ओली भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौंः पार्टी विवाद समाधानबारे नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।
पार्टीमा देखिएको विवाद समाधनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली–प्रचण्डबीच केही बेरमा ‘वान टु वान’ वार्ता शुरू हुँदैछ । ओली–प्रचण्डबीच सोमबार पनि ‘वान टु वान’ वार्ता भएको थियो ।
गत मंगलबार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र नेकपा अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद देखिएको छ । विवाद समाधानका लागि लगातार वार्ता भइरहेका छन् । तर, हालसम्म कुनै सहमति हुन सकेको छैन ।
सहमित खोज्ने भन्दै सोमबारका लागि बोलाइएको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारसम्ममा सहमति गर्ने गरि नेकपामा छलफल शुरू भएका छन् ।
सचिवालय बैठकअघि राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । अपरान्ह साढे ५ बजे बोलाइएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै आएका छन् । अध्यादेश प्रकरणले नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेता बामदेव गौतमसँग वालुवाटारमा छलफल गरेका थिए ।
एक किरियापुत्री, जसको प्रवेशका लागि नेपाल–भारतले केन्द्रीय तहबाटै अनुमति दिनुपर्यो
कोरोना भाइरसः एक किरियापुत्री जसको प्रवेशका लागि नेपाल र भारतले केन्द्रीय तहबाटै अनुमति दिनुपर्यो घरमा बुवा वा आमाको निधन भएको खबर पाएपछि निकै टाढा रहेका छोराछोरी पनि अनेक उपाय गरेर घर फर्कने गरेको देखिन्छ। तर दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्ट जिल्लाको सिमाना जोडिएको भारतीय क्षेत्रमा भएर पनि आमा बिरामी भएदेखि मृत्यु हुँदासम्मको खबर पाएर पनि दागबत्ती दिन आउन पाएनन्। विश्वव्यापी फैलिएको कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न दुवै देशमा गरिएको लकडाउनका कारण उनलाई नेपाल प्रवेश गर्न दिइएको थिएन। छ दिनसम्म भारतमै आमाको १३ दिने काजकिरिया गरी बसेका उनी आइतवार चाहिँ दुवै देशको केन्द्रीय स्तरको निर्णयपछि घर पुगेका छन्। स्वास्थ्य जाँचपछि घर जाँदै गरेका वासुदेव भट्टलाई बीबीसी संवाददाता नेत्र केसीले टेलिफोन सम्पर्क गरी घर जान पाउँदाको अनुभूतिबारे सोधेका थिए। वासुदेव भट्टको भनाइको सम्पादित अंश यति दिन बसेपछि बल्ल घर जान पाएँ। म अभागी रहेछु, आमालाई दागबत्ती पनि दिन पाइनँ। भारतको एउटा कुनामा बस्नुपर्यो। आमाको मृत्युको खबरपछि घर जान मैले पहल गरेकै हुँ। अस्पतालमै आमाको मृत्यु भयो। त्यहाँबाट परिवारका सदस्यले घर लगे। मलाई भाइले फोन गरेर दाजु अब के कसो गर्ने भनेर सोधे। मैले भनेँ – म यहाँ पहल गर्छु, मलाई छाडे भने म बिहानसम्म पुग्छु। तर मलाई जान दिइएन। मैले फेरि पनि पहल गरेँ। एक सय नम्बरमा गुनासो पनि गरेँ। जहाँसम्म हुन्छ हामी पहल गर्छौँ भनेर प्रहरीले भने। हाम्रो हातमा भए हामीले खोलिदिन्थ्यौँ भन्ने उनीहरूले जवाफ दिए। यो अन्तर्राष्ट्रिय विषय हो। यसबारे दुई देशले भन्नुपर्यो। मन्त्रालयले पत्र पाउनुपर्यो। अनि बल्ल हुन्छ भनेर सीमा प्रहरीले भने। छिमेकीहरू नेपाली थिए। बैतडी, बझाङतिरका साथीहरू थिए। उनीहरूले काजकिरियाका लागि व्यवस्था मिलाइदिए। भारतीय साथीहरू पनि थिए। उनीहरूले मेरो लागि अलग्गै कोठाको व्यवस्था गरिदिए। म भारत गएको डेढ महिना जति भएको थियो। फर्कने बेला मसँग एक पैसा पनि थिएन। सबैले मलाई सहयोग गरे। दाजुभाइहरूले सहयोग गरेर पाएको साढे ९ हजार रुपैयाँले काम चलाइरहेको थिएँ। सीमा कटेपछि नगरबाट मलाई लिन एम्बुलेन्स आएको थियो। चालकले सात हजार पर्ने हिसाब निकाले जसअनुसार आधा पैसा नगरले बेहोर्ने र बाँकी मैले तिर्नुपर्ने उनले भने। मैले मसँग पैसा नै छैन भनेँ। अनि एम्बुलेन्सबाटै म गए। कच्ची बाटोका