको हो, लिम्बु भाषामा हाँग भन्नाले राजा भन्ने बुझाँउछ त्यपछी लिम्बु हाँगहरु मुलधारको शासन ब्यवस्थामा नआएको पाईन्छ । यस समुदायका लिम्बुमात्र होइनन्, सुनुवार, याक्खा, राई, लिम्बु लगायत पनि हुन् । समग्रमा किराँत समूदायलाई एउटै समूदाय मानिएतापनि दुई फरक मुन्धुम संस्कार रहेको छ । पहिलो परम्परागत मुन्धुम संस्कार हो । यस संस्कारमा वली प्रथासम्मको उल्लेख छ भने दोस्रो सत्यहाङ्मा (साम्जिक) मुन्धुम संस्कार । यस संस्कार अनुसार भने वलिप्रथा र मद्यपानलाई पूर्ण रुपमा अस्विकार गरिएको छ । यसको संस्कार अर्थात मुन्धुम लिखित पनि छ । महागुरु फाल्गुनन्दले आयोजना गरेको चुम्लुङ (सभा) ले समाज सुधारको मुचुल्का जारी गरेपछि गाउँ-गाउँमा मन्दिर तथा पाठशालाहरु बन्न थाले । बालबालिकाहरुलाई लेखपढ गर्न सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहारको थालनी भयो । छोरीचेलीको सोतरित खाने चलन हट्दै गयो । मृत्यु र सुतक ३ दिन र मृत्युपछि किरियापुत्रीले ९ दिन बार्ने चलन बस्यो । उनको यहि सामाजिक योगदानलाई कदर गर्दै नेपाल सरकारले फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । किराँती समूदायको धनुवाँण लगायतका प्राचीन जीवनशैलीहरुलाई आधार मानेर विश्वप्रसिद्ध कम्प्यूटर खेल निर्माण कम्पनी यूनिसफ्टले फार क्राई फोर भन्ने भिडियो गेम पनि निर्माण गरेको छ । -हाम्राेपत्राेबाट
नेपाल विश्वको अद्भूत सुन्दरता देश : पूर्वभारतीय कूटनीतिज्ञ
काठमाडौं, वैशाख १५ । नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताउनुभयो । प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा र फोक्सुण्डो पुगेका राजदूतत्रयले त्यहाँको भौगोलिक विकटता, जैविक विविधता र धार्मिक महत्वका पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्दाको आकर्षण अनुभूति सुनाउनुभयो । दुई साता लामो पदयात्रा सकेर आज स्वदेश फर्कने क्रममा सञ्चारकर्मीसँग पदयात्राबारे जानकारी दिँदै उनीहरुले प्राकृतिक सुन्दरता, भौगोलिक विविधतायुक्त नेपालको शब्दमा बयान गर्न नसकिने बताउनुभयो । डोल्पा र फोक्सुण्डो तालको रमणीय दृष्यले मोहित बनाएको र यस्तो मनोरम दृश्य विश्वमा कहीँ पनि नपाइएको उल्लेख गर्दै उनीहरुले नेपाल विश्वकै आकर्षक पर्यटकीय गन्तब्य भएको धारणा व्यक्त गर्नुभयो । साहसिक पदयात्राको अवधिमा निकै कठिनाइ भए पनि यात्राका क्रममा देखिएका र ती अनुपम दृश्यसँग साक्षत भेटगर्न पाउँदा असाध्यै आनन्दको अनुभूति भएको पूर्वराजदूत रायले बताउनुभयो । डोल्पा प्राकृतिक सम्पदा र सामरिक महत्वले महत्वपूर्ण र प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उहाँको भनाइ थियो । नेपालको ग्रामीण अर्थतन्त्रलाई परिवर्तन गरी आर्थिक समृद्धि हासिल गर्ने उपयुक्त माध्यम पर्यटन