१२ वर्षपछि चुनवाङमा प्रचण्ड, के फेरि राजनीतिक छलाङ मार्लान ? (फोटो फिचर)

सागर न्यौपाने

चुनवाङ, रुकुम पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १२ वर्षपछि रुकुमको चुनवाङ पुगेका छन् । तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको बेलामा पार्टीकाे दोस्रो विस्तारित केन्द्रीय कमिटिको बैठक बसेकाे घरमा उनी पुगेका हुन् ।

उनले घरकाे पुरै अवलाेकन गरे । बैठक बसेकाे घरमा उनी सुतेकाे खाट पनि थियाे । उनले त्यसलाई पनि नियाले । सायद साेचे होलान जसरी त्यही घरमा बसेकाे बैठकबाट माअाेवादीले छापामार शैलीकाे युद्ध छाेडेर शान्ति प्रक्रियामा अाउने निर्णय गरेको थियाे । प्रचण्ड चुनवाङ यस्तो अवस्थामा पुगेका थिए, हिजो राज्यसत्ता विरुद्ध लडेका उनी अाज अाफैँ देशको कार्यकारी प्रमुख बनेर पुगेका थिए । जसरी जनयुद्धकै क्रममा २०५७ सालमा उनले त्यो घरमा सेल्टर लिएका थिए उनले त्यही घरमा बसेर राजनीतिक छलाङको योजना बनाएका थिए, आज २०७३ साल पुस ९ गते देशमा समस्याको चुनौतिकाबीच प्रचण्ड चुनवाङ पुगेका थिए राज्यलाई अामूल परिवर्तन गराउँछु भन्ने उनले के सोचे होलान ? के विगतमा झै नयाँ राजनीतिक कोर्स बनाउन सक्लान । चुनवाङ पुग्नेमा अर्को संयोग थियो  । शनिबार प्रचण्डसँगै युद्ध लडेका बादल, अनन्त, अनिल र  उनकी जीवन संगीनी सीता दाहाल सहित माअोवादीका नेता कार्यकर्तासहित चुनवाङ पुगेका थिए ।

तत्कालीन माओवादीले  यही घरमा बसेकाे केन्द्रीय कमिटिको बैठकबाट शान्ति प्रक्रियाका बाटो लिने निर्णय गरेको थियो । जसका सुप्रिम कमाण्डर उनै प्रचण्ड थिए ।

पार्टीका नेताहरु रामबहादुर थापा, वर्षमान पुन, टोपबहादुर रायमाझी  र नारायणकाजी श्रेष्ठसँग उनी त्यहाँ पुगेका थिए । श्रेष्ठबाहेक सबै नेता प्रच्ण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी थिए । चुनवाङको उक्त ठाउँमा प्रधानमन्त्रीले १२ वर्ष अघि आफ्नै कमाण्डमा  बैठकमा प्रयोग गरिएको घरको अवलोकन गरे । उनी केही भावुक पनि बने–उनले भने १२ वर्षपछि यहाँ आउँदा बडो भावुक भएको छु, हामीले शान्तिपूर्ण राजनीतिको बाटो लिने निर्णय यही घरमा बसेको बैठकबाट गरेका थियौं । बैठक बसेको घर मक्किसकेकाे थियाे । हिजाे राज्यसत्ता विरुद्ध लडेका प्रचण्ड अाज अाफै राज्यकाे वागडोर समालेर त्यहाँ पुगेका छन् । उनका अगाडि संविधान संशाेधन गरेर मधेसी अादिवासी अल्पसंख्यक लगायत पछि पारिएकालाई राज्यकाे मूलधारमा ल्याउनुपर्ने चुनाैति वाँकी नै छ ।

‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवं जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गरे । जनयुद्धको बेलामा उनको कमाण्डमा रहेको जनमुक्ति सेनाले प्रयोग गरेको थियो ।

‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो । चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको जीवनमा मात्रै नभएर देशमै उथलपुथल ल्याउने युगान्तकारी बैठक बन्यो

