म्यादी प्रहरीमा चर्काे विवाद, सिडिओ र एस्पि पनि विवादित
भक्तपुर, कार्तिक १५ । आसन्न प्रदेश र प्रतिनिधि चुनावको लागी म्यादी प्रहरी छनौटको क्रममा पछिल्लो सामाजिक संजाल फेसबुकमा प्रहरी बर्दीमै प्रश्नपत्र खोसेर आफै उत्तरपुस्तिकालाई भरेको दिएको भिडियो र तस्विर भईरल भईरहेको छ । त्यो भिडियो महानगरिय प्रहरी परिसर भक्तपुरमा हवल्दार शैलेन्द्र बस्नेत र सिपाही कुमार श्रेष्ठ हो । त्यो भिडियो र तस्विर हो व्रहाण्डी खेल मैदान भक्तपुरको ।
म्यादी भर्ना छनौटमा प्रहरीबाटै यस्तो हुदाँ समेत सम्वधित निकायबाटै यतिसम्म नालायक हुदाँ समेत स्थानिय प्रशासनले दोषीमाथी कारवाही गर्ने आट गरेको छैन्न् । महानगरिय प्रहरी परिसर भक्तपुरले उल्टै म्यादी प्रहरीहरुलाई तालिममा समेत प्रत्यक्ष रुपमा जिम्मेवारी दिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत हवल्दार वस्नेत र असई कुमार श्रेष्ठले छनोट स्थलमै गएर पैसा लिएका र सेक्स गर्नेहरुलाई छनोट विना नै भर्ना गराएका तथ्य समेत फेला छ ।
स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरी छनोटमा घुस खानेदेखी सेक्स काण्डसम्म लफडा समेत भोगेका बस्नेत र श्रेष्ठले महानगरिय प्रहरी परिसर भक्तपुरले म्यादी प्रहरी भर्ना छनोट प्रकृयामा समावेश नै नगरी पाँच हजार देखी दश हजारसम्म लिएको पाईएको छ । केहीयता विभिन्न बाहनामा त्रसित बनाएर ति एकल महिलालाई भर्नामा सहयोग गर्ने बाहनामा पटक पटक यौन सम्र्पक गरेको पीडितले नाम नबन्ने शर्तमा मेरोजिल्ला डट कम लाई बताईन् ।
उनले भनिन् यसरी कतै उजुरी गर्दा समाजमै बदमान हुने डरले कतै उजुरी नदिएका बताईन् । म्यादी प्रहरी मै भर्ना भएका अर्का एक युवकले भने हामीहरु धेरै पाँचदेखी देश हजारसम्म बुझाएर छनोटमा परेको बताए । उनीहरुले पैसा हाकिमलाई समेत दिनुपर्ने कता पैसा दिएको भने तरुन्तै तालिमबाटै निकाल्ने धम्की दिने गरेको बताए ।
म्यादी प्रहरी छनोटमा सहभागी एक प्रहरीले भने म्यादी प्रहरी छनोटमा प्रहरी उच्च स्रोतदेखी सिडिओले समेत आफन्त भएको भनेर भर्ना गरेको बताए । उनले भने अधिकाशं प्रहरीकै आफन्त र श्रीमती भएकाले कोटा प्रणाली विधि अपनाएको बताए । भक्तपुर प्रहरीले भक्तपुरमै कोटा प्रणाली नै जस्तो गरेर प्राय धेरै प्रहरीहरुकै श्रीमतीहरु म्यादी प्रहरीमा भर्ना भएका छन् । भक्तपुरका केहि पत्रकारका श्रीमती र आफन्त भर्नाको लागी सिडियो र एस्पी कार्यालय धाएका थिए ।
यस विषयमा भक्तपुरको सिडियो द्रोण पोखरेल र महानरिय प्रहरी परिसर एस्पी किरण राणालाई प्रतिक्रया लिन खोज्दा केहि जवाफ दिन चाहाएन्न् ।
यसै विषयमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जय बहादुर चन्द्रले जिल्लामा म्यादी प्रहरी छनोटमा सिडिओ अध्यक्ष रहने कार्यविधि रहेकाले त्यसको छनविन समेत सिडिओ मतहतले गर्ने हुदाँ त्यसमा दोषीलाई कार्हवाही गर्ने अधिकार समेत सिडिओलार्इ नदिएको कारबाही गर्ने आफुले नमिल्ने बताए । आसन्न प्रदेश र प्रतिनिधि चुनावको लागी ६ सय म्यादी प्रहरी छनोट भएका छन् ।
दोहोरो नागरिकता लिएको आरोपमा अष्ट्रेलियाका उपप्रधानमन्त्री बर्खास्त
क्यानबेर्रा, कात्तिक १० । अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिएका छन् । उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेशनल पार्टीका नेता हुन् । उनीहरुसँग दोहोरो नागरिकता रहेकाले सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो । अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ । जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिएका हुन् । उनीहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसकेका थिए । जोयस र लुड्लामका बुवा आमा न्युजिल्याण्डमा जन्मिएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मिएका हुन् भने रोबर्टस् भारतमा जन्मिएका हुन् । त्यस्तै वेल्स र उनको बुवाको जन्म क्यानडामा भएको हो । उनीहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ । (रासस÷सिन्ह्वा)
घरभित्र भुत आएपछि भागाभाग (भिडियोसहित)
