वर्तमान कार्यकाल देशको आर्थिक विकासका लागि उपलब्धी मूलक : राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास भएको दाबी गरेका ५न्हो । उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गरेको बताइएको छ ।

राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिएको एक अन्तरवार्तामा सो दाबी गरेको समाचारमा जनाइएको छ ।

उनले सो अन्तरवार्तामा भनेका छन्, ‘हाम्रो ठूलो उपलब्धि भनेको यही हो कि हामीले यस अवधिमा देशको आर्थिक विकासमा ठूलो बृद्धि गरेका छौँ र यसलाई रुसी जनताले पनि प्रत्यक्ष रुपमा अनूभूति गर्न पाएका छन् ।’

उनले रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको र यो गएका केही वर्षयता निकै उपलब्धिमूलक रहेको पनि बताए ।

देशमा भएको आर्थिक बृद्धिका कारण रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्या पनि घटेको दाबी उनले गरे। उनले भने– देशमा उल्लखनीय रुपमा आर्थिक विकास जारी छ र यसले गर्दा यहाँको गरिबी पनि आधाले घटेको छ ।

राष्ट्रपति पुटिनले देशको गरिबीलाई कमगर्न, गरिब र धनीबीचको अन्तरलाई पनि कम गर्ने कार्यक्रमहरु सुरु गरेको अन्तर्वार्तामा बताएका छन् । सिन्ह्वा

नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी रोकिएन

नवलपरासी, फागुन १७ । नवलपरासीमा दिन प्रतिदिन बढ्दै गएको नारायणी नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी अझै रोकिएको छैन । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) नारायणी नदीबाट लामो समयदेखि हुँदै आएको नदीजन्य पदार्थको (ढुंगा, गिट्टी, बालुवा) अवैध उत्खनन गरी र चोरी निकासी अझै नरोकिएको हो । नदीबाट निकालिएका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) अवैध उत्खनन गरी जिल्लाका स–साना सीमावर्ती नाका हुँदै भारत निकासीसमेत हुने गरेको छ । गाउँमा मठमन्दिर निर्माण एवं अन्य घरायसी काम देखाउँदै झुक्याएर कारोबारीले नदीजन्य पदार्थको अवैध उत्खनन गरी भारततर्फ चोरी निकासी गर्दै आएका छन् । नदीबाट अवैध उत्खनन गरी ल्याइएको ती नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) लाई रातको समयमा भारततर्फ पठाइने गरिन्छ । यद्यपि यस्ता अवैध कार्य बढ्दै गए पनि स्थानीय प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन । कारोबारीले नदीबाट झिकिएको नदीजन्य पदार्थ ट्र्याक्टरमा लोड गरी सुस्ता गाउँपालिकाको पक्लीहवा, कुडिया, नर्सहीलगायतका स्थानमा डम्पिङ (संकलन) गरी राख्ने गरेका छन् । नारायणी नदीमा डुंगाको प्रयोग गरी ढुंगा, गिट्टी, बालुवालाई नदीको छेउसम्म ल्याउने र त्यसपछि रातको समयमा भारत निकासी गर्दै आएका छन् । नियमानुसार नारायणी नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि स्थानीय कारोबारीले अवैधरुपमा नदीबाट दिनहुँ लाखौँको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) अवैधरुपमा उत्खनन गरी भारत निकासी गर्दै आइरहेका छन् । डम्पिङ गरेर राखिएका नदीजन्य पदार्थ दैनिकरुपमा ५० देखि ७० ट्र्याक्टर भारत पठाउने गरिएको पाइएको छ । नेपालमा भन्दा भारतमा दोब्बर रकममा बिक्री हुने भएकाले दैनिक ५० देखि ७० वटा टेक्टर भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयको भनाइ छ । नेपाल भारतको गण्डक सम्झौताअनुसार नारायणी नदीबाट नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा)को निकासी गर्न ठेक्का लगाउन नपाइने प्रावधान छ । नदीजन्य पदार्थको कारोबारीले सोझै नदीबाट उत्खनन गरेर विभिन्न स्थानमा डम्पिङ गरेर राखेको पाइए पनि स्थानीय प्रशासन र प्रहरीले वास्ता नगर्दा नियन्त्रणमा समस्या देखिएको हो । सुस्ता गाउँपालिकाका विभिन्न स्थानमा करिब एक करोड बढी मूल्य बराबरको नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) डम्पिङ गरेर राखिएको छ । सबैभन्दा बढी पक्लिहवाको ठाँडीघाटबाट नदीजन्य पदार्थ चोरी हुने गरेको छ । उक्त स्थान रामनगर प्रहरी चौकीबाट करिब ३०० मिटरको दूरीमा छ । सुस्ता गाउँपालिकाका विभिन्न स्थानमा गरी दैनिक १०० देखि १५० ट्र्याक्टरले नदीजन्य पदार्थ ओसारपसार गर्ने गरेको स्थानीयको भनाइ छ । नदीजन्य पदार्थको चोरी निकासी बढे पनि स्थानीय तहले वास्ता नगरेको चौतर्फी आलोचना आएपछि गाउँपालिकाले त्यसलाई व्यवस्थित गर्न अनुगमन गरेको छ । विभिन्न स्थानमा राखिएका अवैध नदीजन्य पदार्थको परिमाण संकलन गरेर लिलाम प्रक्रिया अघि बढाइएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । पश्चिम नवलपरासी जिल्ला समन्वय समितिले अनुगमनका क्रममा सुस्ता क्षेत्रमा अवैधरुपमा नदीजन्य पदार्थ संकलन गरेर राखेको पाइएको बताएको छ । त्यसबारे प्रतिवेनदन तयार भइरहेको र स्थानीय तहमार्फत कानूनी दायरामा ल्याउन प्रक्रिया अघि बढेको बताएको छ ।

नेपालको इतिहास – एक माक्र्सवादी दुष्ट्रीकोण पुस्तक विमोचनमा अध्यक्ष प्रचण्डको सम्बोधन, लाइभ भिडियो

काठमाडौं, फागुन ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास – एक माक्र्सवादी दुष्ट्रीकोण’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गरिरहनु भएको छ । हुनुहोस् अध्यक्ष प्रचण्डको लाइभ भिडियो :

छिनछिनमै किशोरीहरु बलात्कृत हुँदै !

