नेपाली वाङ्मय साधना सम्मान २०७५ कवि राम विनयलाई
काठमाडौँ, पुस १४ । साहित्यको माध्यमबाट सामाजिक चेतना फैलाउने कार्यमा महत्वपूर्ण योगदान पुऱ्याए वापत नेपाली वाङ्मय साधना सम्मान कवि राम विनयलाई प्रदान गरेको छ ।
नेपाल वाङ्मय परिषद्द्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँलाई नगद रु १० हजार र कदरपत्रसहित सो सम्मान प्रदान गरेका हुन् ।
कवि विनयका ‘तातो बाफ’ कविता सङ्ग्रह विसं २०२१ मा प्रकाशित भएको थियो भने ‘म आएको छु’ २०४७, ‘जराको स्वर’ २०६०, ‘फेरिएको चित्र’ २०६८ कविता प्रकाशित छन् । त्यसैगरी उहाँको ‘टापुमा तैरिँदै’ यात्रा संस्मरण, ‘झझल्को’ नियात्रा, ‘घरविनाको घर’ कथासमेत प्रकाशित छन् ।
सो अवसरमा कुलपति उप्रेतीले साहित्यले समाजलाई दिशानिर्देश गर्नुपर्ने उल्लेख गर्दै अबका स्रष्टाले त्यसतर्फ कलम चलाउनुपर्नेमा जोड दिए ।
सम्मानित व्यक्तित्व रामविनयले जनता र समाजप्रति जिम्मेवार भई आफूले साहित्य सिर्जना गर्ने गरेको बताए ।
परिषद्का अध्यक्ष डा पुष्कराराज भट्टले समाजको विकासमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको जानकारी दिए ।
कार्यक्रममा सम्मानित स्रस्टाको सम्मानमा रचनावचन समेत गरिएको थियो ।
नेपाल वाङ्मय परिषद धनगढीमा रहेको साहित्यिक संस्था हो जसले कैलाली, कंचनपुर लगायत राजधानीमा साहित्यिक गतिविधिहरू संचालन गर्दै आइरहेको छ । रासस
सिस्नुपानी देउसी हेर्नुस्, पेट मिचिमिचि हाँस्नुहोस् ! [भिडियोसहित]
काठमाडौं, कार्तिक २२ । दिपावलीको अवसरमा विगतका वर्षझैं यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको भव्य आयोजना गरिएको छ । र, कार्यक्रम सकिएको पनि छ । तर, कार्यक्रमले देखाएको प्रस्तुतिबारे चर्चा सकिएको छैन । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरेको थियो । कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत देखाइएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति देखाएका थिए । कार्यक्रममा नेपालका शिर्ष नेताहरु उपस्थित थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेसका नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल। गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत मन्त्री तथा नेताहरुको उपस्थित थियो ।
वडाध्यक्ष माथि आक्रमणः टाउकोमा गहिरो चोट, खुट्टा भाँच्चियो
सर्लाही, कार्तिक १३ । जिल्लाको रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५-२० जनाको समूहले उनीमाथि आक्रमण गरेको हो । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ । उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको वडाध्यक्ष महतोले बताए । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन् । उनको साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको घाइते महतोले बताए । उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
यूएइमा एक नेपालीलाई ५ वर्ष जेल
काठमाडौं, असोज २४ । यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ । यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् । फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । जोशी सुपरभाइजर थिए । कान्तिपुर दैनिकमा खबर छ ।
