Oli, Prachanda meeting: Unification coordination committee to meet Tuesday

 

Kathmandu, Jan 7 (RSS): The meeting between CPN (UML) Chairman KP Sharma Oli and CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal ‘Prachanda’ has held this evening

During the meeting held at Oli’s residence in Balkot, the two leaders held serious talks on taking ahead the party unification bids to a conclusion and formation of new government as well as the constitution of the National Assembly.

After the one-to-one meeting, Maoist Centre Chairman Prachanda said the two leaders have agreed to hold internal discussions in their parties on Monday and to conduct the party unification coordination meeting on Tuesday.

Chairman Dahal said that the party unification coordination committee would form a team to sort out the political and organizational tasks to finalize the party unification process soon as agreed by the two chairmen.

Oli and Prachanda held the meeting at a time when conflicting statements were coming out regarding the leadership of the unified party and government leadership in the new government.
It is said that today’s meeting was conducted as an effort to forge an understanding prior to Oli’s flight to Bangkok. Chairman Oli is scheduled to leave here for Thailand for his regular health checkup on Wednesday.

सिरहा ३ र ४ मा वाम गठबन्धनको अग्रता

लहान, मंसिर २२ । प्रारम्भिक मतगणनाअनुसार सिरहामा प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं ३ र ४ मा वाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका लीलानाथ श्रेष्ठले १२५३ मत ल्याएर अग्रता लिएका छन् । भने नेपाली काँग्रेसका अमर रेग्मीले १४०० मत ल्याएर पछ्याई रहेका छन् । त्यस्तै क्षेत्र नं ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशंकर नायकले ९४३ मतसहित अगाडि रहेका छन् । उनलाई राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ४९९ सहित पछ्याई रहेका छन् ।

जिल्लालाई खुल्ला दिसामुक्त गर्न सहयोग समिति गठन

झापा, मंसिर १६ । जिल्लामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पुर्याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समिति गठन गरेको हो । सन् २०१७ मा झापा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारको लक्ष्य पूरा हुने नदेखिएपछि सम्बन्धित निकायले यस कार्यलाई पूरा गर्न यस्तो समिति निर्माण गरेको हो । राजनीतिक एवं सामाजिक क्षेत्रको परिचालनका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलको संयोजकत्वमा राजनीतिक एवं सामाजिक क्षेत्र परिचालन सहयोग समिति गठन गरिएको छ । स्थानीय तहसम्म खुल्ला दिसामुक्त अभियानमा प्राविधिक सहयोग गर्नका लागि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इ सीताराम काफ्लेको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रशासनिक क्षेत्र परिचालन सहयोग समिति र उपजिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा क्षेत्रगत परिचालन सहयोग समिति गठन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले जानकारी दिनुभयो । आसन्न संघ र प्रदेशसभाको निर्वाचनलगत्तै जिल्ला शिक्षा कार्यालय स्रोत केन्द्रमार्फत खुल्ला दिसामुक्त अभियान प्रवद्र्धन र घरायसी शौचालय निर्माणका लागि सम्पूर्ण विद्यालय क्षेत्रलाई परिचालन गरिने उपजिल्ला शिक्षा अधिकारी उद्धव विष्टले बताउनुभयो ।

५–० को जितसँगै वार्सा अन्तिम १६

काठमाडौं, मंसिर १५ । बार्सिलोनाले बुधबार दोस्रो लेगमा रियाल मर्सियालाई ५–० को नतिजामा पराजित गर्दै कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ। १५औं मिनेटमा फ्रन्सिस्को अल्कासरले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ५६औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि एलेक्स भिडालले गोल गर्दै टोलीको अग्रता ३–० ले फराकिलो पारे। ७४औं मिनेटमा डेनिस स्वारेज र त्यसको पाँच मिनेटपछि जोस अर्नियाजले गोल गरेपछि बार्सिलोनाको सहज जित पक्का भएको थियो। पहिलो लेगमा ३–० को विजयी नतिजा निकालेको बार्सिलोनाले यस जितपछि समग्रमा ८–० को जितका अघिल्लो चरणको टिकट काटेको हो।