यौनका भोकाहरु कतिसम्म निर्लज्ज हुन थाले भने कहिले काठमाडौंको दरबारमार्गमा कहिले इटहरी, कहिले नेपालगञ्जमा पात्र फरक प्रवृत्ति उही बनेर प्रकट हुँदैछन् । फेरि पनि जबरजस्त युवतीको देह लुटियो, होटर दरबार, नेपालगञ्जमा । जब पशुभन्दा तल्लो तहमा ओर्लिए, तब १४ वर्षीय किशोरी निर्मम ढंगले लुटिइन्। पुष्पलालचोकभित्र रहेको उक्त होटलमा भएको भनिएको बलातकारको यथार्थ यस्तो छ– माघ २४ गते २० वर्षीया चाँदनी (नाम परिवर्तन)को जन्मदिन थियो । त्यस अवसरमा भएको जमघटमा उनका साथी सुरेन्द्र र अर्का युवक पुगेका थिए। त्यहीं चाँदनीसँग सल्लाह गरे २५ गते फेरि भेट्ने । पाँच दिनपछिको भेटमा चाँदनीसँग अर्की १४ वर्षीया युवतीको आग्रह बमोजिम उनीहरु कोहलपुर बजार पुगे । कोहलपुरको खाजा पानी राम्रो नहुने भन्दै फेरि नेपालगञ्ज फर्किए । सीधै पुष्पलाल चोकस्थित दरबार होटल पुगेको छ । २०९ र २१० नम्बरको कोठा बुक गरे । २१० नम्बरको कोठामा मदिरासहित खाजा खाए । कोलाहाल मच्चाउँदै खाजा खाएका उनीहरुमध्ये साँझ साढे आठ बजे २०९ नम्बरको कोठामा चाँदनी र सुरेन्द्र छिरे । बाहिर निस्कने क्रममा उनले २१० नम्बरको कोठालाई बाहिरबाट लक गरिदिए । २०९ माजबरजस्ती गर्न खोज्दा ती चाँदनीले मानिनन् र त्यहाँबाट भागिन् । २१० नम्बरको कोठाको लक खोलेर हेर्दा १४ वर्षीय बालिका बलात्कृत भइसकेकी थिइन् ।  

मन्त्री बन्न एमाले र माओवादीमा दौडधुप, यी हुन अका‌ंक्षीहरु

काठमाडौं, फागुन ९ । माओवादी केन्द्रले मन्त्री पठाए यसै साताभित्र मन्त्रिपरिषद्लाई विस्तारसहित पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ । एमालेसित एकता गर्नेसम्बन्धी सातबुँदे सहमतिमा सोमबार हस्ताक्षर भएपछि माओवादी मन्त्री पठाउन सहमत भएको छ । माओवादीले बुधबारसम्म सरकारमा सहभागिता जनाउने तयारी गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नै सरकारमा सहभागिता जनाउने संकेत दिए पनि उनी आफैं चितवनतर्फ गएपछि मन्त्रीहरू कसलाई पठाउने भन्ने औपचारिक टुंगो भएको छैन । माओवादीले रामबहादुर थापाको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने सम्भावना छ । मन्त्रालयको संख्या १५ वटामा सीमित भए माओवादीका तर्फबाट बढीमा ६ जनासम्म मन्त्री बन्ने सम्भावना रहेको एक नेताले बताए । यसअघि एमाले र माओवादीबीच ३० देखि ४० प्रतिशतको बीचमा पदीय भागबन्डा गर्ने सहमति भएकाले त्यही मापदण्डका आधारमा मन्त्रीहरू पनि समावेश गराउने तयारी छ । माओवादीबाट मन्त्रीमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत, मातृका यादव, जयपुरी घर्तीलगायतको चर्चा छ । दुई दलबीच कुन–कुन मन्त्रालय लिने भन्ने औपचारिक समझदारी भइसकेको छैन । यद्यपि सुरक्षा, विकास र सामाजिक सरोकार रहने मन्त्रालयको समूह निर्धारण गरी मन्त्रालय बाँडफाँट हुनेछ । नेताहरूका अनुसार प्रधानमन्त्री एमालेको भएपछि अर्थ, परराष्ट्र, सञ्चार मन्त्रालय उसैले राख्ने सम्भावना छ । गृह, भौतिक पूर्वाधारलगायतका मन्त्रालय माओवादीले लिने सम्भावना छ ।, – कान्तिपुरमा खबर छ ।

प्रदेश ४ः रामशरण बने मन्त्री, माओवादी केन्द्रले पठाएन

पोखरा, फागुन ४ । प्रदेश ४ मा दुई सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा एमाले सांसद रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । उनले शपथ समेत लिइसकेका छन् । मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन् । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन् । तर, माओवादीले मन्त्री पठाएन । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएका कारण माओवादीले नाम पठाउन नसकेको एक नेताले बताए । ‘हाम्रो आन्तरिक छलफल नपुगेकाले नाम पठाउन नसकेको हो’ उनले भने । दुई दलको भागवण्डामा माओवादीले गृह (आन्तरिक मामिला) तथा कानुन र भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय एमालेले नै राखेको छ ।

