विप्लवका ४ कार्यक्रताद्वारा सामूहिक राजीनामा (विज्ञप्तिसहित)
चितवन, चैत १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा चितवनका जिल्ला समिति सदस्य मधु क्षेत्रीसहित ४ जनाले सामूहिक राजीनामा दिएका छन्। भरतपुर महानगरपालिका–१० का इन्चार्ज समेत रहेका क्षेत्री, रामप्यारी श्रेष्ठ, राजकुमार बिक र श्रमनाथ पण्डितले राजिनामा दिएका हुन्। मंगलवार प्रेस विज्ञप्ती जारी गरी उनीहरुले अबदेखि उक्त पार्टीको कुनै पनि पदमा नरहने जानकारी गराएका छन्। विज्ञप्तीमा उनीहरुले पछिल्लो समय स्वास्थ्य अवस्था पनि बिग्रिदै गएका कारण राजीनामा दिएको उल्लेख गरेका छन्।
४६ जिल्लाको प्राथमिक नतिजा सार्वजनिक (नामसहित)
काठमाडौं, चैत ४ । शिक्षक सेवा आयोगले सोमबार दिउँसोसम्म कार्यरत अस्थायी शिक्षकको ४६ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार दिउँसोसम्म कुन–कुन जिल्लाको नतिजा सार्वजनिक गरेको छ? हेर्नुस्– सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेतको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ओखलढुंगाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् उदयपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सोलुखुम्बको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् खोटाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् संखुवासभाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलालीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछामको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सामाजिक सुरक्षालाई चुनौती दिने सामाजिक सञ्जाल बन्द गर्नुपर्छः मन्त्री बाँस्कोटा
काठमाडौं चैत ३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताए । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आज संयुक्तरुपमा आयोजना गरेको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का विषयमा सरोकारवालासँग अन्तक्र्रियामा उनले डिजिटल माध्यमलाई व्यवस्थित गर्न सो विधेयक ल्याएको स्पष्ट पारे । मन्त्री बाँस्कोटाले भने, “सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रश्न होइन, नेपाललाई डिजिटल हस्ताक्षरको विकास गर्ने र जीवनमा सहज ल्याउने हिसाबले ल्याएको हो ।” उनले विद्युतीय र इन्टरनेटको साइबर बुलिङ, साइबर अपराधलाई निरुसाहित गर्ने, विद्युतीय माध्यममा प्रयोग गर्ने अश्लीलता रोक्न सो विधेयक ल्याइएको बताए । मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाललाई दर्ता गरेर नियमन गरिने व्यवस्था पनि सो विधेयकमा रहेको उल्लेख गर्दै भने, “नेपालमा जस्ले जतिबेलामा पनि प्रयोग गर्ने थलो बनाउने, अनि दर्ता नगरिकन राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नुपर्छ, ।” डिजिटल नेपाल निर्माणमा पनि सूचना प्रविधिको क्षेत्र एउटा मुख्य आर्थिक केन्द्र बन्नसक्ने भन्दै उनले विश्वभरि नै दर्ता गरेर सामाजिक सञ्जाल चलाउने र राज्यलाई कर दिर्ने व्यवस्था भएको बताए । मन्त्री बाँस्कोटाका अनुसार फेसबुकले ३५ देशको ४२ वटा कार्यालय खोलेको छ । गुगलले ४० देशमा कार्यालय खोलेको छ । फेसबुकले अमेरिकामा सन् २०१८ मा दुई अर्ब २७ करोड ३० लाख अमेरिकी डलर कर तिरेको छ । सोही वर्ष अमेरिका बाहेक अन्य देशमा ९७ करोड ६० लाख अमेरिकी डलर कर तिरेको छ । गुगलले सन् २०१८ मा अमेरिकामा तीन अर्ब छ करोड अमेरिकी डलर कर तिरेको छ । सन् २०१८ मै अमेरिकाबाहेकमा एक अर्ब ११ करोड ७० लाख कर तिरेको छ । भारत, जर्मनीलगायतका देशमा पनि सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र