यू–२३ च्याम्पियनसिप छनोट खेलमा नेपालको फराकिलो हार

काठमाडौं, असार ३१ । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणको पहिलो खेलमा नेपालले घरेलु टोली युएइसँग पराजित भएको छ ।

शनिबार साँझ भएको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ५–० को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

युएईको तेह्नान विन मोहमद रंगशालामा भएको खेलमा नेपाल सुरुदेखि नै युएईका अगाडि कमजोर देखिएको थियो । कमजोर डिफेन्सका कारण नेपाल पहिलो हाफमै युएईसँग ४ – ० ले पछि परेको थियो ।

नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ७१ औं मिनेटमा नेपालका सुमन लामाले गरेको गोललाई रेफ्रीले अफसाइड दिएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल युएईले ५ – ० ले जित्यो ।

परिवर्तनका लागि कांग्रेस–माओवादी विच सहकार्यः नेता रायमाझी

प्रेम सुनार गुल्मी, असार १० ।  पुर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकार देखि स्थानिय तह सम्म देशको समग्र विकास र परिवर्तनका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस संग सहकार्य गरिएको बताएका छन् । गुल्मीको छत्रकोट र रुरु गाउँपालिकामा नेपाली कांग्रेस माओवादी केन्द्रको संयुक्त चुनावी आम सभालाई सम्वोधन गर्दै नेता रायमाझीले यस्तो वताएका हुन् । रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच मात्रै चुनावी तालमेल भएको होईन नेता रायमाझीले भने शान्ति प्रकृयाको १२ बुँदे सहमति , १९ दिने जनआन्दोलन , संविधान निर्मार्ण र कार्यन्यन गर्न ,नेपाली कांग्रेस संग सहकार्य हुँदै आएको हौं । उनले नेकपा एमाले संग पनि सहकार्य गर्न खोजिएकै हो तर उ हामी संग भन्दा पुर्व राजा ज्ञानेन्द्र र राजावादीहरु संग साँठ गरे पछि कुरा गम्भीर हुन सक्ने लागेर देश विकास र परिवर्तनका लागि कांग्रेस र माओवादी विच सहकार्य गरिएको हो । एमाले फिते र तमसुके उनले नेकपा एमालेको राष्ट्रवाद मंण्डले राष्ट्रवाद भएको आरोप समेत लगाए । उनले एमाले नेताहरुलाई गफाडी , फिते र तमसुकेहरुको संज्ञा दिए । उनले भने–‘उहाँहरु चुनावताका गाउँमा मोटरबाट र खानेपानीका पाईपहरु फिता लिएर नाप्दै हिड्ने र रातमा जनताको घरै दलैमा वसेर यस्तो गर्दिन्छौ उस्तो गर्दिन्छौ भन्दै तमसुक गर्ने तर चुनाव पछाडी भने फर्केर आउँदैनन् , त्यस्ता फिते र तमसुकेहरुलाई अब जनताले चिन्नै पर्दछ ।’ ‘१९ दिने जन आन्दोलनमा हामी कांग्रेस एमाले सवै संग सहकार्य गरेर गणतन्त्र स्थापना गरेका थियौं , यसर्थ संविधान र स्थानिय तह कार्यन्वयनका लागि हुन त हामीले एमाले संग पनि सहकार्य गरौं भनेका थियौं, तर हामीले राजावादीहरुका पछाडी लाग्न थाले पछि कांग्रेस संग मात्रै सहकार्य गरेका हौं । ’ – उनले यस अर्थिक वषमा गुल्मीका ४ अरव रुपैया विनियोजन गरिएको बताउँदै विकासका लागि सवै संग सहकार्य हुनु पर्नेमा जोड दिए । गणतन्त्र माओवादीले नै ल्याएको होः कांग्रेस नेता चन्द्र भण्डारी दुई वटै गाउँपालिकाको संयुक्त चुनावी सभामा माओवादी नेता रायमाझी संगै सम्वोधन गर्न आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले माओवादीकै जनयुद्धका कारण देशमा गणतन्त्र आएको बताएका छन् । २००७ सालमा कांग्रेसले क्रान्ति गरेको ईतिहाँस छ , २०३६ , २०४६ र २०६२ ÷०६३ मा पनि कांग्रेसले १९ दिने जन आन्दोलनको नेतृत्व गरेको ईतिहाँस छ , माओवादीले पनि १० वर्षे सशस्त्र युद्ध गरेको ईतिहाँस छ नेता भण्डारीले