अनौठो द्वीप, जहाँ महिलालाई मात्र जान अनुमति छ

फिनल्याण्ड, माघ २५ । फिनल्याण्डमा एउटा द्वीपमा पुरुषलाई प्रवेश गर्न प्रतिबन्ध छ भने महिलालाई मात्र सो द्वीपमा जान अनुमति छ । ‘सुपर शी’ नाम दिइएको सो द्वीपमा अमेरिकी लगानीकर्ताले विशेष रिसोर्ट बनाउँदैछन् । हेलसिंकी द्वीप समूहमा रहेको उक्त द्वीपमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । ८.४ एकड क्षेत्रफलमा रहेको सो द्वीपमा आधुनिक स्पा, योगा कक्ष र खाना पकाउने कलासम्बन्धी कक्षासमेत रहने बताइन्छ । अमेरिकाको यस्तै एक पर्यटकीय क्षेत्रमा पुरुषहरु महिला आगन्तुकका लागि व्याकुल भएको आफूले पाएपछि महिलाका लागि मात्रै विशेष प्रकारको रिसोर्ट बनाउने सोच आएको अमेरिकी लगानीकर्ता क्रिश्टिना रोथले बताइन् । उनले पुरुषमाथि भेदभाव गर्ने आफ्नो कुनै नीति नरहेको पनि प्रष्ट पारिन् । सुरुमा अन्य मुलुकमै यस प्रकारको रिसोर्ट संचालनमा ल्याउने योजना आफूले बनाएर जग्गासमेत खरिद गरिसकेको भए पनि फिनल्याण्डसँगको आत्मीयताका कारण आफूले यो द्वीपमा नै निर्माण गर्ने निधो गरेको उनको भनाइ थियो । पुरुषका कारण सार्वजनिक स्थलमा खुलेर बस्न नपाउने तथा उकुसमुकस महसुस गर्ने महिलाका लागि यो स्थान छुट्टी मनाउनका लागि उपयुक्त हुने विश्वास आफूले लिएको रोथ बताउँछिन् । -एजेन्सी  

राष्ट्रियसभामा एमालेको एकल बहुमत, कुन प्रदेशमा काे ? (नामावलीसहित)

काठमाडौं, माघ २५ । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमाले एक्लैले २९ सिटसहित बहुमत ल्याएको हो । त्यसैगरी नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले १०, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले २/२ सिट ल्याएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८/८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनित गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नम्बर १ बाट नेकपा एमालेका ६ र नेपाली कांग्रेसका २ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेश नम्बर २ मा भने यसअघि नै एमाले, कांग्रेस, राजपा र फोरमबाट २/२ जना निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश नम्बर ३ मा पाँच सिट जित्दै एमालेले बहुमत ल्याएको छ भने नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले एक सिटमा विजयी हात पारेका छन् । प्रदेश नम्बर ४ मा नेकपा एमालेले ३, नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ सिट जितेका छन् । प्रदेश नम्बर ५ मा पनि एमालेले ४, कांग्रेसले २ र माओवादीले दुई सिट जितेका छन् । प्रदेश नम्बर ६ मा एमालेले ५ र माओवादी केन्द्रले ३ सिट जितेका छन् । यस्तै प्रदेश नम्बर ७ मा एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले २ सिट जितेका छन् । उम्मेदवारी मनोनयनकै क्रममा २४ जना निर्विरोध भएकाले ३२ सिटका लागि मात्रै हिजो मतदान भएको हो । तीमध्ये प्रदेश नम्बर ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव भएको हो । प्रत्येक प्रदेशबाट कम्तिमा तीन महिला, एक दलित र एक अपांगता÷अल्पसंख्यक तथा अन्य तीन खुलासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ । राष्ट्रियसभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको थियो । राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसँगै संघ, प्रदेश र स्थानीय तहका सभाले पूर्णता पाउने छन् । प्रदेश र स्थानीय तहले यसअघि नै पूर्णता पाइसकेका थिए । संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभालाई संयुक्त रुपमा संघीय संसद् भनेकाले चुनावको परिणामसँगै त्यसले पूर्णता पाउँछ । राष्ट्रियसभा निर्वाचन पर्खनुपरेकै कारण निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातितर्फको परिणाम निर्वाचन सम्पन्न भएको दुई महिना भइसक्दासम्म पनि दिन सकेको छैन । संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलले आफूले पाएको सिटको कम्तिमा ३३ प्रतिशत महिला पुर्‍याउर्नैपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रियसभा र प्रतिनिधिसभा प्रत्यक्षतर्फको सिट जोड्दा ३३ प्रतिशत पुर्‍याउन नसक्ने दलका हकमा अपुग महिला संख्या समानुपातिक सूचीबाट पुर्‍याउनुपर्ने भएकाले प्रतिनिधिसभाको परिणाम अड्किएको हो । अब राष्ट्रपति, उपराष्ट्रपति एवम् संघ तथा प्रदेशमा सभामुख, उपसभामुखको निर्वाचन हुनेछ । साथै संसदीय प्रक्रियाअनुसार संघ र प्रदेशमा सरकार गठन गर्न बाँकी छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा ९९ दशमलव ५२ प्रतिशत मतदान भएको जनाएको छ । ६ वटै प्रदेशका १ हजार ६ सय ७७ जना मतदातामध्ये ८ जना अनुपस्थित रहेका थिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान उत्साहजनक रुपमा भएको बताए । यी हुन सबै विजयी उम्मेदवारहरु प्रदेश १ नैनकला ओझा (एमाले/निर्विरोध) बिना पोखरेल (माओवादी/निर्विरोध) सरिता प्रसाईं (कांग्रेस/निर्विरोध) पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध) रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध) हरिचरण शिवाकोटी (एमाले/निर्विरोध) खेम नेपाली (एमाले/६,२७०) अगमप्रसाद वान्तवा (एमाले/६,१३८) प्रदेश २ शशिकला दाहाल (माओवादी/निर्विरोध) मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध) प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध) जितेन्द्र देव (कांग्रेस/निर्विरोध) रमेश यादव (राजपा/निर्विरोध) सुमन प्याकुरेल (एमाले/निर्विरोध) रामप्रित पासवान (संसफो/निर्विरोध) वृशेषचन्द्र लाल (राजपा/निर्विरोध) प्रदेश ३ धनकुमारी खतिवडा (कांग्रेस) उदया शर्मा पौडेल (एमाले) दिलकुमारी रावल (एमाले) सिंगबहादुर विश्वकर्मा (एमाले) रामचन्द्र राई (एमाले) राधेश्याम अधिकारी (कांग्रेस) बलरामप्रसाद बाँस्कोटा (एमाले) रामबहादुर थापा (माओवादी/३,३९६) प्रदेश ४ प्रकाश पन्थ (कांग्रेस/निर्विरोध) विन्दादेवी आले (कांग्रेस२२७४) दिपा गुरुङ (एमाले१७१६) शान्तिकुमारी अधिकारी जिसी (एमाले१५१२) सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२) गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२) दिनानाथ शर्मा (माओवादी/१,५३०) खिमकुमार विक (माओवादी/३,३९६) प्रदेश ५ कोमल वली (एमाले/निर्विरोध) मीना बुढा (एमाले/निर्विरोध) अनिता देवकोटा (कांग्रेस/निर्विरोध) दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८) खिमलाल भट्टराई (एमाले/३,००६) चन्द्रबहादुर खड्का (माओवादी/२,२८०) रामलखन चमार (एमाले/५,५०८) राजकुमार कुँवर (माओवादी/५,३४०) प्रदेश ६ कविता बोगटी (एमाले) नन्दा चपाई (एमाले) यूटोल तामाङ (माओवादी) नरपति लुवार (एमाले/३,६६६) जीवन बुढा (माओवादी/३,७२०) ठगेन्द्रप्रकाश पुरी (एमाले) भैरवसुन्दर श्रेष्ठ (एमाले) कालीबहादुर मल्ल (माओवादी) प्रदेश ७ तारादेवी भट्ट (कांग्रेस/निर्विरोध) कमला ओली (एमाले/निर्विरोध) इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध) बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध) शेरबहादुर कुँवर (एमाले/निर्विरोध) हरिराम चौधरी (माओवादी/निर्विरोध) चक्रप्रसाद स्नेही (एमाले/३,७०८) महेशकुमार महरा (माओवादी/३,७०८)

