पटकथाको वर्कशपका लागि अन्जुम राजाबली नेपाल आउने
मंसिर ५ । बलिउडका चर्चित चलचित्र लेखक अन्जुम राजाबली २ दिने पटकथा लेखन सम्बन्धी वर्कशपका लागि नेपाल आउने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा आयोजना हुन लागेको यो कार्यक्रममा राजाबलीले पटकथाकको बिषयमा जानकारी दिनेछन् ।
पर्यटन बोर्डको हलमा यो कार्यक्रम आयोजना हुनेछ । एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरीले राजाबलीले डिसेम्बरको १४ र १५ गते पटकथा सम्बन्धि प्रशिक्षण दिने जानकारी गराए ।
‘विगत एक वर्षदेखि हामी राजाबलीको समयको पर्खाइमा थियौं । अन्ततः उहाँले दुई दिनका लागि प्रशिक्षण दिने समय मिलाउनु भएको छ । यसले पटकथा लेखनमा रुचि राख्ने धेरैलाई फाइदा हुने विश्वास लिएका छौं,’ पुरीले भने । २० बर्षदेखि बलिउडका थुप्रै चलचित्रमा राजाबलीले पटकथा लेखिरहेका छन् ।
गोविन्द निहलानी निर्देशित चलचित्र ‘द्रोहकाल’मा सहायक लेखकको रुपमा लेखन थालेका राजाबलीले प्रकाश झा निर्देशित फिल्म ‘राजनीति’, ‘सत्याग्रह’, ‘आरक्षण’, ‘चक्रब्युह’ सँगै ‘पुकार’, ‘कच्चे धागे’ जस्ता चलचित्रमा पटकथा लेखन गरेका छन् ।
राजाबली सुभाष घईको फिल्म स्कुल र पुना फिल्म कलेजमा पनि पटकथा लेखन पढाउँछन् । दुई दिन प्रशिक्षणका समयमा उनले कथा चयनदेखि कथाको विकासक्रमका विभिन्न चरणको बारेमा जानकारी दिने प्रकाशले जानकारी दिए । साभार
घरजग्गा किनबेचमा अर्बौं राजस्व छली
काठमाडौं, कात्तिक २२ । सरकारले अनलाईनमार्फत घरजगा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ । भूमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाईनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौं राजस्व छली हुँदै आएको खुलेको हो । मुलुकभरका घरजग्गाका कारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाईनमार्फत निगारानी गरिएपछि एकै बर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ । यो तथ्यांकले विगतमा मालपोतका कर्मचारी, घरजग्गा दलाल र लेखापढी व्यवसायीलगायतको मिलेमतोमा अर्बौं राजस्व छली हुँदै आएको देखाएको हो । –नागरिक दैनिकबाट
कञ्चनपुरमा हात्तीको बथानले दुई घर भत्कायो
कञ्चनपुर, कात्तिक १९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ । हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पुर्याएको छ । घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । दीपककी श्रीमतीले हात्तीले घर भत्काउन थालेपछि दुधेबालकसहित खाटमुनि लुकेर ज्यान जोगाएको बताइन् । हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाउन थालेपछि घरभित्रबाट निस्केर सुरक्षित स्थान पुगेको उनले बताइन् । घर भत्काएर अन्न र लत्ताकपडामा नोक्सानी गरेपछि दुवै परिवारको विजोग भएको छ । स्थानीय बासिन्दाको घरको आँगनमा राखिएका धानसहितको पराल र एक विघा खेतमा लगाइएको ऊखु बालीसमेत हात्तीको बथानले खाएर नोक्सानी गरेको स्थानीय दान सिंह डगौराले बताए । राति ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानलाई स्थानीय बासिन्दाले राति ३ बजेपछि मात्रै धपाउन सकेका थिए । रातभर होहल्ला गर्दा, आगो बालेर तर्साउँदा र साइरन बजाउँदासमेत नभागेपछि तीन वटा हवाई फायर गरेपछि मात्र हात्तीको बथान पुनः निकुञ्जतर्फ लागेको टिकुराम डगौराले बताए । ‘हात्तीकै कारण रातभर जाग्राम बस्नुपरेको छ,’ उनले भने । उनका अनुसार निकुञ्जबाट बस्तीमा छावासहितको २२ को संख्यामा हात्तीको बथान रहेको थियो । यस अघि नगरपालिकाकै गर्जमुनीका स्थानीय बासिन्दाको घर हात्तीको बथानले भत्काएको थियो ।
