यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । आज २०८१ साल असार ११ गते मंगलबार सन् २०२४ जुन २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

मंगलबार अमेरिकी डलर र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने युरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।


अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर 

प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र  व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको हो।  सिन्धुलीका युवराज पौडेल (सफल)ले आज आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।  भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित)ले दान दातव्य उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै उजुरीमा देशकै प्रधानमन्त्री कानुन उल्लङ्घन गरेको उल्लेख छ ।  भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले  एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा छ ।     

क्षेत्रीय बजारमा नेपालले उपस्थिति जनाइसक्योः अर्थमन्त्री पुन

काठमाडौं ।अर्थमन्त्री पुनले माथिल्लो अरुण र दूधकोशीजस्ता ठूला आयोजनाको निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने बताएका छन्। उनले आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि सहजीकरण गर्न तयार रहेको बताएका हुन्।  उनले दुवै आयोजनाको तयारी राम्रोसँग भइरहेको भन्दै प्रमुख वित्तय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकले सहवित्तकर्ताहरूसँग समन्वय गरिरहेको जानकारी पाउँदा खुसी लागेको उल्लेख ग । मन्त्री पुनले दुई ठूला आयोजनाको निर्माणपछि नेपालको अरु ठूला आयोजना निर्माणका लागि क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे।  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा १० हजार मेगावाट विद्युत निर्यातसम्बन्धी सम्झौता गरेको तथा बंगलादेशलाई ४० मेगावाट विद्युत दिन लागिएको भन्दै आन्तरिक मात्र नभई क्षेत्रीय बजारमा समेत नेपालको विद्युतको माग रहेको उल्लेख गरे।

वार्षिक सार्वजनिक बिदा दिने देशको सूचीमा नेपाल प्रथम

काठमाडौं । वार्षिक रुपमा सार्वजनिक बिदा दिने देशमा नेपाल सबैभन्दा अगाडि परेको छ । विश्व तथ्याङ्कका अनुसार नेपालमा वार्षिक ३५ वटा विदा दिइन्छ ।  त्यसैगरी, सबैभन्दा बढि सार्वजनिक बिदा हुने दोस्रो नम्बरमा म्यानमार रहेको छ । म्यानमारमा वार्षिक ३२ वटा बिदा दिइन्छ । तेस्तै इरानमा २६, श्रीलंकामा २५, बंगलादेशमा २२, इजिप्टमा २२, कम्बोडियामा २१, भारतमा २१ वटा वार्षिक बिदा दिइन्छ । यस्तो छ देश अनुसार सार्वजनिक बिदाको संख्या 🇳🇵 नेपाल: ३५ 🇲🇲 म्यानमार: ३२ 🇮🇷 इरान: २६ 🇱🇰 श्रीलंका: २५ 🇧🇩 बंगलादेश: २२ 🇪🇬 इजिप्ट: २२ 🇰🇭 कम्बोडिया: २१ 🇮🇳 भारत: २१ अर्जेन्टिना : १९ 🇱🇧 लेबनान: १९ 🇨🇴 कोलम्बिया: १८ 🇵🇭 फिलिपिन्स: १८ 🇮🇸 आइसल्याण्ड: १६ 🇮🇩 इन्डोनेसिया: १६ 🇯🇵 जापान: १६ 🇵🇰 पाकिस्तान: १६ 🇰🇿 काजाकिस्तान: १६ 🇹🇭 थाइल्याण्ड: १६ 🇦🇹 अस्ट्रिया: १४ 🇨🇱 चिली: १४ 🇩🇰 डेनमार्क: १४ 🇳🇴 नर्वे: १४ 🇰🇷 दक्षिण कोरिया: १४ 🇹🇷 टर्की: १४ 🇻🇪 भेनेजुएला: १४ 🇨🇿 चेकिया: १३ 🇫🇮 फिनल्याण्ड: १३ 🇵🇱 पोल्याण्ड: १३ 🇪🇸 स्पेन: १३ 🇮🇹 इटाली: १२ 🇸🇪 स्विडेन: १२ 🇺🇦 युक्रेन: १२ 🇨🇳 चीन: ११ 🇫🇷 फ्रान्स: ११ 🇳🇱 नेदरल्याण्ड्स: ११ 🇷🇺 रूस: ११ 🇿🇦 दक्षिण अफ्रिका: ११ 🇺🇸 संयुक्त राज्य अमेरिका: ११ 🇦🇺 अष्ट्रेलिया: १०-१३ 🇩🇪 जर्मनी: १०-१३ 🇨🇦 क्यानाडा: १०-१३ 🇧🇪 बेल्जियम: १० 🇪🇪 इस्टोनिया: १० 🇮🇪 आयरल्याण्ड: १० 🇧🇷 ब्राजिल: ९-१२ 🇹🇼 ताइवान: ९ 🇬🇧 UK: ८-१० 🇲🇽 मेक्सिको: ८

एकैपटक खुल्यो खुल्यो ६६० पदमा आवेदन

काठमाडौं । लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ । बुधबार आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो ।   आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले आयोगको नियमित कार्यतालिका अनुसार नै दरखास्त खुला गरिएको जानकारी दिनुभयो ।  निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदमा आवदेन खुला गरेको हो । २०८१ मङ्सिर ४ गतेसम्म दरखास्त दिन सूचनामार्फत सूचित गरिएको छ । कर्मचारी समायोजन ऐन २०७५ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी समायोजन हुनुपूर्व वाहल रहेको सेवा/समूह उपसमूहको एक श्रेणी वा माथिको पदमा बढुवाका लागि सम्भाव्य उमेदवार हुन सक्ने सूचनामा उल्लेख गरिएको छ । आयोगले हरेक वर्ष असोजको अन्तिम साता सहसचिव र उपसचिवको विज्ञापन खुला गर्दै आएको छ । 

निरंकुशता जन्मने खतरा छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) सरकारमा रहेकोले धेरैलाई निरङ्कुशता जन्मिने शंका पनि रहेको बताएका छन्। सानेपामा आइतबार भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा बोल्दै कोइरालाले कांग्रेस(एमाले सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने बताए। ‘सरकारमा कमीकमजोरी देखिएका खण्डमा आवाज बुलंद गर्नुपर्छ,’ उनले भने, ‘दुई ठूला दल सरकारमा छन्, कांग्रेस र एमाले।  दुई ठूला दल सरकारमा भएपछि निरङ्कुशता जन्मिने पनि त्यत्तिकै शंका छ धेरैलाई। गल्ती गरेको छ र हामीले आवाज उठाउन सक्यौं भने सरकार ठिक ट्र्याकमा हिँड्छ।’  उनले कांग्रेसलाई बलियो बनाउन सकिने पनि बताए।  ‘अहिले कहिँकतै यो सरकारमा केही कमजोरीहरू देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ। किनभने दुईवटा ठूला दल सरकारमा छन्,’ कोइरालाले अघि भने, ‘यी दुईवटा ठूला दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने पनि त्यतिकै शंका छ। धेरैलाई शंका छ। हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कैपनि ठिक ट्र्याकमा अघि बढ्छ।’  साथै, उनले अहिले पार्टीका नेताहरू कहिँकतै अल्झिएको जस्तो लाग्ने बताए। ‘कता कता हामीहरू अलमलिएको, अल्झिएको हो कि जस्तो मलाई पनि लाग्छ,’ उनले भने। राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएको कोइरालाको भनाइ छ।   कांग्रेस र एमाले मिलेर बनाएको सरकारलाई टिकाएर लैजानुपर्ने पनि उनले बताए। उनले कांग्रेसले एक्लै चुनाव लड्ने क्षमता राख्नुपर्ने पनि बताएका छन्। ‘यो सरकार अहिले जुन बनेको छ। नेपाली कांग्रेस र एमालेको सरकारलाई टिकाएर कसरी अघि लग्ने, मजबुत कसरी बनाउने? राजनीतिक स्थायीत्व भएन भनेर हामीले यो बनाएको हो।  यसले अप्ठेरा परिस्थिति सिर्जना गर्छ,’ उनले भने, ‘सरकारमा स्थायीत्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि दिन नसक्ने लगायतका कारणले हामीले कांग्रेस र एमालेको सरकार बनाऔँ भनेर सोचेका हौँ।’ 

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो। तीनजनाको समूहले हत्या गरेको जनाइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

कान्तिपुर मिडियाका अध्यक्ष पक्राउप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीले आज विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको भन्दै आपत्ति जनाएका छन् । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग माग समेत गरेको छ । यस्तो छ विज्ञप्ति कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति  महासंघको ध्यानाकर्षण  मितिः २०८१ जेठ ८ गते कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको छ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ । कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्वीकार्दैन । यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।  रोसन पुरी महासचिव

सुनकोशी मरिनको कार्यान्वयनबाट अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् ।  सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे।  “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।” सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।उनले भने, “सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।” कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए।   नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा प्रयोगगरी राष्ट्रको समग्र विकास गरिने बताए। प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए। उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गरे। यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए ।  आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा तालरजलासयमा पर्यटन व्यवसाय फस्टाउने उल्लेख गरे। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याउनेछ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

उद्योग विभागअन्तर्गतको ९ अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी सम्मेलनको अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन् । उद्योग मन्त्रालयले उद्योग विभागमा आएका ९ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रस्तावलाई स्वीकृत गरेको हो।   सोमबार मन्त्री भण्डारीले ती लगानीकर्ताहरुलाई प्रमाणपत्र समेत दिएका छन् । स्वीकृतमध्ये बहुउद्देश्य राखिएको एउटा चिनियाँ व्यक्तिगत लगानी पनि छ। मन्त्रालयले इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता रहेको जनाएको छ। त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ भने यसबाहेक दोस्रोमा एस एण्ड जेजी इन्भेस्टमेन्ट कम्पनी अस्ट्रेलियाको लगानी पनि स्वीकृत भएको छ। बिजनेस कम्प्लेक्स बनाउने भनिएको प्रस्तावमा ३ अर्बको लगानी हुनेछ। तेस्रोमा बेलायती लगानीकर्ताको १३ करोड लगानी प्रस्ताव गरिएको छ । यसबाट २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने भनिएको छ।  नेपालमा विदेशी लगानी स्वीकृत गर्ने दुई निकाय लगानी बोर्ड र उद्योग विभागले मध्ये बोर्डले ६ अर्बभन्दा माथिको लगानी स्वीकृत गर्ने गर्छ भने सोभन्दा कम विदेशी लगानी उद्योग विभागमार्फत स्वीकृत हुन्छ।

गफ होइन, काम गरेर देखाउनुपर्छ भन्ने मान्यता स्थापित गरेका छौं  : मेयर दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गफ होइन काम गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेर देखाएको दाबी गरेकी छिन्।  ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहमा आज उनले सो कुरा बताएकी हुन् ।  ‘बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने कुरा भरतपुर महानगरपालिकाले स्थापित गरेको छ । भरतपुरले आर्थिक, समाजिक, धार्मिक, साँस्कृतिक विकासमा महानगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनुपर्छ । यही मान्यताका साथ भरतपुर अगाडि बढेको छ’,  उलने भनिन् । भरतपुरको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलेको भूमिका जति प्रशंसा गरेपनि नपुग्ने बताइन् ।त्यस्तै महानगरपालिकाको समृद्धिका लागि पूर्वप्रधानमन्त्रीहरू, दलका नेताहरू, सरोकार तथा नगरबासीलाई धन्यवाद दिइन् ।  उनले भरतपुर भ्रमण वर्षले आर्थिक, सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विश्वका पर्यटकलाई आकर्षित गर्ने उदेश्य रहेको बताइन् । महानगरपाका बासीले दुईपटकसम्म विजयी गराएर आर्थिक समृद्धिको उवाहर ल्याएको उनले बताइन् । सो अवसरमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न स्थानीय तह आफैमा बलियो हुनेपर्ने धारणा समेत व्यक्त गरिन ।  