नै भएकाले यसको प्रवद्र्धन र विकासका लागि विशेष ध्यान दिनुपर्ने पूर्वराजदूत रायले बताउनुभयो । उहाँले भन्नुभयो “प्राकृतिक सुन्दरताले भरिपूर्ण डोल्पा र विश्वमै देख्न नपाइने फोक्सुण्डो तालको मनमोहक दृश्य मैले पहिलो पटक देख्ने अवसर पाएँ, नेपाल सुन्दर र धेरै अवसरयुक्त देश हो, स्थानीयवासीलाई सहभागिता गराइ आर्थिक विकासमा समाहित गरिनुपर्छ, विदेशी मात्र हैन, आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने देखिन्छ” विश्वमा चर्चित ताल शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी भगवती मन्दिर, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज, बहुमूल्य जडीबुटी यार्सागुम्बा लगायतको दृष्टिकोणले पनि महत्वपूर्ण पर्यटकीयस्थल डोल्पालाई मानिन्छ । डोल्पाको विकास र पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालमा डोल्पालाई जोड्न तथा पदमार्गको स्तरोन्नति गरिनुपर्नेमा पनि पूर्वभारतीय राजदूतहरुले बताउनुभयो । पूर्वराजदूत श्यामशरणले डोल्पा अथाह सम्भावना बोकेको आकर्षक गन्तव्य रहेको र यात्राका क्रममा केही कठिनाइ भए पनि प्राकृतिक मनोरम दृश्य र भौगोलिक अवस्थितले यात्रालाई थप आनन्दित र प्रफूल्ल बनाएको धारणा व्यक्त गर्नुभयो । “फोक्सुण्डो लेक विश्वकै आश्चर्यजन र अनुपम सुन्दरताको खानी रहेछ, यसले विश्व पर्यटनको ध्यानाकर्षण गराउने निश्चित छ, पदयात्रालाई व्यवस्थित र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएमा बढी भन्दा बढी पर्यटक पु¥याउन सकिन्छ,”–पदयात्रामा मुख्य पथ प्रदर्शकको रुपमा गएका सोनाम शेर्पा पूर्व राजदूतसँगको पदयात्रा असाध्यै रमाइलो र अवश्मिरणीय भएको बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्भावना बोकेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि बोर्डले ध्यान केन्द्रीत गरेको बताउनुभयो । भारत र चीनबाट बढी भन्दा बढी पर्यटक आकर्षण गर्न विभिन्न प्रवद्र्धनात्मक अभियान शुरु गरिएको उल्लेख गर्दै डोल्पाको समग्र पर्यटन विकास र महत्वपूर्ण पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम गरिएकोे अभियान्ता विक्रम पान्डेले बताउनुभयो । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईंले पर्यटकीय क्षेत्र डोल्पाको पर्यटन प्रवद्र्धनका लागि व्यवसायीले विशेष पहल गर्ने बताउनुभयो । से फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख शेरसिंह ठगुन्नाले पर्यटनको अथाह सम्भावना बोकेको डोल्पाको समग्र विकास र स्थानीयवासीको आर्थिक सामाजिक परिवर्तनका निम्ति पर्यटन नै उपयुक्त माध्यम भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष अभियान चलाउनुपर्ने बताउनुभयो । गत चैत २६ गते काठमाडौँ आएका तीनै जना पूर्वभारतीय राजदूत २८ गते नेपालगञ्ज र त्यहाँबाट डोल्पाको जुफाल विमानस्थल ओर्लेर पदयात्रा गरी फोक्सु ट्रेकिङ क्याम पदयात्रामा १२ जना सहयोगी खटिएको कम्पनीका सञ्चार संयोजक विष्णु भट्टराईले जानकारी दिनुभयो । हिमालय एक्सपिडिसन कम्पनीमार्फत पदयात्रामा भएका पूर्व राजदूतको पाँच हजार मिटर अग्लो पास पनि कट्ने योजना रहेपनि भारी हिमपातका कारण फोक्सुण्डोमा थप तीन रात बिताएका थिए ।