५ नं. प्रदेशको राजधानी दाङ वाम गठबन्धन
दाङ, कात्तिक १७ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले निर्वाचनपछि नेपालमा एउटा मात्रै कम्युनिस्ट पार्टी अस्तित्वमा रहने बताएका छन । साथ ५ नं. प्रदेशको राजधानी दाङ बनाउन वाम गठबन्धनले पहल गर्ने बताए । शुक्रबार प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले चुनावी एकता मात्र नभएर चुनावपछि पार्टी नै एक हुने उल्लेख गरे। उपप्रधानमन्त्रीसमेत रहेका महराले अर्को प्रसंगमा अबको एजेन्डा भनेको आर्थिक समृदि भएको बताउँदै दाङलाई प्रदेशको राजधानी बनाउन वाम गठबन्धनले भूमिका खेल्ने बताए। त्यस्तै, नेकपा एमालेका स्थायी कमिति सदस्य शंकर पोखरेलले मुलकलाई आर्थिक, सामजिक सम्बृद्ध बनाउन वाम गठबन्धनले भूमिका खेल्ने बताए । नेता पोख्रेलले संविधानले प्रदान गरेका अधिकार प्रयोग गर्दै आर्थिक समृद्धिमा केन्द्रित हुने समय आएको उल्लेख गरे। उनले एउटै घोषण पत्र बनाएर माओवादी र एमाले चुनावमा जानु दीर्घकालीन महत्व रहेको बताए। महरा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार हुन । भने पोखरेल क्षेत्र नं. २ प्रदेशसभा क का उम्मेदवार हुन ।
८८ केजी सुन तस्करी: तीन चिनियाँसहित ११ विरुद्ध ४६ करोडको मुद्दा
काठमाडौं, कात्तिक १६ । ८८ किलो सुन तस्करीमा संलग्न थप तीनजना प्रहरीले पहिचान गरेको छ । थप एक चिनियाँ र दुई नेपालीको संलग्नता खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन चिनियाँसहित ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गर्न मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । अभियुक्त विरुद्ध ४६ करोड ७० लाख १६ हजार रुपैंयाँ विगो दावी गरी संगठित अपराध मुद्दा चलाउन सिफारिस गरिएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए । बरामद भएको ८८ किलो सुनको मूल्यलाई विगो बनाइएको हो । अभियुक्त विरुद्ध संगठित अपराध एनेअनुसार ५ बर्ष कैद सजाय माग गरिएको छ । यता दुई महिना थुनामा राखेपछि पक्राउ परेका चालकहरु प्रहरी अनुसन्धानमा निर्दोष देखिएका छन् । चिनिया नागरिकका चालक मनोज अधिकारी तथा रसुवागढी नाकामा गाडी चलाउने दाम्पा तामाङ र दिलीप खड्काको तस्करीमा मिलेमतो नभएको निचोड प्रहरीको छ । -नयाँ पत्रिका दैनिकबाट
लौ आयो माओवादी केन्द्रको अन्तिम सूची, को कहाँबाट ?
