आयल निगममा डेढ अर्ब घोटाला : खड्कासंगै तानिए पुर्वमन्त्री बोहोरा
काठमाडौं, भदौ १४ । नेपाल आयल निगमको जग्ग खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्तिमन्त्ती दीपक बोहोरासम्म तानिएका छन् ।
जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।
निगम खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांदले मंगलबार पुर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका छन् ।, -नागरिकबाट
‘माया भरिएको बाल्टिन’ लिएर गगन थापाको टोली बाढी पीडितको घरदैलोमा
काठमाडौं, भदौ ७ । नेपाली काँग्रेसका चर्चित नेता गगन थापाको एउटा जम्बो टोली यतिबेला तराईका विभिन्न जिल्लामा राहत वितरण गरिरहेको छ । राहत सामाग्रीसहितको ‘माया भरिएको बाल्टिन’ बोकेर युवाहरुको टोलीसहित गगन तराईमा बाढी र पहिरोबाट प्रभावितहरु बसेको स्थानमा पुगिरहेका छन् । ‘माया भरिएको बाल्टी’ अभियान लिएर बाढी प्रभावित तथा पीडितहरुको घरदैलो र शिविरमा पुगेर गगनको टोली राहत वितरण गरिरहेको सहभागि नेवि संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए । ‘देश डुबेर आक्रान्त बनेको बेला पीडितहरुको दुःखमा सहयोग पुर्याउन हामीले अलिक फरक अभियान सुरु गरेका हौं, उपाध्यक्ष सुवेदीले भने, ‘हाम्रो अभियानले पीडितलाई सहायता मात्र नभई अन्य मानिसहरुलाई उत्प्रेरणा मिलोस भन्ने हो ।’ नेवि संघका केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलका अनुसार बुधबारसम्म १२ सय बढी पीडितलाई राहत वितरण गरिसकिएको छ । ‘हरितालिका तीजलाई हामीले बाढी पीडितहरुसँगै मनाउने अभियान स्वरुप मैदानमा खटिरहेका छौं ।’ कतिपय स्थानमा गगन थापा आफैं राहत लिएर पुगिरहेका छन् भने कतिपय स्थानमा युवाहरु परिचालन गरेर अभियानलाई तीब्र बनाएका छन् । बाल्टीनमा खाद्यन्न, लताकपडाहरु उपलब्ध गराइएको छ । टोलीमा काँग्रेस नेतृ डिला संग्रौलाले पनि साथ दिएकी छन् । साथै विद्यार्थी नेता युवराज पाण्डेय, शंकर तिवारी, बिष्णु खड्का ,तपेन खड्कालगायतका सहभागी छन् । ‘मायाले भरिएको बाल्टी’ कहाँ कहाँ? १। झापा गाउपालिका–२ कुवरखेत-१०० जना २। भद्रपुर नपा ५ मेचिकिनार-१६५ जना ३।बिराटनगर महानगरपालिका वार्ड न १९ कटहरी आदर्सनगर -२०० जना ४। सुनसरीको भोक्राहा नरसिंग गाउपालिका चित्रगुप्त मुसहर बस्ती -१०० जना ५। इटहरी उपमहानगरपालिका वार्ड न ३ सुनौलो बस्ती -१०० जना ६। धनुषा -१०० जना ७। सिरहा-१०० जना ८।। रौतहट- २०० जना ९। सप्तरी -१०० जना इमेजखबरबाट
भदौ १६ देखि सुपथमूल्यका पसल, खाद्यान्नदेखि खसीसम्ममा छुट
काठमाडौं, भदौ ७ । आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म सुपथमूल्यका पसल सन्चालन गर्ने जनाएको छ । चाडपर्वलक्षित सुपथमूल्यका पसल उपत्यकासहित देशका विभिन्न स्थानमा गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । चाडपर्वकाबेला चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुन प्रतिकिलो २, बास्मती चामल र फापरको पिठो प्रतिकिलो १० रुपैयाँ, अन्य चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालय संस्थान शाखा प्रमुख उर्मिला केसीले जानकारी दिइन् । यस्तै, खसी–बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाइएको छ । साल्ट ट्रेडिङले उपत्यकाका विभिन्न ११ स्थानसहित देशभर ३६ स्थानमा सुपथमूल्यका पसल सन्चालन गर्ने केसीले जानकारी दिइन् ।
कमल थापाबाट कार्यकर्ता जोगाउन हारगुहार गर्दै सर्वोच्चको शरणमा राणा
काठमाडौं, भदौं २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाविरुद्व राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पशुपतिशम्शेर राणाले सर्वोच्चमा रिट दायर गरेका छन् । अध्यक्ष थापाले आफ्ना नेता कार्यकर्तालाई अपहरण गरेको, धाकधम्की देखाएको तथा बन्धक बनाएको आरोप लगाउदै राणाले शुक्रवार सर्वोच्चमा थापाविरुद्व रिट दायर गरेका हुन् । रिटको आइतबार पेशी तोकिएको छ । साथै दायर रिटमा थापाले अपहरण गरेर हेटौडामा राखेका आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुको रिहाइको र सुरक्षाको माग गरिएको छ ।
माओवादी आन्दोलनलाई कसरी पूर्नगठन गर्ने ?