भुकम्पबाट अभिभावक गुमाएकी प्रतिभाको अभिभावक बने श्रीहरि
काठमाडौं । राष्ट्रिय अभियान नै चलाएर सुरु गरिएको यस बर्षको शैक्षिक सत्रअन्तर्गतको नयाँ भर्ना अभियानले गति लिन थालेको छ । विद्यालय जानबाट वञ्चित मुलुकभरका झन्डै तीन लाख बिद्यार्थीलाई लक्षित गरी ल्याइएको यस अभियानले सरकारी विद्यालयमा नयाँ विद्यार्थीको चाप देखिन थालेको हो । यसै अभियानलाई निरन्तरता दिदै काठमाडौं चन्द्रगिरी स्थित प्रभात माध्यमिक बिधालयमा पनि नयाँ भर्ना सुरु भएको छ । सो अवसरमा काठमाडौं जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले सुप्रिया परियारलाई माध्यमिक तहसम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए । साथै नयाँ भर्ना अभियानलार्इ सार्थकता दिन र हरेक बालबालिकालाई विद्यालय शिक्षाको पहुँचसम्म पुराउन जिल्ला शिक्षा कार्यालय कटिबद्ध रहेको अधिकारीले बताए । सोही अवसरमा नेकपा एमालेका जिल्ला सदस्य तथा चन्द्रगिरि नगर संयोजक प्रलाहद बहादुर कार्कीले स्थानिय अनिल श्रेष्ठको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए भने सोही विद्यालयमा अध्ययन गरेका संचारकर्मी श्रीहरि थापाले भुकम्पबाट अभिभाबक गुमाएकी छात्रा प्रतिभा भण्डारीको माध्यमिक तह सम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्ने गरी अभिभावकत्त्व ग्रहण गरेका थिए ।
शिव परियार र पूर्णकला बिसी सांगीतिक कार्यक्रमका लागि युएई आउने
युएई, वैशाख १० । युएईको फुजेरा राज्यमा त्यहा स्थित क्रियाशिल संघसस्थाहरुको सयुक्त आयोजनामा सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक शिव परियार, लोकगायिका पूर्णकला बिसि र नायक सलोन बस्नेत कार्यक्रम भाग लिन फुजेरा आउने आयोजकले जानकारी दिएका छन् । आउदो अप्रिल २७ तारिख शुक्रबार फुजेराको मिडिया हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा युएईका नेपाली व्यावसायि र कलाकारिता क्षेत्रका विशिस्ट ब्यक्ति हरुलाई विशेष अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको आयोजक सदस्य सस्था एनआरएन फुजेराका कार्यवाहक अध्यक्ष सेर सुनारले जानकारी दिएका छन् । लामो समयदेखि फुजेरामा कुनै भब्य कार्यक्रम नभएको हुदा रास्ट्रीय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा कार्यक्रम आयोजना गर्न फुजेरामा रहेका सक्रिय सामाजिक संघसंस्थाहरु