असोज २८ । भुतप्रेत जस्ता कुराहरुको बारेमा धेरै बहस हुने गर्दछ तर वास्तवमा भुत हुन्छ या हुँदैन हाम्रो समाजमा पूर्णरुपमा पुष्टि हुन नसकेपनि यही समाजमा बस्ने कोहि कोहि आफूले भुत देखेको दाबि पनि गर्छन । भुत किचकन्याको बारेमा हामीले धेरै चलचित्र पनि हेरिसकेका छौ यस्तै गरी सोही विसयालाई समेटेर तयार पारिएको छोटो फिल्म ‘ब्याड ड्रिम्स’ सार्वजनिक भएको छ । आफ्नो सपनामा यस्तै डर त्रासले सताइरहने बिसय वस्तुलाई यो भिडियोमा समावेश गरिएको छ । विष्णु भट्टराईको सम्पादन निर्देशन रहेको छोटो फिल्ममा विष्णु भट्टराईकै अभिनय देख्न सकिन्छ भने भूतको भूमिका निर्बाह गरेकिछिन बाल कलाकार विदुषी आचार्यले भने भूतको श्रृँगार सगुन शर्माले गरेको भिडियो अविरल फिल्मस्ले सार्वजनिक गरेको छ । झट्ट हेर्दा डर लाग्ने खालको भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्–
नेपालको पहिलो ब्रान्डको रुपमा वाइवाइ युरोपबाट पनि उत्पादन शुरु
काठमाडौं, असोज २० । चौधरी ग्रुपले युरोपमा पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। युरोपियन मुलुक सर्वियामा निर्मित वाइवाइको प्लान्टबाट यसअघि नै उत्पादन सुरू भइसकेपनि आजबाट औपचारिकरुपमा उद्घाटन भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिएका छन्। चौधरीले आफ्नो ट्वीटरमार्फत् बिहीबार औपचारिकरुपमा ‘वाइवाइ युरोप’ सुरू भएको र सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले यसको उद्घाटन गरेको बताएका हुन्। नेपालको पहिलो ब्रान्डको रुपमा वाइवाइ युरोपेली राष्ट्रबाट पनि उत्पादन भएको हो। ‘सिजी फुड्स युरोप’ नामबाट सर्वियाको रुमा सहरमा रहेको वाइवाइ प्लान्टबाट व्यवसायिकरुपमा यसको उत्पादन हुन्छ। हाल विश्वभर वर्षमा २ अर्ब २० करोडभन्दा बढी बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ। चौधरी ग्रुप बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा छ । नेपालका एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले विसं २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तराष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थिए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। अब पूर्वी क्षेत्रका लागि इटहरीमा छुट्टै प्लान्ट बनाउने उनको तयारी छ। त्यस्तै भारतमा सिक्किम (रम्पो) बाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) सम्म पुगिसक्यो। सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना बनाएको ग्रुपले सर्बिया लगत्तै साउदी र बंगलादेशबाट पनि उत्पादन सुरु गर्ने भएको छ। त्यसपछि रुस, पोल्यान्ड, इरान, टर्की, मेक्सिको, इजिप्ट र केन्याबाट पनि उत्पादन सुरु गरिने र वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने चौधरी ग्रुपको योजना छ।
भारतसँग एक वर्षमा ११ अर्बको व्यापार घाटा
विराटनगर, असोज १२ । विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलफूल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ रु तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । सो अनुरुप भारतबाट आयात हुने कृषिजन्य वस्तुमा रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो । साथै रु तीन अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् । सोमध्ये सबैभन्दा बढी रु एक अर्ब १० करोड १० लाख ७७ हजार मूल्यको ३७ हजार ९६८ मेट्रिक टन प्याज भित्रिएको हो । सोही अवधिमा रु एक अर्ब ६ करोड ९३ लाख ९७ हजार मूल्य बराबरको ५३ हजार ४७० मेट्रिक टन आलु र तेलहन पदार्थका रुपमा रु ५८ करोड ३८ लाख २५ हजार मूल्य बराबरको नौ हजार १२२ मेट्रिक टन सूर्यमुखी, रु २५ करोड ५९ लाख ८३ हजार मूल्य बराबरको पाँच हजार ३३३ मेट्रिक टन तोरी, रु १४ करोड २८ लाख ४६ हजार मूल्य बराबरको तीन हजार ३२२ मेट्रिक टन भटमास र रु ४३ लाख ३२ हजार मूल्य बराबरको १०८ मेट्रिक टन तील भित्रिएका छन् । सोही अनुरुप रु १५ करोड ३१ हजार ५१ हजार मूल्य बराबरको एक हजार ९२४ मेट्रिक टन लसुन, रु १३ करोड ९९ लाख २६ हजार मूल्य बराबरको १३ हजार ९९३ मेट्रिक टन विभिन्न प्रकारका तरकारी, रु ९७ लाख २० हजार मूल्य बराबरको ६४८ मेट्रिक टन अदुवा, रु सात करोड ८० हजार मूल्य बराबरको ३५४ मेट्रिक टन मरिच, रु दुई करोड २७ लाख ९८ हजार मूल्य बराबरको ४७५ मेट्रिक टन धनिया र रु एक करोड ८३ लाख ७० हजार मूल्य बराबरको विभिन्न प्रकारका मसाला भित्रिएका छन् । सोही अवधिमा रु एक अर्ब ९३ करोड २१ लाख ७७ हजार मूल्य बराबरको विभिन्न प्रकारका फलपूmल भित्रिएको छ । तीमध्ये रु ७५ करोड १८ लाख ७३ हजार मूल्य बराबरको स्याउ, रु ३३ करोड ७० लाख ३१ हजार मूल्य बराबरको अनार, रु २२ करोड ६७ लाख ८५ हजार मूल्य बराबरको अङ्गुर, रु