धरहरा पुनर्निर्माण अलपत्र

काठमाडौं, मंसिर १३ । भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो । टेलिकमले हात झिेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो । तर, प्राधिकरणको प्राथमिकतामा धरहरा अझै पर्न सकेको छैन । धरहरा पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरा पुनर्निर्माण प्रक्रिया खासै अघि नबढेको बताए । उनले भने, ‘धरहरा पुनर्निर्माणबाट टेलिकम पछि हट्यो । त्यसपछि सरकारले यसको पुनर्निर्माण गर्ने जिम्मा प्राधिकरणलाई दियो । त्यसपछि यस सम्बन्धमा केही छलफल भने भएका छन् । तर, ठोस निस्कर्ष निस्कने गरी छलफल भएको छैन । अब हुने बैठकमा यसले प्राथमिकता पाउला ।’ पुरातत्व विभागसँग सहमति नजुटेपछि धरहरा पुनर्निर्माणबाट टेलिकम पछि हटेको थियो । विभागले बनाएको डिपिआर टेलिकमले परिमार्जन गर्न खोजेपछि दुईबीच सहमति जुट्न सकेको थिएन । त्यसपछि सरकारले धरहरा पुनर्निर्माणको सबै अधिकार प्राधिकरणलाई दिएको थियो । तर, प्राधिकरणले जिम्मा पाएको करिब दुई महिना बितिसक्दा पनि धरहरा पुनर्निर्माण आफैँ गर्ने या अरू कुनै निकायलाई जिम्मा दिने विषय टुंग्याउन सकेको छैन । प्राधिकरणका प्रवक्ता भुसालले भने, ‘धरहरा आफैँले बनाउने या अन्य निकायलाई यसको पुनर्निर्माणको काम दिने भन्ने अधिकार प्राधिकरणलाई छ । तर, अहिलेसम्म प्राधिकरणले न आफैँ बनाउने निर्णय गर्न सकेको छ न त अरूलाई जिम्मा दिने निर्णय नै । त्यसैले यो विषय अहिलेसम्म अन्योलपूर्ण नै छ भन्दा फरक नपर्ला । तर, अब यसले गति लिने छ । यस विषयमा प्राधिकरण गम्भीर छ ।’ पुनर्निर्माणमा रकम अभाव छैन प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणका लागि पर्याप्त बजेट मौज्दात छ । तर, कम प्राथमिकताका कारण धरहरा पुनर्निर्माणले गति समात्न नसकेको हो । प्राधिकरणका अनुसार ‘मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तगत नौ करोड रुपैयाँ जम्मा भइसकेको छ । त्यस्तै पुनर्निर्माणबाट पछि हटेपछि टेलिकमले एक अर्ब रुपैयाँ धरहरा पुनर्निर्माणका लागि दिने घोषणा गरिसकेको छ । यसबाहेक आवश्यक परे प्राधिकरणकै बजेट धरहरा पुनर्निर्माणमा खर्च गर्न सकिने प्रवक्ता भुसालको दाबी छ । तर, पनि धरहरा पुनर्निर्माण अघि बढ्न सकेको छैन । यस्तो थियो टेलिकमको योजना  टेलिकमले सात अर्ब ९१ करोड रुपैयाँमा धरहरा निर्माण गर्न चाहिरहेको थियो । उक्त लगानीमा टेलिकम धरहरालाई स्वरूप नबिग्रने गरी अत्याधुनिक ‘ल्यान्ड मार्क’का रूपमा विकास गर्न चाहन्थ्यो । यस अन्तर्गत धरहराभित्र ‘सुपर लिफ्ट’ राखिन खोजिएको थियो । धरहारा माथि २६ जना अट्न सक्ने गरी ‘भ्यू टावर’ निर्माण गर्ने तयारी थियो । धरहरा अगाडि ‘म्युजिकल फाउन्टेन’ बनाउने भनिएको थियो । सुन्धरामाथि स्वरूप नबिग्रने गरी कृत्रिम आकाश निर्माण गर्न खोजिएको थियो । साबिकको टक्सार भवन र नेपाल बैंकको कार्यालय भत्काएर परम्परागत शैलीको चारतले भवन बनाउन खोजिएको थियो । जसको डिजाइन भर्याङशैलीमा गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद थप