चुनवाङ बैठकको निर्णयबाट नै हामी १२ बुँदे  समझदारीमा पुग्यौं, जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यौं । आज १२ वर्षपछि जनमुक्ति सेनाले पैदल यात्रा गरेको स्मरणमा गुरिल्ला ट्रेल र जनयुद्धको ऐतिहासिक झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न पाउँदा हर्षित् र भावुक पनि भएको छु,’ प्रचण्डले विगत सम्झदै भने ।

पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्नेछ ।

एमालेका केहीले सामाजिक सञ्जालमा हल्ला गर्दैमा संविधान संशोधन प्रक्रिया रोकिन्न !

काठमाडौं, २७ मंसिर । वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले सामाजिक सञ्जालमा एमालेका केही मानिसले हल्ला गर्दैमा संविधान संशोधन प्रक्रिया नरोकिने बताएका छन् । सोमबार रिपोर्टस् क्लवले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमालेले सस्तो लोकप्रियताको लागि गैरजिम्मेवारपूर्ण कुरा गरेको आरोप लगाए । उनले भने- ‘ ५/७ हजार मान्छेले सामाजिक सञ्जालमा अनावश्यक हल्ला गर्दैमा सबै त्यसकैको पछि लाग्नु हुँदैन, देशमा ३ करोड जनता छन् ।’ मन्त्री भण्डारीले संविधान संशोधन प्रस्ताव सदनमा प्रक्रियामा जान नदिएर निरन्तर संसद अवरुद्ध गरेर एमालेले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको आरोप लगाए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठनले नेपालका लागि भारतीय राजदुत रञ्जित रायलाई फिर्ता पठाउनुपर्छ भन्ने कुरा कुटनीतिक मर्यादा विपरित रहेको टिप्पणी गरे । भण्डारीले भने,‘एमालेले भन्दैमा कोही पनि राजदुत फिर्ता हुँदैनन्, एमालेले भनेर राजदुत फर्किने हो र ?’ उनले आफू सरकारमा हुँदा एमाले अध्यक्ष केपी ओलीले मधेशका समस्या समाधान गर्नको लागि वार्ता तथा छलफलको आह्वान गरेको र त्यसको लागि संसदमा आउन भनेको स्मरण गर्दै भने,‘हिजो सरकारमा हुँदा ओलीजीले दुई वटा विषयमा संशोधन गर्नुभयो, अरु विषयमा पनि संशोधन हुन्छ भनेर छलफलको लागि बोलाउने रु अनि वार्ता समिति पनि गठन गर्नुभएकै हो, अहिले आएर संशोधन प्रस्तावबारे छलफल गर्न नदिने रु यो कुरा उहाँको आफ्नै प्रतिबद्धता भन्दा बाहिर छ, त्यसैले सदन चल्न दिनुपर्छ ।’ उनले संशोधन प्रस्ताव अहिले प्रस्तावको रुपमै रहेको उल्लेख गर्दै भने,‘यो प्रस्ताव सदनबाट पारित हुनपनि सक्छ, संशोधन हुनपनि सक्छ, फेल पनि हुन सक्छ, तर प्रस्तावबारे छलफल गर्न दिनुपर्छ ।’ उनले संशोधन प्रस्तावको विरोध गर्नु भनेको आफ्नै घोषित प्रतिबद्धताको प्रतिकुल रहेको बताए । उनले सरकारले हाल ल्याएको संशोधन प्रस्तावको ५ नम्बर प्रदेशको सिमांकन हेरफेरमा आफ्नै पार्टी लगायत अन्य दलका केही नेताहरुको असन्तुष्टि रहेपनि यो प्रस्ताव विगतमा काँग्रेस र एमालेले नै संयुक्त रुपमा अघि बढाएको दाबी गरे । मन्त्री भण्डारीले संशोधन प्रस्तावमा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउँदै एमालेले सहयोग गरे मुलुकले निकास पाउने स्पष्ट पारे । उनले भने,‘दलहरु मिल्नुको विकल्प छैन् ।’ यद्धपी उनले एमालेले प्रतिपक्षमै बसेको कारणले हो कि वा के कारणले यस्तो व्यवहार गरिरहेको छ भन्नेमा आफू अन्यौलमा परेको बताए । उनले सरकार संविधान कार्यान्वयनको लागि पूर्ण प्रतिबद्धत रहेको बताउँदै त्यसको लागि समयमै तीनवटै निकायको निर्वाचन गर्न लागिरहेको जनाए । भण्डारीले भने,‘आयोगले ऐन तथा कानूनहरु चाहियो भनिरहेको छ, त्यसलाई सरकारले गम्भिर रुपमा आत्मसात् गरेको छ, निर्वाचनको लागि सबै दलहरु मिल्नुपर्छ, यदि निर्वाचन भएन भने सबै दलको अस्तित्व नै खतरामा पर्न सक्छ ।’ उनले मुलुकको विकासको लागि नयाँ पुस्ताले पहलकदमी लिनुपर्नेमा जोड दिँदै अहिलेका ठूला नेताहरुको बोलीले देश नबन्ने ठोकुवा गरे । भण्डारीले अनशन बस्नेका मागका आधारमा आज देश चलाउने स्थिति आईसकेको बताउँदै भने,‘यसरी मुलुक बन्दैन् ।’ उनले भुकम्पपीडितलाई आवश्यक परे पूर्ननिर्माण प्राधिकरणले माग गरे बन मन्त्रालय पूर्ननिर्माणको लागि काठ उपलब्ध गराउन तयार रहेको बताए । उनले भने,‘प्राधिकरणले माग गर्छ भने हामी आवश्यक काठ उपलब्ध गराउन तयार छौं ।’ पुर्ननिर्माणलाई लिएर कहिले कर्मचारीले आन्दोलन गर्ने गरेको र कहिले ईन्जिनियरहरुले आन्दोलन गरिरहेको उल्लेख गर्दै उनले आवश्यक परे तिव्र गतिमा पूर्ननिर्माणको काम नेपाली सेनालाई जिम्मा दिने प्रस्ताव रक्षामन्त्री बालकृष्ण खाँडले अघि सारेको पनि खुलासा गरे ।

