सीपीएलः गेलको टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै बार्बाडोस
काठमाडौंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तल्लावाह्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोसले टस हारेर ब्याटिङको मौका पाएको छ ।
यी दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०ः४५ देखि सुरु भएको छ । क्रिस गेल नेतृत्वको जमैकाले सुरुवाती चारै खेलमा हार बेहोरिसकेको छ ।
यता सन्दीपआवद्ध बार्बाडोसले २ मध्य एकमा हार र एक खेलमा जीत हासिल गरेको छ । आजको खेलमा पनि सन्दीप प्लेइङ ११ मा पर्न सफल भएका छन् ।
सन्दीपले अघिल्लो खेलमा सेन्ट किट्सविरुद्ध ४ ओभरमा २२ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिँदै म्यान अफ द म्यान बनेका थिए । उनले पहिलो खेलमा गुयानाविरुद्ध १ ओभरम मात्रै बलिङ गर्ने मौका पाएका थिए ।
हेटौंडा केन्द्र अन्तर्गत खरिदारको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौंः लोकसेवा आयोगले असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा सार्वजनिक सुरु गरेको छ । आयोगले मंगलबारदेखि नतिजा सार्वजनिक सुरु गरेको हो । यसैबीच शनिबार आयोगले हेटौडा केन्द्रको नतिजा प्रकाशित गरेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गत असारमा भएको खरिदार तहको परीक्षा हेटौडा केन्द्रबाट प्रथम चरण उत्तीर्ण गरेका ३८१ जनाले द्वितीय चरणको लिखित परीक्षा दिएका थिए । जसमध्ये १९ जना उत्तीर्ण भएका छन् । आयोगले १४ जनाको संख्या माग गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण हुनेहरुलाई कम्प्युटर सीप परीक्षण तथा अन्तवार्ताका लागि सूचना जारी गरेको छ । आयोगले आउदो असोज ६ र ७ गते कम्प्युटर सीप परिक्षण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । अन्तर्वार्ता र कम्प्युटर सीप परिक्षण हेटौडा कार्यालयमै हुने पनि आयोगले जनाएको छ ।
विप्लवलाई वार्तामा आउन आग्रह गर्दै नेता शर्माले भने, ‘अब बन्दुक पड्काएर समाजवाद आउँदैन’
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे । नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अघि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको बताए । “पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ”, उनले भने, “पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।” नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए । सङ्गठनका कार्यदल सदस्य जेएन सागरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च दालतको आदेश
काठमाडौंः पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा पाटन उच्च अदालत हेटौँडा इजलासले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ। उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतमा रहेका मुद्दा र आदेशसम्बन्धी सक्कल विवरण झिकाउन मंगलबार आदेश गरेको हो। प्रतिवादीहरु टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा पत्रकार युवराज कँडेल पुर्पक्षका लागि थुना बाहिर रहन धरौटी माग गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालतमा मंगलबार दर्ता मुद्दाको सोही दिन न्यायाधीश टेकराज नेपालको इजलासमा भएको बहसपछि कैफियत प्रतिवेदन मागको आदेश भएको रजिस्ट्रार विकास श्रेष्ठले नेपालखबरलाई बताए। पाटन उच्च अदालतको हेटौंडा इजलासमा दिइएको निवेदनमा धरौटीसहितका सर्तहरु खारेज हुनुपर्ने माग गरिएको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा जिल्ला अदालत चितवनले भदौ ९ गते लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। उनीहरु सो रकम बुझाएर त्यसै दिन थुनामुक्त भएका थिए। यो बाहेक अदालतले लामिछानेको हकमा विदेश जानुभन्दा अगाडि अदालतको पूर्व स्वीकृति लिनुपर्ने एवं आफू अभियुक्त भएको प्रकरणमा सञ्चार माध्यम प्रयोग गरी विषयवस्तुलाई अतिरञ्जित गर्न नपाइने सर्त राखेको थियो। उच्च अदालतमा दर्ता भएको निवेदनमा यी सर्तहरु बेरितको भएकाले बदर माग गरिएको छ। न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमसँग सम्बन्धित का दुवै सञ्चारकर्मीसँग जिल्ला अदालत चितवनले फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम आत्महत्या दुरुत्साहन कसुरमा धरौटी माग गरेको थियो।
नेपालमा थपियो अर्को सिकार आरक्ष
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने अघि बढाएको छ । यसका लागि गाउँपालिकाले वडाको माथिल्लो भू–भागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एन्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त क्षेत्रको विस्तृत अध्ययन गरेको हो । सिकार आरक्ष प्रस्तावित ४३८८ उचाइमा कुशे पाटन क्षेत्र जुम्लासँग जोडिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् । फाइल फोटो
गायक नारायण थापाको मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा ‘गीत संगीतलाई मनैदेखि माया गर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाइएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ । निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा इडिट टेकेन्द्र शाहले गरेका हुन् । नारायण थापाद्वारा संगीत र स्वरबद्ध ‘दिलमा आगो’ बोलको गीतमा बीबी रिजालको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ्गमा स्टरिङ रहेको छ ।
मञ्जु पौडेलको आधि उमेर ढल्किंदा अनुशा पौडेल घुमेर नाचिन
काठमाडौ, साउन ९ । बजारमा तीजको माहौल छ । दिनहुँ दर्जनौँ तीजका गीत सार्वजनिक भएका छन् । यस्तै सन्दर्भमा गायिका तथा प्रस्तोता मञ्जु पौडेलको मौलिक तीज गीत सार्वजनिक भएको छ । हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने पौडेलले यसपालिको तीजमा काम भन्दाभन्दै आधि उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन् । ‘काम भन्दै गयो मेरो आधी उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर’ काम र पैसाको लागि सधैं व्यस्त रहने आम नेपालीको जीवनशैलीप्रति लक्षित गर्दै ल्याइएको यो गीतको भिडियोमा स्वयं मञ्जु पौडेल र चर्चित कार्यक्रम उकाली ओरालीकी प्रस्तोता अनुषा पौडेल फिचर्ड छन् । दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले सङ्गीत गरेको यो गीतलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको छ ।
न्यून चापीय रेखा नेपालबाट हट्यो, अब अविरल वर्षा नहुनेः मौसमविद्
काठमाडौं, श्रावण १ । अविरल वर्षा गराउने मनसुनी न्यून चापीय रेखा आज (बुधबार) देखि नेपालबाट हटेकाले वर्षा कम हुने अनुमान मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले उक्त रेखा बिस्तारै दक्षिणतर्फ सर्दै आजदेखि भारत प्रवेश गरेकाले अब वर्षा कम हुने जानकारी दिएकी हुन्। ‘तर त्यसो भनेर वर्षा नै नहुने भने होइन,’ उनले भनिन्, ‘मनसुनका बेला हो, वर्षा त हुन्छ नै, तर अब पहिलेजस्तो अविरल वर्षा हुने सम्भावना छैन।’ न्यून चापीय रेखा अहिले भारतको उत्तर प्रदेशतिर रहेको मौसमविद् पोखरेलको भनाइ छ। तर त्यो रेखा तलमाथि सरिरहने भएकाले पुनः नेपाल आउने सम्भावना पनि छ। उक्त रेखा नेपालमै रहेका बेला लगातार वर्षा भएको वा हुने मौसमविद् बताउँछन्। यसअघि न्यून चापीय रेखा नेपालमै थियो भने न्यून चापीय क्षेत्र पनि सक्रिय थियो। यी दुवै प्रणाली सक्रिय रहँदा अविरल तथा भारी वर्षा भएको हो। जसका कारण देशमा बाढीपहिरो आएर ठूलो जनधन क्षति भयो। अब भने बाढीपहिरोको जोखिम कम रहेको मौसमविद् पोखरेलको अनुमान छ। तैपनि पहिलेकै वर्षाले जमिन गलिसकेकाले थोरै वर्षाले पनि बाढीपहिरो जाने सम्भावना रहने भएकाले सतर्कता भने अपनाउनुपर्ने मौसमविद्को भनाइ छ। कस्तो छ आजको मौसम ? मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भेगमा सामान्य बदली छ भने मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्यसम्म बदली छ। अहिले पूर्वी भेगका थोरै स्थानहमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। तर मनसुनी गतिविधि देशभर सक्रिय रहेकाले यही ठाउँमा पानी पर्छ वा भारी वर्षा हुन्छ भनेर किटान गर्न नसकिने मौसविद् पोखरेल बताउँछिन्। ‘त्यो यही काठमाडौं उपत्यकामा पनि हुन सक्छ वा तराईतिर पनि,’ उनले भनिन्।
युवतीमाथि सिरिञ्ज प्रहार गर्ने व्यक्ति शिक्षक रहेको खुलासा
काठमाडौं, असार २३ । दुई जना युवतीमाथि सिरिन्ज हानेको अभियोगमा बनेपाको चारदोबाटोबाट स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्ति शिक्षक भएको खुलेको छ। बनेपाबाट पक्राउ परेका उनी स्याङ्जाको वालिङ नगरपालिका-१३ का एकजना शिक्षक खगेन्द्र पाठक रहेको खुलेको छ। उनलाई नजिकबाट चिन्ने पत्रकार प्रकाश डुम्रेका अनुसार उनी शान्त स्वभावका व्यक्ति हुन्। उनी वालिङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक भएको खुलेको छ। शिक्षक पाठकलाई चारदोबाटो चोकबाट गाउँलेले पक्रेर बुझाएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी चौकीमा राखिएका उनले आफु कुनै घटनामा संलग्न नभएको बताएका छन्। नेपाल आजबाट साभार
सरकारले ५ वर्षमा कृषि उत्पादन दोब्बर बनाउने
काठमाडौं, असार १५ । सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ । चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भयो । विश्व बैङ्कले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा अनुकूल मौसमसमेतका कारण कृषि क्षेत्रको योगदानमा बढोत्तरी हुने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेटमा आठ दशमलव पाँच प्रतिशतको आर्थिक वर्षको लक्ष्य राखिएको छ । त्यो लक्ष्य पूरा गर्न अहिले गरिरहेको धान रोपाइँको ठूलो योगदान र महत्व रहने छ । धान उत्पादनसँगै उत्पादकत्व पनि बढिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो वर्ष धान उत्पादन प्रतिहेक्टर ३.५१ मेट्रिक टन रहेकोमा चालू वर्ष सात दशमलव २७ प्रतिशतले बढेर तीन दशमलव ७६ प्रतिहेक्टर पुगेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले भने, ‘यो उत्पादन वृद्धि हुनुमा मुख्य सिँचाइ, मल र बीउ नै हो ।’ सिँचाइका लागि मनसुनले साथ दियो । मलको व्यवस्थापन सरकारले गर्यो । सिँचाइको राम्रो व्यवस्था भए नेपालीलाई नेपालीले पेट भर्न समस्या नहुने उनको भनाइ छ । चालू आर्थिक वर्षको धान उत्पादन राम्रो मनसुनले गर्दा भएको हो तर सधैँ यस्तो हुँदैन । समयमा पानी नपर्दा भने समस्या हुन्छ । पर्याप्त पानी नपरेको र साविकभन्दा झन्डै १० दिनपछि मनसुन सुरु हुँदा राष्ट्रिय धान दिवस मनाइरहँदा देशभर १२ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यति बेला २२।०७ प्रतिशत धान रोपाइँ भइसकेको थियो । यो वर्ष धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण नाराका साथ १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । उच्च पहाडी तथा पहाडी भेग, काठमाडौँ उपत्यकालगायतका भूभागमा समयमा पानी परेमा असार १५ सम्म रोपाइँ लगभग मौजारो गर्ने बेला हुन्छ । तराईमा भने सयममा सिँचाइ भए असार १५ वरपर धान रोपाइँ चापाचाप हुन्छ । समयमा मलखाद पुगेको, वर्णशङ्कर जातका धानको क्षेत्रफल बढेको र गत वर्षको तुलनामा रोपाइँको प्रतिशत बढेसँगै प्रकृतिले साथ दिंँदा उत्पादन बढेको सचिव जीसीको तर्क छ । रोपाइँ हुने जमिन बढेको छैन तर गत वर्ष रोपाइँ हुन नसकेको क्षेत्रमा पनि रोपाइँ हुँदा ९७ प्रतिशत रोपाइँ भएको थियो । उनले थपे, “कम्तीमा ६० प्रतिशत धानखेतमा नियमित सिँचाइ पुर्याउन सके परम्परागत धानको बीउको प्रयोगले नै धान निर्यात गर्ने अवस्थामा हामी पुग्छौँ ।’ समृद्धिका लागि धान नेपालको मुख्य खाद्यान्न बाली धानको कुल खाद्यान्नमा योगादन ५८–६० प्रतिशत छ । कृषिजन्य कुल गार्हस्थ्य उत्पादनमा योगदान २० प्रतिशत छ । सचिव जीसीले भने, ‘धान उत्पादन बढ्दा देश समृद्ध हुन्छ ।’ नेपालको कुल धान खेती हुने क्षेत्रफल १५ लाख हेक्टरमध्ये करिब २५ प्रतिशतमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने गरेको मन्त्रालयको दाबी छ । धान बढी उत्पादन हुने क्षेत्रमा अझै सिँचाइ पुग्न सकेको छैन । सिँचाइ विभागका अनुसार ४० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ पुगेको छ । गोरखापत्र दैनिकबाट
सनि लियोनी शुटिङ गर्दा गोली लागेर सेटमैं ढलेपछि (भाइरल भिडियो)
मुम्बई, भारतीय सिनेमा उद्योगमा कामोत्तेजक अभिनेत्रीको उपमा पाएकी सनि लियोनीको एउटा भिडियो अहिले भाइरल बनेको छ । चलचित्रको सुटिङका क्रममा गोली लागेर ढलेको दृश्य सार्वजनिक भएपछि सनि लियोनी फेरी चर्चामा आएकी हुन । सेटमा सनि लियोनी रातीको समयमा उभिएको बेला गोली लागेर ढलेको देखिन्छ । बाँकी हेर्नुस यो भिडियोमा
हिड्ने , हाँस्ने र जीबनमा केही गर्ने रहरको याचना ,सहयोगको अपेक्षा !( भिडियो सहित )
उत्सब बजगाईं, मानब जिबन न हो ! कति बेला कुन समय न त् घाम न त् पानि अनिस्चित् मौसम मा जे पनि हुन सक्छ ।मानब जिबन भनु नै पानि मा उठेको फोका जस्तै हो , कति खेर विलाऊछ भन्ने कुनै पत्तो ठेगान हुदैन ।अनेकौ दुख पिडा ,हासो रोदनको सघारबाट रुम्लियर सुन्दर सपनाको खोजि गर्दा गर्दै आफ्नो अमुल्य जिन्दगि गुमाउदा पिडा नीकै नै दर्धानक र अकल्पनीय नै हुन्छ । आफ्नो परिवार को मुहारमा खुसि बहाब छरौँला छोरा-छोरीको सुन्दर भविष्यको तय गरुला । भनि आफ्नो देश छाडी परदेशमा रगत पसिना बेच्दा बेच्दै कार्यब्यबस्थाको दौडाहनमा १२ चक्का भएको गाडी दुर्घटनामा ४०० मिटर तल खसी आफ्नो दुबै खुट्टा गुमाउन पुग्नु भएका बैतडी जिल्ला घर हुनुभएका बासुदेब जोशी को गाडी दुर्घटनामा परि दुबै खुट्टा नचल्ने भएको हुँदा सम्पूर्ण सहयोगी मनहरुले सहयोग गर्दिनुहोला र उहाँको मुहारमा खुसीको प्रतिक बनेर पिडाको मलम बनेर ग्रिनिज ओल्ड रेकर्ड होल्डर अर्थात चर्चित कलाकार मनिष श्रेष्टले आफुले सक्ने सहयोग गरिरहनु भएको छ । उहाँको आर्थिक अवस्था निकै नै नाजुक भएको कारणले गर्दा उहाँले आफ्नो सम्पूर्ण खुशी चाहना ,इच्छा र रहहरुलाई एउटा बन्द कोठामा र सपनामा सिमित पार्न बाध्य हुनुभएको छ । उहाँलाई बिभिन्न देशबाट पनि सहयोग सङ्कलन भइरहेको छ , भन्ने कुरा पनि जानकारी भएको छ । उहाँको खुशीका निम्ती सक्केको सहयोग गरि मानवताको परिचय दिनुहुन्छ भन्ने आशा ब्यक्त गर्दछु ।उहाँलाई सकेको सहयोग गरि खुट्टाको जोर्नी जोड्न मदत पुर्याऊ । आफनो रहर इच्छालाई गुमाएर राख्नु भएको रहेछ ।सबैले आ-आफनो ठाउँबाट सक्दो सहयोग गरेर आर्थिक सङकलनमा र उहाँको सपनाको सफलताको विन्दु भई साथ समर्थन दिनुहुन्छ भन्ने आशा गर्दछु। उहाँले खेलेको हासेको हामि हेर्न चाहान्छौ। हिमाललाई दुख पर्दा तराईले र पहाडलाई दुख पर्दा तराईले सहयोग गरेर नेपालि पन र नेपाली पहिचानको उदाहरण दिनु पर्दछ ।उहाँको त्यो मुहारमा पक्कै आशु मेट्टि खुसिको बहाब छरिन्छ र तपाई हाम्रो सानो सहयोगले कसैको जिन्दगी फेरिन्छ र गुजरिन्छ भने किन सहयोग नगर्न?? यो पढी सके पछि शेयर गरेर सयोगी मन सम्म पुय्राउनु हुन्छ भन्ने अपेक्षा गर्दछु ।
शुक्रबारदेखि राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा मुक्तिनाथबाट सुरु
मुस्ताङ जेठ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)को दोस्रो चरणको स्वाभिमान यात्रा शुक्रबारदेखि मुस्ताङबाट सुरु भएको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक अनुष्ठान गरी अध्यक्ष कमल थापाले दोस्रो चरणको स्वाभिमान यात्रा शुभारम्भ गरेका छन् । अनुष्ठानमा पार्टी अध्यक्ष थापाका अलावा बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ,नेताहरु भीमप्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशील श्रेष्ठ, भुवन पाठक लगायत नेताहरु सहभागी थिए। अनुष्ठानपछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका छन् । यसैगरी मुस्ताङ सदरमुकाम जोमसोममा आयोजित सभालाई पनि थापाले सम्बोधन गरे । सम्बोधनका क्रममा अध्यक्ष थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको चर्चा गर्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आबश्यक भएको बताए । सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किराँत धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने पनि उनले बताए। अध्यक्ष थापाले त्यसक्रममा बेनी–जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गरे। वरिष्ठ उपाध्यक्ष तामाङले देशको राष्ट्रियता ,धर्म संस्कृति र पहिचानमाथि चौतर्फी हमला भईरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जोड दिए। मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्बत, कास्की, लमजुङ हुँदै जेठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
९ महिनामा ६ खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं, जेठ ७ । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन् । गएको आवको तुलनामा चालू आवको नौ महिनामा २० दशमलव नौ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको हो । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स पाँच दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भएको मूल्य वृद्धिले विप्रेषण आप्रवाह नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो । नौ महिनाको अवधिमा खुद ट्रान्सफर आय २० दशमलव नौ प्रतिशतले वृद्धि भई सात खर्ब ४६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव तीन प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगतका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९ दशमलव तीन प्रतिशतले घटेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको त्यसै अवधिमा यस्तो सङ्ख्या ६ दशमलव ८ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४ दशमलव ६ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या तीन दशमलव एक प्रतिशतले घटेको थियो । रासस
विश्व बैंकः यसपालि नेपालमा दक्षिण एसियाकै तेस्रो उच्च आर्थिक वृद्धि
काठमाडौं, चत २६ । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो । भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ । यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदै छ । आगामी वर्षमा नेपालको आर्थिक वृद्धि बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आउने दुई वर्ष २०२० र २०२१ मा क्रमशः ६ दशमलव १ र ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । ‘पर्यटनका कारण सेवा क्षेत्रको वृद्धिदर उच्च हुनेछ । आगामी वर्षबाट मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन आउने भएकाले त्यसले उत्पादनमूलक क्षेत्रमा पनि उत्साह ल्याउनेछ,’ प्रतिवेदनले भनेको छ । प्रतिवेदनले दक्षिण एसियामा संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने जनाएको छ । सन् २०१९ मा यस क्षेत्रमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने र त्यसपछिका दुवै वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने पनि विश्व बैंकको प्रक्षेपण छ । ‘तर, यस क्षेत्रमा आर्थिक वृद्धिलाई दिगो बनाउन मुलुकहरूले निर्यात वृद्धि गर्नुपर्छ,’ वर्षमा दुईपटक छापिने प्रतिवेदनले भनेको छ । ‘विगत केही वर्षदेखि दक्षिण एसियाको निर्यात क्षमता घट्दै गएको छ र अहिले यो क्षमताभन्दा निकै कम छ । दीर्घकालमा यस क्षेत्रले निर्यात बढाउन सक्छ कि सक्दैन, त्यसका आधारमा आर्थिक वृद्धिको दिगोपन निर्भर हुनेछ,’ विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भने । यस क्षेत्रका मुलुकले अन्तर्राष्ट्रिय बजारसँग आफूलाई अझै बढी जोड्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने तथा जनतालाई समृद्ध बनाउनुपर्ने पनि उनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
डिएसपी भाटकाे कमाल, ४ बाेरा चिट कब्जामा, गार्ड नियन्त्रणमा
बाजुरा, चैत १६ । पदस्थापन भएदेखि नै सामाजिक विकृतिविरुद्ध कडारुपमा उत्रिएका बाजुराका डिएसपी उद्धवसिंह भाटले एसईई परीक्षा मर्यादित बनाउन कडाई गरेका छन् । परीक्षा सञ्चालन भएकै दिनदेखि परीक्षा केन्द्रमा शान्ति सेरक्षा बहाल गर्न निर्देशन दिएसँगै उनले नियमित अनुगमन गरिरहेका छन् । अहिले बाजुराकाे परीक्षा वातावरण निकै मर्यादित रहेकाे उनले बताए । जिल्लाका विभिन्न परीक्षा केन्द्रकाे अनुगमन गर्ने क्रममा डिएसपी भाटकाे निर्देशनमा चार बाेरा चीट कब्जामा लिईएकाे छ । चिट चोराउने चार जना गार्ड नियन्त्रणमा लिईएका छन् । “कसैलाई पनि परीक्षामा चीट चाेराउने छूट छैन ।” भाटले भने, “हामीले कडाईका साथ गलत त्तवहरुलाई नियन्त्रणमा लिन निर्देशन दिएका छाैं ।” भाैगाेलिक विकटताका वावजुद पनि सबै केन्द्रमा सुरिक्षतरुपमा परीक्षा चलिरहेकाे भाटले बताए । जिल्ला प्रमुख अधिकाअधिकारी चेतराज बराल , डिएसपी उद्धब सिंह भाट र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गोपाल दत्त जोशीको टोलीले बाजुरा जिल्लाका १५ वटै परीक्षा केन्द्रहरूमा परीक्षा अनुगमन गरी परीक्षालाइ मर्यादित बनाउन विहानै देखी हरेक केन्द्रमा खट्ने गरेको हाे । बाजुरामा नियमित तर्फ २९४१ जना र ग्रेडबृद्धी परीक्षा नयाँ तर्फ २१० जना र पुरानो तर्फ १२९ जना रहेका छन।