कारण बैतडीको छोला भन्ने ठाउँबाट आधा घण्टा जति हिँडेर जानुपर्यो। आफ्नो धर्ती टेक्न पाएपछि त खुशी नै लाग्यो नि। म बसेको ठाउँमा ३६८ जना नेपाली छन्। त्यो ठाउँ भनेको भारतको बालुवाकोट हो। क्वारन्टीनमा खाने र बस्ने व्यवस्था भारतीय पक्षले नै गरेको छ। भारतको धार्चुलामा पर्ने बालुवाकोटस्थित राजकीय इन्टर कलेजमा बनाइएको क्वारन्टीनमा हामी बसिरहेका थियौँ। त्यहाँ खानाको व्यवस्था ठीकै थियो। दालभात खान दिन्छन्। दिउँसो दालभात र तरकारी हुन्छ, अनि बेलुका दालभात हुन्छ। त्यहाँ बसिरहेका नेपालीहरूलाई पैसाको निकै खाँचो छ। हामी सडकमा काम गर्थ्यौँ। ठेकेदारले पैसा पनि दिएका छैनन्। कहिले फर्कने भन्ने सबैलाई छ।” बीबीसी
दक्षिण एसियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
काठमाडौंः साेमबार दिउँसाेसम्म दक्षिण एसियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५९ जनाले ज्यान गुमाएका छन् । साथै, समग्र संक्रमितको संख्या २९९४ पुगेको छ । कोरोना संक्रमबाट भारतमा सोमबारसम्म २९ जनाले ज्यान गुमाएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोना भाइरसका संक्रमित १ हजार ७१ पुगेका छन् । यस्तै, पाकिस्तान अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित देखिएका थिए । पाकिस्तानमा समग्र संक्रमितको संख्या १ हजार ६२५ पुगेको छ । अफगानिस्तानमा यो भाइरसका संक्रमितको संख्या १२० पुगेको छ भने ४ जनाको ज्यान गएको छ । श्रीलंकामा पनि संक्रमितको संख्या १२० पुगेको छ भने अहिलेसम्म यो भाइरसबाट त्यहाँ एक जनाको मृत्यु भएको छ । बंगलादेशमा ४९ जनामा भाइरसको संक्रमण भेटिएको छ । साथै, भाइरसको कारण ज्यान गुमाउनेको संख्या पनि ५ पुगेको छ । माल्दिभ्समा १७, नेपालमा पाँच तथा भुटानमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न टिचिङमा माधव नेपाल
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेता नेपाल आज अस्पताल पुगेका हुन्। मुटुको धड्कन बढ्ने समस्या देखिएपछि उनलाई बिहीबार राति नै अस्पताल पुर्याइएको थियो । गत फागुन २१ गते दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली फागुन ३० गते डिस्चार्ज भएर बालुवाटार फर्किएका थिए।
मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता
विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन् । भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराएकी थिइन् । त्यस्तै राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको बताइन् । संघीयता लागू भएको देशहरुमा पनि यसको कार्यान्वयनमा समय लागेको उनको धारणा थियो । संघीयता कार्यान्वयन, कर्मचारी समायोजनलगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राखेकी थिइन् । उनले प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताइन् । भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताए । ‘नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ,’ मुख्यमन्त्री राईले भने । प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धि विधेयक प्रदेश सभामा पेश भएको बताउँदै उक्त विधेयकले वालबालिकाहरुको अधिकार सुनिश्चित हुने बताए ।
यस्तो छ तपाइको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । कष्टकर यात्रा गर्नुपर्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर वढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सौन्दर्यतामा धन खर्चपनि हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफलयात्रापनि हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनसक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मकर राशीमा शनिको महाप्रस्थान, साढे साती शुरु, तपाईको राशीमा कस्तो पर्छ असर ?
