नेपाली झण्डा अंकित पानीजहाजदेखि केबलकारसम्म : वाम घोषणापत्र
काठमाडौं, कात्तिक २१ । वामपन्थी गठबन्धनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि भूपरिवेष्टित मुलुकले समुन्द्र प्रयोग गर्न पाउने अधिकार प्रयोग गर्दै पानीजहाज सञ्चालन गर्ने भएका छन् ।
गठबन्धनले मंगलबार सार्वजनिक गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्रमा भूपरिवेष्टित मुलुक नेपालले निर्वाधरुपमा समुन्द्रसम्मको पहुँच प्राप्त गर्ने अधिकारलाई स्थापित गर्ने र समुन्द्रमा पानी जहाज सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
‘अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग’ शीर्षक दिइएको उक्त घोषणापत्रमा नेपाली झण्डा अंकित पानीजहाज सञ्चालन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको झण्डा अंकित पानीजहाज सञ्चालन भएरै छाड्ने बताए ।
विराटनगर, नेपालगन्ज, सुर्खेत तथा धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा विस्तार र स्तरोन्नति गर्ने, सबै आन्तरिक विमानस्थललाई अत्याधुनिक, सुविधा सम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गर्ने, बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाउने र निजी क्षेत्रका हवाई सेवालाई प्रोत्साहन गर्ने लक्ष्य ।
घोषणापत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति गर्ने, आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, दुई वर्षभित्र भैरहवास्थित गौतमबुद्ध विमानस्थल र तीन वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने विषय समेटिएको छ ।
यस्तै घोषणापत्रमा विराटनगर, नेपालगन्ज, सुर्खेत तथा धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा विस्तार र स्तरोन्नति गर्ने, सबै आन्तरिक विमानस्थललाई अत्याधुनिक, सुविधा सम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गर्ने, बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाउने र निजी क्षेत्रका हवाई सेवालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
वाम गठबन्धनको घोषणापत्रमा कोशी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गका सम्भाव्यता अध्ययन गर्ने, उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गर्ने विषयलाई समावेश गरिएको छ ।
तमोर–मोरङ डाइभर्सन, सुनकोसी–कमला र सुनकोसी–मरिन–वाग्मती डाइभर्सन, कालीगण्डकी–तिनाउ डाइभर्सन, राप्ती–सुराई डाइभर्सन, भेरी–बबई डाइभर्सन, पश्चिम सेती–कैलाली–पाण्डुनजस्ता नदी डाइभर्सन परियोजना अगाडि बढाउने ।
‘कृषिभूमिमा पानीः सिँचाइमा लगानी’ शीर्षक दिइएको घोषणापत्रमा पाँच वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषि भूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गर्ने, तराई–मधेस र भित्री तराईको कृषि भूमि सिँचाइ गर्न तमोर–मोरङ डाइभर्सन, सुनकोसी–कमला र सुनकोसी–मरिन–वाग्मती डाइभर्सन, कालीगण्डकी–तिनाउ डाइभर्सन, राप्ती–सुराई डाइभर्सन, भेरी–बबई डाइभर्सन, पश्चिम सेती–कैलाली–पाण्डुनजस्ता नदी डाइभर्सन परियोजना अगाडि बढाउने कार्ययोजना प्रमुख प्राथमिकतामा रहेको छ ।
चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछा पालन कार्यक्रम लागू गर्ने, वर्षात्को पानीसमेत उपयोग गरी राष्ट्रव्यापी रूपमा ताल र सानाठूला पोखरी निर्माण गरी डढेलो नियन्त्रण, चरिचरन र अन्य सिँचाइमा सदुपयोग गर्ने, भूमिगत सिँचाइ सम्भाव्य भएका तराई–मधेश र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भू–भागमा अवस्थित समथर भू–भाग, बेसी तथा टारमा सौर्य ऊर्जा एवं अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ सञ्चालन गर्ने कार्ययोजना वामपन्थी गठबन्धनले अगाडि सारेको छ ।
वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने पर्यटकीय क्षेत्रको बजार प्रवद्र्धन, पूर्वाधार निर्माण र पथप्रदर्शकका लागि तालीम केन्द्रको स्थापना गर्ने, पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न पर्यटन विश्वविद्यालय सञ्चालन स्थापना गर्ने, पर्यटक सेवाका लागि विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानमा केबुलकार र मोनोरेल सञ्चालन गर्ने योजना समावेश छ ।
१० वर्षभित्र १० लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने उद्योग स्थापना गर्ने, लगानीकर्ताका लागि उद्योग स्थापना भएको पाँच वर्षसम्म विद्युत्, पानी र करमा विशेष छुट दिने, प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम निर्माण गरिनेछ ।
‘एक प्रदेश न्यूनतम एक आधुनिक औद्योगिक क्षेत्र’ नीतिअनुरूप सबै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने विषयलाई समावेश गरेको गठबन्धनले हाल सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई आधुनिकीकरण गर्ने १० वर्षभित्र १० लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने उद्योग स्थापना गर्ने, लगानीकर्ताका लागि उद्योग स्थापना भएको पाँच वर्षसम्म विद्युत्, पानी र करमा विशेष छुट दिने, प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम निर्माण गरिनेछ ।
आगामी पाँच वर्षभित्रमा मुलुकका विभिन्न भागमा फेला परेको खनिज र पेट्रोलियम पदार्थको अन्वेषण, उत्खनन, प्रशोधन र प्रयोग गर्ने, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थीले प्रयोग गर्ने लत्ताकपडा स्वदेशमै उत्पादन गर्ने, नेपाली जनतालाई स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्न प्रोत्साहित गर्ने, नेपाललाई आवश्यकपर्ने आधारभूत औषधि स्वदेशमै उत्पादन गर्ने नीति अख्तियार गरेको छ ।
त्यस्तै विदेशी सहायतामाथिको निर्भरता क्रमशः हटाउँदै लैजाने र विदेशी सहायता नचाहिने गरी अर्थतन्त्रको क्षमता विकास गर्ने वाम गठबन्धनको घोषणापत्रमा उल्लेख छ । घोषणापत्र सार्वजनिक गर्दै गठबन्धनमा सहभागी नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिका आधार तयार पार्ने र आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर पु¥याउने लक्ष्यका साथ साझा घोषणापत्र तयार गरिएको बताए ।
सबै विद्यालय, प्रशासनिक भवन, सभाभवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवाकेन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आगामी पाँच वर्षमा देशभरिका महत्वपूर्ण सार्वजनिक स्थलमा वाइफाई सेवा निःशुल्क ।
घोषणापत्र तयारीका लागि गठबन्धनले योजना आयोगका पूर्वउपाध्यक्ष, सदस्य, विकासविद्, समाजशास्त्री, अर्थशास्त्री एवं विकास विज्ञको सहयोग लिएको थियो । राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गर्दै आम नेपालीको साझा प्रतिबद्धतापत्रका रुपमा घोषणापत्रलाई लिइएको गठबन्धनले उल्लेख गरेको छ ।
गठबन्धनको घोषणापत्रमा सबै विद्यालय, प्रशासनिक भवन, सभाभवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवाकेन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आगामी पाँच वर्षमा देशभरिका महत्वपूर्ण सार्वजनिक स्थलमा वाइफाई सेवा निःशुल्क गराउने र सञ्चार उद्योगमा प्रत्यक्ष वा परोक्षरूपमा विदेशी लगानी निषेध गर्ने नीतिसमेत लिइएको छ ।
भागबण्डा नमिल्दा एमालेमा पनि भोक हडताल