कर व्यवस्था छ । “गुगल, फेसबुक, ट्वीटर, ब्लगजस्ता सामाजिक सञ्जाल जहाँ प्रयोग र विकास भएको छ, त्यहाँ दर्ता गरेर राज्यलाई कर बुझाइएको छ”, मन्त्री बाँस्कोटाले भने, “नेपालमा पनि सो व्यवस्था लागू गरौँभन्दा स्वतन्त्रताको कोहालो चलाइदियो, कर छल्यो, यसलाई व्यवस्थित त गर्नुपर्यो नि ।” मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने र स्वदेशी वा विदेशी जसले सामाजिक सञ्जाल कम्पनी चलाउँछन्, त्यसले कर प्रणालीमा आउनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जाललाई दर्ता गरेर नियमन गर्नुपर्ने आवश्यकता भएको हुँदा सो विधेयक ल्याएको स्पष्ट पारे । उनले सामाजिक सञ्जाल दर्ता गरेर तोकिएको राजस्व राज्यलाई तिर्नुपर्ने व्यवस्थाले व्यक्तिको स्वतन्त्रतामाथि हनन नहुने उल्लेख गर्दै भने, “पत्रकारिताको सिङ्गो प्रेस स्वतन्त्रताको पक्षलाई लगेर साइवर अथवा सूचना प्रविधिसँग लगेर जोडेर अनि उल्टो चक्र घुमाउने कोशिश नगरिदिन अनुरोध छ, गरिहाले भने झुठो आरोप हुनेछ, सफल र स्थापित हुन सक्दैन ।” मन्त्री बाँस्कोटाले पत्रकारिता र सामाजिक सञ्जाल एउटै कुरा नभएको उल्लेख गर्दै पत्रकारिता राष्ट्र र नागरिकप्रति उत्तरदायी हुने र सामाजिक सञ्जाल व्यक्तिगत हुनेसमेत बताए । सो विधेयकका विषयमा सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारी र अधिवक्ता सन्तोष सिग्देलले कार्यपत्र प्रस्तुत गर्दैै विधेयकमा रहेका प्राविधिक पक्षमा स्पष्ट पारेका थिए । समाजका अध्यक्ष नारायण काफ्ले र मञ्चका अध्यक्ष विश्वास रेग्मीले सूचना प्रविधि विधेयकमा छलफलमा आएका सुझावलाई लिपिबद्धरुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विकास तथा प्रविधि समितिमा बुझाउने जानकारी दिए । सो विधेयक विकास तथा प्रविधि समितिमा छलफलका क्रममा छ । रासस
भारत-पाकिस्तान चर्काचर्की- नियन्त्रणमा रहेका युद्ध विमान चालक पाकिस्तानमा चिया पिउँदै
काठमाडौँ, फागुन १६ । पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय युद्धक विमान चालक विंग कमाण्डर अभिनन्दनको ताजा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा अभिनन्दनले हातमा चियाको कप समातेका छन् र उनी आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताइरहेका छन् । भारतीय टेलिभिजन च्यानलहरुले भने यस भिडियोलाई हालसम्म प्रसारित गरेका छैनन् । सामाजिक संजाल प्रयोगकर्ताहरूले भने उक्त भिडियोलाई आफ्ना पेजहरूमा शेयर नगर्न भनिरहेका छन् । धेरैले उनीप्रति दुर्व्यवहार गरिएको र उनलाई जबर्जस्ती उक्त बयान दिन लगाएको हुनसक्ने बताएका छन् । भारतले भने नियन्त्रणमा रहेका पाइलटको भिडियो सार्वजनिक गरिनु नियम विपरित भएको भन्दै आक्रोश व्यक्त गरेको छ । उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई ‘लाजमर्दो प्रदर्शन’ भनि टिप्पणी गरेको छ। कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निशाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले ‘पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर नस्ट गरिदिएको’ दाबी गरेको थियो। पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो। त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य जहाज खसालिदिएको पकिस्तानको दाबी छ। ‘कारबाही पाकिस्तानको बाध्यता‘ टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, “पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ।” उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा ‘कसैले पनि भूलको परिणाम थेग्न’ नसक्ने बताएका छन्। “यदि त्यसो हुन दियौं भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ।” उनले भने, “हामी बसौँ र कुरा गरौं। सम्वादबाट यो मुद्दाको हल गर्नुपर्छ।” प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए। ‘मोदी र भारतीय मिडिया युद्धोन्मादी’ पाकिस्तानका समाचार च्यानलहरूले पाकिस्तानले शान्तिको संदेश दिएको अवस्थामा पनि लगातार युद्धकै रट लगाउनुले भारतीय प्रधानमन्त्री मोदी र भारतीय मिडिया युद्धोन्मादी भएको बताएको छ । पाकिस्तानी च्यानलहरूले लगातार हातमा चियाको कप समातेर क्यामेरामा बोल्दै गरेका भारतीय विमान चालक अभिनन्दनको फुटेज देखाइरहेका छन् । यसका साथै उनीहरूले यस मामिलामा प्रधानमन्त्री इमरान खानले दिएको प्रहिलो संदेश र बुधबार बिहानैको पाकिस्तानी हवाई कारवाहीपछिको उनको संदेशको फुटेज देखाइरहेका छन् । पहिलो सन्देशमा उनी पाकिस्तानले भारतीय कावाहीको जवाफ दिने भनिरहेका छन् भने दोस्रोमा उनी आफूले बाध्य भएर प्रतिकार गरेको तर आफू युद्ध्को पक्षमा भने नरहेको भनिरहेका छन् । साथै उनले युद्ध सुरु भइसकेको खण्डमा स्थिति उनको या मोदीको नियन्त्रण भन्दा बाहिर जाने भनिरहेका छन् । साथै पाकिस्तानी टिभी च्यानेलहरूले पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल गफूरको फुटेज पनि देखाइरहेका छन् जसमा उनले युद्ध मानवता विरोधी हुने भए पनि आफूमाथि कोही आइलागे नछोड्ने चेतावनी दिइरहेका छन् । जबाफको सन्देश उनले भने, “प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन। हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौं। बुधवारको जबाफ दियौं र भन्यौँ- तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु। ” भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन्। तर उनले सुरक्षा र जासुसी संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले ‘जिम्मेवार र संयम’ कदम चाल्ने बताएकी छन्। चीन र रूसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, “भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन।” बिबिसी
भारत-पाकिस्तान तनावबारे यस्तो आयो नेपालको धारणा
काठमाडौँ, फागुन १५ । नेपालले भारत र पाकिस्तानबीच जारी तनावबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हरेक समस्याको न्तिपूर्ण समाधान हुनुपर्ने धारणा सार्वजनिक गरेको हो । बिज्ञप्तिमा सार्कको अध्यक्षका रूपमा नेपालले यस क्षेत्रको शान्ति स्थिरताको लागि दुबै पक्षले अत्यधिक संयम राख्न समेत आग्रह गरेको छ । विज्ञप्तिमा २ फागुनमा जम्मू काश्मिरको पुलवामामा भएको आतंककारी हमलाको निन्दा गरेको स्मरण गराइएको छ । परराष्ट्रले बिज्ञप्तिमा भनेको छ ‘दक्षिण एसियामा शान्ति र स्थिरताको महत्वलाई ध्यानमा राख्दै सार्कको बर्तमान अध्यक्षका रूपमा नेपाल दुबैपक्षलाई यो क्षेत्रको शान्ती र सुरक्षालाई चुनौती दिने कुनै एक्सनमा सामेल नहुन र अधिकतम संयम अपनाउन आग्रह गर्दछ ।’ नेपालले परिस्थितिलाई सामान्यिकरण गर्न र तनाव घटाउन शान्तिपूर्ण सम्बाद मार्फत समाधान खोज्न पनि आग्रह गरेको छ ।
किस्ता नदिएको भए निगम टाट पल्टिन्थ्यो, ९ अर्ब डुब्थ्यो– मन्त्री अधिकारी