नेकपा माओवादीले उम्मेदवारको अन्तिम सूचि सार्वजनिक गरेको छ । माओवादी र एमालेबीच भएको तालमेल अनुसार निम्न अनुसारका निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवारले निर्वाचन लडने भएका छन । कतिपय जिल्लामा विवादका बीच माओवादी केंद्रले सूचि सार्वजनिक गरेको हो । उम्मेद्वारहरुकाे नामावली (क) प्रतिनिधि सभा १) भाेजपुर – सुदन किराँती २) साेलुखुम्बु – हेमकुमार राई ३) उदयपुर २ – सुरेशकुमार राई ४) सुनसरी २ – डम्बर सुवेदी ५) झापा १ – सुरेन्द्र कुमार कार्की ६) माेरङ ४ – अमनलाल माेदी ७) माेरङ ५ – शिवकुमार मण्डल ८) सप्तरी १ – अशाेक कुमार मण्डल ९) सप्तरी २ – उमेश कुमार यादव १०) सिरहा २ – सुरेशचन्द्र दास ११) सिरहा ४ – अजयशंकर नायक १२) धनुषा १ – मातृका प्रसाद यादव १३) धनुषा २ – रामचन्द्र झा १४) धनुषा ३ – रामसिंह यादव १५) महाेत्तरी १ – गीरिराजमणि पाेखरेल १६) महाेत्तरी ४ – रजी हैदर १७) सर्लाही २ – दिनेश राय यादव १८) सर्लाही ३ – रामेश्वर राय यादव १९) सर्लाही ४ – शिबपुजन यादव २०) रौतहट १ – सत्यनारायण भगत २१) रौतहट ३ – प्रभु साह २२) बारा २ – शिवचन्द्र कुशवाहा २३) पर्सा ४ – उर्मिला अर्याल २४) रामेछाप – श्यामकुमार श्रेष्ठ २५) सिन्धुली २ – हरिबाेल गजुरेल २६) सिन्धुपाल्चाेक १ – अग्निप्रसाद सापकाेटा २७) काभ्रे १ – गंगाबहादुर तामाङ २८) भक्तपुर १ – मिलन सुवाल २९) नुवाकाेट – हितबहादुर तामाङ ३०) ललितपुर ३ – पम्फा भुसाल ३१) चितवन ३ – पुष्पकमल दाहाल ३२) काठमाडौं १ – अनिल शर्मा ३३) काठमाडौं ६ – झक्कुप्रसाद सुवेदी ३४) काठमाडौं ८ – उमेश स्थापित ३५) काठमाडौं १० – हितमान शाक्य ३६) लमजुङ – देवप्रसाद गुरुङ ३७) गाेरखा १ – हरिराज अधिकारी ३८) गाेरखा २ – नारायणकाजी श्रेष्ठ ३९) बाग्लुङ २ – देवेन्द्र पाैडेल ४०) नवलपुर १ – भविश्वर पराजुली ४१) अर्घाखाँची – टाेपबहादुर रायमाझी ४२) रोल्पा — वर्षामान पुन ४३) रुकुम पूर्व — कमला रोका ४४) नवलपरासी २ — घनश्याम यादव ४५) बर्दिया २ — सन्तकुमार थारु ४६) कपिलवस्तु १ — चक्रपाणि खनाल ४७) दाङ २ — कृष्णबहादुर महरा ४८) बाँके १ — महेश्वर गहतराज ४९) रुपन्देही ५ — डिलाराम आचार्य ५०) जुम्ला — गजेन्द्र महत ५१) कालिकोट — दुर्गाबहादुर रावल ५२) हुम्ला — छिमी लामा ५३) सल्यान — टेकबहादुर बस्नेत ५४) जाजरकोट — शक्तिबहादुर बस्नेत ५५) रुकुम पश्चिम — जनार्दन शर्मा ५६) डडेलधुरा — खगराज भट्ट ५७) कञ्चनपुर १ — बिना मगर ५८) कैलाली ३ — गौरीशंकर चौधरी ५९) कैलाली ४ — लेखराज भट्ट (ख) प्रदेश सभा १) ताप्लेजुङ (ख) — टंक आङबुहाङ २) पाँचथर (ख) — इन्द्र आङवो ३) संखुवासभा (क) — पूर्णप्रसाद राई ४) ओखलढुंगा (ख) — मोहन खड्का ५) खोटाङ (ख) — रामकुमार राई ६) इलाम २ (ख) — धीरेन्द्र शर्मा ७) उदयपुर १ (ख) — रामबहादुर थापा ८) उदयपुर २ (क) — भेषकुमारी राउत ९) सुनसरी ४ (ख) — मोहम्मद जाकिर हुसैन १०) झापा ३ (क) — पूर्णसिंह राजवंशी ११) झापा ४ (क) — झलकसिंह दर्लामी १२) मोरङ १ (क) — कुलप्रसाद साम्वा १३) मोरङ २ (क) — गणेशकुमार उप्रेती १४) मोरङ ३ (क) — गीता तिमिल्सिना १५) मोरङ ५ (क) — देवेन्द्र कुमार गुप्ता १६) मोरङ ६ (क) — जीवन आचार्य १७) सप्तरी १ (ख) — मोहमद सकिल मिया १८) सप्तरी २ (क) — सरोज कुमार मण्डल १९) सप्तरी २ (ख) — महेन्द्र प्रसाद यादव २०) सप्तरी ४ (क) — शशीप्रसाद यादव २१) सिरहा २ (क) — जीवछ यादव २२) सिरहा ३ (क) — रामकुमार यादव २३) सिरहा ४ (क) — दीलिप साह २४) धनुषा १ (ख) — रामचन्द्र मण्डल २५) महोत्तरी १ (क) — भरतप्रसाद साह २६) बारा ३ (क) — ज्वालाकुमारी साह २७) दोलखा (क) — बिशाल खड्का २८) रसुवा (ख) — इन्द्रप्रसाद गोतामे २९) सिन्धुली १ (क) — लेखनाथ दाहाल ३०) सिन्धुली २ (ख) — बुद्धिमान माझी ३१) सिन्धुपाल्चोक २ (क) — युवराज दुलाल ३२) सिन्धुपाल्चोक २ (ख) — दावा लामा ३३) काभ्रे १ (क) — रत्नप्रसाद ढकाल ३४) भक्तपुर १ (क) — देवीप्रसाद ढकाल ३५) मकवानपुर १ (क) — प्रेमबहादुर पुलामी ३६) मकवानपुर २ (क) — कुमारी मोक्तान ३७) नुवाकोट १ (क) — राधिका तामाङ ३८) नुवाकोट २ (ख) — हिरानाथ खतिवडा ३९) धादिङ १ (ख) — शालिकराम जमरकट्टेल ४०) धादिङ २ (ख) — जगत सिम्खडा ४१) ललितपुर १ (क) — लालकुमारी पुन ४२) ललितपुर ३ (क) — राजकाजी महर्जन ४३) काठमाडौं ३ (क) — रुद्र बराइली ४४) काठमाडौं १० (क) — दीलिप महर्जन ४५) म्याग्दी (क) — विनोद केसी ४६) पर्वत (क) — नेत्रनाथ अधिकारी ४७) गोरखा १ (क) — लेखबहादुर थापा ४८) गोरखा २ (क) — कमला नहर्की ४९) गोरखा २ (ख) — अमर बहादुर गुरुङ ५०) तनहूँ १ (ख) — हरिबहादुर चुमान ५१) तनहूँ २ (क) — आशा कोइराला ५२) स्याङ्जा १ (क) — दीपक चर्तिमगर ५३) बाग्लुङ १ (क) — चन्द्रबहादुर बुढा ५४) नवलपुर १ (क) — सूर्य न्यौपाने ५५) कास्की १ (क) — दीपक कोइराला ५६) कास्की २ (ख) — राजकाजी गुरुङ ५७) कास्की ३ (क) — रामजी प्रसाद बराल ५८) प्युठान (ख) — कृष्णध्वज खड्का ५९) रोल्पा (क) — कुलप्रसाद केसी ६०) रोल्पा (ख) — दीपेन्द्र कुमार पुन ६१) रुकुम पूर्व (क) — तेजबहादुर ओली ६२) रुकुम पूर्व (ख) — पूर्ण बहादुर घर्ति ६३) गुल्मी १ (क) — सुदर्शन बराल ६४) गुल्मी २ (ख) — दिनेश पन्थी ६५) पाल्पा २ (ख) — बसन्त घर्ती ६६) नवलपरासी २ (ख) — कन्हैया कहार ६७) बर्दिया १ (क) — तिलकराम शर्मा ६८) बर्दिया २ (ख) — दिनेश थारु ६९) कपिलवस्तु ३ (ख) — जावेद आलम खान ७०) दाङ १ (क) — इन्द्रजीत थारु ७१) दाङ ३ (क) — जगप्रसाद शर्मा ७२) बाँके १ (क) — कृष्णा केसी ७३) बाँके २ (क) — कामता खटिक ७४) बाँके ३ (क) — इन्द्रप्रसाद खरेल ७५) रुपन्देही १ (ख) — दयाराम न्यौपाने ७६) रुपन्देही ३ (क) — विश्वास बराल ७७) रुपन्देही ४ (क) — सहबुद्धिन देवान ७८) डोल्पा (ख) — बीरबहादुर शाही ७९) जुम्ला (क) — नरेश भण्डारी ८०) कालिकोट (ख) — महेन्द्र बहादुर शाही ८१) हुम्ला (ख) — विजय भण्डारी ८२) जाजरकोट (क) — गणेश सिंह ८३) रुकुम पश्चिम (क) — गोपाल शर्मा ८४) रुकुम पश्चिम (ख) — रातो कामी ८५) सुर्खेत १ (क) — ठम्मरबहादुर बिष्ट ८६) सुर्खेत २ (ख) — बिन्दमान बिष्ट ८७) दैलेख १ (क) — धर्मराज रेग्मी ८८) बझाङ (ख) — देवकी मल्ल ८९) डोटी (ख) — त्रिलोचन भट्ट ९०) बैतडी (क) — प्रेमप्रकाश भट्ट ९१) दार्चुला (ख) — मानबहादुर धामी ९२) अछाम १ (ख) — झपड बोहरा ९३) अछाम २ (क) — अक्कल रावल
राप्रपा बैतडीमा रितियो, लख्खाभाइसहित सयौं नेता वाम गठनबन्धनमा प्रवेश
बैतडी, कात्तिक १५ । राप्रपाका केन्द्रीय सदस्य एवम् ७ नं. प्रदेश सहसंयोजक पुष्करराज जोशी ‘लख्खाभाई’ बाम गठनबन्धनमा प्रवेश गरेका छन् । बुधबार बैतडीको खोड्पेमा आयोजना गरीएको चुनावी सभामा एमालेका उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रका जिल्ला ईन्चार्ज नरेन्द्र कुँवर (बिजयसुन्दर) लगायतका नेताहरुले टिका लगाएर लख्खाभाई गठबन्धनमा स्वागत गरेका थिए । एक दर्जन संस्थापक नेताहरुले राप्रपा परित्याग गरेको एक हप्ता नवित्दै राप्रपाका प्रभावशाली युवा नेता लख्खाभाईले पनि पार्टी परित्याग गरेका हुन । लख्खाभाईसँगै जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी वाम गठबन्धनमा प्रवेश गरेका हुन । राप्रपा परित्याग गरि एकसय भन्दा बढी नेता कार्यकर्ताहरु बाम गठबन्धनमा प्रबेश गरेको माओवादी केन्द्रका जिल्ला संयोजक एवम् प्रदेश क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमप्रकाश भट्ट आदित्यले बताए । राप्रपाको जिल्ला कार्यसमितिमा अध्यक्षमात्रै बाँकी राप्रपा बैतडीका जिल्ला उपाध्यक्ष प्रेमसिह धामीले अघिल्लो हप्ता पार्टी परित्याग गरेको घोषणा गरेका थिए । तर उनले कुनै पार्टी पनि प्रवेश गरेका छैनन् । जिल्ला कार्यसमितिका सचिव प्रजापति जोशी, सहसचिव सुरेन्द्र भाट, कोषाध्यक्ष महेश भण्डारी लगायत जिल्ला समिति सदस्यहरुले आज लख्खाभाईसँगै बाम गठबन्धन प्रवेश गरेका छन् । यस्तै राष्टिय प्रजातान्त्रिक युवा संघका केन्द्रिय सदस्य तथा सात नम्बर प्रदेशका संयोजक दिपेश शाह, बैतडी क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव देवदत्त अवस्थी, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का निर्वाचित वडा अध्यक्ष रामसिह भण्डारी, वडा सदस्य गोविन्द भण्डारी, किसनसिह भण्डारी, विद्यार्थी कमिटीका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा, क्रिक्रट संघ बैतडीका उपाध्यक्ष लोकराज जोशी पनि लख्खाभाईसँगै वाम गठबन्धनमा प्रवेश गरेका छन् । यस्तै नेपाली काग्रेसबाट पनि क्षेत्र नम्बर २ का सहसचिव एबम् महिला संघ बैतडीका जिल्ला उपाध्यक्ष विष्ना जोशी लगायत कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गरेको एमाले जिल्ला सचिव तथा प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार लिलाधर भट्टले बताए । पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेका नेता कर्यकर्ताहरु प्रदेश क्षेत्र नम्बर २ का रहेका छन् जाहाँ राप्रपाले नेपाली कांग्रेससँग तालमेल गरी गणेश बहादुर चन्दलाई प्रदेशसभाका लागि उम्मेदवार उठाएको छ । चन्दलाई अब चुनाव जित्न कांग्रेसकै भोटहरुमा भरपर्नुपर्ने अवस्था आएका छ ।
एकैदिन चारदिनको हाजिर गरेर फर्कन बाध्य
सोलुखुम्बु, कात्तिक १४ । सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकैदिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फर्कन बाध्य भएको छ। स्थानीय विकास मन्त्रालयको गत असोज ६ गते सचिवस्तरको बैठकले उपसचिव राजेश गिरीलाई सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा काज सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयको असोज ८ गतेको पत्रका आधारमा गिरी यही कात्तिक ८ गते कार्यालयमा हाजिर हुन आएपनि नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले हाजिर हुन दिएको थिएन । प्रमुख शेर्पाले आफू अनुकूलको कार्यकारी अधिकृत नभएको भन्दै हाजिर गर्न नदिएको कार्यकारी अधिकृत गिरीको आरोप छ । कार्यकारी अधिकृत