काठमाडौं, कार्तिक २८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप गरेको छ । बोर्डले सूचना जारी गर्दै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थप गरेको हो । निर्धारित म्याद सकिएको तीन हप्तापछि बोर्डले फारम भर्ने म्याद थपेको हो । शैक्षिक सत्र २०७४–०७५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि बोर्डले असोज मसान्तसम्म र दोब्बर शुल्क तिरेर कात्तिक १५ गतेसम्म रजिष्ट्रेशन आवेदन फारम भर्न समय तोकेको थियो । बोर्डले तय गरेको निर्धारित समयमा धेरै विद्यार्थीहरुको फारम भर्न छुटेको भन्ने गुनासो आएपछि म्याद थप गर्नुपरेको बोर्डले जानकारी दिए। अनेरास्ववियू (क्रान्तिकारी) ले समेत बोर्डलाई म्याद थप्न ज्ञापनपत्र बुझाएको थियो । अब एक हजार जरिवाना बोर्डको बैंक खातामा दाखिला गरेको भौचरसहित मंसिर ४ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम बुझाउन सकिने छ ।

आधा खर्चमा आकर्षक तथा भूकम्प प्रतिरोधी घर बनाउन सकिने (हेरौं फोटोफिचर)

कात्तिक २१ । प्रिफ्याबको घर भूकम्प प्रतिरोधीमात्रै होइन, हेर्दा उत्तिकै आकर्षक र कम लागतमा तयार हुन्छ। यस्तो घर फायर प्रुफ, वाटर प्रुफ, साउन्ड प्रुफ हुनुको साथै तापक्रम समेत सन्तुलन गर्छ। त्यसैगरी यो घरलाई अर्को ठाउँमा सार्नु परेको खण्डमा ९० प्रतिशत सामाग्री पुनः प्रयोग गर्न सकिने भएकाले उपयोगी भएको व्यवसायीहरु बताउँछन्। यसको लोकप्रियता बढ्दै जाँदा नेपालमा अहिले एक दर्जन भन्दा धेरै प्रिफ्याब कम्पनीहरु खुलेका छन् । प्रिफ्याब प्रविधिको घर भूकम्पपछि मात्रै बन्न थालेको भने होइन। पहिले पहिले नेपालका पहाडी भूभागमा विभिन्न संघ संस्था तथा आयोजनाले क्याम्प, विद्यालय, स्वास्थ्य चौकी बनाउन प्रिफ्याब नै प्रयोग गर्ने गरेको सुत्र कन्स्ट्रक्सन प्रालिका डाइरेक्टर तथा इन्जिनियर लक्ष्मण थापाले जानकारी दिए। सुत्र कन्स्ट्रक्सन लामो समयदेखि प्रिफ्याबको काममा सक्रिय छ। प्रिफ्याबको घर हालका दिनमा धेरै नै बन्ने गरे पनि विदेशमा जस्तो सबैको विश्वास जितिसकेको छैन । ‘यहाँ गिट्टी तथा सिमेन्टको घर बनाउन थालेको धेरै भयो त्यही भएर त्यसप्रति धेरैको विश्वास छ तर प्रिफ्यावको घर बनाउन थालेको ५–६ वर्ष मात्र भयो’ उनले भने– ‘अबको २०–२५ वर्षपछि प्रिफ्यावप्रति विश्वास बढ्ने मात्रै होइन, घरहरु पनि धेरै देखिने छन् ।’ प्रिफ्यावको घर कमजोर हुने र सामान्य बल पर्दा भत्किन्छ भन्ने भ्रम फैलिँदा यसप्रति केही नकारात्मक सोच बढेको उनको अनुभव छ। ‘घरको संरचनाका लागि फलामको प्रयोग हुने भएकाले नै हल्लाउँदा हल्लिन्छ, हल्लिनु भनेकै सुरक्षित हुनु हो’ इन्जिनियर थापाले भने– ‘त्यसैगरी भूकम्पले हल्लाउँदा पनि घरलाई असर गर्दैन, १० केजीको घनले हान्दा पनि यो फूट्दैन ।’ उनका अनुसार प्रिफ्यावको घर अस्थायी र स्थायी दुवै माध्यममा बनाउन सकिन्छन्। यस्तो घर स्टिलमा मात्र नभई कंक्रिट संरचनामा पनि बनाउन सकिन्छ। पहाडी भूभागमा स्टिल संरचनामा बनाउनेको संख्या अधिक रहेको थापा बताउँछन् । काठमाडौं र तराई क्षेत्रमा भने तला थप्नको लागि प्रिफ्यावको प्रयोग बढेको उनले बताए । माथिल्लो तलामा प्रिफ्याब प्रयोग गर्दा तल्लो भागलाई भार कम पर्ने र भूकम्पले नभत्किने भएकाले हालका दिनमा तला थप्न पनि यसको प्रयोग ज्यादा हुने गरेको व्यवसायी बताउँछन् । प्रिफ्याव घर बनाउने क्रम बढेपनि यसको लागि चाहिने उपकरणहरु पर्याप्त भित्रिन नसकेको उनीहरुको गुनासो छ। ‘जस कारण विदेशमा १ दिनमा भुइँतलाको घर बनाउन सकिन्छ भने नेपालमा त्यही काम १ महिना लाग्ने गरेको छ’ थापाले भने ।   नेपालमा प्रयोग हुने प्रिफ्याबको स्ल्याब भारत र चीनबाट धेरै आउँछ । रुफिङ अर्थात छानाको मेट्रियल चीनबाट र खाडी मुलुकबाट बढी आउँछ। पछिल्लो समय स्वदेशमै पनि स्ल्याब बन्न थालेको उनले बताए । सामान्यतया प्रिफ्याबको घर बनाउँदा अरु घरको तुलनामा ५० प्रतिशत कम खर्च लाग्ने सम्वद्ध व्यवसायीहरुको दावी छ। किचन, ट्वाइलेट, विद्युतीय सामान तथा रङ्गमा भने उत्तिकै खर्च लाग्छ। यस्तो घरमा काठको झ्याल प्रयोग गरिँदैन। आल्मुनियम र युपिभिसिको झ्याल प्रयोग गर्ने गरिन्छ। त्यस्तै यसको बोर्ड ८ फुट, ९ फुट र १० फुटमा आउँछ। नेपालमा प्रिफ्याबको उपयोगिता बुझाउन गाह्रो भइरहेको ब्यवसायीहरुको अनुभव छ । उनीहरुका अनुसार इन्टरनेट प्रयोग कर्ता र विदेश गएर फर्किएकाहरुले भने निर्धक्क सँग बनाइरहेका छन् । कति लाग्छ त खर्च ? सामान्यतया नेपालमा स्टिल संरचनामा ४ कोठाको प्रिफ्याब घर बनाउने प्रचलन छ। जसमा ट्वाइलेट बाथरुम र बरण्डा पनि समावेस हुन्छ। कति क्षेत्रमा कतिवटा कोठा बनाउने त्यो अनुसार खर्च लाग्ने थापाले बताए। ६०० स्क्वाएर फुटको ४ कोठा भएको, एट्याच बाथरुम ट्वाइलेट भएको घर तयार गर्दा १३ देखि १५ लाखमा हुने इन्जिनियर थापाले बताए। यसमा रङगरोगन समेत समावेश हुनेछ। त्यस्तै धेरै फिनिसिङ नचाहिने, डेकोरेसन नगर्ने हो भने १० लाखैमै पनि बन्ने उनले बताए। सेतोपाटीबाट साभार

कोमल र कुबेर वलीको उम्मेदवारी फिर्ता

दाङ, कात्तिक १९ । एमालेबाट टिकट नपाएपछि वागी मनोनय दर्ता गराएकी कोमल वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । केही समयअघि मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेकी वलीले प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी थिइन् । घोराहीमा आइतबार पत्रकार सम्मेलन गरी वलीले एमाले उम्मेदवार हिराचन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् । उम्मेदवारी दर्ता गर्दा उनले एमालेले धोका दिएको बताएकी थिइन् । ‘मलाई एमालेले धोको दियो । कुनै पनि सूचीमा नाम राखेन,’ उम्मेदवारी दिँदा उनले भनेकी थिइन्, ‘जनतामाझ परीक्षण हुने उपयुक्त मौका आएको छ । निर्वाचनको तयारी गरिसकेकाले रोकिन सक्दैन।’ यसैगरी प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. ३ क मा उम्मेदवारी दिएका माओवादी पोलिटव्युरो सदस्य एवं पूर्वसभासद् कुबेर वली र ३ ख बाट उम्मेदवारी दिएका गेदलाल भण्डारीले पनि फिर्ता लिएका छन् । एमाले अनुशासन समितिले शनिबार विज्ञप्ती जारी गर्दै पार्टीको निर्णय विरुद्ध गई बागी उम्मेदवारी दिएकालाई आफ्नो उम्मेदवारी फिर्ता लिन भनेको थियो । यदि त्यसो नगरे पार्टीका विधान बमोजिम कारबाही गर्न बाध्य हुने चेतावनी पनि दिएको थियो ।