एकै मञ्चमा उभिएर संयुक्त प्रस्तुति झल्काउने उदाहरणीय काम हुन लागेको प्रवासी नेपाली मञ्च फुजेरा क्षेत्रीय समितिका सचिव मेघराज कंडेलले बताएका छन् । फुजेरामा रहेका नेपाली व्याबसायीहरुको संयुक्त प्रायोजन रहने यस कार्यक्रममा नमस्ते रेस्टुरेन्ट मुख्य प्रायोजकको रुपमा रहेको र प्रायोजकहरुमा सिल्भर स्पून रेस्टुरेन्ट, अल बर्दी क्याफटेरिया र नासर लेडिज सैलुन रहेका छन् । युएईमा कार्यरत नेपाली कलाकारहरु मध्ये सर्वाधिक रुचाइएकाहरुको सिमित प्रस्तुति रहने उक्त कार्यक्रममा कलाकारहरुलाई सम्मान समेत गरिने आयोजक संस्था एनआरएन फुजेराले बताएको छ । एनआरएन फुजेरा , प्रवासी नेपाली मंच, जनसम्पर्क समिति, पाल्पाली समाज , झापाली समाज, स्याङ्जा सहयोग समाज, अर्घाखाँची सम्पर्क समिति र नेपाल मगर समाज युएईको फुजेरा क्षेत्रीय समिति लगायतको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम उदाहरणीय, सफल र पुर्ण मनोरञ्जनात्मक हुने दाबी आयोजकले गरेका छन ।
पल्सर स्पोर्टस् अवार्ड जेठमा
काठमाडौं, चैत २७ । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्ने खेलाडी एवं प्रशिक्षकलाई आगामी जेठ ४ गते सम्मान गर्ने कार्यक्रम रहेको मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिनुभयो । विगतका वर्ष जस्तै यसपटक पनि पल्सर स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिनेछ । हंसराज हुलासचन्द्र एण्ड कम्पनीले उक्त सम्मान कार्यक्रमको लागि यसपटक रु २० लाख बराबरको सहयोग गर्ने भएको छ । पत्रकार सम्मेलनमा सो कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता नवीकरण मात्र हो । कम्पनीले मञ्चसँग आठ वर्षको लागि यसअघि नै सम्झौता गरिसकेको छ । कम्पनीका निर्देशक गोल्छाले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकूद भएकाले यसले आम जनतालाई एकतामा बाँध्ने कामसमेत गर्ने विचार व्यक्त गर्नुभयो ।
आम्मै ! सिन्धुपाल्चोकमा मेवा भन्दा ठूलो असिना
काठमाडौं, चैत्र १९ । मौसममा अचानक आएको बदलीले यति बेला काठमाडौ उपत्यकासहित धेरै जिल्लामा असिनासहित वर्षा भइरहेको छ । सोमबार साँझ सिन्धुपाल्चोकमा मेवा आकारको असिना परेपछि गहुँ, तरकारी, फलफूललगायत सबै प्रकारका बालीमा ठूलो क्षति पुर्याएको कृषकहरुले बताएका छन् । भित्र्याउनका लागि तयार भएको बाली नष्ट हुँदा ठूलो नोक्सानी भएको छ । सामान्यतस्ः यति बेला सबै प्रकारका फलफूलमा दाना लाग्ने समय हो । असिनासहितको पानी र हावाहुरीले गर्दा कृषकलाई ठूलो क्षति भएको बताइएको छ । तर बढ्दो गर्मीसँगै परेको पानीले नयाँ खेती लगाउनका लागि राम्रो हुनका साथै वर्षापछि राजधानीसहित देशैभर पानीको आपूर्तीमा भने केही राहत हुने भएको छ ।
सान्जेन र रसुवागढी हाइड्रोपावरमा कति दिए त शेयर आवेदन ?
