अनेरास्ववियू (क्रान्तिकारी) मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित

मुगु ।अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित भएका छन् । यहीँ भाद्र २५ र २६ गते भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलन बाट जिल्ला अध्यक्षमा कबिदत्त बुमि, उपाध्यक्षमा महेन्द्र बिक, सचिबमा समीर कुमार शाही, सहसचिवमा गणेश परियार र काेषाध्यक्षमा बिमाला शाही सहित ३१ सदस्य निर्बिरोध निर्वाचित भएको नव निर्वाचित अध्यक्ष कबिदत्त बुमिले बताए । 

जिल्ला भित्रका चार वटा स्थानिय तह, क्याम्पस र माबी स्कुल बाट छनोट भएर आएका प्रतिनिधिहरुको बीचबाट ५ पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला समिती निर्वाचित भएको अध्यक्ष बुमिले बताए । सम्मेलनले नेतृत्व निर्माण संगसंगै मुगु जिल्लाका तमाम शैक्षिक समस्या, भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध आन्दोलन र अभियान संचालन गर्ने, बिद्यार्थीको अतिरिक्त क्षमता बिकासको लागी विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम गर्ने, सबै माबि भन्दा माथीका शैक्षिक संस्थामा संगठन बिस्तार, गठन, पुनर्गठन गर्ने लगायतका निर्णय गरि सम्मेलन सम्पन्न भएको अध्यक्ष बुमिले बताए ।

"समाजवादी शिक्षा प्राप्तिका निम्ती हाम्रो आन्दोलन ! सशक्त र जुझारू संगठन निर्माणका लागि ७ औं जिल्ला सम्मेलन ! " भन्ने मुल नाराका साथ यहीँ भाद्र २५ गते उद्घाटन २६ गते समापन भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलनमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचीव नवराज कार्की प्रमुख अतिथि थिए भने माओवादी केन्द्रका नेता तथा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको बिशिस्ट अतिथि थिए र माओवादी केन्द्रका नेता भारत बहादुर शाही लगायत बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यकः प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मिर्चैया नगर समिति सिरहाले आज विहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताउनुभयो । २०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिंदै उहाँले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताउनुभयो । संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उहाँले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताउनुभयो। ‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ’– उहाँले भन्नुभयो– ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौं वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।’ अध्यक्ष प्रचण्डले पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दैे त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गर्दा वर्षौ पुराना तराई मधेशका समस्यालाई ध्यान दिएर काम गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौं, मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेण्डामा पनि अझ बढी मधेशका समस्या समाधानमा ध्यान दिने प्रयास गरें । वर्षौ पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ । हजारौं नागरिकताविहीनहरुले नागरिक पाउने अवस्था बनेको छ । यसलाई तपाइँहरुले महत्वपूर्ण उपलब्धिको रुपमा लिनुभएको छ भन्ने मैले बुझेको छु।’ पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताका दैनिकदिनका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताउनुभयो । उहाँले त्यसका लागि स्थानीय पार्टी कमिटीहरुलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो । जनतासँग अन्तर्क्रिया गर्दै प्रचण्ड त्यसअघि आज विहान नै अध्यक्ष प्रचण्डले सिराहको गोलबजारमा स्थानीयवासीसँग अन्तक्र्रिया गर्दै आफूले शुरू गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेशी जनताका अधिकारको संघर्षमा सधैं साथमा रहने दृढता व्यक्त गर्नुभयो ।  

शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गर्वको अनुभूति गर्न पाउने छन्ः प्रचण्ड

सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताउनुभएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै उहाँले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र वेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने बताउनुभयो । ‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुने छ । सहिद तथा बेपत्ता यौद्धाहरुको सम्मान, उनीहरुका परिवारको हेरचाह र सन्तानको पठनपाठन तथा रोजगारीको जिम्मा अब सरकारको हुनेछ’ उहाँले भन्नुभयो– ‘केही समयभित्रै आयोग बनेर यसको प्रक्रिया सुरु भयो भने सहिद तथा बेपत्ताका परिवारले साँच्चिकै आफ्ना आफन्तले देश र जनताको परिवर्तनका लागि रगत बगाएका रहेछन् भन्ने गौरव अनुभूति हुने छ।’ आफ्नो प्रधानमन्त्रीत्वकालको अन्तिम समयमा शान्ति प्रक्रियालाई टुंग्याउन आवश्यक कानुन बनाउन कार्यदल गठन गरिएको र अहिले कार्यदलको सहमतिअनुसार संसदबाट टिआरसी विधेयक नै पारित भएसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो शान्ति सम्झौताका पक्षधर शक्ति र जनताका लागि गौरवको कुरा भएको बताउनुभयो । शान्ति सम्झौता भएको झण्डै १८ वर्षपछि सबै जनयुद्धका महान् सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिंदै पूर्वप्रधानमन्त्री प्रचण्डले केही समयअघिसम्म जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने हुन् कि भन्ने चिन्ता रहेकोमा अब यो चिन्ता समाधान भएको बताउनुभयो । यसैगरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने अवसर पनि प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  ‘जसरी हामीले प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस मनाउँछौं, त्यसरी नै मैले सरकारको नेतृत्व गरेको बेलामा तत्काली सबै सत्तारुढ दलको सहमतिमा जनुयुद्ध दिवस मनाउने निर्णय गरिएको थियो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर अहिले टिआरसी विधेयक नटुंगिएको कारण देखाउँदै अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हालका लागि स्थगित गर्न भनेको छ, अब टिआरसी विधेयकमा सहमति भएर सत्यनिरुपण आयोग पनि बनिसकेपछि हामी सबैले आग्रह गर्दा जनताको चाहनाअनुसार जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने बाटो खुल्नेछ भन्ने पनि मेरो दृढ विश्वास रहेको छ ।’ यति ठूलो त्याग र तपस्यापछि प्राप्त भएको समावेशी समानुपातिक प्रतिनिधित्वसहितको जनतको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता पनि देखिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विगतमा संविधान मिचेर पटकपटक संसद विघटन गर्ने परिघटना हामीले व्यहोरेकै हौं, हामीले सडकमा गएर जनतालाई साथ लिएर खबरदारी गरेपछि मात्रै संविधान मिच्ने र संसद विघटन गर्ने असंवैधानिक कदम परास्त भएको थियो । अहिले पनि फेरि जनताका अधिकारमाथि हुनसक्ने प्रहारका विरुद्ध निरन्तर सचेततापूर्वक खबरदारी गर्नु आवश्यक छ । जरुरी पर्दा संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउन एकजुट भएर सडकमै जानुपर्ने पनि हुनसक्छ, त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने भएको छ।’ सरकारले गलत काम नगरोस् भनेर भर्खरै आफूले संसदमा खबरदारी मन्तव्य दिएको स्मरण गराउँदै उहाँले सरकारले सही काम गरे आफूरुले अवरोध नगर्ने तर सरकार जनताको चाहना, भावना र सुशासनका विरुद्ध गयो भने जनतालाई साथ लिएर आन्दोलनमा जाने बताउनुभयो । आफूले संसदमा गरेको सम्बोधनपछि देशैभरिका जनताले सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो अधिकारप्रति जनता  बढी नै सचेत रहेको आफूले पाएको पनि उहाँले बताउनुभयो ।  आफूहरुले कसैलाई आरोपित नगरेर निष्पक्षरुपमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गर्दागर्दै पनि सरकारबाट हटाइएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तपाइँहरुलाई राम्रोसँग थाहा छ, लाखौं युवाहरुले नागरिकता पाउन सकेका थिएनन्, उनीहरुलाई नागरिकता हाम्रै सरकारले दियो । वर्षौदेखिको मिटरब्याजपीडितको समस्या हाम्रै सरकारले समाधान गर्यो तर त्यो एकथरि माफियालाई पचेन र सरकार ढाल्न पुगे ।’ आफू जनताको पक्षमा लड्दालड्दै, भ्रष्टाचारका फाइलहरु खोल्दाखोल्दै कुनै आरोप नखेपेर बेगाद सरकारबाट बाहिरिदा विजयी भावसहित निस्केको र जो अहिले सरकारमा गएका छन् उनीहरु हारेको अनुभूतिसहित सरकारमा गएको उल्लेख गर्दै उहाँले सरकारबाट बाहिरिएलगत्तै आफ्नो पार्टीका सबै पदाधिकारी एकै साथ सातै प्रदेश पुगेर आफ्नो कुरा जनतासँग राख्न पाएको, जनताका कुरा सुन्न पाएको र यसले आगामी कार्ययोजना बनाउन महत्वपूर्ण प्रेरणा प्राप्त भएको बताउनुभयो ।

माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक आज सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिनुभएको थियो । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिनुभएको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादमा जाने गरी पार्टीले अघि सारेको कार्यदिशालाई अझै विस्तृतीकरण गर्दै स्पष्ट कार्यक्रमको ढाँचा अघि सार्नुपर्ने पनि नेताहरुको सुझाव थियो । बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीले पनि सम्बोधन गर्नुभएको थियो ।  पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले अहिलेसम्म १ नम्बर प्रदेशसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक बाँकी रहेको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

कर्णाली कहर (फोटो फिचर)

अबिरल वर्षाका कारण कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत जिल्ला कालिकोट शुभकालिका गाउँपालिका गगने खोला र दैखोलामा गएको पहिरोको कारण पूर्णरुपमा अबरोध भएको बाटो खुलाउनुका साथै पहिरोमा फसेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा नेपाल प्रहरी । तस्विर सौजन्यः नेपाल प्रहरी

गंगादेवको नाम र केन्द्र परिवर्तनपछि तनाव, प्रतिरोध गर्न माओवादी केन्द्रको आह्वान

रोल्पा । नेपाल सरकारले गंगादेव गाउँपालिका रोल्पाको नाम र केन्द्र दोस्रो पटक हेरफेर गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानिय सरकार संचालन ऐन २०७४ उलङ्गन गर्दै गंगादेव गाउँपालिकाको नाम पुनः सुकिदह गाउँपालिका केन्द्र सुकाओढार राख्ने निर्णय गरेको हो । स्थानिय सरकार सुरुवाती  समयमा सुकिदह गाउपालिका नाम रहेक‍ोमा २०७४ मंसिर २९ गते बसेको गाउँ सभाबाट स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ अनुसार गाँउ पालिकाको नाम र केन्द्र हेरफेर गर्ने निर्णय बमोजिम नेपाल सरकारले २०७४ फागुन १४ गते राजपत्रमा सुचना प्रकाशन भए पश्चात् पहिलो पटक नाम र केन्द्र हेरफेर गरि नाम गंगादेव र केन्द्र सानडाडा कायम गरि कार्य संचालन हुँदै आएको थियो । दोस्रो स्थानिय निर्वाचन २०७९ परिणाम पश्चात् निर्वाचित नेतृत्व परिवर्तन सगै दोस्रो पटक पुनस् नाम र केन्द्रको निर्णय अगाडी बढेको थियो। २०७९ असार १८ को गाँउकार्यपालिकाको निर्णय तथा २०७९ असार ३१ को गाउसभाको निर्णय गरि दोस्रोपटक नाम र केन्द्र हेरफेरको प्रकृया थालिएको थियो। असार १८ र ३१ गतेको निर्णयलाई टेकेर गाउपालिकाको नाम र केन्द्र हेरफेरको बिषयमा अदालतमा स्थानिय बेलबहादुर दमाई ले मुद्दा दायर गरे। सो मुद्दाका प्रतिवादीहरुले गाउपालिकाको नाम र केन्द्र परिवर्तन भई नसकेकोले मुद्दा बदर हुनुपर्ने लिखित जवाफ पेश गरे भने अदालतले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ अनुसार नाम र केन्द्र हेरफेर गरि राजपत्रमा सुचना प्रकाशन भई कार्य संचालन हुँदै आएको सुकिदह नाम र सुकओढार केन्द्र कायम भएको निर्णय नभएकोले अलग्गै आदेश दिइरहनु नपर्नेगरि सुनुवाई गर्यो । फेरि गाउपालिका अध्यक्षको प्रस्तावमा ८ वैशाख २०८० को गाउँ सभाले गाउँपालिकाको नाम हेरफेर गर्ने सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी निर्णय गरेको थियो । सोही प्रकृया पश्चात लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको नाम र केन्द्र फेर्ने प्रस्ताव संघीय सरकारलाई पठाउने सिफारिस गरेको थियो । सोही प्रकृया बमोजिम आधारमा नेपाल सरकारले नाम र केन्द्र हेरफेर गरेको हो । गंगादेब गाँउपालिकाको नाम र केन्द्र परिवर्तन गर्दा तिनै तहको सरकारले स्थानिय सरकार संचालन ऐन २०७४ कुल्चिएको आरोप निवर्तमान गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीले लगाएका छन । उनले भने “स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४ लाई अपब्याख्या गरि सरकारले ऐन कानुन कुल्चिएको छ, ऐन र कानुन कुल्चने तिनै तहको सरकारको बिरुद्धमा अदालत जान्छौ ।” गाउपालिका अध्यक्ष हरिबहादुर पुन भने स्थानिय सरकार संचालन ऐन २०७४ भावना अनुसार नाम र केन्द्र अहिलेको सरकारले हेरफेर गरेको बताउदै आएका छन । उनले केही दिन पहिले बाजागाजा सहित गाउपालिका सानडाडा बाट सुकाओडार सार्ने बताएका थिए ।गंगादेव गाउपालिका रोल्पाको नाम र केन्द्र स्थानिय सरकार संचालन ऐन २०७४ को भावना विपरित दोस्रो पटक हेरफेर गरेपछि माओवादी केन्द्र रोल्पाले बिज्ञप्ति जारी गरेर विरोध जनाएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ मा नाम र केन्द्रको हेरफेरकोलागि यस्तो छ ब्यवस्था ? १) नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोक्न सक्ने छ । २) गाउँपालिका तथा नगरपालिकाको केन्द्रकोलागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल, भौतिक पूर्वाधार र अन्य विषयको न्यूनतम मापदण्ड नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ । ३)गाँउपालिकाको वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्नुपरेमा सम्वन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्फत नेपाल सरकारमा पठाउनु पर्नेछ । ४) उपदफा (३) बमोजिम प्राप्त भएको प्रस्ताव नेपाल सरकारले उपयूक्त देखेमा त्यस्तो गाउपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्न सक्नेछ । ५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिना भित्र सम्बन्धित सभाबाट तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरि एक पटककोलागि गाउपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम र केन्द्र हेरफेर गर्नुपर्ने छ । ६) यस दफा बमोजिम केन्द्रको हेरफेरको सिफारिस गर्दा उपदफा (२ ) मा उल्लेखित मापदण्डको अधिनमा रही गर्नुपर्ने छ । ७) कुनै गाउँपालिका वा नगरपालिकाको ना र केन्द्र हृरफेर भएमा सो को जानकारी प्रदेश सरकारलाई दिनुपर्ने छ । ८) कुनै गाउपालिका वा नगरपालिकाको नाम अर्को गाउँपालिका वा नगरपालिका सँग मिल्न गएमा नेपाल सरकारले प्रदेश सरकार मार्फत सम्वन्धित गाउपालिका वा नगरपालिकालाई त्यस्तो नाम परिवर्तन गर्न सुझाव दिन सक्नेछ । ९) उपदफा (८) बमोजिमको सुझाव प्राप्त भएको कार्यपालिकाले उपदफा ३ बमोजिमको प्रकृया अपनाइ गाउपालिका वा नगरपालिकाको नाम परिवर्तन गरि प्रदेश सरकार मार्फत नेपाल सरकार समक्ष पठाउनु पर्ने छ ।