काठमाडौं: ज्योतिष शास्त्रमा विश्वास राख्नेहरुलाई आज विशेष दिन रहेको छ । आज ग्रहहरुको चालमा हुने परिवर्तन ऐतिहासिक रहेको छ । ज्योतिष शास्त्र अनुसार, आज शनि राशी आफ्नै मकर राशिमा प्रवेश गर्न गइरहेको छ । मकर राशिमा शनि बिराजमान हुँदा त्यसको तृतीय दृष्टि मीनमा, सप्तम दृष्टि कर्क मा र दशम् दृष्टि तुलामा रहनेछ । योसँगै आज देखि २९ सेप्टेम्बरसम्म शनी बक्री चालको अवस्थामा रहनेछन् । अस्त र बक्रीको अवस्थामा फलमा कमी आउँछ र काममा ढिलाई हुन्छ । नेपाल, भारतलगायतका देशका लागि बक्रीको स्थिति त्यति शुभ मानिएको छैन । उथलपुथल हुनसक्ने र राजनीतिमा पनि उतार चढाव हुने देखिन्छ । देशको व्यवसायिक र आर्थिक अवस्थामा अस्थिरता देखिन सक्छ । शनिको स्थान परिवर्तन कुन राशीका लागि कस्तो त ? मेष मेश राशी र लग्न भएका व्यक्तिहरुलाई शनि दशम भावबाट भ्रमण गर्ने भएकोले व्यापार व्यवसायमा उन्नती हुनेछ । जागिर भएकाहरुलाई लाभ देखिनेछ । नवीन कार्ययोजना बन्नेछन् । बेरोजगारलाई रोजगार पाउने सम्भावना बलियो छ । पारिवारिक र दाम्पत्य जीवनमा पनि अनुकूल अवस्था देखिनेछ । बाहिरी मामिलाहरुमा केही सावधानी अपनाउनु पर्ला । विवाहको योजना भएकालाई विवाह हुने योग छ । वृषभ वृषभ राशि र लग्न भएकाहरुका लागि शनि नवौं भावबाट मकरको शनि गोचर भ्रमण गर्नेछ । भाग्यमा बृद्धि हुनुका साथए पिताको सहयोग पनि पाइनेछ । व्यवस्थायमा प्रगति र जागिरमा सुखद अवस्था रहने देखिन्छ । शत्रु परास्त हुने र ार्थिक लाभको अवस्था पनि छ । स्वास्थ्य राम्रै रहनेछ । मिथुन मिथुन राशी र लग्न भएकाहरुका लागि शनिको गोचर आठौं अष्टम भावबाट हुने भएकोले प्रारम्भबाट नै करिब सवा वर्षसम्म निकै कठिनाईको सामना गर्नुपर्ने देखिन्छ । काममा ढिलाई हुने देखिन्छ । ढैया पनौती शुरु भएको छ । तनाव हुनसक्ला । तर नातासम्बन्धीबाट सहयोग पाउँदा धनसम्बन्धी विषयमा भने केही राहत पाइनेछ । सन्तान पक्षबाट सहयोग मिल्नेछ । स्वास्थ्य भने ठीकै रहनेछ । विद्यार्थी वर्गका लागि समय सुखद देखिन्छ । कर्क कर्क राशि र लग्न भएकाहरुका लागि दाम्पत्य जीवनमा अनुकुलता रहनेछ । दैनिक व्यवसाय पनि उत्तम रहने देखिन्छ । स्वास्थ्यको दृष्टिबाट उत्तम र समय तपाईको पक्षमा रहने छ । पारिवारिक कुरामा सहयोगसँगै प्रसन्नता रहनेछ । घर र जग्गासम्बन्धी विषयमा राम्रो देखिन्छ । जीवनसाथीसँग महत्वपूर्ण सहयोग पाइने देखिन्छ । बाहिरी सम्बन्ध र धन खर्च गर्दा पनि विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । सिंह सिंह राशि र लग्न भएकाहरुका लागि मकरको शनि षष्ट भावबाट गोचर भ्रमण गर्दैछ । शत्रुहरुको नाश हुने र कर्जाबाट मुक्ति पाइने देखिन्छ । यात्राको योग देखिन्छ । बाहिर पढन जानेहरुका लागि सफलता देखिन्छ । पराक्रममा बृद्धि हुने देखिन्छ । कतिपय अवस्थामा मनमा द्विविधा आउन सक्ने हुँदा कुनै पनि नयाँ काम गर्दा सबै पक्ष विचार गरेर अगाडि बढ्नु राम्रो हुनेछ । साझेदारीको काममा