सुदाम गौतम/ महान जनयुद्धको उपलब्धी पश्चात नेपालमा संविधान सभा गणतन्त्र, संघियता, समावेशिता र लोकतन्त्रको प्रत्यभुति भएको छ । सायद नेपालमा जनयुद्ध नहुदो हो त देश राजतन्त्रको जातो मै मुठ्ठि भर सामन्तहरुको रजाइ हुन्थ्यो भने गरिब, दुखि, दलित, महिला, मधेशी आफ्नो अधिकारमा राञ्चित हुने नै थियो । जनयुद्धको ज्वारभाट गाउँदेखि शहर लम्कदा गाउँका हलिया दाइहरु, दलित महिला, जनजातीले आफ्नो अधिकारको पाठ सिके, आवद्ध भए र बोल्न सिके । संसदिय व्यवस्था विरुद्ध लडेका विप्लब नेतृत्वको ने.क.पा. ले चुनावलाई न असफल बनाउन सक्यो न पार्टीलाई भनेजसरी एकिकृत क्रान्ति गराउन त्यहि अनुरुपको हस्तक्षेप गर्न सक्यो । जनयुद्धले विभिन्न कुरिति, कुसस्कार, अन्याय, अत्याचार र विमोदको अन्त्य गर्न कोशे ढुङ्गा सावित भयो । माओवादी पार्टि नभएर आन्दोलन बनेको अवस्थामा २०६४, ७० र २०७३ सम्म आइपुग्दा माओवादी आन्दोलन बिभाजित छरपष्ट र गन्जागोल अवस्थामा पुग्यो । माओवादीका एजेण्डाहरु राष्ट्रिय राजनीतिमा घुमिरहे तर माओवादी किन हुँदै गयो ? अव माओवादी आन्दोलनको दिशा र दशा के ? सोचनिय पनि जनताद्वारा रुचाइउको छैन भन्ने विषय भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनले पुष्टि गरेको छ । नत माओवादी केन्द्रले अपेक्षित नतिजा हासिल गर्यो न बैद्ध नेतृत्वको क्रान्तिकारी माओवादीले न त आर्थिक हासिल ग¥यो न बैद्ध नेतृत्वको क्रान्तिकारी माओवादीले न त आर्थिक क्रान्तिका नायक सोच्ने बाबुराम भट्टराईको नयाँ जलपले काम गर्यो । उता संसदिय व्यवस्था विरुद्ध लडेका विप्लब नृतृत्वको ने.क.पा. ले चुनावलाई त असफल बनाउन सक्यो न पार्टीलाई भनेजसरी एकिकृत क्रान्ति गराउन त्यहि अनुरुपको हस्तक्षेप गर्न सक्यो । माओवादी आन्दोलन उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको मुक्तिका लागि भएको यसले सामन्तवादको अन्त्य त गर्यो सामान्ति संस्कारको अन्त्य गर्न संघियता, धर्मनिरपेक्षता, सामानुपातिक समावेशी सहभागिता सहितको गणतन्त्र स्थापित गर्न माओवादी आन्दोलनको पर्नगठन अनिवार्य भएको छ । माओवादीहरु कमजोर हुँदा पुरानै शक्ति, यथास्थितिवादी र सामन्तहरुको हातमा सत्ताको बागडोर गैरहेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा माओवादी पराजय र यथास्थितिवादी शक्तिको विजय प्रतिकात्मक छ । माओवादीहरु कमजोर भइदिदा जनताले विकल्प हैन प्रतिशोधपूर्ण तवरले भोड एमाले कांग्रेसलाई दिए । जसले गणतन्त्र, संघियता समानुपातकता र संविधानसभा सुन्न समेत नचाहने शक्ति अहिले माओवादीका एजेण्डाहरुमा रमाइरहेको यो अवस्थामा विचारनिय कुरा के छ भने साच्चै माओवादी एजेण्डाहरुको कुशल कार्यान्वयन, रक्षा र विकास यथास्थितिवादी शक्तिले गर्न सक्छन ? आफ्नै आमा र सौतेनी आमाले नवजात शिशुलाई एउटै माया, स्नेह र हेरविचार गर्न सक्छन् ? सोच्न ढिला भैसकेको छ । अवको विकल्प विभाजित माओवादी धाराहरुको माओवादी आन्दोलनलाई निर्मम समिक्षा सहित एकिकृत गर्न आवश्यक भैसकेको छ । माओवादीहरुमा समस्याहरु छन् समाधान नै गर्न नसक्ने समस्याहरु हैनन् । हजारौं शहिद वेपत्ता अंगभंग तथा लाखौं कार्यकर्ताको उच्च सम्मान गर्दै निम्न कुराहरुमा बहस चलाउन र आन्दोलनलाई सुदृढ बनाउन आवश्यक छ । राजनीतिक, संगठानिक, फौजी, संयुक्त मोर्चा, जनजिविका सन्दर्भमा कार्यदिशाले देखाउने मुल बाटो के ? नयाँ कार्यदिशा प्रतिपादन गर्दा विश्व र नेपालमा देखिएका परिवर्तन र बहसहरुलाई सुहाउँदो छ कि छैन ? १. बैज्ञानिक कार्यदिशाको विकास माओवादीले अंगाल्ने कार्यदिशाको विषयमा वहस दशकौं देखि चलिरहेको छ । कहिले सुसुप्त र कहिले ज्वारभाटाको रुपमा यो अगाडि आउने गर्छ । एक दशक सशस्त्र संघर्षको नेतृत्व गरेको माओवादीमा शान्ति प्रक्रियामा प्रवेश गरेपछि यो विषय निकै पेचिलो बनेको छ । मूलतः कार्यदिशाकै विवादका कारण माओवादी पार्टीमा विभाजन भएको छ । विभाजित घटकहरुमा समेत विवाद चलेकै छ । जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा माओवादीले अंगाल्न सफल पनि भयो । तर अहिलेको विश्व र स्वयम् माओवादी आन्दोलनलाई समग्र समिक्षा सहित नविन कार्यदिशा अन्वेषण गर्न माओवादीहरु लागिहाल्न आवश्यक छ । राजनीतिक, संगठानिक, फौजी, संयुक्त मोर्चा, जनजिविका सन्दर्भमा कार्यदिशाले देखाउने मुल बाटो के ? नयाँ कार्यदिशा प्रतिपादन गर्दा विश्व र नेपालमा देखिएका परिवर्तन र बहसहरुलाई सुहाउँदो छ कि छैन ? कार्यदिशा निर्धारण सँगै आउने सवाल भनेको नेतृत्व भएकोले नीति अनुसारको नेता, संगठन भएमा कार्यदिशा कार्यन्वयन, विकास र संबृद्ध हुन्छ । विभाजित माओवादीहरु एकै ठाउँमा आएर गहन छलफल, गृहकार्य साथै समिक्षा सहित नयाँ कार्यदिशा प्रतिपादन गर्दा माओवादी आन्दोलन अझ सुदृढ र सशक्त हुनेछ । २. संगठन निर्माण र कमान्ड कार्यदिशा वा कार्यनीतिले सोही अनुसारको संगठनको माग गर्दछ । माओवादी पाटीहरुमा जनयुद्ध कालिन संरचना र संगठन अहिले पनि कायम छन् । संगठनमा बैचारिक राजनैतिक र सापेक्षिक एकरुपताको मात्र छैन । पार्टीमा गैर सर्वहारा चरित्र, चिन्तन र कार्यशैलीले निकै ठूलो समस्या सिर्जना गरको छ । अव्यवस्थित संगठनहरु र टिके प्रथाबाट नेता चुनिनुले पनि माओवादीहरुलाई पक्षघात जस्तो बनाएको छ । केन्द्रिय समिति नै हजारौ सदस्यहरु हुनु, कामकाजी हैन नामकाजी संगठन बन्नु, भद्रगोग र नियन्त्रण विनाको संगठन माओवादीको ठूलो समस्या हो भने सामुहिक नेतृत्व विकास अर्को समस्या हो । जनता र कार्यकर्ताबाट