सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गर्यो : कांग्रेस
काठमाडौं, असार २१ । नेपाली कांग्रेसले देउवा सरकारले गरेका नियुक्ति बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयको चर्को विरोध गरेको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्वको सरकारले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ती खारेज गर्ने निर्णयले विधिलाई उलंघन गर्दै मनोपोली गरेको आरोप लगाए।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय अनुसार देउवा सरकारले ०७४ भदौ १४ पछि गरेका सबै राजनीतिक नियुक्तिबदर भएका छन्।
‘सरकारले कानुनलाई उलंघन गरेको छ। यो निर्णय बदनियतपूर्ण छ’, प्रवक्ता शर्माले भने, ‘यो निर्णययपछि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भएर मुलुकमा सहज राजनीति वातावरण बनेको सन्दर्भमा सरकारले विधिलाई उलंघन गरेको छ।’
‘यो निर्णयमार्फत् सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको छ’, प्रवक्ता शर्माले भने, ‘सम्मानीय प्रधानमन्त्रीले आफ्नो नाम प्रधानमन्त्रीका रुपमा कमरेड केपी ओली भनेरै निरन्तरता दिनु सुन्दर हुन्छ। कमरेड केपी ओली नभएर कमरेड ‘मनोपोली’ भनेर स्थापित गर्नेगरी उहाँको व्यवहार र चरित्रले प्रस्तुत गरेको छ। यो राम्रो पक्ष होइन।’
माइत बसेकी छोरी बाबुद्वारा बलात्कृत
बर्दिया, असार ५ । बढैयाताल गाउँपालिका—८ मा छोरीलाई बलात्कार गरेको आरोपमा बाबुले पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले १९ वर्षीया विवाहित छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । माइत बसेकी छोरीलाई गएको वर्ष कार्तिकदेखि उनले पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । श्रीमान् विदेश गएपछि माइत बसेकी छोरीलाई बाबुले जवरजस्ती करणी गर्दे आएको प्रहरीको दाबी छ । थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको प्रनि महताले बताए । श्रीमान् विदेशबाट फर्केपछि बाबु विरुद्ध छोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।
यी हुन विश्वकप हेर्न सकिने ४ नेपाली टिभी च्यानल
काठमाडौं, आजदेखि विश्वकप शुरु हुँदै छ । विश्वकपका लागि व्यग्र प्रतिक्षामा रहेका नेपाली फ्यानहरुलाई नेपालका ४ वटा टिभी च्यानलले प्रत्यक्ष प्रसारणको व्यवस्था गरेका छन् । नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसद्वारा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुनेछ । फुटबलको उन्माद संसार भरी बढिरहेको यस समयमा फिफा विश्वकप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा.लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्नेछ । मिडिया हब प्रा.लि.का कार्यकारी निर्देशक सोम धितालले भने, “ फिफा विश्वकप हेर्न विदेशी च्यानलहरुमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ । अब नेपालीहरुले विश्व कप नेपाली एच.डि. च्यानलहरुमा नै प्रत्यक्ष हेर्न पाउने छन । हामीले हाम्रो दर्शकहरुको लागि निकालेको ‘राम्रो नै हेरौ, हाम्रो मै हेरौ’ भन्ने नारा हाम्रो पहलको लागि सबै भन्दा उपयुक्त रहेको छ ।”
विश्वकपका लागि यो पटक यस्तो छ जर्मनीको टीम-
काठमाडौं, जेठ २२ । जर्मनीले नौ दिन पछि हुन लागेको २०१८ को विश्वकप फुटबलका लागि अन्तिम टोलीको टुंगो लगाएको छ । तीन हप्ताअघि जर्मनीले २७ सदस्यी प्रारम्भिक टोली बनाएको थियो । अहिले उक्त टोलीबाट चार जना खेलाडी हटाइएको छ । अन्तिम टोलीमा टोलीमा लिरोय साने, बेर्न्ड लिना, जोनथन टाह र निल्स पिटरसन अटाउन सकेनन् । लिरोय सानेलाई म्यानचेस्टर सिटीको विङ्गर भनिन्छ । उनले गएको सिजनमा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विश्वविजेता जर्मनीको अन्तिम टिममा नपर्नुलाई आश्चर्य मानिएको छ । यस्तो छ जर्मनीको टिम- गोलरक्षक म्यानुएल नुयर टिममा परेका छन् । उनी घाइते भएपछि ९ महिनासम्म मैदान बाहिर थिए । तर, शनिबार राति अस्ट्रियासँग भएको मैत्रीपूर्ण खेलबाट नुयर मैदानमा फर्किएका थिए । जर्मनी विश्वकपको चार वर्ष अघिको विजेता हो । उ सन् २०१८ मा हुन लागेको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् ।
विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ । शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगो लगाएका हुन् । गाडीमा केही जल्ने वस्तु राखेर चालक बस्ने भागमा आगो लगाएको र आगलागीबाट मेसिनको भाग जलेको छ । घटनास्थलमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा फेला परेको समेत उहाँले जानकारी दिनुभयो । स्टार लाइम कम्पनीले यहाँको कोलारबाट चुनाखानी उत्खनन गरी सो ठाउँमा ल्याएर राख्ने र त्यहाँबाट एक्साभेटरको सहयोगमा गाडीमा लोड गरेर पठाउँथ्यो । घटनास्थलमा जिल्ला जनपरिषद् चितवनको नाममा पर्चा फेला परेको र सो पर्चामा कम्पनीले शक्तिखोरका जनतासँग गरेको सहमति कार्यान्वयन नभएकाले कारवाही गरिएको उल्लेख छ । यहाँको खानेपानी व्यवस्थापन, खोलाको तटबन्ध, सडक निर्माण, चुनाखानी माथिको बस्ती संरक्षण र उपरदाङगढीको संरक्षण नगरेको आरोप लगाएको पाँचबुँदे पर्चा भेटिएको ढकालले बताउनुभयो । रासस
बजेट अख्तियारी नअाउँदा शिक्षाका काम ठप्प
