हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद
ताप्लेजुङ, ३० असार । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।
हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बू, रामबहादुर लिम्बू र रिया भन्ने सोनिसा लिम्बूलाई जनही रु २० जरिवानाको सजाय तोकिएको छ ।
गत पुस १७ गते इलाका वन कार्यालय, खोक्लिङमा कार्यरत वन रक्षक शाहीको हत्या भएको थियो ।
एमालेको नयाँ अड्को, फेरि अर्को संशोधन प्रस्ताव ल्याए मात्रै पास गर्ने
काठमाडौं । सरकारले तेश्रो पटक संविधान संशोधन प्रस्ताव दर्ता समेत असन्तुष्ट नेकपा एमालेले नयाँ संशोधन प्रस्ताव ल्याए पारित गर्न सहयोग गर्ने जनाएको छ । व्यवस्थापिका संसदमा दर्ता संशोधन आफूसँग सल्लाह नगरि ल्याएको भन्दै एमालेले त्यसमाथि समेत संशोधन गरेर नयाँ प्रस्ताव ल्याउन माग गरेको हो । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, “अहिलेको संशोधन प्रस्ताव हामीसँग सल्लाह नगरी ल्याइएको हो । यो पास गर्न कुनै हालतमा सहयोग गर्दैनौं, साँच्चिकै संविधान संशोधन गर्नुपर्ने हो भने राजपासहित सबै मुलधारका दलहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्छ ।’ एमाले सचिव ज्ञवालीले प्रदेश र संसदको चुनाव समयमै गर्न तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरे । कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसका नेता दिपक खड्काले असार २५ गतेभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । साथै तेस्रो चरणको चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने सरकारले तयारी गरेको समेत जानकारी दिए । उनले केहीदिनभित्रै राजपा नेपालले अघि सारेका राजनीतिक मागहरु पूरा हुने दाबी गरे । कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता केशब झाले आफूहरुको माग पूरा नभए कुनै पनि निर्वाचनमा भाग नलिने बताए । आफूहरु निर्वाचन विरोधी नभएपनि माग पुरा नगरेर चुनावमा जानबाट रोकेको उनको दाबी छ ।
डोल्पाली दम्पतीको मासिक कमाई रु तीन लाख
डोल्पा, असार १९ । डोल्पा दुनै त्रिपुरासुन्दरी नगरपालिकास्थित वडा नं २ रसीका बिमला कठायतका दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बा सङ्कलनबाट रु तीन लाखसम्म कमाई गर्दै आएका छन् । श्रीमान् र आफू गरेर यस वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिनाको अवधिमा ५०० वटा यार्सागुम्बा सङ्कलन गरेको र यसबाट रु तीन लाख बराबरको कमाई हुने उहाँको भनाइ छ । यस वर्ष सङ्कलन गरिएका यार्सागुम्बा खरिदका लागि व्यापारी नआएकाले बिक्री भएको छैन् एउटाको मूल्य रु ५०० देखि एक हजार ५०० सम्म पर्ने भएकाले यसबाट रु तीन लाख बराबरको आम्दानी हुने अनुमान अनुमान बिमलाको छ । “हाम्रा दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बाबाट रु चार लाखसम्म कमाई गर्दै आएका छौँ यसबाट बालबालिकाको शिक्षा, स्वास्थ्य तथा वर्षभरि आइपर्ने गर्जो टार्न सहज हुनाका साथै बचेको पैसा बैंकमा जम्मा गर्दै आएका छौ ।” बिमलाले भन्नुभयो । बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पालीका मुख्य आम्दानीको स्रोतका रुपमा रहँदै आएको छ । यस वर्ष स्थानीय चुनावले गर्दा भोट माग्न गाउँ पुगेका नेता तथा कार्यकर्तालाई खानबस्ने व्यवस्थापन गर्दै यार्सा टिप्न जान ढिला भएकाले अझ सोचे जतिको आम्दानी नभएको पनि उहाँले बताउनुभयो । रासस
बेलौरीमा ‘फर्जी मतदान’, भोट दिन जाँदा अर्कैले हालेको पाइएपछि तनाव