चिसोले कठ्याङ्गिएर एकको ज्यान गयो

पर्सा, मङ्सिर २६ । चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको छ । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । कामबाट घर फर्किेने क्रममा मदिरा सेवन गरेका चमार नालामा लडेको एक घन्टापछि स्थानीयवासीदेखि बाहिर निकाली उपचारका लागि वीरगन्ज ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको उनले बताए । मृतक चमारको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएकोे छ । रासस

रानीपोखरी सुक्यो,माछा कमलपोखरीमा

काठमाडौं, मंसिर २३ । रानीपोखरीका माछा कमलपोखरीमा सारिएको छ। भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण गर्न पोखरी सुकेपछि माछा सार्न थालिएको हो । यसअघि पनि झन्डै सात सय माछा बालाजुको माछापोखरीमा सारिएको थियो। काठमाडौं महानगरपालिका भौतिक निर्माण महाशाखा प्रमुख डा. उत्तरकुमार रेग्मीले रानीपोखरीका माछा टिनको ड्रममा जम्मा गरेर कमलपोखरीमा लगेर छाडन् सुरु गरिएको बताए । उनले भने, ‘पोखरीको माछा मंगलबारबाट उठाउन सुरु गरिएको छ । पहिलो दिन सात ड्रम उठाइयो । दोस्रो दिन १२ ड्रम उठाइयो । अझै २५ ड्रमभन्दा धेरै माछा होलान् । सबै माछा कमलपोखरीमा लगेर छाडिनेछ ।’ माछा संकलन गर्न ६ जनाको टोली खटिएको महानगरले जनाएको छ । रानीपोखरीका माछा राख्न यसअघि महानगरले चोभारस्थित टौदहसहित विभिन्न ठाउँको अध्ययन गरेको थियो । अन्यत्रभन्दा कमलपोखरी नै उपयुक्त देखिएपछि सार्न थालिएको डा. रेग्मीले बताए । ‘माछा छाड्ने ठाउँ खोज्दै धेरै भौँतिरियौँ । अन्तिममा कमलपोखरी नै उपयुक्त देखिएपछि त्यहीँ स्थानान्तरण गर्न थालिएको हो ।’ यो खबर आजको नयाँ पत्रिकामा छ ।