काठमाडौं, पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा पूर्वाग्रह राखेर नाम जोडेकोमा आपत्ती प्रकट गरेका छन् । आफूलाई अनावस्यक रुपमा दोषी देखाइएको भन्दै मन्त्री अधिकारीले विमान खरिदमा आफ्नो कुनै भूमिका नभएको स्पष्ट गरे । उनले आफ्नो कार्यकालमा किस्ता दिन हस्ताक्षर गरेको विषयमा समेत स्पष्ट पारेका छन् । मन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलन गरेर महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले किस्ता रोक्न सक्ने अवस्था नभएको दाबी गरे । महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदीय समितिमा ढाँटेको लगायतका कारण विमान खरिदमा भएको अमियमिततामा संलग्नता रहेको उपसमितिको दाबी छ । मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मत व्यापक भएको बेला मन्त्री अधिकरीले प्रष्टीकरणको शैलीमा पत्रकार सम्मेलन आयोजना गरेका हुन ।‘वाइडबडी खरिदमा मेरो कुनै भुमिका छैन, म आउनु पहिले नै विमान किन्ने सबै प्रक्रियामा अगाडि बढेको थियो’ उनले भने, तर अनावश्यक रुपमा त्यसमा मलाई जोड्ने काम भयो, त्यसमा दुख लागेको छ।’ मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई टाट पल्टिने अवस्थाबाट जोगाउन आफूले दोस्रो र तेस्रो किस्तान तिरेको बताए। ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको भए निगमको ९ अर्ब जोखिममा पथ्र्यो’, अधिकारीले भने। उनले वाइड बडी खरिदमा निगमद्वारा आह्वान गरिएको बोलपत्रमा कानुनी त्रुटी नभएको दाबी गर्दै कानुन र वैधानिक रुपमा भुक्तानी गरिएको स्पष्ट पारे। मन्त्री अधिकारीले वाइड बडीमा खरिदमा भएको अनियमितताको छानविनमा सघाउने प्रतिबद्धता समेत जनाए। ‘अनुसन्धान गर्न अख्तियार प्राप्त निकायलाई सहयोग मैले पूर्ण रुपमा सहयोग गर्छु’, उनले भने, ‘दोषी उम्कन पाउनु हुँदैन र निदोर्ष फस्नु हुँदैन, दोषी जोसुकै भएपनि कानुनी कारवाही हुनुपर्छ।’ अनुमान र पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएको दावी गर्दै मन्त्री अधिकारीले ‘संसदीय समितिको नाममा विकास लाई रोक्न नहुनेमा जोड दिए।
बढी सुत्ने बानी छ ? ज्यान जाला है !
निद्रा कसलाई मीठो नलाग्ला र ? झन् जाडोको याममा त दिनभरी सिरकभित्र गुट्मुटिएर सुत्नुको आनन्द नै बेग्लै । निद्रा मानव स्वास्थ्यका लागि कति महत्वपूर्ण छ भने हामी आफ्नो एक तिहाइ जीवनकाल त सुतेरै बिताउने गर्दछौं । तर सुत्नुको सीमा हुन्छ । सामान्यतया एउटा स्वस्थ मानिसले दिनमा छदेखि आठ घण्टाभन्दा बढी सुत्नु हुँदैन । फेरि पनि कतिपय मानिसलाई सुतेपछि बढी तरोताजापन महसुस हुनेहुँदा उनीहरू समय मिल्नासाथ सुत्न मन पराउने गर्दछन् । यदि तपाईं पनि सुताईको फ्यान हुनुहुन्छ भने बेलैमा सुध्रिहाल्नुस किनभने भर्खरै सार्वजनिक भएको एउटा शोधको नतिजाले तपाईंलाई तर्साउन सक्छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित एउटा शोध अनुसार एउटा वयस्क व्यक्तिले दैनिक छ देखि आठ घण्टाभन्दा बढी सुत्नु जोखिमपूर्ण हुनसक्छ । शोधमा बढी सुत्ने मानिसमा मुटु रोगको खतरा बढी हुने बताइएको छ । आजसम्म कम सुत्ने मानिसलाई मात्रै मुटुरोगको जोखिम हुने मानिँदै आएको थियो । आजसम्म गरिएका सबै शोधहरूले आवश्यकताभन्दा कम्म निद्राले ऊर्जा कम खपत हुने, भोक प्रभावित हुने र शरीरको ग्लुकोज मेटाबोलिज्ममा फेरबदल आउने बताइएको थियो । यस्तो अवस्था मुटुसम्बन्धी समस्याहरूको कारक बन्न सक्ने बताइन्छ । तर हालैका केही अध्ययनहरूले भने बढी सुत्नेहरूमा पनि यस्तो जोखिम रहने खुल्न आएको छ । युरोपियन हार्ट जर्नलमा प्रकाशित शोधमा आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिहरूमा हृदयघात र स्ट्रोकको सम्भावना ठिक्क सुत्नेहरूभन्दा बढी पाइएको थियो । यस्ता मानिसहरूमा चांडै मृत्यु हुने सम्भावना अरुभन्दा ४१ प्रतिशतले बढी पाइएको थियो । यस अध्ययनका लागि म्याकमास्टर एण्ड पेकिङ यूनियन मेडिकल कलेजका चुआङशी वाङको नेतृत्वको टीमले २१ देशका विभिन्न क्षेत्रहरूबाट फरक फरक आर्थिक हैसियतका एकलाख १६ हजार ६ सय ३२ वयस्कहरूको सुताईको विवरणलाई विश्लेषण गररेको थियो ।
सन् २०१८ मा सर्वाधिक कमाउने ‘टप फाइभ’ खेलाडी
काठमाडौं । सन् २०१८ को आज अन्तिम दिन । यो वर्ष समग्रमा ठिकै रह्यो । २०१८ मा थुप्रै एतिहासिक घटना भए । खेलकुदमा पनि धेरै स्मरणयोग्य घटना भए । यसैबीच, आज सन् २०१८ मा सर्वाधिक कमाई गर्ने खेलाडीको बारेमा जानकारी दिदैंछौ । फ्लोयड मेवेडर विश्व खेलकुदमा सबैभन्दा बढी धन आर्जन हुने खेलमा पर्छ— बक्सिङ । यसकै उदाहरण हुन्, अमेरिकी बक्सर प्mलोयड मेवेडर । हेभिवेट बक्सर नभए पनि उनी उत्तिकै नाम र दाम कमाउने खेलाडी हुन् । फोब्र्सका अनुसार उनले सन् २०१८ मा २७ करोड ५० लाख डलर भन्दा बढी कमाए । त्यसमा व्यापारिक प्रायोजनबाट प्राप्त १० करोड डलर जोडिएको छैन । मेवेडर लगातार सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । लियोनल मेसी विश्व फुटबलले हेर्न पाएका सबैभन्दा राम्रो खेलाडीमा पर्छन्, अर्जेन्टिनाका लियोनल मेसीले । उनले यो वर्ष पारिश्रमिकका रूपमा ८ करोड ४० लाख डलर बुझे । त्यस्तै उनले २ करोड ७० लाख डलर अनुबन्धबाट प्राप्त गरे । बार्सिलोनाका खेलाडीको रूपमा उनका लोकप्रियता बढी छ र उनी सर्वाधिक कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् । क्रिस्टियानो रोनाल्डो आधुनिक फुटबलमा लियोनल मेसीसँगै जोडिएर आउने नाम हो, क्रिस्टियानो रोनाल्डो । सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा छन्, यी पोर्चुगाली खेलाडी । वर्षको आधा समय रियल म्याड्रिडका लागि खेलेका रोनाल्डो अहिले इटालीको युभेन्ट्ससँग आबद्ध छन् । उनले यो वर्ष ६ करोड १० लाख डलर पारिश्रमिक प्राप्त गरे भने अनुबन्धबाट ४ करोड ७० लाख डलर । कोनर म्याकग्रेगर हाम्रा लागि कोनर म्याकग्रेगर धेरै सुनिने नाम होइन, तर उनी सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको सूचीको चौथो स्थानमा छन् । आयरल्यान्डका म्याकग्रेगर खासमा मिक्ड मार्सल आर्टसका खेलाडी हुन् । उनी सहभागी हुने भिडन्त निकै वीभत्स हुन्छन् । उनका यस्तै खेलका प्रशंसक पनि उत्तिकै छन् । कोनरले यो वर्ष खेलेरै ८ करोड ५० लाख डलर कमाए । उनले व्यापारिक प्रायोजनबाट थप १ करोड ४० लाख डलर प्राप्त गरे । नेयमार सर्वाधिक कमाउने खेलाडीको सूचीको पाँचौं स्थानमा छन्— नेयमार । ब्राजिलीयन फुटबल खेलाडी नेयमार आजभोलि फ्रान्सेली लिग वान टिम पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेल्छन् । उनले सन् २०१८ मा पारिश्रमिकबाट ७ करोड ३० लाख डलर प्राप्त गरे भने व्यापारिक अनुबन्धबाट १ करोड ७० लाख डलर । साप्ताहिकबाट साभार
ढुक्क हुनुहोस्, सरकार तपाइको साथमा छः प्रधानमन्त्री ओली
काठमाडौं, पुष १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सुशासनयुक्त ढङ्गबाट विकासको गतिमा अगाडि बढाइने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को तेस्रो श्रम संसद्लाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारले भ्रष्टाचारलाई नियन्त्रण गरी मुलुकलाई समृद्धिको मार्गमा डोर्याउने बताए । प्रधानमन्त्री ओलीले भने, “सुशासन र विकासको तीव्र अभियानमार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय उद्देश्य हासिल गर्न सरकार प्रतिबद्ध छ, दुनियाँले सोचेको भन्दा नेपालले फरक ढङ्गबाट तीव्र गतिमा विकास गर्छ ।” वर्तमान सरकार गठन भएको नौ महीनाको अवधि कानून निर्माणमा खर्चनु परेको उल्लेख गर्दै उनले अब मुलुकमा विकासको गति तीव्र रुपमा बढ्ने बताए ।प्रधानमन्त्री ओलीले भने, “सरकार जनताको घरघरमा छ, ढुक्क हुनुहोस्, सरकार तपाईंको साथमा छ, जनताको जीवनस्तरमा परिवर्तन देखिने गरी परिवर्तन ल्याउँछौँ ।” मुलुकमा अब कोही पनि गरीब नहुने प्रस्ट्याउँदै उनले श्रमजीवी जनताको हित गर्ने सरकार भएकाले उनीहरुको वृत्तिविकास र आर्थिक स्थिति सुधार गर्न सधैँ सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरे। प्रधानमन्त्री ओलीले सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकलाई गरीबीबाट मुक्त गर्ने बताउँदै “अब कोही भोकै बस्नु पर्दैन, भोकै मर्नु पर्दैन, कसैलाई पनि भोकै मर्न दिइँदैन, जाडोले कठ्याङ्ग्रिएर कोही पनि मर्नु पर्दैन, अहिलेको सरकार जनताको सरकार हो, जनताको चाहना सम्बोधन गर्न सरकार तयार छ भने ।” “हामीले मजदुरको मात्र होइन, उद्योगीको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौँ” उनले भने, “मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याइएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।” प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबाट रोक्ने नभई गरीबलाई धनी बनाउने योजना बनाएको उल्लेख गर्दै सामाजिक समानताका आधारमा गरीबलाई पनि खान लाउन र दैनिक जीवन सहज रुपमा धान्न पुग्ने गरी कार्यक्रम ल्याउछौं, सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ, तर हामी त्यो अवस्थामा पुग्छौं भने । सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई त्रसित पार्न खोजिएकामा आपत्ति जनाउँदै उनले आधा शताब्दीभन्दा बढी लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराए । प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतङ्कित नपार्न सचेत गराउँदै “सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई आतङ्कित पार्नु र बालबालिकालाई ‘भूत आयो’ भनेर तर्साउनु उस्तै हो ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमजीवी जनताको जीवनस्तरलाई व्यवस्थित र सुदृढ बनाउन सरकार लागि परेको बताउँदै श्रमसँग सम्बन्धित ऐन कानून संशोधन र निर्माण गर्दै श्रमिकको जीवन रुपान्तरण गर्न सरकार प्रयत्नशील रहेको धारणा व्यक्त गरे । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का पूर्वअध्यक्ष विष्णु रिमालले प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै यसको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण ट्रेड युनियनले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रासस
सर्वाधिक कमाउने खेलाडीको सूचीमा नेइमार पाँचौ स्थानमा
एजेन्सी । यो वर्ष ब्राजिलीयन फुटबलर नेइमार सर्वाधिक कमाउने खेलाडीको सूचीको पाँचौ स्थानमा परेका छन् । नेइमार आजभोलि फ्रान्सेली लिग वान टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् । उनले सन् २०१८ मा पारिश्रमिकबाट ७ करोड ३० लाख डलर प्राप्त गर्दा व्यापारिक अनुबन्धबाट भने एक करोड ७० लाख डलर कमाए । उनीभन्दा अगाडि फ्लोयड पेवेर, लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र कोनर म्याकग्रेगर रहेका छन् ।
भूकम्पले क्षतिग्रस्त ५२ विद्यालय भवन निर्माण शुरु