अनुमोदित नेतृत्व र नेता मात्र संगठनको अक्सिजन हो । समग्र माओवादी आन्दोलनलाई एकिकृत गर्न संगठन चुस्त, दुरुस्त र पिरापिड आकारको हुनुपर्छ जसले पार्टीलाई जिवन्ता दिन्छ । महाधिवेशनहरु मार्फत संगठनलाई जिवन्ता दिनु र सबै माओवादीहरुले यसलाई गम्भरितापूर्वक लिइ जनता नियन्त्रित संगठन, नेतृत्व र जवाफदेहि कार्यशैलीको विकास गर्न आवश्यक छ । भारतको विस्तारवादी नीतिले हाम्रा हरेक कुरामा हस्तक्षेक्ष्, सिमा आक्रमण र चासोले हाम्रो राष्ट्रियतामा खलल पुगेको छ । देशमा खोक्रो र अन्धराष्ट्रवादले स्थान पाएको छ । ३. विभाजित सबै माओवादी बिच एकता जनयुद्ध मार्फत प्राप्त उपलब्धीलाई रक्षा गर्न राष्ट्रियता, अखन्डता, समावेसी समानुपातिकता र जनजिविकालाई आत्मसाथ गर्न सबै माओवादी घटकहरु बिच एकता अनिवार्य भैसकेको छ । एक्ला एक्लै लड्दा प्राप्त उपलब्धी समेत गुम्ने खतरा भएकोले कार्यदिशामा एकरुपता सहित बैचारिक एकता गरिनु पर्दछ । हजारौं शहिद, बेपत्ता, अंगभंग र लाखौं जनसमुदायको बिचमा उभिएर माओवादी हुनुमा गर्भ गर्ने वातावरण सिर्जना गर्ने, राष्ट्रियता, जनजिविका जस्ता माओवादी एजेण्डाहरुलाई अपहरित अवस्थाबाट मुक्त गरी गणतन्त्रलार्य समावेसी समानुपातिक जस्ता बृक्षहरुलाई विकास गराउनु पर्दछ । माओवादी केन्द्र बैद्ध माओवादी, विप्लब माओवादी र नयाँ शक्तिको नाममा विभाजित माओवादीहरु एकतामा आउन र माओवादी आन्दोलनलाई पूर्नगठन गर्न आवश्यक भैसकेको छ । माओवादी कमजोर हुँदा दलित, जनजाति, मधेशी, पहाडी र राष्ट्र नै कमजोर हुने भएकोले एकता अपरिहार्यता भैसकेको छ । यसको लागि सबैतिर रहेको युवा नेताको पहल कदमी आश्यक छ । पश्चगामी, यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई एकताले मात्रै धक्का दिने निश्चित छ । ४. राष्ट्रियता तथा जनजिविकाका सवालहरु नेपाल भारत र चिन बिच सेतुको काम गर्दै अग्रणी भूमिका हुनु पर्नेमा नेपालका नेतृत्वमा रहेकाहरु कहिले भारत त कहिले चिनको सम्मुख भएर अगाडि बढिरहेका छन् । राष्ट्रियताका सवालमा जवसम्म आन्तरिक राष्ट्रियता सवल हुँदैन तवसम्म बाह्य राष्ट्रियताको अर्थ रहदैंन । तराई, पहाड, हिमाल सबैले राष्ट्रियतालाई बुझ्ने र बुझाउने सामर्थता रहनुपर्छ । राष्ट्रियता सँगै समृद्धि पनि आवश्यक छ । भारतको विस्तारवादी नीतिले हाम्रा हरेक कुरामा हस्तक्षेक्ष्, सिमा आक्रमण र चासोले हाम्रो राष्ट्रियतामा खलल पुगेको छ । देशमा खोक्रो र अन्धराष्ट्रवादले स्थान पाएको छ । माओवादी आन्दोलनले अन्धराष्ट्रवादलाई चिर्दै आन्तरिक राष्ट्रावादको वकालत गर्दै सबै खाले विदेशी हस्तक्षेपलाई निस्तेज पार्न आवश्यक छ । केहि समय अगाडि भारत र चिन दुबै मिलेर नेपालको स्वाभिमानको प्रवाह नगरी नेपाललाई नसोचिकन नेपाललाई सामिल नगरी खुलेआम लिपुलेख सम्झौता गर्दा नेपालले मौन रहनु अझ भन्दा माओवादीले त्यसको कुटनैतिक तवरले चिरफार नगर्नु विडम्बना हो । सिमामा भारतिय पक्षले गोली चलाउँदा, सिमा जङ्गे पिल्लर ढल्दा र राष्ट्रियता माथि प्रशन चिन्ह खडा हुँदा माओवादीले जनतालाई सचेत र जागरुक बनाउनु अपरिहार्य काम हो । माओवादीले संसदिय व्यवस्थालाई अंगिकार नगरेकोले कार्यकारी राष्ट्रपतिय प्रणालीलाई वटमलाइन बनाउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेको छ । राष्ट्रियता सँगै जनजिविका सवालहरु हामीले मध्यनजर गर्नै पर्दछ । हरेक दिन जनताका जनविविकाका कामहरुमा गाउँदेखि सिंहदरवार सम्म सहजिकरण गर्न आवश्यक छ । रोजी रोटी देखि विभिन्न समस्याहरु र विकासका कामहरु पार्टी, नेतृत्व र अगुवाहरुले गर्न आवश्यक छ । जनतासँग जनतार्क घरमा माओवादी हुनुपर्छ न कि सामन्तसँगै । जनताको माओवादी जनताकै घरमा हुनुपर्दछ । तवमात्र जनताले माओवादीलाई आफ्नो माओवादी ठान्नेछन् । नेहच्वको वरिपरि घुम्ने, शहर केन्द्रित हुने र जनताबाट टाढा हुने नेताहरुलाई जनताले सजाय दिन्छन जुन स्तानीय तहको निर्वाचनले देखाउँछ । माओवादी आन्दोलनको जन्म गाउँबाट भएकोले माअेवादीशहरमुखी हैन गाउँमुखि हुन आवश्यक छ । ५. स्थानिय तहको निर्वाचन समिक्षा र अवको बाटो भरखरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा माओवादी हार्दा पनि माओवादीका एजेण्डाहरु जिते । सिंहदरवारबाट गाउँमा अधिकार लिने कुरामा त माओवादी सफल रहयो तर आफ्ना उजेण्डालाई कार्यन्वयन गर्न अरुलाई सत्ताको वागडोर दिदा कतै एजेण्डाको सहि कार्यन्वयन नहुने हो कि प्रश्न चिन्ह खडा भएको छ । माओवादीले जित्नु पथ्र्यो हा¥यो कारण आफै भित्र खोज्नु पर्छ । संगठन निर्माण, कार्यकर्ता व्यवस्थापन र जनसम्बन्ध माओवादीले गर्नुपर्छ । यो स्थानिय चुनावमा माओवादीको पहिलो अनुभव, कम्जोर संगठन, प्रविधिक तयारीको कमी, प्रचार शैलाीमा कम्जोरी र प्रचण्ड सरकारले गरेका राम्रा कामहरु उज्यालो नेपाली, आर्थिक बृद्धिदर, राष्ट्रिय गौरवका योजनाहरु प्राथमिकता, सुशासन छिमेकीहरुको सम्बन्धमा सुधार, विदेशमा दुःख पाएका नेपालीका लागि नीतिगत तथा व्यवहारिक सहयोग जस्ता जनमुखी कामको प्रचार जनता सम्म पुर्याउन नसक्नु हारको कारण एकातिर छ भने अर्कोतिर माओवादी आन्दोलनको विभाजनको मनोविज्ञानले पनि जनतालाई निराशा आएकोले निर्वाचन परिणाममुखी नभएको हो । माओवादीले संसदिय व्यवस्थालाई अंगिकार नगरेकोले कार्यकारी राष्ट्रपतिय प्रणालीलाई वटमलाइन बनाउँदै संविधानमा नोट अफ डिसेन्ट लेखेको छ । अव यो मुद्दालाई व्यापक रुपमा लिदै कार्यान्वयन गर्न एकता, रुपान्तरण र पार्टी निर्माणको दिशामा अगाडि बढ्न प्रण गर्ने कि ?
तालिवानी आक्रमणमा १६ सुरक्षाकर्मीको मृत्यु
साउन ६ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षा जाँच चौकीमा आतंककारी हमला हुँदा १६ जना सुरक्षाकर्मीको ज्यान गएको छ । तालिवान समूहले गरेको सो आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीसहित अन्य सात जना सुरक्षाकर्मीसमेत घाइते भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत मारिएको दाबी गरेका छन् । केही तालिवानीलाई पक्राउसमेत गरिएको अधिकारीहरुले जनाएका छन् । कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता जिया दुरानीले घटनाको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेको जनाइएको छ ।
डोटीमा पहिरोले घर बगाउँदा बालिकाको मृत्यु, दुईको अबस्था गम्भीर
दिपायल डोटी, साउन ६ । वर्षाका कारण पहिरो आउँदा डोटीमा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण आएको पहिरोले साबिकको छपाली बिनेपडा गाबिस र हालको सायल गाउँपालिका वडा नं. १ का हरिमल भुलको घर बगाएको हो । घर बगाउँदा उनकी ३ बर्षिया छोरी मनिसा भुलको मृत्यु भएको छ । घरमुली हरिमल र उनकी श्रीमती जमुना भूलको भने अबस्था गम्भिर रहेको स्थानीय प्रेम नेपालीले बताए । राति सुतीरहेको अवस्थामा एक्कासी पहिरो आउँदा उक्त घटना भएको हो । हरिमलको ५ जनाको परिवारमा १ छोरा र १ छोरीलाई भने कुनै चोटपटक नलागेको बताइएको छ । घाइतेहरुलाई स्थानीय छपाली स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात धनगढी अस्पताल लगिँदै छ । घरमा चौपायाहरु सहित सिंगो घर नै भत्किएको छ । डौड प्रहरी चौकीबाट घटनाको बिबरण बुझ्न प्रहरी टोली त्यसतर्फ जाँदै छ ।
टीकापुरमा किन हार्यो फोरम ?, यस्ताे छ कहानी ..
धनगढी, असार २१ । फोरम लोकतान्त्रिकले कैलालीको टीकापुर क्षेत्र गुमाएको छ। मंगलबार सार्वजनिक परिणामअनुसार टीकापुर नगरपालिकामा गणना सुरु भएदेखि तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावलले मेयरमा बाजी मारे । माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जिते । रावलले ५९५९ मत ल्याए भने थापाले ५६१० मत । उपमेयरमा कांग्रेसकी केशरी विष्ट ६२२६ मत ल्याएर विजयी हए। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले ५५५३ मत ल्याए। तीन दिनसम्म फोरम लोकतान्त्रिकका लौटन चौधरी अग्रस्थानमा रहेकाले टीकापुरमा फोरमले जित्ने अनुमान गरिएको थियो। फोरम उम्मेदवार लौटनले ५४८१ मत ल्याए भने उपमेयरमा फोरमकै सुदेशनी चौधरीले ५११८ मत ल्याए ।, अन्नपूर्ण पोस्टमा खबर छ । ०७० सालको निर्वाचनमा कैलाली–१ बाट लोकतान्त्रिक फोरमका जनक चौधरी विजयी भएका थिए। त्यतिबेला क्षेत्र नम्बर १ मा साविकको टीकापुर नगरपालिका, धनसिंहपुर, नारायणपुर, दुर्गौली, पथरैया र मुनुवा गाविस थिए। स्थानीय तहको पुनःसंरचनासँगै टीकापुरमा धनसिंहपुर र नारायणपुर गाविस गाभिए भने दुर्गौली, पथरैया र मुनुवामा जानकीनगर गाविस गाभेर जानकी गाउँपालिका बनाइयो। फोरमले हार्नुमा टीकापुरमा नारायणपुर र धनसिंहपुर जोडिनु पनि रहेको पार्टी निकटस्थ बताउँछन्। फोरमबाट मेयरमा उम्मेदवार बन्नुभएका लौटन चौधरी थारू समुदायभित्र लोकप्रिय नेता मानिनुहुन्छ। ‘हामीले, गाउँ–गाउँसम्म गएर समय दिन सकेनौं, हारको मुख्य कारण त्यही हो’, लौटनले पराजयपछि भने। टीकापुरको वडा नम्बर ३ मा फोरमबाट वडाध्यक्ष जितेका रामसेवक चौधरी पनि आफूहरूले गाउँगाउँमा गएर समय दिन नसकेकाले मेयरमा हार्नुपरेको बताउँछन्। पत्रकार एकिन्द्र तिमिल्सिना भने टीकापुर नगरपालिकामा फोरमको संगठन बलियो नभएको तर्क गर्छन। ०५१ सालको मध्यावधि निर्वाचनमा टीकापुर क्षेत्रबाट एमालेका हिमाञ्चलराज भट्टराई, ०५४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै रत्नप्रसाद सञ्ज्यालले मेयर जितेका थिए। ०५६ सालमा त्यो क्षेत्र कांग्रेसले जितेको थियो भने ०६४ सालमा माओवादीकी रुपासोसी चौधरीले जितेका थिए । टीकापुरको चुनावमा यसपालि सद्भावको नमुना पनि देखियो। लौटन चौधरी आफू पराजित भए पनि विजयी मेयर र उपमेयरलाई फूलमाला लगाएर बधाई दिनुभएको छ। ‘मैले दुवैजनालाई फूलमाला लगाइदिएर बधाई दिएँ’, लौटनले भने।
अछामको साँफेबगरमा एमाले बिजयी
अछाम, असार १९ । अछामको साँफेबगर नगरपालिकामा एमाले बिजयी भएको छ । सोमवार दिउँसो सार्वजनिक साँफेबगर नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार एमालेका उम्मेद्धार कुल बहादुर कुवर मेयरमा ५ हजार ८ सय ३८ मत सहित बिजयी बनेका हुन । उपप्रमुखमा पनि एमालेकै बिरमला बुडथापा ५ हजार ९ सय ८४ मत ल्यायर बिजयी बनेकी छन । निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेयरका उम्मेद्धार ध्वज बहादुर कुवरले ५ हजार ४ सय १२ तथा उपमेयरका उम्मेद्धार रुपा आउजीले ५ हजार २ सय ६२ मत ल्याएकी छीन । एमालेका उम्मेद्धारले मेयरमा ४ सय २६ र उपमेयरमा ७ सय २२ मतले काँग्रेसका उम्मेद्धार भन्दा बढी ल्यायर बाजी मारहेका हुन । यस्तै माओवादी केन्द्रका् तर्फवाट उम्मेद्धार बनेका खगेन्द्र वडले ५ सय ६३ मत प्राप्त गरेका छन भने उपमेयरका उम्मेद्धार बैजन्ती कुवरले ५ सय ४९ मत प्राप्त गरेकी छन ।
अठचालिस गाविस खाद्य असुरक्षाको उच्च जोखिममा
काठमाडौँ, असार १० । हिमाली र उच्च पहाडी छ जिल्लाका ४८ गाविस (तत्कालीन) खाद्य असुरक्षाको उच्च जोखिममा देखिएका छन् । खाद्य सुरक्षा सञ्जालले विस्तृत अध्ययन गरी धादिङका ५, गोरखाका ११, कालिकोटका ३, मुगुका १०, हुम्लाका १० र बाजुराका ९ं गाविसलाई उच्चतम् खाद्य असुरक्षित अवस्था (चरण–३) मा वर्गिकरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित सञ्जालमा उपसंयोजक स्थानीय विकास अधिकारी र सदस्यमा कृषि विकास कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, नेपाल खाद्य संस्थान, खाद्य सुरक्षासँग सम्बन्धित कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस, खाद्य सुरक्षासँग सम्बन्धित गैरसरकारी संस्थालगायतका प्रतिनिधि रहने व्यवस्था छ । सञ्जालमा वरिष्ठ कृषि विकास अधिकृत सदस्य सचिवका रुपमा रहने प्रावधान छ । यो तथ्याङ्क नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप) अन्तर्गत ७५ मध्ये (काठमाडौँ बाहेक) ७४ जिल्लामा गठन भएका जिल्ला खाद्य सुरक्षा सञ्जालका बैठकको नतिजामा आधारित छ । सो तथ्याङ्कको विस्तृत विवरण शुक्रबार सार्वजनिक गरिएको हो । कृषि विकास मन्त्रालयले कार्यान्वयन गरिरहेको नेक्सापमा संयुक्त अधिराज्य बेलायत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रमले प्राविधिक सहयोग गरिरहेको छ । सर्वेक्षण मूलतः २०७३ साल मङ्सिरदेखि फागुनसम्मको अवधिलाई समेटेर गरिएको हो । जुन आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमाासिक अवधि हो । सञ्जालले ती गाविसमा करिब ८७ हजार १०० मानिस उच्चतम् खाद्य असुरक्षित अवस्थामा रहेका र खाद्य तथा गैर खाद्य आवश्यकता पूरा गर्न उनीहरुलाई बाह्य सहायताको आवश्यकता रहेको पनि उल्लेख गरेको छ । चरण– ३ त्यस्तो अवस्था हो जसमा सामान्य अवस्थाको भन्दा खाद्य उपभोग अभाव उच्च हुन्छ र घरधुरीले न्यूनतम खाद्य वस्तुको आवश्यकता परिपूर्ति गर्नका लागि जीवनयापनका साधन द्रुततरगतिमा नगुमाई प्राप्त गर्न सक्दैनन् । सञ्जालले ती जिल्लामा यो अवस्था आउनुका कारणमा बालीनाली उत्पादनको हिसाबले हिउँदयामको रिक्त समय, खाद्य सञ्चितिमा गिरावट भई अल्पकालीन खाद्य अभावको अवस्था हुनु, भौगोलिक दुर्गमता, पशुजन्य र गैरकाष्ठ वन पैदावरबाट हुने आम्दानीमा आएको कमि र धादिङ एवम् गोरखामा भूकम्पले पारेको प्रभावलाई उल्लेख गरेका छन् । त्यस्तै तथ्याङ्कले १४ जिल्लाका थप १८३ गाविस र नगरपालिकालाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण–२) अवस्थामा वर्गीकरण गरेको छ । यसमा परेका गाविसमध्ये तीन चौथाई भन्दा बढी मध्य र सुदूरपश्चिम क्षेत्रका हिमाली र पहाडी जिल्लाका छन् । तथ्याङ्कअनुसार धादिङ र गोरखा जिल्लाका केही पकेटक्षेत्रमा खाद्य असुरक्षाको अवस्था अझै विद्यमान रहेको र मध्य तथा सुदूरपश्चिम क्षेत्रका केही जिल्लामा खाद्य सुरक्षा अवस्था २०७३ साल साउनदेखि कात्तिकको तुलनामा खस्किएको देखिएको छ । समग्रमा सञ्जालले चैत २०७३ देखि असार २०७४ को अवधिमा खाद्य सुरक्षा अवस्थामा सुधार हुने अनुमान गरेका छन् । हिउँदे बाली (गहुँ र जौ) चैत÷वैशाखमा भित्रिएसँगै घरधुरीले आफ्नै उत्पादनबाट खाद्य सञ्चितिको परिपूर्ति गर्नेछन् । पर्याप्त वर्षा तथा आवश्यक मलखाद र बीउविजनको उपलब्धताले गर्दा २०७४ सालको गहुँबाली उत्पादन राम्रो हुने देखिन्छ । गहँुबालीको दोस्रो प्रारम्भिक उत्पादन पूर्वानुमान २०७४ सालका अनुसार यसवर्ष करिब १८ लाख ३४ हजार २१२ मेट्रिकटन उत्पादन हुने देखिन्छ । यो आव २०७२÷७३ को तुलनामा १७ लाख ३६ हजार आठ सय उनन्चास मेट्रिकटन अर्थात् ५ दशमलव ६ प्रतिशतले बढी हो । तथ्याङ्कको प्रक्षेपण अनुसार, २०७३ साल चैतदेखि २०७४ असारको अवधिमा कुनै पनि गाविस गम्भीर खाद्य असुरक्षित (चरण–४) को अवस्थामा वर्गिकृत हुने छैनन् भने उच्चतम खाद्य असुरक्षित (चरण–३) अवस्थामा रहेका गाविसको सङ्ख्या पनि ४८ बाट घटेर ३१ मा झर्नेछ । मध्यमस्तरीय खाद्य असुरक्षित (चरण–२) अवस्थामा रहेका गाविसको सङ्ख्या पनि १८३ बाट १६९ मा झर्ने अनुमान गरिएको छ । सञ्जालले मनसुनी वर्षाका कारण दुर्गम क्षेत्रमा सडक तथा बाटोघाटो बिग्रन गई आपूर्ति व्यवस्थामा पर्नसक्ने सम्भावित प्रभाव बाहेक खाद्य सुरक्षालाई असर पार्ने किसिमका कुनै ठूलास्तरका प्रकोप र विपत्तिका घटनाका बारेमा अनुमान गरेका छैनन् । नेक्सापले हाल मुलुकभर काठमाडौँबाहेक ७४ जिल्लाको नियमित अनुगमन गर्दछ । सञ्जालहरुले एकिकृत खाद्य सुरक्षा चरण वर्गिकरण विधिको प्रयोग गरी प्रत्येक चौमासिकमा खाद्य असुरक्षाको गम्भिरताको वर्गिकरण गरेर त्यसको कारण पनि विश्लेषण गर्दछन् । सामान्यतयाः जिल्ला खाद्य सुरक्षा सञ्जालबाट प्राप्त नतिजालाई कृषि विकास मन्त्रालयको नियमित क्षेत्रीय समीक्षा गोष्ठीबाट प्रमाणित गरिन्छ । नेक्साप परियोजनाको अन्तिम मूल्याङ्कन युरोपियन युनियनले विगत २०१२ देखि २०१६ सम्म सञ्चालन गरिएको परियोजनाको मूल्याङ्कन गर्ने उद्देश्यले एक स्वतन्त्र मूल्याङ्कन टोलीको गठन गरेको छ । परियोजनाका थप साझेदार संस्थामा केन्द्रीय तथ्याङ विभाग, खाद्य तथा कृषि सङ्गठन, संयुक्त राष्ट्र सङ्घीय बालकोष, अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र र कृषि तथा जलवायु अनुसन्धान कार्यक्रम, कृषि तथा खाद्य सुरक्षा रहेका छन् ।
काँग्रेसको आक्रमणबाट मारिएका भनिएका एमाले कार्यकर्ताको मृत्यु हृदयघातबाट !
बाजुरा, असार ६ । कांग्रेसको आक्रमणबाट मारिएका भनिएका एमालेका कार्यकर्ता बाजुराको छेडेदह, सांदे निवासी हंसे रावतको मृत्यु हृदयघातबाट भएको स्थानीयवासीले बताएका छन् । निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस तथा एमाले कार्यकर्ताबीच उनको घर नजिक भएको ढुंगा हानाहानबाट उनी निकै आत्तिएको स्थानीयबासीले बताए । दोहोरो ढुंगा हानाहानबाट आफ्नो घरमा क्षति पुगेकोले उनी आवेशमा आइ सबैलाई गाली गलौच गरेका थिए । त्यसको केही समयपछि उनी भुईमा लडेको प्रत्यक्षदर्शी जानकारी दिए । बेहोस बनेको रावतलाई प्रहरीले बोकेर तत्काल डोगडी स्वास्थचौकी पु¥याए पनि त्यहाँको स्वास्थ्यचर्कीले जिल्ला अस्पताल रिफर गरेको थियो । जिल्ला अस्पताल मार्तडी लैजादै गर्दा उनको बाटो मै मृत्यु भएको थियो । गएको चैत्रमा पुत्रशोकबाट बिक्षिप्त बनेका रावत एक्लै बर्बराउने र बेला बखत अचेत हुने गर्थे । झडपमा निकै आत्तिएका रावतको शरिरमा घाउचोट नदेखिएको र उनी झडपमा उनको संलग्नता नरहेकोले उनको मृत्यु हृदयघातबाट भएको स्थानीयबासी बताए पनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी छ । सोही घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेस छेडेदहको अध्यक्षका उम्मेदवार नर रावतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांगे्रसका कार्यकर्ताले घटनाको सत्यतत्य बुझ्न प्रहरीलाई आग्रह गर्दै तत्काल आफ्ना कार्यकर्ताको रिहाईमा माग गरेको छ ।
ह्वाईट हाउस एसएलसी प्रिन्सेस् बनिन् नविना राई
गत शनिबार प्रज्ञा भवनको डबलीमा सम्पन्न हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज एसएलसी प्रिन्सेस् २०१७ प्रतियोगितामा स्काई र्लाक स्कुलवाट एसइई दिई विशिष्ट श्रेणीमा पास हुन सफल १६ वर्षिया नविना राईले विजेताको ताज पहिरिन सफल भएकी छिन्, नविनाले प्रतियोगितामा शीर्ष उपाधि सहित मिस पपुलर अवार्ड पनि हात पार्न सफल भइन् । नविनाले विजेताका भए पछि नगद रु.५० हजार रुपैयाँ र हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका तर्फ प्लस टू अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति पुरस्कार पनि प्राप्त गरिन । रोजिन शाक्यको कोरियोग्राफीमा सिजन मिडियाद्वारा आयोजित सो प्रतियोगितामा स्मृति नेपालले फस्ट रनर अप उपाधि साथै मिस पर्सनालीटीको उपाधी जित्न सफल भइन् भने सलिना कटुवाट सेकेन्ड रनर अप विजेता बन्न सफल भइन् । साथै नेपाल र कटुवालले क्रमस रु ३० र २० हजार नगद साथै एक लाख वरावरको छात्रावृत्रि पाइन । थर्ड रनर अप सितास्मा पोखरेल र फोर्थ रनरअप प्रेरणा महत घोषित भइन । प्रतियोगितामा नामी कलेजका सिइओ योगराज कंडेल, क्याम्पीयन एकाडमीका प्रिन्सीपल रमेसन भण्डारी, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजकी डाइरेक्टर विना कैनी , शिक्षक प्रेम गुरुङ, नायिका भिन्तुना जोसी, स्कीन एण्ड लेजर थेरापिष्ट आशा सुवाल निर्णायक मण्डलमा रहनु भएको थियो । प्रतियोगिताको अन्य उपाधिहरुतर्फ मष्ट ट्यालेन्ट प्रकृति साही, अर्गनाइजर च्वाइस र हेल्दी स्माइल मनकामना पुन मगर, मिस डिसिप्लिन दिक्षा गौतम, वेष्ट स्कीन जुनीमायाँ तामाङ, मिस फिटनेश विशुम तामाङ, वेष्ट फोटोजेनीक गरिमा योन्जन, ब्युटीफुल हेयर नेहा तुलाधर, वेष्ट फ्रेन्डशीप पुजा अधिकारी, वेष्ट ड्रेस इन्जु श्रेष्ठ, एकाडेमिक अवार्ड कविता देवकोटा, सोसल सर्भिस एभिन्जेलीना आर्चाय, वेष्ट वाक सोफी श्रेष्ठ मिस पङ्चुवालिटि इन्दिरा खतिवडा, मिस कन्फीडेन्ट रुषा नापित र फेशवुक लाइक अवार्ड प्रतिक्षा खत्रि, मिस क्रियटिभ रितिका चौलागाई, भिर्योस च्वाइस क्रितिका थापा, व्यूटीफूल आई श्रेर्या श्रेष्ठले जित्न सफल भएका थिए ।
स्वास्थ्यचौकी पुनःनिर्माणमा युनिसेफको आलटाल
गोरखा, असार ५ । ‘गोरखा भूकम्प’ ले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ स्वास्थ्य चौकी भवन मात्रै पुनःनिर्माण गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गुम्दाको माछाखोला, गुम्दा गाउँ, बारपाक, लाप्राक, छोप्राक, आरुपोखरी, फुजेल, गोरखा नगरपालिकाअन्तर्गत तारानगर, बक्राङ, देउराली र नाम्जुङ स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने जिम्मा लिएको युनिसेफले भूकम्प गएको डेढ वर्ष भइसक्दा पनि ती भवन पुनःनिर्माणमा चासो दिएको छैन । स्वास्थ्य चौकी पुनःनिर्माण नहुँदा त्रिपाल, टेन्टबाटै बिरामीलाई सेवा दिनुपरेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । गत वर्ष मङ्सिरमा निर्माण सामग्री थुपारे पनि अहिलेसम्म स्वास्थ्य चौकी भवन पुनःनिर्माण सुरु नभएको नाम्जुङ स्वास्थ्य चौकी प्रमुख लीला गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “प्रिफ्यावको सामान प्रत्यक्ष घाममा नराख्नु भनेर लेखिएको छ । तर यहाँ घाममा सामान थुप्राइएको छ । सामान थुप्राएर गएका युनिसेफका कर्मचारी फर्केर पनि आएनन् ।” जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले युनिसेफलाई पटक–पटक पत्राचार गरी भवन निर्माण सक्न निर्देशन दिएको जनाएको छ । कार्यालयमा रही सङ्घसंस्था हेर्दै आएका स्वास्थ्य सहायक नानीबाबु दानीले भन्नुभयो, “युनिसेफले काम गर्न नसक्ने हो भने अरु संस्थालाई काम दिन्छौँ । काम गर्न नसक्ने हो भने सक्दिन भन्नुप¥यो ।” सन् २०१६ मा भवन निर्माण सक्ने गरी जिम्मेवारी लिएको युनिसेफले अझै स्वास्थ्य चौकी भवन निर्माणलाई तीव्रता नदिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । भवन निर्माण नगरी अलपत्र छाडेकोबारे प्रतिक्रिया लिँदा युनिसेफका कर्मचारीले आफूहरुले सूचना दिन नमिल्ने भन्दै पन्छिने गरेका छन् । भूकम्पले गोरखाका ५२ वटा स्वास्थ्य चौकी क्षति पु¥याएको थियो । यीमध्ये पाँच वटा असल छिमेकी नेपाल पोखराले पुनःनिर्माण गरिसकेको छ । केयर नेपाल, आइएमसीलगायत विभिन्न सङ्घ संस्थाले पनि स्वास्थ्य चौकी भवन निर्माण गरिदिएका छन् । पक्की भवन निर्माण गर्न ढिलो भइसक्दा पनि अर्धपक्की भवन निर्माण सकिएको छैन ।
मासिक ३४ करोड नाफामा आयल निगम
काठमाडौँ, २ असार । नेपाल आयाल निगमले मासिक रु ३४ करोड नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ सालमा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पेसागत इमान्दारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता भएमात्र आयल निगम अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो – “कुनै पनि संस्था अगाडि बढाउने वा तल लैजाने भन्ने कुरा कर्मचारीको हातमा नै हुन्छ ।” पूर्व उद्योगमन्त्रीसमेत रहनुभएका जोशीले स्वदेशमा रोजगार सिर्जना गर्ने हो भने राज्यले उद्योग क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । “देशको विकास गर्ने हो भने उद्योग क्षेत्रको विकास हुनु जरुरी छ” –उहाँले भन्नुभयो । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले लामो इतिहास बोकेको आयल निगमले गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “देशको अर्थतन्त्रमा आयल निगमको महत्वपूर्ण योगदान रहेको छ अझ यसलाई अगाडि बढाउनुपर्छ ।” नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक रु ४० अर्ब राजस्व तिर्न सफल भएको बताउनुभयो । युनियनका अध्यक्ष प्रदीपमान बसी, नेपाल आयाल निगम कर्मचारी सङ्घका अध्यक्ष देवीप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कोषाध्यक्ष बाबुराम झुला, कार्यबाहक महासचिव सन्दीप बराललगायतले कर्मचारीका कारण आयल निगम फाइदामा गएको भन्दै कर्मचारीलाई बोनसको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । रासस
‘रुट क्यानल ट्रिटमेन्ट’ गरी अब दाँत दुखार्इबाट मुक्त हुनुहोस्