लाभ देखिन्छ । कन्या कन्या राशिका लागि शनीको गोचरीय भ्रमण पाँचौ भावमा रहेको छ । ढैया पनौती समाप्त हुँदा धन र पुरस्कार पाइने सम्भावना बढी छ । सन्तान पक्षबाट सहयोग देखिन्छ । लामो समयदेखि चलिरहेको तनावबाट मुक्ति पाउने देखिन्छ । श्रीमतीसँग सामान्य मनमुटाव भएपनि सुखद अवस्था सिर्जना हुनेछ । विद्यार्थी वर्गका लागि राम्रो हुनुका साथै आयको अवस्था पनि ठीकै छ । तपाईको बोली नै तपाईको मुख्य सम्पत्ति भएको हुँदा बोलीमा नियन्त्रण राखेर अगाडि बढनु भयो भने शनिको यो अवस्था तपाईका लागि निकै लाभदायी हुनेछ । महत्वपूर्ण काममा सफलता पाइनेछ । तुला राशि यो राशि र लग्न भएकाहरुका लागि मकरको शनि चौथो स्थानमा गोचर गर्ने छ । पारिवारिक समस्याको समाधान हुने । घरको आशा पुरा हुने देखिन्छ । प्भावमा बृद्धि हुने देखिन्छ । पनौती (ढैया) प्रारम्भ भएकोले कुनै पुरानो रोग फेरी बल्झिन सक्छ, त्यसैले सावधानी आवश्यक छ । धन हानी तर यश पढने देखिन्छ । वृश्चिक यो राशिका लागि पराक्रममा यथेष्ट वृद्दि हुने देखिन्छ । अहिले शनि तृतीय भावमा छन् । यसबाट भाग्यमा अनुकूल स्थिति सिर्जना हुन सक्छ । यात्राको योग देखिन्छ । धन प्राप्ती तथा सन्तानको सुख पाउने सम्भावना बलियो छ । स्वास्थ्य राम्रो हुनेछ । परिवारलाई बढी समय दिनुपर्ने र बाहिरी सम्बन्धहरुबाट टाढा रहनु वेश हुनेछ । धनु मकरको शनि दोश्रो भावमा भएको हुँदा भाईहरुको सहयोग पाइने देखिन्छ । आमाको स्वास्थ्यमा पनि अनुकूलता रहनेछ । धनुमा यसअघि नै साढेसाती शुरु भएको हुँदा अब डेढ वर्ष बाँकी रहेकोले पारिवारिक कलह र मतभेद हुनसक्छ । तर उत्तरार्ध या पछिको समय निकै राम्रो छ । मकर मकर राशिमा नै शनि आएको कारण दाम्पत्य जीवनमा सुखद वातावरणका साथै धनको बचत हुने देखिन्छ । स्वराशिमा भएको कारण शनिले कष्ट दिने छैन । तर मानसिक तनाव भने हुन सक्छ । पदोन्नतीको योग हुनुका साथै सन्तान पक्षबाट सुखद समाचार पाइन सक्छ । मनलाई नियन्त्रणमा राखेर व्यवहार गर्नुभयो भने तपाइका लागि समय शुभ छ । कुम्भ कुम्भका लागि शनि १२ औं भावमा रहने छ । आजदेखि नै यो राशीमा साढे साती शुरु हुने भएको छ । साढे साती भएपनि केही आलस्य बढने तर आर्थिक लाभ देखिन्छ । मध्यम दूरीको यात्रा बारम्बार हुने देखिन्छ । ऋणको अवस्थाबाट मुक्ति पाइने, रोकिएका काममा सफलता पाइने देखिन्छ । जागिरमा पदोन्नती या स्थानान्तरण सम्भव देखिन्छ । मीन मीनका लागि शनिका आय भाव एकादशमा भ्रमण गर्ने भएकोले आर्थिक स्थितिमा सुधारमा अर्थलाभ पाइनेछ । विद्यार्थीका समय उत्तम छ । सन्तान पक्षसँग सहयोग मिल्ने भएकोले राहत पाइनेछ । स्वास्थ्यको दृष्टिबाट समय ठीक नै भन्न सकिन्छ । यश बढने देखिन्छ ।
पुनःनिर्माणको कार्यप्रगति प्रशंसा गर्न लायकः प्रधानमन्त्री ओली