राजविराज, कात्तिक १५ । वाम गठबन्धनले सप्तरीको दुई-दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँड गर्दा एमालेका सप्तरी जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन् । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो पार्टी भएको क्षेत्रमा माओवादी केन्द्रलाई उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकसहितले अनशन थालेका छन् । राजविराजस्थित नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालयमा अनशन बसेका उनीहरुले एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सर्वसम्मतरुपले सिफारिस पठाएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनुपर्ने माग गरेका छन् । एमाले केन्द्रीय सदस्य प्याकुरेल क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा थिए। तर यो क्षेत्रमा वाम गठबन्धनले माओवादी केन्द्रका अशोककुमार मण्डल (अमर)लाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । मण्डल यसअघि दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । एमालेका युवा नेताले भने प्याकुरेललाई यस क्षेत्रमा नदिइएकाले बाध्य भएर आफूहरु भोक हडतालमा बस्नुपरेको बताएका छन् । राजविराजस्थित एमालेको पार्टी कार्यालयमा भोक हडताल बसेका उनीहरुले प्याकुरेललाई टिकट नदिएसम्म अनसन बसिरहने बताए ।
हिरासतभित्र यस्तो घटना घट्यो: हत्या कि अात्महत्या छानविन सुरु
सिरहा, कार्तिक १४ । सिरहामा प्रहरी हिरासतमा बालिकाले झुण्डिए आत्महत्या गरेको घटनाले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । घटना सुनेपछि आयोगको जनकपुर कार्यालयबाट आइतबार नै खटिएको मानव अधिकार अधिकृतलाई बिष्णुपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शिव नारायण यादवले घटना विबरण बताउन इन्कार गरेपछि घटनालाई आयोगले अनुसन्धान गर्ने भएको छ । विष्णुपुर प्रहरी प्रमुख यादवलाई सोही ठाउँमा खटिएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले घटना विबरण नभन्न आदेश दिएको खुल्न आएको छ । घटनाको प्रारम्भिक अध्ययन गर्न आयोगको मानव अधिकार अधिकृत दिप यादव आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय विष्णुपुर पुगेका थिए । आयोगको टोलीले सोमबार घटनाबारे मृत शरिर, इलाका प्रहरी कार्यालय विष्णुपुर कार्यालयको हिरासत अनुगमन गरेको छ । हिरासत अनुगमन पछि आयोगको अधिकृतले सोमबार प्रहरी नायब निरीक्षक यादवलाई वयान दिनभन्दा सोमबारसमेत बयान दिन मानेनन् । उनले मानवअधिकार अधिकृत समक्ष कुनै पनि हालतमा लिखित बयान नदिने अडान मै बसे । प्रहरी नायब निरीक्षक शिब नारायण यादवले आफ्नै कार्यालय भित्र भएको घटनाबारे नया पत्रिकालाई समेत बताउन चाहेनन् । बालिकालाई यातना पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको बालिकाको मृत शरिरको पैताला र पिठ्युमा लठ्ठीको डाम जस्तो देखिएको छ । बालिकालाई अनुसन्धानको क्रममा पिठ्युमा विद्युतीय यातना दिइएको जस्तो देखिन्छ । १६ वर्षीया बालिका प्रियङ्का यादवलाई गत कार्तिक ११ देखि इलाका प्रहरी कार्यालय विष्णुपुरमै राखेर अनुसन्धान गरिएको थियो । जिल्ला अदालत सिरहाले प्रहरीलाई अनुसन्धानको लागि कार्तिक १२ गते ५ दिनको लागि म्याद थप गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय विष्णपुरमा करिब ४ः३० बजे महिला हिरासत भित्रै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको थियो । बालक अझै प्रहरी हिरासतमै हत्याको आरोपमा पक्राउ परेका बालक संजय साह इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमै रहेको पाइएको छ । १४ वर्षीय बालक साहलाई प्रहरी नायब उपरीक्षक गजु सिद्धि बज्रचार्यले बयस्क थुनुवासंगै बालकलाई राखेर अनुसन्धान गरिरहेको पाइएको छ । तर, आयोगको मानव अधिकृतसँग कुराकानी गर्न बालकलाई हिरासतबाट बाहिर निकालिएको थियो । महिला हिरासतमा खैनी र चुरोट बालिकाले आत्महत्या गरेको भनिएको इलाका प्रहरी कार्यालय विष्णुपरको महिला हिरासत कोठामा लुकाएर राखिएको अवस्था खैनीको प्याकेट र चुरोट फेला परेको छ । महिला राख्ने हिरासतमा पर्खालमा टासिएको भगवानको पोस्टर भित्र खैनीको प्याकेट र चुरोट पाइएको हो ।