कुलमानका ‘तगारा’ कारवाहीमा

नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । नागरिक दैनिकमा समाचार छ। उर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रस्दा अग्रवाल,मनोजकमुरा मिश्र र सुरज लामिछानेलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोध्ने निर्णय भएको हो । चित्तबुझ्दो जबाफ नदिएमा उनीहरुलाई मन्त्रालयले हटाउन सक्नेछ । उपाध्यायले नागरिकसँग भने,‘मन्त्रालयले तीन सञ्चालकलाई सातदिने म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।’उर्जा सचिव प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुन्छन् । यसअघि उर्जामन्त्री जनार्दन शर्माले उनीहरुलाई तुरुन्त स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । आजको नागरिकमा खबर छापिएको छ । शर्माले सचिव उपाध्यायसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए ।

पतिले दिएको रोग

काठमाडाैं, मंसिर १७। दाङ हेलुकली ३७ वर्षीया महिला शरिरमा एचआइभी, एड्स पालेर ३ सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । उनका पति २०६० सालमा विते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने पतिको नियमित प्रक्रिया लामो समय चल्यो। उनी पपनि धेरै पटक पतिका साथ भारत गएर बस्थिन । जिन्दगीको लामो यात्रामा आफ्ना पतिलाई गम्भीर रोग लागेको भन्ने उनलाई पत्तै भएन । न पतिले नै कहिल्इै उनलाई यो रोगका बारेमा भने । २०५९ सालको अन्त्यतिर पतिलाई एचआइभी संक्रमणले अन्तिम अवस्थामा पुर्याइसकेको उनले थाहा पाएकी थिइन। औषधि उपचार भयो। केही सिप लागेन । पति बिते । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

महराको बयान सकियो, हाजिर जमानीमा छोड्न सक्ने !

काठमाडौं ।माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको हो । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका उनलाई सरकारी वकिल कार्यालय र सीआईबी दुबईतर्फबाट बयान तथा सोधपुछ गरिएको हो । कपिलवस्तुबाट सोमबार पक्राउ परेका महराको अनुसन्धानका लागि ४ दिनको म्याद हिजो सकिएको छ । आज शुक्रबार उनलाई म्याद थप्ने या हाजिरी जमानी छाड्ने भन्नेबारे टुङ्गो लगाइने सीआईबीको भनाइ छ । उनी बिरामी भएकाले हाजिर जमानीमा छाड्ने सम्भावना रहेको छ । 

क्यानडाविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यानडाविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको राष्ट्रिय क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । आज भएको तेश्रो खेलमा समेत उत्कृष्ट जित हात पार्दै क्यानडा विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला क्लिनस्विप गर्न सफल भएपछि प्रधानमन्त्रीले क्रिकेट टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने तेश्रो खेलमा समेत उत्कृष्ट जीत हात पार्दै क्यानडा विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। आज भएको खेलमा ओपनर अनिलकुमार साह र भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्ध नौ विकेटको सानदार जित निकाल्दै एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ गरेको हो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओपनर र तेस्रो क्रमका ब्याटरले शतक बनाएपछि क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीम दुवैको यो पहिलो शतक हो ।