भने एमालेको कुनै ईतिहाँस छ ? ‘तर एमालेले माओवादीले १० वर्षे जनयुद्ध गरेर ल्याएको यो परिवर्तन हो भनेर समेत स्वीकार्न सक्दैन उनले मञ्चमा आसिन माओवादी नेता रायमाझी तर्फ फर्किदै भने ‘टोपबहादुर जि, हामी स्वीकार गर्दछौं र एमालेले पनि स्वीकार गर्नै पर्दछ गणतन्त्र माओवादी जनयुद्धले नै ल्याएको हो । ’ ‘ एमालेलाई बृद्ध भत्ता वाहुनको कुश नै भयो ’ एमालेले बृद्ध भत्ता भन्दा अरु केहि गर्न नसकेरै होला खाली बृद्ध भृद्ध भत्ता–भत्ता भन्दै हिडेको र एमालेले नजिते कांग्रेस माओवादीले नदिने भन्दै भ्रम छरेको भन्दै नेता भणडारी कडा रुपमा प्रस्तुत भए । उनले भने नेपालमा बृद्ध भत्ताको परिकल्पना त कांग्रेस नेता कृष्ण प्रसाद भट्टराईको हो । ‘त्यही परिकल्पना मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा लागु गरिएको हो ’– उनले भने–‘ एमालेले सय रुपैयाँ बनाएको बृद्ध भत्ता कांग्रेसले एक पटक ५ सय र दोश्रो पटक कांग्रेस माओवादी सरकारमा छँदा एक हजार बृद्धि गरेको र तेश्रोबाट माओवादीका नेता अर्थमन्त्री छँदा मासिक २ हजार बृद्धि गरेको हो । उनले व्याङ्ग गर्दै भने–‘ पुजा मण्डममा वस्दा जसरी वाहुले यहाँ पनि कुश उहाँ पनि कुश र जति वेला पनि कुश..कुश..कुश … भनिरहन्छन् त्यस्तै एमालेको पनि चाल त्यस्तै छ खाली बृद्ध भत्ता .. बृद्ध भत्ता मात्रै गरिरहन्छ । ) माओवादी युद्धमा गए पछि र शान्ति प्रकृयामा आए पछि मात्र एमाले साईजमा आएको र शान्तिपुर्ण रुपमा सवैले राजनीति गर्न पाईएको प्रशंग निकाल्दै उनले हिजो एमालेको पकड रहेको रुरु र छत्रकोट गाउँपालिका अन्तर्गतका साविकका गाविमा उसले भोट हाल्न पाउने अधिकारबाट समेत कांग्रेजजनलाई बञ्चित गर्ने गरको कार्याकर्ताहरुलाई स्मरण गराउँदै अव डटेर भोट हाल्न र राजनैतिक गतिविधी गर्न निर्देशन दिए । उनले एमालेका लागि माओवादी कहिले अवसरा र कहिले विखण्डकारी र राष्ट्रघाति हुने गरेको टिप्पणी गरे । शान्ति सम्झौता गर्दा , माधव नेपाल झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा माओवादी ठिक , जव कांग्रेस संग सहकार्य गर्छ तव उ बेठिक र राष्ट्रघाती र विखण्डनकारी हुने , यो कस्तो अचम्व हो ? उनले प्रतिप्रश्न गरे । अझ अवसरा नै अरु बेला चाँही उ , बिखण्डकारी र राष्ट्रघाती हुने ? भनेर प्रतिप्रश्न गरे । उनले नेपालमा खास कम्युनिष्टको झण्डा माओवादी संग मात्रै भएको र एमालेले आफ्नो झण्डा गुमाएको बताए । भने–‘ उसको झण्डा त माओवादीले आफ्नो चुनाव चिन्ह बनाएर लगी सक्यो , खोसी सक्यो आफ्नो झण्डा समेत जोगाउन नसक्ने एमालेले कांग्रेस माओवादीलाई चुनाप पछि खोज्नु पर्दछ भन्ने केपी ओलीलाई मैले यहि भनेर जवाफ दिई सकेको बताए । छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी केन्द्रको तर्फबाट गाउँप्रमुखका उमेदवार अनन्तराम पौड्याल र उपप्रमुखमा रामप्रसाद पाण्डे एमालेका मधुकृष्ण पन्तको प्यानल संग चुनावी मैदानमा छन् । चुनावी सभामा एमाले विरुद्ध आज दिगाम , हर्दिनेटा र रिडी बजारमा रुरु गाउँपालिकाको चुनावी सभामा कांग्रेस माओवादी केन्द्रले ठुलै शक्ति प्रदर्शन गरेको थियो । रुरु गाउँपालिकामा कांग्रेस माओवादीको संयुक्त प्यानलबाट जिल्लाका सवै भन्दा कान्छा उमेदवार यदु ज्ञवाली प्रमुख र देवेन्द्र मल्ल उप प्रमुख उमेदवार रहेका छन् । एमालेको तर्फबाट निलकण्ठ गौतम प्रमुख पदका उमेदवार छन् । यि दुवै गाउँपालिकामा एमाले र कांग्रेस माआवादी गठबन्धन विच कडा टक्कर हुने देखिएको छ ।

काजोलको ३२ वर्षे यात्रा

दक्षिणी भारतको चर्चित नायिका काजोल अग्रवाल ३२ वर्षमा लागेकी छिन् । सन् २००४ मा रिजिल भएको ‘क्युँ हो गया ना…’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी काजोलले चलचित्र दुनियाँको १३ औं वर्ष पार गरिसक्दा उनी चर्चाकाे शिखरमा पुगेकी छिन् । अझ २००९ को तेलुगु फिल्म ‘मगाधीरा’पछि त उनको करिअर बेग्लै उचाइमा पुगेको छ। काजोले आफ्नो ३२औं जन्म दिनको अवसरमा खिचिएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

प्रधानमन्त्री देउवाकाे सहयोगी ‘टिम’ खै ! 

काठमाडौं, असार ८ । प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेर बहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन् । आजको कान्तिपुरमा खबर छ । सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ । यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् । सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएको छ ।

चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै

काठमाडौं, असार ८ । चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो । शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुन:स्थापना एकाइले बुधबार ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम निकासाका लागि अख्तियारी दिएको हो । आयोगले चुनावपछि मात्र त्यसलाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो कान्तिपुरमा खबर छ । द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता सूचीमा परेका, विस्थापित, अपहरण, टुहुरा बालबालिकासहितका नाममा उक्त रकम प्रदान गर्ने मन्त्रिपरिषदको निर्णयलाई शान्ति मन्त्रालय मातहतको एकाइले बुधबार कार्यान्वयनमा लगेको हो । यति धेरै रकम वितरण गर्दा चुनावमा असर पर्ने र निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै तत्काललाई स्थगित गर्न कर्मचारी वृत्तबाट आवाज उठेको भए पनि मन्त्रालयले प्राविधिक समस्या दर्शाई रकम निकासा गर्न अख्तियारी दिएको हो । यसअघि सर्वसाधारण मृतकमध्ये १३ हजार ४ सय २८ परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सरकारले वितरण गरिसकेको छ । त्यसमा प्रतिपरिवार थप ५ लाख रुपैयाँ थपी १० लाख दिइने निर्णय भएको हो । त्यस्तै, मृतक सेना, प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक प्रत्येकलाई १० लाख रुपैयाँ नबढ्ने गरी जिल्लामा निकासा गरिएको छ । विभिन्न जिल्लामा सूचीकृत विस्थापितहरूलाई १ अर्ब ४४ करोड रुपैयाँ वितरण गरिने भएको छ ।

श्रीमानले सेक्स गर्न नसकेपछि श्रीमतीले दिइन उजुरी

भारतको नोयडा प्रहरी चौकीमा २५ वर्षकी एक महिलाले आफ्नो श्रीमान नपुंसक भएको उजुरी दिएकी छिन । उनले आफ्नो पति र घरपरिवारले आफूलाई धोका दिएको आरोप लगाउँदै केश दर्ता गराएकी हुन । उनले उजुरीमा सम्बन्धविच्छेदका साथै बिवाह हुँदा लागेको सम्पूर्ण खर्चसमेत माग दावी गरेकी छिन् । २०१५ को नोभेम्बरमा उनीहरुको विवाह भएको थियो । विवाहपछि उनीहरु हनीमुनका लागि गोवा गएका बेला श्रीमान नपुसंक भएको थाहा पाईन । श्रीमान शारीरिक सम्बन्धका लागि हिचकिचाउने, नजिक पर्न नखोज्ने हुँनाले उनले बिवाहपछि श्रीमानको साथ र माया पाइनन् । उनले श्रीमानलाई डाक्टरकहाँ लैजान निकै कोशिस गरिन् तर श्रीमानले मानेनन् । उनका श्रीमान दिनभरि अफिसमा व्यस्त हुन्थे । अफिसबाट राती आउने, आएर पनि बोल्दै नबोली सुत्ने गर्थे । केही समयपछि उनले नाइट शिफ्टमा पनि काम गर्न थाले । बिवाहपछि तत्काल आफ्नो श्रीमानको वास्तविकता सबैलाई बताउन सकिनन तर उनको व्यवहार सह्य नभएपछि घर परिवारसँग कुरा गर्दा राम्रो डाक्टरकहाँ लैजाने आश्वाशन पाइन् उनले । उनका श्रीमान झन–झन टाढिदै गए । यो सहन नसकेर उनी माइत गएर बस्न थालिन । पछि निकै आँट गरेर उनले प्रहरी चौकीमा उजुरी दिइन । यसको कानुनी प्रक्रिया शुरु भएको छ । नोयडा प्रहरीले दुवै पक्षलाई बोलाएर काउन्सिलिङ गर्ने र यसबाट समस्या समाधान नभए अन्य कानूनी विकल्प खोज्ने बताएको छ ।

‘मिस सि स्टार’ चितवनको उपाधि अनुष्कालाई

चितवनमा भएको ‘मिस सि स्टार चितवन २०७४’ को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद बिस हजारसहितको उपाधि हात पारेकी हुन् । शनिबार चितवनको क्षेत्रपाटीमा रहेको होटल सनसिटीमा भएको अन्तिम प्रतिस्पर्धामा अनुस्काले २८ प्रतियोगीबाट टप १२ र ५ हुँदै चितवन जिल्लाको ‘मिस सि स्टार २०७४’ बन्न पुगेकी हुन् । अनुस्कालाई मिस चितवन सुमन गुरुङले मिस एसईई स्टार चितवनको ताज पहिराईदिएकी थिइन् । यस प्रतियोगीता ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा।ली।’ ले आयोजना गरेको हो । मिस एसईईको उपाधिका साथमा अनुस्कालाई ‘मिस कन्फिडेन्ट’को उपाधि पनि मिल्यो । साथै प्रतियोगीतामा पहिलो रनरअपबाट चौथो रनरअपमा क्रमशः भुमिका आचार्य, सुजता ढकाल, करिना श्रेष्ठ र स्वेता अर्याले हात पारे । ‘मिस सि स्टार चितवन’ को बिजेतालाई मध्यनेपालको अक्सफोर्ड कलेजले ‘प्लस टु’ सम्मका लागी स्कलरसिपको व्यवस्था गरेको छ । साथै अन्य दोस्रो र तेस्रो बिजेतालाई पनि नौं महिनाका लागी स्कलरसिपको ब्यवस्था गरिएको कलेजले जानकारी गराएको थियो । क्यापटेन बिजय लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्य जज्को रुपमा बिनोद दास रहेका थिए भने चितवनबाट मिस नेपालको सेमिफाईनल सम्म पुगेकी उर्षा अधिकारी, नर्स सरस्वती तिमिल्सिना र चितवनकै ब्यावसायी चन्दन अग्रवाल रहेका थिए । विगत एकबर्ष देखी शिक्षाका लागी सँगै भन्ने मुल नाराको साथमा बिभिन्न शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.लि‍.’ संस्थाले यसै नारामै रहेर ‘मिस सि स्टार चितवन’पनि सम्पन्न गरेको हो । कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष नविन यादवले यो प्रतियोगीता अबदेखी बर्षेनी गरिने जानकारी दिए । साथै उनले आफ्नो संस्थाले शिक्षासँग जोडिएका थुप्रै कार्यक्रम गर्ने पनि जानकारी दिएका थिए । साथै यसै संस्थाले आउदो साताबाट दृष्टिबिहिनहरुका लागी हाजिरीजवाफ कार्यक्रम पनि आयोजना गर्दैछ । क्याप्टेन बिजय लामाले होस्ट गर्ने यस हिजिरीजवाफ कार्यक्रमको आउदो साताबाट अडिसन शुरु हुने र त्यसकालागी आयोजक टिम देशैभरिका २५ जिल्लामा पुग्ने आयोजक संस्थाका अध्यक्ष यादवले जानकारी दिए ।

दुई सय तीन म्यादीले राजीनामा दिए

नुवाकोट, जेठ २९ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् ।  स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई सेवा निरन्तरता दिन नचाहेमा राजीनामा दिन पाउने व्यवस्था गरेकाले जागिर छाड्न चाहनेको राजीनामा स्वीकृत गरिएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । वैशाख ३१ को निर्वाचनलाई लक्षित गरी नुवाकोटमा ७७२ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । पहिलो चरणमा यही जेठ १७ गतेसम्म दिएको नियुक्त पूरा भएकाले निर्वाचन सुरक्षापछि समसामयिक सुरक्षा व्यवस्था मजबुद बनाउन प्रहरीलाई सहयोग पु¥याउन म्यादीलाई परिचालन गरिएको छ । म्यादीलाई नेपाल प्रहरीको जवानसरहको सुविधा उपलब्ध गराए पनि उनीहरुलाई प्रहरीको सहयोगीमात्र रहने जिम्मेवारी दिइएको छ । बाँकी रहेको प्रदेशमा स्थानीय तह निर्वाचन गराउन नुवाकोटबाट प्रहरी निरीक्षकसहित १५३ जना प्रहरी अन्यत्र गएकाले म्यादी प्रहरीको परिचालन सुरक्षा व्यवस्था सतर्कताका लागि बाध्यता बनेको छ ।

उन्नत बीउप्रति किसानको आकर्षण बढ्दै

फोटो क्याप्सन: उन्नत धानको बीउ खरिद गर्नका लागि एग्रोभेट पसल पुगेका किसान  कैलाली, वैशाख ७ । उन्नत जातको धानको बीउ प्रयोगप्रति कैलालीका किसानको आकर्षण बढ्न थालेको छ । उन्नत तथा हाईब्रेड धानको बीउबाट उत्पादन राम्रो हुने भएकोले यसको प्रयोगतर्फ किसानको आकर्षण बढेको हो । विगतमा घरमै बीउ उत्पादन गरेर राख्दै आएका कृषक पनि अहिले बजारबाट उन्नत धानको बीउ किनेर छर्ने गरेका छन् । बर्खे धानको बीउ राख्ने कार्य सुरु भएसंगै उन्नत जातको धानको बीउ बिक्री हुने पसलमा किसानको भीडभाड बढ्न थालेको छ । हाईब्रेड र उन्नत जातको धानको बीउबाट उत्पादन बढी लिन सकिने किसानहरुको भनाई छ । उनीहरुले घरमै उत्पादन हुने बीउ भन्दा उन्नत जातको बीउ फाइदाजनक रहेको बताएका छन् । धानको बीउ किन्न धनगढी पुगेका रामपुरका किसान चुन्कुराम चौधरीले उन्नत जातको धानको बीउबाट राम्रो उत्पादन हुने गरेको बताए । एउटै जमिनमा धेरै वर्षसम्म एकै किसिमको धान लगाउँदा उत्पादन घट्दै जान्छ । राम्रो उत्पादनका लागि हरेक वर्ष नयाँ बीउको प्रयोग गर्न आवश्यक रहेको कृषि प्राविधिकहरु बताउँछन् । तर, उन्नत र हाईब्रेड धान खेतीबारे किसानमा अझै पर्याप्त चेतना आउन सकेको छैन । कस्तो जमिनमा कुन धान लगाउने भनेर किसानमा जानकारीको अभाव देखिएको छ । हाईब्रेड धान लगाए पनि उत्पादन नहुँदा कतिपयले घरकै बीउ लगाउने गरेको धनगढी उपमहानगरपालिका–१२, जुगेडाकी हर्कमती चन्दले बताइन् । लगाउने प्रविधिबारे जानकारी नभएकाले यस्तो भएको हुनसक्ने उनले बताइन । हाईब्रेड धानको बीउबाट अरुले राम्रो उत्पादन लिए पनि आफूले नोक्सान व्यहोरेको चन्दको भनाइ छ । धानको बीउ छर्ने समय भएपछि उन्नत जातको बीउ पाइने एग्रोभेट, बीउबिजन पसलहरुमा किसानको भीड बढ्न थालेको छ । अहिले बढीजसो किसानको रोजाईमा डीवाई ६९, १८ हाईब्रेड धान रहेको किसान एग्रोभेटका सञ्चालक शिवकुमारी बुर्लाकोटीले बताइन् । उनले अधिकांश किसानले अझै पनि सर्जु–५२ धानको बीउ खोज्ने गरेको उल्लेख गरिन् । सरकारले सर्जु–५२ को सट्टा सुख्खा–३ जातको धान सिफारिस गरेको छ । ‘कतिपय किसानको माग अझै पुरानै धानको बीउ रहेको छ ।’ बुर्लाकोटीले भनिन्–‘उनीहरुले माग गरेपछि हामी पनि पुरानै धानको बीउ उत्पादन गर्न बाध्य छौं’ पछिल्ला वर्षहरुमा उन्नत जातको बीउको प्रयोग गर्ने किसानको संख्या बढ्दै गए पनि उन्नत बीउको प्रयोग उल्लेख्य रुपमा बढ्न नसकेको बताइन्छ । कृषि विकास कार्यालयले उन्नत बीउको प्रयोग बढाउनका लागि सहुलियतमा बीउ उपलब्ध गराउने, उन्नत जातको बीउको प्रयोग गर्दा हुने फाईदाबारे किसानलाई जानकारी गराउने गरेको जनाएको छ । कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गौरीशंकर गुप्ताले उन्नत जातको बीउ प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको बताए । यद्यपि धेरैजसो किसानले अहिले पनि सर्जुलगायत पुरानै जातको बीउ प्रयोग गर्ने गरेका उनको भनाई छ । उन्नत बीउको प्रयोग गर्ने किसानको संख्या बढेसंगै धान उत्पादन पनि बढ्दै गएको गुप्ताले बताए । धान खेतीको लागि उर्वरभूमि मानिने कैलालीमा विभिन्न खाले जमिन रहेको छ । तर, उत्पादन बढी लिनका लागि माटो अनुसारको धानको खेती गर्न आवश्यक रहेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ । धानको उत्पादकत्व वृद्धिका लागि हरेक वर्ष नयाँ उन्नत जातका धानको बीउ राख्न अनिवार्य रहेको कृषि प्राविधिकले बताएका छन् । लामो समयसम्म एउटै धानको बीउ प्रयोग गरेमा उत्पादन घट्ने गरेको उल्लेख गर्दै कृषि प्रसार अधिकृत गुप्ताले उत्पादकत्व बढाउन नयाँ बीउको प्रयोग जरुरी रहेको बताए । ‘माटोको स्वरुप अनुसार फरक–फरक जातका धानको नयाँ बीउ प्रयोग गर्न आवश्यक रहेका उनले बताए । कैलालीमा ७४ हजार हेक्टर जमिनमा धान खेती हुने गर्दछ । यो जिल्लाका अधिकांश व्यक्ति कृषि पेशामै निर्भर रहेका छन् । तर, अझै पनि कतिपय किसानले घरमै बीउ उत्पादन गरेर एउटै जातको धान तीन÷चार वर्षसम्म लगाउने गरेका छन् । धानको उत्पादकत्व बढाउनका लागि उन्नत तथा हाईब्रेड धानको खेती गर्न आवश्यक रहेको गुप्ताले बताए । सबै किसानले उन्नत जातको बीउको प्रयोग र आधुनिक प्रविधि अपनाउन सके कैलालीमा धानको उत्पादकत्व अहिलेको भन्दा निकै बढाउन सकिने कृषि प्राविधिकहरुको भनाई छ ।