आलु खेती विस्तार गर्न समिति गठन

रुकुम पश्चिम । रुकुम पश्चिमको एक वडाले वडामा आलु खेतीलाई विस्तार गर्न समिति गठन गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १० ले वडामा आलु खेती विस्तार गर्न १३ सदस्यीय समिति निर्माण गरेको हो । वडामा आलु खेती विस्तार गर्न, उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न वडामा आलु खेती विकास किसान समिति गठन गरिएको वडा अध्यक्ष धनबहादुर खड्का‘बसन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा रहेका सवै बस्तिहरुलाई समेट्ने उदेश्यले वडामा रहेका चार वटा टोलबाट सदस्य रहने गरी लाइकराम खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण गरिएको छ । जसको सचिवमा मिना कंवर  र कोषाध्यक्ष कर्णबहादुर खड्का रहनु भएको छ । समितिमा रहेका अन्य सदस्यहरु पनि खेती किसानमै आबद्ध किसानहरु रहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । समितिले आलु खेती गर्ने किसानलाई प्रोत्साहन, वडा सरकार तथा अन्य निकायबाट अनुदानमा उपलब्ध भएको कृषिजन्य बस्तु सहि ठाउँमा  प्रयोग भए नभएको रेखदेख तथा वडामा उत्पादन भएको आलुलाई बजारिकरणको लागि सहजिकरण गर्नेछ ।  वडामा आलु उत्पादन भएको वर्षौ भइसक्दा पनि परम्परागत शैलिमै उत्पादन  भएकाले आलु खेतीलाई थप विस्तार तथा आधुनिक तरिकाले आलु उत्पादन गर्ने उदेश्यले समिति निर्माण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । ‘‘वडामा आलु कम उत्पादन हुने गरेको र जिल्लामै बिक्री हुने गरेकामा  उत्पादन बढाएर जिल्ला बाहिर पठाउने उदेश्यका साथ लागेका छौँ, नयाँ तरिकाले उत्पादन गर्न किसानलाई प्राविधिक तालिम समेत दिने वडाले योजना बनाएको छ ,’’वडा अध्यक्ष खड्काले भन्नुभयो ।