नयाँ दलले लोकरिज्याइँको राजनीति गर्दै संविधानमाथि प्रहार गरे : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलबाट संविधानमाथि प्रहार भइरहेको आरोप बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनलाई मेटाउने काममा लागेको बताए। उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिज्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काममा लागेको बताए । महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । अहिले सुशासनलाई मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

कीर्तिपुरमा खेल चल्दै गर्दा सन्दीपको पक्षमा नारा लगाएको आरोपमा दुई जना नियन्त्रणमा

काठमाडौं, २५ माघ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलमा बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा केही दर्शकले ब्यानर र नारा लगाएका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । सोही क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो। तनाव भएपछि केही बेर खेल समेत रोकिएको थियो ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै, सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।आजै बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ। यस्तै, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यक्रम छ । संसद क्यालेण्डरअनुसार आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी गराउने विषय पनि रहेको छ ।यसैगरी, आजको बैठकमा पूर्वमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । स्वर्गीय बुढाथोकी २०६४ र २०७० सालको संविधानसभा सदस्य थिए । उनको यही माघ २२ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।

भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते नारायणी किनारमा हुने

चितवन । भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नारायणी नदी किनारमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्रीलगाएतका विशिष्ट पाहुनलगायत ५० हजारको उपस्थितिमा भ्रमण वर्ष उद्घाटन गर्ने निर्णय गरेको हो । महानगरले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय यसअघि नै गरिसकेको थियो । यसअघि जनवरी १ मा उद्घाटन गर्ने तय भए पनि तयारी नपुगेको भन्दै केही समय पर धकेलिएको थियो । महानगरपालिकाका पर्यटनविज्ञ सल्लाहकार डा. विश्व सुवेदीका अनुसार उद्घाटनमा सङ्घ, प्रदेश र स्थानीय तहका पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तित्वको समेत उपस्थिति हुनेछ । सो अवसरमा महानगरपालिकाका २९ वडाकै नागरिकलाई सहभागी गराउनका लागि सम्बन्धित वडाका अध्यक्षलाई जिम्मेवारी दिइनेछ । भ्रमण वर्षको वडास्तरमा प्रचारका लागि वडाअध्यक्ष संयोजक रहेको प्रवद्र्धधन समिति बनाइएको छ । महानगरभित्रका वडाबाट ¥याली र झाँकीसहितको टोली विभिन्न स्थानमा जम्मा भइ नदी किनारमा पुग्ने गरी तालिका बनाइएको छ । भरतपुरको चौबीसकोठी, हाकिमचोक, त्रिचोक, बेलचोक, गेष्टहाउस चौर र क्याम्पा चौरमा भेला भएर हात्तीसहितको झाँकी नदी किनार पुग्ने छ । भ्रमण वर्षको उद्घाटन अघि नदी किनारमा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रिय कलाकारले साँझसम्म आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन् । भ्रमण वर्षका लागि भरतपुर महानगरभित्र सात वटा मुख्य र २१ वटा अतिरिक्त गन्तव्य निर्धारण गरी प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो । भ्रमण वर्ष सफल बनाउन महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति, प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य छन् । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार रु छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरपालिकाले रु तीन करोड विनियोजन गरेको छ भने बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसैगरी नेपाल पर्यटन बोर्डबाट रु ७० लाख निकासा भइसकेको छ । भ्रमण वर्ष तयारीका क्रममा महानगरले भौतिक निर्माणमा पनि खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उनले बताए । भ्रमण वर्षले यहाँको पर्यटन बजार चलायमान बनाउनुका साथै पर्यटक आगमन बढाउने उपप्रमुख अधिकारीको भनाइ छ । महानगरले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुराँलाई विशेष छुटमा प्याकेज उपलब्ध गराउन आग्रह गरिएको छ । होटल रेष्टुराँले भ्रमण वर्षका अवसरमा १५ देखि ४० प्रतिशतसम्म छुटसहितको प्याकेज प्रस्ताव महानगरपालिकामा पेस गरेका छन् । महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । जसमा मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमताका होटल छन् । गैँडाकोटसहित जोड्दा चितवनमा १५ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको पर्यटक सम्बद्ध संघले जनाएका छन् । भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने गरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५१ भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गरिँदै छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ सुरु भए यता पाँचवटा भ्रमण वर्ष केन्द्रित कार्यक्रम सम्पन्न भईसकेका छन् । यसै अवसरमा महानगरले सङ्घीय सरकारलाई भरतपुरमा मन्त्रिपरिषद्को बैठक बस्न आग्रह समेत गरेको महानगर प्रमुख दाहालले बताइन् । भ्रमण वर्षकै अवसरमा ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गरिँदै छ । यसैगरी दुर्लभ पाटेबाघ, एक सिङ्गे गैँडालगाएतका जनावर हेर्न मिल्ने गरी खुल्ला खोरमा राख्न लागिएको छ । जसका लागि महानगरपालिकाले साझेदारीमा काम गरेको छ । भ्रमण वर्षका अवसरमा विश्वका ६१ भन्दा बढी देशका भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउने गरी निम्तो दिइएको छ । प्रमुख दाहालले भनिन् “अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ ।” भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो । उनले थपिन् “भ्रमण वर्ष सफल पार्न सरकारीसँगै निजी क्षेत्र पनि सक्रियरुपमा लाग्नुपर्छ ।” सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उहाँको अपेक्षा छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै ठूलो सङ्ख्यामा पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्यापर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्वपूर्ण छ । भ्रमण वर्ष ढिला गरी उद्घाटन गरिए पनि नयाँ वर्षसँगै आन्तरिक र बाह्य पर्यटकको आगमन आशालाग्दो हुँदै आएको दाहालले बताइन्। राष्ट्रियस्तरका कार्यक्रम यहाँ गरिएकाले धेरै होटलहरुमा अपेक्षाकृत पर्यटक आइरहेका छन् । रासस