आफ्नो कार्यालयमा हाजिर हुन आए पनि कार्यालयमा समेत प्रवेश गर्न दिइएको थिएन । कार्यालयमा केही युवासमेत परिचालन गरी आफूलाई धम्कीपूर्ण भाषामा कार्यालयमा हाजिर नभई फर्कन प्रमुख शेर्पाले दबाब दिएको अधिकृत गिरीको भनाइ छ । स्थानीय विकास मन्त्रालयका सचिव, मन्त्रीसहितको टेलिफोन वार्तापश्चात् नगरपालिकाका अधिकृत गिरीलाई पुनः मन्त्रालय काज बोलाउने टुंगो भएपछि हाजिर गर्न दिइएको छ । प्रमुखको कार्यकक्षमा बसेर कार्यकारी अधिकृतले चार दिनको हाजिर एकैदिन गरेर नगरपालिकाको पत्र बुझ्दै मन्त्रालय फर्कन बाध्य बनाइएको छ । नगरपालिकामा भेला भएका विभिन्न राजनीतिक दलका व्यक्ति, जनप्रतिनिधिसमेतको उपस्थितिमा सोमबार उनलाई हाजिर गराइएको हो । नगरपालिकामा जारी विवादका विषयमा बुझ्न सोमबार नगरपालिकाको कार्यालय पुगेका स्थानीयवासीलाई प्रमुख शेर्पाले गाली गर्न खोजेपछि तनाब उत्पन्न भएको थियो । प्रमुखको प्रस्तुतिलाई आपत्ति जनाउने स्थानीयवासीलाई प्रमुख शेर्पाले नेमप्लेट उचालेर हान्न खोजेपछि कार्यालयमा झनै तनाब बढेको थियो । उत्पन्न तनावलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । कार्यालयमा उपस्थित जनताले प्रमुखको कार्यशैलीप्रति आपत्तिसमेत जनाएका छन् । निमित्त कार्यकारी कुर्सीमा यता, स्थानीय विकास मन्त्रालयबाट काज सरुवाको पत्र आएपनि सोलुदूधकुण्ड नगरपालिकाकी निमित्त कार्यकारी अधिकृत इन्दिरा थापाले कार्यालय छाडेको छैन । अधिकृत थापालाई असोज १ गते नै सरुवा गर्ने निर्णय भएपनि आजसम्म उहाँलाई भने रमाना दिइएको छैन ।
गायक दर्पण राईको ‘तिमीलाई मनपराउनु गल्ती होइन’ गीत सार्वजनिक
कार्तिक १२ । काठमाडौं ‘तिमीले बाटो फेर्यौ अरे’ पछि दर्पण राईको अर्काे ‘तिमीलाई मनपराउनु मेरो गल्ती होइन’ गीत म्यूजिक भिडियो बागबजारको हेलो क्याफेमा पत्रकार सम्मेलन गरी संसारभरि युटुव च्यानलमार्फत रिलिज भएको हो । मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणको ‘तिमीलाई मनपराउनु मेरो गल्ती होइन’ बोल गीतको भिडियो यु–ट्युबमा रिलिज गरिएको हो । गीत तथा भिडियो सार्वजनिक गर्दै दर्पणले भने, यो गीत पनि श्रोता र दर्शकले रुचाउछन् भन्ने अपेक्षा गरेको छु ।’ सार्वजनिक गीतमा मेगास्टार राजेशपायल राईको स्वर रहेको रहेको छ । महेन्द्र राईको संगीत रहेको यस भिडियोमा निराजन प्रधान र सम्झना राईका अलावा दर्पण राईको पनि अभिनय हेर्न सकिन्छ । सशांक काडेलले निर्देशन गरेको यस भिडियोलाई दर्पणलाई सस्पेन्सका रुपमा प्रस्तुत गरिएको छ । वान साइटेड लभस्टोरी प्ले गरिएको यस भिडियोलाई हरि हुमागाइाले खिचेका हुन् भने सम्पादन निशान भट्टराईको रहेको छ। भिडियो हेर्न तल क्लिक गर्नुहोस–
पूर्व जनसेनाका कमाण्डर ‘युगान्त’, बाँकेबाट बने उम्मेदवार
