इन्डियन प्रिमियर लिग : दिल्लीसँग पराजित हुँदै पन्जाब प्रतियोगिताबाट बाहिरियो
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्ससँग पराजित हुँदै पन्जाब किंग्स समूह चरणबाट नै बाहिरिएको छ ।
धर्मशालामा रहेको एचपीसीए मैदानमा दिल्ली १५ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र बनायो । पन्जाबका लागि लियम लिविङ्स्टोन र अर्थव ताईटेले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित सम्म पुर्याउन भने सकेनन् ।
लिविङ्स्टोनले ४८ बलमा ५ चौका र ९ छक्काको सहयोगमा ९४ रनको विष्फोटक ईनिङ्स खेले । ताईडे ४२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाउदै रिटार्यड हर्ड आउट भए । सुरुआत राम्रो हुन नसकेको पन्जाबका लागि शुन्य रनमा नै दोस्रो ओभरमा कप्तान शिखर धवन आउट भएका थिए । दोस्रो विकेटका लागि ओपनर प्रभसिमरन सिंह र ताईडेले ३३ बलमा ५० रनको साझेदारी गरि पन्जाबलाई खेलमा पर्काउने कोसिस गरेका थिए ।
सिंह १९ बलमा ४ चौकाको सहयोगमा २२ रन बनाउँदै आउट भए पछि सो साझेदारी तोडिएको थियो । चौथो विकेटका लागि ताईडे र लियमले ५० बलमा ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । साम करनले ५ बलमा ११ रन बनाउँदा पन्जाबका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि एनरिच नोर्किया र इशान्त शर्माले समान २र२ तथा खलिल अहमद र अक्षर पटेलले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनायो ।
दिल्लीका लागि राइली रोसोउ र पृथ्वी शाले अर्धशतकीय ईनिङ्स खेले । रोसोउले ३७ बलमा ६ चौका र ६ छक्कासहित अविजित ८२ रनमा बनाए ।
दिल्लीका लागि उत्कृष्ट सुरुआत दिने क्रममा ओपनरद्वय पृथ्वी शा र डेविड वार्नरले पहिलो विकेटका लागि ६२ बलमा ९४ रनको साझेदारी गरेका थिए । साम करनको बलमा शिखर धवनबाट क्याच आउट हुनु अघि वार्नरले ३१ बलमा ५ चौका र २ छक्का सहयोगमा ४६ रन बनाएका थिए ।
पृथ्वी प्लेअफ दौडबाट बाहिरि सकेको दिल्लीलाई शालाई आजको खेलमा मौका दिएको थियो । शा ३८ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । दोस्रो विकेटका लागि रोसोउ र शाको बीचमा २८ बलमा ५४ रनको महत्वपूर्ण साझेदारी भएको थियो ।
तेस्रो विकेटका लागि फिलिप साल्ट र रोसोउले ३० बलमा अविजित ६५ रनको साझेदारी गरेका थिए । साल्ट १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २६ रनमा अविजित रहेका थिए । पन्जाबका साम करनले २ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् । दिल्लीले अन्तिम १२ बलमा ४१ रन जोडेको थियो ।
जितसँगै प्लेअफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अंकका साथ नवौं स्थानमा रहेको छ । हारसँगै प्लेअफ सम्भावना समाप्त भएको पन्जाब १३ खेलबाछ १२ अंकका साथ आठौ स्थानमा झरेको छ ।
शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे किताब
जुम्ला । हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा किताब (पाठ्यपुस्तक) पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै किताब पुग्ने भएका हुन् । आवश्यक किताब जिल्लामा आइपुगेको जुम्लामा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्मका झन्डै सात सय थान किताब आइसकेका छन् । जिल्लाको हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार किताब पुगेको उहाँको भनाइ थियो । यही वैशाख ३ गतेदेखि हिमा गाउँपालिकामा किताब पुग्ने भएको छ । तातोपानी गाउँपालिकाले पनि किताब माग गरेको छ । अरू पालिकाबाट पनि माग आउन थालेको र थप किताब पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । अहिले छ हजार एक सय थान किताब जिल्लामा पुगेको जिपी स्टेशनरीका सञ्चालक गणेश रोकायाले बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर किताब आएको छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि किताब आइपुग्दैनथ्यो । यो वर्ष समयमै किताब आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको यहाँका स्टेशनरी सञ्चालकले बताए । स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले आउँदो शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई किताब बिक्री गर्न थालिसकेका छन् । जिल्लामा एक सय ८४ सामुदायिक विद्यालयमा झन्डै ४० हजार हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको शिक्षा समन्वय इकाइले जनाएको छ । हिमाली जिल्लाहरूमा फागुनदेखि विद्यालय सञ्चालनमा आएपछि किताब नपुग्दा विद्यार्थीहरूको पढाइमै असर परेको थियो । मतपत्र समयमै पुग्ने तर विद्यार्थीका लागि किताब नपुग्नुको कारणबारे जिल्लाका सांसदले सांसदमै आवाजसमेत उठाएका थिए । पालिकाबाट किताब पुग–अपुग भएको सन्दर्भमा केही जानकारी नआएको यहाँका सामुदायिक विद्यालयले जनाएका छन् । जुम्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै जुम्लामा पनि त्यहीअनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । विसं २०७९ माघ ६ गतेको मन्त्रिस्तरीय निर्णयबाट सबै जिल्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु गर्ने सरकारको तयारी छ तर अघिल्ला वर्षमा हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । हिमाली जिल्लाले पुस १० देखि माघ २५ गतेसम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए ।रासस
‘युवाविद्यार्थीहरू हो तपाईहरुले सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा विद्यार्थीले देशलाई सहि बाटोमा लैजान सपना देख्नुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाहरूले देख्ने सपना देशको सुन्दर जीवनको सपना हुने बताए । साथै ती सपना सुन्दर, सुखी नेपालको सपना हुने प्रधानमन्त्री प्रचण्डको भनाई थियो । “तपाई पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सपना हो”,प्रधानमन्त्री प्रचण्डले भने , “कुनैबेला तपाईहरु जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दर्थे ।” आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । “आज मैले देखेको सपना कति पूरा भयो भएन त्यसको समीक्षा इतिहासले र समाजले गर्नेछ”, उनले भने, “परिर्वतनको सपना नदेखेको भए आज हामी यो व्यवस्थासम्म पुग्ने थिएनौँ कि ।” आफूले राजनीतिक उपलब्धि प्राप्त गरिसके पनि सपना देख्न नछोडेको उनले बताए । प्रधानमन्त्री प्रचण्डको सुदुरपश्चिम यात्राको सन्दर्भ दीक्षान्त समारोह मूल रहेपनि उनले सुपमा ८ घण्टाको समय व्यतित गरे । र्पूवमाओवादी नेता तथा हालका एमाले सचिव लेखराज भट्टको घरमा भेटघाट गर्ने देखि उनी गेटा मेडिकल कलेजबारे पनि समय दिन भ्याए । भ्रमणमा भए गरेका कार्यक्रमहरूले प्रधानमन्त्री प्रचण्ड ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे। उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए । “विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।” प्रधानमन्त्री प्रचण्डले भने । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उहाँले खुसी व्यक्त गरे । “सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ”, उनले भने, “उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।” दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उनले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए ।
प्रिमियर लिग : म्यानचेस्टर सिटीको फराकिलो जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–१ गोलले पराजित गरेको हो । खेलको ४५ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दा सिटीको अग्रता दोब्बर बन्यो । खेलको ६८ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । हालाण्डले यस सिजन प्रिमियर लिगमा ३० गोल समेत पूरा गरेका छन् । ७२ औं मिनेटमा सेकोउ माराले गोल गर्दै साउथह्याम्पटनलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए । जितसँगै सिटीले २९ खेलमा ६७ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । साउथह्याम्पटन २३ अंक जोडेर पुछारमा रहेको छ ।
नेप्सेमा सामान्य गिरावट, कारोबार ९२ करोड
काठमाडौं । साताको कारोबारको आज अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । नेप्से आज २८ दशमलव २८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा पुगेर बन्द भएको छ । आज ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले उल्लेख गरेको छ । कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय ६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा भने वृद्धि भएको छ । कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११ दशमलव ८० रुपैयाँ पुगेको छ भने सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
गल्याङका पूर्वमेयर सहित ७ कर्मचारीविरुद्ध मुद्दा, २ करोड भ्रष्टाचार ठहर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङका तत्कालीन मेयर भुपराज अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदुवाको बीउ खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन मेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, बाली विकाश अधिकृत अरविन्द मणी त्रिपाटी, लेखापाल राजेन्द्र रेग्मी, खरिददार सन्तोष कोइराला, बीउ आपूतिकर्ता स्पुक ट्रेड्स प्राली र त्यसका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो । स्पेसिफिकेसनमा उल्लेखित कागजात परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरेर भुक्तानी गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्तासमेत रहेका सहसचिव श्यामप्रसाद भण्डारीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । अनियमितता गर्ने नियतले अस्वभाविक दररेट कायम गरेर अदुवा खरिद गरेको र नगरपालिकालाई १३ लाख अतिरिक्त आर्थिक भार पुर्याएको भन्दै मेयर अधिकारीविरुद्ध अभियोग लगाइएको छ । यस्तो खरिद गरिद गरिएको अदुवा विउ गुणस्तरहीन रहेको भन्दै नगरपालिकाका मेयरसहित ४ कर्मचारी गरेर ५ जनाविरुद्ध एक करोड ९७ लाख ७० हजार ४९९ सय रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीऊ खरिद गर्दा बजेट २ करोड १४ लाख ५० हजार रुपैयाँ रहेकोमा ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरेको थियो । स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख अधिकारीले अस्वभाविक रुपमा दररेट थप गरेर नोक्सान गरेको पाइएको अख्तियारले जनाएको छ । अदुवाको बीउ आपुर्तीकर्ता स्पुक ट्रेड्स प्राली र त्यसका प्रतिनिधि न्यौपानेविरुद्ध २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो र कैद सजाय माग गरिएको छ । अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि भ्रष्टाचारको मुद्धा दायर गरेको छ । गुणस्तरहीन अदुवाको बीउ बिक्री गरेर आफूले लाभ लिएको र गल्याङ नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै आयोगले न्यौपानेलेसँग २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग दाबी गरेको छ । नगरप्रमुख अधिकारी नेकपा एमालेबाट निर्वाचित भएका थिए । स्याङजाका नेकपा एमाले जिल्ला कमिटि सदस्यसमेत रहेका अधिकारीले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै पार्टीको कुनै पनि जिम्मेवारी नरहनेगरी पार्टीले कारवाही गरेको थियो ।
फिफा विश्वकप : आज अन्तिम १६ का दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।
देशभर कोरोना १५६ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँचजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९०३ वटा स्वाब नमुनाको परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो । यो अवधिमा देशभर २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
नेपालसँग राजनीतिक विश्वास तथा परम्परागत मित्रता बढिरहेको छ : चिनियाँ राष्ट्रपति सी
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीले संविधान दिवसका अवसरमा नेपाली समकक्षी, नेपाल र नेपाली जनतालाई शुभकामना दिएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सिले भनेका छन्, ‘चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी हुन्। अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि हामी दुई देश सधैँ एकले अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्ने गर्छौं।’ चिनियाँ राष्ट्रपति सीले नेपालसँग आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको बताएका छन्। ‘चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्त्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौँयुगसम्म चल्ने मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ’, उनले सन्देशमा लेखेका छन्। चिनियाँ राष्ट्रपतिले सन्देशमा बेल्ट एन्ड रोड अवधारणा (बिआरआई) को उच्च गुणस्तरीय संयुक्त निर्माण गर्दै हामीले कोरोना महामारीको चुनौतीको संयुक्त सामना गरिरहेको उल्लेख गरेको चाइना रेडियो इन्टरनेसनल (सीआरआई) ले जनाएको छ। त्यसैगरी प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लीले पनि संविधान दिवसका अवसरमा शुभकामना सन्देश पठाएका छन्। ‘चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन्। आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको छ। संयुक्त रूपमा बेल्ट एन्ड रोड निर्माण गर्दै दुवै पक्षले विभिन्न क्षेत्रमा भएका आदानप्रदान तथा सहयोग सक्रिय रूपमा विस्तार गरिरहेका छौँ,’ सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले भनेका छन्। उनले नेपाली प्रधानमन्त्रीसँग मिलेर दुई देशको विकास रणनीतिलाई गहन रूपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश तथा दुई देशका जनताको अझ बढी हित कल्याण, सिर्जना गर्दै जाने आफ्नो इच्छा रहेको उल्लेख गरेका छन्। त्यसैगरी, चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री नारायण खड्कासँग टेलिफोन वार्ता गरेका छन्। चीनको राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङले नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मन्त्री खड्कालाई सोमबार टेलिफोनबाट शुभकामना दिएका हुन्। टेलिफोन संवादमा वाङले शुभकामना व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। ‘वाङले चीन र नेपाल नदी र पहाडसँग जोडिएर युगौँयुगदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै दुई पक्षको साझा प्रयासमा दुई मुलुकको सम्बन्ध निरन्तर रूपमा गहन भएर परम्परागत मित्रता सुदृढ भइरहेको बताउनुभएको छ’, सीआरआईले समाचारमा उल्लेख गरेको छ। वाङले मन्त्री खड्कासँगको कुराकानीमा दुई देशका नेतागणको महत्त्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने तथा चीन(नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रूपमा अगाडि सार्ने इच्छा रहेको बताएको सीआरआईले जनाएको छ।
