टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल ए

काठमाडौं । पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर नेपाल ए ले पाहिला फिल्डिङ गर्दैछ।टस जितेका आयरल्यान्डका कप्तान निल रकले ब्याटिङ गर्ने निर्णय लिए। नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ।

सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड ए ले दुवै खेलमा हारेको थियो । नेपाल ए सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ए ले २/१ ले जितेको थियो ।

नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ए लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।


नेपालको प्लेइङ  ११ 

विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल ।

बेन्चमा : रञ्जित कुमार, रुपेश सिंह, विकाश आग्री र नरेन भट्ट ।

जनक शिक्षा सामग्रीले माग्यो नबौँदेखि पाँचौं तहसम्म दरखास्त (सूचनासहित)

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको छ । नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ ।   लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

रुखको कथा

चौतारीमा एउटा रुख थियो । हरियो रुखले झपक्कै चौतारी ढाकेको थियो । बटुवाहरु यहि चौतारीमा बिसाएर सितल ताप्थे र आनन्द मान्थे । माथि हाँगामा विभिन्न प्रजातीका चराहरुले गुँड बनाए, बचेरा कोरले । रंगीचंगी चराहरुको आवाजले परसम्मको वातावरण सुमधुर बनाउँथ्यो । यो वातावरण देखेर गिद्धहरुपनि त्यहि अग्लो रुखमा आएर बास बस्न थाले । त्यहिं गुँड बनाए । साना चराहरुलाई ठुँग्ने, लखेट्ने, बचेरा मारिदिने गर्न थाले । बाँदरहरु पनि त्यहि रुखमा आए । फल खाए, झारे । फूल चुँडेर नष्ट गरे । रुखका हाँगा जथाभावि उफ्रिएर भाँचिदिन थाले । रुखको फेदमा सित्तल चौतारी थियो । बटुवाहरु भारी बिसाउँथे, एक निन्द्रा मस्त निदाउँथे । यो आनन्दको वातावरण देखेर केही लोभीपापीहरुले चौतारीलाई नै बासस्थान बनाए । तिनै रुखका हाँगा छिमोले, लहलहाउँदा स्याउला काटेर घर पो बनाए । रुख लोपी पापीहरुको अड्डा भयो, सक्दो फाईदा लिए । विस्तारै चौतारी सुनसान हुन थाल्यो । एकातिर रुखको जरैदेखि आवादी बढ्दै थियो, अर्कातिर चर्को घामले ओइलाउँदै गयो । केही सचेत नागरिकले रुख बनाउन अतिक्रमण बन्द गराउने र मलजल गर्ने अभियान पनि नचलाएका होईनन् तर घाम झनै चर्कियो । एकदिन घामले मात्र रुख सुकाउन नसकेपछि हँसिया र हथौडालाई साथी बनायो । त्यसपछि माथिबाट घामले ताप फ्याक्ने र तलबाट हँसिया र हथौडा मिलेर रुखका बोक्रा उक्काउन थाले । रुख सुक्दै गयो तर पहिला रुखबाट फाईदा लिन तम्सिनेहरु टुलुटुलु हेरिबसे । विचरा केही चराहरु अहिलेपनि रुख फेरि पहिला जस्तै हरियो हुने आशामा हाँगामै गुँड बनाएर बसिरहेका छन् । गाउँलेहरु भन्न थाले अब यो रुख बुढो भयो, काटेर दाउरा बाल्नु पर्छ, काठ चिर्नु पर्छ र त्यो चौतारीमा नयाँ विरुवा रोप्नुपर्छ । (copy) तर थाहा छैन, कसले गर्ने हो यो काम ।

किन देखिन्छ शरीरमा मुसा, के खतरा हुन्छ यसले ?

डा.ललितकुमार मिश्र जन्मिएपछि देखापर्ने मुसाको मुख्य कारण इन्फेक्सन हो । यी मुसाहरू शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाइरस हो । छालामा पेपिलोमा भाइरसको कारण ससाना, खस्रो, कडा खालको दर्दरहित दानाजस्तो छालामा पलाउँदछ । केही प्रकारका मुसाहरू शारीरिक सम्पर्कको माध्यमले पनि फैलिन्छ । मुसा तोरीको दानादेखि अंगुरको आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छ । यो एक किसिमको छालाको रोग हो । जसलाई मुसा (वार्टस) भनिन्छ । सामान्यतया शरीरमा देखिने मुसाहरू कालो, खैरो, सेतो, रातो किसिमको देखिन्छ भने कहिलेकाहीँ छालाको रङजस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरूलाई यी मुसाहरू आएको थाहा नै हुँदैन । यसकारण मानिसहरू यसको बारेमा ध्यान दिँदैनन् । लक्षणहरू धेरैजसो मुसाहरू छालाको सतहभन्दा आलिक माथि उठेको खस्रो सतह भएको हुन्छ । आकारमा यो गोलो, अन्डाकार, च्याप्टो हुन्छ भने केही चिल्लो मुलायम र चेप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ । केही मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ । पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिनलाग्दो देखिन्छ, यस्ता मुसाहरू विशेषगरी हात र खुट्टामा देखिन्छन् । मुसामा प्रकारहरू (१) साधारण देखिने मुसाहरूलाई कमन वार्टस भनिन्छ । यस्ता मुसा हात, खुट्टा, मुख वा कपडाले नढाकिने शरीरका विभिन्न स्थानहरूमा बढी देखिन्छ । यी मुसा सानार ठूला पनि हुनसक्छन् । यो मुसा हेर्दा खस्रो देखिने, सारो र पानी पर्दा फुल्ने खालको हुन्छ । बच्चा र बूढा सबैलाई यस प्रकारको मुसा आउँछ । (२) चेप्टो खालको मुसा (फ्ल्याट वार्टस) बच्चा र वयस्क व्यक्तिमा बढी देखिन्छ । विशेष गरेर केटाकेटीहरूको अनुहार, निधार, हात र खुट्टामा देखिन्छ । यो अन्य मुसाजस्तो सजिलै थाहा पाउन सकिन्न । यस्ता मुसा ससाना थोप्लाजस्ता देखिन्छन् र यसको टुप्पो पनि समथर हुन्छ । यो दाह्रीजुँगा भएको ठाउँमा बढी आउँछ । यस प्रकारको मुसा बच्चाको हातमा पनि देखिन्छ । (३) जेनिटल वार्टस (कन्डिलोमा) अर्थात् प्राइभेट पाटर््समा देखिने यो मुसा सामान्यतया गुप्तांग क्षेत्र वरिपरि र तिघ्राको बीचमा तथा महिलाको योनिका साथै मलद्वारमा पनि देखिन्छ । यी मुसा यौनसम्पर्कबाट सर्दछ । यीमुसाहरू आकारमा अंगुरका झुप्पाजस्ता ससाना दानादेखि ठूलाठूला झुप्पाजस्ता पनि हुनसक्छन् । (४) हत्केला र खुट्टामा देखिने मुसालाई प्लामो प्लान्टर वार्टस भनिन्छ । हत्केला र खुट्टाको पंैतालामा हुने यस प्रकारका मुसाहरू दुख्ने र सारो हुनुको साथै बीच भागमा केही खाल्डोयुक्त हुन्छ । यसले गर्दा व्यक्तिलाई हिँडडुल गर्न पनि अप्ठ्यारो हुन्छ । नङको जरा वा वरिपरि यस्तो मुसा आउँदा अत्यन्तै दुख्छ । (५) यस्तै अर्को प्रकारको मुसा जुन प्राय (बुचर) कसाई (मासु काटी रहने मान्छे) को हातमा देखिन्छ । यस प्रकारको मुसालाई बुचर वार्टस भनिन्छ । यो साह्रै कडा हुन्छ र हेर्दा काउलीजस्तो देखिन्छ । क्यान्सर कारक पनि हुन्छ मुसा यदि तपाईंलाई जन्मिँदादेखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठूलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रूप धारण पनि गर्न सक्छ । यदि कुनै व्यक्तिमा तीस वर्षको उमेरपछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढी रहन्छ । खतरानाक अवस्थाका मुसा यदि शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजरअन्दाज गर्नु हुँदैन । यदि मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसँग सल्लाह गर्नुपर्छ । उपचार हुन त मुसा ६ महिनादेखि वर्ष दिनभित्र आपंmै हराएर जान थाल्छ । त्यसको लागि कुनै विशेष उपचार गरिरहनु पर्दैन । शरीरका विभिन्न भागमा रहेका मुसाहरूको उपचार विभिन्न प्रकारको विधिबाट गरिन्छ । जस्तै, भौतिक रूपले नष्ट गर्ने । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने आदि इत्यादि । यी विधिका आफ्नै जटिलता र धेरै साइड इफेक्टहरू पनि छन् । हेल्थटुडेनेपाल डटकमबाट साभार

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ८ गते शनिबार सन् २०२४ अप्रिल २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

कथाकार परशु प्रधानको निधन

काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।  निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् । सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् ।  त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट (२) संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

विदेशमा अपराध नेपालमा अनुसन्धान !

एक नेपाली युवालाई टर्कीमा अपहरण गरेर बंगलादेशमा फिरौती असुल गरिएको घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । नेपाल प्रहरीको पहलमा अपहरणकारीको बंगलादेशमा रहेको बैंक खाता रोक्का गरिएको छ । इन्टरपोलमार्फत प्रहरीले अपहरणकारी पक्राउ गर्न पहल गरेको छ । रुकुमका झलक नकाल ६ महिनाअघि टर्कीको इस्तानबुलमा अपहरणमा परेका थिए । नौ हजार अमेरिकी डलर दिएपछि उनलाई मुक्त गरिएको थियो । फिरौती भने बंगलादेशमा लिइएको थियो । नकालले नेपाल फर्किएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि घटनाको अनुसन्धान अघि बढाइएको हो । परराष्ट्र मन्त्रालयमार्फत फिरौती लिइएको रकम बैंकमा रोक्का राखिएको र अपहरणकारीलाई कारबाही गर्न टर्कीको प्रहरीसँग कुरा भइरहेको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए । कसरी भएको थियो अपहरण ? रुकुम मुसिकोटकै प्रकाश वलीमार्फत झलक नकाल एक वर्षअघि भिजिट भिसामा टर्की गएका थिए । जसमा उनको १२ लाख रुपैया“ खर्च भएको थियो । वली टर्कीमा बस्दथे । उनले इस्तानबुलमा जागिर लगाइदिए । तर, सम्झौताअनुसार तलब नपाएपछि उनले छाडिदिए । अर्काे जागिरको खोजीमा रहेका वेला उनै वलीले अर्काे जागिर मिलाइदिने भन्दै उनलाई भेट्न डेरामा आए । उनीसहित तीनजना भारतीयलाई कम्पनी हेर्न लैजाने भन्दै एक घरमा पुर्‍याई बन्धक बनाएर पैसा माग्न थालियो । एक साता बन्धक बनाएपछि कोरियामा रहेका आफ्ना दाइमार्फत उनले नौ हजार अमेरिकी डलर पुबाली बैंकमा पठाएका थिए । पैसा पठाएर रिहा भएपछि उनले प्रहरीमा उजुरी गरे । तर, टर्कीको प्रहरीले चासो नदिएपछि उनी नेपाल फर्किए । सिआइबीले प्रकाश वलीसहित बंगलादेशी नागरिकहरू मोहम्मद अनवर मलिक र मोहम्मद मनन मलिकविरुद्ध मुद्दा दायर भएको छ । ‘उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएका छौँ,’ एसएसपी बस्नेत भन्छन्, ‘उनीहरूलाई नेपाल ल्याएर कारबाही गर्ने प्रयासमा छौँ ।’ टर्कीको प्रहरीसँग पनि कुरा भइरहेको सिआइबीले जनाएको छ । नेपाल प्रहरीकै पत्राचारका आधारमा फिरौती पठाइएको बंगलादेशको पुबाली बैंकमा रहेको मनन मालिकको खाता पनि रोक्का गरिएको छ । उनको खातामा सात लाख तीन हजार ८९ बंगलादेशी टा“का रोक्का छ । इन्टरपोलको सहयोगमा सो पैसा फिर्ता ल्याउने प्रक्रियासमेत परराष्ट्र मन्त्रालयमार्फत नेपाल प्रहरीले अघि बढाएको छ । यसअघि पनि भएको थियो अनुसन्धान विदेशमा भएको अपराधको नेपालमा अनुसन्धान गरेर मुद्दा दायर गरिएको यो पहिलो घटना होइन । विगतमा पनि नेपाल प्रहरीले विदेशमा भएका अपराधको नेपालमा अनुसन्धान गरी मुद्दा दायर गरेको छ । तीन वर्षअघि नेपालका मेनपावर व्यवसायी रामप्रसाद नेपालको मलेसियामा अपहरण भएको थियो । व्यापारसम्बन्धी छलफल गर्न भन्दै मलेसिया बोलाएर अपहरण गरी फिरौती मागिएको थियो । जुन घटनाको पनि सिआइबीले अनुसन्धान गरेको थियो । जसमा संलग्न कमल गौलीलाई सिआइबीले नेपालबाटै पक्राउ गरी अपहरण मुद्दा दायर गरेको थियो । अपहरणकारीले उनलाई चढाएको गाडी दुर्घटनामा परेका वेला उनी भागेर नेपाल आएका थिए । त्यस्तै, ग्रिसमा अपहरणमा परेका संखुवाभासमा कृष्ण गुरुङलाई पनि नेपाल प्रहरीकै पहलमा अपहरणमुक्त गराएको थियो । अपहरितका आफन्तले नेपालमा उजुरी गरेपछि ग्रिसको प्रहरीलाई आग्रह गरी गुरुङलाई मुक्त गरी अपहरणकारीलाई पक्राउ गराउन सफल भएको थियो । तीन वर्षअघि थाइल्यान्डमा गएर नेपाल प्रहरीले अनुसन्धान गरेको थियो । तीन नेपाली विद्यार्थी अपहरणमा परेको सिआइबीका एक अधिकारी थाइल्यान्ड गएरै अनुसन्धान गरेका थिए । फिरौती बुझेर थाइल्यान्ड पठाउन खोज्ने सुजन यादवलाई नेपालमा पक्राउ गरी अपहरण मुद्दामा कारबाही गरेको थियो । उनले अपहरणमा परेका एक विद्यार्थीको परिवारबाट एक करोड रुपैयाँ लिएर हुन्डीमार्फत पठाउने प्रयास गरेका थिए । ‘जुनसुकै ठाउँमा बसेर अपराध गरे पनि अब जोगिन गाह्रो छ,’ सिआइबीका एसएसपी बस्नेत भन्छन्, ‘जुनसुकै देशमा बसेर अपराध गरे पनि नेपालमा अनुसन्धान र कारबाही गर्न सक्ने भएका छौँ ।’ प्रहरीमा हटेन घुमुवा विकृति संघीय प्रहरी इकाइ जनकपुरमा कार्यरत असइ रामरेखा यादव र हवल्दार राजीव पटेल अकस्मात् मुख्यालय झिकाइएका छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालय महोत्तरीका हवल्दार बच्चा यादवलाई पनि मुख्यालय तानिएको छ । प्रहरी मुख्यालयमा आवश्यकता परेर नभई गम्भीर उजुरी परेपछि अनुसन्धानका लागि उनीहरूलाई झिकाइएको हो । अहिले १ नम्बर गणमा राखेर उनीहरूमाथि छानबिन भइरहेको छ । व्यापारीहरूलाई धम्क्याएर रकम असुलेको तथा आपराधिक समूहसँग मिलेको आरोप उनीहरूमाथि छ । स्थानीय व्यवसायीले नै उजुरी गरेपछि प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत रहेको उजुरी छानबिन इकाइले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ । उनीहरू हाकिमको विश्वासपात्र बनेर सादा पोसाकमा कार्यरत थिए । प्रहरीविरुद्ध महानिरीक्षकको सचिवालयमा दर्जनौँ उजुरी देशभरिकै प्रहरीविरुद्ध महानिरीक्षकको सचिवालयमा दर्जनौँ उजुरी परेका छन्, जसमध्ये झन्डै आधाजसो सादा पोसाकमा काम गर्ने घुमुवा प्रहरीविरुद्ध छन् । त्यसमा पनि धेरै तराईका जिल्लामा कार्यरत घुमुवा प्रहरीविरुद्ध छ । पछिल्लो दुई महिनामा मुख्यालयले तराईका सातजना सादा पोसाकमा काम गर्ने प्रहरीलाई निलम्बन गरिसकेको छ । कतिपयलाई त्यहाँबाट हटाइएको छ । प्रहरीमा उजुरी र छानबिन सामान्य प्रक्रिया भएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाने बताउँछन् । सूचना संकलनका नाममा हाकिमहरूले गोप्य रूपमा परिचालन गर्ने घुमुवा प्रहरीहरू प्रहरीभित्रको भ्रष्टाचारको प्रमुख कारण बन्दै आएका छन् । लुटपाटदेखि अपहरणसम्म घुमुवा प्रहरीका कारण प्रहरी संगठनकै छवि बिग्रँदै गएको छ । उनीहरू विभिन्न घटनामा मुछिँदै आएका छन् । गत माघमा अपराध महाशाखाका सइ सम्बत लामा र सूर्य लामाले मेनपावर व्यवसायी बद्री राईको अपहरण गरेका थिए । चैतमा घटना बाहिर आएपछि उनीहरू पक्राउ परेका थिए । दुवै सादा पोसाकमा कार्यरत थिए । दुई वर्षअघि जिल्ला प्रहरी कार्यालय बा“केका एसपी शेखर कोइराला घुमुवा प्रहरीकै कारण निलम्बनमा परेका थिए । घुमुवा प्रहरी सइ सुमन खरेल घुससहित पक्राउ परेपछि अख्तियारले उनलाई पनि निलम्बित गरेको थियो । चार वर्षअघि काठमाडौं परिसरमै कार्यरत घुुमुवाले सुन लुटेका थिए । मिलेमतोमा सुपारी तस्करी प्रकरणमा अञ्चल प्रहरी कार्यालय नारायणीका सइ राजेश यादवलाई गत वर्ष क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले निलम्बन गरेको थियो । त्यस्तै, पर्साकै मर्टिअवा चौकीका घुमुवा प्रहरी हवल्दार नागेन्द्र बैठा बर्खास्तमै परेका थिए । क्षेत्रीय प्रहरी प्रमुखका रूपमा आफूले हेटौँडामा काम गर्दा एक दर्जनभन्दा धेरै घुमुवा प्रहरीलाई कारबाही गरेको डिआइजी गणेश केसी बताउँछन् । तराईका सबै जिल्लाका प्रहरीविरुद्ध अहिले मुख्यालयमा उजुरी परेको छ । अन्य जिल्लामा पनि घुमुवा प्रहरीहरू पटकपटक विवादमा तानिने गरेका छन् । इन्टेलिजेन्स ब्युरो अन्योलमा सूचना संकलनका नाममा हाकिमको निकट भएर सादा पोसाकमा काम गर्ने ‘घुमुवा प्रहरी’ हटाउन तीन वर्षअघि प्रहरी प्रधान कार्यालयले थालेको काम अलपत्र परेको छ । घुमुवा प्रहरीका कारण बदनाम भएको भन्दै सूचना संकलनका लागि इन्टेलिजेन्स ब्युरोअन्तर्गत परिचालन गर्ने योजना थियो । अहिले पनि देशभरिका प्रहरी कार्यालयमा सादा पोसाकमा घुमुवा प्रहरी कार्यरत छन् । जो सूचना संकलन र अपराध अनुसन्धानभन्दा बढी हाकिमलाई खुसी बनाउन केन्द्रित हुने गर्दछन् । बदनाम भएकै कारण उनीहरूलाई इन्टेलिजेन्स ब्युरोको कमान्डमा सञ्चालन गर्ने योजना बनेको थियो । अपराध अनुसन्धान विभागअन्तर्गत डिएसपीको कमान्डमा इन्टेलिजेन्स ब्युरो बनेको छ, तर उसको काम प्रभावकारी छैन । दुई वर्षभित्र कुल प्रहरी जनशक्तिको १० प्रतिशत अपराध–अनुसन्धानमा खटाउने योजना तीन वर्षअघि नै बनेको थियो । जुन अहिले ५.२५ प्रतिशतमै रोकिएको छ । अपराध अनुसन्धानको पुरातन शैलीलाई परिवर्तन गरी विशेषज्ञता दिन अपराध अनुसन्धान समूह गठनको प्रक्रिया अघि बढेको थियो । उनीहरूलाई प्रोत्साहन भत्ता दिनेसमेत प्रस्ताव गरिएको थियो । सुरुको कार्ययोजना पारित भए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । सो कार्ययोजना बनाउने सुरेन्द्रबहादुर शाह हाल गृहमन्त्रीका सुरक्षा सल्लाहकार छन् । प्रहरीको अपराध अनुसन्धान विभागले बनाएको कार्ययोजनाअनुसार अहिलेसम्म देभभरिका घुमुवा हटिसक्नुपर्ने हो । विभागले तयार पारेको योजना सबैबाट स्वीकृत भई लागू गरेको थियो । सूचना संकलन र मुद्दा शाखाका प्रहरीलाई अपराध अनुसन्धान समूह गठन गर्ने प्रक्रिया अघि बढेको थियो । जुन यतिवेला अलपत्र परेको छ । देशभरिका सबैजसो प्रहरी कार्यालयमा सूचना संकलनका लागि भनेर सादा पोसाकमा प्रहरीहरू कार्यरत छन् । कतिपय स्थानमा उनीहरूले राम्रो काम गरे पनि केही स्थानमा सूचना संकलनभन्दा पैसा संकलनमा केन्द्रित हुने भएकाले प्रहरीमा बदनाम छन् । प्रायः एउटै कार्यालयमा काम गर्ने खराब व्यक्तिहरूसँग उनीहरूको सम्बन्ध हुने गर्दछ । उनीहरूमार्फत नै प्रहरीका हाकिमहरूले ‘सेटिङ’ मिलाएर पैसा असुल्ने गरेका छन् । आफैँ पैसा लिँदा जोखिम धेरै हुने भएकाले प्रहरीका हाकिमहरूले घुमुवामार्फत नै पैसा असुल्ने गरेका छन् । कारबाहीमा परे पनि घुमुवा मात्र पर्ने भएकाले प्रहरीमा यस्तो विकृति नरोकिएको हो । डिएसपीलाई स्पष्टीकरण ८८ किलो सुन बरामदको घटनामा शंकास्पद भूमिका खेलेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेललाई महानगरीय प्रहरी परिसरले स्पष्टीकरण सोधेको छ । सुनबारे सूचना पाएर पनि बरामद गर्न चासो नदेखाएको भन्दै महानगरीय प्रहरी कार्यालयको निर्देशनमा परिसरले स्पष्टीकरण सोधेको हो । गत सोमबार बिहान क्षेत्रपाटीबाट महानगरीय अपराध महाशाखाले ८८ केजी सुन बरामद गरेको थियो । त्यसबारे महानगरीय प्रहरी कार्यालयले पहिले नै लैनचौर वृत्तलाई खबर गरी बरामद गर्न निर्देशन दिएको थियो । तर, डिएसपी पोखरेलले त्यसमा गम्भीरता नदेखाएको भन्दै स्पष्टीकरण सोधिएको परिसरका एक अधिकारीले बताए । पोखरेल गत महिना मात्र वृत्तमा सरुवा भएका थिए । सुनका मालिक मानिएका चिनियाँ नागरिक पनि प्रहरीबाटै सूचना पाएर भागेको आशंका गरिएको छ । एक किलो सुनसहित ताइवानी पक्राउ एक किलो सुनसहित ताइवानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट काठमाडौं आएका ताइवानी नागरिक चिएचुन चाङलाई प्रहरीले पक्राउ गरेको हो । भन्सारको एक्सरे चेकिङका क्रममा उनी पक्राउ परेको एयरपोर्ट भन्सार प्रमुख नारायण सापकोटाले बताए । झोलामा लुकाएको अवस्थामा सुनका २७ वटा टुक्रा फेला परेको थियो । सुन करिब एक किलो रहेको सापकोटाले बताए । कुनै समूहले बाहकका रूपमा उनलाई तस्करीमा प्रयोग गरेको प्रहरी आशंका छ । चाङको नेपालमा पनि कुनै समूहसँग सम्बन्ध रहेको आशंकामा थप अनुसन्धान अघि बढाइएको सापकोटाले बताए । एक महिनाअघि दुई किलो सुनसहित भन्सारमा दुई बाहक र एक प्रहरी पक्राउ परेका थिए । -नयाँ पत्रिकाबाट

परराष्ट्रसचिव लम्साल सोमबार ओमान जाने

काठमाडौं । परराष्ट्रसचिव सेवा लम्साल सोमबार (भोलि) ओमान जाने भएकी छन्। नेपाल र ओमानबीच हुन गइरहेको द्विपक्षीय परामर्श समितिको पहिलो बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जान लागेकी हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श समितिको बैठक यही साउन २३ गते ओमानको मस्कटमा हुँदै छ।ओमान भ्रमणमा क्रममा परराष्ट्रसचिव लम्साल मस्कटमा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रसचिव लम्साल साउन २५ गते ओमानबाट स्वदेश फर्कनेछिन् ।

प्रधानमन्त्री ओली संसद्मा बोल्दा वर्षमानले किन जनाए नियमापत्ति ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् ।  सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु भयो । सत्तारुढ काँग्रेस सांसद धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न राखेका थिए ।  उनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा तत्कालीन मन्त्री पुनले अघि सारेको गण्डकी त्रिभुज आयोजना महत्वपूर्ण रहेको भन्दै त्यसको कार्यान्वयन कहिलेदेखि सुरु हुने र कहिले अन्त्य गर्ने सरकारको योजना रहेको भन्ने प्रश्न गरे । यस्तै आर्थिक अवस्था सुधारका लागि आर्थिक गैह्रकानूनी कारोबार नियन्त्रण गर्ने सरकारको योजना के छ भन्ने गुरुङको दोश्रो प्रश्न थियो ।  प्रधानमन्त्री ओली सांसद गुरुङको प्रश्नको जवाफमा प्रवेश नगरी शून्य समयमा सांसदहरुले आफू र सरकारमाथि उठाएका प्रश्नको प्रतिवादमा उत्रिए । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बिचौलियाको योजनामा विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गरेबापत तिर्नुपर्ने विद्युतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले काटेको लाइन जोड्न र बक्यौता मिनाहा गर्न प्रधनमन्त्री ओलीले दबाब दिएको आरोप लगाएका थिए । उनले बिचौलियाको सेटिङमा राज्यलाई अरबौं नोक्सान पुग्ने गरी बक्यौता मिनाहा गर्न लागिएको बताएका थिए ।  ओलीले दाहालको नाम उल्लेख नगरी उनको प्रतिवादमा उत्रन सुरु गे । उनले गरिमामय संसदमा बोल्दा भएका, सही र तथ्ययुक्त कुरा मात्र बोल्न रजथाभावी नबोल्न चेतावनी दिए । जनताले छानेर पठाएका प्रतिनिधिले त्यस हैसियतमा बोल्नुपर्ने भन्ने ओलीले आफूमाथि सुनको जलहरीमा ठाउँमा पित्तल लगाएको भन्ने आरोप लगाउने, अनेकखालका फोटाहरु बनाएर पछाएको जस्ता टिप्पणी गरे । आफू प्रधानमन्त्री बनेकामा कसैलाई मर्का परेको र चित्त नबुझेको भए पनि अमर्दादित, हल्का र हावादारी प्रश्न नगर्न ओलीले भने ।  ओली थप अगाडि बढदै गर्दा पुन उठेर हात उठाए । सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे । तर, पुनले नियमापत्ति रहेको बताएपछि सभामुख घिमिरेले ‘सम्माननीय प्रधानमन्त्री एकछिन रोक्नुस’, भन्दै पुनलाई बोल्न दिए । पुनले प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा ओलीले आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी सांसदलाई गाली गरेको भन्दै आपत्ति जनाए । ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू के सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ < सभामुखले रुलिङ गर्नुपर्छ होला । उहाँ प्रश्नोत्तरमा हुनुहुन्छ । आफ्ना कार्यकर्तालाई जसरी सांसदलाई नथर्काउनुस् । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई हप्काउने ?’ सार्वजनिक अभिव्यक्तिमा अक्सर संयमता अपनाउने गरेका पुन सोमबार संसदमा भने आक्रामक रुपमा प्रस्तुत भएका थिए ।  पुनले थप बोल्न खोज्दै गरेका बेला सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र आफूले त्यतै लान खोजेको भन्दै प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित भएर बोल्न निर्देश गरे ।  ‘माननीय सदस्य ध्यानार्कषण भएको छ । मैले त्यतै लान कोसिस गरेको छु’, सभामुखले भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

'प्रधानमन्त्रीद्धारा आगामी आर्थिक वर्षदेखि लागु हुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी'

हरि ढकाललाई सभामुखले बोल्दा बोल्दै रोकेपछि.....

काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेको निर्णयलाई लिएर प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आकस्मिक समयमा बोल्ने क्रममा सभामुख घिमिरेले रोकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पनि विरोधमा उत्रिएका हुन् । सांसद ढकालले सडकबारे धारणा राखेका थिए । उनले भ्रष्टाचारको प्रकोपका कारण पनि सडक भत्किएको बताए । उनले भ्रष्टाचारको विषय आकस्मिक हुने भन्दै विद्युत्बारे धारणा राख्न थाले । त्यसैबीच, सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिए । लामिछानेले ढकालले विद्युत् महसुल भन्दा बोलिरहेको माइकको लाइन काटिनु आपत्तिजनक भएको बताए । उनले ढकाललाई आफ्नो धारणा राख्न दिन आग्रह गरे । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आकस्मिक समयमा बोल्न पाउने विधि बिगारिएको बताए । उनले जनताका प्रतिनिधिले आफ्ना विषय राख्न पाउने जिकिर गरे । निश्चित विषयमा बोल्न पाउने र नपाउने भन्ने मान्य नहुने उनले बताए ।  

प्रहरीका २६३ जना कार्यालय सहयोगीको सरूवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २६३ कार्यालय सहयोगीको सरुवा गरेको छ । बुधबार (हिजो) उनीहरूको सरुवा गरिएको हो । “आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८१ साल श्रावण महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी निम्न दरबन्दीका प्रहरी कार्यालय सहयोगीहरूलाई देहायबमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनहुन अनुरोध गरिएको छ,” प्रहरी प्रधान कार्यालयबाट राष्ट्रिय किताबखाना (प्रहरी)लाई लेखिएको पत्रमा उल्लेख छ। सरुवा सूची हेर्नोस्

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।  बैठकमा सङ्गठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ । 

मेलम्ची खानेपानी निरन्तर वितरण हुने

काठमाडौं ।मेलम्ची खानेपानी विकास समितिले बर्खायामलाई मध्यनजर गर्दै मेलम्ची मुहानमा हाइअलर्ट रुपमा कर्मचारी खटाएर काठमाडौंमा पानी सप्लाई भइरहेको जनाएको छ। शुक्रबार देखि मेलम्चीको पानी बन्द हुने समाचारहरु बाहिर आइरहँदा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेले पानीको बहाव र जोखिमलाई ध्यानमा राखेर पानी सप्लाई भइरहेको जानकारी दिए। खडेरीका समयमा काठमाडौंमा पानीको आपूर्तीलाई सहज बनाउन एक घण्टा पानी छोड्दा पनि एक हजार ट्याङ्कलाई पुग्ने पानी जम्मा हुनेहुँदा तत्काल मेलम्चीको मूलद्वार बन्द नहुने कार्यकारी निर्देशक लामिछानेले बताए। मनसुन अवधिमा विपत्तिको जोखिम बढ्नेहुँदा २४ सै घण्टा कर्मचारी हाइअलर्ट खटाइएको बताउँदै उनले पानीको बहाव बढ्ने वित्तिकै जतिबेला पनि मूलद्धारलाई बन्द गरिने बताए। मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पनि बर्षायाम सुरु भएपछि सरकारले आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ। लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ। गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो। नेपालका मनसुन भित्रिए पनि पूर्वी भू-भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठूलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो। दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो। मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो।

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे । “आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस  गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ”, अर्थमन्त्री पुनले भने। आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ। नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी पनि अर्थमन्त्री पुनले गरे। निजी क्षेत्र, प्रमुख प्रतिपक्षले समेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उहाँको भनाइ छ । आम जनतामा आशा जगाउने गरी बजेट आएको छ। बजेटले उद्यमी व्यवसायी आशा जगाउने अपेक्षा गरेका छौँ। अर्थमन्त्री पुनले भने, “देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृत्ति बढेको छ। सजिलै विदेशको बाटो रोज्नेभन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको छ।” करका दर परिवर्तनका गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको अर्थमन्त्री पुनको भनाइ छ। कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौँ भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएका छन् उनले भने। बजेटका प्राथमिकता र उद्देश्य धेरैतर्फ छर्नेभन्दा पनि कृषि, ऊर्जा, सूचना प्रविधिलगायत क्षेत्रलाई  प्राथमिकतामा राखेर आन्तरिक उत्पादन बढाउने नीति बजेटले अवलम्बन गरेको अर्थमन्त्री पुनले बताए। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पुर्‍याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको उनको भनाइ छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको पुनले बताए। हरित करको नयाँ विषय आर्थिक ऐनमा राखेको पनि पुनले बताए। रासस

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन् २०२४ अप्रिल १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर