विशाल माओवादी बनाउ

रमेश विश्वकर्मा

भर्खरै मात्र देशमा पहिलो र दोश्रो चरणको स्थानिय निर्वाचन सम्पन्न भएकाे छ र परिणाम आउने क्रम जारी छ । अव मुख्यत देशको राजनिति तेश्रो चरणको स्थानिय चुनाव सँगै संघ र केन्द्रको चुनावको तयारीमा जुट्दैछ । स्थानिय निर्वाचनमा कुन पाटीले जित्यो कस्लै हार्यो भन्दा पनि जनताको सहभागिता उत्साहजनक रुपमा रह्यो नेपालको द्धवन्द व्यावस्थापनका सवालमा यो संघिय गणतन्त्रीक नेपालको उच्चतम राजनैतिक उपलव्धि हो, अहिलेको प्राथमिकता प्राप्त उपलव्धिलाई स्विकारर्दै समाजकौ विकासशिल भविष्य निर्माण गर्दै स्थानिय र ग्रामिण जिवनकौ भविष्य कौर्ने चुनौती हाम्रो अगाडी आएको छ । कुन पाटीले कहाँ जित्यो कुन व्यात्तिले कहाँ जित्यो भन्दा पनि अव जनताको चाहान अनुसार स्थानिय तहमा विकासले गति लिन सक्छ कि सक्दैन यो विषयले समाज र राजनितिमा प्रधानताका साथ प्रवेश पाउनु पर्छ जनतालै अति छोटो समयमा स्थानिय सरकारलाई साच्चै जनताको सरकारको रुपमा महसुस गर्न पाउनु पर्छ ।

सिंह दरवारले संघियता मार्फत प्रदान गरेको जनताकौ अधिकार माथी जनतालै अपनत्व महसुस गर्न सक्छ कि सक्दैन्न, स्थानिय जनप्रतिनिधिहरुले आफुलाई जनताकौ अभिभावक सावित गर्न सक्छन कि सक्दैन्न असली जनप्रतिनिधिहरुको आगामि दिनका क्रियाकलापले प्रमाणित गर्दै जाला यौ जिम्मा समयलाई ।

स्थानिय तहको निर्वाचन सँगै देशको शान्ति प्रकृयाले वैधानिक पुर्णता पाएकौ छ, स्थानिय निर्वाचन सँगै जनताले स्थानिय सरकार मात्र होईन आफ्नै विवेकले चुनेको राजनैतिक नेतृत्व पाएको छ, भने गाउगाउमा सिंह दरवार पुगेको छ । माओवादी आन्दोलन र माओवादी पाटीको जित भने पनि हार भने पनि यहि हो । ढिलो चाडो ति विरयोद्धाहरुको योगदानको सहि मुल्यांकन र कदर हुनेछ ।

संघिय नेपालको ऐतहिासिक स्थानिय चुनाव परम्परावादी राजनैतिक पाटीको लागी प्रतिष्ठाको विषय बन्यो भने देशको प्रतिष्ठाको विषय बन्न सकेन बनाउन चाहेन्न । नेपालकमा ऐतिहासिक रुपमा द्धवन्द व्यावस्थापन हुदै गर्दा मिडियाहरु र नैपालको बौद्धिक जगतले यो मुद्धालाई अन्र्तराष्टियकरण गर्न सकैन्न । चुनाव सँग राजनितिक पाटीको प्रतिष्ठाको विषय जौडिनु स्वभाविक थियो तर समग्र राजनितिले देशलाई जिताउन सकैन विश्वमा नविनतम द्धवन्द व्यावस्थापनकौ विधिलाई अन्र्तराष्टिय समुदाय सँग पुर्याउन सकिएन, बरु परिवर्तनका बाहकहरुलाई पाखा लगाउनै काम गरियौ भ्रामक राजनिति पर्याप्त प्रयौग गरियो कुनै पाटीहरु आकारमा सानो ठुलो हुदै गर्दा यौ उपलव्धिलाई अन्र्तराष्टिय जगत सम्म पुर्याउन सकिएन, नैपाललाई एकाईसौ सताब्दिकौ द्धवन्द व्यावस्थापनकौ नमुना राष्ट निर्माण गर्नमा हामी र हाम्रौ राजनिति चुक्यौ । बरु जनताको कोमल भावनामा राष्टियता जस्तौ भावनात्क कुरा जोडियो, कुनै व्यात्तिको व्यात्तिगत र पारिवारिक चरित्रलाई राजनिति मुद्धा बनाईयौ, दैशको भातृत्व माथी हमला गरियो स्वघोषित राष्टवादी बने ।

अहिले राजनैतिक हिसाव कितावमा कस्ले जित्यो यो विषयमा फैसला गर्ने जिम्मा ईतिहासलाई छौडौ । तर पनि स्थानिय चुनावमा निकृष्ट राजनेतिक चरित्रको प्रयौग भएको छ, यस्ता बस्त्रधारी राजनितिक पाटी र स्यालहरुलाई ढिलो चाडो जनतालै पहिचान गर्नैछन ।

जनताको भोटलाई आधार मानैर हेर्ने हौ भने माओवादी केन्द्र तेश्रो बन्यो, कम्जोर बन्यो एमाले कांग्रेश पहिलो र दोश्रो बने तर रणनैतिक परिणामलाई आधार मान्नै हौ भने एमाले कांगे्रसले हारेकोे छ, एमाले कांग्रेशले नचाहा नचाहादै पनि देशको शान्ति प्रकृयाले पुर्णता पाएकौ छ, जनताका जनजिविका सँग जोडिएका माओवादी जनयुद्धका एजेन्डाहरु कानुनिक रुपमा स्थापित भएका छन, जनताको अभिमत द्धारा स्विकृत भएकाछन, जनता न्याय मुर्ति भई सकै पछि सार्वभौम जनताकौ फैसलालाई सर्वौ परि स्विकार गर्नु लौकतान्त्रिक दैशको राजनिति र राजनितिक सिपाहीको कर्तव्य हुन्छ, जनताकौ अभिमतलाई सम्मान गर्नै पर्छ ।

ऐतिहसिक स्थानिय चुनावमा लोकतान्त्रिक पाटीका अलोकतान्त्रिक चरित्रहरु प्रष्ट भए, जनताका आवश्यकतामा आधारित राजनिति नभई, व्यात्तिकौ चरित्र हत्या गर्दै विगतकौ उपलव्धिको अपमान गर्दै राष्टिय भातृत्व माथी प्रहारगर्दै चुनावकौ प्रचारको प्ररम्भ भयो । दलाल राष्टियताको झोला भित्र महान देशभक्त हरुको टाउकोलाई बौकेर बेच्ने दलाल प्रवृति राजनितिमा देखियो, गौरव पुर्ण ईतिहास र एैतिहासिक आन्दौलनका नाईकै र उसको परिवार माथी हमला गरियो हामीले विकास गर्न खौजेको यस्तो चरित्र भएको राजनितिले हामीले कल्पना गरे जस्तो स्वर्णिम राजनितिक मार्ग कौर्न सकिएला दैशकौ माटो बेच्नेहरु, नेपाल आमालाई कौडीको भाउमा बेच्नेहरु राजनितिक मसिहा बन्दै गरेको दृश्यहरु देख्दा जनता अझै भेडा भएको प्रष्ट छ, जनताले ईतिहासमा समिक्षा आफै गर्लान ।

दोश्रो स्थानिय चुनाव माओवादीका लागी यस अर्थमा पनि उपलव्धि मुलक बन्यौ कि तराईमा चुनाव बहिस्कार गरैको राजपा देखी पहाडको नेकपा सम्मको ऐतिहासिक स्थानिय चुनावमा सहभागि रह्यो, दशौ दलको रुपमा पुर्वमाऔवादीहरु, क्रान्तिका भक्तहरु देखि सम्वृद्धिका नाईकै सम्म माओवादीलाई हराउन र कम्जौर बन्न चोईटिएर चुनाव लडै, माओवादी कम्जोर हुदै गर्दा सवै माओवादी घटकहरु निन्द्राबाट व्युझिए जस्तै बनेका छन भने, संघय नैपालको संविधान राष्टिय सर्वस्विकार्य दस्तावैज बनैको छ । यहा सम्म आई पुग्दा माऔवादीले हारेको होईन बरु बलियौ सँग जितेको छ ।

ऐतिहासिक उपलव्धिको सावलमा वहस गर्दै गर्दा माऔवादी अभियानमा लागैर थाकेका, फाटेकाहरु सवै देशको ऐतिहासिक चुनावको डुंगामा सवार भए चाहे त्यो स्वतन्त्र रुपमा लडेको विप्लवको नेकपा होस वा वैद्यको क्रान्तिकारी वा बाबुरामको सम्वृद्धकारी । जे सुकै वाहानामा माओवादीलाई कम्जौर बनाए पनि पद र पैसा प्रतिष्ठाको सवालमा प्रचण्डलाई कम्जौर बनाउने रणनितिमा विक्रि भएकाहरु अहिले भोट बेच्दै हिडे सर्व साधारण जनतालाई भैडा बनाउदै हिडे । प्रचण्ड सँग प्रतिशोध साधेकाहरु आफै जनताबाट बहिष्कृत भए, यो समग्र माओवादी आन्दोलन सँग जोडिएका पक्षको चुनौती हो ।

हुन त बाबुराम आफै आफुलाई विद्धवान सम्झन्छन, उनका वरिपरिका दुई चार जनालै डाक्साव भन्दिदा आफुलाई निर्विकल्प नैता ठान्छन र अहिलै उनलाई पनि जनतालै खौलेर देखाई दिदा पश्चातापको रापमा डढिरहेका होलान, हैर्दै जाउ बाबुरामलै नयाँ शक्तिाई नै नया माओवादी शक्ति केन्द्र हो भन्ने दिन टाढा छैन । प्राप्त उपलव्धिहरु आफ्नै मुद्धा हुन अरु सवै साक्षि मात्र हुन भन्ने बाबुरामको अहमतालाई जनतालै ठिगान लगाए । डा.भट्टराईकौ धरातल राजनितिको गहिरो भाषमा कहिले नभेटाउने गरि हराई सकैको छ, राजनितिकरुपमा बाबुरामको पहिचान शुन्यतामा हराउने दृश्यहरु छर्लंग छ ।

साहित्यमा क्रान्ति देख्ने, दस्तावेजमा क्रान्ति देख्ने वैद्यले जनयुद्धको स्वाद सम्म लिन पाएन्न, सायद उनि सँग बाकी रहेको उर्जाकौ क्रान्ति अलाप थियो, जस्ले गर्दा उनि क्रान्ति भन्दा कहिल्यै थाकेन्न । वैद्यले जनयुद्धलाई आफु जेल हुदाकौ उपलव्धिहरु ठानेर गल्ति गरे, उनले प्राप्त भएको उपलव्धिको सम्मान गर्न सकैन्न, जेल बाट निस्किएर राजनितिक दस्तावेज लेख्ने वितिकै क्रान्तिको ज्वालादेख्ने वैद्यको क्रान्तिलाई पारालाईशिस हुदा आजभोली उहाकौ माक्र्शवादी दर्शन र क्रान्ति प्रतिकौ मौह भंग भएको होला ।
उहि वैद्यलाई गुरु मानैर वैद्यक्रान्तिमा लेपन लगाएर स्पात क्रान्तिका नायक बन्न खोजेका विप्लवलाई थवान वासिलैनै स्थानिय तहको निर्वाचनमा अस्विकृत गरि दिदा क्रान्ति लहड होईन क्रान्ति बुद्धि र विवैककौ संयोजन भएको नेतृत्व रहैछ भन्नै पाठ सिकाएको होला ।
माओवादी आन्दोलनले हारेको ईतिहास छैन र हार्दैन पनि, न कसैले हराउन सक्छ, अहिले माओवादीका मुद्धाहरु बलियो बन्दै जादा स्वयम माओवादी कम्जोर बनेको छ, कम्जोर एमाले कांग्रेसका कारणले होईन स्वयम माऔवादीकै कारणले भएको छ माओवादी अभियान प्रचण्ड बाबुराम, विप्लव वैद्यका कारण कम्जोर बनेको छ । सवै कुण्ठा,अहमता, रिस र घमण्ड तोडौ छुटेका हाम्रा हातहरु फेरी कहिल्यै नछुट्ने गरि मिलाउ, फाटेका मनहरुमा मलम लगाउ, आउ फेरी हामी जितौ ।

साच्चै तिमिले जन्माएका मुद्धाहरुमा कसैले राजगरि दिदा तिमी भित्रको माक्र्स, लैलिन र माओको छापले सराप्दैन ? राजनैतिक रुपमा राजनैतिक कमैया बन्दा तिम्रो राजनैकि स्वाभिमान बेच्न लाज लागेन ? हामी सवै माओवादीहरुलाई थाहा छ, हामी सवैको मन कुण्ठित भएको छ, माओवाद कुण्ठित भएर बाच्ने दर्शन हौईन, कुण्ठालै हामी सवै हार्नेछौ, हामी आफै सिद्धिनेछौ । हामी एकता सहितको क्रान्ति गरौ एकता सहितको देशको आर्थिक सम्वृद्धि गरौ, यहि त हो जन विद्रोह, विद्रोह पनि मिलेर गरौ । एकता सहितको माओवादी, विशाल माओवादी, बलियो माओवादी लिएर जनतामा जाउ संघ र प्रदेशको चुनावमा दलालका नाईकैहरुलाई पछारौ, सामन्त र षडयन्त्रको राजनितिलाई निश्तैज गर्दै फैरी एक चोटी माओवादी पाटीलाई विजयकौ माला लगाऔ । नया पुराना र क्रान्तिकारी जे भए पनि हामी सवै माओवादी हौ, हाम्रो एउटै लक्ष्य र सपनालाई साकार गर्न एउटै मालामा उनिन तयार हौ ।

हैन भने न विप्लवको एकिकृत क्रान्तिको सपना पुरा हुनेछ, न बाबुरामको सम्वृद्धिको सपना, न वैद्यको विद्रोहको कल्पना त्यसैले आउ फेरी माओवादी अभियानमा जुटौ, विदेशियका योद्धाहरु जुटौ कुण्ठा बोकेका प्रबुद्धहरु जुटौ फाटेका मनहरु जुटौ फेरी एकचोटी नेपाली राजनितिमा एकताको क्रमभंगताको चमत्कारीक छलांग मारौ । हामी सवैको सपना सँगै देशको विकास गरौ राष्टियताको रक्षा गरौ । एक विशाल फेरी विशाल स्पात झै जनताको माओवादी बनाउ, जनताका आवश्यकता र उपलव्धिको रक्षा गर्ने दायित्व पनि माऔवादी कै हो, ईतिहासलै सुम्पेको जिम्मेवारीलाई विशाल हृदयले स्विकारौ जनताको सेवामा लागौ ।

जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगरबससम्म

दोलखा, जेठ २८ । दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ । उहाँले जिरीलाई विश्व सामु चिनाउन बौद्ध धर्मावलम्बीको कुसुम निर्माण गर्ने र विश्वभरका बौद्ध धर्मावलम्बीलाई जिरी ल्याउने लक्ष्य आफूले लिएको पनि बताउनुभयो । जिरीको पर्यटन विकासका लागि अव जिरी नगरपालिकाको विभिन्न तीन ठाउँमा बौद्ध धर्मावलम्बीको कुसुम अर्थात तीन वटा भगवानको मूर्ति निर्माण गरेपछि वडा नं– ३ पटासेमा १२० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गरिने र त्यहाँ पुग्नका लागि जिरी बजारबाट केबुलकार सञ्चालनमा ल्याउने योजना नगरपालिकाकाको रहेको प्रमुख जिरेलले बताउनुभयो । पर्यटन विकासका लागि एक सय २० फिट अग्लो गुरु रिन्पोछेको मूर्ति निर्माण गर्ने चर्चा चलेको वर्षौँ वितिसकेको छ तर अहिलेसम्म त्यहाँको माटो परीक्षणसमेत हुनसकेको छैन । मनसुनको अन्त्य भएसँगै विशेषज्ञ प्राविधिकबाट त्यहाँको माटो परीक्षण गराउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । शाक्यमुनी बुद्धको मूर्ति जिरी नगरपालिका– ६ बुलडाँडामा निर्माण सम्पन्न भइसकेको छ भने कुसुममध्येको अर्को चेनरेजिक अर्थात लोकी शोरया भगवानको मूर्ति खावाडाँडामा निर्माण गर्ने लक्ष्य रहेको प्रमुख जिरेलले बताउनुभयो । यसरी तीन वटा अग्लो डाँडामा यी काम सम्पन्न गर्न सकिए साँच्चिकै पर्यटन विकासले ठूलो फड्को मार्न सकिन्छ, उहाँले भन्नुभयोे– “यसपछि जिरीको ध्यान विश्व समुदायमा केन्द्रीत हुने र संसारभरका बुद्धमार्गी जिरी आउने विश्वास छ ।” जिरीमा लामो समयदेखि नियमित यात्रुबाहक बस सञ्चालनमा छन् । तर जिरी बजारबाहेक गाउँ÷गाउँमा भरपर्दो र पक्की सडक नहुँदा हिउँदमा धुलम्य र वर्षामा हिलम्य हुनेगरेको छ । जसका कारण सडक भएर पनि नगरवासी पैदाल हिँड्न बाध्य छन् । तर अव नगरपालिकाको विभिन्न ठाउँबाट नगर बस सञ्चालमा ल्याएर नगरवासीको दुःख र पीडालाई सम्बोधन गर्ने दावी प्रमुख जिरेलको छ । नगर बस सञ्चालनमा ल्याउन सकियो भने नगरवासीको लागि मात्रै नभई सिङ्गो नगरको पर्यटन विकासमा टेवा पुग्छ, उहाँले भन्नुभयो ।

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

काठमाडौं, जेठ १५ । २०७४ रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपालमा पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ। योजनाअनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नुहुनेछ रत्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सक्नु हुने छ । यो योजना यही मई २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ । विश्वभरि आईएमईको पहुँच आफ्नो स्थापनादेखि नैे रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।  

खुला सीमानाले बेचविखन रोक्न चुनौति

कैलाली ।  खुला सीमाना, सीमा पार गराउने नयाँ–नयाँ तरिका, सामाजिक संजालको दुरुपयोग, गरिबीजस्ता कारणले कैलालीमा मानव वेचविखन नियन्त्रण गर्न चुनौतिपूर्ण बनेको छ । वेचविखन विरुद्ध क्रियाशील संघसंस्थाको तथ्यांकले वेचविखनका घटना पछिल्ला वर्षहरुमा घट्दै गएको देखाए पनि तथ्यांकजस्तो घटनामा कमी भने आएको छैन । दलालहरुले विभिन्न वहानामा सीमा पार गराउने भएकाले घटनामा कमी देखिए पनि बेचविखन नरोकिएको सरोकारवालाको भनाई छ । सामाजिक संजालको प्रयोगले अपरिचितसंग पनि आकर्षित हुनु, लोभ, लालच र आश्वासनमा फस्नु, भारतसंगको खुला सीमाना, बेरोजगार, गरिबीजस्ता कारणले वेचखिन बढ्दै गएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रसाद रिजालले बताउनुभयो । यहाँको त्रिनगर भन्सार नाकामा मात्र निगरानी रहेको र अन्य नाकामा चेकजाँच गर्ने कुनै व्यवस्था नहुँदा मानव वेचखिनका घटनामा कमी आउन नसकेको अनौपचारिक सेवा केन्द्र इन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशीले बताए । दिनप्रतिदिन दलालहरुले सीमा पार गराउने तरिका परिर्वतन गर्ने कारणले पनि बेचखिवनका घटना नियन्त्रण गर्न चुनौति थपिएको उनले बताए । अहिले सामाजिक संजालमार्फत एकअर्काप्रतिको आकर्षणले पनि कतिपय वेचविखनमा पर्ने गरेकाले यस्ता घटनालाई नियन्त्रण गर्न अभिभावक सचेत हुनुपर्नेमा फाया नेपालका पूर्वअध्यक्ष धनपति ढुंगेलले बताए । सात नम्बर प्रदेशमा कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकीबाट सबैभन्दा बढी व्यक्ति बेचविवखनका लागि सीमा पार गराइने गरिएको विभिन्न तथ्यांकले देखाउँछ । बेचविखन नियन्त्रणका लागि सिमा नाकामा सरकारी, गैरसरकारी संघ–संस्थाले मिलेर निगरानी बढाउनुपर्ने कैलालीका प्रजिअ रिजालले बताए । त्रिनगर नाका भएर बेचविखनका लागि भारत लग्दै गरेका ९६ जनाको सन् २०१५ मा र ८८ जनाको सन् २०१६ मा उद्दार गरिएको माइती नेपालका कार्यक्रम संयोजक शिवचरण चौधरीले बताए । यस्तै सन् २०१७ को मार्चसम्म ३५ जना व्यक्तिलाई उद्दार गरिएको उनले बताए ।

देशभरका शिक्षण संस्था बन्द

काठमाडौं, वैशाख २५ । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आजदेखि ३१ सम्म प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिईको छ । बिद्यालयमै मतदान केन्द तोकिएको र शिक्षकहर समेतनिर्वाचनमा सहभागी भएको अवस्थामा पढाई प्रभावित हुने भएपछि बन्द गरिएको हो । निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा पनि सार्वजनिक बिदा दिर्इएको छ ।

दिक्पाल र प्रमिलाको प्रेम कहाँनी (भिडियो सहित)

बैशाख २२ । गायिका प्रमिता तामाङको स्वरमा रहेको “लाहुरेकी छोरी” को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टिका भक्त जिरेलको शब्द रहेको गीतमा नारायण लामाको संगीत सुन्न सकिन्छ । गीतमा गायिका प्रमिला आफैले मोडलिङ गरेकी छिन् भने उनलाई नायक तथा मोडल दिक्पाल कार्कीले साथ दिएका छन् । भिडियोमा दिक्पाल प्रमिलालाई आफ्नो बनाउने दाऊमा हुन्छन् तर प्रमिलले उनलाई वास्तै गर्दिनन् । क्रान्ति केसीको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । युट्युबमा रिलिज गरिएको भएको छोटो समयमा नै “लाहुरेकी छोरी” लाई हेर्नेको संख्या साढे ४ लाख पुगिसकेको छ । युट्युबमा “लाहुरेकी छोरी” लाई दर्शक, स्रोताहरुले अत्याधिक मनपराएपछि गायिका प्रमिला चाँडै अर्को गीत पनि बजारमा ल्याउने तयारीमा छिन् । यस्ताे छ भिडियाे

कार्लमाक्र्सको सिद्धान्तलाई आत्मसात् गरे कोही असफल हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ, वैशाख २२ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कार्लमाक्र्सको सिद्धान्तलाई आत्मसात् गरी अगाडि बढेमा कोही पनि असफल नहुने बताएका छन् । कार्लमाक्र्स द्विशतवार्षिकीको मूल समारोह समितिले आयोजना गरेको कार्लमाक्र्सको १९९औँ जयन्तीका सन्दर्भमा आयोजित युवाको दृष्टिमा कार्लमाक्र्स विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थबाट माथि उठी सामाजिक हितका निमित्त सबैले काम गर्नुपर्ने विचार व्यक्त गरे । त्यस्तै आयोजक समितिका अध्यक्ष एवम् नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले माक्र्सवादको सिद्धान्त अत्यन्त राम्रो भएको विचार व्यक्त गर्दै युवापुस्ताले कार्लमाक्र्सलाई बिर्संदै गएको आभास भएकाले माक्र्सको ज्ञानको प्रचारप्रसार गर्न कार्यक्रमको आयोजना गरिएको बताए । अध्यक्ष भुसालले कार्लमाक्स ज्ञानको खानी भएको भन्दै समाजलाई माथि उठाउन माक्र्सको ठूलो योगदान रहेको टिप्पणी गरेका छन् । नेकपा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले युवाले आआफ्नो भूमिका निर्वाह गर्न जान्नुपर्ने भन्दै कार्लमाक्र्सको सिन्द्धान्त प्रेरणादायी भएको बताए । कार्यक्रममा गौतम राई ,अनिलकिशोर घिमिरे, रञ्जीत तामाङ, रामबाहदुर बुढा, उषाकिरण तिमिल्सिना, मदन अर्याललगायतले कार्लमाक्र्सको जीवनी तथा योगदानका बारेमा चर्चा गरेका थिए ।

अत्याधुनिक बसपार्क निर्माणका लागि करोडौँको जग्गादान

इलाम, वैशाख  २० । इलामको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले करोडौँ मूल्य पर्ने १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् । बसपार्कका लागि सूर्याेदय नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन-तीन रोपनी जग्गा दान दिनुभएको छ । सूनपा–१० का श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले तीन रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएको छ । चलनचल्तीको भाउमा फिक्कलमा एक रोपनी जग्गाको करिब रु ३० लाखभन्दा बढी पर्छ । बसपार्क निर्माणका लागि नगरपालिका कार्यालयले चालु आवमै रु १५ लाख ६३ हजार रकम विनियोजन गरिसकेको र निर्माण प्रक्रिया अघि बढाइसकेको नगरपालिकाका प्राविधिक गोविन्द पौडेलले बताउनुभयो । नगरपालिकाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं १ बाट रु नौ लाख ७० हजार, आन्तरिक स्रोतबाट रु चार लाख ६९ हजार र उपभोक्ता समितिबाट रु एक लाख २३ हजार विनियोजन भएको हो । प्रारम्भिक पूर्वाधार निर्माण अन्तर्गत बसपार्क प्रवेश गर्ने प्रवेश मार्ग र बसपार्क सम्याउने काम थालिनेसमेत प्राविधिक पौडेलले बताउनुभयो ।

माओवादी केन्द्र ललितपुरको दुई नगर प्रमुख बाहेक अन्य पदमा उम्मेदवार तय

ललितपुर, वैशाख १८ । माओवादी केन्द्र ललितपुरले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि ललितपुर महानगरपालिका र गोदावरी नगरपालिका प्रमुख र उपप्रमुख बाहेक जिल्लाका अन्य सबै नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाहरुमा उम्मेदवारको टुङ्गो लगाएको छ । ललितपुरका ३ गाउँपालिका, १ महानगर र दुई नगरपालिका गरी ६ वटा स्थानीय निकाय मध्ये १ नगरपालिकाको मेयर, उपमेयर र ३ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र नगरपालिकाका वडा अध्यक्ष लगायतका पदमा सर्वसहमतिबाट छनौट गरिए तापनि १ महानगर र १ नगरपालिकाको प्रमुख र उपप्रमुखमा सहमित जुट्न नसकेपछि उम्मेदवार छनौट जिल्ला समितिले केन्द्रिय समितिलाई सिफारिस गरिएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हरि दाहालले जानकारी दिए । दुई नगर प्रमुख र उपप्रमुखको कारणले चुनावी प्रचारप्रसारमा नरोकिने र छनौट भएका उमेद्धवार अधिकतम कुसल, सक्षम र प्रभावशाली व्यक्तित्व भएकाले अनुमान गरिएको भन्दा राम्रो परिणाम आउने समेत दाहालले वताए । ललितपुर महानगरपालिकाबाट नगरप्रमुख पदको लागि दिनेश महर्जन, अर्जुन कार्की र आस्था शाक्य र गोदावरी नगरपालिकाको नगरप्रमुखमा श्रीगोविन्द महर्जन र महेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्र, ललितपुर स्थानीय तहको निर्वाचन २०७४ नगरपालिका तथा गाउँपालिका उम्मेदवारहरुको विवरण महालक्ष्मी नगरपालिका मेयरः शिव प्रसाद कट्टेल उपमेयरः लक्ष्मी सिंह महर्जन वडा नं. १ अभिषेक केसी वडा नं. २ सुरेश महर्जन वडा नं. ३ सुमन केसी वडा नं. ४. कृष्ण बहादुर थापा वडा नं. ५. सरथ राना मगर वडा नं. ६. महेन्द्र श्रेष्ठ वडा नं. ७. अर्जुन थापा वडा नं. ८. कान्छा श्रेष्ठ वडा नं. ९. मोहन तण्डुकार वडा नं. १०. बलराम लामा बागमती गाउँपालिका अध्यक्ष ः राजु आले मगर उपाध्यक्ष ः कमला थापा मगर वडा नं. १ ज्ञानबहादुर लामा वडा नं. २ चन्द्र भोलान वडा नं. ३ दीपक घिमिरे वडा नं. ४. जुवार लाल लामा वडा नं. ५. ओम प्रसाद तिमल्सिना वडा नं. ६. रामशरण घिमिरे वडा नं. ७. कृष्ण बहादुर बल महाँकाल गाउँपालिका अध्यक्षः बुद्ध बहादुर नेंगी उपाध्यक्षः बिमला आचार्य वडा नं. १ खुम प्रसाद गौतम वडा नं. २ संजय तामाङ वडा नं. ३ राजेन्द्र न्यासुर वडा नं. ४. माधव दुलाल वडा नं. ५. तुलसी बजगाई वडा नं. ६. माधव बन्जरा कोन्जोसोम गाउँपालिका अध्यक्षः गोपीलाल सिंस्ताङ उपाध्यक्षः मिन्मा लामा वडा नं. १ सन्तलाल तामाङ वडा नं. २ ध्रुव घिमिरे वडा नं. ३ उद्धव घिमिरे वडा नं. ४. कपिल लामा वडा नं. ५. सुबिन्द्र बल

१० वर्षसम्म काँग्रेस-माओवादी गठबन्धनको खाँचो

 रूद्रप्रसाद भट्टराई दुई चरणको स्थानीय निर्वाचनमा सत्तासाझेदार र जिम्मेवार प्रतिपक्ष एमाले लगभग् सहमतीमा पुगेका छन् । अनेक रस्साकस्सीले यो सहमती निर्माणसँगै निर्वाचन नहुने भन्ने आशँकालाई कम गरिदिएको छ । तर, एकातिर चुनावी माहौलमा मूलुक गैसकेको बताइरहँदा मधेश केन्द्रीत दलहरूको असन्तुष्टि नसमेटीएको कारण चुनावमा नजाने निर्णय नै आइसकेको छ । मधेशी दलहरूले उठाएको मुद्धामा कुनैपनि यो समय संशोधन नहुने बताएसँगै उठेको समस्याले कतै हात्ती आयो फुस्सा भनेजस्तै देखिएको छ । यदी यो अवस्था यो १९ गतेसम्म कायम रहेमा बैशाख ३१ को पहिलो चरणको चुनावको टुँगो नलाग्ने अवस्था कायमै देखिन्छ । ललिपप् ख्वाएर अगाडि बढेपनि निर्वाचनको बीचमा कानुन परिवर्तन नहुने पक्षले मधेशलाई अलग्याएको भान समेत देखिएको छ । अहिले नै मधेशलाइ नसमेट्ने हो भने समस्याले निकास भन्दा समस्या जन्माउने संभावना उत्तिकै देखिन्छ । तर, स्थलमा पूर्ण चुनाव लागिसकेको छ । तुल, व्यानर, पर्चा र पम्प्लेटसँगै सामाजिक सञ्जालहुँदै कार्यक्रमहरू गाउँ गाउँमा थामिनसक्नु छ । सबै दलहरू आफ्ना उम्मेद्वारको चयन र लिष्ट सार्वजनिक गर्दै भोट माग्न व्यस्त छन् । सबै रातो देखिएको छ, नबनेका कामहरू जिल्ला र गाउँमा बन्न थालेका छन् । यसको मतलव् सहज बुझ्न सकिन्छ, चुनाव आयो ! आयो !! अनि आयो !!! एमालेको आगमनले थप उर्जा पक्कै मिलेको छ । अब चुनाव हुनेमा जनताले आशा गर्न थालेका छन् । यो चुनावलाई अवसरको रुपमा प्रयोग गर्दै सँविधानको कार्यान्वयनमा द्वार हुने कुरालाई यदि हेक्का गर्न सकियो भने चुनाव कसैको इन्कारभित्र पर्दैन पनि । त्यसको लागि खाँचो छ, गठबन्धनको । तर, कसको गठबन्धन ? । पछिल्लो सरकारको गठबन्धनले ९ महिना लाग्दैगर्दा जनताले राहतसँगै ठूलो उपलब्धी हासील गरेका छन् । चाहे त्यो उर्जा होस् वा स्वास्थ्य, त्यस्तै दैनिक जीवनका आवश्यकताको प्राप्ति नै किन नहोस् विकासको अनुभूति गरेका छन् । रोकिएका उद्योगहरू खोलिएका मात्र होइन वर्षौँदेखि घाटामा चलेकाहरू आज २० औँ करोड नाफामा उक्लीएका छन् । रोकिएका सडक निर्माणमा तदारुकता देखिएको छ । खानेपानी, खाद्यन्न क्षेत्रमा प्रगति देखिएको छ । विभिन्न स्वास्थ्य सेवाहरू निशुल्कः उपलब्ध भएको छ । उर्जामा ठूलो उन्नती छाएको छ । दैनिक प्रशासनका कार्यहरूमा भ्रष्टाचारमा न्यूनता छाएको छ, कामहरू सहज तरिकाले सम्पन्न हुन थालेका छन् । यसैको परिणाम चालू वर्षको कूल गार्हस्थ उत्पादन वृद्धिदर लगभग ७ प्रतिशतको हाराहारीमा पुग्ने भएको छ । यस आवको ६ देखि ९ महिनाको यथार्थ तथ्याँकको आधारमा र बाँकी सामान्य अवस्था रहेको अवस्थालाई अनुमानमा कुल गार्हस्थ उत्पादनमा उत्साहजनक अवस्था देखिन आएको हो । तथ्याँक विभागले दिएको जानकारीमा अनुकुल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, निर्माण कार्यले लिएको गति र उर्जा सँकटको समाप्तिसँगै अर्थतन्त्रमा सुधार आएको बताएको छ । मौसम बाहेक तर उचित वातावरणको निर्माणसँगै छातिमा हात राखेर भन्नुपर्छ यो सबै कुरा प्राप्तिको पछाडी काँग्रेस—माओवादी गठबन्धन सरकारको भूमिका छ । यदि यहि गठबन्धनको अवस्था १० वर्ष लम्बिने हो भने देशले काँचूली फेर्न कुनै समय नलाग्ने देखिन्छ । यो गठबन्धन नचाहनेले मात्र विरोधी नजरले हेरेको पाइन्छ तर समन्वयकारी भूमिका निर्वाह गरिरहेका हरेकको भोगाइले सकारात्मक सँकेतमा हात उठाइसकेका छन् । हुन त चुनावको मुखमा आएको यो तथ्याँकले हावादारीमा तौलिएपनि काँग्रेस—माओवादीको घोषणापत्र अन्य अवस्थाको भन्दा फरक अवश्य देखिन्छ । यहि काँग्रेसले माओवादी जन्मायो भने उसैको सहकार्यमा युद्धको समाप्ति गर्यो । देश बनाउँछन भने यी दुइ दलको भूमिकाले सम्भव छ । अखिर चाहना र सम्बन्ध भयो भने यो कुरा प्राप्ति हुन्छ भन्ने भर्खरैका उदाहरणलाई दुइको सम्बन्धले अझ प्रगाढ बनाएको देखिन्छ । काँग्रेसले निशुल्क शिक्षा, प्राविधिक शिक्षालय, शिशु विकास केन्द्र, प्रसुति सेवा, कम्तिमा १५ शैयाको अस्पताल, पक्की सडक, बैँक खाता, उज्यालो बस्ती, धारा, शौचालय, जेष्ठ नागरिकको सुरक्षा, अपाङ्ग मैत्री पूर्वाधार, कृषि विकास, कलाको सम्वद्र्धन, निजी क्षेत्रको उन्नती, प्रविधिको पहुँचता, मठमन्दिरको स्थापना, ग्रामीण बजार, फराकिला चोक तथा गल्लिहरू, सञ्चार, सुरक्षा पोष्ट, प्रदुषण रहित खोला नाला, स्वच्छ वातावरण, युवा तथा किशान क्लव, बारुण यन्त्र, विपत्को लागि एलर्ट र सार्वजनिक भवन, पर्यटन केन्द्रको स्थापना, जनउत्तरदायी, भ्रष्टाचारमुक्त स्थानीय प्रशासनको घोषणा गर्नु अनौठो विषयभित्र र नसक्ने भन्न मिल्दैन । नपुग्ने र हावको महलको योजना यस घोषणामा देखिँदैनन् सबै पूरा हुने क्षेत्रहरू हुन् जुन यहि स्रोतको व्यवस्थापनबाट सम्भव छ । यस्तै माओवादी केन्द्रको चुनावी घोषणापत्रमा मात्रै होइन प्रत्येक अँशमा उठाइरहेको विषयहरूले प्राथमिकता पाउनु विपक्षीको चुनावी मसला होला तर सर्वसाधारणको नजरमा देखिँदैन । घोषणा पत्रमा उसले एक वर्षभित्र नयाँ सँविधान दिने प्रतिवद्धता सहित प्रत्यक्ष चुनिने राष्ट्रपति कार्यकारी प्रमुख र प्रशासन चलाउने प्रधानमन्त्रीको प्रस्ताव ल्याएको छ । यस्तै राज्य पुनर्सँरचनामा जातिय पहिचानको प्रदेश, राष्ट्रिय महत्वका विषयमा जनमतसँग्रह, हरेक १० वर्षमा देशको प्रगति र ४० वर्षमा नेपाल धनी बनाउने, दोहोरो अँकको आर्थिक वृद्धि, आन्तरिक र वाह्य लगानीको सन्तुलन, कृषि निभृतिभरण कोष, किसानको परिचयपत्र, पर्यटनमा थप लगानी जस्ता पक्षहरूलाई जोड दिँदै रोजगारी, शिक्षा, स्थानीय तहको विकासमा उसले ध्यान केन्द्रीत गरेको छ । विपक्षीले जतिनै बहाना खोजेपनि धरातलमा यी सबै कुरा प्राप्ति हुने नै देखिन्छ । यसकारण तितो सत्य ओकल्नै पर्छ, काँग्रेस—माओवादीका यी प्रतिवद्धताले सँघीय सँविधानको कार्यान्वयनसँगै देशमा उचो आर्थिक वृद्धि हासिल गर्ने पक्का छ । सवारी साधन, यातायात, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि, पर्यटन, वित्तीय सँस्था, सामाजिक सुरक्षा, बाह्य सम्बन्ध विकास, लगानीको वातावरण, क्षेत्रको जीविकोपार्जनमा उन्नती जस्ता महत्वपूर्ण र सकिने योजनाहरू पुरा नहुने छैनन् । यसको लागि यो सरकार अर्थात काँग्रेस—माओवादीको सम्बन्ध एकदशक लम्बिनु अपरिहार्य छ । यो गठबन्धनमा कुनै पक्षको भन्दापनि देशको वृहत्तर विकासको आधार रहेको छ । आशा गरौँ यो गठबन्धनमा कालो छायाँ कसैको पर्दैन ।

अलि ठूलो ताल्चा लगाउने कि हुन्छ ?

अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गर्दै । तस्वीर : आर.सी. अधिकारीको फेसबुकबाट

जेठदेखि पैदलयात्रुलाई झन कडाइ

काठमाडौं, बैसाख १३ ।  चालक र यात्रुको लापरबाहीले सवारी दुर्घटना बढेपछि काठमाडौं उपत्यका ट्राफिक महाशाखाले आगामी जेठदेखि सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा कडाइ गर्ने भएको छ । महाशाखाका डिआयजी मिङ्मार लामाले जेब्रा क्रसिङमा गाडी नरोक्ने चालक, फुटपाथबाट नहिँड्ने र जेब्रा क्रसिङबाट सडक नकाट्ने पैदलयात्रीलाई कडा कारबाही गर्ने तयारी भइरहेको बताए । पहिलो चरणमा जनचेतनामूलक अभियान चलाउने भन्दै उनले फुटपाथ प्रयोग नगर्ने, जेब्रा क्रसिङ प्रयोग नगर्ने व्यक्तिले २ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने बताए । यो खबर आजको कान्तिपुरमा छ ।  

के चाँही किनौ होला ?

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजधानीको भृकुटीमण्डपस्थित १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला एवं नवीनतम प्रविधि प्रदर्शनीको उद्घाटनपछि मेलामा राखिएका सामानहरुको अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ, काठमाडौ

लोडसेडिङ अन्त्यको कथा सार्वजनिक

बैशाख ७ । लोडसेडिङमुक्त देश बनाउने अभियानका साथ निर्माण भएको फिल्म ‘उज्यालो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । नेपालमा लोडसेडिङका लामो मार खेप्नु परेको जनता तिनले पाएका दुःख पीडा र लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर निर्माण भएको यस फिलिममा उर्जामन्त्री जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई फिल्ममा देखाएको छ। कुलमान घिसिङ जस्तो इच्छाशक्ति बलियो भएको व्यक्तिको कारण उर्जा क्षेत्रमा भएको नाटकीय परिर्वतन र सकारात्मक प्रभाव नै फिल्मको मुख्य विषय भएको बताइएको छ । अभिनेता राजेश हमालले फिल्ममा मन्त्रीको भूमिका निभाएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । शुभ मिडिया होम प्रालिले निर्माण गरेको फिल्ममा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको यस फिलिममा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ । उक्त फिलिम हाल नेपाल टेलिभिजनमा प्रसारण भइसकेको छ ।

लाै भन्नुस् त को राम्रो देखिएको छ ?

नेपाली काँग्रेसको प्रेदश नं. ५ स्तरिय वृहत आमसभामा काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईराला, पूर्व महामन्त्री कृष्ण सिटौला, सिंचाई मन्त्री एवं केन्द्रीय सदस्य दिपक गिरी लगायतका नेता कार्यकर्ताहरु । तस्वीर : बालाराम खड्का, दाङ