अन्ततः कोरोनालाई लिएर चिन्तित भए ट्रम्प, भने, ‘हमलाभन्दा घातक’

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा घातक भएको बताएका छन्।

उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाए।

ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताए।

ट्रम्प प्रशासनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना गरिरहेको छ।

चीनमाथि निरन्तर हमला
उनले भने, “चीनमा रहेको भाइरसको मुहानै यो रोकिनुपर्थ्यो तर त्यसो भएन।” ट्रम्पका भनाइमा यदि चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप लिने थिएन।

बीबीसी संवाददाता बारबरा प्लेट अशर भन्छिन्, “विदेशमन्त्री माइक पोम्पेओले पनि चीनविरुद्धको आफ्नो कठोर आलोचना दोहोर्‍याएका छन्। चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारी बन्न पुगेको उनको भनाइ छ।”

उनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोहोर्‍याए। तर अमेरिकाले अहिलेसम्म कुनै प्रमाण भने प्रस्तुत गरेको छैन।

चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ। उसले अमेरकामाथि भाइरसविरुद्ध प्रभावकारी कदम उठाउन नसकेको आरोप लगाउँदै मानिसहरूको ध्यान अन्तै मोड्न खोजिरहेको भनि प्रतिवाद गरेको छ।

अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना सङ्क्रमित भएका छन्। अमेरिका विश्वमै सबैभन्दा प्रभावित देश हो।

पाँचखालस्थित ‘विशेष आर्थिक क्षेत्र’को अर्थमन्त्रीद्वारा अवलोकन

काभ्रेः जिल्लाको पाँचखाल नगरपालिका वडा न ७ र ८ मा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गर्न अर्थमन्त्री डा. युवराज खतिवडा पाँचखाल आएका छन् । शनिवार अवलोकन गर्न आएको अर्थमन्त्री खतिवडाले चाँडो काम सकेर सञ्चालनमा ल्याउन सरकार लागि परेको बताउँदै रकम अभावका कारण काम नरोकिने प्रतिवद्धता जनाएका थिए । मन्त्री खतिवडाले भौतिक संरचना निर्माणको जिम्मा पाएको कम्पनिलाई निर्देशन दिँदै भने, ‘रकमका कारण काम नरोक्नुहोस् ।’ रकम निकासामा समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिनुहुँदै राम्रो काम गर्न र समय मै सक्न आग्रह गरेका थिए । मन्त्री खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी लिनुभएको नेकपाका स्थानीय नेता कञ्चन अधिकारीले जानकारी दिए । अर्थमन्त्री खतिवडाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विश्वबिद्यालय, अरनिको राजमार्ग विस्तार, औद्योगिक क्षेत्र निर्माण लगायतका काम चाँडै अगाडि बढाउने बताएका थिए । सेजको काम भइरहेको उक्त क्षेत्रका पर्खालको काम सकिने लागेको छ भने भवनको मुख्य संरचनाको काम भईरहेको छ । करिब १६ करोडको लागतमा सेजको पर्खाल र भवन बनिरहेको आयोजनाले जानकारी दिएको छ । अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा लगायतले अवलोकन गरेका थिए । पाँचखाल सेजको अवलोकन पश्चात अर्थमन्त्री खतिवडा अरनिको राजमार्ग अवलोकन गर्न तातोपानी गएका थिए ।

ट्रायल फेल भएका १२८४ लाई लाइसेन्सः उपसचिव र डीएसपीसहित ३८ विरुद्ध मुद्दा

काठमाडौंः ट्रायल फेल भएकालाई लाइसेन्स पास बनाएर लाइसेन्स दिलाउने उपसचिव र डीएसपीसहित यातायात कार्यालयका ३८ विरुद्ध मुद्दा दर्ता भएको छ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध अख्तियारले आइतबार मुद्दा दर्ता गरेको हो । उनीहरुले २०६९ वैशाख, जेठ र असारमा प्रयोगात्मक परीक्षामा फेला भएका १२८४ जनालाई उत्तीर्ण बनाएको अख्तियारको दाबी छ । मुद्दा दायर गरिएका ३८ जनाको नाम हेर्नका लागि यहाँ क्लिक  गर्नुहोस्ः