दमौली, पुस ११ । भूकम्पले क्षति पुगेको तनहुँ जिल्लाका ५२ विद्यालयको भवन निर्माण शुरु भएको छ । २०७२ साल वैशाख महीनामा आएको भूकम्पबाट क्षति पुगेको जिल्लाको विभिन्न ठाउँका ५२ विद्यालयको नयाँ भवन निर्माण शुरु भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले जिल्लाका ५२ क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि रु २३ करोड चार हजार ४९६ बजेट विनियोजन गरेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका प्रमुख सूर्यप्रसाद रानाभाटले पुनःनिर्माणका लागि छनोट भएका विद्यालयलाई भवन निर्माणका लागि केही प्रतिशत रकम पेश्कीस्वरुप दिइसकिएको जानकारी दिए । उनले पुनःनिर्माण हुने सबै विद्यालयको ले–आउट कार्य सम्पन्न भई प्रायः विद्यालयमा जगको काम भइरहेको जानकारी दिए । चालू आवमा व्यास नगरपालिकाको आठ, भानु नगरपालिकाको १२, शुक्लागण्डकी नगरपालिकाको छ, भिमाद नगरपालिकाको छ, बन्दीपुर गाउँपालिकाको तीन, रिसिङ गाउँपालिकाको चार, आँबुखैरेनी गाउँपालिकाको तीन, देवघाट गाउँपालिकाको चार, घिरिङ गाउँपालिकाको पाँच र म्याग्दे गाउँपालिकाको एक विद्यालय भवन पुनःनिर्माण हुने कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । चालू आवमा प्राप्त कार्यक्रम अनुसार समयमा नै पुनःनिर्माण प्रस्ताव माग गरी स्थलगत निरीक्षणपश्चात् भूकम्पको क्षति र विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय पुनःनिर्माण गर्न छनोट गरिएको आयोजनाका इञ्जिनीयर अनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालयको पुनःनिर्माण विद्यालय व्यवस्थापन समितिले नै गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र आयोजना कार्यान्वयन एकाइबीच सम्झौता गरिएको छ । २० विद्यालय भवन पुनःनिर्माण भूकम्पले तनहुँको २९१ विद्यालय भवन क्षति भएको थियो । जसमध्ये हालसम्म २० वटा विद्यालय भवनको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ । आव २०७३-७४ मा ११ वटा र आव २०७४-७५ मा नौ वटा विद्यालय भवनको पुनःनिर्माण गरिएको इञ्जिनीयर श्रेष्ठले बताए । बीस विद्यालय भवनको लागि रु सात करोड ७१ लाख ४८ हजार ९६४ बजेट खर्च भएको छ । रासस
जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्नः मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक, पुष १० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताएका छन् । बनेपा इसाई समितिद्वारा मंगलबार आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि प्याओ हैन ।” उनले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताए । मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबर्जस्त धर्म परिवर्तन गराउनु गलत भएको बताए । उनले भने, “धर्म मेरो निजी मामला हो, यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न ।” मन्त्री बाँस्कोटाले धर्म मान्ने विषयमा कसैले कसैलाई छिःछिः र दूरदूर गर्नुहुन्न भने । उनले भने, “कसैको धार्मिक आस्थामाथि विभेद गर्न पाइँदैन ।” उनले धर्म, जातजाति र भूगोलका आधारमा विभेद गर्न नपाइने कानूनी व्यवस्था रहेको बताए । मन्त्री बाँस्कोटाले सरकारले हरेक विभेदको अन्त्यको सङ्कल्प गरेकाले धार्मिक विचारमाथि हमला गर्नेलाई राज्यले कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, “धर्म नैतिकतामा आधारित हुन्छ, एकअर्को धर्मबीच लडाइँ गर्नुपर्ने कुनै कारण पनि छैन ।” रासस
टेलिकमले ५५ प्रतिशत नगद लाभांश बाँड्न तोक्यो बुकक्लोज
नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश वितरणका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । लाभांश पारित गर्न पुस ३० गते आइतबार आह्वान गरिएको एघारौं वार्षिक साधारण सभाका लागि कम्पनी सञ्चालक समतिको पुस ८ गते बसेको ८०३ औं बैठकले पुस १५ गते आइतबारदेखि पुस ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाे छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १२ गते बिहीबारसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् । टेलिकमको पुस २ गते सम्पन्न सञ्चालक समितिको ८०२ औं बैठकले अघिल्लो आर्थिक वर्षमा पति नै प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । टेलिकमको ११ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई लाभांश वितरण हुनेछ । सभाले चालू आवको लागि लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण समेत गर्ने छ । १५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा कायम गरेको छ । मेरोलगानीबाट