प्रमुख तीन दलबाट १० प्रतिशत मात्रै महिला उम्मेदवार

काठमाडौं, कात्तिक १६ । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली काँग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा९एमाले०बाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी ९डीना० उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ । यसैगरी नेकपा ९एमाले०ले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर– ३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ । तीमध्ये कैलाली– १ मा महिला/महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा काँग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिनुभएको छ । यसअघि समानुपातिकबाट सांसद रहनुभएका दुवै जना अहिले प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको हो । यस्तै केहीअघि राप्रपा छोडी नेकपा एमाले प्रवेश गर्नुभएकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ– ३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा काँग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ– १ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको थियो । समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी काँगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् । संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ । निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क ललितपुर–३ बाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका पम्फा भुसालले आफ्नो जित निश्चित रहेको बताउनुहन्छ । यसअघि पनि विसं २०६४ को संविधानसभा निर्वाचनमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण झनै जित सुनिश्चित रहेको उहाँको भनाइ छ । आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ रहेकाले पनि आफू जित्नेमा ढुक्क रहेको उहाँले राससलाई बताउनुभयो । महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत आफ्नो जित आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले आफ्नो उम्मेदवारीले मकवानपुरवासी र सो क्षेत्रका महिलामा उत्साह थपिएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । आफू विसं २०४८ मा पनि सोही क्षेत्रबाट निर्वाचन लडिसकेको र केन्द्रीय तहमा रहेर राजनीति गरिरहेकाले सो क्षेत्रको विकासका लागि आफूप्रति सबैको आशा, भरोसा र सद्भाव रहेको उहाँको भनाइ छ । कैलाली–१ बाट उम्मेदवार रहनुभएका एमालेका केन्द्रीय सदस्य गरिमा शाहले आफ्नो पार्टीले अघि सारेको आर्थिक समृद्धि र राष्ट्रिय एकताको एजेण्डा तथा वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको धारणा व्यक्त गर्नुभयो । आफूले यसअघि संविधानसभामा संविधान मस्यौदा लेखन समितिको सदस्यकारुपमा खेलेको भूमिका, कैलालीको विकासका लागि तथा ७ नं प्रदेशलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न खेलेको भूमिकाका कारण साझा व्यक्तित्वका रुपमा यो क्षेत्रमा आफूले पहिचान बनाइसकेको उहाँको भनाइ छ । रासस

एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा बर्दिया १ बाट उम्मेदवारी दर्ता

बर्दिया, कात्तिक १६ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले बर्दिया १ र माओवादीका नेता सन्तकुमार थारुले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरेका छन । त्यसैगरी, नेपाली कांगे्रसका तर्फबाट बर्दिया १ बाट सिंचाई मन्त्री सञ्जय गौतम र २ बाट गोपाल दहितले उम्मेदवारी दिने तय भएको छ ।

प्रदेश नं ७ मा चालु आवमा स्वास्थ्यका ३१ नयाँ भवन बन्दै

बैतडी, कात्तिक १५ ।  बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए  । बैतडीमा चालु आवमा शंकरपुर स्वास्थ्य चौकी, डिलाशैनी स्वास्थ्य चौकी, विजयपुर स्वास्थ्य चौकी, दशरथचन्द स्वास्थ्य चौकी, वसन्तपुर स्वास्थ्य चौकी, थालाकाँडा स्वास्थ्य चौकी, जोशीबुंगा स्वास्थ्य चौकी, न्वादेउ स्वास्थ्य चौकी, देहीमाण्डौं स्वास्थ्य चौकीका नयाँ भवन निर्माण हुनेछन् । यसैगरी, न्वाली स्वास्थ्य चौकी, हाडाकोट स्वास्थ्य चौकी, उदयदेव स्वास्थ्य चौकी, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, हटैराज स्वास्थ्य चौकी र जिल्ला अस्पतालको स्टाफ क्वाटरको नयाँ भवन बन्नेछन् । गत आवमा बैतडीमा १२ वटा स्वास्थ्य चौकीका भवन निर्माण कार्य शुरु गरिएका थिए । योसँगै बैतडीमा रहेका ६८ वटा स्वास्थ्य संस्थामध्ये ३८ स्वास्थ्य संस्थामा नयाँ भवन बन्ने भएका छन् । बाँकी रहेका ३० स्वास्थ्य संस्थाका भवन पनि आगामी वर्षमा नयाँ भवन निर्माणका लागि आग्रह गरिने डा अवस्थीले बताए । सुदूरपश्चिमका अन्य जिल्लामा १७ वटा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चालु आवमा दार्चुलाको खण्डेश्वरी स्वास्थ्य चौकी, देथला स्वास्थ्य चौकी र गोकुलेश्वर अस्पतालको नयाँ भवन निर्माण कार्य शुरु हुनेछ । यस्तै, कैलालीको टीकापुर अस्पतालमा स्टाफ क्वाटर, नर्सिङ क्वाटर र तालीम कक्ष नयाँ बन्नेछ भने डोटीको गुगडा र धिर्कामाण्डौं स्वास्थ्य चौकीमा पनि नयाँ भवन बन्नेछ । यसैगरी, डोटीकै सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ स्टाफ क्वाटर बन्नेछ । बझाङको पीपलकोट स्वास्थ्य चौकी र लुयटा स्वास्थ्य चौकीमा नयाँ भवन बन्नेछ भने अछामको कुस्कोट स्वास्थ्य, नवठाना बर्थिङ युनिट, बन्नातोली स्वास्थ्य चौकीमा नयाँ भवन बन्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, कञ्चनपुरको जिमुवा स्वास्थ्य चौकी र बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन बन्नेछ । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा बनेका तथा बन्ने नयाँ स्वास्थ्य भवन निर्माणले स्वास्थ्य सेवा सहज हुने विश्वास गरिएको छ । बैतडीमा ३८ स्वास्थ्य संस्थाका नयाँ भवन  बैतडीमा आव २०७० सालदेखि चालु आवसम्ममा ३८ वटा स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण हुने भएका छन् । गत आवसम्म २३ वटा भवनको निर्माण कार्य शुरु भएकोमा चालु आवमा १५ वटा भवन निर्माणका लागि स्वीकृति आएको छ । ६८ वटा स्वास्थ्य संस्थामध्ये अब ३० वटाको मात्रै नयाँ भवन बन्न बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अवस्थीले बताए  । नयाँ भवन निर्माणका लागि स्वास्थ्य संस्थाको नाममा जमिन अनिवार्य हुनुपर्छ । कम्तीमा पाँच रोपनी जमिन आफ्नो नाममा भएको स्वास्थ्य संस्थाका भवन निर्माणका लागि पहल गर्न सकिने डा अवस्थीले जानकारी दिनुभयो । स्वास्थ्य संस्था भौतिकरुपमा सबल हुँदा सेवा पनि गुणस्तरीय दिन सकिने भएकाले भौतिक सुविधा पनि आवश्यक रहेको उनले बताए । सुपवासीको स्वास्थ्यमा पहुँच पुग्दै  पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ । पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका चार जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आव २०७३÷०७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ । ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको हो । यस्तै, दार्चुला पाँचौँ स्थानमा छ भने गत वर्ष तेसं्रो नम्बरमा रहेको बैतडी यो वर्ष भने छैटौँ नम्बरमा परेको छ । अघिल्लो वर्ष ९० दशमलव ४ अंक पाएको बैतडीले यस वर्ष भने ८४ दशमलव ७३ अंक मात्र पाएको छ । आव २०६७÷६८ मा बैतडी ६८ औँ नम्बरमा रहेको थियो । बझाङ पनि देशभरिमा १० औँ नम्बरमा रहँदै उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेकोे जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा अवस्थीले बताए  । उनले भने “स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फछ्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्यांकन गरिएको हो ।”

कांग्रेसको गठबन्धन धरापमा, फोरम र राजपाद्वारा सिट वाँडफाँड(सूचीसहित)

काठमाडौं, कात्तिक १४ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश नम्बर २ का लागि उम्मेदवारको क्षेत्र टुंगो लगाएका छन । प्रदेश नम्बर २ मा अगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ। फोरम र राजपाबीच यसअघि नै चुनावमा तालमेल गर्नै सहमति भएको थियो । शीर्ष नेता बसेर आजै टुंगो लगाए अनुसार प्रतिनिधिसभाका लागि प्रदेश २ का कुल ३२ निर्वाचन क्षेत्रमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले १७ सिटमा प्रतिस्पर्धा गर्ने छ। त्यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले १५ सिटका लागि प्रतिस्पर्धा गर्ने छ। प्रदेशसभाका लागि भने संघीय समाजवादी फोरमले ३३ र राष्ट्रिय जनता पार्टीकाले ३१ ठाउँबाट प्रतिस्पर्धा गर्ने छ। कांग्रेस नेतृत्वका लोकतान्त्रिक गठबन्धनसँग पनि चुनाबी तालमेल गर्ने बताएका थिए । तर सिट वाँडफाँडमा कुरा नमिलेपछि मंगलबार यी दुई पार्टीले २ नम्बर प्रदेशमा सिट बाँडफाँड गरेका हुन ।

डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकारले झुठो बोलेको स्वीकार

काठमाडौं, कात्तिक १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका एक सल्लाहकारले रुसी बिचौलियाहरुसँगको बैठकबारे अनुसन्धानकर्तासँग झुठो बोलेको स्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् । उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी दिएको बताए । अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले गत जनवरीमा सोधपुछ गर्दा भने उनले आफू ट्रम्पको चुनावी अभियानमा संलग्न हुनुअघि रुससँग सम्बन्ध भएका दुई जनालाई भेटेको बताएका थिए । तर पछि उनले ट्रम्पको चुनावी अभियानमै संलग्न रहेका बेला उनीहरुसँग भेटघाट गरेको पाइएको थियो । उनले भेटेका व्यक्तिमा एक जना रुसी महिला तथा लण्डनमा कार्यरत एक जना प्राध्यापक रहेको बताइएको छ । तर उनीहरुको नाम खुलाइएको छैन । ती व्यक्तिको रुसी अधिकारीहरुसँग सिधा सम्पर्क रहेको बताइएको छ । गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन् । रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका छन् । रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका हुन् । रुस र ट्रम्प दुबैले आफूहरुबीच त्यस्तो कुनै सम्बन्ध नरहेको जिकिर गर्दै आएका छन् । यो विषयले राष्ट्रपति ट्रम्पलाई ठूलो नोक्सानी पुग्न सक्ने विश्लेषण गरिएको छ ।

वाम एकता कम्युनिष्ट शासन लाद्न होइन– प्रचण्ड

चितवन , कात्तिक १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकता कम्युनिष्ट शासन लाद्नका लागि नभएको बताएका छन । नयाँ नेपाल निमार्णको लागि चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्न लागेको बताउदै प्रचण्डले भने रोल्पा, काठमाडाैं, सिरहापछि चितवनबाट उम्मेदवारी घोषणा गरेको बताए । स्थीर सरकारले मात्र देश विकास गर्न सक्ने भन्दै त्यसका लागि बाम गठबन्धनको जन्म भएको प्रचण्डले बताए नेपालमा ७० वर्ष यताका कुनैपनि सरकार स्थिर नभएको बताएदै प्रचण्डले विचार मिल्ने पार्टीहरु बिच एकता हुन पर्नेमा जोड दिए । उनीले नेपाली जनता ठुलो आर्थिक क्रान्तिको पखाईमा रहेको बताए । ‘बिचार मिल्नेहरु बीच एकता हुन आवश्यक छ । बाम एकताले देशमा कम्युनिष्ट शासन आउने हल्ला आई रहेको छ, तर त्यो सत्य होइन ।’ प्रचण्डले भने, ‘देशको आर्थिक विकासलाई गति दिन बाम एकता भएको हो ।’ लोकतन्त्रको आधारभूत मान्यता अनुसार नेकपा एमाले र माओवादी केन्द्रबिच बाम एकता भएको उल्लेख गर्दै प्रचण्डले समाजबादको आधार निमार्ण गर्न सबैले संकल्प गर्न आवश्यक रहेको बताए । सरस्वती माध्यमिक विद्यालय मेघौली जितपुरको स्र्वण जयन्तीको समापन गर्न गृह जिल्ला चितवन आई पुगेको प्रचण्डले चितवन हुदै देशको नेतृत्व समाल्न चाहेको बताए । माओवादी अध्यक्ष प्रचण्डले विद्यालयमा निमार्ण भएको स्वर्ण स्तम्भको अनावरण समेत गर्नु भयो । विद्यालयले स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई स्थापनाकाल देखि सहयोग पु¥याउने ४० जनालाई सम्मान गरिएको थियो । वि.स. २०२२ सालमा पूर्र्णबहादुर कुमालको पहलमा विद्यमलय स्थापना भएको हो । सो अवसरमा प्रचण्डले रामपुरदेखि चनौलीसम्मको बाटो निर्माणको काम तत्काल सुरु गर्न पहल गर्ने बताए । त्यस्तै गोलाघाटको पुलको काम पनि प्राविधिक कुरा मिल्न साथ निरन्तरता पाउने बताए । मेघौलीलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय स्थलको रुपमा विकास सम्भव रहेको उल्लेख गर्दै अहिले केहि राम्रा होटलहरु पनि संचालनमा आएका छन् । अब व्यावस्थित ढङबाट यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउनु पर्नेमा उनले जोड दिए ।

श्रीमतीले श्रीमानलाई यस्तो कुरा भनिन्

श्रीमतीको सेक्सप्रतिको आशक्तिका कारण श्रीमान् निकै तनावमा परेका छन् । उनको यो आशक्तिबाट छुटकारा पाउनका लागि श्रीमानले अनेकौँ उपायहरुको खोजी गर्दै हिँडेका छन् । श्रीमानको आरोप छ कि उनकी श्रीमती उनीसँग हदभन्दा बढी सेक्स गर्दथिन् । पिडित पतिले अन्ततः अदालतको ढोका ढक्ढकाए र सम्बन्धविच्छेदको लागि पहल गरे । भारतका ‘फेमिली कोर्ट’ का न्यायाधिश लक्ष्मीकान्त रावका अनुसार श्रीमती अदालतमा पेश भएकी छैनन् । अदालतले यसैको आधारमा श्रीमानको समस्यालाई सहि मान्दै सम्बन्धविच्छेदको लागि अनुमती दिएको छ । कामुक औषधी खुवाउँथिन् श्रीमती श्रीमानले अदालतलाई बताए अनुसार उनकी श्रीमती उनीसँग सेक्स गर्नका लागि निकै दबाब दिने गर्दथिन् । उनी श्रीमानलाई कामुक औषधीहरु सेवन गरेर सेक्स गर्न दबाब दिन्थिन्। श्रीमानले यो पनि आरोप लगाए कि उनकी श्रीमती अप्राकृतिक यौन सम्बन्ध बनाउनका लागि पनि दबाब दिने गर्दथिन् जुन निकै पिडादायी हुने गर्दथ्यो । श्रीमानले भने कि उनी तीन शिफ्टमा काम गर्ने गर्दथे र निकै थकित हुने हुँदा उनी श्रीमतीले चाहेजस्तो लगातार सेक्स गर्न सक्दैनथे । श्रीमानले एक पटक श्रीमतीलाई कुनै मनोवैज्ञानिककोमा उपचार गर्न जान पनि आग्रह गरेका थिए । धेरै सेक्स नगरे म कोही अरुसँग सेक्स गर्न जान्छु अदालतलाई यो पनि बताइएको छ कि महिलाले पतिलाई धम्की पनि दिने गर्दथिन् । उनको श्रीमतीले उनलाई यदि उनको चाहना पुरा नगरे उनी सेक्स गर्न अरु कसैकोमा जाने धम्की दिने गरेको श्रीमानले बताएका छन् ।लगातार बिरामी हुने हुँदा डाक्टरहरुले उनलाई सेक्सबाट केहि दिनको लागि टाढा बस्न निर्देशन दिए पनि उनी भने श्रीमतीका कारण कहिले पनि सेक्सबाट अलग्गिएर बस्न नसकेको जानकारी दिए । एजेन्सी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी

आश्विन ३१, २०७४-गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले बताए । १८५४ मध्ये १७८८ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताए । ‘एनआरएनएमा हालसम्म सुरु भएका सबै एजेन्डा अघि बढाउने छु,’ इकान्तिपुरसंगको संक्षिप्त कुराकानीमा उनले भने, ‘निर्वाचनमा हारजित स्वभाविक हो । सबै एनआरएनएलाई एकढिक्का बनाई काम गर्ने छु ।’ चुुनावी परिणामलाई मनमा नलिइ एनआरएनए अभियानमा सहभागी हुन उनले आव्हान समेत गरेका छन् । ‘एनआरएनए एउटा महत्वपूर्ण अभियान हो । यसमा सहभागी हुन म सबै एनआरएनएहरुलाई थप आब्हान समेत गर्दछु,’ उनले भने । एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डाहरु समेत अघि बढाउने उनले बताए । दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएको निर्वाचन समितिका सदस्य पाण्डेले बताए । उनको रञ्जु थापासँग प्रतिस्पर्धा भएको हो । महासचिव पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा पुन: डा. बद्रि केसी निर्वाचित भएका छन् । ६ जना उमेदेवारबीच दुुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुन: हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएके छ । महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् । सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ । Source: ekantipur