संविधान दिवसको अवसरमा नेपाल टेलिकमको संविधान दिवस अफर
काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकहरुका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको जनाएको हो । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ । यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ मा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । यस्तै, १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २ सय ९४ मा खरिद गर्न सकिने पनि टेलिकमले जनाएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
संविधान दिवस : ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गरिने (पदक पाउनेको सूची)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ । मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन् । पदक पाउनेको सूची
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र
काठमाडौं । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले गण्डकी प्रदेशका सबै जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरामा हुने भए पनि प्रदेशका सबै ११ जिल्लामा राष्ट्रिय खेलकुदको अपनत्वका लागि कम्तीमा एक खेल खेलाउने योजना राखेपको छ । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय भदौ १५ भित्र टुङ्गो लाग्ने खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले बताए । राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धात्मक ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेल सञ्चालन गर्ने निर्णय राखेपले गरिसकेको छ ।
४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ३ सय ८ जनाको पीसीआर र २ हजार ५ सय २१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार ३ सय २ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । अभियान लघुवित्तको आईपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको । यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक, वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आईपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
गिरिजाप्रसाद कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् । उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व.नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए । उनले भने, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरूको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतीक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रूपमा म आफू पनि सहयोग गर्छु । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकार जसमा पनि मन्त्रीमण्डलको सदस्य थिएँ । त्यसबेला हामीले पहिलो विश्व विद्यालय काठमाडौँ विश्व विद्यालय खोलेका हौँ । त्यसपछिको एउटै उद्देश्य थियो, शिक्षामा अब प्रतिस्पर्धा आवश्यक छ । शिक्षा क्षेत्रको प्रतिस्पर्धाका कारणले आज इन्जिनियरिङ र मेडिकल कलेज कति वटा छन् । व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिस्पर्धा छ । यो नीति नेपाली काँग्रेसको थियो । हामीले बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा रिजल्टमा देखाइरहेका छन् । त्यसैले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्व विद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ ।’ मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी।पी। कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए ।
क्यानडामा २७८ जनालाई मङ्की पोक्स पुष्टि
क्यानडा । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पोक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पोक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने बताइएको छ । उनले भनिन्– जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन् । यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।