बालगायक प्रिन्स सिलवालको ‘दशै मनाउने हो’ गीतको भिडियो सार्वजनिक
चितवन, असोज २१ । नेपालीहरुको महान् चाड नजिकएसगैँ नयाँ दशै गीतहरु बजारमा आईरहेका छन् । भने पछिल्लो समयमा गीतसंतिमा बाल पुस्ताको सक्रियता समेत बढेको छ । यससगैँ चितवन सौराहाका प्रिन्स सिलवाल पनि आफ्नो दोश्रो गीत बजारमा ल्याएका छन् । पहिलो गीत रेर्कडसगैँ आफ्नो अलग पहिचान दिलाएका उनले दोश्रो गीतको भिडियोसहित बजारमा ल्याएका छ । प्रिन्सको “दशै मनाउने हो” गीतको एक समारोहका विच कृषि मन्त्री बलदेव खनालले भिडियोसहित विमोचन गरेका छन् । राष्ट्रिय नाचघर परिसरमा राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको वडा दशै शुभकामना आदानप्रदान र सम्मान कार्यक्रममा मन्त्री खनालले प्रिन्सको सो गीत सार्वजनिक गरेका हुन् । सोही अवसरमा बाल्यावस्थामै संगीत क्षेत्रमा आई फरक क्षमता प्रर्दशन गरेको भन्दै संगितकर्मी संघले प्रिन्सलाई सम्मान समेत गरेको थियो । रमेश पाठकको शब्द संगितमा रहेको गीतलाई नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् भने प्रिन्सको साथमा अर्की बाल गायिका दिप्सी भट्टले स्वरमा साथ दिएकी छिन् । प्रिन्सको यसअघि ‘न मानामा नापिन्छ माया’ रेर्कड भएपनि केहिदिनमा मात्रै बजारमा आउदैछ । उनले रेर्कड गरेको यो गीत नै राम्रो लागेपछि उनले प्रतिभा देखर आफूले शब्द र संगीत गरि दोश्रो गीत दशै आयो बजार ल्याएको संगीतकार रमेश पाठकले बताए । यस्तै दशै आयो गीतको भिडियो भने बुद्ध लामाको निर्देशन गरेका हुन् । प्रिन्स सिलवाल र दिप्सी भट्टकै लामाले काठमाडौंको स्वयम्भू र फुटुम आसपास छायांकन गरिएका हुन् । दिपेन्द्र भट्टले खिचेको भिडियोलाई भट्टलेनै सम्पादन गरेका छन । जब नेपालिको महान चाड दशै आउछ तब हरेक बाल बालिकामा देखिने छुट्टै खुसी रौनक्तालाई कलात्मक ढङगले भिडियोमा प्रस्तुत गरेको छ । हेर्नुहोस् भिडियो-
जान्नुहोस् आँसु झार्नुका फाइदा
काठमाडौं । आँसुको अभावका कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, श्वेतप्रद आदि समस्या हुन सक्छ । त्यसैले पनि भक्कानो छोडेर वा सुँक्कसुँक्क गरेर रुनुलाई स्वस्थकर मानिन्छ । आँसुले दुःख, चिन्ता, शारीरिक तथा मानसिक तनावसँग जुध्न सहयोग पुर्याउँछ । रुँदा उच्च रक्तचाप, फिस्टुलाजस्ता रोगबाट पनि टाढा रहन सहयोग मिल्छ । आँखाबाट आँसु झर्दा आँखाको नानी र परेलाको रसिलोपना पनि बढेर जान्छ । रुँदा आँखाको सौन्दर्यसमेत बढेर जाने वैज्ञानिकहरूले बताएका छन् । आँखाबाट आँसु निस्किने वेला हारडेरियन ग्रन्थिबाट एक प्रकारको तैलीय पदार्थ निस्किने गर्छ । जसको सहायताले कोर्निया नरम र गहिरो हुन जान्छ । र, आँखा सुन्दर देखिन्छ । रुने मानिसलाई तनावबाट उत्पन्न हुने मनोदैहिक रोगको सम्भावनासमेत हुँदैन । रुने समयमा आँखाबाट झरेको आँसुले आँखाका विजातीय द्रव्यलाई बाहिर निकाल्ने काम गर्छ र आँखालाई रसिलो पार्छ । त्यस्तै, आँसुले विभिन्न संक्रमणबाट पनि बचाउँछ । जापानस्थित मेडिकल युनिभर्सिटी अफ औहियोका शोधकर्ताहरूले ‘आँसुबाट हुने फाइदा’का विषयमा अध्ययन गरेका थिए । उक्त अध्ययनले अधिक रुँदा अत्यधिक मानिसले हल्का