काठमाडौं । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओमा ३ लाख ८३ हजार २३५ जनाले सेयर भरेका छन् । सान्जेन जलविद्युत कम्पनीमा १ लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् भने रसुवागढी हाइड्रोपावरको आइपीओमा २ लाख जनाले आवेदन दिएको बिक्री प्रबन्धकहरुले जानकारी गराएका छन् । बिक्री प्रबन्धकहरुका अनुसार अझै अन्तिम विवरण आइनसकेकाले आवेदकको संख्या र रकम दुवै बढ्नसक्ने देखिन्छ । सान्जेनमा आवेदनको अन्तिम दिन बुधबारसम्म १ लाख ८३ हजार २३५ जना आवेदकबाट ४ अर्ब १७ करोड २२ लाख ५३ हजार रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । नागरिक लागानी कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार आवेदन संकलन गरेका केही बैंक तथा वित्तीय संस्थाबाट तथ्यांक आउने क्रममा रहेका कारण आवेदनको संख्या केही बढ्ने छ । सान्जेनले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँको ७१ लाख १७ हजार ५ सय कित्ता आइपीओ खुला गरेको हो । सान्जेनले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चय कर्ताका लागि आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरेको थियो । यता, रसुवागढीमा पनि २ लाख आवेदकले ६ अर्ब ७५ करोड रुपैयाँ बढीको सेयर भरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए । उनले पनि केही संस्थाबाट विवरण आइनसकेका कारण आवेदकको संख्या केही बढ्ने बताए । रसुवागढीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ खुला गरेको थियो । यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ५०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरेको थियो । नेपालीपैसाबाट साभार
गायिका विष्णुको यो गीत उत्कृष्ट होइन भनेर कसले भन्छ ? (हेर्नुहोस् भिडियोसहित)
माया संसारकै एउटा सुन्दर शब्द जहाँ संसारलाइ सम्हाल्ने क्षेमता मायालेनै बोकेको हुन्छ।जुन माया सबै प्रति हुन सक्छ।यही माया भित्र कहिलेकाही अचम्मले एक्लो पनको आभास हुनु पर्ने देखिन्छ सोहि माया भित्रका कुरा गर्दै छ यस गीतले । दुर्गेश थापा अभिनयका एक प्रखर व्यक्ति हुन् सोहि कलाकारको अभिनयमा साथ सचिता साहीले दिएकी छिन भने स्वर गायिका बिष्णु माझी र गंगा दत्त गिरीको सुमधुर आवाज रहेको अर्को मार्मिक दोहोरी गीत जिउँदो लाश बजारमा आएको छ । गीतमा शब्द गोबिन्द लामिछानेको रहेको छ भने लय कमल सरगमको रहेको छ। संकलन संगीतले बजारमा ल्याएको गीतको निर्देशन भने बिक्रम चौहानको रहेको छ । हेर्नुहोस् भिडियो
झापाका ३९२ बालबालिकामा कडा कुपोषण
झापा, फागुन २९ । झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । झापाका कचनकवल, झापा, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा शिवसताक्षी नगरपालिकाका ३० स्वास्थ्य संस्थामा १०० भन्दा बढी पटक गरिएको कुपोषित बालबालिका पहिचान शिविरबाट ३९२ कुपोषित बालबालिका फेला परेको हो । ‘कडा पोषणको शिकार भएको बालबालिकामा झापा तेस्रो स्थानमा रहेको छ,’ अधिकृत पौडेलले भने, ‘पहिलोमा सप्तरी र दोस्रोमा सिरहा छन् ।’ गत साउनमा बाढी आउनुअघि झापामा १२ प्रतिशत बालबालिका कुपोषणको शिकार भए पनि त्यसयता २१ प्रतिशत वृद्धि भई ३३ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रतिशतभन्दा बढी हुनु भनेको खतरा हो । कुपोषित बालबालिकाको पहिचान गरी उपचार गर्न झापामा ओटिसी सेन्टर स्थापना गरिएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा १६ केन्द्र स्थापना गरिएको जिल्ला कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले कुपोषणको शिकार भएका बालबालिकाको अवस्थानुसार ४२–९० दिनसम्म निदान विधिबाट उपचार गरिने बताए । हालसम्म १४७ बालबालिकाको उपचार गरिसकिएको छ भने २४५ जनाको उपचार भइरहेको छ । कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना खुवाइने छ । केन्द्र सञ्चालनका लागि २५० स्वास्थ्यकर्मीलाई तालीमसमेत प्रदान गरिएको छ । तालीमप्राप्त स्वास्थ्यकर्मीले बालबालिकाको शारीरिक अवस्थाको परीक्षण गरी उपचार गर्नेछन् । केन्द्रमा उपचार सम्भव नभए मेची अञ्चल अस्पताल र दमक अस्पताल दमकमा सिफारिस गरिने बताइएको छ । सो कार्यक्रम जनस्वास्थ्य झापाको समन्वय र युनिसेफको सहयोगमा सञ्चालित छ । (रासस)