काठमाडौं , कात्तिक १२ । पूर्व जनसेनाका ब्रिगेड कमाण्डर दिपेन्द्र शाह (युगान्त) वाँकें निर्बाचन क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्ने निश्चित भएको हो । माओवादी केन्द्र बाँकेले शाहलाई प्रदेशसभा सदस्य उम्मेद्वारका लागि केन्द्रमा सिफारिस गरेको थियो । माओवादी केन्द्र र एमालेको संयुक्त बाम गठबन्धनले निर्बाचन क्षेत्र बाँडफाँड गरेपछि बाँकेको निर्बाचन क्षेत्र ३ प्रदेश (क) बाट शाहको नाम अनुमोदन भएको हो कालीकोटको नरहरीनाथ गाउँपालिका–५ मा २०३६ सालमा जन्मेका शाह २०५५ सालमा माओवादीमा पूर्णकालीन सदस्य बनेका हुन । उनी बाँकेको बैजनाथ ५ का स्थायी बासिन्दा हुन । सहिद परिवार समेत रहेका शाह युद्धका क्रममा घाईते भएका थिए । अहिले पनि शाहको शरिरमा बमका छर्रा छन् । आन्दोलनका क्रममा २ भाई गुमाएका शाहले आन्दोलनमा सहभागी भएदेखि सेना समायोजन नहुँदासम्म जनमुक्ति सेनाको माथिल्लो कमाण्ड सम्हालेका थिए । स्पष्ट दृष्टिकोण भएका शाह प्रष्ट बक्ताका रुपमा पनि परिचित छन् ।
विद्यालयले कपाल कालो पार्न दवाव दिएपछि मुद्दा
काठमाडौं, कात्तिक १२ । जापानमा एक १८ वर्षीया किशोरीलाई उनको विद्यालयले प्राकृतिक रुपमै खैरो रहेको कपाललाई बारम्बार कालो पार्न लगाएपछि क्षतिपूर्ति माग गर्दै उनले स्थानीय सरकारविरुद्ध मुद्दा दायर गरेकी छन्। ओसाका नजिकै रहेको उनको माध्यमिक विद्यालयले विद्यार्थीहरुको कपाल कालो रंगको हुनुपर्ने नियम पालना नगरिए विद्यालय छाड्न भनेको ती किशोरीले बताइन्। ती किशोरीले कपाल कालो गर्न प्रयोग गरिएको रंगले आफ्नो कपाल र तालुमा असर पुर्याएको बताएको जनाइएको छ। ‘काइफूकान हाइ स्कूल’ले कपाल रंगाएका विद्यार्थीहरुलाई प्रतिबन्ध गर्ने विद्यालयको नीति रहेको बताएको छ। निर्देशन जन्मिंदादेखि नै आफ्नी छोरीको कपालको रंग खैरो रहेको जानकारी उनकी आमाले विद्यालयलाई गराएपनि विद्यालयले बारम्बार ती किशोरीलाई कपाल कालो गर्न निर्देशन दिएको थियो। विवरणहरुका अनुसार ती किशोरी गत वर्षको सेप्टेम्बरदेखि विद्यालय गएकी छैनन्। उनले क्षतिपूर्तिस्वरुप १९ हजार ३ सय डलर माग गरेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाका प्रिफेक्चरले अदालतलाई उनको दाबी अस्वीकार गर्न माग गर्ने बताइएको छ। उक्त मुद्दाबारे काइफूकान हाइ स्कूलका प्रधानाध्यापक मासाहिको ताकाहाशीले कुनै प्रतिक्रिया दिएनन्। नियम विद्यार्थी कस्तो देखिने भनेर जापानका धेरै विद्यालयमा कडा नियमहरु रहेको बताइन्छ। त्यसमा कपालको रंग, मेकअपको प्रयोग र स्कर्टको लम्बाइ लगायत पर्दछन्। यसै वर्षको शुरुतिर असाही शिम्बुन पत्रिकाले गरेको एक सर्वेक्षणमा राजधानी टोकियोका झण्डै ६० प्रतिशत उच्च विद्यालयहरुले कपालको रंग कालो नभएका विद्यार्थीलाई उनीहरुको कपालको रंग प्राकृतिक रुपमै त्यस्तो भएको प्रमाणहरु, जस्तो कि शिशु हुँदाका फोटोहरु पेश गर्न भनिएको थियो। जापानको जन्मदर घट्दो छ र नयाँ विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा आकर्षित गर्ने बढ्दो प्रतिस्पर्धाबीच विद्यार्थीको अनुशासन विद्यालयहरुका लागि आफ्नो प्रचार गराउने बलियो माध्यमका रुपमा हेरिन्छ। बिबिसी
तीन महिनापछि गाउँमा बिजुली बल्यो
गुल्मी, कात्तिक ११ । गुल्मीको दरमखोला लघुजल विद्युत् सेवा झण्डै तीन महिनापछि नियमित रुपमा संचालन भएको छ । परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजना गत साउन महिनादेखि कहिले नहर बगाउने त कहिले नहर पहिरोले पुर्ने गर्दै पटक÷पटक अवरुद्ध हुँदै नियमित हुन सकेको थिएन् । विद्युत् सेवा पछिल्लो समयमा असोज महिनाको पहिलो सातादेखि मुसिकोट नगरपालिका– २ को भर्जुवामा रहेको २५ केवीको ट्रान्समिटर जलेर अवरुद्ध भएको विद्युत् सेवाको ट्रान्समिटरलाई झण्डै एक महिना लगाएर उचित मर्मत र संम्भार गरी विद्युत् सेवा संचालनमा ल्याइएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । लामो समयपछि विद्युत् सेवा संचालन भएसँगै सोही वडाका भर्जुवा अन्तर्गतका झण्डै १५५ घरधुरीका उपभोक्ताको घरमा बिजुली बलेपछि खुशी भएका छन् भने विद्युत् सञ्चालनसँगै बिजुली बत्ती, कुटानी पिसानी, फर्निचरलगायत विद्युतीययन्त्र समेत संचालन भएका छन् ।
प्रचण्डले भने- सबै कुरा मिलिसक्यो, ढुक्क भएर चुनावी अभियानमा जुट्नुस्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धनको उम्मेद्धारीमा सतप्रतिशत काम पुरा भएको बताएका छन । वाम गठबन्धनको संयुक्त संयोजन समिति गठन गरी सोही समितिबाट उम्मेद्धार छनोट गरेको बताए । शनिबार बिहान सवै क्षेत्रको उम्मेदवारकाे अन्तिम नामवली तयारी हुने जानकारी दिदै प्रचण्डले अव तरंगीत नहुन आग्रह गरे । संविधान कार्यान्वयनको विषय प्रमुख भएकाले पार्टी भन्दा पनि जनताले जित्न जरुरी भएको उनको भनाई छ । कास्कीमा पत्रकारसंग कुराकानी गर्दै प्रचण्डले काँग्रेसलाई वाम गठबन्धनले पाठ सिकाएको बताए । उनले काँग्रेसलाई नतर्सिन आग्रह गर्दै वाम गठबन्धनले फुटेको काग्रेसलाई पनि जुटाई दियो त्यसकारण कांग्रेसले वाम गठबन्धनलाई बधाई दिनुपर्ने जिकिर गरे । आफु प्रधानमन्त्री हुँदा माओवादी पार्टी जित्छ कि जित्दैन भन्ने कुुरा ठूलो नभएको तर देशमा चुनाव हुन्छकी हुदैन भन्ने कुराको स्मरण गर्दै भने, चुनाव गराउनु ठुलो थियो । चुनाव गराए पनि । स्थानीय तहको निर्वाचनमा पार्टीले जसलाई जिताए पनि देशले जितेको वताए । अवको चुनावमा काँग्रेसले जित्ने कि नजित्ने भन्दा पनि देउवाले चुनाव गराउनु ठूलोकुरा भएको बताए । नेपालीमा सामना गर्ने क्षेमता अथाहा भएको भन्दै प्रचण्डले भने पाँच वर्षका लागि जनताले स्थायी सरकार पाउने छ । बहुमतको सरकारले स्थीर राजनीति तर्फ देश केन्द्रीत हुनेछ । तोकिएकै समयमा चुनाव हुने भन्दै तरंगीत, शंका र भ्रमित नभर्इ चुनावमा केन्द्रीत हुन सवैलार्इ प्रचण्डले आग्रह गरे ।
यस्ताे छ नेपाल राष्ट्र बैंकले तोकेको आजको बिदेशी मुद्राको बिनिमय दर
काठमाडौं, कात्तिक ९ । नेपाल राष्ट्र बैंकले तोकेको आजको बिदेशी मुद्राको बिनिमय दर
भारतमा ग्यास सिलिण्डर विस्फोटन, ४ वटा घर भत्किदाँ ७ जनाको मृत्यु
काठमाडौं, असोज ३१ । भारतको बैग्लोरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । भने चार वटा घर भत्किएका छन । सोमबार एउटा घरको दोस्रो तलामा भएको एलपीजी ग्यास सिलिण्डर विस्फोटनमा परि सात जनाको मृत्यु हुँदा दुई जना नावालक अनाथ भएका छन । उनीहरुलाई सरकारले पालन पोषण गर्ने बताएको छ । बीचको घरमा सिलिण्डर पड्किदा सँगै रहेका वरिपरिका अन्य तीनवटा घर पनि भत्किएको प्रहरीले जनाएको छ । खाना पकाउने क्रममा उक्त विस्फोटन भएको हुन सक्ने भारतीय अधिकारीहरुले जनाएका छन ।
नेपाल टेलिकममा राेजगारीकाे अवशर !!!
काठमाडौं, असोज १९ । नेपाल टेलिकमले बिभिन्न पदमा दरखास्त अाव्हान गरेकाे छ ।