र ताजापन महसुस गर्ने पत्ता लगाएको थियो । शोधअनुसार ८८ दशमलव ८ प्रतिशत मानिसले रोएपछि हल्का महसुस गरेको बताएका थिए । आँसुमा कीटाणुबाट आँखालाई रक्षा गर्ने एन्टिबायोटिक हुन्छ । आँसुमा लिसोजाइम नामक तरल पदार्थ हुन्छ, जसले ५ र १० मिनेटमा नै ९० देखि ९५ प्रतिशत ब्याक्टेरियालाई सफा गर्छ । मनोवैज्ञानिकहरूका अनुसार विपत्ति, दुःख र अत्यधिक तनावको अवस्थामा आँखाबाट आँसु नआएमा वा नरोएमा उसमा मानसिक एवं शारीरिक समस्या भएको सम्झनुपर्छ । फेमिलियन डिस्टोनिया कुनै–कुनै परिवारमा एउटा वंशानुगत रोग हुन्छ, जसलाई फेमिलियन डिस्टोनिया भनिन्छ । यस्तो समस्या भएमा बच्चा रुन त रुन्छ तर उसको आँखाबाट आँसु झर्दैन । जसले गर्दा आँखा सुक्खा रहन्छ । यस्ता बालबालिका क्रुर, झनक्क रिसाउने र आक्रामक खालका हुन्छन् । यस्ता बालबालिकाको मस्तिष्क पनि पूर्ण रूपले विकसित हुन पाउँदैन । आँसु झर्ने कारण शरीरमा अत्यधिक कठिन परिस्थितिमा पनि आफ्नो सन्तुलन नगुमाउने क्षमता हुन्छ । जब मानिस अति कठिन परिस्थिति वा भावनात्मक कुरासँग ठोकिन्छ, त्यसबखत मांसपेशीमा जम्मा भएर रहेका तनाव आँसुका रूपमा आँखाबाट निस्किन थाल्छ । एक स्वस्थ र सन्तुलित शरीर भएको मानिसले दुःख, दर्द, पीडाबाट उत्पन्न शारीरिक तनावलाई आँसुका माध्यमबाट व्यक्त गर्छ । एक सर्वेक्षणअनुसार महिलाहरू पुरुषको तुलनामा कम तनावमा हुन्छन् । र, उनीहरूले भावनालाई सजिलैसँग आँसुका माध्यमबाट व्यक्त गर्छन् । महिलामा हृदयाघातको समस्या कम हुने एउटा कारण यो पनि हो । नयाँ पत्रिकाबाट
मत्रकार महासंघ नै पत्रकारको तलब बढाउन चाहेको छैनः मन्त्री बाँस्कोटा
काठमाडौं, असोज २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल पत्रकार महासंघले नै पत्रकारको पारिश्रमिक बढाउन नचाहेको आरोप लगाएका छन् । सुनकोशी पाँचखाल खानेपानी योजनाको उपभोक्ता भेलालाई शनिबार काभ्रेपलाञ्चोकमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । मन्त्री बाँस्कोटाले भने, ‘महासंघ नै श्रमजीवीको पक्षमा उभिएको देखिएको छैन तर सरकार पारिश्रमिक बढाउने पक्षमै छ ।” उनले श्रमजीवी पत्रकारको पारिश्रमिक मासिक ४० हजार पुर्याउने योजनामा सरकार रहेको उल्लेख गर्दै ‘कर्पोरेट मिडिया हाउस त्यसरी जान चाहदैनन्, तर सरकार अब त्यसलाई लागू गरेरै छाड्छ ।’ उनले भने । मन्त्री बाँस्कोटाले पत्रकारको सुरक्षा र आर्थिक समृद्धिका निम्ति मेरो अभियान जारी नै रहन्छ भन्दै अधिकारको लडाईं सकिएकाले अब निर्माणको समय आएको बताए । मन्त्री बाँस्कोटाले पर्यावरणीय तथा मानवीय चापलाई मध्यनजर गरी स्थानीय तहले पानीको स्रोतको खोजी गरेर त्यसको सुरक्षा गर्नुपर्नेमा जोड दिदैं पानीको खोजी र सुरक्षा गर्ने दायित्व सरकारको मात्रै नभई सम्बन्धीत सबै पक्षको रहेको बताए । -रासस
‘अपार्टमेन्ट’मा अस्पताल चलाउन स्वीकृति