प्रदेश ३ को नाम प्रस्ताव : ‘नेपाल मण्डल’
काठमाडौं, फागुन २१ । प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्न एमालेका एक सांसदले पार्टीभित्र औपचारिक प्रस्ताव पेश गरेका छन् । प्रदेशसभामा एकल बहुमत रहेको र दुई तिहाइ बहुमत प्राप्त वाम गठबन्धनको नेतृत्व गरिरहेको एमाले नेतृत्व पनि नेपाल मण्डल प्रदेश नाम राख्न सकारात्मक देखिएको दावी ती सांसदको छ । काठमाडौं क्षेत्र ९ ‘क’ बाट निर्वाचित एमाले सांसद डा.अजयक्रान्ति शाक्यले प्रदेश ३ को नाम नेपाल मण्डल राख्दा १३ ओटै जिल्लाको पहिचान समेटिने दावी गरेका हुन् । आइतवार साँझ पत्रकार सम्मेलन गरी शाक्यले नेपाल मण्डलको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको बताए । शाक्यले भने- स्वयम्भु पूराणको आधारमा राजाधर्माकरले नियमपूर्वक राज्य चलाएकाले त्यो देशको नाम ‘नेपाल मण्डल’ रहन गएको थियो । ‘नेपाल मण्डल’शब्दको ऐतिहासिकता अध्ययन गर्दा इस्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इस्वीको तेस्रो शताब्दीतिरको मानिने आर्य महामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं.५०२/५०३मा ‘नेपाल मण्डल’ भन्ने शब्द उल्लेख भएको छ । शाक्यले ‘नेपाल मण्डल’ लिच्छवी राजा मानदेवभन्दा अघिदेखि नै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिने बताए । यस्तै नेपाल मण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवि राजा जयदेवको ईस्वीको आठौं शताब्दीको अभिलेखमा उल्लेख भएको शाक्यले बताए । शाक्यले भने- ‘नेपाल मण्डल’ नाम नेपालका प्राचीन अभिलेखहरुमा आठौं शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ । लिच्छविकालको अभिलेखमा उल्लेख भएअनुसार नेपाल मण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोशी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा टिस्टुङ (मकवानपुर) सम्म थियो । तसर्थ वर्तमान ३ नं प्रदेश ऐतिहासिक हिसाबले नेपाल मण्डल हो ।’ पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिँदा नेपाल मण्डललाई एक अलग्गै प्रदेश मानेको पनि शाक्यले दावी गरेका छन् । शाक्यले भूगोलको हिसावले पनि प्रदेश नम्बर तीनको नाम नेपाल मण्डल नै उपयुक्त हुने बताए । उनका अनुसार सोह्रौं शताब्दीतिर लेखिएको ‘नेपाल महात्मय’को अध्याय १५ श्लोक ३-५मा उल्लेख भएअनुसार ‘नेपाल मण्डल’को सिमाना पूर्वमा कौशकी (तामाकोशी, रामेछाप), पश्चिममा त्रिशूलगङ्गा (त्रिशूली, धादिङ्ग र नुवाकोट), उत्तरमा शिवलुति (गोसाईकुण्ड क्षेत्र, रसुवा) र दक्षिणमा शीतलोदका नदी (चिसापानी, इन्द्रसरोवर, मकवानपुर) सम्म रहेको पाइन्छ । मल्लकालसम्म आउँदा नेपाल मण्डल भन्नाले पाँचवटा राज्य भएको एउटा देश भन्ने बुझिन्छ । ती पाँचवटा राज्यहरु क्रमशः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा र दोलखा हुन् । शाक्यले भूगोलको आधारमा हेर्दा पनि नेपाल मण्डल भनेको काठमाडौं उपत्यका मात्र नभइ प्रदेश नं. ३ को सम्पूर्ण भूगोल नै पर्ने बताए । काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायलाई समेत आग्रह गर्दै उनले भने- नेपाल मण्डल नाम उपत्यकाबासीको मात्र हो भनेर भ्रम छर्ने प्रयास नगरौँ ।