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः निर्माणको कार्यप्रगति प्रशंसा गर्न लायक रहेको बताएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद्को पाँचौ बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्मको काम सन्तोषजक भएको भन्दै बाँकी काम छिटो गर्न निर्देशन दिए । प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले निजी आवास निर्माण ६२ प्रतिशत सम्पन्न भएको जानकारी गराउँदै वैशाखसम्म रानीपोखरी तयार हुने र धरहरा पुनःनिर्माणले गति लिएको बताए । विदेशीले पुर्ननिर्माणमा भएको प्रगतिको प्रशंसा गरेको बताउँदै कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत वस्ती निर्माणमा जागरण ल्याउनुपर्नेमा जोड दिए । बैठकले पनः निमार्णको काम सन्तोषजनक रहेको र बाँकी काम छिटो सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।
१६ अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौंः मंगलबार नेप्से परिसूचक १६ दशमलव २३ अंकले बढेको छ । नेप्से बढेर १२ सय १६ दशमलव ९२ विन्दुमा पुगको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । होटल र उत्पादनमूलक क्षेत्रबाहेक आज सबै समूहको उप–सूचक बढेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचक ८६ दशमलव ५६ अंकले बढेको हो । कारोबार रकम पनि आज १ अर्ब रुपैयाँ नाघेको छ । आज १ अर्ब १० करोड रुपैयाँ बराबरका ३८ लाख ८० हजार कित्ता शेयर किनबेच भएका छन् । माछापुच्छ्रे बैंक लिमिटेडको आज सबैभन्दा धेरै १९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । वमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडलगायत कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशत कमाएका छन् । बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयर लगानीकर्ताले भने ४ प्रतिशत गुमाएका छन् । यो हप्ताको तीन दिनमा नेप्से परिसूचक ५० अंकभन्दा धेरैले बढेको छ । सोमबार नेप्से परिसूचक १८ अंक र आइतबार १६ अंकले बढेको थियो ।
कासिम सुलेमानीको अन्तिम श्रद्धाञ्जली दिन उर्लियो मानवसागर (तस्बिरसहित)
एजेन्सीः अमेरिकाको ड्रोन आक्रमणमा ज्यान गुमाएका जनरल कारिम सुलेमानीको शव उनको जन्मस्थान तेहरान पुर्याइएको छ । उक्त आक्रमणमा इराकी सेनाका कमान्डर तथा प्रमुख कतइब हिजबुल्ला, अबु महदी अल–मुहान्दिसलगायत पाँच जनाको ज्यान गएको छ । इरानी जनरलको शव इरान उडाउनुअघि बगदादमा हजारौं मानिसहरु उनको शोक सभामा उपस्थित भए । सुलेमानीको शव तेहरानमा पुर्याउनुअघि उनलाई सोमबार तेहरान युनिभर्सिटीमा अन्तिम श्रद्धाञ्जली दिइनेछ भने मंगलबार उनको जन्मस्थान केरमान पुर्याउनुअघि मासुमेह श्राइनमा पनि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । सुलेमानीको शवलाई अन्तिम श्रद्धाञ्जली दिन मानवसागर उर्लिएको देख्न सकिन्छ ।
काठमाडौंमा एक दिनमै ३३ सवारी दुर्घटना