काठमाडौं, असोज १९ । स्वास्थ्य मन्त्रालयले घट्टेकुलोस्थित ‘अमार्टमेन्ट’मा काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएको छ । कलेजले अस्पताल सञ्चालन स्वीकृति पाउँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठिन स्थलगत अनुगमन समितिले बुझाएको छ । प्रतिवेदनको सुभावविपरीत स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अस्पताल सञ्चालन स्वीकृति दिएकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनथ प्याकुर्याल नेतृत्वको अनुमगन समितिले २०७५ असार २४ गते स्थलगत अनुगमन तथा नरीक्षण गरी कलेजलाई अस्पताल सञ्चालन प्रदान गर्न मापदण्ड नपुगेको प्रतिवेदन बुझाएको थियो । नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छ ।
युवाका ढुकढुकी जनकले ल्याए ‘ठेगाना भेटियो’ (भिडियो)
डडेल्धुरा, असोज १२ । गायक जनक ताम्राकारले नयाँ गीत ‘ठेगाना भेटियो’ बजारमा ल्याएका छन् । उक्त गीतमा जनकसंगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेतीलगायतको स्वर दिएका छन् । यस गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् भने अल्मोडाले एरेन्ज गरेका हुन् । शब्द, उत्कृस्ठ संगीत संयोजन र सबैले एकै पटक आवाज दिएकाले गीत राम्रो बनेको गायक ताम्राकार बताउँछन् । यो गीतले सबैको मन जित्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ । ‘ठेगाना भेटियो’ जनकको चौथो गीत हो । यसअघि उनले ‘जुनकिरी’ ‘काफल खान्या कुइयाँ’ र ‘लौलौ सररर’ बजारमा ल्याइसकेका छन् ।
ढुक्क हुनुस्, चौबिसकोठी-गोलाघाट सडक २ बर्षमा पूरा हुन्छ– महानगर प्रमुख दाहाल
चितवन, असाेज ६ । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले चौबिसकोठीदेखि गोलाघाटसम्मको सडक निर्माणको काम २ बर्षमा पुरा हुने बताएकी छन् । शुक्रबार प्रथम चनौली महोत्सव-२०७५ को उद्घाटन गर्दै उनले भनिन्, ‘महानगरपालिकाको महत्वपुर्ण सडक चौबिसकोठी गोलाघाट सडक निर्माणको चरणमा रहेको छ । यो आगामी दुई बर्षमा पुरा हुन्छ ।’ महानगर प्रमुख दाहालले विकासको प्रमुख आधार सडक पूर्वाधार भएको धारणा राखिन् । उनले पश्चिम चितवनको केन्द्र चनौली बजारमा आयोजित यस महोत्सव यस भेगकै पहिचान दिन सफल हुने विश्वास व्यक्त गरिन् । पश्चिम चितवन भरतपुर महानगरको आकर्षणको केन्द्र भएको भन्दै उनले कृषि, पर्यटन, पशुपालन, दुग्ध उत्पादन र पर्यटन विकासको प्रचुर संम्भावना भएको क्षेत्र रहेको बताए । ‘भरतपुर महानगरपालिकाले यसको एकिकृत योजनाकासाथ विकासका कार्यक्रमहरू अगाडी बढाइरहेको छ’ प्रमुख दाहालले भनिन् । उनले भरतपुर महानगरले ढिलो-चाँडो सिटीहल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरिन् । दाहालले भनिन् ‘तपाई नगरवासी मलाईसाथ दिनुहोस्, निर्णयमा सहमत हुने कार्यान्वयनमा अवरोध खडा गर्ने परिपाटीबाट म आजित छु, यस्तो परिपाटिको तपाइले खबरदारी गर्नुहोस्, ।’ प्रमुख दाहालले भरतपुर महानगरपालिकाले महानगरिय गुरूयोजना निर्माण गरिरहेको भन्दै सोही गुरूयोजना बमोजिम विकासका कामहरू अगाडि बढ्ने बताइन् । यस्ता मेला महोत्सवले कला, संस्कृती, पर्यटन र स्थानिय उत्पादनको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले प्रथम चनौली महोत्सव सफल पार्न भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा पूर्व सभासद बिष्णुमाया परियार, भरपुर महानगर वडा नम्वर २० का अध्यक्ष मणिलाल तामाङ, उद्योग वाणिज्य संघका उपाध्यक्ष टुन नारायण श्रेष्ठ लगायतले चनौली महोत्सवको सफलताको शूभकामना व्यक्त गरेका थिए । चनौली बजारमा