जाजरकोट । जिल्ला शिक्षा कार्यालय खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा शिक्षाका कामकाज प्रभावित भएका छन् । समयमा अख्तियारी नआउँदा जाजरकोटसहित देशैभरका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार २०७४ चैत २८ गतेपछि जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा परिणत भएपछि साविकका जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन भइरहेका आव २०७४-०७५ का कार्यक्रम अख्तियारी नहँुदा प्रभावित भएका हुन् । रकम निकासा नहुँदा विद्यालय भवनको काम अघि बढाउन समस्या भएको भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद सहनीले बताउनुभयो । कार्यालयमा धाउन थालेको महिना दिन भइसक्यो तर अहिलेसम्म अख्तियारी आएको छैन भन्दै झुलाउने काम भएको छ उहाँले भन्नुभयो । विद्यालयका भौतिक निर्माणका कार्यक्रम विद्यालयले निर्माण गरिरहेको अवस्थामा किस्तागत रुपमा जाने रकमको निकासा दिने अख्तियारी शिक्षा विकास तथा समन्वय एकाइलाई नहँुदा विद्यालयको भौतिक निर्माण तथा अन्य शैक्षिक कार्यक्रम प्रभावित भएका छन् । एकाईले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षले अख्तियारी कहिले आउँछ भनेर सोधिरहेका भएपनि जवाफ दिन समस्या भएको बताएको छ । समयमा निकासा नहुँदा जिल्लामा आएको बजेट फ्रिज हुनसक्ने सम्भावना हुन्छ, अख्तियारीका कारण विद्यार्थी भर्ना अभियान, जिल्लास्तरीय परीक्षा सञ्चालन खर्च, बहुकक्षा शिक्षा अनुदान, नमूना विद्यालय अनुदान, पुस्तकालय अनुदान, मर्मतसम्भार लगायतका अनुदान रोकिएका एकाइले बताएको छ । पुरानो जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा रुपान्तरण भइसकेकाले रुपान्तरित एकाइमा अख्तियारी दिन नमिल्ने कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटका कोष नियन्त्रक यामबहादुर थापाले बताउनुभयो । जिल्ला शिक्षा कार्यालय जिल्ला प्रशासनको मातहतमा गई शिक्षा विकास तथा समन्वय एकाइमा रुपान्तरित भएपछि संघीय शिक्षा मन्त्रालय र शिक्षा विभागले अख्तियारी दिनुपर्नेमा अहिलेसम्म नआएको कोष नियन्त्रक थापाले जानकारी दिनुभयो । जाजरकोटमा मात्र अन्तिम चौमासिकको रु आठ करोडभन्दा बढी रकमको अख्तियारी आउन बाँकी रहेको छ । समयमा अख्तियारी नआउँदा भौतिक पूर्वाधारका कामकाज प्रभावित हुने देखिएको स्थानीयको भनाइ छ । –––
सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा
काठमाडौँ । नेपालमा पहिलो पटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष बजारमा आएको छ । अष्ट्रेलियन दूतावासको सहयोगमा एक हजार १९८ पृष्ठको त्यस बृहत् शब्दकोशमा चार हजार ३०० संकेतका अक्षर तथा चित्र समावेश रहेको छ । राष्ट्रिय बहिरा महासंघले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शब्दकोश विमोचन गर्नुभयो । सोही अवसरमा उहाँले मोबाइल एप्लिकेशन, भिडियो तथा महासंघको वेबसाइटको पनि शुभारम्भ गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले नेपाल सरकार अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै ७५३ स्थानीय तहमा सांकेतिक भाषाको प्रयोगको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । नयाँ संविधानमा अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले केही समयमा नै राष्ट्रिय सभामा बहिरा व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्ने तयारी गरिरहेको स्पष्ट पार्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको समग्र विकासका लागि सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिले पनि क्षमता प्रदर्शन गर्न सक्ने चर्चा गर्दै सरकारले त्यस्तो क्षमता प्रदर्शन गर्ने वातावरण बनाउने बताउनुभयो । राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले देशमा प्रजातन्त्र ल्याउन अपांगता भएका व्यक्तिको पनि महत्वपूर्ण योगदान रहेको बताउँदै देशको विकासका लागि पनि आफनो क्षमता प्रदर्शन गर्न सक्ने बताउनुभयो । रासस
ओलिभर जिरुको निर्णायक गोलले लिभरपुल विजयी, म्यानन्चेस्टर सिटी शीर्ष स्थानमा
काठमाडौं, बैशाख २४ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिभरपुललाई १-० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरुले ३२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै चेल्सीले प्रिमियर लिगमा शीर्ष चारभित्र परेर अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ । लिगमा ३६ खेलबाट चेल्सीको ६९ अंक भएको छ । २ अंक बढी जोडेको टोटनह्याम हट्सपर ७१ अंकसहित चौथो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा आर्सनलले बर्न्लेलाई ५-० ले हराएको छ । खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई गोल गर्दा अलेक्जेन्डर लाकाजेट्, सिद कोलासिनाच र अलेक्स ईओबीले एक–एक गोल थपे । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ । इङलिस प्रिमियर लिग फुटबलमा गएरातिका खेलपछि ३६ खेलबाट ९४ अंकसहित म्यानन्चेस्टर सिटी शीर्ष स्थानमा छ भने ७७ अंक जोडेको म्यान्चेष्टर युनाइटेड दोस्रो स्थानमा छ । लिभरपुल भने ७२ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
मलेसियामा फोनिजको शाखा गठन, अध्यक्षमा सुनाखरी मगर चयन
मलेसिया, वैशाख २३ । मलेसियामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को शाखा गठन भएको छ । द फाइव इलामेन्ट होटल क्वालालम्पुरमा भएको प्रथम अधिवेशनले शाखाको अध्यक्षमा सुनाखरी मगरलाई चयन गरेको छ । आदिबासी जनजाति पत्रकार महासघ केन्द्रीय ब्युरोका संगठन बिभाग सचिब मिलन लिम्बु र लिम्बु पत्रकार महासंघका अध्यक्ष देबेन्द्र खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले एक सदस्य जना सदस्यपछि थप गर्ने गरि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा दिपखादी लिम्बु, सचिवमा आरएन चौधरी, सहसचिवमा इशा रानामगर र कोषाध्यक्षमा मजदुर अनलाइन डटकमका कार्यकारी सम्पादक अर्पण मगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा नोर्बु तामाङ, बेग आले मगर, सन्तोष योन्जन तामाङ, सबिन राइ र पासाङ तामाङ रहेका छन । आदिवासी जनजाती समुदायहरुको माग मुद्दालाई राज्यको मुलधारका मिडियाहरुले स्थान नदिदा आदिवासी जनजातिहरुले संचारको बिकल्प छुट्टै पत्रकार सङठनको महसुस गरेर मलेसियामा पनि शाखा बिस्तार गरिएको नव निर्वाचित अध्यक्ष मगर ले बताए । सन् १९९९ मा नेपालमा गठन गरिएको फोनिजले आफ्नो शाखा मलेसिया लगायत खाडीका विभिन्न देशहरुमा बिस्तार गरि सकेको छ ।
मेयरद्वारा आत्महत्याको प्रयास, कारण यस्तो छ !
काठमाडौं । बिहीबार अपरान्ह चार बजे पोखराको फेवातालमा स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले आत्महत्याको प्रयास गरेकी छिन् । मेयर क्षेत्रीले आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर फेवा तालमा हाम फालेको प्रहरीले जनाएको छ । फेवातालमा हाम फालेकी मेयर क्षेत्रीलाई नजिकै रहेका एक व्यक्तिले बचाएका थिए । क्षेत्रीले स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर विजयी हासिल गरेकी थिइन् । सो घटनाप्रति एमाले स्याङजाले चिन्ता जनाएको छ । मेयर क्षेत्रीले डिप्रेसनको उपचार गराउँदै आएको आफन्तले जनाएका छन् । दुई हप्ता अगाडि उनले काठमाडौंमा डिप्रेसनको उपचार गराएकी थिइन् । स्रोतका अनुसार उपमेयर क्षेत्रीले डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मेयर क्षेत्रीले फेवा तालमा हामफालेका विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
मानसिक रोग परामर्शबाट निको हुन्छ
काठमाडौँ । मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले मानसिक रोगको अवस्था, रोकथाम र उपचारका विषयमा पत्रकारसँग गरेको अन्तक्र्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्यायले मानसिक रोगीलाई परामर्शबाटै निको पार्न सकिने बताउनुभएको हो । “मानसिक रोगीले औषधि खाएरमात्र हुँदैन”, उहाँले भन्नुभयो, “तीनलाई औषधिभन्दा बढी परामर्श आवश्यकता पर्छ । परामर्शबाट नै रोग निको हुने गर्दछ ।” केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको पाइएको छ । अध्यक्ष डा उपाध्यायले भन्नुभयो, “पुरुषभन्दा महिलाले बढी पारिवारिक समस्या र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने भएकाले उनीहरूमा नैरास्यता हुन्छ ।” टाउको दुख्ने, छाती दुख्ने बिरामीलाई दिमाग बिग्रेकोजस्ता शब्द प्रयोग गर्नाले पनि ती व्यक्तिमा मानसिक रोग देखा पर्ने गरेको चर्चा गर्दै उहाँले एक प्रतिशतमात्र मानसिक सन्तुलन गुमेका बिरामी पाइने जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख डा सरोजप्रसाद ओझाले मानसिक रोगीको संख्या दिन दिनै बढ्दै गएको छ तर ६० प्रतिशत महिलालाई आफ्नै श्रीमान्ले परामर्श गरेर निको पार्न सक्छन् भन्नुभयो । उहाँका अनुसार अहिले शिक्षण अस्पतालमा दैनिक सयजना मानसिक रोगी आउने गरेकामा ६० प्रतिशत महिला हुने गरेका छन् भन्दै उहाँले ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको बताउनुभयो । पुरुषमा कडा र महिलामा कम कडाखालको मानसिक रोग देखिने गरेको तर धामीझाँक्री वा झारफुकबाट यस्तो रोग निको नहुने त्यस बखत बताइएको थियो । केन्द्रका प्राविधिक निर्देशक एवं वरिष्ठ मनोविद् डा पशुपति महतले मानसिक रोगलाई समुदायबाट नै रोकथाम गर्न सकिनेमा जोड दिैदै उहाँले केन्द्रले विभिन्न ठाउँमा मनोपरामर्श सेवा सञ्चालन गरेर मानसिक रोगलाई निको पारिरहेको समेत जानकारी गराउनुभयो । अहिलेसम्म उक्तकेन्द्रबाट दुई हजार ७६० जनाले मनोपरामर्श पाएका छन् । बालमनोविद् मधुविलास खनालले विद्यालय तहदेखि नै के गर्दा गल्ती र के गर्दा सही हुन्छ भनेर सिकाउनुपर्ने बताउनुभयो । उक्त केन्द्रका अनुसार नेपालका करीब ५० देखि ६० लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । रासस
साउदीमा मृत्युदण्डको सजाय सुनाइएका यादवलाई मृत्युदण्ड माफ
एभरेस्ट दैनिक /सम्बादाता काठमाडौं, वैशाख १५ । पाकिस्तानी नागरिक महमद लतिफको हत्या अभियोगमा अदालत बाट मृत्युदण्डको फैसला सुनाइएका धनुषाका उमेश यादव लाई मृतका परिवारले मृत्युदण्डको सजाय माफ गरि ब्लड मनिमा सम्झौता गरेका छन । बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो । सुरुमा अदालत बाट ११ बर्षको जेल सजाय फैसला भएको भए पनि पछी पुन जनरल कोर्टले यादव लाई मृत्युदण्डको फैसला सुनाएको थियोे । यादव लाई सजाय थप गरेपछि नेपाल बाट पीडितको पक्षामा डिफेन्स बन्दै अख्तियारि नामा लिएर गएका सामाजिक अभियान्त सरोज रायले मृतक पाकिस्तानी नागरिकका परिवार सङ छलफल गरि मृत्युदण्डको सजाय माफ गराउदै पाकिस्तानको फैसलाबाद स्थित उच्च अदालतमा ब्लड मनिमा सम्झौता गराएका हुन । जेलमा रहेका यादवको जीवन रक्षाको लागि मृतका परिवार लाइ भेट्न पाकिस्तान पुगेका रायले परिवार बाट मृत्युदण्ड माफ गराउदै माफिनामाको सम्झौता पत्र सहित ब्लड मनि ३० लाख रुपैयाँ को सम्झौता पत्र नेपाली दूतावास पाकिस्तान फैसलाबाद मार्फत नेपाली दूतावास साउदीलाई बुझाएको दूतावासद्वारा जारी पत्रमा उल्लेख छ । साउदी अदालतले मृतकका परिवार बाट सजाय माफ गरेको मन्जुरी पत्रमा हस्ताक्षर गरे मृत्युदण्डको सजाय माफ हुने निति रहेको बताएपछी राय यादवलाई सजाय मुक्त गराउन पाकिस्तान पुगेका थिए । पाकिस्तानबाट माफिनामा पत्र दूतावासलाई बुझाए सङ्गै दूतावासले परराष्ट्र मन्त्रालयलाई आबस्यक सहयोग र सबन्मयका लागि कागजात सहित पत्र पठाइसकेको जानकारी दिदै ब्लड मनि संकलन को लागि देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाइ अभियानमा एक जुट हुन रायले अनुरोध समेत गरेका छन।
यी मोडलले आफ्नो तस्विरभित्र लुकेको पीडा यसरी सार्वजनिक गरिन्
१७ वर्षको उमेरदेखि नै म पलभरका लागि पनि एक्लो रहेकी छैन। मलाई कसरी फेला पार्ने भन्ने पुरुषहरु जान्दछन्। म पनि उनीहरुबाट मोहित भइरहन्छु। यस्तो लाग्छ, म तन्किएर सदाका लागि अस्तित्वमा छु । म गलैँचामा बच्चजसरी बसेकी छु। मेरो पिठ्युँ भित्ताको हिटरबाट केही इन्च मात्रै टाढा छ । म आफ्ना पुराना तस्वीर नियालिरहेकी छु। म ती अनुहारहरुलाई यसरी उठाउँछु, मानौँ ती पानीका थोपा हुन् र औँलाको चेपबाट खस्न चाहन्छन्। यो तस्वीरमा म १८ वर्षकी छु। बैंककको घामको किरण, त्यहाँको अनौठो आर्द्रता र गर्मीले मेरो त्वचा तताएको छ। एक प्रतिष्ठित स्पर्धाका लागि एक साथीले मेरो तस्विर कैद गरिरहेकी छु । म उसका लागि सुन्दर बन्न चाहन्छु। उसलाई जित्न सहयोग गर्न चाहन्छु। म आशा गर्छु, मैले बोक्ने कथालाई मेरो अनुहारले धोका नदेओस्। हरेक तस्विरमा देखिने म अर्कै व्यक्तिको उत्पादन हुँ। तिनको आवश्यकता, विचार, उद्देश्य र चाहनाको परिणाम हुँ। साँझको प्रस्तुतिका बेला लगाउने झुम्का खोज्दै जाँदा पुरानो काठको गहना राख्ने बाकसभित्र मैले तस्विरको खात भेट्टाएँ। तस्विरमा देखिने केटी र ती भित्र लुकेका कथाबीचको अन्तरले मलाई घुँडा टेक्न बाध्य गरायो । त्यसपछि म पुनः न्यानो महसुस गर्न भित्तामा टाँसिएँ। यो तस्वीरमा म १८ वर्षकी छु। बैंककको घामको किरण, त्यहाँको अनौठो आर्द्रता र गर्मीले मेरो त्वचा तताएको छ। एक प्रतिष्ठित स्पर्धाका लागि एक साथीले मेरो तस्विर कैद गरिरहेकी छु । म उसका लागि सुन्दर बन्न चाहन्छु। उसलाई जित्न सहयोग गर्न चाहन्छु। म आशा गर्छु, मैले बोक्ने कथालाई मेरो अनुहारले धोका नदेओस्। केही महिनाअघि मात्र यो कुरा सुरु भएको थियो। मेरो हाइस्कुलको मनोविज्ञान पढाउने शिक्षक मलाई चिठी पठाइरहन्छ । ऊ सबै चिठी रातो मसीले ठूलो अक्षरमा लेख्छ। उसलाई मेरो कक्षा तालिका थाहा छ, त्यसैले कक्षा कोठामै मलाई फोन गर्छ। ‘सबै कुरा म रेकर्ड गरिरहेको छु,’ ऊ भन्छ। ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो । १८ वर्षसम्ममा यो कुरा बुझ्न मलाई जीन्दगीले पर्याप्त अनुभव दिइसकेको छ। ‘तिमी त साह्रै दुष्ट छ्यौ,’ ऊ मलाई लेख्छ वा फोनमा भन्छ। तावामा तेल खारिएझैँ उसको स्वर सुसाउँछ। ‘तिमीले यसको दण्ड पाउनैपर्छ। म तिम्रा कुरा अरुलेभन्दा राम्ररी थाहा पाउँछु। तिमी त आफूलाई सर्वसुन्दरी ठान्छ्यौ। तिम्रो मुस्कान। तिम्रो शरीर। पढाइमा पनि राम्रो अंक। तिमीले मलाई पनि त खुसी तुल्याउनुपर्यो !’ उसको चिठी, फोन, सताउने कार्य र धम्कीबारे म स्कुलको प्रधानाध्यापकलाई जानकारी गराउँछु। कार्यालय कोठामा विद्यार्थीलाई राखिएको कुर्सीमा म बसेकी छु। प्लास्टिकको कुर्सीले मेरो मेरुदण्ड झन्झनाउँछ। बच्चाको झैँ मेरो गोडा कुर्सीमा झुण्डिन्छ। म सोच्छु, सायद प्रधानाध्यापक सबै केटीहरुको खुट्टा त्यसैगरी झुण्डियोस् भनेर अग्लो कुर्सी राख्ने गर्छ। के ऊ आफ्नो अधिकारलाई अतिरञ्जित गर्न, हामीलाई भयभीत तुल्याउन, आज्ञाकारिता प्राप्त गर्न त्यसो गर्छर ? ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो । १८ वर्षसम्ममा यो कुरा बुझ्न मलाई जीन्दगीले पर्याप्त अनुभव दिइसकेको छ। म सकेसम्म राम्ररी उसलाई कुरा बुझाउन खोज्छु। ऊ सुनिरहन्छ। म आफ्नो आवाज दृढ र आवेशबिहीन राख्छु। नाटक लेखकले झैँ म उसलाई ती दृश्यहरु वर्णन गर्छु। मैले भावुकता प्रदर्शन गरेँ भने त्यसलाई मैले बोलेको सत्यमाथि नै आक्रमण गर्न प्रयोग गरिनेछ। मलाई यो कुरा थाहा छ, किनभने यौनिक खतरासँग यो मेरो पहिलो जम्काभेट होइन। पहिलो पटक त एघार वर्षकी हुँदै मैले यस्तो भोगिसकेकी थिएँ। ऊ मेरो भान्दाइ थियो र मभन्दा २० वर्ष जेठो थियो। ‘लोग्नेमान्छेको जात त्यस्तै हो,’ मेरो गुनासोको उत्तरमा भनियो र आफूलाई बचाउने जिम्मा मैमाथि छोडियो। ‘धन्यवाद,’ प्रधानाध्यापकले भन्यो। ‘यो कुरा म ठीक गर्छु। कसैलाई नभनेकोमा धन्यवाद।’ मैले उसलाई चुप बस्छु भनेको याद छैन। ‘तिमी कक्षामा फर्किऊ।’ प्रधानाध्यापक योभन्दा अझ महत्वपूर्ण अरु कामतिर लाग्छ। म र मेरो गुनासोलाई पुनः उही स्थानमा थन्क्याइन्छ। जहाँ ऊ मानिसको व्यवहारको सूक्ष्म भेदबारे बखान गर्दै मेरो लागि मात्र आरक्षित दुर्भावनायुक्त मुस्कान छरिरहन्छ। स्कुलमा मेरा बाँकी वर्षहरु ऊ यसैगरी मलाई जिस्क्याउँदै अँध्यारो इनारबाट पानी निकालेझैँ अरु विद्यार्थीहबाट हाँसो बटुल्दै बिताउनेछ। एक केटीमा पलाएको आशक्तिका कारण मैले यो कुरा बढाइचढाइ गरेको आरोप लगाउनेछ। ‘तिमी मुस्कुराइरहनु पर्दैन,’ मेरो फोटोग्राफर साथी भन्छे। त्यो क्षण ऊ मलाई अत्यन्त प्रिय लाग्छे, त्यसैले म झण्डै रोएँ। रीमा जमान २३ वर्षको हुँदा खातबाट म अर्को तस्वीर उठाउँछु। यसमा म २३ वर्षकी छु। समयले मेरो अनुहार दुब्ल्याएको छ। जवानीलाई शृंगारले विस्थापित गरेको छ। अहिले म अभिनेत्री हुँ र न्युयोर्कमा छु। फोटो सुटका क्रममा लिइएका हजारौँ तस्वीरमध्ये मेरो एजेन्ट यसलाई चाहिँ मन पराउँछन्। ‘तिमी यसमा शान्त र दृढ देखिन्छौ,’ उनीहरु मलाई भन्छन्। मेरोबारे यस्तो सोच्ने उनीहरु कति असल त ! म बलात्कृत भएको रातमा पनि यो गीतले मेरो पिछा छोड्दैन। डरले शरीर भरिएपछि मेरो दिमाग शरीरबाट अलग भएर कोठाको एउटा कुनामा अलग्ग बस्न पुग्छ। त्यही कुनामा मेरो दिमाग सानो बच्चाझैँ छातीमा घुँडा टाँसेर डल्लो पर्छ, सबै दृश्य नियाल्दै, ताज्जुब मान्दै। शरीरबाट बाढीझैँ निस्किरहेको पीडाबाट ध्यान हटाउन अन्य सोचसँग आफूलाई व्यस्त बनाउँदै। एक अभिनेत्रीको अस्तित्व अनौठो हुन्छ। हामीलाई सुन्दर ढंगले बोल्न तालिम दिइएको हुन्छ। तर हामीले अरुले दिएका शब्द मात्रै बोल्नुपर्छ। यसैको माध्यमबाट हाम्रो जाँच लिइन्छ। हामी निर्देशित हुन्छौँ। कुँदिन्छौँ। चम्किलो हुन्जेल टल्काइन्छौँ। उनीहरुले इच्छाएअनुसार नचम्किए, नबोले वा व्यवहार नगरे हामीलाई तुरुन्दै विदा दिइन्छ। ‘हामी अलग बाटो जाँदैछौँ ।’ ‘हामीले खोजी गरिरहेको मान्छे तिमी होइनौ।’ ‘यो भूमिका तिमीलाई सुहाएन ।’ हरेक दिउँसो र राती यी शब्द मेरो दिमागमा सर्पझैँ फण फुलाउँछन्, अभिन्न मित्रझैँ मेरो साथमा रहिरहन्छ। यो एक उपहासपूर्ण धुन हो, जसलाई हरेक महिला राम्ररी जान्दछन्। म बलात्कृत भएको रातमा पनि यो गीतले मेरो पिछा छोड्दैन। डरले शरीर भरिएपछि मेरो दिमाग शरीरबाट अलग भएर कोठाको एउटा कुनामा अलग्ग बस्न पुग्छ। त्यही कुनामा मेरो दिमाग सानो बच्चाझैँ छातीमा घुँडा टाँसेर डल्लो पर्छ, सबै दृश्य नियाल्दै, ताज्जुब मान्दै। शरीरबाट बाढीझैँ निस्किरहेको पीडाबाट ध्यान हटाउन अन्य सोचसँग आफूलाई व्यस्त बनाउँदै। ‘अब म को बन्नेछुरु कस्तो भूमिका चाहिँ मलाई सुहाउलारु के यो रात सदाका लागि मेरो छालामा टाँस्सिइरहलारु के बलात्कार सुगन्धजस्तै हुन्छरु मेरो नजिक आउने जोसुकैले यो कुरा सुँघेर थाहा पाउछरु के मेरो नाम अब ‘महिला’ बाट ‘पीडित’ मा बदलिइसक्योरु भाग्यवश मेरो बलात्कारी समय, पीडा र मप्रति मितव्ययी हुन्छ। ऊ निस्किन्छ र अर्को दिन सुरु हुन्छ। म आफ्नो दिमागलाई चुप लगाएर, सुन्दर भएको अभिनय गर्दै रेष्टुरेन्टमा आफ्नो पालोको काम गर्छु। दिउँसो म मोडलिङका लागि दौडिन्छु। त्यसपछि युवा अभिनेत्रीहरुका लागि त्यसवर्षको सबैभन्दा प्रतिष्ठित शो ‘गसिप गर्ल’ मा अडिसन दिन पुग्छु। अडिसनका लागि म स्क्रिप्टका निरस वाक्य बोल्छु। ती शब्द खाली कागजजस्तै मसीविहीन, नरम लाग्छन्। ‘त्यो दृश्य फेरि गर, अनि हाम्रोलागि अलिकति खितखिताइदिन्छौ किरु’ कास्टिङ डाइरेक्टर सुझाउँछ। निर्माताहरु उत्साहित भएर मुन्टो हल्लाउँछन्। ‘तिमीले यसमा आफूलाई अलि कम गर्न आवश्यक छ,’ कास्टिङ डाइरेक्टर हातले इसारा गर्दै बताउँछ। ‘त्यो चरित्र अरु सबैभन्दा तीक्ष्ण छैन भनौँ न।’ उनीहरु सबै हाँस्छन्। ‘मात्र हाँस्ने प्रयास गर।’ निर्देशनअनुसार म प्रस्तुति दिन्छु। खितखिताउँछु, आफूलाई घटाउँछु। समयका लागि धन्यवाद। अर्कोको पालो। अर्को तस्वीर, आफ्नो मोडलिङ कार्डका लागि मैले छानेका पाँचमध्ये एक तस्वीर, २५ वर्ष हुँदाको। अभिनेत्रीको तस्वीरभन्दा अलग। मोडलिङ कार्डमा दुवैतर्फ तस्वीर हुन्छ। चार ओटा एकापट्टि र अर्कोतिर कार्डभरीको एउटा। यो उद्योगको चलनअनुसार नै यिनमा मैले फरफरक मात्रामा वस्त्र खोलेकी छु। ‘मलाई यो चाहिँ मनपर्यो,’ उसको विचार सोध्दा मैले डेटिङ गरिरहेको मान्छेले भन्यो। ‘यो मेरो सबैभन्दा मनपर्ने तस्वीर हो। यसमा तिमी कुनै सन्देश दिइरहेकी झैँ देखिन्छौ।’ ‘कस्तो सन्देशरु’ म सोध्छु। मैले सुनेकै कथा उसले पनि सुनेको छ कि भनेर जिज्ञासु हुँदै। ‘यता आऊ, म तिमीलाई चाहन्छु भनेजस्तै।’ ऊ मुस्कुराउँछ। ‘तिमीलाई ‘कम हिदर’ ९कामुक निमन्त्रणा० को कुरा पूरै थाहा छ।’ ऊ हाँस्छ र मलाई अझ नजिक तान्छ। म पनि ऊ सँगसँगै हाँस्छु, उसको चुम्बनको जवाफ दिन्छु र उसको ओच्छ्यानमा पल्टिन्छु। पछि ऊ नुहाउँदै गर्दा उसले छानेको तस्वीर म फेरि हेर्छु। यो र अरु सबै तस्वीरमा म आफैँ चाहिँ कति कम बाँकी रहेकी छु भनेर म चकित पर्छु। ओहो, म कति चम्किलो र आदर्श देखिन्छु। यी तस्वीरमा पन्ध्र वर्षको उमेरदेखि मैले लड्दै आएको एनोरेक्सिया ९खानपिनसम्बन्धी एक मनोवैज्ञानिक विकार, जसले अरुचि गराउँछ० ले मज्जासँग आफ्नो धर्म पूरा गरेको छ। लोग्नेमान्छे शारीरिक रुपमा उपस्थित नभए पनि पुरुष दृष्टि, पुरुष बनोट र पुरुष चाहना हरेक तस्वीरमा झल्किन्छ। ती तस्वीरमा मेरो यथार्थ, मेरो असलीपना र चोट भने अदृश्य बनेको हुन्छ। १७ वर्षको उमेरदेखि नै म पलभरका लागि पनि एक्लो रहेकी छैन। मलाई कसरी फेला पार्ने भन्ने पुरुषहरु जान्दछन्। म पनि उनीहरुबाट मोहित भइरहन्छु। यस्तो लाग्छ, म तन्किएर सदाका लागि अस्तित्वमा छु। कसैको छोरी, कसैको आखेट, कसैको प्रेमिका, कसैको लोरी, कसैको जोत्ने जमिन। जतिजति म आफूलाई गुमाउँछु, उति नै बढी पुरुषलाई म आकर्षित गर्छु। म कतिसम्म भन्न सक्छु भने कसैसँग प्रेममा पर्दा आफ्नो आवाज गुमाउँदाजस्तै महसुस हुन्छ। नुहाइसकेर ऊ बेडरुमभित्र पस्नुअघि बाथरुमको ऐनाअघि आफ्नो पाखुरा तन्काउन रोकिन्छ। ‘रमाइलो भो,’ ऊ मलाई त्यहाँबाट हिँड्ने बेला भयो भन्ने जानकारी दिँदै भन्छ। म हतारहतार कपडा लगाउँछु, ऊ मलाई ढोकासम्म छोड्न आउँछ। ‘म तिमीलाई चाँडै भेट्छु।’ ऊ मलाई मुखमा अन्तिम चुम्बन दिन्छ र पुठ्ठामा अन्तिम पटक थप्थपाउँछ। म एलेवेटरतिर जाँदैगर्दा फेरि उसले बोलाएको सुन्छु। ‘झन्डै बिर्सेको१’ ऊ मेरो मोडलिङ कार्ड देखाउँछ। ‘ओहो, धन्यवाद।’ म कार्ड लिन्छु र एलेवेटर पर्खिन्छु। उसले आफूलाई सबैभन्दा मनपरेको भनेको फोटो निहुरेर हेर्दै गर्दा म उसले भनेका शब्द सम्झिन्छु। यौनसम्पर्क लगत्तै कुकुरले घाँस उम्रेको जमिनको टुक्रालाई आफ्नो दाबी गरेझैँ उसले घोषणा गरेको थियो, ‘तिमी मेरी हौ।’ मैले मुन्टो हल्लाउँदै सहमति जनाएकी थिएँ, ‘म तिम्रै हुँ।’ एलेवेटर आइपुग्छ। म बाटो लाग्छु। यसमा म २७ वर्षकी छु। मेरो एनोरेक्सिया सबैभन्दा खराब अवस्थामा छ। यसले मेरो जीवनका उथलपुथलको अवस्था राम्ररी देखाउँछ। अभिनय र मोडलिङका अलावा म लेखन र संगीत निर्माणमा पनि लागेकी छु। यो तस्वीर एक म्युजिक भिडियो सुटिङका बेला लिइएको हो। अरु सबै तस्वीरमा म मुस्कुराइरहेकी छु, हाँसेको वा मनमोहिनी बनेको ढोङ गरिरहेकी छु। तर यो चाहिँ अभ्यास र प्रस्तुतिबीचको क्षणमा लिइएको हो। यसमा सायद तिमी मायालु युवती देख्छौ। म भने एक ुएक्सपोजु आइमाईलाई देख्छु, जो आफ्नो लोग्नेको छायाँमा डुब्दै गइरहेकी छे। हाम्रो प्रेम पाशविक थियो। वासनाबाट तीव्र गतिमा सल्किएको हाम्रो प्रेमको अवतरण पनि उत्तिकै तीव्र गतिमा भयो। उसले आफूलाई सबैभन्दा मनपरेको भनेको फोटो निहुरेर हेर्दै गर्दा म उसले भनेका शब्द सम्झिन्छु। यौनसम्पर्क लगत्तै कुकुरले घाँस उम्रेको जमिनको टुक्रालाई आफ्नो दाबी गरेझैँ उसले घोषणा गरेको थियो, ‘तिमी मेरी हौ ।’ तिनलाई ऊ ‘सौता’ भन्छ। ऊ भन्छ, ‘बेबी यो मैले तिम्रै भलोका लागि गरेको हुँ। यसो गर्दा मलाई खुसी पार्ने पूरा दबाब तिमीलाई मात्रै पर्दैन।’ ऊ साँच्चै अर्की महिलासँगको सम्बन्धमा छ वा मलाई यत्तिकै त्यसो भनिरहेको छ, म भन्न सक्दिनँ। सायद ऊ मलाई जलाउन त्यसो भनिरहेको छ। सत्य जे भए पनि हाम्रो घरमा अर्की महिला प्रवेश गरिसकेकी छ, जसले हरेक स्वासमा मलाई तर्साइरहेकी छ। हामी जंगलको बीचमा आधा जलेको गोठमा बसेका छौँ। हामी सभ्याताबाट निकै अलग छौँ, त्यसैले हाम्रो फोन उठ्दैन। अन्य महिलामा रुचीबाहेक उसमा अचानक क्रोधको ज्वाला पनि दन्किन्छ। हरेक पटक उसले काल्पनिक विजयको गुड्डी हाँकिरहँदा म आफूलाई चिच्याउन, कराउन र तर्क गर्नबाट रोकिराख्छु। म उसको माया गुमाउन वा उसलाई रिस उठाउन चाहन्नँ। खासगरी परपरसम्म कुनै अर्को मान्छे पनि नभएको यो निर्जन स्थानमा। म ऊ गर्जेको, आफूले प्रेम गरेको मान्छे यौनसाथीमा मात्र घटिरहेको हेरिरहन्छु। म एक अभिनेत्रीको रुपमा र लोग्नेमान्छेको संसारलाई प्रिय बनाउन तालिम दिइएकी एक केटीका रुपमा उसलाई शान्त पार्न जाने जति उपाय प्रयोग गर्छु। उसले मलाई कहिल्यै हिर्काएन। ऊप्रतिको मायाले पनि मलाई भरोसा दिन्छ, मुखले चाहिँदो धावा बोले पनि उसले ममाथि हात उठाउने छैन। हरेक रात हामी एकअर्काभन्दा परपर भएर सुत्छौँ, मानौँ एकअर्काको निकटताबाट हाम्रो शरीरको छाला उप्किन थाल्छ। बरु उसले मलाई साँच्चै पिटोस् भन्ने चाहना राख्दै एकपछि अर्को रात म जागै पल्टिरहन्छु। उसले पिटेदेखि मसँग उसलाई छोड्ने कुनै ठोस बहाना हुने थियो, पीडाको प्रमाण हुने थियो। भावनात्मक युद्धको मुख्य गुण के हो भने यसले भौतिक दुर्व्यवहारभन्दा कैयौँ गुणा बढी छल र सहजताका साथ घाइते बनाउन सक्छ। जसले यस्तो पीडालाई स्वीकार्न, पचाउन, औचित्यपूर्ण ठान्न र माफी दिन सजिलो पार्दछ। ऊ त्यो गोठलाई पारिवारिक आवासका रुपमा बदल्न काम गरिरहेको छ। गोठको पछाडि हाम्रो ठूलो डसना पल्टिरहेको छ। डसना वरिपरि हिटर र इँटाको खात छ। छानाबाट तारमा नग्न बल्व झुण्डिएरहेका छन्। ऊ र म दुवै ती बल्वलाई छलेर हिँड्न जान्दछौँ। ती बल्वले छोए मात्रै छाला जलाउने निश्चित छ। अभिनय र फोटोसुटबाट प्राप्त मेरो कमाइ अझ बढाउन म अरुको बच्चाको हेरचाह गर्छु। हरेक साता उसको खल्तीमा मेरो कमाइ जम्मा गरेर म आफ्नो कर्तव्य पूरा गर्छु। आफ्नो पैसा उसलाई दिने बेलामा म भोक, जाडो वा थकानका कारण त्यसबारे गहिरिएर सोच्न नसक्ने भइसकेकी हुन्छु। यद्यपि उसले कराएको सुनेर म कहिलेकाहीँ चकित पर्छु, मेरो आवाज कहाँ छरु यो कसरी मेरो जीवन भयोरु म कसरी यस्ती आइमाई बनेँरु अन्ततः एक रात उसको पारा हेरेर मैले उसलाई सन्तुष्ट बनाउन नसकेका कुराहरुको सूची तयार गरेपछि ख्याल आयोः मैले आफूलाई खतराहरुबाट घेरिसकेको छु, किनभने यी सबै कुरा परिचित लाग्छन्। अचानक सबैथोक स्पष्ट भयो। बाक्लो कुहिरो हट्यो र मेरो कथा देखियो। अलगअलग टुक्रा प्रतीत हुने चीजहरु अब स्पष्ट देखिनेगरी जोडिए। एकपछि अर्को चोटका माध्यमले आफ्नो आवाज दबाएपछि म यस्ती आइमाई बनेकी थिएँ। केटी भएर जन्मेकै कारण मैले यो दुनियाँको कोर्रा खाएकी थिएँ। केटी भएकै कारण म सजाय र अपमानको लायक छु भनेर मैले विश्वास गरेकी थिएँ। केटी भएकै कारण यी सारा कुरालाई मैले स्वीकार गरेकी थिएँ। मैले उसलाई छोड्न जरुरी थियो। हामीले घर भन्ने गरेको चिहान, आफ्नो जीवन भनेर मैले स्वीकारेको संकीर्ण जीवन छोड्न जरुरी थियो। उसको अहम्ले सानो बनाएको। मैले काम गर्ने उद्योगहरुले खुम्च्याएको। उसको प्रेम जिउँदो राख्न चाहने केटीले सानो बनाएको यो जीवन छोड्न जरुरी थियो। अहिले म ३४ वर्षकी भएँ। मैले उसलाई छोडेँ। मैले आफू जुन केटी थिएँ, उसलाई पनि छोडेँ। मैले अभिनय र मोडलिङ छोडेँ अनि लेखकीय जीवनमा प्रवेश गरेँ। लेखकका रुपमा मैले सबैभन्दा पहिले संस्मरण लेखेँ। त्यसमा मैले आफ्नो कथा खोजेँ, कोर्राले बनाएको चोट सिलाएँ र अरुको हातबाट आफ्नो शरीरलाई मुक्त गरेँ। अब मेरो शरीर मेरो बन्यो, मेरो आवाज फिर्ता भयो। म अभिनय र मोडलिङ छोडेर लेखक बन्ने समाचारले विरोधको सामना गर्नुपर्यो। करिबकरिब प्रत्येक साथी र आफन्तबाट अविश्वास, चिन्ता, घृणा, तिरस्कारदेखि लिएर हाँसोसम्म मैले पाएँ। मैले नमागेका ती प्रत्येक सल्लाह हामी महिलाहरुले राम्ररी थाहा पाइसकेको वाक्यांशबाट सुरु हुन्थेः ‘म तिमीलाई मन पराउँछु तर…’ यस्तै विरोध र मेरो जिद्दी कायम छ। लेखकका अलावा म अहिले एक वक्ता पनि हुँ। म आफ्नै आवाज मात्र बोल्छु। आजभोलि मेरो करिअर यस्तै छ। महिलाहरुभित्र रहेको लचिलोपनबारे म बोल्छु। संसारले दिने चोट निको पार्ने र त्यसबाट माथि उठ्ने तरिकाबारे म बोल्छु। आफ्नो कथ्यलाई अरुको हातबाट खोसेर पुनः आफ्नो बनाउने हाम्रो अधिकारको कुरा गर्छु। र हामी सबै आफ्नो जीवन आफैँ लेख्न सक्षम छौँ भनेर बोल्छु। किशोरी वा युवती हुँदाताका म अभिनेत्री र मोडल बन्न चाहन्छु भनेर सुनाउँदा ‘ठीकै हो’ भनेर मुस्कानका साथ स्वीकार गरिन्थ्यो। त्यसको विपरीत लेखक हुन्छु भन्दा कसैले स्वीकार्दैन। पेसागत वा व्यक्तिगत रुपमा महिलाले आफ्नो सत्य आफैँ रचना गर्ने वा त्यसलाई प्रकट गर्ने अवधारणालाई मान्न उनीहरुलाई मुस्किल पर्छ। महिलाको यस्तो दुस्साहसी सपना देख्ने, निश्चित परम्पराभन्दा पर जान आँट गर्ने वा सम्भावनालाई यथार्थमा बदल्ने कुराले धेरै ओटा मुटुमा अव्यक्त डर पैदा गर्नेछ। म छक्क पर्छु, यसरी अरुलाई विरोधका लागि उकास्नमा के मेरो कुनै खास रुपको भूमिका छरु सायद मजस्तो कुनै समयकी शान्त, आज्ञाकारी, आदरपूर्ण र सुन्दर महिलाले समेत शारीरिक सुन्दरतालाई आफ्नो योग्यता र धनको रुपमा प्रयोग नगर्ने निर्णय गरेको कुरा पचाउन मुस्किल छ। अझ त्यसको सट्टा मेरो अन्तर्निहित र प्रामाणिक शक्तिको रुपमा रहेको आफ्नो दिमाग र आवाजको सहारामा जीवनमा सफलता खोज्नु र प्राप्त गर्नु घृणित र निन्दाजनक छ। यदि सम्पूर्ण युवती र महिलाहरुले यस्तै विद्रोह गर्ने हो भने पितृसत्ता ढल्नेछ। यस्तै विरोध र मेरो जिद्दी कायम छ। लेखकका अलावा म अहिले एक वक्ता पनि हुँ। म आफ्नै आवाज मात्र बोल्छु। आजभोलि मेरो करिअर यस्तै छ। महिलाहरुभित्र रहेको लचिलोपनबारे म बोल्छु। संसारले दिने चोट निको पार्ने र त्यसबाट माथि उठ्ने तरिकाबारे म बोल्छु। आफ्नो कथ्यलाई अरुको हातबाट खोसेर पुनः आफ्नो बनाउने हाम्रो अधिकारको कुरा गर्छु। र हामी सबै आफ्नो जीवन आफैँ लेख्न सक्षम छौँ भनेर बोल्छु। एक अभिनेत्रीका रुपमा मैले लिएको तालिम र जीवनमा मैले लिएका अनुभवहरुको संयोगले मलाई यो नयाँ जीवनका लागि पूर्ण रुपमा तयार गरेको छ। यद्यपि अहिले म अरुले लेखेका शब्दहरु बोल्दिनँ। म जस्ती केटी थिएँ, त्यसलाई सँगालेर बाक्साभित्रै म पुनः थन्क्याउँछु। विगत वर्षका कष्टहरुलाई अहिले कृतज्ञताले विस्थापित गरिसकेको छ। किनभने ती सबैले मलाई यहाँसम्म ल्याइपुर्याए। र म गर्व गर्छु किनभने मैले हरेक कुरालाई कवितामा बदलेको छु। म उठ्छु। हेर्नुहोस् माेडल रिमा जमानका केही तस्विरहरु- एजेन्सीको सहयोगबाट
व्यवसायकाे रूपमा ठूलीभेरीमा जलयात्रा सुरू
जाजरकोट । ठूलीभेरीमा व्यावसायिक रुपमा जलयात्रा शुरु भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नलगाड नगरपालिका–८ बगरामा जलयात्राको उद्घाटन गर्नुभएको हो । मन्त्री बस्नेतले जलयात्राको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न मद्यत पुग्ने बताउनुभयो । उहाँले जलाशययुक्त नलसिङगाड जलविद्युत आयोजनाको निर्माण पाँच वर्ष भित्रै पुरा गर्ने गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गनुभयो । बारेकोट गाउँपालिकास्थित फलाम खानी र नलगाड नगरपालिकामा रहेको सिसा खानी आगामी आर्थिक वर्षमै उत्खनन र प्रशोधन गरिने बताउनुभयो । नगलगाड नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकसित गर्ने मन्त्री बस्नेतको भनाइ थियो । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले लगानी प्रवद्र्धनका लागि निजी कम्पनीलाई जलयात्रा सञ्चालन गर्न लगाउनुका साथै ३४ जनालाई साना होटल तथा लज व्यवस्थापन सम्बन्धि तालीम प्रदान गरिएको बताउनुभयो । रासस
विद्यार्थी भर्ना अभियान २०७५ लाई सार्थक बनाउन सरोकावाला घरदैलोमा
काठमाडौ । नेकपा एमालेका प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको विधार्थी भर्ना अभियान २०७५ लाई सार्थक बनाउन (काठमाडौं निर्वाचन क्षेत्र नं ९) प्रतिनिनिधिसभा सदस्य दोय माननीय कृष्णगोपाल श्रेष्ठले र बीना श्रेष्ठ चन्द्रागिरि नगरपालिका वडा १ मा रहेको श्रीकृष्ण माध्यामिक विद्यालयमा दहचोक निवासी ४ वर्षीय बालिका ‘खुशी खान’लाई कक्षा १ मा भर्ना गरी अभिभावकत्व ग्रहण गरी विद्यार्थी भर्ना अभियान २०७५ सफल बनाउन आव्हान गरेका छन् । आधारभूत शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस भने र घरदैलोमा नै आएर विद्यार्थी भर्ना गरेको शिक्षाले मात्र देशको विकास सम्भव भएकोले सबैका लागि शिक्षा भन्ने मूल मर्मलाई साकार बनाउँदै दुई वर्षभित्रमा निरक्षरता हटाउने अभियानको एउटा कडीको रुपमा यसलाई आफुले लिएको माननीय कृष्ण गोपाल श्रेष्ठले बताए । विधार्थी भर्ना मात्र होइन कक्षा १ मा अध्ययन गर्ने दहचोक निवासी ४ वर्षिय वालिका ‘खुशी खान’को लागि विद्यालय पोशाक, जुत्ता एव कापी कलम समेत माननीय श्रेष्ठदोयले दिएका थिए । विद्यालय आउन नसकेका दलित आदिवासी जनजाती वा अन्य कोही यस क्षेत्रमा छन भने आफुले भर्ना गरी दिने र उनीहरुको अध्ययनका लागि आवश्यक व्यवस्था मिलाउने र आफु पनि अव यस विद्यालयको अभिभावक भएकोले विद्यालयको लागि आवश्यक सहयोग गर्ने माननीय बीना श्रेष्ठले प्रतिवद्धता समेत जनाइन् । चन्द्रागिरि नगरपालिका वडा १ का अध्यक्ष राजेन्द्र केसीले सरकारले गुणस्तरिय शिक्षामा ध्यान दिनुपर्नेम जोड दिए । पुर्व दहचोक गाविस अध्यक्ष हरिशरण थापाले शिक्षालाई गुणस्तररिय वनाउन शैक्षिक तालिमका कार्यक्रम नियमित राख्नु पर्नेमा जोड दिए । भर्ना अभियानलाई सार्थक बनाउन जनप्रतिनिधिहरुको यस किसिमको भूमिकाले समुदायमा सचेतना जगाउने र नैतिक दवाव सिर्जना गर्ने हुनाले सबै बालवालिका विद्यालय आउने वातावरण बन्ने विश्वास लिएको श्रीकृष्ण माध्यमिक विद्यालयका प्र।अ। वलराम कार्कीले बताए।
काभ्रे सेवा समाज युएईको अध्यक्षमा एप्रील लामा चयन
युएई । काभ्रे सेवा समाज युएई अन्तर्गत शारजाह क्षेत्रीय समिति गठन भएको छ । नेपाली नयाँबर्ष २०७५ को विशेष अवसर पारेर शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमको साथमा क्षेत्रीय समिति बिस्तार गरिएको हो । विस्तारित समितिको अध्यक्षमा एप्रील लामा चयन भएका छन् । उक्त सारजाह क्षेत्रीय समितिमा बिगत केही बर्षदेखि युएईको सारजाहलाई कर्मथलो बनाई नेपाली रेस्टुरेन्ट सन्चालन गर्दै आएकी नेपाली ब्यबसायी एप्रील तामाङको अध्यक्षतामा सारजाह क्षेत्रीय समिती गठन भएको थियो । जस्को उपाध्यक्षमा रबिन श्रेष्ठ, सचिब आदित्य गौतम,कोषाध्यक्ष मेनुका लामा र सदस्यहरुमा सरिता लामा, कन्चन लामा, नोर्बु लामा र सल्लाहकार सुनिल लामा लगायतका रहेका छन । नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, नेपाली जनप्रगतिशील मन्च युएईका सल्लाहकार शम्भु वाईबा, एनाअरएनए युएईका केन्द्रिय सदस्य लछुमन काफ्ले, युवा ब्यबसायी ओम उप्रेती, अन्तर्राष्ट्रिय कलाकार संघ युएई दुबई क्षेत्रीय उपाध्यक्ष गायिका तथा मोडल सन्ध्या सुस्केरा लगायत युएईबासी काभ्रेली र युएईमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम समाजका सचीब जनक सापकोटाले सन्चालन गरेका थिए । समाजका उपाध्यक्ष गोबिन्द पन्तको स्वागत मन्तव्य बाट शुरु गरिएको उक्त कार्यक्रमको संयोजक समाजका केन्द्रिय सदस्य निरन्जन बस्नेतले गरेका थिए । समाजका केन्द्रिय कोषाध्यक्ष रबिन तामाङ, सदस्यहरु ग्याम्सो लामा, योगेस तामाङ, माईला लामा, जेनिसा पन्त, नवराज ढकाल, सावित्री पन्त, धन बहादुर तामाङ लगायतले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न खटिएका थिए । निकै खुसियाली र रमझमका साथ मनाईएको नयाँ बर्ष बिशेष कार्यक्रम अन्तर्गत चिठ्ठा प्रतियो गितामा काभ्रे सेवा समाज युएईका केन्द्रिय सदस्य योगेस लामाले प्रथम पुरस्कार हात पारेका थिए भने द्धितिय पुरस्कार सारजाह क्षेत्रीय समितिकी नव निर्वाचित अध्यक्ष एप्रील तामाङ र तृतीय पुरस्कार बिजय लामाले जितेका थिए । प्रथम, द्धितिय र तृतीय पुरस्कार बिजेताहरुलाई समाजका अध्यक्ष दिल लामाले पुरस्कार बितरण गर्दै नयाँ बर्षको शुभकामना दिएका थिए । उक्त बृहत कार्यक्रम अन्तर्गत बिगत लामो समय देखि युएईमा बिबिध समस्या झेल्दै आएका काभ्रेका बिश्वराम खत्री लाई समाजले चार सय पैपैतालिस दिराम आर्थिक सहयोग गरेको थियो भने कार्यक्रममा सारजाह क्षेत्रका नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष दिल लामाले प्रमाणपत्र बितरण गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित सबैलाई नयाँ बर्ष २०७५ को शुभकामना दिदै अध्यक्ष लामाले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।