आइटी विज्ञ अधिकारी प्रदेश समितिको सदस्यमा चयन

काठमाडौं। नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको सदस्यमा चिरन्जिबी अधिकारी चयन भएका छन्। उनी नेकपा माओवादी केन्द्रको विज्ञान र प्रविधि विभागमा केन्द्रीय सदस्यमा पनि कार्यरत छन्।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन आयोगले चिरन्जिबी अधिकारीलाई मनोनीत गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टी र देशको लागि सूचना र प्रविधिको क्षेत्रमा अझ बढी योगदान पुर्याउन अनुरोध गरेको छ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रथम सम्मेलनबाट सदस्यमा निर्वाचित भएकोमा सो समितिका ईञ्चार्ज डिलाराम आचार्यले माओवादी आन्दोलनलाई सूचना र प्रविधिमार्फत सफल पार्न भूमिका अनुरोध गरेका थिए।

हराएको विमान लाङ्चिगोला क्षेत्रमा जलिरहेको अवस्थामा फेला

काठमाडौं । आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले सो कुराको जानकारी दिएका हुन्। उनका अनुसार मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको हो । सो विमानमा रहेका चालक दलका सदस्य तथा यात्रुहरुको अवस्थाको बारेमा पूर्ण विवरण आउन सकेको छैन । यस क्षेत्रमा मौसमको खराबीका कारण सो क्षेत्रमा जानलाई कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ । आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको थियो । विमानमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको नामावली १‍ इन्द्रबहादुर गोले २ पुरुषोत्तम गोले ३ राजनकुमार गोले ४‍ वसन्त लामा ५ गणेशनारायण श्रेष्ठ ६ रवीना श्रेष्ठ ७ रस्मी श्रेष्ठ ८ रोजिना श्रेष्ठ ९ प्रकाश सुनुवार १० मकरबहादुर तामाङ ११ राममाया तामाङ १२ सुकुमाया तामाङ १३ तुल्सादेवी तामाङ १४ अशोककुमार त्रिपाठी १५ धनुष त्रिपाठी १६ ऋतिका त्रिपाठी १७ युवी विल्नर १८ वैभवी बाण्डेकर १९ मिक ग्र्याट चालक दलका सदस्य १ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे २ सहायक पाइलट उत्सव पोख्रेल ३ विमानपरिचारिका क्रिस्मी थापा

हरेक वडामा महिला तथा बालबालिका हिंसाविरोधी सेलको गठन गर्न माओवादी केन्द्र कञ्चनपुरको माग

काठमाडौं । नेकपा माओवादी केन्द्र कञ्चनपुरले संघीय गणतन्त्रमा समेत महिला र बालबालिकाविरुद्ध हिंसामा कमी नआएको भन्दै विशेष अभियान सञचालन गरेन सरकारसमक्ष माग गरेको छ । कञ्चनपुरको उल्टाखाममा हिजो एकजना ११ वर्षीय बालिकामाथि भएको यौनजन्य हिंसाको भत्र्सना गर्दै जिल्ला संयोजक खेमराज पाण्डेले जारि गरेको विज्ञप्तिमा वडा तहमा नै हिंसाबिरोधी सेल गठनको माग समेत गरिएको छ। पढ्नुस विज्ञप्तिको पूर्ण पाठ प्रेस विज्ञप्ती कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. २ महुलिया, उल्टाखाम निवासी एकजना ११ वर्षीय बालिकामाथि भएको यौन हिंसाको घटनाले हामी स्तब्ध भएका छौं साथै उक्त पाशविक घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछौं । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दोश्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएर देशलाई सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढाउने संकल्प राजनीतिक दलहरुले लिइरहेको बेला घटेको यो घटनाले हामीले निकै चिन्तित तुल्याएको छ । यसबाट राजनीतिक प्रणाली परिवर्तन भएपनि यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको र अझै पनि महिला, बालबालिका तथा कमजोर वर्गको सामाजिक सुरक्षाको अवस्था जटिल रहेको देखाएको छ । यसका साथै समाजका आर्थिक तथा सामाजिकरुपमा कमजोर वर्गमाथि हिंसाले निरन्तरता पाइरहेको तथ्यप्रति राज्य संवेदनशील हुन नसकेको समेत यसले प्रष्ट पारेको छ । हामी संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहका सरकारहरुलाई महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा, दुव्र्यवहार तथा विभेदविरुद्ध सामाजिक अभियानको सुरुआत गर्न, सामाजिक सुरक्षालाई प्राथमिकताका साथ अभियानकै रुपमा कार्यक्रममा समावेश गर्न तथा हरेक वडामा महिला तथा बालबालिका हिंसाविरोधी सेलको गठन गरी पीडितलाई न्याय दिने प्रणालीको विकास गर्न माग गर्दछौं । साथै भीमदत्त २ को घटनामा पीडित बालिकाको स्वास्थ्यलाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबीन गरी उचित उपचार तथा पीडित परिवारलाई क्षतिपूर्तिका लागि स्थानीय तह तथा प्रदेश सरकारसमक्ष माग गर्दछौं । खेम पाण्डे संयोजक

