आयरल्यान्ड ‘ए’ विरुद्व नेपाललाई १२२ रनको चुनौती

काठमाडौं। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ सामु जितका लागि एक सय २२ रनको लक्ष्य पाएको छ । 

आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएपछि नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको हो । 
नेपालका लागि ललित राजबंशी, गुल्सन झा र कुशल भुर्तेलले समान २ २ विकेट लिदा करण केसी र कुशल मल्लले समान १ १ विकेट लिए । 

आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको लिएको थियो ।

सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठूलो चुनौति हो’

काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्म आगामी मंसिर ७ गते रिलिज हुँदैछ । कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ’, उनले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो फिल्म सफल हुन्छ भन्नेमा आशावादी छु ।’ फिल्मका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने । निर्देशक लामिछानेले संस्थाको उद्देश्य पूरा हुनेगरी फिल्म निमार्ण भएको बताउँदै उनले आगामी मंसिर ७ गते हलमा आएर ‘अग्नीदहन’ हेरिदिन पनि आग्रह गरे । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ । फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ । फिल्मका वितरक डीसीएनका अशोक शर्माले ‘अग्नीदहन’ व्यावसायिक फिल्म नभएको बताए । वरिष्ठ कलाकार, निर्देशक तथा यस फिल्मका वितरक अशोक शर्माले बोक्सी प्रथा आशंकाको भरमा घट्ने घटना रहेको बताए । वैज्ञानिक रुपमा कुनै प्रमाणित गर्न नसकिने विषयमा समाजका कमजोर मान्छेलाई बोक्सीको आरोप लगाइने उनले बताए । सामाजिक सन्देश भएका यस्ता प्रकारका चलचित्रमा सरकारको पनि सहभागिता हुन आवश्यक रहेको उनको भनाइ छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदचरण उपाध्ययले समाजमा अहिले पनि बोक्सीको नामा कुट्ने, पिट्ने जिउँदै जलाउने, मलमुत्र खुवाउनेलगायतका घटनाहरु घटिरहेको बताए । विशेषगरी मधेश प्रदेशमा यो कुप्रथाको प्रभाव बढी रहेको पनि उनले बताए । उनले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताए । ‘जसरी सति प्रथा उन्मुलन भएको थियो, त्यसरी अब नेपाली समाजबाट बोक्सी कुप्रथालाई जरैदेखि उखेलेर फाल्नुपर्छ,’ उनले भने । फिल्म मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो । फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ । यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् । फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २२ गते शनिबार सन् २०२४ जुलाई ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बेलायती पाउण्डको खरिदले १७० नाघ्दा र बिक्रीदरले १७१ रुपैयाँ पार गरेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४४ पैसा र बिक्री दर १७१ रुपैयाँ २१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बावु, आमा र दुई बहिनीको निधन

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । बाढीले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, आमा ५० वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी ९ वर्षीया गंगा र जमुनाको निधन भएको हो। पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरासमेत मरहेको प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ । प्रहरीलाई प्रारम्भिक जानकारी ४० वर्षीय युगेन र उनकी तीन वर्षीया छोरी गम्भीर घाइते भएका छन् । गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अमेरिकाले सन्दीप लामिछानेलाई फेरि दिएन भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले फेरि भिसा नदिएको बताएका छन् ।बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुने तय भएको ट्वान्टी–२० विश्वकपका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन्। “फेरि पनि अमेरिकी दूतावासले सन् २०१९ मा गरेको जस्तै गरेको छ। उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपका निम्ति मलाई भिसा दिन अस्वीकार गरे। नेपाली क्रिकेटका सुभचिन्तकहरूमा माफी माग्न चाहन्छु,” सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्। यसअघि ०७६ साउनमा पनि काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि भिसाको आवेदन दिएका थिए। त्यसबेला पनि सामाजिक सञ्जालमा उक्त घटनाबारे सन्दीपले पोस्ट गरेका थिए। सन्दीपको पोस्टपछि आलोचना भएपछि अमेरिकी दूतावासले भिसा दिएको थियो ।

चितवनको इन्टर आईटी कलेज फुटसल : आइएसमटी भरतपुरलाई हराउँदै हेटौंडा स्कुल विजयी

चितवन । चितवनमा अवसर एकेडेमीद्वारा आयोजित इन्टर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ। आज साँझ सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो। भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा आज बिहानबाट सुरु भएको प्रतियोगिताको फाइनल पनि आजै सम्पन्न गरिएको हो। प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रतिव्यक्ति ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे । पुरस्कार वितरण समारोहमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ् प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेले ‘वाइवी’ को प्रमुख उपस्थिति रहेको थियो भने पपुलर युनिसेक्सका सञ्चालक सुलभ सिग्देलको विशेष उपस्थिति रहेको थियो । सेन्ट्रल कलेजले खेलमा मुख्य भसहयोग गरेको थियो । यसका साथै प्रतियोगितालाई विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए । खेलको मिडिया पार्टनरमा नारायणी अनलाइन, चितवन आज डटकम र टाइम्स अफ गोर्खा रहेका थिए । प्रतियोगितामा कुल १० टिम सहभागी भएका थिए । प्रति टिम दर्ता शुल्क २५०० लिइएको थियो । बिहानको उद्घाटन सत्रमा जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थिति रहेको थियो । सुरुवाती खेल पृथ्वीनारायण क्याम्पस पोखरा र बोस्टन इन्टरनेशनल कलेज भरतपुरबीच भएको थियो भने खेलमा पृथ्वीनारायण क्याम्पस विजयी भएको थियो । भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी विद्यार्थीहरुबीच एकआपसमा सम्बन्ध विस्तार गर्न यस फुटसल आयोजना गरिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए ।

सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २४ गते सोमबार सन् २०२४ जुलाई ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। लगातार बढेको बेलायती पाउण्डको खरिदले १७० नाघ्दा र बिक्री दर १७१ दशमलव ५० रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर स्थिर छ । कतारी रियालको खरिद दर स्थित छ भने बिक्रीदर घटेको छ । आजका लागि यूरोको विनिमयदर सामान्य अंकमा बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ७३ पैसा र बिक्री दर १७१ रुपैयाँ ५० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १५ गते शनिबार सन् २०२४ जुन २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर सामान्य अंकमा घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा र बिक्री दर १६९ रुपैयाँ १० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

नेपालमा थप लगानीका लागि ओपेक फन्डसँग आग्रह

काठमाडौँ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फन्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मङ्गलबार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फन्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताएका हुन् । अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बता्एको महासङ्घले जनाएको छ । उनले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गरे।  ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत क्षेत्रहरुमा लगानीको ठूलो सम्भावना रहेको बताए।  नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पु¥याउने हुँदा जलविद्युत् तथा नवीकरणीय ऊर्जामा लगानीका अवसर रहेको बताए।  त्यसैगरी उनले अर्को छिमेकी मुलुक बङ्गलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे। उनले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए।  नेपाल सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासङ्घसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे।  त्यसैगरी, महासङ्घको पहलमा दुई पक्षीय लगानी (बिआइए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषद्बाट पारित समेत भइसकेको छ। यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ, उनले भने।  मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासङ्घले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुबईमा बिजनेस समिटको आयोजना गरेको बताए।  उनले महासङ्घ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरु विदेशी लगानीका साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए।  महासङ्घका अनुसार ओपेक फन्डका अध्यक्ष अब्दुलहमिद अल्खलिफाले नेपालमा ओपेक फन्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत् तथा साना तथा मझौला उद्योगको प्रवद्र्धनमा ओपेक फन्डले थप लगानी गर्न तयार रहेको बताएका छन् । त्यसैगरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फन्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताए । रासस

आज २५६८ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ।आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । बुद्ध जयन्तीको अवसरमा आज सिद्धार्थ गौतमको जन्म स्थलमा कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ हिजो नै लुम्बिनी पुगिसेका छन् ।

नेपालको सहज जितः हङकङ आठ विकेटले पराजित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङमाथि नेपालले सहज जित निकालेको छ ।  टस हारेर व्याटिङ गरेको हङकङले नेपालका लागि दिएको ११५ रनको सामान्य लक्ष्य नेपालले दुई विकेटको क्षतिमा १२.२ ओभरमा पुरा गर्न सफल भयो ।  लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालका लागि आसिफ सेखले १८ बलमा ४० तथा कुशल भुर्तेलले १९ बलमा ३२ रनको योगदान दिए । कप्तान रोहित पौडेल २५ र सन्दिप जोरा १९ रनमा अविजित रहे । त्यसअघि १७.५ ओभरमा अल आउट हुँदै हङकङले ११४ रन बनाएको थियो ।  नेपालका लागि अभिनाश बोहोराले तीन, ललित राजबंशी र दिपेन्द्रसिंह ऐरिले २/२ तथा करण केसीले एक विकेट लिएका थिए ।  वर्षाले प्रभावित भएपछि एक घण्टा ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।  खेल ढिलो सुरु भएका कारण खेल १८/१८ ओभरको सञ्चालन गरिएको थियो । यो जित नेपालको लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

बानेश्वरमा गुडिरहेको बसबाट धुवाँको मुस्लो

काठमाडौं । काठमाडौंको बानेश्वरमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ। भक्तपुरबाट काठमाडौ आइरहेको प्रदेश ३ ०१ ००५ ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा धुवाँको मुस्लो निस्केको हो । धुवाँको मुस्लो निस्केको देखेपछि यात्रुहरू बसबाट झरेका थिए । चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभए पनि बस आगलागी हुनबाट भने जोगिएको छ । के कारणले बसमा धुवाँको मुस्लो आयो भन्ने खुलेको छैन ।

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताएका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गरिने बताए। “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।”  वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र सम्मृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पारे । सरकार पुनःगठनसँगै पुँजीबजारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै प्रधानमनत्री प्रचण्डले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको बताए ।  “रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन्,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ ।”  प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिने विश्वास दिलाए।  अघिल्लो वर्ष ऊर्जा र उत्साहका साथ आफूले कामको थालनी गरेको उल्लेख गर्दैै प्रधानमन्त्री प्रचण्डले ती थालेका काम पूरा गर्न र गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण सिर्जना भएको बताए। “गतवर्ष महत्त्वपूर्ण उपलब्धीहरू प्राप्त भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “तर, मेरो सङ्कल्प र हुटहुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु । सरकार पुनर्गठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै सङ्केत गर्दछ ।”

लेबनानमा अर्को इजरायली आक्रमणः मेयरसहित पाँचको मृत्यु

काठमाडौं ।  ५ दिनपछि इजरायली सेनाले फेरि लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । मंगलबार अबेर राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको बीबीसीले लेखेको छ । आफूहरूले हिजबुल्लाहको जमिनमुनिका गोदामलाई निशाना बनाएको दाबी इजरायलले गरेको छ । उता, दक्षिण लेबनानको नबाहित शहरमा भएको इजरायली आक्रमणमा ५ जनाको मृत्यु भएको छ । मारिनेमा नबातिहका मेयर पनि छन् । लेबनानमा अधिकारीहरूले हालै भएको आक्रमणमा लेबनानको दक्षिण क्षेत्रमा धेरै मानिस मारिएको बताएका छन् ।  लेबनानसँगै इजरायलले प्यालेस्टाइनी बस्ने गाजामा पनि आक्रमण जारी राखेको छ । उता, मंगलबार अमेरिकाले इजरायललाई पत्र लेखेर ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन भनेको छ, अन्यथा इजरायललाई दिँदै आएको सैन्य सहायता कटौती हुनसक्ने अमेरिकाको चेतावनी छ । 

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा पाँचदिने भारत भ्रमणको सिलसिलामा आइतबार नयाँ दिल्ली पुगेकी छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणालाई नेपाली दूतावासका चार्ज डी अफेयर्स सुरेन्द्र थापाले स्वागत गरे। परराष्ट्रमन्त्री राणा आइतबार बिहान काठमाडौंबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन् । भारत भ्रमणका समयमा उनले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछिन् । साथै, उनी नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछिन् ।   

आज साउन १५ : खिर खाने नेपाली संस्कृति

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने नेपाली परम्परा छ ।  साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसला हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा। डा। देवमणि भट्टराई बताउँछन्।   साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो।  साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन।  ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन्।  चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ। सावधानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ। खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास छ।  नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ। नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ। दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ। रासस