सुक्रवारदेखि सुरू भएको प्रथम चनौली महोत्सवमा ६० वटा स्टलहरू रहेका छन । स्थानिय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सव परिसरमा स्थानिय उत्पादन, तरकारी, विभिन्न समुदायको खानाका परिकार र बाल उद्यान महोत्सवका आकर्षण रहेका छन । महोत्सव उदघाटन पूर्व विभिन्न समुदायको सॉस्कृतिक झॉकी र बाजागाजासहितको र्यालीले बजार परिक्रमा गरेको थियो । सो अवसरमा र्यालीमा सहभागी उत्कृष्ठ समूहहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो । शुक्रबारदेखि सुरूभएको प्रथम चनौली महोत्सव अवधिभर स्थानिय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै कृषि, पर्यटन लगायतका बिषयमा गोष्ठी तथा सेमिनार गरिने कार्यक्रम रहेको मोत्सव मूल समारोह समितिकी संयोजक मन्दिरा पोखरेलले जानकारी दिए । महोत्सव असोज १५ गतेसम्म चल्ने छ ।
झापाका बासिन्दा सयपत्री फूलको व्यवसायबाट आत्मनिर्भर बन्दै
भद्रपुर । अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन । न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । यति धेरै महत्व र माग भएर पनि नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको छ । सीमावर्ती प्रमुख नाकाहरुबाट वर्षेनी करोडौँको फूल भित्रिरहेको छ । भन्सार नाकाबाट भन्दा बढी मात्रामा अनधिकृत रुपमा खुला सिमानाबाट भित्र्याइने गरिएको छ । फूलमाथिको यही परनिर्भरता हटाउन र आय बढाउन झापाका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । झापाको अर्जुनधारा, भद्रपुर, मेचीनगर, विर्तामोड, गौरादह लगायतका क्षेत्रमा किसानहरुले यसपालि २० बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएका छन् । बाह्रैमास फुल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने बिरुवा रोपेका उनीहरुले यसपालिको तिहारमा स्वदेशी फूलले बजारको माग धान्ने बताएका छन् । भद्रपुर–७ इलुबारीमा खगिन्द्रा खुशीले दुई बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ । “तिहारमा भारतबाट भित्रिने सयपत्री फूल किन्न घुइँचो लागेको देखेर मलाई यसको खेती गर्ने सोच आयो,” निजी लगानीमा खेती शुरु गर्नुभएकी खुशी भन्छन्– “फूल फुलाउन मात्र पर्दोरहेछ, किन्ने व्यापारीहरु बारीमै आउँछन् ।” सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फुल्न थाल्ने भएकाले उहाँको बारीमा अहिले फूल फुल्न थालिसकेको छ । तिहारका लागि अर्कै बिरुवाहरु हुर्किरहेका छन् । विर्तामोडको सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालन गर्नुहुने साहित्यकार खुशी फूल खेतीमा काम गर्न सजिलो हुने र उत्पादन खर्च समेत कम हुने अनुभव सुनाउनुहुन्छ । तिहार अगावै फूल फुल्दा बजारमा नबिक्ने हो कि भनी शुरुमा उहाँलाई चिन्ता लागेको थियो तर, त्यसो भएन । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुबाट साधारण सभाका लागि आएका माग पूरा गर्नै धौ धौ छ । मेचीनगर–९ मा डी एण्ड डी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएकी दीक्षा उप्रेतीले यसपालि १० कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गर्नुभएको छ । “फूल खेती नेपाली महिलालाई स्वरोजगार बनाउने एउटा वैकल्पिक व्यवसाय हो,” नर्सरी व्यवसायकी अनुभवी दीक्षा भन्छन् – “मैले तीन तले खेतीको रुपमा सयपत्रीसँगै मेवा र कागती खेती गरेकी छु ।” तिहारमा सयपत्री फुलिसक्ने र त्यसपछि मेवा फलाउने उहाँको योजना छ । उहाँको खेतीमा कलकत्ते भेराइटीज जातको सयपत्रीका बिरुवामा यतिबेला कोपिला लाग्न थालेका छन् । तिहारमा मात्र फुलाउने योजनाअनुसार उहाँले बिरुवाको मुन्टा बेलाबेला टिपेर फाल्ने गर्नुभएको छ । उहाँले सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन ‘मलसिङ’ प्रविधि प्रयोग गर्नुभएको छ । भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा टुसाउन दिनका लागि मात्र दूलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ । डी एण्ड डी बायोप्लान्टेकबाट उहाँले खेती गर्न चाहनेहरुलाई परामर्शसहित यसपालि ३५ हजार सयपत्रीका बिरुवा बिक्री गरिसकेका छन् । झापाका महिलालाई व्यावसायिक बनाउन सहयोग पुर्याउँदै आएको महिला उद्यमी सङ्घ झापाले विर्तामोड–१ र भद्रपुर–८ मा एक बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको नमुना खेती गरेको छ । सङ्घको खेतीमा सयपत्रीको कोपिला मात्र भर्खर बस्न थालेको छ । “सयपत्री फुल्नु अघि नै मालाको अर्डर आइसक्यो, बजारको कुनै चिन्ता छैन” – सङ्घका अध्यक्ष गोभा भट्टराई बताउँछन् । सङ्घले सयपत्रीको बिरुवा उमारेर इच्छुक व्यक्ति र समूहलाई यसपालि एक लाख बिरुवा बिक्री गरेको भट्टराईले जानकारी दिए । सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । एक कठ्ठा र दुई कठ्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । विर्तामोड–९ निवासी अर्का किसान दलबहादुर अधिकारीले यसैका लागि चारवटा अत्याधुनिक टनेल निर्माण गरेर खेती शुरु गरेका छन् । उनले पाँच कठ्ठामा बेमौसमी हजारिया जातको सयपत्री फूलको खेती लगाएको बताए । उनले टनेलमा फुलाएको फूलको एक खेप बिक्री भइसकेको छ । अरु खेतमा लगाइएको सयपत्री तिहारका बेला फुलाउने उनको योजना छ । अर्जुनधारा जलेश्वरधाममा दैनिक पूजाका सामग्री बेच्ने खुद्रा व्यापारीहरु सयपत्री किन्न उहाँको बारीमै पुग्ने गरेका छन् । महिलाहरुले फूल खेतीप्रति देखाएको लगनशीलताका कारण विर्तामोड नगरपालिकाले पनि प्रोत्साहन दिन थालेको छ । फूल किसानलाई प्रोत्साहन गर्न विर्तामोड नगरपालिकाले उद्यमी महिला सङ्घलाई बेर्ना खरिद र तालीमका लागि चालु बजेटबाट रु ५० हजार अनुदान दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताए । टनेल बनाएर आधुनिक विधिबाट बेमौसमी फूलको खेती गर्दै आउनुभएका विर्तामोड–९ का दलबहादुर अधिकारीलाई समेत नगरपालिकाले रु ६० हजार अनुदान दिएको छ । विर्तामोड नगरपालिकाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले नगरलाई फूलमा आत्मनिर्भर बनाउने योजना अनुरुप प्रोत्साहन प्रदान गरिएको र यस्तो प्रोत्साहन अझै बढाउँदै लगिने बताए । उद्यमशील महिला सङ्घ झापाले महिलालाई सयपत्री फूलको खेतीमा लाग्न आग्रह गर्दै आएको छ । “थोरै पूँजी र मेहनतमा फूल खेती गर्न सकिन्छ,” सङ्घका अध्यक्ष भट्टराईले भने– “महिला दिदीबहिनीहरु सयपत्री फूलको खेती गर्नूस्, बजार हामी खोजिदिन्छौँ।” चितवन र काठमाडौँबाट समेत सयपत्री फूलको