गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी

आश्विन ३१, २०७४-गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।

काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए ।

१८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए ।

अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताए । ‘एनआरएनएमा हालसम्म सुरु भएका सबै एजेन्डा अघि बढाउने छु,’ इकान्तिपुरसंगको संक्षिप्त कुराकानीमा उनले भने, ‘निर्वाचनमा हारजित स्वभाविक हो । सबै एनआरएनएलाई एकढिक्का बनाई काम गर्ने छु ।’

चुुनावी परिणामलाई मनमा नलिइ एनआरएनए अभियानमा सहभागी हुन उनले आव्हान समेत गरेका छन् । ‘एनआरएनए एउटा महत्वपूर्ण अभियान हो । यसमा सहभागी हुन म सबै एनआरएनएहरुलाई थप आब्हान समेत गर्दछु,’ उनले भने ।

एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डाहरु समेत अघि बढाउने उनले बताए ।

दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएको निर्वाचन समितिका सदस्य पाण्डेले बताए । उनको रञ्जु थापासँग प्रतिस्पर्धा भएको हो । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुन: डा. बद्रि केसी निर्वाचित भएका छन् ।

६ जना उमेदेवारबीच दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुन: हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएके छ ।

महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए ।

एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।

Source: ekantipur

म्यानपावर व्यवसायी बिहानै सिंहदरबार पुगे

काठमाडौं, भदौ २६ । म्यानपावर कम्पनीको धरौटी रकम बढाएर एक करोड पुर्याउने तयारी भएपछि वैदेशिक रोजगार व्यवसायी सिंहदरबार पुगेका छन् । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संसोधन गर्दै म्यानपावर कम्पनजीको धरौटी रकम बढाउने भएको हो । संसोधनको अन्तीम ड्राफ्ट सोमबार श्रम तथा रोजगार मन्त्रालयले तयार गर्दैछ । सोमबार ड्राफ्ट तयार हुने खबर पाएलगतै म्यानपावर व्यवसायी धरौटी रकम नबढाउन माग गर्दै बिहानैदेखि सिंहदरबार पुगेका हुन् । अहिले मन्त्रालयका अधिकारी र वैदेशिक रोजगार व्यवसायीबीच छलफल भैरहेको छ । छलफलमा धरौटी रकम घटाउन नबढाउन सरकार तयार नभए सोमबार नै म्यानपावर व्यवासायीले वैदेशिक रोजगार विभागको कार्यालय घेराउन गर्ने निर्णय गरेका छन् । संघका महासचिव नरेश गेलालले मन्त्रालयसँगको छलफल पछि थप आन्दोलनका कार्यक्रम तय हुने जानकारी दिए । तर श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले भने वैदेशिक रोजगारीका नाममा भएका ठगी रोक्न र म्यानपावरलाई व्यवस्थित गर्न धरौटी रकम बढाउनुको बिकल्प नभएको बताए । मन्त्री मन्सुरले ऐन संसोधन गरेर डेढहप्ताभीत्रमा वैदेशिक रोजगारलाई ट्र्याकमा ल्याउने दाबी गरे ।

रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं, भदौ २२ । शीर्ष वरियताका रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाईनलमा रुसी खेलाडी आन्द्रे रुब्लेभलाई हराउँदै नदाल सेमिफाईनलमा पुगेका हुन् । रुब्लेभ विरुद्धको खेल नदालले ६-१, ६-२ र ६-२ को सोझो सेटमा जितेका हुन् । यो जितसँगै स्पेनिस टेनिस स्टार नदालले स्विस खेलाडी रोजर फेडेररसँगको सम्भावित सेमिफाइनल भिडन्त तय गरेका छन् । क्वाटरफाईनलमा फेडेररले हुँवा मार्टिन डेल पोट्रोको सामना गर्दैछन् । उक्त खेल जितेको खण्डमा फेडेररको भिडन्त नदालसँग हुनेछ । युएस ओपन टेनिसमा हालसम्म फेडेरर र नदाल आमने सामने भएका छैनन् । पुरुष एकलतर्फको अर्को सेमिफाइनलमा स्पेनका कारेनो बुष्टा र दक्षिण अफ्रिकाका केभिन एण्डर्सन भिड्नेछन् ।

परीक्षा बोर्ड अध्यक्षको नियुक्ति रोकियो

काठमाडौं, भदौ १९ ।  राष्ट्रिय परीक्षा बोर्डमा खुला प्रतिस्पर्धाबाट अध्यक्ष सिफारिस भए पनि शिक्षा मन्त्रालयले नियुक्तिको प्रस्ताव एक महिनासम्म मन्त्रिपरिषद्मा लगेको छैन । लोकसेवा आयोग अध्यक्षको अध्यक्षतामा हुने कमिटीले खुला प्रतिस्पर्धाबाट प्रा.डा. चन्द्रमणि पौडेललाई बोर्डको अध्यक्षमा सिफारिस गरेको थियो । तर, शिक्षा मन्त्रालयको नेतृत्वले आफ्नोअनुकूलको व्यक्ति सिफारिस नभएपछि एक महिनासम्म पनि मन्त्रिपरिषद्मा प्रस्ताव नलगी रोकेर राखेको छ । गत १६ साउनमा सिफारिस कमिटीले पौडेलको नाम सिफारिस गरेको थियो । शिक्षा ऐनको आठौँ संशोधनपछि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी परीक्षाको काम गर्न राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरेको थियो । बोर्ड स्थापना भएको एक वर्षभन्दा बढी भइसक्दा पनि अध्यक्ष नियुक्त भएको छैन । अध्यक्ष नियुक्ति नहुँदा बोर्डका उपाध्यक्ष रहने शिक्षासचिवले कार्यबाहक अध्यक्षको काम गरिरहेका छन् । अध्यक्ष सिफारिसपछि स्वार्थका काम अध्यक्ष आइसकेपछि उनको अनुकूलतामा काम हुने भन्दै अहिले धमाधम कांग्रेसनिकटलाई नियुक्ति दिइएको स्रोतको भनाइ छ । अध्यक्ष नियुक्तिमा चासो नदिए पनि उनलाई घेराबन्दी गर्ने उद्देश्यले बोर्ड सदस्यमा प्रा. दयामान कर्माचार्य, भुमा पाण्डे र अमुदा श्रेष्ठलाई नियुक्त गरिएको कर्मचारीको आरोप छ । अहिले बोर्डले कर्मचारी सेवा–सर्तसम्बन्धी नियमावली मस्यौदा तयार पारेको छ । स्रोतका अनुसार अध्यक्ष नियुक्त नहुँदै त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । बोर्डले ओएनएम सर्भे गरी सातवटै प्रदेशमा शिक्षा मन्त्रालयका सहसचिवलाई प्रमुख बनाउने गरी प्रस्ताव गरेको छ । शिक्षा ऐनअनुसार बोर्डलाई आवश्यक परे शिक्षा मन्त्रालयसँग माग गर्न सक्ने व्यवस्था रहेकामा मन्त्रालयले हस्तक्षेप गरी ऐनविपरीत काम गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । अध्यक्ष नियुक्तिमा ढिलाइ गर्दा बोर्डबाट हुन सक्ने काममा समेत प्रभाव परेको कर्मचारीको गुनासो छ । शिक्षा मन्त्रालयले सदस्यसचिवमा शिक्षा मन्त्रालयका सहसचिवहरूलाई पठाउने गरेको छ । उनीहरूले सहसचिव हुँदा पाउने सुविधा र सहसचिव भएपछि पाउने सुविधा फरक भए पनि त्यसका लागि कुनै अवरोध नहुने, तर अध्यक्ष नियुक्तिमा विभिन्न बहाना बनाएर ढिलाइ गर्ने काम गरेको कर्मचारीको आरोप छ । अर्थ मन्त्रालयबाट जवाफ आएन : शिक्षामन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमात्र श्रेष्ठले अध्यक्षको सेवा–सुविधाका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको, तर अर्थबाट जवाफ नआएका कारण मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको जानकारी दिए । अर्थ मन्त्रालयबाट जवाफ आउनासाथ मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने उनले बताए । आफूहरूका कारण अध्यक्षको नियुक्तिमा ढिलाइ नभएको उनको भनाइ छ । नांगो बेइज्जत भयो : प्रा.डा. पौडेल अध्यक्षमा सिफारिस भएका प्रा.डा. चन्द्रमणि पौडेलले खुला प्रतिपर्धाबाट नाम सिफारिस भएपछि त्यसलाई रोक्न खोज्नु नांगो नाच भएको प्रतिक्रिया दिए । लोकसेवा आयोगको प्रक्रियाबाट अध्यक्षमा सिफारिस भएपछि आफूले चाहेको व्यक्ति ल्याउन नसकेर शिक्षा मनत्रालयले नाटक गरिरहेको उनको भनाइ छ । ‘प्रपोजल मागेर प्रतिस्पर्धाबाट नाम सिफारिस भएको हो, आफ्नो व्यक्ति ल्याउनु थियो भने किन खुला प्रतिस्पर्धा गराउने ?’ उनले प्रश्न गरे । सक्षम व्यक्तिलाई राज्यको कुनै पनि जिम्मेवारीमा ल्याउन नचाहनु दुःखद रहेको पौडेलले बताए ।

इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायने रुनी पक्राउ

एजेन्सी, भदौ १६ । इंग्लिस टोली एभर्टनका स्ट्राइकर वायने रुनीलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा चेसायर पुलिसले पक्राउ गरेको छ । रक्सी पिएर गाडी चलाएका रुनीलाई प्रहरीले तीन पटकसम्म चेतावनी दिएको थियो, तर नमानेपछि स्थानीय समाय अनुसार शुक्रबार बिहान ६ बजे पक्राउ गरिएको हो । उनीसँगै उनका साथीहरु पनि थिए । इंग्ल्याण्डका सर्बाधिक गोलकर्ता रुनीले गत सातामा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले इंग्ल्याण्डका लागि ११९ खेलमा ५३ गोल गरेका छन् ।

११ करोडको लगानीमा बनेको मासु उद्योग बन्द

धादिङ, भदौ १६ । स्वस्थ, सुरक्षित मासु बिक्री गर्ने उद्देश्यले ११ करोडको लगानीमा सञ्चालित अल्पाइन मासु उद्योग बन्द भएको छ । उपत्यकाको उपझोक्तालाई लक्षित गरि बोसो छाला रहित मासु विक्री गर्ने उदेश्यले आधुनिक बधशाला सञ्चालनमा ल्याएकोमा अहिले विभिन्न समस्याका कारण उद्योग संचालन गर्न नसकिएको अल्पाइन लाइभस्टक एण्ड वायो ट्रेड प्रा.लि.का सञ्चालक माधव अर्यालले जानकारी दिए । सरकारले पशु बधशाला र मासु जाँच ऐन २०५५, नियामावली २०५७ र निदेर्शिका २०६४ लाई पूर्णरुपमा कार्यान्वयन नगरेको, बिद्युत भार कटौती बढेको, उद्योगको मापदण्ड तथा क्षमता अनुसारको खसी किसानको खोरमा र स्थानीय वजारमा समेत नपाएको, खसी तथा मासुको मूल्य सरकारले नतोकेको कारण उद्योग सञ्चालनमा कठिनाइ आएपछि बन्द गर्नु परेको सञ्चालकले बताए । काठमाण्डौ उपत्यकामा दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सय बटासम्म खसीबोकाको मासु खपत हुने तथ्यांकलाई आधार बनाएर २०७० साल साउन महिनाबाट मासु उद्योग सञ्चालनमा आएको थियो । धादिङको खयरघारीमा सञ्चालनमा ल्याएको अल्पाइन बधशाला १७ रोपानी जग्गामा ११ करोड लगानी गरेको कम्पनीले जनाएको छ । सरकार उपत्यकामा भईरहेको खुलेआम बधशाला रोके, विद्युतभार कटौती रोक्ने वा वैकल्पिक व्यवस्था मिलाई दिए, भौतिक पूर्वाधार मर्मत सुधार सहयोग गरे, खसीबोका तथा मासुको मूल्य निर्धारण गरे उपत्यकामा मासु विक्री कक्ष खोल्ने व्यवस्था मिलाई दिएको अवस्थामा पुनः उद्योग सञ्चालन गर्न सकिने सञ्चालक अर्यालले बताए ।

एमालेमा जाने भन्ने हल्ला भ्रामक र कपोकल्पीत : नारायणकाजी श्रेष्ठ

काठमाडौं, भदौ १३ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू एमालेमा प्रवेश गर्ने भन्दै सञ्चारमाध्यममा आउको समाचारको खण्डन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले मंगलबार आफ्नाबारेमा आएको भ्रमक र कपोकल्पीत समाचारको खण्डन गरेका हुन । श्रेष्ठले स्ट्याटसमा लेखेका छन् , ‘म एमाले पार्टीमा प्रवेश गर्दैछु भनि एक अनलाइन मिडियामा प्रशारित समाचार शतप्रतिशत गलत र कपोकल्पित छ ।’ गलत समाचारको भ्रममा नर्पन उनले सबेलाई आग्रह गरेका छन ।

काँग्रेसद्वारा बाढीपीडितका लागि रु एक करोड संकलित

काठमाडौं, भदौं ९ । नेपाली काँग्रेसले बाढीपहिरो पीडित जनताको सहयोगका लागि रु एक करोड छ लाख ९० हजार ६४० संकलन गरेको छ । केही दिन अगाडि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र पहिराका कारण पीडामा परेका जनतालाई सहयोगस्वरुप पार्टीका सांसदको एक महिनाको तलबबाट उक्त रकम संकलन गरेको हो । सो रकम आज पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस संसदीय दलका सचिव धुव्र वाग्लेले पार्टीका कावा सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गरे । उक्त रकम कांग्रेस बाढीपीडित कोषको खाता नं ०१३५–११–००१००७५ मा जम्मा गरिने नेता निधिले जानकारी दिनुभयो । रासस

मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी

काठमाडौं, भदौ ९ । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् । फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल मेस्सीलाई पाखा लगाउँदै रियाल मड्रिडका रोनाल्डोले बाजी मारेका हुन् । वर्ष खेलाडीको दौडमा मेस्सी र रोनाल्डोसँगै इटालियन गोलरक्षक जियानलुईगी बुफोन पनि सहभागि थिए । लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडी बनेका रोनाल्डोले सन् २०१३÷१४ मा पहिलो पटक यो अवार्ड जितेका थिए । समग्रमा यो उनको तेस्रो युरोपियन वर्ष खेलाडीको अवार्ड हो । रोनाल्डोले वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि जिते । बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गर्दा, रियाल मड्रिडकै लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर तथा सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे । नेदरल्याण्ड्सकी खेलाडी लेइक मार्टेन्स महिला तर्फ युरोपियन वर्ष खेलाडी बन्न सफल भईन् ।

युरोपियन च्याम्पियन्स लिगका लागि सेल्टीक, सेभिया र नापोली  छानिए

काठमाडौं, भदौ ७ । स्कटल्याण्डको सेल्टिक फुटबल क्लव युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । प्ले अफ् चरणको अन्तिम खेलमा काजखस्तानको एफ.सी एस्टानालाई पाखा लगाउँदै सेल्टिक समुह चरणमा पुगेको हो । पहिलो लेगको खेल ५-० ले जितेको सेल्टिक मंगलबार राति भएको दोस्रो लेगमा ४-३ ले पराजित भए पनि समग्रमा ८÷४ को जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट भएको हो । प्ले अफ् चरणका अन्य खेलमा टर्कीको ईस्तानबुल बासाक्शेरलाई हराउँदै स्पेनको सेभिया, क्रोएसियाको रिजेकालाई हराउँदै ग्रिसको ओलम्पियाकोस, फ्रान्सको निसलाई हराउँदै ईटालीको नापोली र ईजरेलको हपोईल बिरशेभालाई हराउँदै स्लोभेनियाको एन.के. मारिबोर पनि समूह चरणमा पुगेका छन् ।

बाढीपहिराबाट रु.पाँच करोडको क्षति

पोखरा, भदौ ३ । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पुर्याएको छ । गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल लामिछानेको सबैभन्दा बढी रु एक करोडको क्षति पु¥याएको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिनुभयो । बाढीपीडित लामिछानेका घर र बिरुवाको नर्सरीमा पूर्ण क्षति पुगी एक गाई र ५०० कुखुरा बगाएको छ । बाढीले प्रवीण लामिछाने, गंगा आचार्य, रेशम लामिछाने, प्रह्लाद लामिछाने, सन्तुमाया लामिछाने, हिमाल भुसाल, गंगाबहादुर विक, प्रेमबहादुर विक, नरबहादुर विक, कमला परियार, डम्बरबहादुर विक र खेमकुमारी विकको रु चार करोड जतिको क्षति पुगेको छ । यसैबीच ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) ले त्यस ठाउँका बाढीपीडितलाई रु ५५ हजार ५५५ सहयोग गरेको छ । प्रजिअ तारानाथ अधिकारी र संस्थाका अध्यक्ष दीपकराज अधिकारी बाढीपहिरोस्थल रिभानमै पुगी वडाध्यक्ष गुरुङलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै साबिक धिताल गाविस घर भई हाल दक्षिण कोरियामा बस्दै आउनुभएका सन्देश गुरुङले एक बोरा चामल, हेम्जा युनाइटेड क्लबले रु १० हजार, गाउँपालिकाको नवज्योति एकता युवा क्लब तथा आमा समूहबाट रु २० हजार र चित्रेस्वाँरा पाख्रीबोट युवा क्लब र आमा समूहले रु आठ हजार १२५ सहयोग गरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

लाचार वैदेशिक रोज़गार विभाग, असफल फ्री भिसा फ्री टिकट’ नीति

वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’ नीति कार्यान्वयन असफल देखिएको छ । वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण जिम्मेवारी पाएको निकाय वैदेशिक रोजगार विभागकै लाचारीले फ्री भिसा फ्री टिकटको व्यवस्था लागू हुन नसकेको हो । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा फ्री टिकटको नीति लागू भएको छ । तर, निर्णय भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । फ्री भिसा फ्री टिकट लागू भएका देशमा जाने कामदारबाट म्यानपावरले प्रतिव्यक्ति ८० हजारदेखि १० लाख रुपैयाँसम्म असुलिरहेका तथ्य सार्वजनिक भएको छ । केही समयअघि खाडी मुलुकको स्थलगत निरीक्षणमा गएको संसदीय उपसमितिले त्यहाँ पुग्ने नेपाली कामदारहरूबाट ५० हजारदेखि ९ लाख रुपैयाँसम्म असुलेको तथ्य फेला पारेको आफ्नो प्रतिवेदनमा खुलाएको छ । अनुगमन तथा नियमनको जिम्मेवारी पाएको विभागले निर्णय कार्यान्वयनका लािग कुनै पहल गरेको छैन । ०७३-७४ मा मात्रै विभिन्न म्यानपावरविरुद्ध दर्ता गरिएको १४ सय ५२ उजुरीहरूमा पनि सबैभन्दा बढी उजुरी फ्री भिसा फ्री टिकट लागू भएका देशका गएका कामदारहरू रहेको छ । त्यस्ता उजुरीमा कम्पनीले कामदारबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै क्षतिपूर्तिको माग गरिएको छ । त्यस्ता उजुरीको कारबाहीका लागि विभागले भने म्यानपावर सञ्चालकलाई बोलाएर कामदारसँग मिल्न लगाउने गर्दै आएको छ । विभागमा आउने उजुरीबाट मात्रै पनि फ्री भिसा फ्री टिकटसम्बन्धी सरकारी निर्णय उल्लंघन भएको देखिन्छ । तर, त्यस्ता उजुरीलाई पनि विभागले मिलापत्रमै टुंग्याउने गरेको छ । अनुसन्धान तथा मुद्दा शाखामा आउने उजुरीलाई विभागले बिगो रकमका रूपमा मात्रै उल्लेख गर्ने गर्छ । तर, फ्री भिसा फ्री टिकेट उल्लंघन गरेर बढी शुल्क लिएको विषय भने टिपोट गर्ने व्यवस्थासम्म छैन । यसरी दर्ता हुन आएका उजुरीमा बढी शुल्क लिएको भनेर हालसम्म कुनै पनि म्यानपावर कम्पनीलाई कारबाही नगरिएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । विवरण नबुझाउने म्यानपावर कम्पनी जब सिकर म्यानपावर, सिद्धार्थ गौतम ओभरसिज, प्रिमियर ह्युमन रिसोर्स, युनाइटेड प्लेसमेन्ट इम्लोइमेन्ट सर्भिस, क्यापिटल रिक्रुटमेन्ट सर्भिस, एबिसी ओभरसिज, सारथी आभेरसिज, अस्मिक इन्टरनेटसनल, मुनलाइट इन्टरनेसनल, सिद्धार्थ ग्लोबल सर्भिस, बेटा इन्टरनेसनल, आवर डेस्टिनी इन्टरनेसनल, डायनामिक पोजिसन, सन रे ग्लोबल ओभरसिज, मेरिडायन म्यानपावर, इस्के इन्टरनेसनल, एनएसओ कन्सल्ट, रोयल ओभरसिज, इन्नोभेटिव सर्भिस, बेबी एन्जल इन्टरनेसनल, फायरडोस इन्टरनेसनल, ओम श्री महाशक्ति इम्लोइमेन्ट, ध्वनि इन्टरनेसनल, एसआरएस ओभरसिज, स्तुपा ओभरसिज, रेड रोज इन्टरनेसनल, एनएएस इन्टरनेसनल, स्पिड ओभरसिज, एपोलो ओभरसिज, हामिध इन्टरनेसनल, सार्प ह्युमन रिसोर्स, नेपाल रिक्रुटिङ सर्भिस, राइजिङ स्टार ओभरसिज, कौशिक जनशक्ति इन्टरनेसनल, मुस्ताङ ओभरसिज, सिनमल गोर्खा इन्टरनेसनल, रिजा ओभरसिज, प्लेस नेपाल, एसोसिएट्स वेलकम, औपचारिकता पूरा गर्न विवरण माग विभागले फ्री भिसा फ्री टिकटसम्बन्धी व्यवस्था पालना भए–नभएको अनुगमन गर्न भन्दै गत १ चैत ०७३ मा म्यानपावर कम्पनीहरूका नाममा एक साताभित्र विदेशमा पठाइएका कामदारहरूको विवरण उपलब्ध गराउन सूचना जारी गरेको थियो । व्यवसायीहरूले तोकिएको अवधि अपुग रहेको भन्दै समय थप्न माग गरेपछि विभागले दुईपटक गरेर २२ दिनको म्याद थप गरेको थियो । झन्डै आठ सय म्यानपावरसँग माग गरिएकोमा अझै ३९ म्यानपावरले भने विवरण नबुझाएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । उनले भने, ‘विवरण नबुझाउने म्यानपावरमाथि कानुनअनुसार कारबाही अगाडि बढ्छ ।’ यद्यपि विभागमा बुझाइएका विवरणहरू पनि तोकिएको ढाँचामा छैनन् । म्यानपावरहरूलाई पूर्वस्वीकृति तथा अन्तिम स्वीकृति लिएका कामदारको संख्या, पठाइएको देश, कम्पनी, प्रवद्र्धन खर्च तथा सेवा शुल्कसम्बन्धी विवरण, हवाई टिकटबापत रोजगारदाताबाट प्राप्त रकम र हवाई टिकटसहितको विवरण विभागले माग गरेको थियो । तर, म्यानपावर कम्पनीले भने कामदारको संख्या मात्रै उल्लेख गरेर विवरण दिएको प्रवक्ता अधिकारीको भनाइ छ । यसबाट सो व्यवस्था कार्यान्वयन भए÷नभएको यथार्थ अवस्था पत्ता नलाग्ने प्रस्ट छ । तर, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने विभागले माग गरेको सम्पूर्ण विवरण पठाइएको दाबी गरे । नयाँपत्रिका बाट