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु

उदयपुर  । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिवसम्मका पदाधिकारी पुगेर प्रदेशको रायसुझाव लिने र प्रदेश नेताहरुलाई सम्बोधन गर्ने गर्नुभएको छ ।  माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । प्रदेश १ को बैठक सकिएपछि लगत्तै मधेश प्रदेश, केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक आयोजना गर्ने माओवादी तयारी छ ।  प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

आज थारु समुदायको बर्का अट्वारी पर्व, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

दाङ । आज समुदायमा बर्का अट्वारी पर्व मनाइदैछ ।  टवारी थारू समुदायको महान् चाड माघ पछिको दोस्रो ठूलो पर्वको रूपमा मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरू पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने यो पर्व प्रायः भदौ महिनामा पर्छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंशीपछिको पहिलो आईतबार अट्वारी मनाइन्छ । यसैबीच लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा आज ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार थारु समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा बिदा गरिएको छ ।   

माओवादी केन्द्रको अगुवाईमा प्रकाश तामाङको घर निर्माण सुरु

 भोजपुर। ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । नेकपा माओवादी केन्द्रको अगुवाई घर निर्माण थालिएको हो ।  भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । घर निर्माण समितिका संयोजक रहनुभएका पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्त रूपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभयो । माओवादी केन्द्रीय सदस्यसमेत रहेका गेसोका अध्यक्ष राईले १५ लाख बराबरको आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण दिनुभएको छ। उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ ।

गिद्ध संरक्षण सचेतना दिवसमा विद्यार्थीबीच बक्तृत्वकला प्रतियोगिता

दाङ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालको आयोजनामा १६ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाइएको छ। संस्थाका कार्यवाहक अध्यक्षजितलाल चौधरीको अध्यक्षता र तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १८ का अध्यक्ष  माधव ओलीको प्रमुख आथित्यता र सब डिभिजन वन कार्यालयका अधिकृत ईश्वरी बस्नेत तथा बिसिएनका भुपाल नेपालीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो । सो क्रममा विद्यार्थीहरुबीच प्रतियोगिता गराइएको थियो । प्रतियोगितबाट लक्ष्मी मावि हेमन्तपुरका रक्षा खड्का प्रथम, सोही विद्यालयकी सान्त्वना शर्मा दोस्रो र जनकल्याण माविका धन्याल बस्नेत तेस्रो हुनुभएको थियो । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा तुलसीपुर १७, १८ र १९ का ११ वटा माविका २१ छात्रछात्र सहभागी थिए। निर्णायक मण्डलमा बृद्धिजीव डिल्लीराज अधिकारी र बिसिएनका जीव बिज्ञ दिलिप चन्द हुनुहुन्थ्यो।  सदस्य बालिका तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सहजीकरण अधिकृत साधना शर्माले गर्नुभएको थियो । 

गण्डकी सरकारमा एमाले प्रवेश, चार मन्त्रीद्धारा शपथ ग्रहण

पोखरा । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सरकार गठनको करिब दुई महिना पुग्नै लाग्दा मन्त्रालय फुटाएर भागबण्डा मिलाएर सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त गरिएको हो । उहाँहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।  एमालेबाट मन्त्री नियुक्त भएसँगै गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन पनि भएको छ। कार्यविभाजन अनुसार एमालेका जिसीले कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, बस्यालले उद्योग तथा पर्यटन, पाठकले स्वास्थ्य र केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गर्नुहुने भएको छ । यसअघि सरकारमै रहेका कांग्रेस सांसद डा.टकराज गुरुङ आर्थिक मामिला मन्त्रालयमा निरन्तरता पाउनुभएको छ भने विन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मनाङबाट स्वतन्त्र निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ले वन तथा वातावरण र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सरकारमा एमालेलाई प्रवेश गराउन दुई मन्त्रालय फुटाएर ७ बाट बढाएर ९ मन्त्रालय गराइएको छ ।

लुम्बिनीका एक मन्त्री र एक सांसदलाई कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन

देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका डिबी भनिने धनबहादुर केसीलाई कानुनी कारबाही गर्न मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी अमर खड्काले जानकारी दिनुभयो ।  सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा (बहुमत)का नेताहरुले लुम्बिनीका वन मन्त्री कुर्मी र रुकुम पूर्वका प्रदेश सांसद केसीलाई कानुनी कारबाही गरि पदबाट हटाउन माग गरेका थिए ।  उनीहरले आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई त्यससम्बन्धी ज्ञापन पत्र बुझाएका थिए। पार्टीका जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरूले कुर्मी र केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका थिए। ज्ञापन पत्र बुझाउनु भन्दा पहिले उनीहरूले प्रदर्शनसमेत गरेका थिए। उनीहरूले मंगलबार लुम्बिनीका सबै प्रमुख जिल्ला अधिकारीहरूलाई सोही ब्यहोराको ज्ञापन पत्र बुझाउने बताएका छन्। त्यतिगर्दा पनि आरोपित व्यक्तिहरूमाथि कारबाही नभए भदौ २० गते पछि सरकारी गाडी चल्न नदिने लगायका थप आन्दोलनका कार्यक्रमहरू गर्ने जिल्ला सेक्रेटरी अमर खड्काले बताउनुभयो ।  मन्त्री कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर आरोप छ। जसको विरोधमा बाँकेदेखि काठमाडौंसम्म पुगेर महिला अधिकारकर्मीहरू चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्। त्यस्तै सांसद केसीमाथि किर्ते गरेको अभियोग छ। २०४८ साल असार ६ गते  तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई त्यस्तो फैसला सुनाएपछि उनी फरारको सूचिमा रहँदै आएका छन्।

दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली

घोराही । राष्ट्रिय दलित पत्रकार संघ दाङकाे अध्यक्षमा पत्रकार गिरिराज नेपाली चयन हुनु भएकाे छ । संघकाे आज घाेराहीमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनले नेपालीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । संघकाे बरिष्ठ उपाध्यक्ष प्रियास्मृति गजमेर, उपाध्यक्षमा अर्जुन परियार, सचिवमा देवका परियार, सह-सचिवमा चन्द्रप्रकाश नेपाली र काेषाध्यक्षमा तेजबहादुर परियार चयन गरिएकाे छ । जसकाे सदस्यहरूमा हेमराज परिवर्तन, सरिता नेपाली , सिर्जना विश्वकर्मा , अन्जना बिक र रमा नेपाली रहनु भएकाे छ । त्यस्तै अधिवेशनले संघका सस्थापक अध्यक्ष जनक नेपाली, पुर्व अध्यक्ष नवीन अभिलाषी, वसन्त परियार , जीवन नेपाली र अर्जुन परियारलाई केन्द्रीय पार्षद र हेमराज परिवर्तन, सरिता नेपाली, अरूण नेपाली, सुवास परियार, चन्द्रप्रकाश नेपाली र हिमाल बिकलाई प्रदेश पार्षदमा चयन गरेकाे छ । अधिवेशन जिल्ला अध्यक्ष वसन्त परियारकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा

सुर्खेत । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । १२ भदौको राति परेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सडक आइतबार साँझदेखि सञ्चालनमा आएको हो । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोटको शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्डको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो । यो खण्डमा पर्ने दही खोला, एससमोड, मेयरखोला, गगने खोला लगायतका ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्ण रूपमा अलग भएका थिए । सडक सञ्चालनमा आएसँगै रोकिएका सबै यात्रु तथा मालबहाक सवारीहरू गन्तव्यतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवंम् प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो । उनका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर हिँडेका करिब ४५ बढी ट्रकहरू पाँच दिनदेखि अलपत्र परेका थिए ।  जुम्लाबाट बजार पठाइएका स्याउका ४५ ट्रक अर्थात्, एक सय सात टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाँडाचक्र नगरपालिका–३ को ताडी बसपार्कमा रोकिएका थिए ।

उपल्लो डोल्पामा बाह्र वर्षे मेला सुरु

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका ३ साल्दाङस्थित शेल गुम्बामा १२ वर्षे शे सुरु भएको छ। दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्व शान्तिको भन्ने मूल नाराका साथ ६७ औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष तथा प्रचारप्रसार  उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो ।  प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पा जिल्लाको प्राकृतिक धार्मिक तथा सांस्कृतिक पहिचान समेत झल्काउने गर्दछ । यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रसार हुने आयोजकले जनाएको छ। रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिंगे यिशेको सम्मान स्वरूप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन समेत बुझ्न सकिने बताइएको छ। मेलामा सहभागी हुन पूर्व मन्त्री तथा डोल्पाका लागि संघीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइत लगायत बौद्ध धर्मालम्बीहरूका प्रमुख लामाहरू समेत पुगेका छन्। मेला चार दिनसम्म सञ्चालन हुने बताइएको छ।