मालाको माग आउन थालेको बताउँदै उनी भन्छन्– “अहिले भइरहेको खेती अपुग छ । झापामा धेरै ठूलो सम्भावना छ सयपत्री फूल खेतीको ।” इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बागबानी विषयमा अध्यापन गराइरहेका विकास खनालले झापाको माटो र हावापानी सयपत्री फूल खेतीका लागि उपयुक्त भएको बताए । “वर्षेनी विदेशबाट करोडौँको फूल आयात भइरहेको छ तर, हामी स्वदेशमै यसको सम्भावनालाई देख्न सकिरहेका छैनौं,” खनाल भन्छन्–“झापालाई फूल खेतीको पकेट क्षेत्र घोषणा गरेर सरकारले किसानलाई तालीम, प्राविधिक सहयोग र अनुदान दिनुपर्छ ।” सयपत्री फूल खेतीप्रतिको आकर्षणले मुलुकभरकै माग धान्ने गरी उत्पादन गर्न झापा सक्षम हुने विश्वास विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई व्यक्त गरेका छन् । फूलको परनिर्भरता हटाउन सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अन्य सहुलियत प्रदान गर्नुपर्ने बजार विश्लेषकहरु बताउँछन् । रासस
गायिका मन्जु श्रेष्ठको ‘तीजकै बेला’ तीज गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)
नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन । धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित ‘तीजकै बेला’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायक राजन कार्की र गायिका मन्जु श्रेष्ठ र कुमारी विकको आवाजमा रहेको नेपाली नारीहरुप्रति समर्पित गीतको भिडियो बजारमा आएको हो । निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भावले राजन कार्किले लेखेका हुन् भने लय सिर्जना पनि उनैको रहेको छ । तिलक रिजालको छायाँकन तथा सम्पादन र पदम रिजालको निर्देशन गीतमा रहेको छ । रमाइलो मौलिक गीतमा मन्जु र रोमितको अभिनय रहेको छ । गीतलाई कुशल रुपमा निर्देशन पदम तामाङले गरेका छन । हेर्नुहोस भिडियो–
४६७ कर्मचारी स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन फिर्ता
काठमाडौँ । स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए । सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित छ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । फिर्ताका लागि निवदेन दिनेमा सहसचिव चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी रहेका छन् । प्रवक्ता अधिकारीले अवकाशको निवदेन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने बताए । सरकारले एकै पटक धेरै कर्मचारीलाई अवकाश दिँदा आर्थिक व्ययभार बढ्ने तथा कर्मचारी नपुगेको अवस्थामा अनुभवी कर्मचारीलाई अवकाश दिँदा समस्या पर्ने भएकाले अवकाश फिर्ता लिने निर्णय गरेको हो । मन्त्रालयले गत जेठ १९ देखि अवकाशका निवेदन दिएका कर्मचारीको निवेदन फिर्ता लिन थालेको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई अघिल्लो सरकारले स्वेच्छिक अवकाशलाई आह्वान गर्दा करीब नौ हजार ६७१ कर्मचारीले निवेदन दर्ता गराएका थिए । रासस
अब श्रमिककाे तलब बैंक खाताबाट