सात करोड १० लाख २१ हजार मूल्य बराबरको कागती, रु आठ करोड ६१ लाख १० हजार मूल्य बराबरको आँप, रु ३९ करोड ७५ लाख ३२ हजार मूल्य बराबरको सुपारी, रु एक करोड ३३ लाख ८६ हजार मूल्य बराबरको तरबुज र रु एक करोड ८५ लाख ३५ हजार मूल्य बराबरका सुन्तला भित्रिएका छन् भने यसका साथै लिची, मौसमी लगायतका फलपूmल भित्रिएको सो कार्यालयले जनाएको छ । विराटनगर नाका भएर भारततर्फ रु तीन अर्बभन्दा बढी मूल्यको कृषिजन्य तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा रु तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरका कृषिजन्य र जडीबुटी निर्यात भएको हो । सोमध्ये सबैभन्दा बढी रु दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबर तीन हजार ८१४ मेट्रिक टन अलैँची र सबैभन्दा कम रु ६ लाख ३३ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुपाडी निर्यात भएको थियोे । त्यसैगरी, रु ४२ करोड ३४ लाख ११ हजार मूल्य बराबरको २३ हजार ५२३ मेट्रिक टन पिना, रु एक करोड ३३ लाख ४३ हजार मूल्य बराबरको बन्दाकाउली, रु ९६ लाख २० हजार मूल्य बराबरको ६४२ मेट्रिक टन फ्रेस अदुवा र रु दुई करोड ४२ लाख ९२ हजार मूल्य बराबरको एक हजार ६१९ मेट्रिक टन कुचो निर्यात भएको जनाएको छ । सोही अनुरुप, रु एक करोड ६ लाख ४८ हजार मूल्य बराबरको १९४ मेट्रिक टन लिनसिड, रु तीन करोड ६६ लाख ८९ हजार मूल्य बराबरको ६५५ मेट्रिक टन तेजपात र रु पाँच करोड ८७ लाख ३९ हजार मूल्य बराबरको ३२५ मेट्रिक टन चिया निर्यात भएको सो कार्यालयले जनाएको छ । त्यस्तै, रु ८८ लाख १८ हजार मूल्य बराबरको ५८८ मेट्रिक टन रुद्राक्ष, रु ४७ लाख ३७ हजार मूल्य बराबरको ३३ मेट्रिक टन चिराइतो र रु ६४ लाख ७० हजार मूल्य बराबरको १९ मेट्रिक टन मजिठो निर्यात भएको छ । साथै नेपालबाट भारततर्फ जटामासी, टिम्बुर, सताबरी, काइयोफुल, वनलसुन लगायतका जडीबुटी निर्यात भएका छन् । रासस
सामाजिक सुरक्षा भत्तासँगै चाडपर्व खर्च
बुटवल, असोज १० । बुटवल उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई सम्मानस्वरुप चाडपर्व खर्च उपलब्ध गराएको छ । उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरी प्रतिव्यक्ति रु दुई हजारका दरले उक्त रकम उपलब्ध गराइएको हो । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएका ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई यस किसिमको रकम उपलब्ध गराउने निर्णयबमोजिम रकम वितरण कार्य शुरु गरिएको कार्यबाहक प्रमुख गुमादेवी आचार्यले जानकारी दिए । उक्त रकम उपमहानगरका १९ वटै वडा कार्यालयबाट वितरण गरिएको र वडा कार्यालयमा आउन नसक्ने व्यक्तिलाई घरमै पुगेर रकम उपलब्ध गराउने व्यवस्थासमेत गरिएको उनले बताए । बुटवल उपमहानगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सात हजार २७४ जनामध्ये नगरभित्र ३५२ एकल महिला, २५६ अपांग र पाँच हजार ९६६ जना ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक रहेको नगरपालिकाको सामाजिक शाखाले जनाएको छ । यही तथ्यांकका आधारमा बुटवल उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट बजेट विनियोजन गरेर चाडपर्व खर्च वितरण गरेको हो । यसका लागि उपमहानगरपालिकाको साउन ३२ गतेको प्रथम नगरसभाले रु एक करोड ४५ लाख ४८ हजार बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिकाले यसरी चाडपर्वको बेला रकम उपलब्ध गराएकामा उक्त समूहका जनता निकै खुशी भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १७ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए । उनले जनताका प्रतिनिधिले ज्येष्ठ नागरिक, अपांग र एकल महिलाको सम्मानस्वरुप चाडपर्वका बेलामा सम्झनास्वरूप सो रकम दिइएको बताए । अहिले रकम बुझ्न नआएकालाई पनि दशैँपछिसम्म रकम दिइनेसमेत वडाध्यक्ष रेग्मीले जानकारी दिए ।
यी राष्ट्रहरु जसलाई अमेरिका भ्रमणमा समेत रोक लगाइएको छ
असोज ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका ८ वटा मुलुकलाई आफ्नो देशमा प्रतिवन्ध लगाएको छ । उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलगायत विश्वका आठ मुलुकका नागरिकहरुले अमेरिका भ्रमणमा जान समेत नपाउने पाउँदैनन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो । आइतबार ह्वाइटहाउसले एक विज्ञप्तिमार्फत सार्वजनिक गर्दै उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई समेत अमेरिका प्रलेशमा प्रतिवन्ध लगाएको हो । सुरक्षाको कारण देखाउँदै अमेरिकाले ती देशका नागरिकहरुलाई आफ्नो देशमा प्रवेशमा निषेध गरेको छ । पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ । यसअघि इरान, लिबिया, सोमालिया, सिरिया र यमनलाई अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएको थियो । उक्त ९० दिन पनि आइतबार नै सकिएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकाले ती देशका नागरिकहरुलाई आफ्नो देशमा प्रवेशमा निषेध गरेको छ । अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतङ्ककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको आइतबार अबेर राती राष्ट्रपति ट्रम्पले घोषणा गरेका हुन् । उत्तर कोरिया र चादका नागरिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ । भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा कामगर्ने नागरिक, विदेश तथा गृहमन्त्रालयका अधिकारी एवम् सेना प्रहरीमाथि लगाइएको छ । राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाइएको छ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ । उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यस अघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सिमीत नरहेको बताइएको छ ।
विश्वकै सबैभन्दा बुढो पाण्डाको मृत्यु
भदौ २९ । विश्वको सबैभन्दा पाको उमेरको घरपालुवा पाण्डाको मृत्यु घएको छ । ३७ वर्षको उमेरमा दक्षिण–पूर्वी चीनको फुजियानमा मृत्यु भएको उनका संरक्षकले बताएका छन् । ‘बसी’ नाम दिइएको उक्त पोथी पान्डालाई आफ्नो प्रजातीमा विश्वकै सबैभन्दा लामो उमेरसम्म बाँच्ने जीव भनिएको बीबीसीले उल्लेख गरेको छ । मानवको उमेरसँग तुलना गर्ने हो भने त्यो जीव १०० वर्ष भन्दा बढी बाँच्न सफल भएको छ । चिनियाँ सरकारले यस प्रजातीको पान्डालाई निकै प्राथमिकताका साथ संरक्षण गरिरहेको छ । वषौंदेखिको संरक्षण प्रयासका कारण चीनमा पान्डा संकटाको अवस्थाबाट मुक्त भइसकेको छ । बसी नाम गरेको उपत्यकाको हिमनदीबाट उद्धार गरिएकाले उनको नामको नाम बसी राखिएको थियो । खेलकुदको प्रशिक्षणसमेत लिएकी बसीले सन् १९९० को पहिलो एसियाली खेलकुदको प्रतीक ‘मस्कट’लाई समेत प्रेरित गरेको थिइन् । त्यसपछि उनी विश्वभर प्रसिद्ध ‘सेलिब्रेटी’ खेलाडीको रुपमा चिनिएकी थिइन् । उनले विशेषगरी भारात्तोलन खेलमा सबैभन्दा बढी रुची राखेकी थिइन् । चार वा पाँच वर्षको उमेरदेखि उनलाई फुचियानको आश्रयस्थलमा राखिएको थियो । चीनमा अहिले पान्डाको संख्यामा उल्लेख्य वृद्धि भइसकेको छ ।
अब नायिकाको भूमिकाबाट गायिका क्षेत्रमा
भाद्र २९ । आधा दर्जनभन्दा बढि चलचित्र, चार दर्जन भन्दा बढि म्युजिक भिडियो र एकदर्जन जति विज्ञापनहरुमा अभिनय गरेकी अभिनेत्री सारिका घिमिरेले आफुलाई गायिकाका रुपमा परिचय बनाउने प्रयास गरेकी छिन् । उनको एकल स्वर रहेको गिति एल्बम ‘मोहनी’को आज संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटाले विमोचन गरेका छन् । बागबजारस्थित फिल्म हल सिटीम्याक्समा आयोजित विमोचन कार्यक्रममा संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिका संगीता रानालगायतले सारिकालाई गायिकाका रुपमा यात्रा अघि बढाएकोमा शुभकामना दिएका थिए । सारिकाको गिति एल्वम भित्र चार वटा गीत रहेका छन् । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको सङ्गीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै सङ्गीत रहेको छमछम, सारिका घिमिरेकै शब्द तथा डेनी निरौलाको सङ्गीत रहेको सान्नानी बोलको गीतहरु रहेका छन् । यस एल्बमको दुई गीतमा गायिका घिमिरेको आफ्नै शब्द रहेको छ भने एउटा गीतमा सङ्गीत पनि उनले भरेकी छिन् । कार्यक्रममा एल्बममा समावेश गीत ‘के देख्यौ माया लायौ ’को म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छिन् भने उनलाई अभिनेता पुष्पल खड्काले साथ दिएका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाई अर्जुन घिमिरेले खिचेका हुन्, जसलाई भरत रेग्मीले निकै आकर्षक ग्राफिक्सको साथमा सम्पादन गरेका छन् । कार्यक्रममा गायिका घिमिरेले ‘अभिनय र गायन दुवै विधालाई संगै लैजाने बताउँदै भनिन् ‘मेरो लागि दुवै प्यारा छन् । गायन र अभिनय मेरो रुची र चाहनाको क्षेत्र हो । मैले सङ्गीतको औपचारिक शिक्षा समेत लिएकी छु ।’ जततउस्ररदष्त।