Breaking:बालकृष्ण ढुंगेल पक्राउ, सरकारले चुनाब प्रभावित गर्न खोजेको माओवादीको आरोप
काठमाडाैं, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार विहान ललितपुरको सातदोवाटोबाट उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी) ले पक्राउ गरेको माओवादीका एक नेताले एभरेष्टदैनिकलाई जानकारी दिए । प्रहरी प्रवक्ता मनोज न्यौपानेले पनि ढुंगेल सातदाेबाटाेबाट पक्राउ परेकाे बताए । ढुंगेललाइ सिअाइबीकाे कार्यालय महाराजगन्जमा राखिएकाे छ र केहिबेरमा जिल्लाअदालत काठमाडाैं लगिने तयारी गरिएकाे छ । २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । द्वन्द्वकालका मुद्दाहरु संकमणकालमा टुंग्याउनका लागि विस्तृत शान्ति सम्झौतामा भएको व्यवस्था अनुसार सरकारले दुईवटा आयोग गठन गरेको छ । र ती आयोगहरुले अहिले पनि काम गरिहेका छन । सामान्य अवस्थाको नभई दुंगेलमाथि लगाइएको मुद्दा द्वन्द्वकालीन भएकाले त्यसलाई सामान्य अदालतमा नभई संक्रमणकालिन व्यवस्था अनुसार टुंग्याउनु पर्ने माओवादी केन्द्रको भनाई छ । ढुंगेललाई राजनीतिक र चुनाब प्रभावित गर्ने उद्देश्यले पक्राउ गरिएको माओवादीको आरोप छ ।
यी हुन् गठबन्धनलाई सकस पार्ने क्षेत्र,
काठमाडौं, कात्तिक १४ । नेकमा एमालेबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पहिलो नम्बरमा रहेका सुरेन्द्र मानन्धर अचानक आईतबार राति नागरिकता बोकेर निर्वाचन आयोग पुगे । प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै तयारीमा लागेका मानन्धर अचानक समानुपातिकतर्फको सुचीमा परे । काठमाडों १० बाट प्रतिस्पर्धा गर्ने भनेर ठीक परेको थिए।, पार्टी एमाले र माओवादीबीच चुनावी गठबन्धन भएपछि मेरो क्षेत्र माओवादीको भागा पर्यो, म समानुपातिकतर्फ आउनुपर्यो मानन्धरले भने । काठमाडौं १० माओवादीलाई छाड्नुपर्ने भएपछि उनी प्रदेशतर्फको समानुपातिक सुचीमा परेका हुन् । गठबन्धन गरेका गर्न लागेका दलका कतिपय नेताहरुले आ आफ्नो क्षेत्रमा दाबी नछाडेपछि उम्मेदवार टुंग्याउन सकस परेको छ ।,नागरिक दैनिकमा खबर छ ।
तिहार मानेर मात्रै माओवादी मन्त्रीले राजीनामा दिने
काठमाडौं, कात्तिक २ । नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् । यसअघि, २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यसलगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरुको छ । माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने बताइन् । माओवादी केन्द्रका मन्त्रीले मंगलबार नै राजीनामा दिएर सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन मिति पछि सार्ने कदम चाल्न लागेको आशंका गर्दै अन्तिम समयमा राजीनामा दिनबाट पछि हटेका थिए । बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले आफूहरुलाई सरकारमा बस्न कति पनि मन नभएको भन्दै ५ कात्तिकसम्ममात्र सरकारमा बस्ने बताए । ‘हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन, हामी ४ कात्तिकमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएलगत्तै ५ कात्तिकसम्म सरकारमा बस्छौं । त्यसपछि सरकार छोड्छौं’–राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले भने । –राजधानी दैनिकबाट
बादल चितवनबाट नलड्ने, समानुपातिकमा पर्ने प्रबल सम्भावना
काठमाडौं, कार्तिक १ ।नेकपा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ चितवनबाट चुनाब नलड्ने भएका छन । नेकपा माओवादीले निर्वाचन आयोगमा बादलको नाम समानुपातिकतर्फको सूचिमा पेश नगरेपछि उनी प्रत्यक्षबाट लड्ने चर्चाले झन स्थान पाएको थियो । बादल चितवनको निर्वाचन क्षेत्र नं. २ बाट लड्ने निश्चित भएको प्रचार समेत माओवादी वृत्तबाट गरिएको थियो । तर पछिल्लो चरणमा नेकपा एमालेसँग साठी र चालिसको अनुपातमा तालमेल हुने भएपछि चितवनको क्षेत्र नम्बर दुई बाट नेता बादल उम्मेदवार नहुने देखिएको हो । यद्यपी पार्टीले यसबारे केही आधिकारिक निर्णय भने नगरेको माओवादी केन्द्र श्रोतले बतायो । “निर्वाचनमा नेता बादल चितवन क्षेत्र नं। २ बाट चुवाब लड्ने चर्चा भएपनि उनी त्यहाँबाट चुनाब नलड्ने भएका हुन । उनलाई अन्य क्षेत्रबाट प्रत्यक्षबाट उठाउने या समानुपातिकमा राख्ने विषयमा छलफल चलिरहेको छ ।” श्रोतले भन्यो । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचिमा दलहरुले सच्याउन पाउने व्यवस्था रहेको छ । गत असोज २९ गते बुझाइएको सूचिको बरियताक्रम परिवर्तन गर्न नमिल्ने भएपनि नाम भने सच्याउन पाइने भएकोले बादललाई समानुपातिकतर्फ राख्ने सुझाव पार्टीभित्र आएको श्रोतले बतायो । बादल आफूले भने प्रत्यक्ष या समानुपातिक के हुने भन्ने बारेमा कुनै विचार सार्वजनिक गरेका छैनन् । चितवन ३ बाट पार्टी अध्यक्ष प्रचण्डले भने यस अघि नै उम्मेदवारीको घोषणा गरिसकेका छन । प्रचण्ड क्षेत्र नं. ३ बाट लड्ने अवस्थामा दुई र एकमा नेकपा एमालेले दावी गर्ने सम्भावना बलियो देखिन्छ ।
किन लगायो नेप्सेले १५ कम्पनीको सेयर कारोबारमा रोक ?
काठमाडौं, कार्तिक १ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचिकरण भएका तर असोज मसान्तसम्ममा नविकरण शुल्क नबुझाएका १५ कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । बार्षिक शूल्क नबुझाउँदा नेप्सेले १५ कम्पनीको सेयर कारोबारमा बुधबारदेखि रोक लगाएको हो । कारोबार रोक्का हुने कम्पनीहरुमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कणार्ली डेभलपमेन्ट बैंक लगायतका रहेका छन । त्यस्तै महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था, नागबेली माईक्रोफाइनान्स, ललितपुर फाईनान्स, नेशनल माईक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाईनान्स, समता माईक्रोफाईनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, दिब्येश्वरी हाईड्रो पावर कम्पनी, र युनिलिभर नेपाल रहेका छन् । धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ । नेप्सेका अनुसार हाल नेप्सेमा सूचिकृत रहेका १९६ वटा कम्पनीहरुमध्ये असोज ३१ गतेसम्म १५४ कम्पनीले नविकरण शुल्क बुझाएका थिए। ४२ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी रहेको थियो ।केही कम्पनीहरुको भने मर्जर तथा एक्विजिशनको प्रक्रियामा रहेकाले यसअघिदेखि नै कारोबार रोक्का रहेको थियो । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचिकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै गत भदौ १२ गते सूचिकृत सबै कम्पनीलाई सूचिकरण नविकरण शुल्क बुझाउन पत्राचार गरेको थियो ।
माओवादी सहमतिबाट पछि हट्दैन, मन्त्रीहरु फिर्ता बोलाइन्न : रायमाझी
काठमाडौं, असोज ३० । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेपाली कांग्रेससँग भएको सहमतिबाट आफ्नो पार्टी पछि नह्ने बताएका छन । सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु फिर्ता नहुने पनि स्पष्ट पारेका छन । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनसम्म साथ दिने प्रतिबद्धता जनाएका हौं । ‘हामी र कांग्रेसबीच भएको प्रतिबद्धताअनुसार नै हाम्रा मन्त्री साथीहरु सरकारमा रहनुहुन्छ ।’ नेता रायमाझीले भने, ‘अहिलेलाई हामीले निर्वाचनसम्म साथ दिने निर्णय गरेका छौं ।’ प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराउनुको उद्देश्य स्पष्ट नभएको भन्दै नेता रायमाझीले भने, ‘प्रधानमन्त्री शेरबहादुरजीले के गर्न खोज्नुभएको हो त्यो चाहीँ बुझिएन । उहाँले राख्न खोज्नु भएको हो कि, हटाउन खोज्नुभएको हो कि, विनाविभागीय बनाउन खोज्नुभएको हो कि, त्यो बुझ्न सकिएन, यदि उहाँले निर्णय लिनुभयो भने हामी पनि त्यहीअनुसार निर्णय लिन्छौं ।’ माओवादी नेता रायमाझीले भने, ‘हामी त सहमतिबाट एक इन्चपनि तल हुँदैनौं, तर प्रधानमन्त्रीले धोका दिनुभयो, उहाँले गलत गर्नुभयो ।’ उनले विचार र सिद्धान्त मिल्ने पार्टीहरुवीच धुव्रीकरण हुनु खुशीको कुरा भएको धारणा राखे । राष्ट्रको अबको लक्ष्य आर्थिक समृद्धि हाँसिल गर्नु भएकाले मुलुकमा धेरै पार्टीको आवश्यकता नरहेको उनको तर्क छ । नेता रायमाझीले भने, ‘वामपन्थी विचारधारा बोकेका पार्टीहरु मिल्नु खुशीको कुरा हो, यो मेरो लागि गर्वको विषय हो, यो राष्ट्रले अब एक सय वटा पार्टी धान्न सक्दैन । न त जनताले नै धान्न सक्छन् ।’
बालविवाह रोके बोको बलि दिने धम्की
बैतडी, असोज २९ । बालविवाह न्यूनिकरणको अभियानमा लागेका किशोरीविरुद्ध बोकाको बलि दिने धम्की आउन थालेको छ । बालविवाह रोकेमा मन्दिरमा बोकाको बलि दिने स्थानीयको धम्की आउने गरेको सुर्नया गाउँपालिका–५ शैलेश्वर चम्किला तारा किशोरीबृत्तकी सचिब जानकी चन्दले बताइन् । गाउँमा बालविवाह रोक्दा जसको विवाह रोकियो उसका अभिभावकले मन्दिरमा बोकाको बलि चढाउने धम्की दिने गरेको उनले बताइन् । उनले बोकाको बलि दिन्छौ भन्ने कुराले आफूहरुलाई सताएको सुनाइन । यस्तै बालविवाह न्यूनिकरण अभियानमा लागेका किशोरीहरुलाई मन्दिरमा बोकाको बलि दिई घात गर्छु भनी गाउँलेहरुले धम्काउने गरेको मेलौली गाउँपालिका–२ सलेनाकी कुन्ती भट्ट भनाइ छ । -राजधानी दैनिकबाट
कांग्रेस बैठकमा चर्काचर्की दिउसो ४ बजे फेरि बस्ने
काठमाडौं, असोज २० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । शुक्रबार विहान बसेको बैठक फेरि दिउसो ४ बजे बस्ने गरी स्थगित भएको बताइएको छ । नेताहरुबीच बैठकमा उम्मेदवार छनाैटका विषयमा विवाद भएकाे बताक्इएकाे ५ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको को सरकारी निवास बालुवाटारमा बसेको बैठकमा वाम गठबन्धनबाट पर्ने प्रभाव तथा लोकतान्त्रिक गठबन्धन निर्माणमा रहेका चुनौतीबारे केन्दित रहेर छलफल भएको एक नेताले बताए । यसैगरी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौटका मापदण्ड र विधिबारे समेत छलफल भएको बताइएको छ । स्थानीय तहमा उम्मेदवार भएकालाई प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ । बैठकले बामपन्थी ध्रुवीकरणका विरुद्दको रणनीति तय गर्ने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्ने लोकप्रियलाई उम्मेदवार बनाउनुपर्नेमा विषेश जोड दिएका थिए ।
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्यायभार परेको तथ्य भेटिएको छ । खड्काले ईन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । दुई बर्षको अवधिमा निगमलाई करिब ६ करोड रुपैयाँ घाटा पुगेको छ । , नागरिकमा खबर छ ।
जाजरकोट काँग्रेसमा सर्वसम्मत उम्मेदवार
काठमाडौँ, असोज १९ । नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ । आगामी मंसिरमा हुने सङ्घ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले राससलाई जानकारी दिए । एकमात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले सङ्घमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको हो। काँग्रेसमा निर्वाचनका लागि उम्मेदवार चयन गर्न चुनौती देखिने गरेको सन्दर्भमा जाजरकोट कार्यसमितिले अन्य जिल्ला कार्यसमितिलाई सकारात्मक सन्देश दिने गरी सर्वसम्मत निर्णय गरेको सभापति शाहले बताए । राजधानीमा भेटिनुभएका सभापति शाहले मुलुकमा वामपन्थी शक्तिहरु एक हुन लागेको वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेसजन मात्र होइन सम्पूर्ण लोकतान्त्रिक शक्ति एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए ।
कफ्र्यु २३ घण्टापछि हट्यो
बर्दिया, असोज १७ । सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाइएको कफ्र्यू २३ घण्टापछि हटाइएको छ । आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो । कफ्र्यू आज बिहान ९ बजेदेखि हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
बजारमा खाना पकाउने ग्यासको अभाव
कञ्चनपुर, असोज १२ । दशैंकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ । खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् । “ग्यास सकिएपछि बजारका अधिकांश पसलमा धाउँदा पनि पाउन सकेन”, स्थानीयवासी विष्णु चौधरीले भने, “ग्यास नपाइएपछि दाउरा खोज्दै छु ।” ग्यासको अभावमा निकै मर्कामा परेको उनले बताए । झलारी बजारमा ग्याँस व्यवसाय गर्दै आएका मदनराज भट्टले ग्याँस कम्पनीबाटै थोरै ग्यासका सिलिण्डर आउँदा उपभोक्ताले हैरानी खेप्नु परेको बताए । “ग्यासको माग धेरै छ”, उनले भने, “तीस वटा मात्रै ग्यासका सिलिण्डर कम्पनीबाट आएपछि सबैलाई पु¥याउन सकिएको छैन ।” उनी जस्तै जिल्लाका सबै व्यवसायीसँग ग्यासका सिलिण्डर छैनन् । ग्यास व्यवसायीका अनुसार भारतको उत्तर प्रदेशस्थित बरौनी डिपोबाट एक ट्याङ्कर ग्यास बुलेट मात्रै आएको छ । जसमा एक हजार २ सय सिलिण्डरमा भर्न पुग्ने हुन्छ । एक हजार २ सय सिलिण्डरले दशैँको माग धान्न नसक्ने व्यवसायीको भनाइ छ । बरौनी रिफाइनरी सेन्टरमा सरसफाइ भइरहेकाले दुई सातासम्म ग्यास नपाइने भएको छ । अरू वर्ष सेन्टरमा हिउँदका बेला सरसफाइ हुँदै आएकोमा यस वर्ष दशैँकै बेला सरसफाइ हुन थालेपछि ग्यास आपूर्तिमा समस्या देखिएको हो । रासस
गृहमन्त्री शर्माले भने,‘राष्ट्र प्रमुख र पूर्व सांसदहरुलाई एउटै एउटै विधेयक ल्याउनु हुँदैन’
काठमाडौं, असोज ८ । सरकारले पूर्व सांसदहरुको सेवा र सुविधासम्बन्धि व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने तयारी गरेको छ । गृहमन्त्री जनार्दन शर्माले राष्ट्र प्रमुख जस्तो गरिमामय पदका लागि ल्याइएको विधेयकमा सांसदहरुलाई राख्ने कुुरा व्यवहारिक हुने बताएका हुन् । उनले पूर्व सांसदहरुको सेवा र सुविधासम्बन्धि व्यवस्था गर्न छुट्टै विधेयक ल्याउने प्रतिवद्धता व्यक्त गरे । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा उहाँले ‘पूर्र्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा पूर्व सांसदहरुको सुविधाको व्यवस्था गर्न व्यवहारिक रुपमा नमिल्ने स्पष्ट पारे । राज्य व्यवस्था समिति अन्तगर्तको उपसमितिले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीकै मर्यादाक्रममा समेटन सुझाव दिएको छ । गृहमन्त्री शर्माले नयाँ संविधानको ‘स्पिरिट’ अनुसार सरकारले यातना दिने तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण हुनेगरी कानुन बनाउने प्रतिवद्धता व्यक्त गरे ।