बेलौरी, असार १४ । बेलौरी नगरपालिकामा फर्जी मतदान भएको भेटिएको छ । नगरपालिकाको वडा नं. ३ स्थित पुष्पलाल मतदान केन्द्र खिरियामा फर्जी मतदान भएको भेटिएको हो । मतदान गर्न मतदान केन्द्र पुगेकी फुलमति रानाले आफ्नो नाममा अर्कैले भोट हालेको भेटेपछि फर्जी मतदान भएको खुलासा भएको हो । “म जाँदा अर्कैले भोट हालिसकेको छ भने, परिचयपत्र देखाउँदा पनि भोट हाल्न दिएनन् ।” फुलमतिले भनिन, “मतपत्रको अर्धकट्टी पहिला नै च्यातेर राखको थियो ।” माओवादी केन्द्रको बाहुल्यता रहेको उक्त वडामा वास्तविक मतदाताको स्थानमा अर्कैले भोट हालेको भेटिएपछि तनाव सिर्जना भएको पत्रकार रमेश भटले बताए । विवादका बीच फुलमतिलाई निवेदन लेखेर भोट हाल्न दिइएको र पाँच बजेभित्र मतदान स्थल पुगेका सबैलाई भोट हाल्न दिने व्यवस्था गरिएको छ । फुलमति रानाको मत अर्कैले हालेको पाइएपछि अरुहरुको भोट समेत त्यसरी हालेको हुन सक्ने भन्दै माओवादी केन्द्रले आपत्ती जनाएको छ । मतदान अधिकृत डम्बर सिंह खत्री नम्बरको मोबाइल स्वीच अफ गरेर बसेका छन् । मतदान अधिकृतले मोबाइल फोन समेत स्वीच अफ गरेर बस्न नमिल्ने जिल्ला प्रमुख अधिकारी मनोहर प्रसाद खनालले बताए । “हामीकहाँ यो रिपोर्ट आएको छैन । तर त्यसरी मोबाइल अफ गरेर बस्न मिल्दैन ।” एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै उनले भने । उक्त वडामा २ हजार ८ सय ७० मतदाता रहेका छन् ।
रोल्पामा ४५ प्रतिशत मत खस्यो, सुरक्षा ब्यवस्था अत्यन्तै कडा
रोल्पा , असार १४ । रोल्पामा ४५ प्रतिशत मत खसेको छ । बिहान रोल्पा नगरपालिका– १० मा रहेको भनभने मतदान केन्द्रमा मतदाताले नै मतपत्रमा एसिड खनाईदिएपछि आगो लागेको थियो । भनभने घटनाले झस्काएको भएपनि अन्यत्र शान्तिपुर्ण रुपमा मतदान भैरहेको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए । अहिले जिलमा सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको उनले बताए । १५० मत खसिकेको अवस्थामा मतपेटिकामै आगो लागेपछि भनभनेमा भने मतदान स्थगीत भएको छ ।
भीमदत्त नगरपालिकाको मतदान केन्द्र नजिक बम बिष्फोट
कंचनपुर, असार १४ । भिमदत्त नगरपालिका अन्तरगत रहेको भृकुटि मतदान केन्द्र नजिक बम बिष्फोट भएको छ । सदरमुक़ाममा रहेको खुलामंचको शौचालयमा बिष्फोट भएको हो । बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । प्रहरीका अनुसार, मतदान केन्द्रबाट दुई तीनसय मिटर टाढा रहेको शौचालयमा सुतली बम विष्फोट गराइएको थियो ।
दार्जेलिङ्गका नेपालीभाषी भारतियहरुले गोरखाल्याण्ड किँन उचारण गर्ने ?
विशाल बस्नेत यतिबेला भारतको दार्जेलिङ्गमा नेपालीभाषी भारतियहरुको आन्दोलनले चरम रुप लिरहेको छ । आफ्नो भाषिक पहिचानका लागी बेनर्जी सरकारको दमनको विरुद्ध आन्दोलन गर्दै गर्दा कयौ निहत्था सर्बसाधारणहरुले ज्यान गुमाइसकेका छन । आन्दोलन चर्कने क्रममा छ तर मागको बिषयमा भारतिय सरकार रमिता बनिरहेको छ । पश्चिम बङगालको बेनर्जी सरकार जबर्जस्त दार्जेलिङ्गको नेपाली भाषा नै लोप हुने गरी बिध्यालयमा बङगाली भाषा अनिबार्य गर्न डटेर लागी परेको छ । यहानिर भारतिय सरकार किन रमिता बनिरहेको छ भन्दा पनी नेपालका नेपलीहरुले किन यति धेरै चासो देखाएका छन भन्ने बिषयले प्रमुख प्राथमिकता पाएको छ । हुन त दार्जेलिङ्गका भारतियहरुको नेपालसग सस्कार मिल्छ,जात मिल्छ, धर्म मिल्छ, सबैभन्दा ठूलो कुरा त भाषा मिल्छ । तर यी सबै मेल खानासाथ राष्ट्रियता पनि मिल्नु पर्छ अनि उनिहरु नेपाली हुनुपर्छ भन्ने कुरा फगत सङ्कुचित सोचाइ मात्र हो । उनिहरु यतिबेला आफ्नै सरकारसग आन्दोलन गरिरहेका छन् र आन्दोलन गर्न पाउनु पनि पर्छ । आन्दोलन गर्दै गर्दा नेपालीहरुको पनि यो स्वाधिन्ता र प्रतिष्ठासग जोडिएको लडाइ हो भनेर सोच्ने र समाजिक सन्जालमा बहस गर्ने नेपाली बौदिकहरुको दिमाख जरुर खोलिनु पर्ने अबस्था आएको छ । नेपाली भाषा बोल्ने सबैलाइ नेपालभित्रका नेपाली हुन भन्ने दृष्टीकोण नहटाउदा बिगतमा पनि नेपालले धेरै आरोह-अबोरह नझेलेको हैन । भुटान सरकारले नेपाली भाषीमाथी चरम दमन गरेपछी हजारौ नेपाली भाषी भुटानीहरु नेपालमा शरण लिन आएको पनि यति चाडै भुल्न हुदैन । बास्तबमै हो । जायज मागहरुलाइ जुनसुकै देशको सरकारले सम्बोधन गरिदिनुपर्छ,त्यो देशका नागरिक आन्दोलनका नाममा ज्यान गुमाउन हुदैन ,दमनमा पर्न हुदैन । एउटा मानबियताको हैसियतले सोच्नु अनिबार्य हो । तर नेपाली भाषीहरुको लडाइ नेपालको लागी हो अनि हाम्रो पनि लडाइ हो भन्ने सोच्नु भने मुर्खता देखिन्छ । हो नेपाली भाषा र साहित्यमा इन्द्र बहादुर राई, लैनसिह बाङदेल जस्ता थुप्रै साहित्यकारको अ्मूल्य योगदान छ । तर लैनसिह बाङदेल, इन्द्र बहादुर राइहरुले आफ्नो रचना नेपाल र नेपालीहरुको योगदानका लागी फुराएका हुन विस्फोट गराएका हुन भन्ने सोच्नु पनि मुर्खता नै हो । नेपाली भाषामा थुप्रै साहित्य दार्जेलिन्ङ्ग, सिकिम्म,आसामका मेघालयका स्रष्टाहरुको प्रख्यात भएतापनी वातावरण र परिबेश दार्जेलिङ्ग ,सिकिम्म,असाम नै घुमेको देखिन्छ । यसैले नेपाली भाषाकै कारण पाठकहरु नेपालमा धेरै भएका हुन, अपनत्व मात्र महसुस गरेका हुन । दार्जेलिङ्गको आन्दोलनले नेपाललाइ यसरी पार्छ ? दार्जेलिङ्ग का भारतियहरुले जतिसुकै आफुहरु नेपाली हैनौ, भारतिय गोर्खाल्याण्ड स्थापनाका खातिर आफ्नो आन्दोलन भएको दाबी गरेतापनी नेपाल नभै उनिहरुको केही हल्लनै सक्दैन। नेपालका भुगोलहरुमा नाता स्थापित गरि कयौ दार्जेलिङ्ग बासी भारतियहरुले नेपाली नागरिकता बनाएका छन । यतिसम्म कि दार्जेलिङ्ग का युबायुबतीहरु बैदेशिक रोजगारमा जान समेत नेपाली पासपोर्ट प्रयोग गर्दै आएका छन । झापाका कतिपय भुगोलमा उनिहरुले बसाइसराइलाइ समेत तिब्र बनाएका छन् । यदपी भारतले उनिहरुलाइ गर्ने दमन तिब्र बनाए शरण लिने ठाउँ नेपाल नै हो भन्ने कुरा पनि उनिहरुलाइ थाहा छ । यसो भनिरहदा उनिहरुले हाम्रो आन्दोलन नेपालका लागी हो, हाम्रो आन्दोलन नेपालको प्रतिष्ठासग जोडिएको छ भनेर भन्नू पर्छ भनेर भन्न खोजिएको हैन तर सामाजिक सन्जालमा नेपालीहरुले देखाएको साहानुभुती र अपनत्व ग्रहण गर्ने क्षमता राख्न सक्नु पर्थ्यो । नेपालभित्रका नेपालीहरुको एक्यवद्धता र सहानुभुतीलाइ बिरोध जनाउने दार्जेलिङ्गका भारतियहरु बास्तबमै न नेपाली हुन न त नेपाली नै बन्न सक्छन । बरु नेपालका भुगोलमा छिरेर नागरिकता बनाएका दार्जेलिङ्गका भारतियहरुलाइ सरकारले छनबिन गर्ने हैसियत राख्नु पर्छ । नत्र सामाजिक ,आर्थिकं, राजनिती जस्ता सङकटले नेपालभित्र तिब्ररुप लिनेमा कुनै दुइमत छैन । भारतभित्र दार्जेलिङ्ग बासीहरुको सरकार बिरुद्द गरेको आन्दोलनले सार्थकता पाउनुपर्छ यो हामी सबैको मत हो तर उनिहरुलाइ नेपालीभाषी भएकै कारण नेपाली नै हुन भन्ने सोच जरुर परिबर्तन गर्ने अबस्था आएको छ नत्र नेपालभित्रका भाबी सन्ततीहरुले बिकराल समस्या भोग्नु पर्नेमा कुनै दुइमत छैन । नेपालभित्रका मधेसीहरु सच्चा नेपाली हुन । नेपालभित्र पनि भाषाको आन्दोलन गरिरहेका मधेसिहरुको भाषिक मुद्दालाई कतिपयले दार्जेलिङ्गसग तुलना गर्न लागेका छन । भारतले नेपालका मधेसीहरुलाइ आफ्ना आदीबसी भनेर दाबी गर्नु र दार्जेलिङ्गका नेपालीभाषीहरुको आन्दोलनको रमिता बन्नुलाइ बडो अर्थपुर्ण ढङ्गले समेत हेरिन थालेको छ । कुनै पनि देशभित्र बसोबास गरि फरक भाषा बोल्ने कोहि पनि नागरिक अन्य देशका हुन नै सक्दैनन । नेपालभित्रका मधेसिहरुको भाषा र सस्कार भारतियहरुसग मिल्नासाथ भारतले आफ्ना नागरिक भनेर दाबी गर्नु र मधेसीहरुको आन्दोलनमा सहानुभुती देखाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु कुनै पनि कोणबाट अर्थपुर्ण देखिदैन । अनि भारतको सहानुभुतीले मधेसीहरुको मुद्दालाई कुनै लछारपाटो लगाउन पनी सक्दैन । यस्तै दार्जेलिङ्गका भारतियहरुको भाषा र सस्कार नेपाल र नेपालीसगै मिल्छ भन्दैमा हामी कसैको पनि उनिहरुको आन्दोलनमा चासोको बिषय बन्न हुदैन,बनाउन दिन पनि हुदैन नत्र भारत र नेपालको मित्रतामा झन दरार र कटुता पैदा हुन सक्छ । नेपालभित्र चाहे भोजपुरी बोल्ने हुन, चाहे हिन्दी भाषा बोल्ने हुन, चाहे जुनसुकै भाषा बोल्ने हुन नेपाली भुगोलभित्र बसोबास गर्ने नागरिक नेपाली नै हुन अन्य देशका नागरिक बन्न नै सक्दैनन । नेपालको आन्तरिक मामिलामा भारतले पटक -पटक हस्तक्षेप गर्दै आएको धुर्बसत्य नै हो । विशेषगरि मधेसका मुद्दाहरुलाइ उचालेर भारत त्यस्को फाइदा लिन चाहन्छ । यसकी फलस्वरुप मधेसभित्र आफुहरुलाइ नेपाली नदेख्ने सिके राउतहरुको जन्म भएको छ । यदपी यो बिचमा फरक छुट्याउने हो भने दार्जेलिङ्ग का नेपाली भाषीहरुको नेपालसग रहनसहन,सस्कार,परम्परा,भाषा मिलेकै कारण र नेपालका मधेसीहरुको भारतसग सस्कार,भाषा मिलेकै कारण अपनत्व र नजिकपना महसुस गर्नु स्वभाबिक नै हो । तर अपनत्व मनमा राखेर मधेसीहरु नेपाली नै हुन दार्जेलिङ्ग बासीहरु भारतिय नै हुन भन्ने कुरालाइ न सरकारले भुल्न हुन्छ न त नागरिकले नै । भारतिय गोरखाल्याण्डको माग नेपालको स्वाभिमानका लागि घातक तर दार्जेलिङ्ग बासीहरुले जुन भारतिय गोर्खाको आवाज उठाएका छन त्यो नेपाल र नेपालीका लागी अत्यन्तै आपत्तीजनक छ । नेपाली भाषा बोल्दैमा आफुलाइ गोरखासग तुलना गर्नु नेपालीहरुको स्वाधिन्तालाई दार्जेलिङ्गका भारतियहरुले धावा बोलिरहेका छन । उनिहरु भारतिय नै हुन भारतकै प्रतिष्ठा खोज्न सक्नु पर्छ । नेपालको स्वाभिमानमाथीको गोर्खालाइ अपहरण गरेर भारतिय गोर्खाल्याण्ड भनेर भारत सरकारसग न्याय खोजिनु नेपालको अस्तित्व र स्वाभिमानलाइ खिल्ली उडाइरहेको महसुस गर्न सकिन्छ । नेपाली भाषा बोल्नासाथ,सस्कार मेल खानासाथ नेपालभित्रको पहिचानलाइ टिपेर आफुलाइ जोड्न खोज्नु कदापी राम्रो पक्ष मानिदैन ,हरेक नेपालभित्रका स्वाभिमानी नेपालीकालागी यो असहय बन्न सक्नु पर्छ । गोर्खाली नेपाल भित्रका नेपालीहरुको पहिचान हो, पृथ्वी नारायण साहले आर्जेको गौरब हो । भारतिय भुगोलभित्र बसेर गोर्खाल्याण्ड खोजिनु दार्जेलिङ्ग बासी नेपाली भाषीहरुको माग कुनै पनि हलतमा न्यायसङगत बन्न सक्दैन । उनिहरुको पहिचान भारतभित्र खोजिनु पर्छ ताकी नेपालको गौरबपुर्ण सान गोरखाल्याण्डलाइ नेपालबाट टपक्क टिपेर भारत सरकारसग आफ्नो पहिचान जोड्न चाहन्छन भने त्यो कोहिपनी स्वाभिमानी नेपालीकालागी मान्य हुन सक्दैन ।
घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ
काठमाडौँ, असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले रु पाँच लाख ७० हजार घुस रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । व्यापारीबाट नियन्त्रणमा लिइएका करलगायतका कागजात मिलाइ दिने प्रयोजनका लागि उनीहरुले घुस रकम माग गरेका थिए । नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यी हुन ७ नम्बर प्रदेशका माओवादी उम्मेदवारहरु (नामावलीसहित)
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ मा सम्पूर्ण तहमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । ७ नम्बर प्रवेश निर्वाचन प्रचार प्रसार समितिका संयोग ओम विक्रम भाटले दिएको जानकारी अनुसार सबै नौ वटा जिल्लाका ८८ वटा स्थानीय तहको माओवादी उम्मेदवारहरुको नाम यस प्रकार छ । नेकपा माओवादी केन्द्र प्रदेश नं. ७ का सम्पूर्ण स्थानीय तहका प्रमुख र उपप्रमुखका उमेदवारहरुको नामावली निम्नानुसार रहेको छ । दार्चुला महाकाली नगरपालिका प्रमुख खड्क सिंह धामी उपप्रमुख निर्मला बडाल जोशी शैल्यशिखर नगरपालिका प्रमुख मोहन देव विष्ट उपप्रमुख लक्ष्मी लोहार मालिकार्जुन नगरपालिका प्रमुख कल्याण सिंह धामी उपप्रमुख लक्ष्मी वि.क. अपिहिमाल गाउँपालिका प्रमुख भगतसिंह ठेकरे उपप्रमुख दीलमाया लोथ्याल दुहुँ गाउँपालिका प्रमुख करण सिंह कार्की उपप्रमुख भगवती बडाल नौगाड गाउँपालिका प्रमुख दलजित सिंह धामी उपप्रमुख गायत्री रावल मार्मा गाउँपालिका प्रमुख जमन सिंह धामी उपप्रमुख बाग्मती ठगुन्ना लेकम गाउँपालिका प्रमुख रामदत्त जोशी उपप्रमुख हरिना जोशी व्यास गाउँपालिका प्रमुख उपेन्द्र सिंह कुँबर उपप्रमुख चन्द्रा कुँवर कंचनपुर भिमदत्त नगरपालिका मेयर गाेपाल रसायलि उपमेयर नारू सिंह वेदकाेट नगरपालिका मेयर मिनराज गिरि उपमेयर शान्ति शाहि भण्डारी शुक्लाफाटाँ नगरपालिका मेयर लोकेन्द्र एेरि उपमेयर कमला एेर कृष्णपुर नगरपालिका मेयर जाेगराम चौधरी उपमेयर शर्मिला थापा पुर्नवास नगरपालिका मेयर वीर बा. थापा उपमेयर सीता बिक बेलौरि नगरपालिका मेयर पाेतिलाल चौधरी उपमेयर राधा कंडेल महाकाली नगरपालिका मेयर ईन्द्र ब. रावत उपमेयर धनसरा नाथ बेलडाँडि गाउँपालिका प्रमुख नन्द किशाेर एसके उप प्रमुख कल्पना गिरि लालझाडि गाउँपालिका प्रमुख मदन वडायक उप प्रमुख सत्यादेवि महरा डडेल्धुरा अमरगढि नगरपालिका मेयर शाेभा भट्ट उपमेयर करूणाकर जाेशि परशुराम नगरपालिका मेयर शेर सिँह माल उपमेयर विमला महता अजयमेरू गाउँपालिका प्रमुख उमेश भट्ट उप प्रमुख कलावति भाण भागेश्वर गाउँपालिका प्रमुख अाेम प्रकाश सावँद उप प्रमुख वागमती टमटा गन्याधुरा गाउँपालिका प्रमुख ईश्वरी दत्त भण्डारी उप प्रमुख नारू देवी भट्ट नवदुर्गा गाउँपालिका प्रमुख धर्म विक उप प्रमुख हंसा कैनि कैलाली धनगढी उपमहानगरपालिका मेयर रामसमझ राना उपमेयर शान्ति देवी अधिकारी क्षेत्री गाेदावरि नगरपालिका मेयर गाेकर्ण भट्ट उपमेयर शाेभा नेपाली थारू गौरी गंगा नगरपालिका मेयर देवि कंडेल उपमेयर करूणा चौधरी घाेडाघाेडि नगरपालिका मेयर लक्ष्मण चौधरी उपमेयर ममता कठायत टिकापुर नगरपालिका मेयर ललित थापा उपमेयर अाशा चौधरी भजनि नगरपालिका मेयर शेर ब. चौधरी उपमेयर छायाँ देवकाेटा लम्कि चुहाँ नगरपालिका मेयर दल ब. विष्ट उपमेयर सावित्री कु.चाेधरि कैलारि गाउँपालिका प्रमुख लाजुराम चौधरी उप प्रमुख लक्ष्मी सतगौवा चौधरी चुरे गाउँपालिका प्रमुख कृष्ण बाेहरा उप प्रमुख ढिला देवी थापामगर जानकि गाउँपालिका प्रमुख फुलाराम चौधरी उप प्रमुख सावित्री भट्टराई जाेशिपुर गाउँपालिका प्रमुख भक्ता थारू उपप्रमुख इन्द्रा कुवँर वर्दगाेरिया गाउँपालिका प्रमुख गणेश गिरि उप प्रमुख भगवती डगौरा थारू माेहन्याल गाउँपालिका प्रमुख धर्म ब. थापा मगर उप प्रमुख जानकि भण्डारी डोटी दिपायल सिलगढी नगरपालिका मेयर:- प्रेम नेपाली उपमेयर:- तुलसी देवी साेप शिखर नगरपालिका मेयर:- रमेश प्रसाद जोशी उपमेयर:- नेत्रा साउंद बोहरा आदर्श गाउँपालिका मेयर:- भरत बोहरा उपमेयर:- संजा राेकाया केआईसिंह गाउँपालिका प्रमुख -: सिद्धराज भाट उपप्रमुख -: शारदा देवि लुहार जोरायल गाँउपालिका प्रमुख:- छवि वलि उपप्रमुख:- अनिता मल्ल देउवा पुर्वी चौकी गाउँपालिका प्रमुख:- यज्ञराज गिरि उपप्रमुख:- सुन्तली विक वडि केदार गाउँपालिका प्रमुख:- जंग वि.क. उपप्रमुख:- धनमाया भाट घर्ती बोगटान गाउँपालिका प्रमुख-: कमल गडशिला उपप्रमुख-: चन्द्रा भुल सायल गाँउपालिका प्रमुख-: वल बहादुर वलि उपप्रमुख-: रेखा मडै सावँद वैतडी दशरथ चन्द नगरपालिका मेयर :- खेमानन्द भट्ट उपमेयर :- कमला ठगुन्ना पाटन नगरपालिका मेयर :- शंकर भण्डारी उपमेयर :- गिता बिष्ट बोहरा पुर्चौडी नगरपालिका मेयर:- रणबहादुर कुंवर उपमेयर:- जयन्ती ऐर वम मेलौली नगरपालिका मेयर:- भिम बहादुर चन्द उपमेयर:- केतु चन्द डिलाशैनी गाउँपालिका प्रमुख:- लोकेन्द्र राना उपप्रमुख:- शुशिला बोहरा दोगडाकेदार गाउँपालिका प्रमुख:- तारासिंह कुंवर उपप्रमुख:- लक्ष्मी ओड पञ्चेश्वर गाउँपालिका प्रमुख:- रमेश चन्द उपप्रमुख:- मञ्जु चन्द शिवनाथ गाउँपालिका प्रमुख:- धनविर धनाडी उपप्रमुख:- गंगा दमाई सिगास गाउँपालिका प्रमुख:- वीर सिंह ऐर उपप्रमुख:- लक्ष्मी विक पाेखरेल सुर्नया गाउँपालिका प्रमुख:- नरि भाट उपप्रमुख:- गोमती अवस्थी अछाम रामाराेशन गाउँपालिका प्रमुख -:झंकर सावँद उप-प्रमुख -:सरस्वती रावल बान्निगडि गाउँपालिका प्रमुख -: कांग्रेस (तालमेल) उप-प्रमुख -: लोकेन्द्र सावँद मेल्लेख गाउँपालिका प्रमुख -: लाेक ब.बाेहरा उप-प्रमुख -: काङ्ग्रेस (तालमेल) साफेबगर नगरपालिका मेयर -: खगेन्द्र अाेड उपमेयर -: बैजन्ति कुँवर चौरपाटि गाउँपालकिका प्रमुख -: राम ब.थापा उप-प्रमुख -: राधिका सुनार बिनायक पंचदेवल नगरपालिका मेयर -: अक्कल रावल उपमेयर -:भावना रिमाल कमलबजार नगरपालिका मेयर -: रण ब. बिष्ट उपमेयर -: रक्षा एेडि बिष्ट तुर्माखाद गाउँपालका प्रमुख -: उदय बिष्ट उप-प्रमुख -: पवित्रा उपाध्याय ढकारि गाउँपालिका प्रमुख -: तुलाराम उपाध्याय उप-प्रमुख -: कमला रिमाल मंगलसेन नगरपालिका मेयर -: कांग्रेस (तालमेल) उपमेयर -: राेहिना भण्डारी बझाङ जयपृथ्वी नगरपालिका मेयर -: नरेन्द्र खड्का उपमेयर -: सरिता भण्डारी वुंगल नगरपालिका मेयर -: हरि कुंवर उपमेयर -: शारदा सिहँ कांडा गाउँपालिका प्रमुख -: सुरेन्द्र वाेहरा उप प्रमुख -: अहिले सम्म प्राप्त नभएकाे केदारस्यु गाउँपालिका प्रमुख -: प्रेम वाेहरा उप प्रमुख -:ललिता सावँद भण्डारी खप्तड छान्ना गाउँपालिका प्रमुख -: टाेप ब. खड्का उप प्रमुख -: जयन्ती जाेशि तलकाेट गाउँपालिका प्रमुख -: धन ब.धमेना उप प्रमुख -: सुर्जा विष्ट भलारा गाउँपालिका प्रमुख -: शेर ब. सावँद उप प्रमुख -: दुर्गा देवि खड्का दुर्गाथलि गाउँपालिका प्रमुख -: दिल ब.थापा उप प्रमुख -: शारदा विक मष्टा गाउँपालिका प्रमुख -: शिव वाेहरा उप प्रमुख -:थुक्कला धामि सुर्मा गाउँपालिका प्रमुख -: सुरेन्द्र वाेहरा उप प्रमुख -: अन्जना विक वीत्थडविर गाउँपालिका प्रमुख -: रमेश अधिकारी उप प्रमुख -:मिना कु बाेहरा बाजुरा त्रिवेणी नगरपालिका मेयर -: देवी चन्द्र बुढा उपमेयर -: तारा कु बढुवाल सावँद बढीमालिका नगरपालिका मेयर -: मान ब.विक उपमेयर -: दर्पणा थापा बुढिनन्दा नगरपालिका मेयर -: भरत ब.विक उपमेयर -: रामकला लुहार बुढिगंगा नगरपालिका मेयर -: दिनेशराज जैशि उपमेयर -: मना देवि जैशि सेरेदह गाउँपालिका प्रमुख -: दिपक कुमार डिसि उप-प्रमुख -: कम्पनी देवि नेपाली गौमुल गाउँपालिका प्रमुख -: गणेश राेकाया उप-प्रमुख -: जलु देवी राेकाया स्वामी कार्तिक गाउँपालिका प्रमुख -: रमेशराज विक उप-प्रमुख -: सुनजिरा राेकाया पाण्डपगुफा गाउँपालिका प्रमुख -: मनलाल खत्री उप-प्रमुख -: सुसिला विष्ट हिमालि गाउँपालिका प्रमुख -: मान ब. राेकाया उप-प्रमुख -: निर्मला विक
भरतपुर-१९ मा च्यातिएको मतपत्र एक साताभित्र झिकाउन सर्वोच्चकोआदेश
असार ६, सर्वोच्च अदालतले भरतपुर -१९ मा च्यातिएको मतपत्र एक साताभित्र झिकाउन आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मंगलबारको इजलासले च्यातिएको मतपत्र, निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाइल एक साताभित्र ल्याउन आदेश दिएको हो । निर्वाचन आयोगले वडानम्बर१९ मा फेरि मतदान गर्ने निर्णय गरेपछि गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले मतगणना गर्न माग गर्दै रिट दायर गरेका थिए ।
धनगढीमा पनि हर्न निषेध
धनगढी, ध्वनी प्रदुषण नियन्त्रणका लागि केही दिनअघि अत्तरिया क्षेत्रमा हर्न निषेध गरेको ट्राफिक प्रहरीले धनगढीका केही क्षेत्रमा पनि हर्न निषेध गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यही जेठ ३० गतेदेखि लागू हुने गरि निश्चित ठाउँमा हर्न निषेध गरिएको जनाएको छ । भन्सार रोडस्थित नेपाल विद्युत प्राधिकरणदेखि चटकपुरस्थित नेपाल आयल निगमसम्म र ट्राफिक चोक चौराहादेखि जिल्ला प्रहरी कार्यालय कैलालीसम्म हर्न निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए । सोमबार ट्राफिक प्रहरी कार्यालयमा भएको सरोकारवालाको बैठकमा भएको सहमति अनुसार पहिलो चरणमा नगरका केही क्षेत्रमा हर्न निषेध गरिएको प्रहरी निरिक्षक पातलीले बताए । प्रारम्भीर चरणमा बढी भीडभाड हुने क्षेत्रमा हर्न निषेध गरिएको र पछि अन्य क्षेत्रमा पनि हर्न निषेध गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हर्न निषेध गरिएको क्षेत्रमा हर्न नबजाउन ट्राफिक प्रहरीले सवारी चालकलाई आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार शुरुमा हर्न नबजाउन चालकलाई तोकिएको क्षेत्रमै आग्रह गर्ने, नगर क्षेत्रमा माईकि· गर्ने र होर्डि· बोर्डहरु राखिने छ । शुरुको चरणमा भएकाले सचेतनामुलक कार्यक्रम गर्ने र हर्न निषेधलाई विस्तारै कडाई गरिने प्रहरीको भनाई छ । यसअघि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले गएको बिहीबारदेखि लागू हुने गरि अत्तरिया चोक पूर्वमा सशस्त्र प्रहरी बलको पेट्रोल पम्प, पश्चिममा गोदावरी पुल, उत्तरमा दक्षिणकाली पेट्रोल पम्प र दक्षिणमा पाठक पेट्रोल पम्पसम्मको चार किल्लाभित्र सवारी साधनलाई हर्न बजाउन निषेध गरेको छ । ध्वनि प्रदुषणबाट मानिसको दिमाग तथा मुटुमा गम्भीर असर पर्ने भएकोले ध्वनि प्रदुषण न्यूनिकरण गर्नको लागि यस्तो व्यवस्था गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हर्न निषेधबारे सचेतनामुकल पर्चा, पम्प्लेट वितरण, होर्डि· बोर्डहरु राखिनुका साथै सवारी चालक र सरोकारवालासंग अन्तरक्रिया गरिने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गुल्मीमा पहिलो महिला गाउँ प्रमुख उमेदवार विमला थापा
गुल्मी, जेठ २८ । गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानिय तह रहे पनि गाउँपालिका प्रमुखको महिला उमेदवार भने एक जना मात्रै उठाईएको छ । तिन प्रमुख दल सहित ११ वटा क्रियाशिल राजनैतिक दलहरु मध्ये माओवादी केन्द्रले मात्र ईस्मा गाउँपालिका प्रमुख उमेदवारमा महिला उठाएको हो । नेकपा माओवादी केन्द्र ईस्मा गाउँपालिका कमिटीको बैठकले ईस्मा गाउँपालिका प्रमुख पदमा विमला थापालाई उठाउने निर्णय गरी उनको नेतृत्वमा आजै सो पार्टीले आफ्नो प्यानल घोषणा गरेको जनाईएको छ । ईस्मा वडा नम्वर ५ , साविकको ईस्मारजस्थल गाविसकी ३७ वर्षिया थापा माओवादी जनयुद्ध काल देखिकी सक्रिय कार्यकर्ता रहेको र अनेम संघ (क्रान्किारी )की जिल्ला सदस्य तथा ईस्मा गाउँपालिका स्तरिय संगठनकी कोषाध्यक्ष हुन् । यहाँका कुनै पनि दलले महिलालाई प्रमुख पदको उमेदवार नउठाएको अवस्थामा आफुहरुले लामो समय देखिकी सक्रिय कार्यकर्ता थापाको योगदानको कदर गर्दै प्रमुख पदमा उमेदवार उठाएको सो पार्टीको पोलिट्व्युरो सदस्य तथा जिल्ला ईञ्चार्ज दिनेश पन्थीले बताए । प्रमुख पदमा पार्टीले उठाउला भन्ने लागेको थियो ? भन्ने प्रश्नमा थापाले भनिन् पार्टीले पनि मौका दियो र म आफुले पनि महिलालो पनि केहि गर्न सक्छन भन्ने देखाउनका लागि उमेदवारीका लागि जोड गरेको प्रतिकृया दिईन् । उनले ईस्मावासीले आफु महिला उमेदवारलाई जिताउने कुरामा विश्वास्त रहेको बताईन् । त्यस्तै उनको प्यानलमा माओवादी केन्द्रका जिल्ला सदस्य दुर्गाचन्द्र बोहरा उप प्रमुखको उमेदवार चयन भएका छन् । साविकको अमरपुर–१ का वासीन्दा बोहरा त्यस भेगमा अगुवा समाज सेवीका रुपमा परिचीत छन् । द्धन्द्धकाल देखि नै माओवादीको राजनीतिका सक्रिय हुँदै आएका वोहरा गुल्मी उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत हुन भने अमरपुरका विभिन्न शैक्षिक संस्था तथा विकास निमार्णमा आगुवाई समेत गर्दै आएका छन् । उनले गाउँ प्रमुख , उप प्रमुख सहित आफ्नो प्यानल विजयी हुने दावि गरे । त्यस्तै माओवादी केन्द्रले ईस्मा गाउँपालिका वडा नम्वर १ को हस्तीचौरमा शिव कुँवर र साविकको सोही गाविस र हालको ईस्मा वडा नम्वर २ को वडा अध्यक्षमा राहुल बिकलाई वडा अध्यक्षको उमेदवार खडा गरेको छ । त्यस्तै वडा नम्वर ३ , साविकको दर्लामचौरको वडा अध्यक्षमा प्रकाश अधिकारी र वडा नम्वर ४ साविको दोहलीको वडा अध्यक्षमा दानबहादुर नेपालीलाई वडा अध्यक्षमा खडा गरेको छ । त्यस्तै वडा नम्वर ५ साविकको ईस्मारजस्थलको वडा अध्यक्षमा वसन्त सुनार र वडा नम्वर ६ साविकको अमरपुर वडा अध्यक्षमा वालु गिरी वडा अध्यक्षको उमेदवार चयन भएका छन् । आज विहान सम्म नेपाली काग्रेस संग तालमेलको चर्चा चलिरहेकै वेला माओवादी केन्द्रले केहि पदहरुमा असन्तुष्ट हुँदै दिउँसो आफ्नो एकल प्यानल घोषणा गरेको हो ।
गुणस्तरीय स्वास्थ्य सेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी
काठमाडौँ, जेठ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पुर्याउन चुनौती रहेको बताउनुभएको छ। नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्न परिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘क्यान्सरजस्तै कडा रोगको उपचारमा ठूलो खर्च भइरहेको छ । सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका कदम चालेको छ । निजी अस्पतालले पनि उपचारमा विश्वासनीयता बढाउँदैँ लगेको छ ।’’ कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने भएकाले जनतालाईसँगै लैजान यसै वर्षमा ‘मेरो वर्षः म स्वस्थ मेरो देश स्वस्थ’ नामक अभियान सुरु गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘कडा रोगको उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोगको पहिचान र उपचार गर्न हरेक रोगको प्रोटोकल बनाउन लागिएको छ । त्यसको सुरुवात क्यान्सर प्रोटोकलबाट सुरु भइसकेको छ । भने हरेक स्वास्थ्य केन्द्र र जनता स्वास्थ्य क्लिनिकबाट नसर्ने रोगको परीक्षण र उपचार सुरु गरिएको छ ।’’ उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै रोगको उपचार नेपालमै सम्भव बनाउन निजी क्षेत्रले पनि सकारात्मक भूमिका खेलेको बताउनुभयो । नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा सुदिप श्रेष्ठले उच्चस्तरीय क्यान्सर उपचार दिन चुनौतीको सामना गर्दै अस्पताल सुरु गरिएको बताउनुभयो । निजी क्षेत्रबाट सञ्चालित पहिलो सेवाग्राही अस्पतालको रुपमा रहेको छ ।
ट्रकको ठक्करबाट उपसचिव ऋषिराम पण्डितको मृत्यु
काठमाडौं, जेठ ७ । काठमाडौंको बानियाँटारमा पिपलको रुखमा जल चढाउन भनेर बिहान श्रीमतीसँगै निस्किएका बेला बा २ ख ५७३० नम्बरको ट्रकको ठक्करबाट सहकारी विकास वोर्डका उपसचिव ऋषिराम पण्डितको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँको व्यास नगरपालिका-९ स्थायी घर भएका पण्डित काठमाडौंको टोखामा बस्दै आएका थिए । ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।
कृृषक समूहलाई पम्पसेट (बोरिङ) वितरण
राजविराज, जेठ २ । सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगमा रहेका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि सोमबार यहाँ पम्पसेट (बोरिङ) प्रदान गरिएको छ । राजविराजस्थित सेभ द सप्तरीको कार्यालयमा आयोजित पम्पसेट वितरण कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुवकुमार देवले तीनवटा कृषक समूहलाई सतप्रतिशत निःशुल्क सिँचाइ गर्नेगरी प्रत्येक समूहलाई एक÷एक वटाका दरले पम्पसेट (बोरिङ) प्रदान गर्नुभएको छ । सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा दिनारामभद्री कृषक समूह कोलाडी, सखडेश्वरी कृषक समूह छिन्नमस्ता, कमलामाई कृषक समूह कोचाबखारीसहित तीनवटा समूहलाई सो पम्पसेट (बोरिङ) वितरण गरिएको बताइएको छ । साथै, पम्पसेट (बोरिङ)सहित बोरिङ डेलिभरी पाइप, हेड कल (ट्युबेल) लगायतका सामानसमेत वितरण गरिएको छ । वितरण गरिएको पम्पसेट (बोरिङ) बाट धान, गहुँ, तथा तरकारी खेतीलगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने र यसबाट भएको आम्दानीले घरमा पढाइबाट वञ्चित रहेका बालबालिकालाई पढाउने उद्देश्यले पनि पम्पसेट (बोरिङ) बाँडिएको सेभ द सप्तरीका फिल्ड अफिसर परमेश्वरप्रसाद मण्डलले बताउनुभयो ।
जुम्ला गुठिचौर प्रमुखमा माओवादी केन्द्र बिजयी
जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले एक हजार ५९६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत प्राप्त गरेका छन् । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार क्षेत्रबहादुर भण्डारीले १ हजार ४ सय ६७ मत प्रदान गर्नुभएको निर्वाचन अधिकृत मोहन सागर बस्यालले जानकारी दिनुभयो । यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै जानुदेवी ऐडिले १ हजार ५ सय ९६ मत लयाएर विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखमा बिजयी हुनुभएका भण्डारी जुम्लाका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ । लामो समयपछि राजनीतिमा लाग्नुभएका भण्डारी नेपाल सरकारको स्थायी कर्मचारी हुदै राजनीतिमा छिर्नुभएको थियो । भण्डारी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य, नेपाल राष्ट्रिय वुद्धिजिबी संगठनका केन्द्रीय अध्यक्ष तथा जुम्लाका पूर्व सभासद नरेश भण्डारीको बुबा हुनुहुन्छ । यसैगरी गोठीचौर गाउँपालिकामा वडा नम्बर १ मा एमालेका गणेश ऐडी वडा अध्यक्षमा बिजयी हुनुभएको छ । यसैगरी वडा नम्बर २ र ३ मा पनि नेकपा एमाले बिजयी भएको छ । वडा नम्बर ४ र ५ मा माओवादी केन्द्रका वडा अध्यक्षहरु बिजयी भएको निर्वाचन अधिकृत मोहन सागर बस्यालले बताउनुभयो ।