गीतकार भोगीको ‘झ्याप्पै तिमीलाई’ चर्चाको शिखरमा [भिडियाेसहित]
काठमाडौंं, मंसिर २९ । गीतकार निर्मल पुरी ‘भोगी’ को शब्दमा रहेको डान्सिङ गीत ‘झ्याप्पै तिमीलाई..’ स्रोता–दर्शकले अत्यधिक रुचाएका छन् । युट्युबमा सार्वजनिक नभएको दुई हप्तामै भोगीको गीतलाई झण्डै ४ लाखले हेरेका छन् । आकर्षक भिडियो र शब्द भएकाले गीतको चर्चा अहिले शिखरमा पुगेको छ । भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुको अभिनय देख्न सकिन्छ । निर्मल लामाको निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायाँकन तथा सम्पादन छ । फुर्वा तामाङले स्वर भरेकी गीतमा बबुल गिरीको संगीत रहेको छ ।
चौतारी लघुवित्तको आईपिओ बाँडफाँड : ४७५ आवेदन रद्ध, दुई लाख १७ हजारले पाएनन्
काठमाडौं मंसिर २८ । चौतारी लघुवित्तको आईपिओ मंसिर २८ गते शुक्रबार बाँडफाँड भएको छ । लघुवित्तको शेयर कुल आबेदक मध्ये २ लाख १७ हजार १२२ ले नपाउने भएका छन् । लघुवित्तको आईपिओमा ३०.५९ गुणा बढी आबेदन परेको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ५६ हजार ७० आबेदकले मात्रै लघुवित्तको शेयर पाएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । संस्थाको आइपिओमा कुल २ लाख ७३ हजार १९२ जनाले आबेदन गरेकोमा ४७५ आबेदन रद्ध भएको छ । कम्पनीको शेयरमा रितपुर्वक एक करोड ७१ लाख १३ हजार १३० कित्ता बराबरको लागि एक अर्ब ७१ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ताको लागि परेकोमध्ये ४० हजार ६४० कित्ता शेयरका लागि परेको आवेदन रद्ध भएको छ । लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेकोमा ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो । लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ भने खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ । लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुग्नेछ । मेरोलगानीबाट
‘एक नागरिक एक फलफूल’ अभियान अन्तर्गत २० लाख बिरुवा रोपिए
काठमाडौं, कार्तिक २७ । सरकारले सञ्चालन गरेको ‘एक नागरिक एक फलफूल’ अभियानअन्तर्गत देशभर करीब २० लाख फलफूलका बिरुवा रोपिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले अभियानमा नागरिकले स्वतःस्फूर्त रुपमा फलफूलका बिरुवा रोपेको जानकारी दिए । सबै जिल्लामा अभियानअनुसार फलफूलका बिरुवा रोपिएका छन् । उनले भने, ‘जिल्लाबाट विवरण आउन थालेका छन् । अहिलेसम्मको विवरणमा करीब २० लाख बिरुवा रोपिएका छन् ।’ वर्षभर चल्ने यस अभियानमा सबै नागरिकले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्ने उहाँले विश्वास व्यक्त गरे । रोपिएका बिरुवाका जानकारीको विवरण प्रजिअले प्रधानमन्त्री कार्यालयमा पठाउने गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २३ गते सिंहदरवारमा लिची र एभोकाडोको बिरुवा रोपेर अभियान शुरु गरेका थिए । मुलुकलाई फलफूलबाट आत्मनिर्भर बनाउन सरकारले ‘एक नागरिक एक फलफूल’ अभियान शुरु गरेको हो । प्रवक्ता कुँवरले रोपिएका बिरुवा स्थानीय तहको समन्वयमा संरक्षण गरिने बताए । रासस