दाँत कीराले खाएको छ वा असाध्यै दुख्यो भने हामीलाई लाग्छ यो दाँत निकाल्न पाए त हाइसञ्चो हुन्थ्यो होला । कत्तिले त कीराले खाएपछि वा दुख्यो भने दाँत निकालेका पनि छौं होला । पहिले पहिले कीराले खाएको दाँत निकाल्नुको विकल्प पनि थिएन । चाहेर होस् वा नचाहेर पनि निकाल्नै पर्दथ्यो । केही केहीले दुखेको बेला आवेशमा आएर दाँत निकाल्न लगाइहाल्छन् । तर प्राकृतिक दाँत निकालेपछि त्यसका कारण आउने कठिनाइको अनुमानसमेत उनीहरुले गरेका हुँदैनन् । हामीले के बुझ्नु जरुरी छ भने कृत्रिम भनेको कृत्रिम नै हो । यसले कहिल्यै पनि प्राकृतिकको स्थान लिन सक्दैन । प्राकृतिक दाँतको महत्व निकालेपछि मात्र थाहा हुन्छ । प्राकृतिक दाँतले गर्ने काम, उसले दिने सुन्दरता र आत्मबल कृत्रिम दाँतबाट पाउन सकिँदैन । त्यसैले हिजोआज अधिकांश व्यक्ति सकेसम्म प्राकृतिक दाँत गुमाउन चाहँदैनन् । पछिल्ला वर्षमा दाँत निकाल्नेभन्दा बचाउन चाहने बढिरहेको विज्ञहरु बताउँछन् । यही चाहना र आवश्यकतालाई ध्यानमा राखेर अहिले दाँतको उपचारमा विभिन्न नयाँ प्रविधिको विकास भइरहेको छ । अब दाँतमा कीरा लागेर नसा छोएर दुखेको दाँत निकाल्नैपर्छ भन्ने छैन । दाँतको दुखाइ हटाउँदै त्यही प्राकृतिक दाँतलाई बचाउन सकिन्छ । यो उपचार विधिलाई ‘रुट क्यानल ट्रिटमेन्ट’ भनिन्छ । जसलाई नेपाली भाषामा ‘जरानली उपचार विधि’ भन्न सकिन्छ । यस उपचार विधिमा दाँतको दुखाई कम गर्न र पछि गएर पहिलेकै अवस्थामा ल्याउन अत्याधुनिक उपकरणको सहायताले दाँतको जराभित्रको नसा सफा गरेर त्यसको उपचार गरिन्छ । रुट क्यानलमा भरपर्दो विधि हो, ‘डेन्टल अपरेटिङ माइक्रोस्कोप ।’ माईक्रोस्कोपको सहायताबाट दाँतभित्र रहेको सानो चिजलाई ठूलो पारेर समस्याको पहिचान गरी उपचार गर्न सकिने भएकाले यो विश्वसनीय हुन्छ । परम्परागत रूपले रुट क्यानल गर्दा हेरेर, महसुस गरेर, छोएर र अनुभवका आधारमा गरिन्थ्यो । त्योभन्दा माइक्रोस्कोपको सहायताले गरिने उपचार बढी बैज्ञानिक मानिन्छ । विज्ञहरूका अनुसार यो प्रविधिमार्फत उपचार गर्दा थोरै दाँत काटेर नसाको उपचार गर्न सम्भव छ । जुन कुरा पहिले हेरेको भरमा मात्र सम्भव हुँदैनथियो । यो प्रविधिबाट उपचार गर्दा परम्परागत उपचार गर्दा दाँत बचाउन नसकिने अवस्थामा पनि बचाउन सकिने भएको छ । यसका साथै यो प्रविधि सुविधायुक्त छ । नेपालमा पहिलो पटक यो प्रविधि रुट क्यानल सेन्टरले भित्र्याएको हो । यो सेन्टर पाटन अस्पताल अगाडि रहेको ललितपुर मलको चौथो तलामा रहेको छ । रुट क्यानल विषयमा विशेषज्ञता एमडीएस (मास्टर्स इन् डेन्टल सर्जरी) गरेका वरिष्ठ दन्त रोग विशेषज्ञ द्वय डा.सुमन गौतम र डा.आशा थापाको जोडीले एक वर्षपहिले यो प्रविधि पहिलो पटक नेपाल भित्र्याएका छन् । माइक्रोस्कोप बाहेक दाँतको उपचारमा प्रयोग हुने प्रविधि र अत्याधुनिक उपकरणसमेतको सेवा सेन्टरले प्रदान गर्दै आइरहेको छ। यो प्रविधिबाट डाक्टर र बिरामी दुवै पक्ष लाभान्वित भएका छन् । किनकि यसले दाँतमा भएको समस्याको सही पहिचान गर्न सहयोग गर्छ । समस्या पहिचान भएपछि उपचार गर्न सहज हुने गरेको डा।सुमन बताउँछन् । नेपालमा दाँत कीराले खाने आम समस्या हो । दाँतमा देखिने समस्यामध्ये करिब ८० प्रतिशत कीराले खानेसँंग सम्बन्धित हुन्छन् । पछिल्ला दिनमा जङफुडका कारण सानै उमेरदेखि दाँत कीराले खाने समस्या बढ्दै गइरहेको पाइएको छ । सबै कीराले खाएको दाँतको रुट क्यानल गर्नु पर्दैन । डा।आशा भन्छिन्, ‘दाँत कीराले खाएको पहिलो स्टेजमा छ भने सामान्य उपचारले पुग्छ । तर कीराले खाएर नसासम्म पुगेको अवस्था छ भने रुट क्यानल गर्नै पर्छ ।’ उनका अनुसार प्रविधिको विकासले रुट क्यानल गर्न अहिले थुप्रै पटक क्लिनिक धाउनु पर्दैन । एकदुई पटकमै विश्वासका साथ गर्न सकिन्छ । मुख स्वास्थ्यका विषयमा पहिलेको तुलनामा केही चेतना विस्तार भएको पाइएको छ । तर अझै पनि ठूलो संख्यामा सर्वसाधारणमा दाँत तथा मुख स्वास्थ्यका विषयमा जनचेतना पुग्न नसकेकाले यो समस्या बढ्दै गइरहेको डा.सुमनको ठम्याइँ छ । उनी भन्छन्, ‘सरकारले पनि मुख स्वास्थ्यका बिषयमा जनचेतना जगाउने कामलाई महत्व दिएको छैन । मुटु, क्यान्सर, मिर्गौलाजस्ता रोगको विषयमा जनचेतना जगाएजस्तै मुख स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्छ ।’
धादिङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा आइसकेको भन्दै कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको एमाले कार्यकर्ता भिमबहादुर थापाले जनाएका छन् । कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् । झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् । घाइतेहरुलाई हिजैराति धादिङ बेसीबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ ।