आलमलाई छुटाउन पहल गरिरहेको छुः देउवा

रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज रौतहट आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

अर्काे प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरूपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।

राष्ट्रपति र प्रधानमन्त्रीमाथि फेरि खनिइन् झाँक्री, भनिन्– कसले भन्छ बोल्न पाइँदैन ?

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले सबैले बोल्न पाउनुपर्ने बताएकी छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले संसद् विघटनविरुद्ध गरेको विरोध सभामा उनले भनिन्, ‘राष्ट्रिपति पद सबैको बलिदानीले प्राप्त भएको हो । बोल्न पाइन्छ, कसले भन्छ बोल्न पाइँदैन ? खलपात्रको विरुद्ध बोल्दा कसले भन्छ महिला अस्मिता ?’ ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्, ‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’ उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त, भागरथी भट्टलगायतले न्याय नपाउँदा महिलाको अस्मिता प्रश्न उठाउन पाइने बताइन् । उनले राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर विद्यादेवी भण्डारीले तानाशाह, अहंकारी, सनकी प्रधाननमन्त्रीलाई सहयोग गरेको आरोप लगाएन् । उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीको कडा विरोध गरिन् । राष्ट्रपतिविरुद्ध बोल्दा आफूमाथि कारवाहीको माग गर्नेहरूले निर्मला, भगरथीको न्यायका लागि बोल्न नसकेको बताइन् । उनले संसद् पुनःस्थापना हुने दाबी गरिन् । उनले भनिन्, ‘संसद् पुनःस्थापना भएन भने प्रधानमन्त्रीसँग अच्चमको अधिकार मात्रै बाँकी हुनेछ । संविधानका नलेखिएको ।’ उनी मुखमा कालो टेप टाँसेर माइकअघि पुगेकी थिइन् । कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन् । नेकपा विरोध प्रदर्शनमा लाखौं जनता सडकमा, दोश्रो जनआन्दोलनको झल्को (फोटोफिचर)

पार्टी एकता जोगाउन आरोपपत्र फिर्ता र निर्वाचनमा आउन आग्रह

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा हुने सभामा सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागिएको हो । सभा मध्याह्न १२ः०० बजे सुरु हुनेछ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त महत्वपूर्ण जानकारी दिने श्रेष्ठले बताए । यसअघि यही माघ ९ गते दाहाल-नेपाल समूहले काठमाडौंमा सभा गरेको थियो । वाग्मती प्रदेशबाट आज पार्टी कार्यालय धूम्रबराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले पार्टीभित्र नै काम गर्न नदिएपछि सरकार ताजा जानादेशमा जानु परेको बताए । उनले वर्तमान परिस्थिति कसरी निर्माण भएको हो, सोको जानकारी दिनका लागि सभा राखिएको बताउनुभयो । उनले सभालाई व्यवस्थित बनाउन सबै तयारी पूरा गरिनेसमेत बताए । नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकतालाई कायम राख्नका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई लगाएको आरोपपत्र फिर्ता लिनुपर्ने र घोषित आगामी वैशाख १७ र २७ गतेको निर्वाचनमा तयार भएर आउनुपर्नेमा जोड दिए। उनले यी दुई कुरा गरेर आउँदा अहिलेको पार्टीको स्थितिलाई टार्न सकिने बताए । उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले गरेको निर्णयलाई आफूहरुले सकारात्मकरुपमा लिएको जानकारी दिनुभयो । ‘आयोगले गरेको निर्णयलाई हामी सम्मान गर्दछौँ, हामीले पार्टीबाट कसैलाई पनि निष्कासन गरेका छैनौँ, हामी पार्टी एकताको पक्षमा छौँ’, उनले भने, ‘हिजो आयोगको निर्णयले पनि नेकपा फुटेको छैन, कसैले पनि चाहेर फुटाउन सक्दैन भन्ने पुष्टि गरेको छ ।’ उनले सभा राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै अराजक गतिविधि गर्ने विपक्षमा सभा रहेको बताए । उनले हालै मनोनीत गरेका केन्द्रीय सदस्य राजनीतिक भएकाले आवश्यक पर्दा कानूनी रुपमा प्रस्तुत गर्ने बताए। यस्तै प्रदेश कमिटी अध्यक्ष पोखरेलका अनुसार सभा सफल बनाउनका लागि वाग्मती प्रदेश र उपत्यका विशेष प्रदेशका १७ जिल्ला कमिटीले यही माघ १४ गतेभित्र ५०१ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिनेछ । उक्त कमिटीले आ-आफ्नो जिल्लामा जनपरिचालन गरी सभामा व्यापक जनसहभागिता गराउनेछ । प्रदेश अध्यक्ष पोखरेलले यही माघ १७ गतेभित्र सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनले यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गर्ने छन् । यस्तै राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घले दुई हजार एक सदस्यीय स्वयम्सेवक परिचालन गर्नेछन् । माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली र्‍यालीमा सहभागी हुने छन् । र्‍यालीको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्नुहुनेछ । र्‍यालीमा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आ-आफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आ-आफ्नो ब्यानरसहित सहभागी हुने उनले बताए। सभा हुनुभन्दा दुई दिनअघि यही माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत हुनेछ । जनपरिचालन कमिटीका संयोजक श्रेष्ठले सभामा अराजनीतिक नभएर राजनीतिक, अनुशासित नारा हुने बताए । उनले नागरिकलाई दुःख समस्या नभई पहिल्यै नै र्‍यालीको हिँड्ने बाटो निर्धारण गरिने जानकारी दिनुए । गोरखापत्रबाट साभार

‘बच्चन पाण्डेमा अक्षय कुमारको डरलाग्दो गेटअप

काठमाडौं । अक्षय कुमारको ‘बच्चन पाँडे’ अर्को सालको जनवरी २६ मा रिलिज हुने भएको छ । अक्षयले इन्स्टाग्राममा यो भनाइ पुष्टि गरेका छन् । उनले बच्चन पाँडेमा हुने अक्षयको तस्विर पनि सार्वजनिक गरेका छन् । यसमा उनी विल्कुल फरक देखिएका छन् । उनको आँखामा भिन्नै चमक देखिएको छ । यसमा उनी दाह्रीसहित चेन लगाएर भिलेनको अवतारमा देखिएका छन् । अक्षयले लेखेका छन्, ‘उसका बस लुक नै काफी छ, ‘बच्चन पाँडे’ २०२२ जनवरी २६ मा रिलिज हुँदैछ ।’ अभिनेत्री कृति सनोन र जैकलीन फर्नांडीजका साथ अक्षयले बुधवारदेखि नैसलमेरमा फिल्म शूटिगं सुरु गरेका छन् । चैतसम्मा शूट जारी रहनेछ । फिल्मको गडीसर झील र जयसालकोट जैसी जस्ता स्थानमा शूटिगं गरिनेछ । फरहाद सामजीको निर्देशनमा अक्षय एक गैंगस्टरको भूमिकामा देखिदैछन् । जो एक अभिनेता बन्ने इच्छा राख्दछन् । अभिनेत्री कृति भने पत्रकारको भूमिकामा देखिदैछन् । जो एक दिर्नेशिक बन्ने इच्छा पनि राख्दछिन् । फिल्ममा अरशद वारसी नायकका साथीको रुपमा देखिदैछन् ।एजेन्सी

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

काठमाडौंः पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् । सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् । नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख पिएसएलको ड्राफ्टमा परेका थिए । ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए । नेपाली खेलाडी अलग–अलग समूहमा ड्राफ्टमा परेका थिए । लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य ९ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए । गत वर्षको पिएसएलमा पनि नेपालका ८ खेलाडी ड्राफ्टमा परेका थिए । अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पिएसएलका लागि छनोट हुन सकेनन् ।

अझै नेपाल-भारतबीच एक महिना हवाई उडान नहुने

काठमाडौं : नेपाल-भारतबीचको हवाई उडान सुरु हुन अझै कम्तीमा एक महिना लाग्ने भएको छ । ११ चैत २०७६ यता रोकिएको हवाई उडान हुन कम्तीमा अझै एक महिला लाग्ने भएको हो । भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज दोस्रो साता एयर बबल स्किममा सहभागी भई भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको थियो । मन्त्रालयले १ कात्तिकबाट उडान सुरु गर्ने गरी प्रस्ताव परेको थियो । सो प्रस्ताव सीसीएमसीबाट मन्त्रिपरिषद् पुगेपनि पास भने नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोत नखुलेको साढे ६ लाखसहित २ महिला पक्राउ

रौतहट : लाखौंँ रुपैयाँसहित २ महिला पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका-३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका २ भारतीय महिलाका साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए । रकमसहित पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन् । निजहरूलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भदौ १६ देखि मात्र लामो दूरीका यातायात र हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं : अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि खोल्ने निर्णय गरिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले ४ महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । तर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

‘काठमाडौं उपत्यकामा संक्रमण बढ्न थाल्यो, घरबाहिर ननिस्कनू’

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएकाले विना काम घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘काठमाडौं उपत्यकाजस्ता घनाबस्ती भएका शहरमा अत्यावश्यक काम भए मात्रै घरबाट निस्कन अनुरोध गदैछौं ।’ उनले काठमाडौं उपत्यकाजस्ता घना बस्ती भएको शहरमा कोरोना भाइरसको संक्रमण वृद्धि भएकोले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न, साबुन पानीले मिचिमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट ननिस्कन, वृद्धवृद्धालाई थप सुरक्षामा राख्न अपील गरे । काठमाडौं उपत्यकामा सोमबार ८ जना कोरोना संक्रमित थपिएका थिए ।

भरतपुर महानगरपालिकामा शिक्षालाई प्रमुख प्राथमिकताः दाहाल

चितवनः भरतपुर महानगरपालिकाको शिक्षा क्षेत्रको विकासमा झन्डै १८ करोड लगानी हुने भएको छ । यो लगानी चालु आर्थिक वर्ष र आगामी वर्ष २०७७/७८ मा खर्च गरिनेछ । शिक्षा क्षेत्रमा मात्र १८ करोड लगानी भरतपुर महानगरको शैक्षिक विकासमा खर्चेको हालसम्मको ठूलो लगानी हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरबाट १७ वटा विद्यालयको भवन निर्माणको लागि मोटामोटी ११ करोड ७० लाख लगानी हुने भएको छ । यस्तै संघीय सरकारबाट भरतपुर महानगरको शिक्षामा एक करोड ३३ लाख लगानी हुने भएको छ । यसैगरी भरतपुर महानगरको आन्तरिक स्रोतबाट चार करोड ९५ लाख लगानी हुने भएको छ । संघीय सरकारबाट आएको बजेट र भरतपुर महानगरको आन्तरिक स्रोतबाट शिक्षामा लगाइएको बजेटको काम यही चालु आर्थिक वर्ष सक्नुपर्छ भने जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरबाट भएको लगानीको काम आगामी वर्ष २०७७÷७८ को माघसम्ममा सक्नुपर्छ । शिक्षालाई प्रमुख प्राथमिकताः दाहाल भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकता दिएको बताइन् । उनले शिक्षामा प्रदेश, संघीय र महानगरको आन्तरिक स्रोतबाट ठूलो लगानी भएको बताइन् । उनले भनिन्, ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो, शिक्षाको विकासकै कारण समग्र क्षेत्रको विकासमा योगदान पुग्छ, त्यसकारण पनि शिक्षालाई प्रमुख प्राथमिकता दिएका हौँ ।’ १७ विद्यालयलाई चार कोठाको भवन भरतपुर महानगरका १७ वटा विद्यालयमा चार वटा कोठाको नयाँ भवन निर्माणको काम यतिबेला भइरहेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाई भरतपुरको सहयोगमा भवन निर्माणको काम भइरहेको छ । एउटा विद्यालयमा ६८ लाखदेखि ७० लाखसम्मको भवन बनाइने जिल्ला आयोजना कार्यान्वयन एकाई भरतपुरले जनाएको छ ।

शिक्षामन्त्री पोखरेलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

महोत्तरीः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जिल्लाका स्वास्थ्य केन्द्रका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित रहेका मन्त्री पोखरेलले जिल्लाका पाँच प्राथमिक स्वास्थ्य केन्द्रका लागि कोभिड–१९ जाँचमा आवश्यकपर्ने स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन् । बर्दिवास नगरपालिका–३ स्थित आधारशीलामा मन्त्री पोखरेलले हस्तान्तरण गरेका सामग्री जिल्लाका गौशाला, रामगोपालपुर, पिपरा, लोहारपट्टी र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भएको स्पष्ट पारे । दक्ष चिकित्सक रहने प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेका प्राप्त सामग्री निकै उपयोगी हुने उनको भनाइ छ । प्रदान गरिएका सामग्रीमा मास्क, पञ्जा, पीपीई, थर्मलगन, थर्मोमिटर, सुजकभर, फेसलाइट, स्यानिटाइजर, पञ्जासहितका सामग्री छन् । त्यसैगरी मन्त्री पोखरेलले १५ शय्याको अस्पताल सञ्चालनका लागि बर्दिवास अस्पताल भेन्टिलेटरसहितका उपकरण र अन्य स्वास्थ्य सामग्री बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र कोभिड–१९ सँगसम्बन्धित सुरक्षा प्रबन्धका सामग्री गौशाला तथा भङ्गाह नगरपालिकाका नगरप्रमुख शिवनाथ महतो र सञ्जिवकुमार साहलाई हस्तान्तरण गरे । वितरण गरिएका सामग्रीमा पञ्जा १० हजार थान, सर्जिकल मास्क १८ हजार थान, पञ्जा १० हजार थान, पिपिई ७५ थान, थर्मलगन छ थान, लाइफब्वाय साबुन २५२ वटा, थर्मोमिटर १५ थान, सुजकभर ५० थान, फेसलाइट ५० थान र स्यानिटाइजर १०० लिटर रहेको सो अवसरमा जानकारी दिइएको थियो । बर्दिवास अस्पताललाई यसबाहेकका उपकरण प्रदान गरिएको छ । हस्तान्तरण गरिएका सामग्री स्वास्थ्य सेवा विभाग र वेभ ट्रेण्ड कन्सर्न, निक साइमन, साझा सहकारी संस्थासहितका सामाजिक सङ्घसंस्था र व्यक्तिगत तवरले सन्तोष दाहालसहितबाट प्राप्त भएका मन्त्री पोखरेलले जानकारी दिए । प्राप्त सामग्रीबाट अहिलेको कोभिड–१९ सम्बन्धित जाँच, सुरक्षा प्रबन्ध र तयारीमा सहयोग हुने जिल्लाका प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । प्राप्त सामग्री आवश्यकताका आधारमा स्वास्थ्य केन्द्र र क्वारेन्टाइन केन्द्रमा पुर्‍याइने खत्रीको भनाइ छ ।

प्रचण्ड–नेपाल समूहलाई वामदेव प्रधानमन्त्री स्वीकार्य तर पहिलो शर्त ओलीको राजीनामा

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री केपी शर्माको प्रस्तावमा प्रचण्ड र माधव नेपाल समूह सकरात्मक देखिएको छ । तर, उक्त समूहले त्यसमा पहिलो शर्त प्रधानमन्त्रीको राजीनामा राखेको छ । पार्टीमा विवाद बढ्दै गइरहेको बेला गत बुधबार बसेको सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।   ओलीको पहिलो प्रस्तावबारे सकरात्मक भएको प्रचण्ड–नेपाल समूहले दोस्रो प्रस्ताव भने अस्वीकार गरेको छ । ओलीको प्रस्तावबारे छलफल गर्न शुक्रबार प्रचण्ड–नेपाल समूहको बैठक नेपाल निवास कोटेश्वमा बसेको थियो । बैठकमा प्रचण्ड, नेपालसहित उक्त समूहका स्थायी कमिटी सदस्य सहभागी थिए । वामदेव गौतम । उक्त बैठकबारे उक्त समूहका स्थायी कमिटी सदस्य भिम रावलले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन्, ‘शुक्रबार बसेको प्रचण्ड–नेपाल समूहको अनौपचारिक बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने विषयमा सबै सहमत भएका छौं । तर त्यसका लागि पहिलो शर्त प्रधानमन्त्री राजीनामा हाम्रो छ ।’ उनले भने, ‘प्रधानमन्त्री ज्यूको पहिलो प्रस्ताव (वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने)मा हामी सहमत छौं । तर, औपचारिक निर्णय हुनुपर्छ भन्ने माग छ । दोस्रो प्रस्ताव (माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने) मान्य छैन ।’ प्रधानमन्त्रीको पहिलो प्रस्तावमै रावलले शंका व्यक्ति गर्दै भनेका छन्, ‘यसअघि वामदेव कमरेडलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सचिवालयको बैठक नमान्ने ओलीले अहिले आफूले राजीनामा दिएर प्रधानमन्त्री बनाउलान भन्ने कुरामा ढुक्क छैनौं । तर, सचिवालय र स्थायी कमिटी बैठकमा औपचारिक निर्णय गरेर उक्त प्रस्ताव अगाडि बढाउनुपर्छ ।’ उनले विधि प्रक्रिया र कानूनी प्रावधानबारे आज (शबिबार) बस्ने बैठकमा निर्णय हुनुपर्ने माग गरे । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा विमति नरहेको बताएका रावलले दोस्रो प्रस्तावबारे भने, ‘नेपाल कमरेडको तेस्रो अध्यक्ष बन्ने माग र इच्छा हैन । तेस्रो अध्यक्ष बन्ने प्रस्तावमा उहाँ (माधव नेपाल) सहमत हुनुहुन्न ।’ भीम रावल ।   रावलले भन्, ‘अमुक व्यक्तिले अमुक व्यक्तिलाई पद बाड्दै हिड्न पाउँदैनन् । पार्टीबाट संस्थागत निर्णय गराउनुपर्छ ।’ उनले स्थायी कमिटी बैठक बोलाउन पनि माग गरे । यसअघि प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले ओलीले गरेको प्रस्तावलाई ‘क्षेप्यास्त्र’भनेर टिप्पणी गरेका थिए । साथै उनले उक्त प्रस्ताव प्रचण्ड–नेपालको मोर्चा ध्वस्त पार्न ल्याइएको भन्दै कमा नलाग्ने बताएका थिए ।

भारतमा कोरोनाले लियो ३२ को ज्यान, एकै परिवारमा आठ संक्रमित

काठमाडौंः भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । हालसम्म त्यहाँ साढे १२ सय जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोना संक्रमितमध्ये १ सय १२ जना निको भएका छन् । सोमबारका दिन भारतमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।  सोमबार २१७ संक्रमणका नयाँ घटना देखा परेका हुन । संक्रणको सबैभन्दा धेरै असर केरलामा देखिएको छ । संक्रमण बढ्दै गएपछि भारत सरकारले २१ दिनको लकडाउनको घोषणा गरेको थियो । तर सबै लकडाउन पछि समेत सामाजिक दूरी बढाउन आम नागरिकले सहयोग नगर्दा संक्रमण झनै चुलिएको हो । कतिपय विदेशबाट फर्केकाहरु बिहे, उत्सव, पार्टी जस्ता सामाजिक उत्सवमा सहभागी भएपछि घटना झन बढेर गएका हुन । कुन राज्यमा कति संक्रमित ? राजस्थानमा एकै परिवारमा आठ संक्रमित राजस्थानको अलवरमा एकै परिवारका आठ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य विभागका अनुसार फिलिपिन्सबाट फर्किएका अलवरका एक व्यक्तिमा सुरुमा कोरोना पोजेटिभ देखिएको थियो । तर उनले समयमै अस्पताल जाने र घरमा अलग्गै क्वारेनटाइनमा नबस्दा सबै परिवारमा सरेको र उनीहरुको टेष्ट गर्दा पोजेटिभ पाइएको छ । अमेरिका अमेरिकामा एकैदिन कोरोनाका २० हजार संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ५ सय ७३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ८ सय ४४ पुगेको छ भने ३ हजार १ सय ५६ ले ज्यान गुमाएका छन् । विश्वको अवस्था कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाले हालसम्म विश्वभर ३७ हजार ७ सय ८१ को ज्यान लिइसकको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७ सय १६ को मृत्यु भएको छ भने ६१ हजार ५० कोरोना संक्रमित फेला परेका छन् । त्यसबाट विश्वभर ७ लाख ८४ हजार ४ सय ४० संक्रमित भएका छन् भने एक लाख ६५ हजार उपचारपछि निको भएका छन् ।

कोरोनाः २४ घण्टामा ३१ सयको मृत्यु, मृत्यु हुनेको संख्या ३४ हजार नजिक (सूचीसहित)

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिम पुगेको छ । हालसम्म कोरोनाका कारण ३३ हजार ९ सय ६५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या बढेर ७ लाख २१ हजार ५ सय ६२ पुगेको छ भने डेढ लाख भन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३१ सय बढीको मृत्यु हुनुका साथै ५८ हजार कोरोनाका नयाँ बिरामी फेला परेका छन् । कहाँ कति संक्रमित छन् र कतिको मृत्यु भयो ? सूचिसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिने

भद्रपुरः झापाको बिएण्डसी टिचिङ हस्पिटल कोडिभ–१९ को उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालकले घोषणा गरेका छन् । सञ्चालक दुर्गा प्रसाईंले आज विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पिपिई र किट्स नभएको बताउँदै सरकारीसरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरे आफू दिन तयार रहेको बताए । आठ सय साधारण शय्या, एक सय सघन उपचार कक्ष र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको हस्पिटलमा १०५ चिकित्सक छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु, पिपिई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौंँ, सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं ।’ प्रसाईँले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शय्याको क्वारेन्टाइन बनाउन सकिने बताए । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए ।

कोरोना त्रासः ‘लकडाउन’पछिको अवस्था (फोटो फिचर)

काठमाडौंः विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले ‘लकडाउन’ गरेसँगै देश सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । ‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै, अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ । सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको सङ्ख्यामा नगण्य छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।