उत्कृष्ट नारा लेखेर पुरस्कार जित्ने अवसर, निबन्ध लेखन प्रतियोगिता पनि गरिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी खुला राष्ट्रव्यापी कविता लेखन प्रतियोगिता आयोजना गरेको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताका लागि प्राप्त हुने कवितामध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई आउँदो माग २८ गते नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने आयोगले जनाएको छ ।

यस्तै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्न्धी उत्कृष्ट नारालाई पुरस्कृत गरिनेछ । सोसम्बन्धी मौलिक र सन्देशमूलक नारा सिर्जना गरी माघ ६ गतेभित्र उपलब्ध गराउन आयोगको आग्रह छ ।

सोही अवसरमा निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरिएको छ । आयोग मातहतका सात कार्यालयमार्फत कक्षा–९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गरिने अख्तियारले जनाएको छ ।

सूचना पढ्नोस्–

नेप्सेमा उच्छल , तीन कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं । केहीदिन यताको लगातार करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा उच्छल आएको छ । आज नेप्से ५५ अंकमाथिको वृद्धि भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ५५.८८ प्रतिशतले वृद्धि हुँदै २ हजार ६५.८९ अंकमा उक्लिएको हो । यसैगरी, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२३ अंकले बढ्दै २९८.१३ अंकमा उक्लिएको छ । १३ वटै उपसूचक धनात्मक भएको आज २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.३८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.३३ प्रतिशतले, हाइड्रोपावर समूह ४.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ४.३८ प्रतिशतले, होटल तथा पर्यटन समूह ३.११ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहको उपसूचक ६.२७ प्रतिशतले वृद्धि भएको छ । आज तीन वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशत माथिले बढेका छन् ।

साउदीले तेलको उत्पादन क्षमता बढाउने

काठमाडौं । साउदी अरबले तेल उत्पादन बढाएर प्रतिदिन १३ लाख ब्यारेल पुर्याउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेट लगत्तै खाडी सहयोग परिषद्को जेद्दामा भएको शिखर सम्मेलनमा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अलले उक्त घोषणा गरेका हुन्। राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने भन्दै तेल उत्पादन बढाउँदा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने विश्वास ब्यक्त गरे । उक्त अवसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड–१९ र भौगोलिक स्थितिका चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय प्रयासको लागि आह्वान समेत गरेका छन् ।

श्रीलङ्का पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

कोलम्बो । श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो । यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उहाँहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ । अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्ड काब्राल र अरु केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ । अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक सङ्कट उत्पन्न हुनुमा जिम्मेबार रहेको लगायतका आरोप लगाउदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य हुनु परेको थियो । त्यही प्रदर्शन चर्किदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले पनि राजीनामा दिएर देश छाड्नु भएको छ ।

इङ्ग्लिस प्रिमियर लिगको उपाधि सिटीलाई

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । अन्तिम दिनको खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बनेको हो । सिटीले एस्टन भिल्लालाई ३–२ गोलले पराजित गरेको हो । समग्रमा सिटी ३८ खेलमा ९३ अङकसाथ उपाधि जोगाउन सफल भयो भने लिभरपुल ३८ खेलमा ९२ अङ्कसाथ दोस्रो भएको छ ।

दक्षिणकाली नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको छ। मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरे। मेयर मोहन बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरेर विजयी भए । एमालेका उम्मेदवार श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत प्राप्त गरेर पराजित भए । नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा विजयी भएका थिए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा विजयी भएकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७ सय ९३ मत अन्तरले पराजित गरेकी हुन् ।

बैतडीका १० वटै स्थानीय तहमा चुनावी गठबन्धन हुने, यस्तो भयो निर्णय

काठमाडौं । बैतडीमा सत्तारुठ गठबन्धनका दलहरुले सबै स्थानीय तहमा गठबन्धन गर्ने भएका छन् । आज सत्तारुढ गठबन्धनका दलहर नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले जिल्लाका दश वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो । बैतडी जिल्लामा नेकपा एमालेको बलियो संगठन भएपनि पार्टी फूटपछि कमजोर अवस्थामा रहेको छ । आज बसेको बैठकले केन्द्रमा सत्तारुढ गठबन्धनको निर्णय बमोजिम जिल्लामा समेत गठबन्धनका लागि सबै दलहरुबीच आन्तरिक छलफल गर्ने र सोही आधारमा संयन्त्र निर्माण गरेको हो । नवगठित संयन्त्रमा नेपाली कांग्रेसबाट जिल्ला सभापति चतुर बहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला समन्व्य समितिका संयोजक शंकर भण्डारी, नेकपा (एकीकृत समाजवादी)का इन्चार्ज प्रमानन्द भट्ट रहने निर्णय भएको छ ।

उम्मेदवार छान्न एमालेमा ६ मापदण्ड, वैशाख ९ गते घोषणपत्र जारी गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तय गरेको छ । सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवारका लागि ६ वटा मापदण्ड तय गरेको हो । ती मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासन लगायतका आधार छन् । त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । बैठकले वडाअध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीको सिफारिसमा गाउँपालिकाले निर्णय गर्ने, गाउँपालिका अध्यक्षको जिल्ला कमिटीले र मेयर उपमेयरको प्रदेश कमिटीले निर्णय गर्ने निर्णय गरेको छ । त्यस्तै महानगरको मेयर र उपमेयरका उम्मेदवार प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ । साथै एमालेले आगामी वैशाख नौ गते पार्टी केन्द्रले घोषणापत्र जारी गर्ने र सोही दिन सबै पालिकामा चुनावी प्रतिवद्धता जारी गर्ने पनि पोलिटब्युरो बैठकले निर्णय गरेको छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा आफ्नो विभागीय काममा असर नगर्ने गरी केन्द्रीय कमिटी सदस्य निर्वाचनमा खटिने, पार्टीको क्यालेन्डर बनाउने, जेष्ठ नागरिक सम्मान गर्ने लगायतका निर्णय पनि एमालेले गरेको छ । अगामी चैत ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले सचिवालयले गरेका निर्णयको अनुमोदन गर्नेछ ।

अक्षय कुमारले जारि गरे ‘Bachchhan Pandey’को खतरनाक पोष्टर

मुम्बई । बलिउड नायक अक्षय कुमारले आगामी चलचित्र ‘बच्चन पाण्डे’को पोष्टर जारि गरेका छन् । चलचित्रको पर्खाईमा बसेका शुभचिन्तकहरुका लागि अक्षय कुमारले चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेका हुन । चलचित्र तयार भइसकेको छ । यसको ट्रेलर चाँडै नै रिलिज गरिने बताइन्छ । पोष्टर सार्वजनिक गर्दै अक्षय कुमारले यसको ट्रेलर १८ फेब्रुअरी २०२२ मा रिलिज हुने बताएका छन् । यो पोष्टरमा भने एक लाइन लेखिएको छ– मलाई भाई हैन, गडफादर भन्छन् । अक्षय कुमारले लेखेका छनः एउटा यस्तो क्यारेक्टर जसमा कुनै रङ्गहरुको पसल भन्दा बढी ङ्ग छ । बच्चन पाण्डे तपाईलाई डराउन, हँसाउन, रुवाउन, सबै कुराका लागि तयार छ । कृपया उसलाई आफ्नो प्रेम दिनुहोला । बच्चन पाण्डेमा अक्षयसँगै कृति सैनन, ज्याकलिन फर्नान्डिस, अरसद वारसी, पंकज त्रिपाठी, प्रतिक बब्बर र अभिमन्यु सिंहलगायतले अभिनय गरेका छन् । फरहद सामजीको निर्देशनमा बनेको चलचित्र १८ मार्चका दिन सिनेमाघरमा उपलब्ध हुने छ ।

रुस–युक्रेन तनावः १ सय डलरमाथि पुग्न सक्छ कच्चा तेलको मूल्य

प्राकृतिक ग्यास रोकिए यूरोपमा हाहाकार मच्चिने काठमाडौं । रुस र युक्रेनबीच युद्ध हुने भन्दै अमेरिका लगायत पश्चिम देशहरुले चलाएको प्रपोगाण्डाको असर अन्तर्राष्ट्रिय तेल बजारमा परेको छ । अमेरिकाले भोली फेब्रुअरी १६ का दिन रुसले आक्रमण गर्ने बताएको छ । यद्यपी युक्रेनले भने अमेरिकी दावीहरु खारेज गर्दै आएको छ । तर यो तनावको सोझो असर भने तेल बजारमा परेको छ । यूरोपको आधा भन्दा बढी नेचुरल ग्यासको श्रोत रुस रहेको छ । रुसले प्रतिदिन एक करोड ब्यारेल तेलको उत्पादन गर्दछ । यो विश्वको कूल मागको १० प्रतिशत हो । ्यूरोपको हकमा भने त्यहाँका आधाजति तेल रुसले आपूर्ति गर्ने गर्दछ । यूरोपमा चिसो बढदै गएको छ । त्यसैले पनि त्यहाँ तेलको उच्च माग छ । तर त्यही अनुपातमा आपूर्ति नभएको कारण क्रुड तेलको मूल्य ९० डलर प्रति ब्यारेल पुगिसकेको छ । यो मूलय २०१९ पछि सबैभन्दा धेरै हो । यही अवस्था रहेमा यो एक सय डलर भन्दा माथि पुग्ने अनुमान गरिएको छ । सोमबार मात्रै पनि तेल बजारमा २ प्रतिशत बृद्धि देखिएको थियो । यूरोपियन नेचुरल ग्यासको मूल्यमा समेत ट प्रतिशत बृद्धि भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गरेमा उसको यूरोपसँग जोडिएको सबैभन्दा ठूलो ग्यास पाइप लाइन परियोजना नर्ड स्ट्रीमलई शुरु हुन नदिने चेतावनी दिएका छन् । यो अवस्थामा सबैभन्दा ठूलो खतरा भनेको ग्यासको सप्लाइ चेन बर्बाद हुनसक्ने रहेको छ । अहिले रुसबाट आइरहेको तेलको आपूर्ति श्रृंखला बन्द भएमा यूरोपका कैयन उद्योग बन्द हुने सम्भावना छ । यसका साथै इन्धनको अभावले यूरोपको सामाजिक आर्थिक जनजीवनमा समेत हाहाकार मच्चिनेछ । अवस्थाबाट फाइदा उठाउन अमेरिकी तेल कम्पनीहरुले आफ्नो उत्पादन बढाउन थालेको समाचार समेत प्रकाशित भएका छन् ।

राम्रो रङ्गशाला बनाउन प्रशिक्षक अब्दुल्लाहको प्रधानमन्त्रीसँग आग्रह

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले भेट गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीलाई सामान्य खेलकुदमा खेलाडीलाई सहयोग गर्न आग्रह गरेका छन् । साथै राम्रो रङ्गशाला बनाउन पनि आग्रह गरेका छन् । विकल्प खोजेर नेपाली फुटबललाई सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन् ।

काइली जेनर बनिन इन्स्टाग्राममा ३० करोड बढी फलोअर हुने रोनाल्डापछिको सेलेब्रेटी

काठमाडौं । चर्चित सेलेब्रेटी काइली जेनर इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर हुने सूचिमा परेकी छिन् । विश्वका कैयन सेलेब्रेटीलाई उछिन्दै काइली जेनरले ३२ करोड भन्दा बढी फलोअर बनाउन सफल भएकी छिन् । उनले पप स्टार एरिएना ग्रान्डीको रेकर्ड तोडेकी छिन् । २४ वर्षी काइलेी जेनर पेशाले मोडेल, रियालिटी टिभी स्टार, व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय सेलेब्रेटी हुन । उनीभन्दा माथि इन्स्टाग्राममा फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो सबैभन्दा बढी फलो गरिएका व्यक्तिमा परेका छन् । रोनाल्डोसँग अहिले २९ करोड फलोअर छन् ।  

खोप केन्द्रमा जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर खोप लगाउन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो । खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए । त्यसमा सुनुवाईका क्रममा इजलासले लोक कल्याणकारी राज्यको हैसियतले संविधानको धारा ३५ (३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक र धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनेर मौलिक हक सुरक्षित गरेको स्वीकार गरेको छ ।

माओवादी स्थायी समितिको बैठक सुरु, राजनीतिक र संगठनात्मक प्रस्तावमा छलफल हुने

माओवादी स्थायी समितिको बैठक सुरु भएको छ । बैठकमा राजनीतिक र संगठनात्मक प्रस्तावमा छलफल हुने छ । बैठकले संगठन सुदृढिकरणका लागि कार्यदलले दिएका सुझावका आधारमा केन्द्रीय समितिका लागि प्रस्तावलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

बालुवाटार जग्गा प्रकरण : १० लाख धरौटी बुझाएर रिहा भए गच्छदार

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । गच्छदारमाथि नक्कली मोहीको विवरण समावेश गरेको अनि क्षेत्राधिकार अनुसार पनि नमिल्ने प्रस्ताव मन्त्रिपरिषद पठाएको भन्ने आरोप थियो । अख्तियारले ‘क्षेत्राधिकार नभएको’ विषयलाई किन मन्त्रिपरिषदमा लगेको भनी गच्छादारमाथि प्रश्न उठाएको छ ।

देउवा सरकारको पहिलो निर्णयः कोरोना राेकथाम र उपचारमा ओली सरकारले गरेको खर्च सार्वजनिक गर्ने, चैतभित्र सबैलाई खोप

काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क खोप लगाउने निर्णय गरेको हो आगामी असोज मसान्तभित्र एक तिहाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप लगाइने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय पनि बैठकको छ ।