काठमाडौंः काठमाडौं उपत्यकामा बितेको २४ घण्टाभित्र ३३ वटा सवारी दुर्घटना भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यी दुर्घटनामा परि एक जना गम्भीर र २५ जना सामान्य घाइते भएका छन्। ट्राफिक नियम उलंघन गर्ने दुई हजारभन्दा बढि चालकमाथि कारबाही भएको छ। गएको २४ घण्टामा २ सय जनाले सडकको फुटपाथमा सवारी पार्किङ गरेको, १ सय ३८ जनाले लेन मिचेर सवारी चलाएको, ९७ जनाले मादक पदार्थ सेवन गरी सवारी हाँकेको, ४३ जनाले अनावश्यक हर्न बजाएको र ३५ जना चालकले जेब्राक्रसमै सवारी रोकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
अष्ट्रेलियाको डढेलोको मुस्लो न्यूजिल्याण्डसम्म पुग्यो
अकल्याण्डः अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्यूजिल्याण्डसम्म पुगेको छ । डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्यूजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्यूजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ । अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्यूजिल्याण्डका अधिकारीहरुले जनाएका छन् । मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ । यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ । सिन्ह्वा
कोषमा जान तयार भएनन् बैङ्कका श्रमिक
काठमाडौंः सरकारले गत साउनदेखि १ गतेदेखि नै लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि विभिन्न वाणिज्य तथा विकास बैङ्कका कर्मचारी असहमत देखिएका छन् । ट्रेड युनियनले करिब दुई दशकअघिदेखि माग गर्दै आएको योगदानमा आधारित सामाजिक सुरक्षाले अगाडि सारेका योजनाबाट हाल खाइपाइ आएका सुविधासमेत कटौती हुने, दोहोरो कर तिर्नुपर्ने भन्दै बैङ्कमा कार्यरत कर्मचारी यस योजनामा सहभागी हुन नमानेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले यस योजनामा सहभागी हुनका लागि वाणिज्य बैङ्कहरूलाई बारम्बार आग्रह गर्दा पनि त्यहाँका कर्मचारी मानिरहेका छैनन् । उनीहरूले आफूले उठाएका प्रश्नको चित्तबुझ्दो समाधान स्पष्ट रूपमा नआएसम्म योजनामा सहभागी नहुने भन्दै राष्ट्र बैङ्कका उच्च अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । बैङ्करले कोषमा सहभागी हुने वा नहुने भन्ने विषय श्रमिकका लागि अनिवार्य नभई स्वेच्छिक बनाउनुपर्ने सुझाव दिएका छन् । त्यस्तै उनीहरूले हाल सामाजिक सुरक्षा ऐनले गरेको व्यवस्थाअनुसार योगदानकर्ताले आफ्नो आयमा ३६ प्रतिशतसम्म कर तिर्ने र अवकाशपछि रकम लिँदा सोही रकममा पुनः १५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्थाले कर्मचारीले कुल ५१ प्रतिशतसम्म कर तिर्नुपर्ने देखिएको भन्दै यस्तो दोहोरो करको व्यवस्था हटाउनुपर्ने अडानसमेत राखेका छन् । बैङ्कका कर्मचारीले सञ्चयकोषमा योगदान गरेको रकमकै मौज्दातको सुरक्षणमा आवश्यकता पर्दा कर्जा सापटी लिन सकिने व्यवस्था रहेको छ तर सामाजिक सुरक्षा योजनाअन्तर्गत यस सुविधा नरहेका कारण पनि सहभागी हुन अनिच्छा देखाइरहेका छन् । त्यस्तै श्रम ऐन कार्यविधिमा अवकाशका लागि योगदानकर्ताको उमेर हद ६० वर्ष तोकिएको छ तर श्रम ऐन २०७५ अनुसार कर्मचारीको उमेरको हद ५८ वर्ष तोकिएको छ । यसरी कार्यविधि तथा ऐनमा फरक कुरा भएकाले यसमा एक रूपता ल्याई उमेरको हद ६० वर्ष कायम गरिनुपर्ने उनीहरूको सुझाव छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
साउदी महिला पनि संसारका शक्तिशाली महिलाको सूचीमा
एजेन्सीः साउदी अरेबियाकी पहिलो महिला सिइओ विश्वभरका शक्तिशाली १ सय महिलाको फोर्ब्स सूचीमा अटाउन सफल भएकी छन् । साम्बा फाइनान्सियल ग्रूपको सिइओ रनिया नाशरलाई फोर्ब्सले दोस्रो पटक शक्तिशाली सूचीमा राखेको हो । १ सय महिलामध्ये उनी यसपटक ९७औं लिस्टमा परेकी हुन् । शक्तिशाली महिलाको पहिलो नम्बरमा १६ वर्षीया ग्रेटा थम्बर्ग छिन् । ग्रेटा जलवायु परिवर्तन अभियन्ता हुन् । यस सूचीमा यूएइका राजा एसा अल गर्ग ८४औं नम्बरमा छिन् । जर्मन चान्सलर एन्जेला मर्केल भने उत्कृष्ट १० मा परेकी छन् ।
सञ्चारमन्त्री भन्छन्, ‘यो सरकार देशभक्तहरुको हो’
काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताएका छन् । उनले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’ हरुको नभएको जिकिर गरे । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताए । मन्त्री बाँस्कोटाले भने, “हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौँ, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौँ, बुझाउँदैनौँ, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो ।” सरकारले कसैलाई अन्यायपूर्ण व्यवहार नगर्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, “नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौँ ।” उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने बताए । मन्त्री बाँस्कोटाले सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने दोहो-याए । उनले भने, “सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ ।” कालापानी, लिपुलेक र लिम्पियाधुराका देखिएका समस्याको समाधान कूटनीतिक र राजनैतिक तवरबाट हुने उनले प्रष्ट पारे । उनले जनताको चिन्ता र चासोप्रति सरकारको एक्यबद्धता रहेको बताए । “हाम्रो देश कसैको उपनिवेश भएन, नेपाल कसैसँग हारेन र कसैको दास बनेन”, उनले भने । मन्त्री बाँस्कोटाले आजै एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा नवनिर्मित अरुणोदय माध्यमिक विद्यालयको भवन उद्घाटन गरे । सो अवसरमा उनले वर्तमान सरकारको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र भएको दावी गरे । उनले भने, “सरकार शिक्षा र स्वास्थ्यमा नीतिगत परिवर्तनको प्रयासमा छ, यसपछि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुँदै जानेछ ।” उत्पादन प्रणालीलाई शिक्षासँग जोड्नुपर्ने उहाँले धारणा व्यक्त गरे । कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरलगायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा स्थानीयको तहको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।