राष्ट्रिय सभाको ४८ स्थानका मतपरिणाम सार्वजनिक माओवादी ९ स्थानमा विजयी

काठमाडौं । बुधवार सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम प्रदेश नं ६ बाहेक अरू चार प्रदेशबाट प्राप्त भइसकेको निर्वाचन आयोगका अधिकारीले बताएका छन्। सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जस्तै राष्ट्रियसभामा पनि वामगठबन्धन नै अग्रस्थानमा रहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रदेश नं १ मा नेकपा एमालेले पाँच स्थान जितेको छ भने नेपाली कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थान जितेका छन्। त्यसैगरी प्रदेश नं ७ मा नेकपा एमालेले चार र माओवादी केन्द्र र नेपाली कांग्रेसले दुई‍/दुई स्थान जितेका छन्। प्रदेश नं ४ मा नेकपा एमाले र नेपाली कांग्रेसले तीन/तीन स्थान र माओवादी केन्द्र दुई स्थान जितेका छन्। प्रदेश नं ५ मा भने नेकपा एमालेका चार तथा माओवादी केन्द्र र नेपाली कांग्रेसका दुई/दुई उम्मेदवार विजयी भएका छन्। प्रदेश नं ३ मा नेकपा एमालेका पाँच तथा नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका एक उम्मेदवारले जितेको बताइएको छ। प्रदेश नं ६ मा मतगणना जारी रहेको छ। प्रदेश नं। २ का सबै सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ मतदान गर्नुपरेको थिएन। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘अब प्रदेश नम्बर ६ को परिणाम आउन बाँकी छ। भोलिभित्र सबै परिणाम आइसक्छ र भोलि नै राजनीतिक दलहरूलाई समानुपातिक तर्फको प्रतिनिधिसभा चुनावको महिला सिट संख्या यकिन गरेर पठाउने तयारीमा हामी छौँ।’ वाम गठबन्धनको पकड कमजोर भएको भनिएको प्रदेश नं २ मा आठवटै सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए। त्यहाँ नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टीले दुई/दुई स्थानमा विजयी भएका छन् भने माओवादी केन्द्र र नेकपा एमालेबाट एक(एक सदस्य चुनिएका छन्। राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित हुने ५६ सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। आज भएको मतदानमा १६७७ सय मतदातामध्ये आठ जना अनुपस्थित भएको आयोगले जनाएको छ। राष्ट्रिय सभा गठनसँगै संविधानले व्यवस्था गरेका सबै निर्वाचन सम्पन्न भएका छन्। निर्वाचन आयोगले अबको दुई दिनभित्र राष्ट्रिय सभाको निर्वाचन परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ। साथै प्रतिनिधिसभाको समानुपातिक तर्फको सूचीको टुङ्गो लगाई फागुन ५ गतेसम्म राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम पेश गरिसक्ने पनि उसले जनाएको छ।

बलिउड अभिनेत्री र भारतीय क्रिकेटरको केमिष्ट्रि मिलेकै हो ?

काठमाडाैं । केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् । उनीहरुको रोमान्सका कारण धेरै मसालेदार समाचार पनि बेला बेलामा आइनैरहन्छन् । भारतमा क्रिक्रेट, बलिउडमा ठुलो धनराशी लगानी हुनेगर्छ । त्यही भएर पनि अभिनेत्रीहरु क्रिक्रेटरसँग लवअफयेर गर्न रुचाउँने फिल्म विश्लेषकहरु बताउँछन् । १. बिराट कोहली र अनुष्का शर्मा सन् २०१४ र २०१५ मा सबैभन्दा बढी चर्चा रह्यो यो जोडीको । कहिले रोमान्सका कारण, कहिले ब्रेकअपका कारण त कहिले प्याचअपका कारण । सन् २०१३ मा एउटा सानो व्यापारिक कार्यक्रममा उनीहरु भेट भएका थिए । त्यसपछि उनीहरुको प्रेम कथा सूरु भयो । हाल उनीहरुको विवाह भइसकेको छ । २. युवराज सिंह र किम शर्मा यो जोडीको रोमान्स करिब ४ वर्षसम्म चल्यो । बि७लमबकजसटाउनमा उनीहरुको चर्चाले ठुलो स्थान पाएको थियो । सन् २००७ मा उनीहरु अलग्गिए । युवराजकी आमाले किमलाई मन नपराएपछि उनीहरुको सम्बन्ध टुटेको हो ।?रउश्र ३. जाहिर खान र इशा सर्वानी भारतीय राष्ट्रिय टिमका खेलाडी जाहिर खान र बलिउडी अभिनेत्री इशा सर्वानीको ८ वर्षसम्म प्रेम सम्बन्धमा रहे । उनीहरुको सम्बन्ध पछि त्यसै टुट्यो । हल्लाको कुरा पत्याउने हो भने लामो दुरीका कारण उनीहरुको प्रम सम्बन्ध टुटेको थियो । ४. उसमान अफजल र अमृता अरोरा चार वर्षसम्म अफयेर चलेको यो जोडीको पनि ब्रेकअप नै भयो । युकेमा बस्दै आइरहेका क्रिक्रेटरलाई धोका दिदै व्यापारी सकिल लडाकसँग अमृताले विवाह गरिन् । लडाकसँग ६ महिनाको अफेयर चलेपछि उनले विवाह गरेकी थिइन् । ५. शर्मिला टेगोर र मन्सुर अली खान पटाउँदी बलिउडको पुरानो तर चर्चीत लब स्टोरी रह्यो शर्मिला र मन्सुरको । बेंगली केटी तथा मुस्लिम केटा रहेका यी दुईको जोडी आज सम्म चर्चा हुने गर्छ । राज परिवारको सम्बन्धमा आएकी शर्मिलालाई अन्तत मन्सुरले विवाह नै गरे । शाही घरनाभन्दा पनि उनीहरुको प्रेम उच्च रह्यो । ६. रवि शास्त्री र अमृता सिंह रवि शास्त्रीलाई नचिन्ने कमै होलान् । अमृतालाई जब देखे उनी पहिलो भेटमै मायामा परे । तर उनीहरुको प्रेमको सूरुवात सुखद भएपनि अन्त्य दुखद नै रह्यो । केही वर्ष अफयेर चल्यो तर अन्तत उनीहरु अलग्गिए । ७. ब्रिट लिइ र प्रिति जिन्डा ब्रिट र प्रितिको लवस्टोरीबारे खुलेर कसैले पनि चर्चा गरेनन् । तर उनीहरु धेरैपटक सँगै देखिए । उनीहरु एकअर्कालाई डेटिङ गरेको खबर बाहिर आइरहँदा ब्रिटले भने लाना एन्डरसँग विवाह गरे । ८. हर्वजन सिंह र गीता वर्षा हर्वजन र गीता एकअर्काको बारेमा कुरा पनि गर्न चाहानन् । तर उनीहरु एकअर्कालाई डेटिङ गरेको भन्ने तथ्य टिवइटरले प्रस्ट पारेको थियो । उनीहरु अझै पनि प्रेम सम्बन्धमा रहेको बताइन्छ । गीताले एक कार्यक्रममा भज्जीको भुमिका आफ्नो लाइफमा ठुलो रहेको बताएका छन् । ९. युवराज सिंह र दिपिका पादुकोण सन् २००८ मा दिपिका र युवराजबिच अफेयर भएको चर्चा चुलिएको थियो । तर धेरै ठाउँमा उनीहरुलाई भेटिए पनि उनीहरुले अफयेरबारे जानकारी भने गराउन चाहेनन् । एजेन्सी

खोलामा पानी घट्न थालेपछि इलाममा विद्युत उत्पादन घट्यो

इलाम, माघ २४ । हिउँद लागेसँगै खोलामा पानी घट्न थालेपछि इलाम जिल्लामा रहेका विद्युत केन्द्रहरुको उत्पादन घट्न थालेको छ । वर्षायाममा २२ मेगावाट उत्पादन गर्ने सानिमा माई हाइड्रोपावर आयोजनाले १० मेगावाट मात्र उत्पादन दिन सकेको छ । १८ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावरका दुबै विद्युत गृहबाट ६ मेगावाट विद्युत उत्पादन भइरहेको छ । पाँच मेगावाट क्षमताको जोगमाई हाईड्रोले दुई हजार ५ सय किलोवाट विद्युत उत्पादन गरिरहेको छ । इलाम पुवाखोला आयोजनाबाट तीन दशमलव ५ मेगावाट तथा ४ मेगावाटको हिमाल दोलखाले ११ सय किलोवाट मात्र उत्पादन गर्न सकेको ती आयोजनाहरुले जानकारी दिएका छन् । सुख्खायामको शुरुसँगै खेतबारीमा सिँचाइका लागि किसानले पानी लैजान तथा पानी बहाव ने पनि कम हुने भएकाले उत्पादन घटेको आयोजना सञ्चालकहरू बताउँछन् । झण्डै पाँच महिनादेखि पानी नपर्दा खोलामा पानीको सतह पनि घट्न थालेको हिमाल दोलखा हाईड्रोपावरका आकाश चौधरीले जानकारी दिए ।

स्वान्सी सिटी र हडर्सफिल्ड टाउन एफए कपको पाँचौं चरणमा

काठमाडौं, माघ २४ । प्रिमियर क्लवहरु स्वान्सी सिटी र हडर्सफिल्ड टाउन एफए कप फुटबल प्रतियोगिताको पाँचौं चरणमा पुगेका छन् । गएराती भएका चौथो चरणका रि प्लेमा आ–आफ्ना प्रतिद्धन्दीलाई पाखा लगाउँदै स्वान्सी र हडर्सफिल्डले अन्तिम १६ मा ठाँउ बनाएका हुन् । आफ्नै मैदानमा भएको खेलमा स्वान्सी सिटीले दोस्रो श्रेणीको नट्स काउण्टीलाई ८-१ ले हरायो । यसैगरी हडर्सफिल्ड टाउनले बर्मीङ्घम सिटीलाई ४-१ ले पाखा लगायो । गएराती नैं भएको अर्को खेलमा मिलवाललाई १-० ले हराँउदै रोचडेल पनि प्रि क्वाटरफाईनलमा पुगेको छ । एफए कप फुटबलको चौथो चरणको रि प्लेमा आजराती टोटनह्याम हट्सपरले न्युपोर्ट काउण्टीसँग खेल्नेछ ।

निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्छ : नेताहरु

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता नारायणप्रसाद साउदले संविधानबमोजिम निर्वाचन हुँदै गएकाले अब मुलुकले विकासको मुहार फेर्ने बताउनुभयो । पूर्वमन्त्री साउदले संविधानमा भएका कुरालाई लागू गर्दै जाँदा क्रमशः संविधान कार्यान्वयन हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले जनताले दिएको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो । नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनले क्रमशः राजनीतिक एजेण्डा सकिँदै गएकाले अब विकास र समृद्धिको एजेण्डालाई राजनीतिक दलले पछ्याउने बताउनुभयो । उहाँले पार्टी एकताबारे नीतिगत र वैचारिक विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल भइरहेको जानकारी गराउँदै चाँडै नै पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले मुलुकलाई आर्थिक विकासमा लैजानका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । “संविधानमा धेरै कुरा छुटेका छन् त्यसलाई समावेश गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो । नेता यादवले प्रदेश नं २ मा राजपा र मधेशी जनअधिकार फोरम नेपालबीचको सरकार बन्ने भन्दै मुख्यमन्त्री कसलाई बनाउने भन्ने बारेमा दुई पार्टीमा छलफल भइरहेको स्पष्ट पार्नुभयो ।

युद्धका मोर्चादेखि सभामुखसम्म ओनसरी घर्तीको संघर्षपूर्ण यात्रा

कैयौं पटक मृत्युको मुखमा पुगेर जोगिएकी पूर्वसभामुख ओनसरी घर्ती युद्धकालमा रोल्पा, रुकुम, सल्यान, प्यूठान, दाङ आदि भू–भागमा मात्र होइन पूर्वको सिन्धुलीगढीमा समेत सक्रिय थिइन् । रोल्पाका किसान प्रसाद तथा नौमती घर्तीका ७ सन्तानमध्येकी एक ओनसरी २०४८ देखि अर्धभूमिगत तथा २०५२ देखि पूर्ण भूमिगत राजनीतिमा रहिन् । वि.सं. २०३४ सालमा रोल्पामा जन्मिएकी घर्तीको वि.सं. २०५२ भदौमा तत्कालीन लडाकु वर्षमान पुनसँग जनवादी विवाह भएको थियो । रोल्पाको होलेरीमा पहिलो पटक कमाण्ड सम्हाल्दै युद्धमा सहभागी भएकी ओनसरी त्यतिबेला जाली, फटाहा एवं सुदखोरहरूलाई लक्षित गरी चेतावनी दिने तथा सूचना लिनेजस्ता कार्यमा आफूहरू बढी केन्द्रित भएको बताउँछिन् । ०५८ सालमा आफू दाङको इन्चार्ज हुँदा एकाध घरमा टेलिफोन हुने र टेलिफोन भएको एक घरबाट केन्द्रमा सूचना पठाउँदा उक्त घरधनीले सुराकी लगाइदिएपछि दाङको बिजौरीदेखि बाँसगढीमा सेनाको घेरामा परेको उनले बताइन् । त्यतिबेला बाँच्ने आशा नै गुमेको घटना सुनाउँदा ओनसरी भावविह्वल देखिइन् । वि.सं. २०६२ मा शान्ति प्रक्रियामा आउनुभन्दा केही दिनअघि मात्र आफूहरूले चौतारा हान्दा उतिबेला देशैभरि ठूलो हंगामा मच्चिएको र त्यसले तत्कालीन सत्तासीनहरूलाई नराम्रो धक्का पुर्‍याएको उनको बुझाइ छ । शान्ति प्रक्रियाकै बेला माओवादी अन्तरिम संसद्मा प्रवेश गर्‍यो । उनको क्रियाकलापलाई नजिकबाट नियालिरहेका प्रचण्डकै पहलमा उनी ०७२ मा मुलुककै प्रथम महिला सभामुख बन्न सफल भइन् । सभामुख बन्दा उत्साह र दबाब एकैपटक महसुस गरें–ओनसरीले भनिन्–धेरै सकारात्मक समर्थन र सहयोगले पनि कहिलेकाहीँ प्रेसर महसुस गराउँदो रहेछ जुन मलाई सभामुख भएपछि अनुभूति भयो । यस्तो अवस्थामा कसरी राम्रो गर्दै जाने ? भन्ने प्रश्नले गाह्रो बनाउँदो रहेछ । यद्यपि काम गर्दै जाँदा आत्मविश्वास बढ्दै गयो । मैले सदनभित्र बनाएको अघोषित सल्लाहकार समूहले मलाई ठूलो सहयोग गर्‍यो । सभामुख हुँदा महिलाहरूको मर्म बुझेर इच्छापत्र (विल सिस्टम) सम्बन्धी कानुन खारेज गर्न घर्तीको ठूलो योगदान छ । अति विकसित मुलुकलाई हेरेर त्यस्तो कानुन बनाउँदा समय र परिस्थिति सापेक्ष नहुने कुरा बुझेरै उनले त्यसमा जोड दिएकी थिइन् । त्यसका अतिरिक्त उनी सभामुख हुँदा महिलाका थुप्रै सकारात्मक विधेयक पास भए, कानुन बने । राजनीतिलाई सबैभन्दा ठूलो जनसेवा एवं समाजसेवा मान्ने घर्तीको अबको बाटो पनि राजनीति नै हो । ओनसरीले भनिन्–जुन जिम्मेवारी पाउँछु त्यही स्थानमा रहेर महिला–बालबालिका, सीमान्तकृत, गरिब तथा पछाडि पारिएका समुदायका निम्ति काम गर्नेछु । मुख्यत: शिक्षा एवं महिला क्षमता–दक्षता अभिवृद्धिमा केन्द्रित हुने रहर छ । नारी म्यागेजिनबाट साभार

पञ्चायतकालमा छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, पुस २८ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पचायतकालमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्न निर्णय गरेको हो । २०३६ कार्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला ३८ वर्षपछि सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

स्थायित्व र समृद्धिकाे कुटनैतिक आधार

नेपालमा दक्षिणको विरोधमा अभिव्यक्ति दिनुलाई राष्ट्रवादी मानिने मनोविज्ञान आमरुपमा छ भन्ने गरिन्छ । कतिपयले उत्तरको मामिलामा ‘रिजर्भ’ रहनसके सत्तामा पुग्न र टिक्न सहजहुने एवं सत्ताको सिढी सजिलोसँग चढने अवसर मिल्ने चर्चा गरेको पनि सुनिन्छ । चुनावताका दक्षिणतर्फ पिठ्युँ फर्काउँदा जितिने र सत्ता सञ्चालनमा उत्तरतर्फ पिठ्युँ फर्काउदा शुभ हुने मनोविज्ञानले नेपाली राजनीति, राजनीतिक पार्टीहरु र नेतृत्वलाई चेपुवामा पारेको अनुभूत गर्न सकिन्छ । वास्तविकता चाहीँ हाम्रोजस्तो देशको कुटनैतिक परिपक्वता सँगसँगै उल्लिखित मनोवैज्ञानिक चेपुवाबाट मुक्ती दिने राष्ट्रियसुत्र पहिल्याउनै पर्छ । यो संक्षिप्त आलेखमा कुटनैतिक परिपक्वता र ‘चुनाव पुर्व र पश्चात’ पनि एकैनाशले छिमेकसँग बनाउन सकिने सम्वन्धको दिशामा कसरी आम नेपाली नेतृत्व अगाडि बढनु पर्दछ भन्नेबारे चर्चा गरिएको छ । भुपरिवेष्टित मौलिकताः नेपाल भुपरिवेष्टित मुलुक हुनाले विकास र समृद्धिका दिशामा काम हुन नसकेको हो भन्नेहरुका तर्कमा पनि ‘दम’ छ । आज पनि विश्वका १० गरिब देशहरुको सुचीमा ९ वटा भुपरिवेष्टित देशहरू छन । युरोपमा रहेका १७ वटा भुपरिवेष्टित मुलुकमध्ये स्वीट्जरल्याण्डको चर्चा यदाकदा राजनीतिक नेतृत्वले नेपालसँग तुलना गर्न प्रयोग गरेको पाईन्छ । साना भुपरिवेष्टित देशहरुको विकास र समृद्धिको चर्चा गर्दा र राम्रो नमुना लिंदा युरोपेली भुपरिवेष्टित मुलुककै सिको आवश्यक छ । विकासको सुचकका दृष्टिकोणले अफ्रिकन भुपरिवेष्टित मुलुकहरु दयनीय अवस्थामा छन । एसियाका १२ भुपरिवेष्टित मुलुकका पनि आफ्नै विशेषता र चुनौतिहरु छन । साझा रुचिहरुलाई एकताबद्ध पार्नु र भुपरिवेष्टित मुलुकहरुले समुन्द्रसम्मको पहुँचको अन्तराष्ट्रिय मंच र संयुक्त राष्ट्र संघले अनुमोदन गरेका प्राप्ति र उपभोगमा योजनाहरु मुखरित गर्नु नेपालको अन्तर्राष्ट्रिय सम्वन्धको चुरो हो । नेपाल जस्तै दुईवटा मात्रै मुलुकसँग (चिन र रुस) भुपरिवेष्टित रहेको मंगोलिया विकास र समृद्धिको मामिलामा अगाडि छ । वास्तवमा भुपरिवेष्टित मुलुकहरुका साझा आवश्यकता र चासोहरु छन । यी साझा रुचिहरुलाई एकताबद्ध पार्नु र भुपरिवेष्टित मुलुकहरुले समुन्द्रसम्मको पहुँचको अन्तराष्ट्रिय मंच र संयुक्त राष्ट्र संघले अनुमोदन गरेका प्राप्ति र उपभोगमा योजनाहरु मुखरित गर्नु नेपालको अन्तर्राष्ट्रिय सम्वन्धको चुरो हो । यसैले नेपालको कुटनैतिक विषय भुपरिवेष्टित राष्ट्रहरुको सामुहिक अधिकारसँग अभिन्न ढंगले जोडिएको छ । यस्तो अधिकारका बारेमा छिमेकीहरुसँग दुरी बढाएर होइन ‘आधारभुत अधिकार’ को मापदण्डलाई आधार बनाएर सम्बन्धको विकास गर्नु पर्दछ । दुई ढुङ्गा विचको तरुलः नेपालको अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्धको कुरा गर्दा नेपाल दुईवटा आर्थिक र सामरिक शक्ति सम्पन्न ‘ठुला’ मुलुकका बीचमा भुपरिवेष्टित रहेको छ र हाम्रो कुटनैतिक सम्बन्ध पनि चेपुवामा छ । अप्ठ्यारोमा छ यसैले हामीले सहनु पर्छ भन्ने मानसिकतामा यो ‘तरुल’ कुटनैतिक दृष्टिकोण बनेको देखिन्छ । परम्परागत र समर्पणवादी मान्यताको पनि छनक यो कुटनैतिक ‘डिल’को अन्तर्यमा देखिन्छ । पृथ्वीनारायण शाहको दिव्योपदेशकै रुपमा रहेको ‘नेपाल दुई ढुङ्गाबीचको तरुल’ हो र यी दुई ढुङ्गाले छाडेको ‘स्पेश’ वा चरमा नै नेपाल विकसित हुने हो भन्ने सन्देश को मर्म छ । र, दुबैढुङ्गालाई तरुलले दखल दिंदैन चेपिएरै बस्दछ भन्ने परम्परागत र समर्पणवादी मान्यताको पनि छनक यो कुटनैतिक ‘डिल’को अन्तर्यमा देखिन्छ । कुनै समय विकासको प्रारम्भिक चरणमा दुईवटा ढुङ्गाकै बीचमा चेपियरै बाँचे पनि एक्काईसौं शताब्दीको यो भुमण्डलिकरणको समयमा ढुङ्गामा चेपिएरै रहने तरुलको अवधारणाले नेपालको थप उन्नति देखाउँदैन । तरुल सजीव वस्तु हो । ढुङ्गाको बीचमा निरन्तर विकास र उन्नतिका मलजल प्राप्त हुँदैन । यसैले यो परम्परागत कुटनैतिक मान्यताबाट माथि उठेर सम्बन्धमा विकास गर्नु अनिवार्य आवश्यकता हो । अब यो तरुल कुटनीतिले राजनीतिक स्थायित्व आर्थिक समृद्धि र समाजवादी नेपाल निर्माणको आवश्यकतालाई सम्वोधन गर्न सक्दैन । दुई ढुङ्गा बीचको ‘डाइनामाइट’: नेपालको छिमेकीहरु सँगको सम्बन्ध र कुटनैतिक पक्षको विश्लेषणमा डाइनामाइट बन्ने कुरा पनि चर्चामा थियो र यदाकदा छ । खासगरी माओवादी जनयुद्ध कालमा ‘नेपालमा सफल हुने क्रान्तिको झिल्कोले दुईवटा ठुला छिमेकी मुलुकमा पनि क्रान्तिकारी आन्दोलन को शन्देश पुग्ने र त्यहाँको क्रान्तिले समग्र क्षेत्रमा क्रान्ति सफल हुने’ भन्ने मान्यता र मनोविज्ञानले डाइनामाइटु कुटनीतिको विकास गरेको थियो । अहिले फरक कुटनैतिक मान्यतामा आईपुगे पनि खासगरी तत्कालीन माओवादी आन्दोलन र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध कालको क्रममा ‘सुरुङ’ युद्धको कुरा देखि प्रधानसेनापति काण्डपछिको ‘राष्ट्रिय स्वाधिनता’ र ‘राजनीतिक सर्वोच्चता’ सम्मका प्रसंगमा यहीँ डाइनामाइट कुटनैतिक दृष्टिकोण बनाएको देखिन्छ । क्रान्ति वा राजनीतिक प्राप्तिको दृष्टिकोणले यो जायज हुन पनि सक्थ्यो होला तर नेपालको छिमेकीहरुसँग विकास गर्नु पर्ने व्यावहार र सम्वन्धका दृष्टिकोणले यो अवधारणा बस्तुतः भड्किलो थियो । अहिले फरक कुटनैतिक मान्यतामा आईपुगे पनि खासगरी तत्कालीन माओवादी आन्दोलन र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध कालको क्रममा ‘सुरुङ’ युद्धको कुरा देखि प्रधानसेनापति काण्डपछिको ‘राष्ट्रिय स्वाधिनता’ र ‘राजनीतिक सर्वोच्चता’ सम्मका प्रसंगमा यहीँ डाइनामाइट कुटनैतिक दृष्टिकोण बनाएको देखिन्छ । वास्तवमा यो अवधारणा नेपालको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका दृष्टिले मात्रै होइन समग्रमा नै अपरिपक्व भएको करिब सबैले स्वीकार गरेका छन । वस्तुगत धरातल र वैज्ञानिक आधार बिना यो कुटनैतिक मान्यताले छिमेकसँगको सम्वन्धलाई चिसो मात्रै बनाउँछ भन्ने पुष्टि भैसकेको छ । दुई ढुङ्गाबीचको पुलः नेपालमा अहिले आवश्यक रहेको कुटनैतिक सम्वन्धको आधार भनेको नेपाल दुईवटा ठुला मुलुकहरुबीचको पुल बन्नु हो । आदान प्रदानका दृष्टिकोणले विश्वका दुई ठुला जनसंख्या, दुई ठुला भुगोल, दुई ठुला अर्थतन्त्र र दुई ठुला सामरिक शक्तिहरुको बीचमा अवस्थित नेपाल पुलकै रुपमा रहनु पर्छ । मित्रवत व्यावहार निर्माणमा भरमग्दुर प्रयत्न गर्नु पर्छ । खासगरी १५ अक्टोबर २०१६ मा विरिक्स सम्मेलनका क्रममा नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिन पिङको संयुक्त वार्ता वा आकस्मिक भनिएको भेटघाट पछि दुई देशबीचको पुल बन्ने कुटनैतिक मान्यता सतहमा आएको हो । जब नेपालले दुई ठुला देशहरुलाई मित्रतामा, आर्थिक क्रियाकलापमा, ब्यापारमा, पारबहनमा पुल बनेर जोडन सफल हुन्छ तब नेपाल आर्थिक गतिविधिको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न सक्छ । जब यो सफलता प्राप्त हुन्छ तब ‘चुनावपुर्प उत्तर र चुनावपछि दक्षिण’ फर्कनुपर्ने मनोवैज्ञानिक रोगवाट पनि नेपाली राजनीतिलाई निको हुनेछ । भारत र चिनको समेत हितकर यो मान्यता तीनै पक्षको दिगो आर्थिक विकासको सेतु हो । वस्तुतः आज नेपालका सबै राजनीतिक पार्टी र आन्तरिक शक्तिहरु नेपाल चीन र भारतको विचको ‘तरुल वा डाइनामाइट’ हैन की पुल र आर्थिक ट्रान्जिट बन्नु पर्ने कुरामा सहमत भएको देखिन्छ । भारत र चिनको समेत हितकर यो मान्यता तीनै पक्षको दिगो आर्थिक विकासको सेतु हो । यसै दिशामा नेपाली राजनेताहरुले भरमग्दुर प्रयत्न गर्नु पर्छ। स्थिर परराष्ट्र नीति र कुटनैतिक सम्बन्ध विकासमा केही छिटफुट बाहेक एकमना एकता पैदा भएको देखिनु समग्र नेपालीको खुशीको कुरा हो । ‘दुई देशविचको पुल’ कुटनैतिक मान्यताका नेपाली सुत्राधार मुख्यतः प्रचण्ड र उनीसँगै गठबन्धनको नेतृत्व गरेका केपी शर्मा ओली अनि देशकै पुरानो पार्टीका सभापति एवं वर्तमानका प्राविधिक प्रधानमन्त्री देउवा सहितमा परराष्ट्र सम्बन्ध र कुटनैतिक मामिलामा ‘एक मन, एक बचन, एक कर्म’ सहितको एकता पैदा हुनुपर्छ । सरकार परिवर्तन सँगै परराष्ट्र नीति परिवर्तन र कुटनैतिक मामिलामा तलमाथि गर्ने छुद्र विरासतको अवशान गर्नै पर्छ । नेपालको भविष्य सुन्दर हुन्छ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धि हामीले हाम्रो जीवनकाल मा नै पाउने छौ ।