आईप्एिलको उपाधि भिडन्त आज

जेठ ७ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १०औं संस्करणको उपाधिका लागि राइजिङ पुने सुपर जाइन्ट र मुम्बई इन्डियन्सबीच उपाधि भिडन्त हुने भएको छ । प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा पुनेबाट पराजित मुम्बई इन्डियन्सले नै फाइनलमा स्थान बनाउन ससफल भएको हो । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पुनेसँगको उपाधि भिडन्त पक्का गरेको हो । बैंग्लोरस्थित मोहमद चिन्नास्वामी स्टेडियममा कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दसौं संस्करणको उपाधि नजिक पुगेको हो । मुम्बई इन्डियन्सले अब उपाधिका लागि अाज राइजिङ पुने सुपर जायन्टसँग प्रतिस्पर्धा गर्नेछ  

पि एफ ए भेट्रान कपमा चौराहा युबा क्लब बिजयी

अत्तरिया, जेठ ६ । कैलालीको अत्तरियामा जारी ठूलो धनराशीको पि एफ ए भेट्रान कप अन्र्तगत आज पहिलो खेल सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो खेलमा चौराहा युवा क्लव धनगढीले सुप यातायात समितिको टिमलाई १ सय १८ रनले पराजित गरेको छ । टस जितेर व्याटिंग रोजको चौराहा युवा क्लवले २ सय २ रन बनाएको थियो । २ सय ३ रनको लक्ष्य पाएको सुप यातायातले अफ्नो सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सफल भयो । चौराहा युवा क्लबका लागि सर्वाधिक मानु पुनले नटआउट ८७ रन बनाएका थिए भने दिनेश पन्तले ६७ रन बनाएका थिए । टिम चौराहाका लागि अमित खड्काले ६ विकेट लिएका थिए । सुप यातायातका लागि सन्तोष थापाले ३४ र बिकाश सोतिले २७ रन बनाएका थिए । आजको पहिलो खेलमा म्यान अफ द म्याच चौराहा युवा क्लवका मानु पुन घोषित भएका छन । यस्तै दोस्रो खेल आयोजक पिएफएले न्यु सनराइज युवा क्लव गेटालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिग रोजेको न्यु सनराइजयुवा क्लबले १९ ओभरको खेल खेल्दै १० विकेटको क्षतिमा ८४ रन बनाएको थियो । ८५ रनको लक्ष लिएर मैदानमा उत्रिएको पिएफए ११ ओभरमै ३ विकेटको क्षतिमा निर्धारित लक्ष पुरा गरेको थियो पिएफएका लागि मान ब मल्ले ३३ रन जोडेका थिए । खेलमा म्यान आफ द म्याच मान ब मल्ल घोषित भएका छन । प्रतियोगिताका बिजेताले एक लाख एक्काउन हजार एक सय एघार , उपबिजेताले पचहत्तर हजार पाँच सय पचपन्न, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र म्यान अफ द सिरिजले नगद रु दश हजार प्राप्त गर्नेछन । प्रतियोगिता १५ गतेसम्म संचालन हुनेछ ।

ललितपुरमा एमालेद्वारा राप्रपालाई धोका, उम्मेदवार बिनाको सूर्यमा ठूलो भोट

काठमाडौं, जेठ २ । ललितपुर महानगरपालिकामा एमाले समर्थक मतदाताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारलाई धोका दिएको देखिएको छ । ललितपुर महानगरपालिकामा मेयर र उपमेयरमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । एमालेको मेयर र राप्रपाको उपमेयर हुने सहमति अनुसार,  एमालेले उप मेयरमा उम्मेदवार उठाएको थिएन । तर मत परिणाम हेर्दा एमालेको उम्मेदवार नै नभएपनि उप मेयरमा सूर्य चिन्हमा भने ठूलो भोट खसेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक नेताले एमालेले ठूलो बेइमानी गरेको आरोप लगाएका छन् । पछिल्लो परिणामसम्म आइपुग्दा उप मेयर पदमा देखिएको नतिजा यस्तो छ । रुख– १८३० सूर्य– १६१९ (उमेद्वार विनाको) गाई–९१९ गोलाकार भित्र हसिया हथौडा– ८२९ यो तथ्यांक हेर्दा १६१९ मत उम्मेदवार नै नभएको एमालेको चुनाव चिन्हमा परेको छ । यो मत आफूलाई पर्नुपर्ने भएपनि एमालेले बेइमानी गरेको भन्दै राप्रपा कार्यकर्ता आक्रोशित बनेका छन् ।

म्याग्दीमा बैंकमा गहना धितो राखेर सडक निर्माण

म्याग्दी, वैशाख २५ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका बासिन्दाले स्थानीय स्तरबाट करोडाै रकम जुटाएर पूर्वाधार निर्माण गरेका छन् । सरकारी निकायले उपलब्ध गराएको बजेटको तुलनामा धेरै गुणा बढी रकम स्थानीय स्तरबाट जुटाएर सडक, भवन, खेलमैदानलगायतका योजना निर्माण गरेका हुन् । जिल्ला समन्वय समिति र साविकको गाविस कार्यालयले रु १६ लाख ४३ हजार अनुदान उपलब्ध गराएको भकिम्ली–राखु–नयाँपुल सडक निर्माण योजना स्थानीय स्तरबाट थप रु ३५ लाख जुटाएर सम्पन्न गरेका छन् । नौ किलोमिटर दूरीको सो सडक निर्माणका लागि सरकारी निकायबाट प्राप्त बजेट अपुग भएपछि राखुका ६५ घरधुरीले चन्दा सङ्कलन गर्नुका साथै बैंकमा गहना धितो राखेर रु ३५ लाख जुटाएका उपभोक्ता समितिका अध्यक्ष केयरसिङ पुनले जानकारी दिए । भकिम्लीकै ठोट्नेरीका बासिन्दाले हालै रु पाँच लाख सङ्कलन गरेर डाडाँखानीदेखि गाउँसम्म जोड्ने सडक निर्माण गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष धनबहादुर श्रीसका अनुसार पाँच किलोमिटर दूरीको यो सडक निर्माणका लागि साविक गाविस कार्यालयले रु एक लाख मात्र उपलब्ध गराएको थियो । ठोट्नेरीका ७० घरधुरीले कम्तीमा रु पाँच हजारका दरले चन्दा सङ्कलन गरेर सडक खनेका हुन् । टोड्नेरीसँगै भकिम्लीका सबै टोल सडक सञ्जालमा जोडिएका छन् । विसं २०६७ मा स्थानीय बासिन्दाले रु एक करोड चन्दा सङ्कलन गरेर निर्माण गरेको हलेगौडा–भकिम्ली सडक स्तरवृद्धिका लागि पहल भइरहेको छ । यसैगरी रोजगारी, अध्ययन र व्यवसायका लागि विदेशिएका भकिम्लीका बासिन्दाको सहयोगमा जयन्ती माविको दश कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । असी प्रतिशत निर्माण कार्य पूरा भएको भवन बनाउन बेलायत, बेल्जियम, अमेरिकालगायत देशमा रहेका नेपालीबाट रु ८१ लाख सहयोग प्राप्त भएको व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले भत्काएको सो कक्षा कोठा भवन पुनःनिर्माणका लागि साविक गाविस कार्यालयले रु दश लाख उपलब्ध गराएको थियो । यसैगरी भकिम्लीको मुसुङडोलेमा स्थानीय गणेश स्मृति क्लबको सक्रियतामा रु ११ लाखको लगानीमा खेलमैदान निर्माण भएको छ । मुसुङडोलेको पखरधारा भन्ने ठाउँमा १२० मिटर लम्बाइ र ५० मिटर चौडाइ रहेको खेलमैदान निर्माणका लागि जिल्ला समन्वय समितिबाट चालु आवमा रु एक लाख र गाविस कार्यालयबाट रु ८५ हजार प्राप्त भएको थियो । थप रु दुई लाख चन्दा र रु सात लाख ऋण जुटाएर खेलमैदान निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो । स्थानीय स्तरमा सक्रिय जनसहभागिता जुट्ने भएकाले योजना निर्माणमा सहज भएको वडा सचिव शिव शर्माले बताए ।

‘कृषि, पर्यटन, पूर्वाधार र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका आधार’

जापान, वैशाख २३ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेका जानकारी दिँदै कृषि, पर्यटन, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन र उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ । एसियाली विकास बैक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण सुनाउनुभयो । भूकम्पपछिको पुनःनिर्माणले गति लिएको र त्यससम्बन्धी सबै काम समयमा नै पूरा हुने जानकारी दिँदै मन्त्री महराले नेपालको सामाजिक एवम् आर्थिक विकासमा एडिबीबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । एसिया–प्रशान्त क्षेत्रको द्रुत आर्थिक विकासका लागि एडिबीले थप सहायता गर्नुपर्नेमा जोड दिँदै उहाँले दिगो समावेशी आर्थिक विकासमा एडिबीले निर्वाह गरेको भूमिका प्रभावकारी रहेको बताउनुभयो । एसिया– प्रशान्त क्षेत्रका विकासका आवश्यकता पूरा गर्न लगानी बढाउनुपर्ने, निजी क्षेत्रलाई पनि साथै लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रका शान्ति र समृद्धिका लागि सबैले सहकार्य गर्नुपर्छ भन्नुभयो । बैंकको दीर्घकालीन रणनीतिमा क्षमता अभिवृद्धि, संस्थागत विकास, जलवायु परिवर्तनका असरहरुको सामना गर्ने सुदृढ संयन्त्र स्थापनाजस्ता विषय समावेश हुनु अपरिहार्य भएको भन्दै उहाँले ती क्षेत्रमा पनि एडिबीको लगानी बढ्नुपर्ने नेपालको चाहना व्यक्त गर्नुभयो । नेपाल अहिले संविधान कार्यान्वयनको चरणमा रहेको र त्यसक्रममा स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा रहेको जानकारी दिँदै मन्त्री महराले स्थानीय तह निर्वाचनपछि केन्द्रका सबै अधिकार स्थानीय तहमा प्रत्यायोजन हुने बताउनुभयो । “स्थानीय तहमा अधिकार प्रत्यायोजन भएपछि आर्थिक विकासका आधार अझ सुदृढ हुनेछन्,” स्थानीय निर्वाचनपछि आर्थिक उन्नयनका गतिविधि बढ्ने र समृद्धितर्फको नेपालको यात्रा प्रारम्भ हुने महराको भनाइ थियो । नेपाल एडिबीको संस्थापक सदस्य हो । स्थापनाकालदेखि नै सक्रिय नेपाल सञ्चालक समितिको गभर्नर पनि हो । बैंकको ६७ सदस्य देशका सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, विश्वका विभिन्न देशका अर्थशास्त्री, बहुपक्षीय अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायतका करिब छ हजार प्रतिनिधिको सहभागितामा रहेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापानका युवराज नारुहितोले समृद्ध एसिया निर्माणमा सबै एसियालीले सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । पचास वर्षअघिको एसिया–प्रशान्त क्षेत्रको गरिबी धेरै हदसम्म घटेको भएपनि यस क्षेत्रमा अझैै गरिबी विद्यमान रहेको उहाँले बताउनुभयो । गरिबी अन्त्यका लागि विश्वका विभिन्न भागबाट बैठमा भागलिन एकत्रित भएका विद्वत् वर्गको बौद्धिकता सामुहिक रुपमा उपयोग हुनुपर्नेमा युवराज नारुहितोले जोड दिनुभयो । एसिया–प्रशान्त क्षेत्रमा अझै पनि तीस करोडभन्दा बढी नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकाले भौतिक पूर्वाधार निर्माण, ऊर्जा आपूर्ति सञ्जाल विस्तार र यातायात क्षेत्रको विकासबाट नै समृद्धि हासिल हुने उहाँले बताउनुभयो । जापानका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री तारो आसोले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकास, यस क्षेत्रका आर्थिक उन्नयनका चुनौती, पूर्वाधार विकासमा लगानी वृद्धि, प्राकृति विपत्ति व्यवस्थापनलगायत सुदृढ अर्थतन्त्रका निम्ति बैंकले अझ सचेततापूर्वक काम गर्नुपर्ने बताउनुभयो । दिगो आर्थिक विकास हासिल गर्न पूर्वाधार निर्माण अपरिहार्य भएको बताउँदै उहाँले विकासका परियोजनामा अत्याधुनिक प्रविधि प्रयोग गर्न जापानले एडिबीलाई चार करोड अमेरिकी डलर प्रदान गर्ने घोषणा गर्नुभयो । उच्चस्तरीय प्रविधि कोष स्थापनाका लागि बैंकलाई जापानले उक्त रकम प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । उक्त रकम आगामी दुई वर्षभित्र एडिबीलाई उपलब्ध गराइने जानकारी दिँदै बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री आसोले हाल बैंकको ‘रणनीति २०३०’ तयार भइरहेको जानकारी दिनुभयो । एसिया–प्रशान्त क्षेत्रको विकासका लागि बैंकसँग निकट सम्पर्कमा रहेर जापानले काम गरिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राकृतिक विपत्तिका बेला पनि नष्ट नहुने गुणस्तरीय पूर्वाधार निर्माण र त्यसमा लगानी वृद्धि एसिया प्रशान्त क्षेत्रका लागि अत्यावश्यक भएको उहाँको कथन थियो । बैंकका अध्यक्ष तोकेहिको नाकाओले बितेका ५० वर्षमा एडिबीले एसिया– प्रशान्त क्षेत्रको विकासका लागि ज्ञान, वित्त, उपयुक्त नीति, मैत्री तथा क्षेत्रीय सहयोग प्रवद्र्धन गरेको बताउनुभयो । बैंकले एसिया– प्रशान्त क्षेत्रको उज्ज्वल भविष्यका लागि रणनीति २०३० तयार पारेको र त्यसले एसियाको आर्थिक वृद्धि, गरिबी जलवायु परिवर्तन, सहरीकरण, बढ्दो असमानताजस्ता विकासका चुनौतीलाई सम्बोधन गर्ने बताउनुभयो । उक्त रणनीतिलाई सबै सदस्य देश र दातृ निकायसँगको छलफलपछि अन्तिम रुप दिइने जानकारी दिँदै नाकाओले बैंकले एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा, यातायात, सञ्चारलगायत अत्याधुनिक प्रविधियुक्त पूर्वाधार निर्माण गर्न वार्षिक एक खर्ब ७० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताउनुभयो । सन् २०३० सम्मको उक्त रणनीति कार्यान्वयन गर्न उक्त रकमको आवश्यकता उहाँले औँल्याउनुभएको हो । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रलाई उक्त रणनीतिले उच्च प्राथमिकता दिएको, औलो, क्षयरोग र एचआइभीजस्ता सङ्क्रामक रोगविरुद्ध लड्ने रणनीतिका योजना नाकाओले सुनाउनुभयो । सामाजिक एवम् आर्थिक विकासका लागि लैङ्गिक समानता सुनिश्चित गर्नु अपरिहार्य भएको भन्दै उहाँले महिला र किशोरीलाई उच्च शिक्षा, स्वास्थ्य, नीति तथा निर्णायक तहमा पु¥याउने, व्यावसायिक एवम् प्राविधिक शिक्षा विकास, प्राविधिक र सीप विकास तालिम, निजी क्षेत्रका स्रोत र साधनको परिचालनलाई उक्त रणनीतिले केन्द्रमा राखेको जानकारी दिनुभयो । साना तथा मझौला उद्योगमा स्थानयि बैंकबाट पुँजी प्रवाह गरी अधिकभन्दा अधिक जनतालाई व्यवसायी बनाउने रणनीतिको लक्ष्य रहेको अध्यक्ष नाकाओले बताउनुभयो ।

मुटु रोगको उपचारका लागि अब जनकपुरवासीले राजधानी धाउनुनपर्ने

काठमाडौँँ, वैशाख २० । राजधानी बाहिर पनि विशेषज्ञ उपचार सेवा विस्तार गर्ने सिलसिलामा स्वास्थ्य मन्त्रालयले जनकपुर अञ्चल अस्पतालबाट मुटु रोगको उपचार सुरु गर्ने भएको छ । मन्त्रालयको रोहबरमा मङ्गलबार सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र जनकपुर अञ्चल अस्पतालबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा अस्पताललाई प्रविधि र विशेषज्ञसहितको ज्ञानसीप गङ्गालालले दिने र मन्त्रालयले त्यसका लागि सम्पूर्ण आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ । चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले १० वर्षका लागि सम्झौता गरिएको र त्यसपछि भने अस्पताल आत्मनिर्भर भई सेवालाई निरन्तरता दिनुपर्ने बताए । तत्कालका लागि रु १० करोड सहयोग गरी उपचार सुरु गरिने र आवश्यकता अनुसारका अन्य क्याथ ल्याबलगायतका उपकरण जुटाउन सहयोग उनले बताए । मुटुको जुनसुकै समस्याको उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्न राजधानी बाहिर विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । त्यहाँ शल्यक्रियाबाहेकका सबै उपचार हुने बताइएको छ । दुई महिनाअघिदेखि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पनि यस्तो सेवा दिन थालिसकेको छ ।

आइओएममा तालाबन्दी

काठमाडौँ, वैशाख १९। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा चिकित्सा शिक्षाको विशेषज्ञ तह (पोस्ट ग्राजुएट पिजी) कोटामा व्यवस्था भएको आरक्षण कोटा हटाउन माग गर्दै डिन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । आइओएमका स्वतन्त्र विद्यार्थी युनियनले पिजी कोटामा आरक्षण दिँदा त्यसको दुरुपयोग भएकाले आरक्षण कोटा हटाउन माग गर्दै तालाबन्दी गरेको जनाएको छ । आइओएम स्ववियुका अध्यक्ष मिलन गैरेले भन्नुभयो, ‘‘पिजी अध्ययन गर्नु भनेको विशेषज्ञ तह हो । एमविविएस पढेका कोही पनि विपन्न वा आर्थिक हैसियत कम भएका हुँदैनन्, आरक्षणका नाममा हुनेखानेका छोराछोरीले नै अवसर लिने भएकाले जसका लागि लक्षित गरिएको हो, उसले त पाएकै छैनन्, त्यसैले आरक्षण हटाउनुपर्छ ।’’ चिकित्सा क्षेत्रमा विशेषज्ञ तह सम्वेदनशील हुने भएकाले योग्य व्यक्तिलाई मात्र छान्नुपर्ने हुन्छ । आफ्नो माग सुनुवाई नभए कडा आन्दोलनमा जानेसमेत युनियनले जनाएको छ ।