अखिल (क्रान्तिकारी)सिन्धुपाल्चोकको अध्यक्षमा निश्चल निर्वाचित

चौतारा । नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलनले निश्चल संजेल को नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित अध्यक्ष तत्कालिन संगठनको जिल्ला सहसचिवको जिम्मेवारीमा रहेका थिए । संगठनको नेतृत्वका लागि संगठनका तत्कालिन उपाध्यक्ष हरि पौडेल, प्रविण चौलागाईं, दिपक दनुवार र सचिव सुबास गौतमको समेत दावि रहेको थियो । अध्यक्षमा संजेल संगै उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ र कमल न्यौपाने निर्वाचित भएका छन् । यस्तै सचिवमा चौताराका प्रल्हाद विश्वकर्मा निर्वाचित भएका छन् भने सह-सचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपाने निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा मञ्जु नेपाल निर्वाचित भएकी छिन् । ‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्लाको सदरमुकाम चौतारामा सम्पन्न भएको सम्मेलनको हो ।

‘असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ’

काठमाडौं । युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपालको सहभागिता रहनु हाम्रा निम्ति खुसीको विषय हो । विश्वमा थुप्रै समस्या गम्भीररूपले देखापरेका बेला सम्मेलन आयोजना भयो, यो निकै महत्त्वपूर्ण छ । भूराजनीतिक जटिलता, रुस–युक्रेन तथा इजरायल–प्यालेस्टाइन युद्ध, कोरोना महामारीबाट विश्वव्यापी अर्थतन्त्रमा परेको प्रभाव, जलवायु परिवर्तनका कारण मानव जातिले बहोर्नुपरेका समस्या तथा कमविकसित मुलुकले भोग्नुपरेका चुनौतीका सन्दर्भको सङ्घारमा ‘नाम’ सम्मेलन भएको छ । यी सबै समस्या समाधानका निम्ति नामले पहलकदमी र नेतृत्व लिनुपर्छ । नामको आवश्यकता र महत्व पहिलेभन्दा बढेको छ । पश्चिमा देशले कयौँ प्रतिबद्धता व्यक्त गरे, तर पूरा गरेका छैनन् । कमविकसित देशको भलाइ वा जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका निम्ति उनीहरूले गरेको प्रतिबद्धता पालना भएका छैनन् । बरु विभिन्न प्रकारका समस्या सिर्जना भएका छन् । यो परिस्थितिमा नामले आफ्नो पहलकदमी र नेतृत्व बढाउनुपर्छ । शक्तिशाली आवाज घन्काउनुपर्छ । संयुक्त राष्ट्रसङ्घलाई पनि सोहीअनुसार अघि बढाउन बल गर्नुपर्छ । विश्वको भूराजनीतिक स्थिति जटिल र चुनौतीपूर्ण छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । सन् १९५५ मा वाङडुङमा सम्पन्न सम्मेलनबाट नामको बिजारोपण भयो । त्यतिबेलादेखि नै नेपालले असंलग्न आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएको छ । असंलग्न आन्दोलनसँगको प्रतिबद्धता निरन्तर कायम छ । यस्तो परिस्थितिमा नेपालले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । नामलाई अझ सशक्त बनाउनुपर्छ । शीतयुद्धको विशेष परिस्थितिमा असंलग्न आन्दोलन जन्मियो । अहिले विश्वमा शीतयुद्धको भन्दा पनि अझ गम्भीर र जटिल परिस्थिति देखापरेको छ । असंलग्न आन्दोलनको आवश्यकता पनि बदलिएको परिस्थितिमा झन् बढेको छ । यसलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्ने आवश्यकता खड्किएको छ । शीतयुद्धसँग मात्रै जोडेर असंलग्न आन्दोलनलाई हेर्न उचित हुँदैन । उपनेविशीकरण, नवउपनिवेशीकरण र शक्ति राष्ट्रको हैकमविरुद्ध आवाज तथा सङ्घर्ष अहिले पनि त्यत्तिकै आवश्यक छ । त्यसकारण असंलग्न आन्दोलनको आवश्यकता पहिलेभन्दा बढेर गएको छ । शिखर सम्मेलनमा धेरै सरकार प्रमुख तथा राष्ट्रप्रमुखले नामको आवश्यकता झन् बढेको छ भनेर सामूहिक ढङ्गबाट अभिव्यक्ति प्रकट गर्नुभएको छ । संसारले असंलग्न आन्दोलनमार्फत जनता, समानता र सामाजिक न्यायको पक्षमा आवाज उठाउनुपर्छ भन्ने महसुस गरिएको छ । असंलग्न आन्दोलनको संस्थापक मुलुकमध्ये कतिपय दक्षिणी मुलुक अहिले विकसित पनि भएका छन् । प्रविधि र अर्थतन्त्रमा उल्लेख्य सफलता हासिल गरेका छन् । उनीहरूका बीचमा आपसी सहयोग पनि बढ्नुपर्छ । असंलग्न आन्दोलन स्थापना गर्दा जुन ‘भावना’ थियो, त्यो कायम हुनुपर्छ । कसैले पनि दोहोरो नीति देखाउन हुँदैन र आफ्नो धारणा प्रष्ट पार्नुपर्छ । एक सय २० भन्दा बढी राष्ट्र संलग्न भएको संस्था जसमा तेस्रो विश्वका विकसित मुलुक पनि छन् । यी सबैले एकीकृत र सङ्गठित ढङ्गले आवाज उठायो भने शान्ति, स्थिरता र मानव जातिको सुन्दर भविष्यप्रति धेरै गर्न सक्छन् भन्ने शिखर सम्मेलनमा व्यक्त भएका विचार र प्रतिबद्धताले प्रष्ट पारेका छन् । युद्ध र शान्ति जहिले पनि मानव जातिको इतिहासमा निकै नै चुनौतीपूर्ण विषय बन्दै आएको छ । शान्तिको आवाज जब विश्वभर घन्किन्छ, युद्ध चाहनेहरु कहीँ न कहीँ पछि हट्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । शान्तिको आवाज विश्वभरबाट असंलग्न आन्दोलनले घन्काउने हो भने युद्धको खतरालाई रोक्न सकिन्छ । शिखर सम्मेलनमा दिएको वक्तव्यमा पनि मैले शान्तिका दूत गौतमबुद्धको देशबाट शान्तिका निम्ति अपिल गर्न आएको छु भनेको थिएँ । जहाँजहाँ युद्ध भएको छ, त्यहाँ वार्ता र संवादका माध्यमबाट शान्तिमा रुपान्तरण गर्नुपर्छ । गौतमबुद्ध जन्मेको देश हुनुका नाताले शान्तिको निम्ति पहल र अपिल गर्ने नेपालको ठूलो जिम्मेवारी छ । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका अध्यक्षले पनि महत्त्वपूर्ण अपिल र प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसबाट राष्ट्रसङ्घमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ । नामका सदस्य राष्ट्र र राष्ट्रसङ्घले सामूहिक ढङ्गले अपिल गर्दा विश्व शान्तिको पक्षमा वातावरण बनाउन धेरै ठूलो योगदान पुग्छ । असंलग्न आन्दोलनको सदस्य हुनुको नाताले नेपाललाई विशेष जिम्मेवारी थियो । आन्दोलनलाई फेरि सशक्त, एकीकृत र केन्द्रिकृत गरेर लैजान सहयोग गर्ने जिम्मेवारी पूरा गरेका छौँ । यसमा नेपाल र नेपालीले गर्व गर्न सक्छौँ । हाम्रो अपिल दुनियाँले राम्रोसँग सुनेको छ । नामको १९औँ सम्मेलन, राष्ट्रसङ्घको महासभा, कोप–२९, विश्व खाद्य सङ्गठनको सम्मेलनमा जुन अपिल गरिएको छ, त्यसको अत्यन्तै राम्रो प्रभाव परेको छ । नेपाललाई धेरै चिन्न, बुझ्न र सुन्न थालेको महसुस भएको छ । यो नेपाल र नेपालीका निम्ति खुसीको विषय हो । (असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुने क्रममा युगान्डाको कम्पालामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरिएको कुराकानीमा आधारित)

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाखसम्म सञ्चालन हुने अभियानअन्तर्गत संगठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । आगामी जेठमा राष्ट्रिय महाधिवेशन गर्न लागेको पार्टीले मातहतका कमिटीलाई यही माघ १४ र १५ गते काठमाडौँमा हुने आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिएको छ । विधान संशोधन मस्यौदाबारे छलफल गरिने सो बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामा तल्लो कमिटीका सुझाव समावेश गरिनेछ । बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यलाई बैठकबारे जानकारी गराउनुपर्ने प्रावधान राखेको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टीको विधान संशोधनबारे मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिमरूप दिइने छ । पार्टी केन्द्रले सुझाव संकलनका लागि विधानको मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाइएको छ । पार्टी सदस्यता विस्तार तथा संगठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिएको पार्टीले यही माघ ८ गते विधान मस्यौदा समितिको बैठक बोलाएको छ । पार्टीले आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन पार्टी पङ्क्तिलाई परिचालन गर्न निर्देशन दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन जारी

टीकापुर । नागरिक उन्मुक्ति पार्टी(नाउपा)को प्रथम महाधिवेशन जारी छ । नाउपाका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा कैलालीको टीकापुरमा महाधिवेशन सुरू भएको हो । संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रमुख अतिथि रहेकी छन् । उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशिष्ट अतिथि बनाइएको छ । नाउपाले महाधिवेशनको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने बताएको थियो तर प्रधानमन्त्रीको कार्य व्यवस्तताका कारण अन्तिम समयमा स्थगित भएको नाउपाले जनाएको छ । २८ गतेसम्म चल्ने महाधिवेशनले ५०१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।