यस्तो छ संविधान नमान्नेहरुको असहमति

काठमाडौंः सरकारले संविधान दिवसलाई घरघरमा दिपावली गरेर मनाउन आग्रह गरिरहेका बेला थरुहट थारुवान राष्ट्रिय मोर्चाले भने टोलटोलमा विरोध सभा आयोजना गर्ने भएको छ । संविधान दिवसको दिन सरकारले बिभिन्न स्थानमा कार्यक्रम आयोजना गरिरहदा मोर्चाले काठमाडौंको बसन्तुपुर डबलीमा विरोध सभा गर्दैछ । ‘असोज तीन, कालो दिन’ भन्दै मोर्चाले अपुरो जनविरोधी प्रतिगामी संविधान संशोधनका लागि विशाल जनप्रदर्शन गर्ने संयोजक लक्ष्मण थारुले बताए । ‘थारु विरोधीको पुटला पोलपोलमा, विरोध गरौं टोलटोल’ मोर्चाले ‘थरुहट थारुवान विरोधीहरुको पुटला पोलपोलमा, संविधान दिवसको विरोध गरौं टोलटोल’ भन्ने नारा तय गरेको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारुले भने, ‘थारुहट र थारुवान विरोधीका पुटला (पुतला) पोलपोलमा टास्नेछौं, अनि टोलटोलमा गएर संविधानको विरोध गर्नेछौं ।’ त्यस्तै, असोज तीनलाई विभेदकारी संविधान जारी भएको कालो दिन भन्दै जुलुससहित विरोध प्रदर्शन गर्ने र आधार घण्टा ‘ब्लाक आउट’ गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं उपत्यकामा नयाँ सडकको जुद्ध सालिकमा दिउँसो ३ बजे प्रदर्शन गर्ने र साँझ ७ बजेदेखि आधा घण्टा ‘ब्लाक आउट’ गर्ने जनाइएको छ । ‘असोज तीन, कालो दिन’ किन ? देशवासीले संविधान दिवसलाई दिपावली गरेर मनाइरहदा थरुहट थारुवान राष्ट्रिय मोर्चाले ‘असोज तीन, कालो दिन किन मनाउँदैछ ? भन्ने प्रश्नमा मोर्चाका संयोजक थारुले भने, ‘आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक, सीमान्तीकृत, पिछडावर्गलगायतलाई नेपालको संविधान २०७२ ले विभेदमात्रै गरेन, हामीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको छ । त्यसैले यो संविधान हाम्रो लागि विभेदकारी र अमान्य छ ।’ ‘नेपालको संविधान २०७२ को धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ हामी कुनै पनि हालतमा स्वीकार्न सक्दैनौं । त्यसको अर्थ यो होइन कि हामी गणतन्त्र, संघीयता, लोकतन्त्रको विरोधी हौं,’ थारुले भने, ‘हामी गणतन्त्र, संघीयता, लोकतन्त्र मजबुत र व्यवस्थित होस् भन्न चाहन्छौं । अस्थिरता, अराजकता, द्धन्द्ध, जातीय सदभाव, शान्ति बिथोल्ने चाहनाले हामी आन्दोलन घोषणा गरेका होइनौं । हामी चाहन्छौं शान्ति, सदभावसहित सबैले मान्य हुने संविधान बनोस् । त्यसैले आजको आवश्यकता संविधान संशोधन हुनु हो । राज्यले संविधान संशोधन गरेर रुष्ट बनेका सबै समूहको आवाजलाई समेट्न सक्नुपर्छ ।’ उनी चाहन्छन्, ‘देशमा न्याय, कानुन, समानता सबैको लागि बराबर होस् । प्रशासन, बन्दुक, बर्दीधारी, संविधान, कानुन, अदालतमा सबैको समान अधिकार होस् ।’ तर यी सबै क्षेत्रले थारुहरुलाई गुमराहमा पारेर, झुटा मुद्दा लगाएर, जेलमा कोचेर थारु समुदायलाई आतंकित पार्ने काम गरेको थारुको आरोप छ । ‘थारुहरुको पहिचान मेटिनेगरी हतारमा संविधान जारी गरियो । त्यसैले हामी भन्छौं, यो संविधान पश्चगामी छ, मान्नलायक छैन,’ थारुले भने, ‘त्यसकारण हामी ‘असोज तीन, कालो दिन’ मनाउँदै छौं ।’

दिनेश ठकुल्लाको निर्देशन रहेको ‘खोले सिस्नु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः मोडल दिनेश ठकुल्लाको निर्देशन रहेको ‘खोले सिस्नु’ बोलको गीत सार्वजनिक भएको छ । गाउँ शहरको परिवेशलाई समेट्दै तयार पारिएको केमेडी ‘खोले सिस्नु’ गीत हाईलाइट्स नेपालको अफिसियल यूटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो । फुर्बा शेर्पा र ल्हामु शेर्पाको स्वर रहेको गीतमा लय शब्द भागवती खड्काको रहेको छ । गीतको भिडियोमा यादब देवकोटा (सरापे), सुसिमा निरैला( बिम्ली), मेनुका थापा, संगीत छेत्रीले अभिनय गरेका छन् ।

टि–२० वरीयताः रसेल र गेलभन्दा पारस अगाडि

काठमाडौंः आइसीसी टि–२० क्रिकेटको नयाँ वरीयतामा अलराउण्डरतर्फ नेपाली टिमका कप्तान पारस खड्का २७ औं स्थानमा रहेका छन् । उनी पछिल्लो पटकको वरीयतामा सुधार गर्न सफल भएका हुन् । यद्यपी उनको यो विधामा उच्चतम वरीयता भने २५ औं स्थानसम्म रहेको छ । अलराउण्डरमा पारसले आन्द्रे रसेल, क्रिस गेल, राशिद खान र बेन स्टोकलाई पछि पारेका छन् । यस्तै अलराउण्डरमा अर्का नेपाली खेलाडी सोमपाल कामी ६७ औं स्थानमा यथावत रहेका छन् । ब्याटिङमा पारस ६८ औं स्थानमा यथावत रहेका छन् । उनले महेन्द्रसिंह धोनी, क्रिस गेल, ब्रान्डन टेलर, निकोलस पुरन, ट्राभिस हेडलाई पछि पारेका छन् । बलिङ तर्फ सोमपाल ७८ औं स्थानमा यथावत छन् भने वसन्त ७२ औं स्थानमा पुगेका छन् ।

अमेरिकाका ‘मोस्ट वान्टेड’ नाथन माकोब्स्की नेपालमा पक्राउ

काठमाडौं । अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ परेका छन् । बाल यौन दुराचार मुद्दामा फरार नाथन माकोब्स्कीलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो । चीन हुँदै नेपाल आएका ५९ वर्षीय नाथनका नाममा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत रेड नोटिस जारी गरेको थियो । अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको छ । उनी अमेरिकामा ‘मोस्ट वान्टेड’को सूचीमा थिए । स्रोतका अनुसार उनी नेपाल आएको सूचना काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको थियो । उनलाई प्रक्रिया पूरा गरी अमेरिका निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । गत २८ अगस्टमा इन्टरपोलले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । अलास्का राज्यका बासिन्दा उनले आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौन दुराचार गरेको मुद्दा उनीमाथि चलिरहेको छ । एक वर्षसम्म बालिकामाथि यौन दुराचार गरेको भन्दै मुद्दा दायर गरिएको भएपछि उनी त्यहाँबाट भागेका थिए । यस्तो अपराधमा अमेरिकामा ९९ वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । यसरी पक्राउ परेका अपराधी बुझाउन नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि छैन । जसकारण निष्कासनको प्रक्रियामार्फत नेपालले उनलाई अमेरिका पठाउनेछ । अमेरिका पुगेलगत्तै उनी विमानस्थलमै पक्राउ पर्नेछन् । गत जुलाईमा उनी अमेरिकाबाट भागेर बेइजिङ पुगेका थिए । त्यहाँबाट नेपाल आएको खुलेपछि पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गराइएको थियो । इन्टरपोलसँगको सहकार्यमा उनी पक्राउ परेका हुन् । पाँच वर्षअघि पनि पक्राउ परेका थिए अमेरिकी अपराधी अमेरिकामा फरार व्यक्ति लुक्नलाई नेपाल आएको यो पहिलो घटना भने होइन । पाँच वर्षअघि पनि नेपालमा लुक्दै आएका निल स्टेमर नामक अमेरिकी नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरी अमेरिका पठाएको थियो । उनी नक्कली पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा लुक्न उनले नेपाली युवतीसँग बिहे गरेका थिए । नेपालमा विदेशीमाथि नियमन प्रणाली कमजोर भएकाले पर्यटकको आवरणमा विदेशमा अपराध गरेर लुक्न आउने गरेका छन् । लामो समय बस्ने विदेशीहरू के गरेर बसेका छन् भन्ने निगरानी नहुने मात्र होइन, क–कसको भिसाको म्याद सकियो भनेर खोज्ने प्रणालीसमेत विकास हुन सकेको छैन । जसकारण ठूलो संख्यामा विदेशीहरू नेपालमा अवैध रूपमा बस्दै आएको आकलन गरिएको छ । त्यस्ता विदेशीलाई निगरानीका लागि सरकारले गत वर्ष मात्र ‘विदेशी नागरिक अनुमगन निर्देशिका’ बनाएको थियो । जुन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । निर्देशका कार्यान्वयनलाई प्रभावकारी बनाउने काम भइरहेको बताउँछन्, विभागका महानिर्देशक पौडेल । ‘अध्यागमन व्यापक सुधारको पूर्वसन्ध्यामा छ,’ उनले भने, ‘अबको दुई महिनापछि अध्यागमनमा धेरै सुधार देख्नुहुनेछ । विदेशीहरू अवैध रूपमा नेपालमा लुकेर बस्ने समस्या पनि अब हट्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

भूकम्पबाट जोगिन बंकर बनाईन यी कलाकारले

न्यूयोर्क । भूकम्प कतिखेर आउँछ भन्ने कुरा कसैलाई थाहा हुन्न । त्यसैले भुकम्पबाट जोगिन सधै तयारि अवस्थामा बस्नुपर्ने हुन्छ । अमेरिकाक एकजना कलाकारले भने भुकम्पबाट जागिन बंकर नै बनाएको समाचार छ । हालै रियालिटि टेलेिभजन स्टार क्रिस जेनरले भुकम्पबाट जोगिन बंकर बनाएको खबर अहिले चर्चामा छ । फिमेल फर्स्ट डटकममा प्रकाशित समाचार अनुसार, क्रिसले आफु गर्ल स्काउट जस्तै भएको बताइन । तपाईंले आजसम्म जतिजनासँग भेट्नुभयो, म ती सबैभन्दा बढी अर्थक्विक रेडी पर्सन हुँ । उनले खुलासा गरेकी छिन, मसँग अथ्निशकक यन्त्रदेखि आवश्यकताका सबै सामानले भरिएकने लबरेज ब्यागप्याक्स छ । मसँग फ्ल्यासलाइट र पानी पनि हुन्छ । मसँग एउटा बंकर पनि छ ।

आज बुधबार, कस्तो छ तपाइको राशि?

वि.सं.२०७६ साल भाद्र १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अगष्ट २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि चतुर्दशी, ३२ घडी २६ पला, बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त औंशी । मेषः पढाई लेखाई बिभिन्न कारणले अस्तव्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिने छ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेको छ । बृषः न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाइ पक्षमा आउने छन् । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिने छ । आन्तरिक व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मिथुनः आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुने छ । कारोबार गर्दा ध्यान दिनुहोला । सापटी लगेको तथा लिनेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुने छ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ । कर्कटः खानपानमा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउँन सक्छ । अध्ययनमा ध्यान जाने छैन । विभिन्न अवसर आए पनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिने छ । प्रेममा धोका तथा घर परिवारमा आफन्तसँग घरायसी कुरामा विवाद हुने छ । सिहंः व्यवसायमा समय दिन सकिने छैन । सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ । यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुने छन् । लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना छ । कन्याः प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिने छ । अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाइको नाम आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित काममा विशेष रुचि बढ्नेछ । तुलाः नयाँ काम पाउँने तथा व्यवसायमा लगानी गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । प्रेममा सामिप्यता बढेर जाने छ । बृश्चिकः निति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ, सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागू गर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरि मनलाई शान्त पार्न सकिने छ । धनुः आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ । मकरः भौतिक सम्पति तथा सवारी साधनको प्राप्तिको गतिलो योग रहेको छ । नोकरीका सुगम स्थानमा स्थानान्तरण हुनेछ । जीवनसाथीको सहयोग महत्वपूर्ण कामहरु समयमा सम्पादन हुने हुँदा मन प्रशन्न रहने छ । कुम्भः व्यवसाय फस्टाएर जाने छ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउने छ । मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् बलियो भएर जाने छ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । खोजमुलक क्षेत्रमा रुचि बढ्नेछ । मीनः परिवार तथा सन्तानबाट तपाइले गरेको काममा असहयोग हुनेछ । व्यापारमा लगानी नबढाउँदा राम्रो हुने छ । प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउने छ ।

अबदेखि सबै जिल्लाबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गरिने

काठमाडौंः  यस वर्षदेखि शिक्षक तथा शिक्षासेवीलाई वैज्ञानिक मापदण्ड तयार गरेर पुरस्कार दिइने भएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले त्यस्तो आधार तय गरेको हो । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइने गरेको भन्दै आलोचना हुने गर्दथ्यो । दिवसमा विद्यालयहरुलाई भने तिनले हासिल गरेको नतिजाका आधारमा राष्ट्रिय र प्रदेशगतरुपमा राष्ट्रिय शिल्ड, ध्वजा र नगद पुरस्कार दिइँदै आएको छ । विगतको जस्तो धेरै सङ्ख्यामा नभई स्पष्ट मापदण्डका आधारमा सीमित व्यक्तिलाई पुरस्कृत गर्ने समितिको तयारी छ । मापदण्डबिना पुरस्कार दिँदा दिने र लिने पक्षसमेत आलोचित हुँदै आएको स्थितिमा कार्यसम्पादन मूल्याङ्कन र परिणाम सूचकका आधारमा पुरस्कार दिन लागिएको हो । समितिको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लाबाट एक एक जना उत्कृष्ट शिक्षकका लागि फारम भरी पठाउन पत्राचार गरेको छ । उक्त फारममा पाँच सूचक र तिनका लागि अङ्कभार समेत समावेश गरिएको छ । उत्कृष्ट शिक्षक छनोटका लागि शिक्षकले पठनपाठन गरेका कक्षाहरुको कक्षागत औसत सिकाइ उपलब्धिका लागि ४०, शिक्षकले अध्यापन गर्ने तहको शैक्षिक उपलब्धिका लागि २०, शिक्षण सिकाइमा पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री र उपयुक्त शिक्षण विधिको प्रयोगका लागि २०, विद्यालयमा अतिरिक्त तथा सहक्रियाकलापको सञ्चालनमा योगदानका लागि १० र विद्यालयको विकासका लागि पुर्याएको योगदानका लागि १० गरी १०० पूर्णाङ्क निर्धारण गरिएको छ । पुरस्कार सिफारिसका लागि कम्तीमा १० वर्षको शिक्षण अनुभव भएको, स्थायी शिक्षक रहेको, हप्तामा २४ पिरियडभन्दा बढी शिक्षण गर्ने गरेको, नयाँ खोज तथा कार्यमूलक अनुसन्धान गरेको, बढुवा भएको तीन वर्ष अवधि पूरा भएको, कार्यसम्पादन मूल्याङ्कनमा ९० अङ्क ल्याएको, तालीम प्राप्त, विभागीय कारवाही नभएको, माथिल्लो कक्षाको आफ्नो विषयमा विद्यार्थी प्राप्ताङ्क औसत ८० प्रतिशतभन्दा बढी भएको थप आधार तय गरिएको छ । यस्तै विद्यालयको नाममा बेरुजु नरहेको, छात्रवृत्ति, पाठ्ययुस्तक आदि समयमै वितरण गरेको (प्रअ भएमा), सामाजिक परीक्षण, कानूनी लेखा परीक्षण नियमित गरेको, विद्यालय व्यवस्थापन समितिको गठन समयमै गरेको हुनुपर्ने पनि आधार तय गरिएको छ । नेपाल शिक्षक महासङ्घका कावाअध्यक्ष पूर्णप्रसाद दवाडीले यस प्रकारको छनोट मापदण्डले शिक्षकहरुमा विवाद कम हुने र काम गर्नेको सही मूल्याङ्कन हुने अपेक्षा व्यक्त गरे ।

प्रकाश कटुवालको आवाजमा ‘आधा किलो सुन’ (भिडियोसहित)

गायिका जमुना सनम र गायक प्रकाश कटुवालको आवाजमा रहेको तीज गीत ‘आधा किलो सुन’ को युट्युबमा भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गीत तयार गरिएको छ । गीतमा तिजको गरिमाका साथै सास्कृतिक महत्वलाई समेत समेटिएको छ । गीतमा शब्द तथा संगीतसंगै संगीत संयोजन समेत राजु सुनामको रहेको छ । भिडियोमा कोरीयोग्राफी नवराज उप्रेतीको रहेको छ भने भिडियोमा जुना सन्दास , रमेश थापा,र नवराज रिजालको अभिनय रहेको छ । भिडियो निर्देशन देवेन्द्र तिम्सिनाले गरेका छन् । ‘आधा किलो सुन’ गीतको पूरा भिडियो हेर्नुहोस्–

मदन भण्डारीको हत्या नियोजित षडयन्त्र, हत्यारा पत्ता नलाग्नु दुखद- प्रचण्ड

  काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डले मदन भण्डारीको हत्या नियोजित भएपनि हत्यारा पत्ता नलाग्नु दुखद भएको बताएका छन् । राजधानीमा आयोजित मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले मदन भण्डारी जडताबाट माथि उठेर राजनीतिक परिवर्तनलाई बुझ्ने व्यक्तित्व भएको समेत बताए । ‘मदन भण्डारीको नियोजित हत्या हो। दुर्घटना होइन भन्ने जनतालाई लागेको छ,’ उनले भने, ‘हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं।’ आफू पहिलो पटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छौं भनेको तर, अहिलेसम्म नसकिएको भन्दै उनले भने, ‘आखिर के ले दिँदैन ? जनताले नदिएको पक्कै होइन । सरकारमा हामी नै छौं तर, यस्तै भएको हो भन्नसक्ने ठाउँमा पनि छैनौं ।’ प्रचण्डले चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्ने थियो समेत बताए । ‘जनतालाई लाग्छ त्यो स्वभाविक मृत्यु होइन। त्यो भयानक डिजाइनअनुसार हत्या गरेको नै हो,’ उनले भने, ‘हत्यारा विदेशी शक्ति हो कि जस्तो लाग्छ। स्वदेशी तत्व हो कि जस्तो लाग्छ तर प्रमाण छैन।’ भण्डारीको हत्यारा पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्ने हो भने त्यस्ता घटनाबाट बच्न सकिने उनले बताए। हत्याकाण्डको यथार्थ पत्ता लगाउनुका साटो यसै ठीक हुन्छ भनेर जस्तो गरेर पन्छाउन थालिएको उनले बताए । ठूला हत्याकाण्डको कारण पत्ता लगाउन नसक्दा फेरि त्यस्तो घटना हुँदैन भन्ने सुनिश्चित गर्न नसकिएको उनले बताए । ‘मदन भण्डारीको ४२ वर्षमा हत्या भयो हामी त ६५ वर्षमा हिँडिराखेका छौं,’ उनले भने, ‘हाम्रो हत्या त भएको छैन नि ! कहिलेकाहीँ लाग्छ हामी छाला जोगाउतिर पो लागिराखेका छौं कि?’ उनले भण्डारीको सच्चा उत्तराधिकारीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफू भएको बताए। उनले मदन भण्डारीले सोच्ने शैलीलाई आफूहरूले अनुशरण गर्नुपर्ने बताए। ‘हामी पनि मान्छे हौ, कुरा सुन्दा दिमाग खराब हुन्छ नै। मदन भण्डारीले सोच्ने शैलीलाई हामीले अनुशरण गर्नुपर्छ। योजना निर्माण गर्ने, कार्यान्वयन गर्ने तथा परिस्थितिलाई ठीक ढंगले विश्लेषण गरेर आत्मसात गर्ने व्यक्ति हुनुहुन्थ्यो। मदन भण्डारी जड र संकीर्ण सोच भएको व्यक्ति हुनुहुँदैनथ्यो।’ उनले नेकपा फुट्ला र हाम्रो पालो आउँछ भनेर कांग्रेसले नसोच्न आग्रह गरे। ‘नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ। नेकपामा झगडा भएर सत्ता हामीकहाँ आउला भन्ने कांग्रेसले सोच्नै हुन्न’, उनले भने,‘ अहिले कांग्रेसको त्यस्तो हैसियत बाँकी रहेन।’ दुई पार्टी मिलेर नेकपा बनेको भन्दै नेकपाको सफलता नै देशको सफलता हुने उनले बताए। ‘हाम्रो सफलता देशको सफलता हुनेछ। हामी असफल भयौं भने मुलुक असफल हुनेछ। यो व्यवस्था असफल हुनेछ र विभाजनकारी शक्ति बलियो बन्नेछन्’, उनले भने, ‘नेकपा असफल भयो भने मुलुक असफल हुनेछ। व्यवस्था असफल हुनेछ। तपाईं ९नेकपाका नेता कार्यकर्ता० ले पनि हामीकहाँ आएर कुरा लगाउनु हुन्न। ऊ त खत्तम रहेछ भन्न हुँदैन।’  

दोहोरो जिम्मेवारीबाट मुक्त नेतृत्व र सक्रिय स्थायी कमिटी आवश्यकः रमेश मल्ल

काठमाडौं, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा नेकपाका नेता रमेश मल्लले पार्टी एकताले गति नलिएको भन्दै तीनवटा विषयमा नेतृत्वले तत्काल सोच्नुपर्ने बताएका छन् ।  मल्लले अघि सारेका तीनवटा सुझाव १. दोहोरो जिम्मेवारीबाट मुक्त नेतृत्व नेकपामा एकताको विशिष्ट अवस्थाका कारण कमिटि प्रणालीमा अलि बढि प्रशासनिक खुट्किलाहरु निर्माण भएका छन । कमिटिहरु पनि अलि बढि ठुला र भद्धा पनि छन । तत्कालका लागि यसलाई स्वाभाविक प्रक्रियाका रुपमा लिई मेहेनेतपुर्वक व्यवस्थापन गरिनु पर्दछ । त्यसको लागि पार्टीका सबै तहका मुल नेतृत्वलाई गृहकार्यको लागि प्रर्याप्त समय जरुरी हुनजान्छ । नेतृत्व नै बढि जिम्मेवार बन्नैपर्छ कि कुनै पनि जिम्मेवार सदस्य जिम्मेवारीविहीन बनेर नबसोस । पार्टीको कुनै पनि तहको नेतृत्वलाई दोहोरो जिम्मेवारीबाट मुक्त गरियो भने त्यसले एकातिर पार्टी, सदन र सरकारको काममा प्रभावकारीता आउँछ भने अर्कोतिर कोही नेता कार्यकर्ता जिम्मेवारीको बोझले थिचिने र कोही भुमिकाविहीन भएर सडकमा हल्लीने अवस्थाको अन्त्य गर्दछ । २. सक्रिय स्थायी कमिटी कम्युनिष्ट पार्टीमा स्थायी कमिटि भनेको मुल नेताहरुको टिम हो । जहाँ सिद्धान्त र राजनितिको तथा पार्टी निमार्ण र परिचालनको वहस हुन्छ, निर्णय हुन्छ । पोलिटब्युरो (राजनैतिक कमिटि) ले राजनैतिक महत्वका निर्णय गर्छ । संगठनका महत्वपुर्ण निर्णयहरु गर्छ । निर्णयको गंम्भीरता अनुसार केन्द्रीय समिति र महाधिवेशनप्रति उत्तरदायी भएर यसप्रकारका निर्णयहरु गरिन्छन । नेकपामा कमिटिगत संरचनाका कारण स्थायी कमिटिले गर्ने काम सचिवालयले गर्दै आएको छ । नेताहरुबीचमा सहज सम्बन्ध हुँदा यो विधि सजिलो पनि छ । तर कहिलेकाँही सचिवालय समाधानको केन्द्रमात्र हैन समस्याको केन्द्र बन्ने अवस्था पनि देखिएको छ । पटक पटक पार्टी र सरकारको कार्यकारी जिम्मेवारी पुरा गरिसकेका, अनुभव र योगदानका हिसावले पनि को भन्दा को कम भन्ने अवस्थामा रहेका, इतिहासले गर्व गर्ने, एउटै उमेर समुहमा रहेका र जीवनको उतरार्धतिर हिडेका टिमभित्रको अन्र्तविरोधको पाटो हो, “ इगो पोलिटिक्स” । नेताहरुलाई त्यसबाट बाहिर निकाल्न र सहज सम्बन्ध संचालनको वातावरण बनाउन उत्तराधिकार पुस्ता (९नेकपाको हकमा स्थायी कमिटि) सक्रिय र सकारात्मक हस्तक्षेपकारी हुन जरुरी छ । पार्टीमा पोलिटब्युरोको संरचना बनिनसकेको र बनिहाले पनि कामकाजी बन्न गाह्रो हुने अवस्थाको कारण पोलिटब्युरोले गर्ने कामलाई समेत प्रभावकारी बनाउन, पार्टीभित्रका आन्तरिक वहस र अन्र्तविरोधको उचित व्यवस्थापन गर्न, सरकार संचालनको कामलाई सहयोग गर्न, तथा राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरका राजनैतिक एवं कुटनैतिक काममा पार्टीमा वस्तुगत र वैज्ञानिक मतैक्यता कायम गर्न पनि स्थायी कमिटिको भुमिकालाई सक्रिय र प्रभावकारी बनाउन जरुरी छ । ३. प्रभावकारी विभागीय काम पार्टी एकताका कतिपय काम अझैंपनि बाँकी रहेको वर्तमान अवस्थामा उक्त कामलाई पुर्णता दिने, पार्टीका केन्द्रीय विभागहरु टुंगो लाउने काम यथासिघ्र गरिन जरुरी छ । सरकारका काम प्रभावकारी नहुनु, ऐन कानुन निमार्णको काम एकपछि अर्को विवादको घेरामा तानिनुको एक मुख्य कारण विभागीय कामहरु अगाडि नबढ्नुको परिणाम हो । यदी पार्टीमा राजनैतिक रुपले परिपक्व र विषयगत दक्षताका हिसावले योग्यतम मान्छेहरुको केन्द्रीकरण गरेर विभाग निमार्ण गरेको भए तिनले दिने फिडब्याकले सरकार र सदनको काममा सहयोग पुग्दथ्यो । एउटा मन्त्री र एउटा समितिको सभापतिले पार्टीको कुन निकायमा सल्लाह गरेर नितिगत निर्णय गर्ने भन्ने अन्यौलताको पनि अन्त्य हुन्थ्यो । यो काम तत्काल गरिनु पर्दछ ।

१२ हजार कोरियन भाषा परीक्षामा पासः अझै सीप परीक्षण गर्नुपर्ने

काठमाडौं, असार १४ । वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तरगत रोजगारीका लागि कोरिया पुगेका युवाले डिप्रेसनमा पर्नुका साथै आत्महत्या गर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ । यो वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३ सय ७६ युवाले फारम भरेकोमा ८४ हजार ३ सय आठ जनाले परीक्षा दिएका थिए । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

कृषि अनुदान किसानसम्म नपुगेको चिन्ता

धनगढी, जेठ ६ । धनगढीमा आयोजित एक कार्यक्रमका कृषि अनुदान वास्तविक किसानसम्म नपुगेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । सिर्जनशील समाजको सृजनाद्वारा संचालित अनुकुलन परियोजनाको समापन कार्यक्रमका सहभागीहरुले काम गरिखाने किसानसम्म अनुदान पुग्ने वातावरण अझै सिर्जना हुन नसकेको बताए। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अहिले पनि कृषकका नामका आउने अनुदानमा सिमित ब्यक्तिहरुको मात्रै पहुँच भएको बताए । हिजोका दिनदेखि नै अनुदान र सहयोगमा सिमित गिरोहमात्रै हालीमुहाली रहेको छ नगरप्रमुख वडले भने– ‘जबसम्म काम गर्न चाहने किसानसम्म पुग्दैन त्यसको सदुपयोग पनि हुँदैन । नगर प्रमुख वडले किसानका नाममा आउने अनुदान किसनले सजिलै पाउनका लागि अहिलेको जटिल प्रकृयालाई सजिलो बनाउनुपर्ने बताए । उनले भने, यसका लागि धनगढी उप–महानगरपालिका छलफलमा छ । धनगढी उप–महानगरपालिकाले अनुदान वितरण गर्न पद्दतिको विकास गरिरहेको बताए । धनगढी उप–महानगरपालिकामा कृषी प्राविधिकको अभाव रहेको छ नगरप्रमुख वडले भने, जसका कारण काम गर्न समस्या भइरहेको छ । गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदले कृषि अनुदान वास्तविक किसानले पाउने वातावरणको निर्माण अहिलेको आवश्यकता भएको बताए । उनले आवश्यकता भन्दा पहुँचका आधारमा अनुदान प्राप्त गर्ने प्रवृतिको अन्त्य गर्न आफू लागि परेको बताए । स्थानीय सरकार गठन भएको लामो समय हुँदा पनि प्राविधिक कर्मचारी पाउन नसकेको बताए । उनले भने, ‘जसका कारण समयमा काम गर्न समस्या भएको बताए, गौरीगंगा राजिपुरकी कृषक निर्मला जोशीले किसानका नाममा वितरण गरिने ठूलो अनुदानको दुरुपयोग हुने गरेको आरोप लगाईन । उनले भनिन्, ठूलो आनुदान प्राप्त गरेकाहरुले कुन ठाउँमा काम गरेका छन् मलाई हेर्न रहर छ । सिर्जनशील समाजको सृजनाद्धारा संचालित अनुकुलन परियोजनाका संयोजक रोहित बिकले परियोजना अवधीमा गरेका कार्य उपलब्धीहरु प्रस्तुत गरेका थिए ।

शिक्षा मन्त्री भन्छन्, ‘अंग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ’

झापा, वैशाख २९ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताएका छन् । उनले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पारे । आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याए । ‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’ उनले भने, “सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ ।’ देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको उनले दोहोर्याए । ‘विद्यालयले नै शिक्षामा विभेद गरेको छ, अब त्यसको अन्त्य गर्नुपर्छ’ उनले भने, ‘अङ्ग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ सबै विद्यालयमा नेपाली विषय पनि पढाइ हुनुपर्छ ।’ अङ्ग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् त्यस्तो परम्पराको अन्त्य हुनुपर्छ मन्त्री पोखरेलले भने, ‘अङ्ग्रेजी जानेका भनिएका सबै युवा विदेश जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ’ उनले प्रतिप्रश्न गरे । मन्त्री पोखरेलले सिकाइ भनेको पढ्नु मात्र होइन खेलेर पनि नाम राख्न सकिन्छ भन्ने प्रमाणित भइसकेको बताउँदै विद्यार्थीले जे विषयमा अध्ययन गर्न चाहन्छ सोही विषयको शिक्षा दिन जरुरी रहेको बताए ।