हट्यो श्रीलंकाको संकटकाल

कोलम्बो । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो । ​सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए । राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए ।   शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आँधीमा फँस्यो स्पाइसजेटको विमान, ४० यात्रु घाइते

मुम्बई । आइतबार मुम्बईबाट पश्चिम बंगालको दुर्गापुर जाँदै गरेको स्पाइसजेटको बोइङ बी७३७ विमान आँधीमा परेको थियो । जसका कारण जहाजमा सवार करिब ४० यात्रु घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । तर, पाइलटको चेतनाका कारण विमान सकुशल धावनमार्गमा अवतरण भएको थियो । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मिडिया रिपोर्टका अनुसार विमान दुर्गापुरको काजी नजरुल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा आँधीमा फसेको थियो । त्यसपछि विमानको क्याबिनमा राखिएको सामान खस्न थालेपछि करिब ४० यात्रु घाइते भएका थिए । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार पाइलटले खतरा महसुस गर्नेबित्तिकै सिट बेल्टको साइन अन गरेका थिए। त्यसपछि पनि खानाको ट्रलीसँग ठोक्किएर दुई यात्रु गम्भीर घाइते भएका छन् । सबै यात्रुहरू आफ्नो सिटमा पुग्नुपर्ने थियो, तर यी सबै कुरालाई बेवास्ता गरिएको एक अधिकारीले बताए । विमान अवतरण गर्ने वित्तिकै घाइतेहरुलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । घटनाप्रति दुःख व्यक्त गर्दै स्पाइसजेटका प्रवक्ताले घाइतेलाई हरसम्भव सहयोग गर्ने बताएका छन् ।

दाङको राजपुर गाउँपालिकामा माओवादी एक्लै भिड्ने

दाङ । नेकपा माओवादी केन्द्र दाङको राजपुर गाउँपालिकामा एक्लै भिड्ने भएको छ । पाँच दलीय गठबन्धनमा सहमति हुन नसकेपछि राजपुर अध्यक्षमा चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादवले प्रतिस्पर्धा गर्ने भएका हुन् । दाङका २ उपमहानगर, एक नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानीय तह छन् । अरु स्थानीय तहमा सत्ता गठबन्धन हुने भएपनि राजपुरमा माओवादी एकल रुपमा प्रतिस्पर्धा गर्ने भएको छ । काँग्रेस सहित गठबन्धनमा सहभागी दलसँग चुनावी तालमेल गर्न निक्कै मेहनत गरेपनि सफल नभएपछि माओवादी केन्द्र एक्लै भिड्ने भएको हो । माओवादीले गठबन्धनमा सहभागी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई भने वडामा भएपनि समेट्ने प्रयास गरेको छ । माओवादी राजपुरले सातै वडा अध्यक्षको नाम समेत टुंगो लगाएको छ । राजपुरको वडा नम्बर १ अध्यक्षमा विष्णु बुढा, वडा नम्बर २ अध्यक्षमा दुर्गा शर्मा, वडा नम्बर ३ अध्यक्षमा रामप्रसाद यादव, वडा नम्बर ५ अध्यक्षमा भोगेन्द्रसिंह राजपूत, वडा नम्बर ६ अध्यक्षमा श्याम रोका, वडा नम्बर ७ अध्यक्षमा पुस्कार ओलीले टिकट पाएका छन् । वडा नम्बर ४ अध्यक्षमा प्रतिस्पर्धा गर्नेको संख्या धेरै भएकाले सहमति हुन सकेको छैन । शुक्रबार बेलुकासम्म अध्यक्षको नाम फाइनल हुने छ । राजपुर गाउँपालिका अध्यक्षमा एमाले र काँग्रेसले नाम टुंगो लगाएका छैनन् । एमालेबाट यसअघि अध्यक्षमा पराजित भएका कुलराज गिरी नै पुनः उठ्ने तयारी गरेका छन् । यद्यपि पार्टीले निर्णय गरेको छैन । नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उठ्ने उम्मेदवारको टुंगो लगाएको छैन । अध्यक्षमा पुनः यसअघि निर्वाचित अध्यक्ष लोकराज केसी र उपाध्यक्ष धनपति यादवले आकांक्षा राखेका छन् । यस्तै शरद बुढाथोकी र लालवीर खड्काले पनि आकांक्षा राखेका छन् । काँग्रेसमा अध्यक्षमा उठ्ने उम्मेदवारको संख्या धेरै भएकाले टुंगो लगाउन सकेको छैन ।

हङकङमा चर्चित पत्रकार एलन पक्राउ

काठमाडौं । हङकङको केबल च्यानल नाउ टेलिभिजनका चर्चित पत्रकार एलन अउ देशद्रोहको आरोपमा पक्राउ परेका छन। टेलिभिजनबाट देशद्रोहरूसँग सम्बन्धित सामग्री प्रकाशित गर्ने तयारी गरेको भन्दै हङकङ सरकारले उनलाई पक्राउ गरेको हो। उक्त च्यानलमा गत वर्ष सुरक्षाकर्मीले छापा मारी वरिष्ठ कर्मचारीहरुलाई पक्राउ गरेका छ । पक्राउ परेका पत्रकार एलन अउ चाइनिज युनिभर्सिटी अफ हङकङको स्कुल अफ जर्नलिज्मका सल्लाहकार समेत हुन । सन् २०२० देखि हङकङ प्रहरीले पत्रकार, र विपक्षी दलका कार्यकर्ताहरुलाई निशाना बनाई कारबाही गर्दै आएको छ । गत साता मात्रै अदालतको सुनुवाईको क्रममा ताली बजाएको आरोपमा देशद्रोहको अभियोग लगाएर ६ जना पत्रकार विरुद्ध मुद्दा चलाइएको थियो ।

निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुँने, के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । वैशाख ३० गत‍े हुने स्थानीय तहको निर्वाचनको लागि शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू हुने भएको छ। शुक्रबार अपराह्न ५ बजे आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमार्फत् आचारसंहिता लागू हुने बताएका हुन्। आयोगले यसअघि चैत ३ गते नै आचारसंहिता प्रकाशित गरेको थियो। तर त्यसलाई लागू गरिसकेको थिएन। आचारसंहिताका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केही विषयमा विरोध जनाउँदै आएको थियो। बिहीबार आयोग पुगेर महासचिव शंकर पोखरेलले केही बुँदामा असहमति जनाएका थिए । यस्तै, आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ। तर त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। त्यसलाई सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न भनेको छ। आयोगले यस निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह ज्याकेट, कमिज, भेष्ट लगायतका कुनै किसिमको पहिरन, स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री–वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने जनाएको छ। निर्वाचन आचारण संहिता,२०७८ को दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले पालना गर्नुपर्ने आचरणः (क) सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने, (ख) आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, (ग) कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, (घ) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अडित ज्याकेट, कमिज, भेष्ट टि सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, (ङ) घरजग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने, (च) ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाहता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने, (छ) अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने, (ज) प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने, (झ) सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, (ञ) सामाजिक सञ्जालमा गलत भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने, (ट) निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने, (ठ) सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, टेषपूर्ण भाषण (पत्र) जस्ता भासक द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने, (ड) कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने, (ढ) कसैको चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने, (ण) उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार राजनीतिक दलको वा मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने, (त) कोभिड( १९ वा अन्य महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकार तथा सम्बन्धित निकायबाट जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रतिकूल हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, (थ) निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने,तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोष्ट गर्न यस खण्डले बाधा पुयाएको मानिने छैन। (द) सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी बाहेक कुनै पनि हातहतियार तथा प्रज्वलनशिल पदार्थ बोक्न नहुने, (ध) कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नहुने, (न) मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग बादविवाद गर्न तथा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने।

राजेश हमालले गरे नारायणी सफाइ

भरतपुर । महानायक राजेश हमाल नारायणी सफाईमा लागेका छन् । हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैलाले नदिलाई कुरुप बनाउने भन्दै सचेतना स्वरुप सरसफाइ गरेका हुन् । हमाल सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्मनवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा स्थानीयसँगै जुटेका थिए । स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको हो । कार्यक्रममा हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिय हुन आग्रह गरे । ‘आज हामीले एकदिन, केहीबेर सफाई गरेर सधैंका लागि यो सफल हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो’ हमालले थपे ‘यहाँ घुम्न आउने पर्यटकले पनि यी कुरा बुझ्नु जरुरी छ ।’ सरसफाइ कार्यक्रमपछि हमालले करिब एक घण्टा सवारी मार्फत त्यहाँको बिभिन्न स्थान समेत अवलोकन गरेका थिए ।

सरकार ढाल्न र चुनाव बिथोल्न ठूलो षडयन्त्र हुँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानबिरोधी शक्तिहरुले गठबन्धन सरकार ढाल्न र निर्वाचन बिथोल्न ठूलो षडयन्त्र गरिरहेको बताएका छन् । “ठूलो प्रपञ्च चल्दैछ ।” पेरिसडाँडामा आयोजित जनयुद्ध दिवस समारोहमा बोल्दै प्रचण्डले भने, “प्रतिगमनकारी शक्तिहरु, देशी विदेशी प्रतिक्रियावादीहरु र यो परिवर्तनलाई मन नपराउने शक्तिहरु षडयन्त्रमा लागेका छन् ।” एमसिसिको नाम उच्चारण नगरि अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन एउटा परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेकोले कुनै परियोजनाका कारण नटुटने समेत बताए । “हामीले कुनै परियोजना पारित गर्छौं भनेर गठबन्धन गरेका होइनौं ।” उनले भने, “संविधानको रक्षा, लोकतन्त्रकोे रक्षा र उपलब्धिहरु खतरामा परेको बेला निश्चित सैद्धान्तिक मान्यताका आधारमा यो गठन भएको हो । त्यहि आधारमा सरका बनेको हो, यो नेपाली जनताको चाहनाले बनेको हो । त्यसैले कुनै परियोजनाका कारण यसलाई टुटन नदिन म आग्रह गर्न चाहन्छु ।”   प्रचण्डले गठबन्धनलाई संविधानको रक्षा ,लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति जनताले साथ दिएको स्मरण गर्दै सबैले जनताको सर्मथन भरोसालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई सिध्याउन चाहेका शक्तिहरु अहिले पनि सक्रिय भएको बताए ।

पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना ७ जनाको मृत्यु

  पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। मृत्यु हुनेमा तीन डच पर्यटक, दुई चिलीका पर्यटक र दुई पेरुका चालक दलका सदस्य रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु

बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका-३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका-७ की २३ वर्षीया शैलकुमारी राम छन्। सोमबार बेलुका साढे ७ बजे रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो। आदर्श कोटवाल गाउँपालिका-३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा गाडी अनियन्त्रित भएर पल्टेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। दुर्घटनाका घाइते १४ जनाको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको थापाले बताए। अचानक तीव्र गतिमा गुड्दा रथको अगाडी रहेका मानिसलाई कुल्चिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीय सियाराम महरा चमारको बिहेका लागि चार पाङ्ग्रे रथ गाउँमा ल्याइएको थियो । रथ सञ्चालक फरार र २ जना चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता थापाले बताए।

लाेकसेवा भन्छ कोभिड संक्रमणकालीन अवस्थामा परीक्षामा सामेल हुने उम्मेदवारले निम्न नियमहरु पालना गर्नु

  १. उम्मदेवारले नाक, मखु राम्रोसँग छोपिने गरी अनिवार्य रूपलेमा मास्क लगाउनपुनेछ । आवश्यकता अनुसार स्यानिटाइजर समते प्रयोग गर्नुपनेछ । २. कोभिड(१९ संक्रमण एिको वा लक्षण एिको उम्मदेवारले परीक्षा शरूु हुनुभन्दा अगाभडि अनिवार्य रूपले परीक्षा सञ्चालन गने कार्यालय र शाखामा जानकारी गराउनुपर्नेछ । ३. परीक्षा केन्द्रमा उम्मेदवारले भिडभाड नगरी लाइनबद्ध रूपमा आफ्नो नाम र कोठा नम्बर एकिन गरी तोकिएको स्थानमा पालैपालो प्रवशे गर्नुपुर्नेछ । ४. उम्मदेवारलेपरीक्षाको समय अघि वा पछि समहूमा बस्ने र कुराकानी गर्ने गर्नुहुदँैन । परीक्षा सम्पन्न भएपछि सरासर रूपमा पररक्षा भवन बाहिर जानुपर्नेछ । ५.उम्मेदवारले आफ्नो लागि पिउनेपानी लगायत स्वास्थ्य सरक्षा सामाग्रीको प्रबन्ध आँफैले गर्नुपर्ने छ । ६.सबै उम्मेदवारले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको ध्भदकष्तभ मा गई विद्यतुीय माध्यमबाट कोभिड सम्बन्धी स्वय घाँेषणा फाराम अनिवार्य रूपमा भर्नुपर्ने छ । साथै सरक्षा निकाय तथा सगं सगठित संस्थाको परीक्षामा सामले हुने उम्मदेवारले सम्बन्धित सरक्षा निकाय तथा संगठित संस्थामा आफ्नो स्वास्थ्य सम्बन्धी अवस्थाको बारेमा अग्रिम जानकारी गराउनु पनेछ । ७. कोभिड १९ संक्रमणजन्य रोगबाट बच्न नेपाल सरकारलेतोकेको अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ ।  

भारतमा कोरोना विष्फोटः एकैदिन थपिए २ लाख ५८ हजार कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएको छ । कैयन राज्य र केन्द्र सरकारले कोरोना प्रसार रोक्न प्रयास गरेपनि कोरोना ंसंक्रमितको संख्यामा भने हरेक दिन हजारौंले बृद्धि भइरहेको छ । आइतबार मात्रै भारतमा २ लाख ५८ हजार ०८९ संक्रमित थपिएका छन् । यो अवधिमा १ लाख ५१ हजार ४४५ जना संक्रमित निको भएका छन् भने ३८३ जनाको मृत्यु भएको छ । कोरोनाकै बीच भारतका कतिपय राज्यमा विधानसभाको निर्वाचन समेत हुन गइरहेको छ । कोरोनाको त्रासले शहरबाट गाउँ फर्किनेको लर्को लागेको छ । ओमिक्रोनका लक्षण भने ८ हजार जनामा देखिएको भारतीय मिडियाले जनाएका छन् । पहिलो र दोश्रो लहरको जस्तो मृत्यु दर नदेखिएपनि संक्रमण अझै बढने र मृत्युको संख्यामा समेत बृद्धि हुने आँकलन कतिपयले गरेका छन् । भारतका नयाँ दिल्ली, महाराष्ट्र, गुजरात, उत्तर प्रदेशलगायतका कतिपय राज्यले कोरोना रोकथामका लागि कडा उपाय अपनाएका छन् । तर यही गतिमा कोरोना बढदै जाने हो भने पहिलाजस्तै कडा लकडाउन लाग्ने आशंकामा मानिसहरु झनै आशंकित बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अध्यक्ष यादवको पक्षमा ३४ जना केन्द्रीय सदस्यको हस्ताक्षर, माफी मागेर आए ठाकुरहरुलाई पार्टीमा ठाउँ दिने भनाई

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले आधिकारिता पाउने स्पष्ट भएको छ । आज निर्वाचन आयोगमा उपेन्द्र यादवको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर सनाखत गरेपछि आधिकारिता पाउने स्पष्ट भएको हो । ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष यादवले जानकारी दिए। यादवका अनुसार सनाखतका लागि सांसद रेशम चौधरीलाई पनि आयोगमा ल्याउने तयारी गरिएको छ। डिल्लीबजारस्थित कारागारमा रहेका चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए। चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने यादवले दाबी गरेका छन्। यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन, नवलकिशोर साह, राजकिशोर यादवलगायत नेताहरू यादव पक्षमा आएका छन्। अध्यक्ष यादवले आफूहरूले महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई नलखेटेको भन्दै माफी मागेर आए पार्टीमा ठाउँ दिने बताए।

बिकास खवास बाहिरिए, अष्ट्रेलिया बिरुद्ध पाँच खेलाडी परिवर्तन

काठमाडौं : अष्ट्रेलिया बिरुद्धको खेलमा नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले पाँच परिवर्तन गर्नुभएको छ । विश्वकप फुटबल २०२२ र एशिया कप २०२३ को छनोट अन्तगर्तको अन्तिम खेलमा नेपालले अष्ट्रेलियाको सामना गर्दैछ । कुवेतस्थित अल जबेर अन्तर्राष्ट्रिय रङशालामा अबको केही समयमा सुरु हुने खेलबाट बिकास खवास बाहिरिनुभएको छ । जोर्डन बिरुद्धको खेलमा घाइते भएपछि उहाँ पहिलो हाफमै बाहिरिनुभएको थियो । जोर्डन बिरुद्धको खेलमा पहिलो रोजाईमा परेका अञ्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेञ्चमा बस्नेछन् । नेपालले अष्ट्रेलिया बिरुद्ध ४-३-३ को रणनीतिमा खेल्नेछ । पूजन उपरकोटी, विशाल राई र एरिक विष्ट मीडफिल्डमा हुनेछन् । डिफेन्समा गौतम श्रेष्ठ, आक्रमणमा नवयुग श्रेष्ठ तथा सुनिल बलले खेल्नेछन् ।