सवारी दुर्घटनामा एकको मृत्यु

इनरुवा, साउन २४ । सुनसरी सदरमुकाम इनरुवामा सोमबार साँझ ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–८ कालीझोरा बस्ने ६२ वर्षीय केसीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–३ महेन्द्र चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नंको ट्रकले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक जिप्रका सुनसरीको नियन्त्रणमा रहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

च्याम्पियन्स लिगमा तेस्रो चरणको खेल सकियो, यी हुन् छनोट हुने टिमहरु

काठमाडौं, साउन १९ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि तेस्रो चरणका छनोट खेल सम्पन्न भएका छन् । बुधबार राती भएको तेस्रो चरणको छनोटपछि स्कटल्याण्डको सेल्टीकले प्ले अफ् चरणमा स्थान बनाएको छ । नर्वेको क्लव रोजेनबर्गलाई १÷० ले हराउँदै सेल्टिक युरोपियन क्लब फुटबलको शीर्ष प्रतियोगिता नजिक पुगेको हो । बुधबार रातीका खेलमा विजयी हुँदै साईप्रसको अपोईल निकोसिया, रुसको सि.एस.के.ए मस्को, टर्कीको ईस्तानबुल बासाक्शेर, चेक गणतन्त्रको स्लाभिया प्राग, डेनमार्कको एफ.सी कोपनहेगन, रोमानियाको स्टावा बुकारेष्ट, स्विट्जरल्याण्डको योङ ब्वाईज र काजखस्तानको एफसी अस्टाना पनि च्याम्पियन्स लिगको प्ले अफ् चरणका लागि छनोट भएका छन् । फ्रान्सको निससँग अवे गोलमा पराजित हुँदै नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम भने प्रतियोगिताबाट बाहिरिएको छ । अब प्ले अफ् चरण सकिएपछि यस सिजनको युएफा च्याम्पियन्स लिगको समूह चरणमा सहभागि हुने सबै ३२ टोलीको टुंगो लाग्नेछ ।

माओवादी बैठकमा के के भयो आज, कसले के रिपोर्टिङ गरे ?

काठमाडौं, साउन ३ । माओवादीको बैठकमा अधिकांश केन्द्रीय नेता र ज़िल्ला इञ्चार्जहरूले पार्टी सुद्दीकरणमा जोड़ दिएका छन । सोमबारदेखि सुरु भएको समीक्षा बैठकको दोश्रो दिन स्थानीय नेताहरूले दरिलो संगठनको अभाव नै चुनावमा हार हुनुको मुख्य कारण बताए । मंगलबार बोल्ने धेरैजसो नेताहरुले चुनावमा आफ्नै कारणले हार ब्यहोर्नुपरेको भन्दै गुटबन्दी अन्त्य, संगठन विस्तारमा र पार्टी सुद्दीकरणमा जोड़ दिएका छन । माओवादी पार्टी हेडक्वार्टर सदस्य एवम गृहमन्त्री जनार्दन शर्माले अहिलेको चुनावमा माओवादी केन्द्रले प्राप्त गरेको सिटलाई उपलब्धीका रुपमा स्वीकार गरी अघि बढ्नुपर्ने बताए। शर्माले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले ल्याएको प्रधानमन्त्री कृषि परियोजना, उज्यालो नेपाल कार्यक्रम लगायतका कामको स्वामित्व पार्टीले लिन नसक्दा स्थानीय निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेको बताए। केही समय अघि भएको पार्टी एकतालाई भावनात्मक एकताको रुपमा रुपान्तरित गर्न नसक्दा त्यसको सम्भावना रहेका स्थानमा पनि पार्टीले हार व्यहोर्नु परेको बताए । अर्की हेडक्वार्टर सदस्य उर्मिला अर्यालले पार्टीभित्र एक भन्दा बढी केन्द्र खडा भएको र संगठन निर्माण र बिस्तारमा नलाग्नु सबैभन्दा ठूलो समस्या भएको बताइन । सचिवालय सदस्य रामराज रेग्मीले सोमबार प्रदेश इन्चार्जहरुले प्रस्तुत गरेको चुनावी रिपोर्टमा तेस्रो पार्टी भएकोमा आत्मसन्तुष्टी लिने काम भएको प्रति असन्तुष्टी जनाउँदै उनले भने, ‘अलि राम्रोसँग चुनावी समीक्षा हुनुपर्छ। चुनाव हार्नुको कारण आन्तरिक रुपमा नै खोज्नुपर्छ ।’ नेता रेग्मीले अध्यक्ष प्रचण्ड उदारवादी भएको भन्दै अब जम्बो केन्द्रीय समिति विघटन गर्नुपर्ने बताए। नेता जगबहादुर शर्माले पार्टीमा पुरानो अन्तरविरोध सकिए पनि विचौलियाहरु हावी भएको भन्दै अब तिनीहरुविरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिए । नेता रामदीप आचार्यले नेता र कार्यकर्ता एक भएर संगठन निर्माणमा लाग्नुपर्ने बताए। पार्टीमा कतिपयले स्वाभिमान बिक्री गरिसकेको र कतिपय अझै इमान्दार कार्यकर्ता रहेको भन्दै उनले इमान्दारको मूल्याङ्कन हुनुपर्ने बताए। नेता रमेश मल्लले स्थानीय चुनावमा माओवादीले पाएको मत क्रान्तिकारी जनमत भएको बताए। यो मत पहिले भन्दा बढेको उनको जिकिर छ। उनले एमालेले पाएको जनमत यथास्थितिवादीको भएको दावी गरे। बैठकमा बोल्नका लागि नेताहरुलाई पाँच मिनेट समय दिइएको छ । अझै धेरै नेताहरु बोल्न बाँकी छ ।

विशाल माओवादी बनाउ

रमेश विश्वकर्मा भर्खरै मात्र देशमा पहिलो र दोश्रो चरणको स्थानिय निर्वाचन सम्पन्न भएकाे छ र परिणाम आउने क्रम जारी छ । अव मुख्यत देशको राजनिति तेश्रो चरणको स्थानिय चुनाव सँगै संघ र केन्द्रको चुनावको तयारीमा जुट्दैछ । स्थानिय निर्वाचनमा कुन पाटीले जित्यो कस्लै हार्यो भन्दा पनि जनताको सहभागिता उत्साहजनक रुपमा रह्यो नेपालको द्धवन्द व्यावस्थापनका सवालमा यो संघिय गणतन्त्रीक नेपालको उच्चतम राजनैतिक उपलव्धि हो, अहिलेको प्राथमिकता प्राप्त उपलव्धिलाई स्विकारर्दै समाजकौ विकासशिल भविष्य निर्माण गर्दै स्थानिय र ग्रामिण जिवनकौ भविष्य कौर्ने चुनौती हाम्रो अगाडी आएको छ । कुन पाटीले कहाँ जित्यो कुन व्यात्तिले कहाँ जित्यो भन्दा पनि अव जनताको चाहान अनुसार स्थानिय तहमा विकासले गति लिन सक्छ कि सक्दैन यो विषयले समाज र राजनितिमा प्रधानताका साथ प्रवेश पाउनु पर्छ जनतालै अति छोटो समयमा स्थानिय सरकारलाई साच्चै जनताको सरकारको रुपमा महसुस गर्न पाउनु पर्छ । सिंह दरवारले संघियता मार्फत प्रदान गरेको जनताकौ अधिकार माथी जनतालै अपनत्व महसुस गर्न सक्छ कि सक्दैन्न, स्थानिय जनप्रतिनिधिहरुले आफुलाई जनताकौ अभिभावक सावित गर्न सक्छन कि सक्दैन्न असली जनप्रतिनिधिहरुको आगामि दिनका क्रियाकलापले प्रमाणित गर्दै जाला यौ जिम्मा समयलाई । स्थानिय तहको निर्वाचन सँगै देशको शान्ति प्रकृयाले वैधानिक पुर्णता पाएकौ छ, स्थानिय निर्वाचन सँगै जनताले स्थानिय सरकार मात्र होईन आफ्नै विवेकले चुनेको राजनैतिक नेतृत्व पाएको छ, भने गाउगाउमा सिंह दरवार पुगेको छ । माओवादी आन्दोलन र माओवादी पाटीको जित भने पनि हार भने पनि यहि हो । ढिलो चाडो ति विरयोद्धाहरुको योगदानको सहि मुल्यांकन र कदर हुनेछ । संघिय नेपालको ऐतहिासिक स्थानिय चुनाव परम्परावादी राजनैतिक पाटीको लागी प्रतिष्ठाको विषय बन्यो भने देशको प्रतिष्ठाको विषय बन्न सकेन बनाउन चाहेन्न । नेपालकमा ऐतिहासिक रुपमा द्धवन्द व्यावस्थापन हुदै गर्दा मिडियाहरु र नैपालको बौद्धिक जगतले यो मुद्धालाई अन्र्तराष्टियकरण गर्न सकैन्न । चुनाव सँग राजनितिक पाटीको प्रतिष्ठाको विषय जौडिनु स्वभाविक थियो तर समग्र राजनितिले देशलाई जिताउन सकैन विश्वमा नविनतम द्धवन्द व्यावस्थापनकौ विधिलाई अन्र्तराष्टिय समुदाय सँग पुर्याउन सकिएन, बरु परिवर्तनका बाहकहरुलाई पाखा लगाउनै काम गरियौ भ्रामक राजनिति पर्याप्त प्रयौग गरियो कुनै पाटीहरु आकारमा सानो ठुलो हुदै गर्दा यौ उपलव्धिलाई अन्र्तराष्टिय जगत सम्म पुर्याउन सकिएन, नैपाललाई एकाईसौ सताब्दिकौ द्धवन्द व्यावस्थापनकौ नमुना राष्ट निर्माण गर्नमा हामी र हाम्रौ राजनिति चुक्यौ । बरु जनताको कोमल भावनामा राष्टियता जस्तौ भावनात्क कुरा जोडियो, कुनै व्यात्तिको व्यात्तिगत र पारिवारिक चरित्रलाई राजनिति मुद्धा बनाईयौ, दैशको भातृत्व माथी हमला गरियो स्वघोषित राष्टवादी बने । अहिले राजनैतिक हिसाव कितावमा कस्ले जित्यो यो विषयमा फैसला गर्ने जिम्मा ईतिहासलाई छौडौ । तर पनि स्थानिय चुनावमा निकृष्ट राजनेतिक चरित्रको प्रयौग भएको छ, यस्ता बस्त्रधारी राजनितिक पाटी र स्यालहरुलाई ढिलो चाडो जनतालै पहिचान गर्नैछन । जनताको भोटलाई आधार मानैर हेर्ने हौ भने माओवादी केन्द्र तेश्रो बन्यो, कम्जोर बन्यो एमाले कांग्रेश पहिलो र दोश्रो बने तर रणनैतिक परिणामलाई आधार मान्नै हौ भने एमाले कांगे्रसले हारेकोे छ, एमाले कांग्रेशले नचाहा नचाहादै पनि देशको शान्ति प्रकृयाले पुर्णता पाएकौ छ, जनताका जनजिविका सँग जोडिएका माओवादी जनयुद्धका एजेन्डाहरु कानुनिक रुपमा स्थापित भएका छन, जनताको अभिमत द्धारा स्विकृत भएकाछन, जनता न्याय मुर्ति भई सकै पछि सार्वभौम जनताकौ फैसलालाई सर्वौ परि स्विकार गर्नु लौकतान्त्रिक दैशको राजनिति र राजनितिक सिपाहीको कर्तव्य हुन्छ, जनताकौ अभिमतलाई सम्मान गर्नै पर्छ । ऐतिहसिक स्थानिय चुनावमा लोकतान्त्रिक पाटीका अलोकतान्त्रिक चरित्रहरु प्रष्ट भए, जनताका आवश्यकतामा आधारित राजनिति नभई, व्यात्तिकौ चरित्र हत्या गर्दै विगतकौ उपलव्धिको अपमान गर्दै राष्टिय भातृत्व माथी प्रहारगर्दै चुनावकौ प्रचारको प्ररम्भ भयो । दलाल राष्टियताको झोला भित्र महान देशभक्त हरुको टाउकोलाई बौकेर बेच्ने दलाल प्रवृति राजनितिमा देखियो, गौरव पुर्ण ईतिहास र एैतिहासिक आन्दौलनका नाईकै र उसको परिवार माथी हमला गरियो हामीले विकास गर्न खौजेको यस्तो चरित्र भएको राजनितिले हामीले कल्पना गरे जस्तो स्वर्णिम राजनितिक मार्ग कौर्न सकिएला दैशकौ माटो बेच्नेहरु, नेपाल आमालाई कौडीको भाउमा बेच्नेहरु राजनितिक मसिहा बन्दै गरेको दृश्यहरु देख्दा जनता अझै भेडा भएको प्रष्ट छ, जनताले ईतिहासमा समिक्षा आफै गर्लान । दोश्रो स्थानिय चुनाव माओवादीका लागी यस अर्थमा पनि उपलव्धि मुलक बन्यौ कि तराईमा चुनाव बहिस्कार गरैको राजपा देखी पहाडको नेकपा सम्मको ऐतिहासिक स्थानिय चुनावमा सहभागि रह्यो, दशौ दलको रुपमा पुर्वमाऔवादीहरु, क्रान्तिका भक्तहरु देखि सम्वृद्धिका नाईकै सम्म माओवादीलाई हराउन र कम्जौर बन्न चोईटिएर चुनाव लडै, माओवादी कम्जोर हुदै गर्दा सवै माओवादी घटकहरु निन्द्राबाट व्युझिए जस्तै बनेका छन भने, संघय नैपालको संविधान राष्टिय सर्वस्विकार्य दस्तावैज बनैको छ । यहा सम्म आई पुग्दा माऔवादीले हारेको होईन बरु बलियौ सँग जितेको छ । ऐतिहासिक उपलव्धिको सावलमा वहस गर्दै गर्दा माऔवादी अभियानमा लागैर थाकेका, फाटेकाहरु सवै देशको ऐतिहासिक चुनावको डुंगामा सवार भए चाहे त्यो स्वतन्त्र रुपमा लडेको विप्लवको नेकपा होस वा वैद्यको क्रान्तिकारी वा बाबुरामको सम्वृद्धकारी । जे सुकै वाहानामा माओवादीलाई कम्जौर बनाए पनि पद र पैसा प्रतिष्ठाको सवालमा प्रचण्डलाई कम्जौर बनाउने रणनितिमा विक्रि भएकाहरु अहिले भोट बेच्दै हिडे सर्व साधारण जनतालाई भैडा बनाउदै हिडे । प्रचण्ड सँग प्रतिशोध साधेकाहरु आफै जनताबाट बहिष्कृत भए, यो समग्र माओवादी आन्दोलन सँग जोडिएका पक्षको चुनौती हो । हुन त बाबुराम आफै आफुलाई विद्धवान सम्झन्छन, उनका वरिपरिका दुई चार जनालै डाक्साव भन्दिदा आफुलाई निर्विकल्प नैता ठान्छन र अहिलै उनलाई पनि जनतालै खौलेर देखाई दिदा पश्चातापको रापमा डढिरहेका होलान, हैर्दै जाउ बाबुरामलै नयाँ शक्तिाई नै नया माओवादी शक्ति केन्द्र हो भन्ने दिन टाढा छैन । प्राप्त उपलव्धिहरु आफ्नै मुद्धा हुन अरु सवै साक्षि मात्र हुन भन्ने बाबुरामको अहमतालाई जनतालै ठिगान लगाए । डा.भट्टराईकौ धरातल राजनितिको गहिरो भाषमा कहिले नभेटाउने गरि हराई सकैको छ, राजनितिकरुपमा बाबुरामको पहिचान शुन्यतामा हराउने दृश्यहरु छर्लंग छ । साहित्यमा क्रान्ति देख्ने, दस्तावेजमा क्रान्ति देख्ने वैद्यले जनयुद्धको स्वाद सम्म लिन पाएन्न, सायद उनि सँग बाकी रहेको उर्जाकौ क्रान्ति अलाप थियो, जस्ले गर्दा उनि क्रान्ति भन्दा कहिल्यै थाकेन्न । वैद्यले जनयुद्धलाई आफु जेल हुदाकौ उपलव्धिहरु ठानेर गल्ति गरे, उनले प्राप्त भएको उपलव्धिको सम्मान गर्न सकैन्न, जेल बाट निस्किएर राजनितिक दस्तावेज लेख्ने वितिकै क्रान्तिको ज्वालादेख्ने वैद्यको क्रान्तिलाई पारालाईशिस हुदा आजभोली उहाकौ माक्र्शवादी दर्शन र क्रान्ति प्रतिकौ मौह भंग भएको होला । उहि वैद्यलाई गुरु मानैर वैद्यक्रान्तिमा लेपन लगाएर स्पात क्रान्तिका नायक बन्न खोजेका विप्लवलाई थवान वासिलैनै स्थानिय तहको निर्वाचनमा अस्विकृत गरि दिदा क्रान्ति लहड होईन क्रान्ति बुद्धि र विवैककौ संयोजन भएको नेतृत्व रहैछ भन्नै पाठ सिकाएको होला । माओवादी आन्दोलनले हारेको ईतिहास छैन र हार्दैन पनि, न कसैले हराउन सक्छ, अहिले माओवादीका मुद्धाहरु बलियो बन्दै जादा स्वयम माओवादी कम्जोर बनेको छ, कम्जोर एमाले कांग्रेसका कारणले होईन स्वयम माऔवादीकै कारणले भएको छ माओवादी अभियान प्रचण्ड बाबुराम, विप्लव वैद्यका कारण कम्जोर बनेको छ । सवै कुण्ठा,अहमता, रिस र घमण्ड तोडौ छुटेका हाम्रा हातहरु फेरी कहिल्यै नछुट्ने गरि मिलाउ, फाटेका मनहरुमा मलम लगाउ, आउ फेरी हामी जितौ । साच्चै तिमिले जन्माएका मुद्धाहरुमा कसैले राजगरि दिदा तिमी भित्रको माक्र्स, लैलिन र माओको छापले सराप्दैन ? राजनैतिक रुपमा राजनैतिक कमैया बन्दा तिम्रो राजनैकि स्वाभिमान बेच्न लाज लागेन ? हामी सवै माओवादीहरुलाई थाहा छ, हामी सवैको मन कुण्ठित भएको छ, माओवाद कुण्ठित भएर बाच्ने दर्शन हौईन, कुण्ठालै हामी सवै हार्नेछौ, हामी आफै सिद्धिनेछौ । हामी एकता सहितको क्रान्ति गरौ एकता सहितको देशको आर्थिक सम्वृद्धि गरौ, यहि त हो जन विद्रोह, विद्रोह पनि मिलेर गरौ । एकता सहितको माओवादी, विशाल माओवादी, बलियो माओवादी लिएर जनतामा जाउ संघ र प्रदेशको चुनावमा दलालका नाईकैहरुलाई पछारौ, सामन्त र षडयन्त्रको राजनितिलाई निश्तैज गर्दै फैरी एक चोटी माओवादी पाटीलाई विजयकौ माला लगाऔ । नया पुराना र क्रान्तिकारी जे भए पनि हामी सवै माओवादी हौ, हाम्रो एउटै लक्ष्य र सपनालाई साकार गर्न एउटै मालामा उनिन तयार हौ । हैन भने न विप्लवको एकिकृत क्रान्तिको सपना पुरा हुनेछ, न बाबुरामको सम्वृद्धिको सपना, न वैद्यको विद्रोहको कल्पना त्यसैले आउ फेरी माओवादी अभियानमा जुटौ, विदेशियका योद्धाहरु जुटौ कुण्ठा बोकेका प्रबुद्धहरु जुटौ फाटेका मनहरु जुटौ फेरी एकचोटी नेपाली राजनितिमा एकताको क्रमभंगताको चमत्कारीक छलांग मारौ । हामी सवैको सपना सँगै देशको विकास गरौ राष्टियताको रक्षा गरौ । एक विशाल फेरी विशाल स्पात झै जनताको माओवादी बनाउ, जनताका आवश्यकता र उपलव्धिको रक्षा गर्ने दायित्व पनि माऔवादी कै हो, ईतिहासलै सुम्पेको जिम्मेवारीलाई विशाल हृदयले स्विकारौ जनताको सेवामा लागौ ।