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

  काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदै छ ।  बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए ।  आईडीएको २१औं बैठक आगामी असारमा काठमाडौँमा हुँदै छ । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए ।  बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए ।  यस्तै बैठक तयारीबारे काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो ।  नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ । आईडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आईडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।

इलाम २ मा माओवादीको साथ पाएका एमालेका सुहाङ नेम्वाङ विजयी

माओवादी केन्द्रको समेत साथ पाएका सुहाङ निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

रुकुमपश्चिमको मग्गामा सहिदस्मृति मेला

रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा सहिद स्मृति मेला सुरु भएको छ । मेलाको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले गर्नुभएको थियो । मग्मामा हरेक वर्ष सहिदहरूको सम्झनामा मेला लाग्दै आएको छ । सोमबारबाट सुरु भएको सहिद स्मृति मेला कात्तिक २ गतेसम्म  चल्ने सहिद स्मृति मेला समिति सदस्य देवराज खनाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा खुला वडा स्तरीय महिला, पुरुष भलिबल, पुरुष डवल ब्याडमिन्टन लगायत सांस्कृतिक कार्यक्रमहरू मयूर नाच, सिगांरु नाच पनि प्रदर्शन गरिएको छ । मेलामा पुरुष भलिबल प्रतियोगिताको लागि जिल्लाको विभिन्न ठाउँबाट २६ समूहले सहभागिता जनाउँदा महिला भलिबल तर्फ १० समूहले सहभागिता जनाएको सहिद स्मृति मेला समितिका सदस्य खनालले जानकारी दिनुभयो ।  पुरुष भलिबल तर्फ  विजेता हुने समूहले नगद १ लाख ६ हजार रुपैयाँ, उपविजेता हुने समूहले नगद ७५ हजार रुपैयाँ र सान्त्वना हुने दुई समूहले समान नगद २०/२० हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै महिलातर्फ विजेता हुने समूहले नगद २५ हजार उपविजेता हुने समूहले नगद १५ हजार  र सान्त्वना हुने दुई समूहलाई समान ५/५ हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ६ जिपसिङमा जन्मनु भएका सहिद रवि केसी लगायत अन्य सहिदहरूको सम्झनामा विगत २५ वर्षदेखि नेकपा माओवादी केन्द्रले हरेक वर्ष मग्मामा मेला आयोजना गरिरहेको छ ।  नगेन्द्र रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, बाँफिकोट गाउँपालिका इन्चार्ज धर्मबहादुर केसी, पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।सहिद स्मृति मेला समितिका सदस्य नवराज खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य किरण विश्वकर्माले गर्नुभएको थियो । 

घोराहीमा पार्टी प्रवेश गर्ने युवाहरुलाई पूर्वमन्त्रीद्वारा स्वागत

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्नुभएको छ। पार्टी  प्रवेशगर्नेहरुमा घोराही ६ बाट कांग्रेसका भक्तबहादुर डाँडी, घोराही १५ का रमेश पौडेल, घोराही १५ बाट कांग्रेसका बुद्धिराम चौधरी, घोराही १५ बाट राजु चौधरी, सोही वडाका रामु चौधरी, दिनेश चौधरी, बुद्धिराम चौधरी, सीता चौधरी, सज्जन चौधरी, जिवन चौधरीलगायत रहनुभएको छ । माओवादी केन्द्रले अघि सारेको भ्रष्टाचारबिरोधी अभियान मन पराएर आफूहरु सो पार्टीमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।  नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता शर्माले नयाँ नेपाल निर्माणको अगुवा पार्टी माओवादी केन्द्रले अब सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनताले चाहे जस्तो नयाँ नेपाल बनाउने बताउनुभयो । त्यसका लागि आम युवाहरुलाई पार्टीमा गोलबन्द भएर अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यमा विकास गर्छौं : प्रधानमन्त्री

“वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ।”