थिरद्दहब्जःम्छ सङ्गीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै सङ्गीत रहेको छमछम, सारिका घिमिरेकै शब्द तथा डेनी निरौलाको सङ्गीत रहेको सान्नानी बोलको गीतहरु रहेका छन् । यस एल्बमको दुई गीतमा गायिका घिमिरेको आफ्नै शब्द रहेको छ भने एउटा गीतमा सङ्गीत पनि उनले भरेकी छिन् । कार्यक्रममा एल्बममा समावेश गीत ‘के देख्यौ माया लायौ ’को म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छिन् भने उनलाई अभिनेता पुष्पल खड्काले साथ दिएका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाई अर्जुन घिमिरेले खिचेका हुन्, जसलाई भरत रेग्मीले निकै आकर्षक ग्राफिक्सको साथमा सम्पादन गरेका छन् । कार्यक्रममा गायिका घिमिरेले ‘अभिनय र गायन दुवै विधालाई संगै लैजाने बताउँदै भनिन् ‘मेरो लागि दुवै प्यारा छन् । गायन र अभिनय मेरो रुची र चाहनाको क्षेत्र हो । मैले सङ्गीतको औपचारिक शिक्षा समेत लिएकी छु ।’
चितवनबाट चुनाव लड्दैछु: प्रचण्ड
भरतपुर, भदौ २३ । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले अागामी निर्वाचनमा अाफू चितवनबाट चुनाव लड्ने घाेषणा गरेका छन् । प्रेस सेन्टरले भरतपुरमा अायाेजना गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, “बीरगञ्ज बैठकबाट म चितवनमा चुनाव लड्ने निर्णय भएकाे छ। चितवन देशकाे एउटा विशिष्ट जिल्ला हाे, यसकाे राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ। त्यसैले म चितवनबाट चुनाव लड्दैछु।” म समग्र देशकाे अनुभव लिएर चितवन अाउदैछु, समग्र चितवनलाई उत्कृष्ट शहर बनाउन सकिन्छ। यसकाे दीर्घकालिन विकासकाे गुरुयाेजना बनाउँदैछु।” भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट शहर बनाउनुपर्छ। मैले यसबारे चीनियाँहरुसँग पनि कुरा गरेकाे छु। छिटै यसकाे गुरुयाेजना बन्छ। चितवन देशकै राजनीतिक र अार्थिक गतिविधिकाे केन्द्र हाे, यसलाई देशकै उत्कृष्ट जिल्ला बनाउने सपना छ। नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिकाे अाधुनिकिकरण, प्राविधिक शिक्षाकाे गुणात्मक विकास, रिङ राेड, सञ्चार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेकाे छु प्रचण्डले भने ।
यसकारण प्रचण्ड यस युगका महान् योद्धा
नगेन्द्रराज प्रसाई : म माओवादी होइन; तर मैले आफूलाई मन पर्ने बर्तमान राजनीतिज्ञको नाउँ लिनु पर्यो भने प्रचण्डका विकल्पमा अरू नाउँ नै पाउन सक्तिन । त्यतिमात्रले पनि पुग्दैन; नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छ; जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क.पुष्पकमल दाहाल प्रचण्ड । यो बेहोरा वक्ता जजसको अनुहार निचोरिए पनि प्रचण्ड नेपाल राष्ट्रका आधुनिक राजनीतिका बादशाह हुन्; उनको जोडा अझै कैयौं वर्ष नेपालले पाउन गाह्रै छ । नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छ; जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क.पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्ड लाउरे बाउरे नेता पनि होइनन् । उनी सशक्त राजनेता हुन् । मै हुँ भन्ने राजनीतिज्ञहरूलाई पनि पानी पित्त छदाउन सक्ने उनी वीर योद्धा हुन् । लोभीपापीलाई चिची र पापा देखाएर, भिडन्तलाई पाखुरी देखाएर र शासकलाई पौरख देखाएर पाहा पछार्न सिपालु खेलाडीको नाउँ पनि प्रचण्ड नै हो । प्रचण्डले नेपाली काङ्ग्रेस र एमालेलाई १२ बुँदे सहमति गराएर आफ्नो राजनैतिक हैसियतलाई इतिहासमा स्वर्णिम बनाएको सर्वसत्य हो । अहिले आएर जजसले जेजे भने तापनि प्रचण्ड नभए नेपालमा गणतन्त्र आउँदैनथ्यो । हो, गणतन्त्रले नेपाल उस्केन र गणतन्त्रकै कारण नेपालीले हरदिन विचलित हुनु परेको छ; यो बेग्लै प्रसङ्ग हो । साथै यसबारे पनि मेरो कलमले आफ्नो आत्मकथामा वृतान्त नै लेखिसकेकै छ । गणतन्त्र जसरी र जेगरी आए तापनि यो परिवर्तन प्रचण्डको शक्तिकै प्रतिबिम्ब हो । पहिलो चरणमा नेपालमा गणतन्त्र आयो र दोस्रो चरणमा काङ्ग्रेस र एमालेलाई माओवादीले “चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी”मा रूपान्तर गराई रहेको छ । त्यसैले म बराबर भन्दै आएको छु “एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात (माओवादी) हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।” नेपालमा गणतन्त्रको प्रवेशपछि “नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी हुन पाउँ” भनेर धेरैले प्रचण्ड माने । लुकेर कसैको जुठो पुरो खानुभन्दा हाकाहाकी प्रचण्डकै जुठो खान पनि मान्छेहरू लालायित भए । अनि झण्डा पनि रातै बोक्नु परे प्रचण्डले नै निर्माण गरेको झण्डा उठाउँदा गौरव मान्नेको ताँतीको पनि बढोत्तरी भैरह्यो । “एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात (माओवादी) हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।” कुनै समय यस्तो पनि थियो जुन समयमा धेरैले प्रचण्डको रूप हेर्न चाहेका थिए । जब एकाएक झुल्के प्रचण्ड; सबैले कर्तवलध्वनीले प्रचण्डको रूपरेखाको स्वागत गरे । उनलाई भेट्न नेपाली काङ्ग्रेसदेखि एमालेका ठेकदारसम्म तँ छाड कि मछाड भनेर कुद्न थाले । मानौं प्रचण्ड “श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति” नै थिए । त्यसैले आधुनिक चाणक्य प्रचण्डले त्यसै बखत सबै नेताहरूको पेट छामे । हिजो प्रचण्ड नहुँदा सास फेर्न नसक्ने काङ्ग्रेस र एमालेका लागि सदैव प्रचण्ड भालु नभएका पनि होइनन् । प्रचण्डको कान समाउँ कहिलेसम्म ? अनि प्रचण्डको कान छाडौं त्यही ठहरै हुने ! के फसाद ! देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्तत: उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए । नेपाल किन कङ्गाल भएको छ भने काङ्ग्रेस र एमालेका कर्तुतबाटै नास भएको छ । २०४६ सालपछि सबै कलकारखाना, उद्योग व्यापार र वाणिज्यलाई निजीकरण गरेर व्यक्ति मौलाएकै घटना प्रचण्डले हेरिरहेका थिए । यी नेतामा राजनीति र जनप्रेम थिएन र अझै छैन पनि भन्ने बेहोरा प्रचण्डलाई थाहै थियो । देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्तत: उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए । प्रचण्डले नेपालको सम्पूर्ण राजनीतिलाई ओथारो बसेर आफ्नै कब्जामा राखेका छन् । उनले चाहेपछि मात्र राजनीतिको पात हल्लिने परम्पराको श्रीगणेश भएको छ । उनको पैतालाको धुलोको टीका नलगाउनेहरू अराष्ट्रपति भएर नै बसेको पनि देखियो । प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए । वास्तवमा जो सुकै झाम्रे झुम्रेले जस्तो सुकै सिंहाशन समाए पनि अन्तत: रिमोट त प्रचण्डै बने । खुइलिएको मोबाइल भएर के भयो त सुपर सिमकार्ड भएपछि त कुरै सक्कि गयो नि ! तसर्थ प्रचण्ड गणतन्त्रका सिमकार्ड हुन्; सिमकार्ड ! शक्तिशाली सिमकाड ! गणतन्त्रपछिको नेपालका सरकार र प्रधानमन्त्री पनि हामीले चाखिसक्यौँ । जति तमाशा हेर्नु थियो त्यसभन्दा धेरै पनि हेरिसक्यौँ । प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए । अबको नेपाललाई पनि यसरी नै प्रयोगको विषयवस्तु बनाउने कि तमासेको तमाशा देखाउने ? जनतालाई कति आजित बनाउने ? यस प्रश्नको उत्तर अब कमरेड प्रचण्ड सँगमात्र छ । अरू त थपना मात्र हुन्; जागिर खान कुरेका थपनाहरू ! नेपालमा दिगो राजनैतिक व्यवस्थाका लागि कमरेड प्रचण्डले नै पहल गर्नुपर्छ । यो राष्ट्रको मुहार हँसाउने कि यसरी नै रूवाउने कमरेड ! त्यसैले राष्ट्रवादी शक्तिसँग मिलेर देश बनाउन प्रचण्डले नै अघि सर्नुपर्छ । यदि होइन भने भोलि हामी नेपाली नहुन पनि सक्ने सम्भावनाले सङ्केत गरिसकेको छ । -नेपालपानाबाट
एनआरएनए अमेरिकाको निर्वाचन दौडमा डा. केशब धेरै अगाडि छेउ मै छैनन प्रतिस्पर्धी
टेक्सस (अमेरिका), भदौ १९ । एक वर्षदेखि प्रतीक्षारत गैरआवासीय नेपाली संघ, अमेरिका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन यसै हप्ताको ५ र ६ तारिख तय भएसँगै अमेरिकी डायस्पोरामा नेतृत्व पदका लागि जोड–घटाउ शुरु भएको छ । यसअगाडि अध्यक्ष पदमा पाँच प्रत्यासीले नेतृत्वमा आकांक्षा देखाए पनि गौरीराज जोशीको उम्मेदवारी मनोनयनलाई निर्वाचन समितिले प्रक्रिया नपुगेको कारणसहित अयोग्य ठहराएको थियो । त्यही अयोग्यताको असन्तुष्टिलाई लिएर जोशी अदालतको ढोका ढकढक्याउन पुगेपछि अनिश्चित बनेको राष्ट्रिय समितिको निर्वाचन पुनः जोशीले डा. केशव पौडेललाई एक कार्यकाल थप काम गर्न दिने भन्दै मुद्दा फिर्ता लिएपछि मार्ग प्रशस्त भएको थियो । अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्ष डा. केशव पौडेलसँग प्रतिस्पर्धा गर्न वर्तमान कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षद्वय रविना थापा र राम सी पोखरेल लागिपरेका छन् । १४ हजार सदस्य रहेको गैरआवासीय नेपाली संघकोे नयाँ नेतृत्वमा ४ आकांक्षीमध्ये वर्तमान अध्यक्ष डा. केशव पौडेल नै सबैभन्दा योग्य उम्मेदवार भएको प्रतिक्रिया दिन्छन् न्यूयोर्कस्थित शिक्षा पेशामा आबद्ध दिलिप ओझा । ओझा भन्छन्– ‘दुई वर्षअगाडि भारी मतले निर्वाचित डा. पौडेलविरुद्ध पराजितहरुले हारेकै हप्तादेखि मुद्दा हालेर दुःख दिए । मलाई लाग्छ डा. पौडेलले उनको क्षमताअनुसार काम गर्नै पाएका छैनन् । उनलाई काम गर्न दिइएकै छैन । त्यसैले एक पटक पुनः उनलाई अमेरिकाबासी नेपालीले विवेक पु¥याएरै जिताउनुपर्छ ।’ लभलेस हेल्थ सिस्टम नामक अस्पतालका सिनियर मेडिकल डाइरेक्टर, स्टेट युनिभर्सिटी अफ न्यूयोर्क अपस्टेटका पूर्व प्राध्यापक, हस्पिटल मेडिसिन सोसाइटी न्यू मेक्सिकोका पूर्व अध्यक्ष तथा त्रिवि शिक्षण अस्पतालको उत्कृष्ट मेडिकल अफिसर अवार्डबाट सन् २००३ मा सम्मानित डा. पौडेलका वर्तमान प्रतिस्पर्धीहरु सामान्य रुपमा पनि अमेरिकी नेपालीले एनआरएन अध्यक्षका लागि स्वीकार गर्ने खालको नहुनुले पनि यस पटकको निर्वाचनमा डा. पौडेल निकै अगाडि भएको बताउनेहरुको कमी छैन । अध्यक्ष पदका अन्य प्रत्यासीहरुमा कृष्ण पोखरेल न्यूयोर्क लाइफ इन्स्सुरेन्सका इन्सुरेन्स एजेन्ट हुन् भने रविना थापा बाल्टिमोरस्थित लुम्बिनी रेष्टुरेन्टकी सञ्चालिका हुन् । त्यसैगरी राम सी पोखरेल टेक्ससस्थित किराना व्यापारी हुन् । डा. पौडेल निकै अगाडि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका डा. केशव पौडेलप्रति विश्वभरि क्रियाशील ८० प्रतिशत कांग्रेस निकट एनआरएन अभियन्ताहरुको सहानुभूति छ । डा. पौडेललाई अबका एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षका प्रत्यासी भवन भट्टले महासचिव पदमा अफर गरेका थिए भने उनीसँगै भिड्ने तयारी गरेका कुमार पन्तले सचिव पदमा अफर गरेका थिए । तर, डा. पौडेलले माथि जाने उच्च महत्वाकांक्षा देखाएनन् । गत कार्यकालमा विपक्षीहरुले निर्वाचन जितेकै दिनदेखि मुद्दामामिला गरेर अनावश्यक विवाद गरेर काम गर्नै नदिएपछि थप एक कार्यकाल अमेरिकाभित्रै काम गर्ने उनको उद्देश्यलाई सकारात्मक रुपमा लिने ठूलो जमात अमेरिकामा उनको पछाडि छ । उनलाई बोलेपछि पूरा गरेरै छाड्ने व्यक्तिका रुपमा अमेरिकामा चिन्ने गरिन्छ भने विपत्ति परेका बेला स्टेथेस्कोप बोकेर बिरामी जाँच्न मैदानमा उत्रने व्यक्ति हुन् डा. पौडेल भन्छन् क्यालिफोर्नियाका जीवन पन्त । उनी भन्छन्– ‘डा. पौडेलले नेपालको भूकम्पमा देखाएको भूमिकाले म नतमस्तक छु । अहिलेका अन्य प्रतिस्पर्धीहरुभन्दा डा. पौडेलले धेरै अगाडिको दूरी तय गरिसकेका छन् । डा. केशव पौडेलले सबैभन्दा महत्वपूर्ण दृष्टि टिम निर्माणमा देखाएका छन् । मधेस र मधेसीको प्रतिनिधित्व हुने गरी वरिष्ठ उपाध्यक्षमा सुमन साह लिएका छन् । महासचिवमा जनजाति प्रतिनिधित्व हुने गरी बाबुराम लामालाई लिएका छन् । डा. केशव पौडेलको अर्को जित्ने आधार भनेको उनीसँगै प्रतिस्पर्धा गर्न कम्मर कसेर लागेका गौरीराज जोशीको समर्थनले उनलाई थप मजबुत बनाएको छ । नेपालमा व्यापारिक साझेदारीदेखि वृद्धाश्रम निर्माण र चेपाङलाई सहयोगमा समेत सहयत्रा गर्दै आएका गौरीराज जोशी र डा. पौडेलको मित्रता अत्यन्त गहिरो छ । त्यही कारणले जोशीले डा. पौडेलसँग प्रतिस्पर्धा नगर्ने बरु सहकार्य गर्दै सफलता हासिल गर्ने भन्दै मुद्दा फिर्ता लिएको कुरा यी दुईको सहमति भएको बैठकमा बसेका एक सामाजिक कार्यकर्ताले बताए । एकातर्फ प्रतिस्पर्धीहरु निकै कमजोर हुनु र अर्कोतर्फ डा. पौडेल व्यावसायिक, राजनीतिक र सामाजिकरुपमा अब्बल हुनुले सन् २०१७ देखि २०१९ सम्मको कार्यकालका लागि अमेरिकी एनआरएनमा पुनः डा. पौडेल लगभग सुरक्षित देखिएका हुन् । वकिल जिसीको हर्कत गतवर्ष एनआरएन अन्तर्राष्ट्रिय परिषद्मा उपाध्यक्ष पदमा उम्मेदवारी दिएर भारी मतले पराजय भोगेका न्यूयोर्कका वकिल खगेन्द्र जिसीलाई पुनः उपाध्यक्ष पदको भोक जागेपछि उनले योग्यता नै नपुगेका सोझा स्वभावका व्यवसायी गौरीराज जोशीलाई अनावश्यक उचाले । आफ्नो अनुकूलको अध्यक्ष जिताउँदा आफू अनुकूलका प्रतिनिधि अमेरिकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा पु¥याउँदा आफूलाई उपाध्यक्ष जित्न सजिलो हुने जिसीको सपनाका कारण फुल्दै गरेको एनआरएन कचहरीसम्म पुग्यो । निर्वाचन नै तीन महिना ढिला सम्पन्न हुने भयो । कांग्रेस नेता महेन्द्रध्वज जिसीका भाइ खगेन्द्र जिसी आफ्नो फाइदाका लागि जुनसुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । अहिलेका अध्यक्ष पदका बलिया प्रत्यासी डा. केशव पौडेल नेविसंघकै पूर्व नेता भए पनि जिसीले आफू अनुकूल नहुने भएपछि गौरीराज जोशीलाई डा. पौडेलविरुद्ध उम्मेदवारी दिन लगाएका थिए । तर, गौरीराज जोशी एक कार्यकाल काम नगरेका कारण विधानअनुसार उनी अध्यक्ष पदका लागि योग्य भएका थिएनन् । उता, जिसीसँगसँगै कांग्रेस प्रवास संगठन जनसम्पर्क समितिका अध्यक्ष गोरखबहादुर विष्ट पनि डा. पौडेलविरुद्ध व्यक्तिगत रिस साँधेर पछि लाग्दै गए । गौरीराज जोशीलाई डा. पौडेलविरुद्ध भड्काउँदै गए । गौरीराज जोशीलाई अनावश्यक उचालेर जिसी, विष्ट र एमालेका केही कार्यकर्ता मिलेर अदालतमा मुद्दा दर्तासमेत गराइयो । तर, व्यापारमा राम्रो सफलता हासिल गरेका सोझो स्वभावका जोशीले यी सबैलाई पिठ्युँ फर्काएर मुद्दा फिर्ता लिए र एक पटक डा. पौडेललाई नै अध्यक्ष बनाउने निर्णयमा पुगे । जोशीले नाम फिर्ता लिएपछि एकाएक तिलमिलाएका खगेन्द्र जिसी अर्का अवसरवादी स्वभावका कृष्ण पोखरेललाई अध्यक्ष बनाउनुप¥यो भनेर सामाजिक सञ्जालमा शेयर गर्न व्यस्त छन् । जिसी अध्यक्षका कृष्ण पोखरेल र अन्य पदमा एमालेका कार्यकर्ताको फोटो राखेर प्रचारप्रसार गर्न थालेपछि अहिले सामाजिक सञ्जालमा जिसीविरुद्ध व्यापक विरोध भएको छ । तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको कृपामा परराष्ट्रको अवैतनिक एनआरएनएन सल्लाहकारको नियुक्ति लिएका जिसीले खुल्लम्खुल्ला सामाजिक सञ्जालबाट उम्मेदवारी प्रचार गर्न थालेपछि विरोध भएको हो ।
अभिनेता खनाल अस्पताल भर्ना
भदौ १६ । अभिनेता सरोज खनाल खनाल अस्पतालमा भर्ना भएका छन् । मिर्गौलामा पत्थरी भएर स्वास्थ्य बनेपछि खनाल बल्खुस्थित वयोधा अस्पतालमा बुधबार अस्पताल भर्ना भएका हुन् । उनको सोही दिन नै मृगौलाको पत्थ्रीको अपरेसन गरिएको छ । अस्पतालका वरिष्ठ युरो सर्जन डा सञ्जय खड्गी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । खनालको स्वास्थ्यवस्था सामान्य भएपनि उनी अझै दुई दिन अस्पतालमै आराम गरी बस्ने स्रोतले बताएको छ ।
बाढी प्रभावित जिल्लामा सित्तैमा एनटीसी सिम
काठमाडौं, भदौ १५ ।बाढी प्रभावित २३ जिल्लाहरुमा नेपाल टेलिकमले सित्तैमा सिम वितरण गरेको छ । झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका बाढी प्रभावित जिल्लाहरुमा निःशुल्क प्रिपेड सिम उपलब्ध गराएको हो । टेलिकमले ५० रुपैयाँको टक भ्यालूसहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरी रहेको जनाएको छ । साथै बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकले आफूले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउने जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा गत सोमबारबाट सुरु भएर भदौ २६ गतेसम्म उपलब्ध हुनेछ । यो सेवा ग्राहकले कम्पनीको ग्राहक सेवा केन्द्रबाट लिन सक्ने टेलिकमले जनाएको छ ।
नेपालले बंगलादेशलाई ३–२ ले हरायो
काठमाडौं, भदौं १४ । नेपालले दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा बंगलादेशलाई पराजित गरेको छ। नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट हारेपनि पछिल्ला तीन सेट जतिर संग्रहमा खेल ३–२ ले जितेको हो । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्यो। २–१ ले पछाडि परेको अवस्थामा नेपालले चौथो सेट २५–२२ र पाँचौ सेट १५–८ ले जित्दै खेल जितेको हो। दोस्रो खेल पनि जित्दै नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिज दुई शून्यले जितेको छ। मंगलबार भएको पहिलो खेलमा पनि नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको थियो। नेपाल सरकारले भलिवललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।
चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने पक्राउ
मेलम्ची, भदौ १४ । कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजना पक्राउ परेका छन् । कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत चौताराबाट कीर्ते नागरिकता बनाउन सहयोग गरेको भन्दै २०७० मंसिर ११ गतेको फैसलाले दुई वर्ष ११ महिना आठ दिन कैद र रु ५० हजार जरिवाना सुनाएको थियो । लामाले कैद र जरिवाना भुक्तान नगरी चार वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले निजको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । पक्राउ परेका लामालाई आजै जिल्ला अदालत चौतारामा बुझाइने ढुंगानाले जानकारी दिए । रासस