काठमाडौं, साउन १ । श्रमिकले पाउने पारि श्रमिक रोजगारदाता कम्पनीले अनिर्वाय रूपमा बैंक खाताबाट भुक्तानी गर्नुपर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार यस्तो निर्णय गरेको हो। सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको पारि श्रमिक बैंकिङ माध्यमबाट भुक्तानी गर्नु पर्ने निर्णय गरेको हो। सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीको पारि श्रमिक साउन १ देखि बैंकमार्फत भुक्तानी गर्ने प्रक्रियाको प्रारम्भ गनुपर्ने निर्णय गरिएको हो। याे पनि पढ्नुस्- ३२ हजार कर्मचारीको जागिर जोखिममा रोजगारदाता कम्पनीले साउनबाट प्रक्रिया सुरु गरी असोजमसान्तसम्ममा बैंक खातामार्फत भुक्तानीको व्यवस्था मिलाउनुपर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए। बैंक, वित्तीय संस्था, बिमा कम्पनी, होटल, एयरलाइन्स, ट्राभल एजेन्सीलगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपूर्तिकर्ता, सामुदायिक एवं संस्थागत शिक्षण संस्था तथा कानुन बमोजिम दर्ता भएका गैरसरकारी संघसंस्था, ट्रस्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेशलगायत कानुन बमोजिम गठित सबै संघसंस्थाले पुस मसान्तभित्र अनिवार्य रूपमा बैंक खातामार्फत पारि श्रमिक तथा वित्तीय सुविधा भुक्तानीको गर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। यसबाहेक अन्य सबै प्रतिष्ठान मातहत काम गर्ने श्रमिक तथा कर्मचारी र घरेलु श्रमिकको पारि श्रमिक एवं वित्तीय सुविधा पनि २०७६ को पुस मसान्तभित्रमा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत सम्बन्धित श्रमिक तथा कर्मचारीको पारि श्रमिक बैंक खातामा भुक्तानी गर्नुपर्ने सरकारी निर्णय भएको छ। कुनै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना र सञ्चालन नभएको अवस्थामा भने त्यस्तो स्थानमा बैंक तथा वित्तीय संस्था स्थापना भएको तीन महिनाभित्र श्रमिक तथा कर्मचारीलाई अनिवार्य रूपमा बैंक खातामार्फत पारि श्रमिक एवं वित्तीय सुविधा भुक्तानीको गर्नपुर्ने निर्णय भएको मन्त्री विष्टले बताए। अन्नपूर्णमा खबर छ ।
साहित्यः ‘पुस्तकालय र जीवन’
‘कृपया शान्त रहनुहोला’ भनी पढ्दै प्रवेश गरेका उसका नजर दराजमा सजिएका पुस्तकहरुमा यसरी आक्रमण गर्दै थिए कि ! उ आवरण हेरेर पुस्तक रोज्दै थियो अनि पुस्तक रोजेर जीवनका परिभाषाहरु खोज्दै थियो !! पुजा वागीश मौनतालाई चिरफार गर्दै जिज्ञासाहरुले पहाडझै थुप्रै प्रश्नहरुका बीज उब्जाइरहेका थिए खैलाबैला मच्चाइरहेका थिए फरक आकृती,फरक रङ्ग !! अनि फरक शीर्षकहरुमा उ जीवनका फरक फरक स्वरुपहरु दाजिरहेको थियो !!! जीवन पुस्तकालय हो र जिवनयात्रामा भेटिएका यात्रुहरु आवरणभित्रका पुस्तकहरुजस्तै जसले केही न केही पाठ सिकाइरहेका हुन्छन् भेटिदा, छुटिदा, राम्रा अनि नराम्रा !!! त्यस्तो शुन्यता, जहाँ घण्टौंसम्म हराइरहेका समयका घण्टीहरु हरार्इरहन्छन भित्र–भित्रै, परपर निकै अबेरसम्म !! तरपनी उ पुस्तकालयमा जीवन खोजिरहेको हुन्छ !!! अलमलमा !! तर भेट्टाउने झिनो आशामा !!!
आज बजारमा कतिमा बिक्री भइरहेको छ सुनचाँदीको मूल्य ?
काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । बिहीबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमा सुनको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार प्रतितोला चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ।