आयरल्यान्डसँग र टी– २० सिरिज खेल्ने नेपालको टोली घोषणा
काठमाडौं । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी २० र भारतमा खेल्ने त्रिकोणात्मक टी २० सिरिजको लागि नेपाली टोली घोषणा गरेको छ ।
रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा पछिल्लोपटक हङकङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ ।
हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपालको टोलीमा छन् । नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’ सँग टी २० खेल्नेछ । त्यसपछि नेपाल भारतमा जानेछ । फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी २० आई सिरिज हुनेछ ।
नेपालले पहिलो खेल चैत्र १८ गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।
एन्फा पदाधिकारीलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको निर्देशन
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमो गएको भन्दै कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद राखेपलाई निर्देशन दिएको छ। मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि एन्फाले खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७ जना र त्यसबाहेक ९ जनालाई मलेसिया पठाएको छ। खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र प्रशिक्षक प्रवेश कटुवाल, गोलकिपर प्रशिक्षक विनोद डंगोल, टेक्निकल स्टाफ मनिष तिम्सिना, टिम व्यवस्थापक उत्तमराज भण्डारी, फिजियो लोकेन्द्र कुँवर, किट व्यवस्थापक ज्ञानबहादुर राई मलेसिया गएका छन्। यस बाहेक एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्र, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ पनि मलेसिया गएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (झ) मा राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था रहेको छ,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदको च नं. ६२७ मिति २०८०र११र३० को पत्रानुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानुन बमोजिम कारबाही गरी सो को जानकारी गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिइएको साथै कानुन बमोजिम राष्ट्रिय खेलकुद परिषदको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठि, सेमिनार, वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृहमन्त्रालयमा अनुरोध गरिएको छ।’ विश्वकप छनोट अन्तर्गत बहराइनसँग खेल्ने तयारीमा रहेको नेपालले मलेसियासँग उसैको मैदानमा यही मार्च १५ अर्थात चैत २ गते मैत्रीपूर्ण खेल्नेछ । त्यसका लागि खेलाडीसहित एन्फाको टोली मलेसिया प्रस्थान गरिसकेको छ।
उपाधी भिडन्तमा पीएनजीसँग नेपालको लज्जास्पद हार
काठमाडौं। नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन जोड्दा अन्य कुनै पनि ब्याट्स्मेनले दोहोरो अंक जोड्न सकेनन् ।
पिएनजी विरुद्व नेपाललाई १७२ रनको लक्ष
काठमाडौं । पपुवा न्यु गिनीविरुद्ध हङकङमा त्रिकोणात्मक शृंखलाको फाइनल खेलिरहेको नेपालले जीतका लागि एक सय ७२ रनको लक्ष पाएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि निर्धारित २० ओभरमा पपुवा न्यु गिनीले आठ विकेट गुमाएर एक सय ७१ रन बनाएपछि नेपालले जितका लागि एक सय ७२ रनको लक्ष पाएको हो । राम्रो सुरुवात गरेको नेपालले पछिल्ला क्रममा विकेट लिन नसक्दा मध्यम लक्ष पाएको छ । नेपालले पहिलो चार ओभरमै तीन विकेट लिएको थियो । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए । करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए ।
टी २० आई सिरिजः टस जितेर नेपालले पपुवा न्युगिनीविरुद्व फिल्डिङ रोज्यो
काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी विरुद्व बलिङ गर्ने भएको छ । मोगं कोगंमा हुने खेलमा टस जितेर नेपालले फिल्डङ रोजेको हो । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनी नेपालसँग ८५ रनले पराजित भएपनि हङकङलाई १० विकेटले हराएर फाइनल पुगेको थियो ।
त्रिदेशीय ट्वान्टी–२० शृंखला : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दै छन् । खेल बिहान पौने ११: ४५ बजे सुरू हुनेछ । यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा अंब बाढेर टुंगिएको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो । पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोड्दा हङकङले एक अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।
टी–२० आई सिरिज: फाइनलमा नेपाल र पपुवा न्युगिनी खेल्ने
काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधिका लागि पपुवा न्यु गिनीसँग खेल्ने भएको छ। मंगलबार भएको दोस्रो खेलमा घरेलु टोली हङकङलाई १० विकेटले पराजित गर्दै पिएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। यसअघि आजै बिहान भएको पहिलो खेलमा नेपालले पिएजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। यसअघि सिरिजको पहिलो खेलमा वर्षाका कारण खेल रद्द भएपछि नेपाल र हङकङले १–१ अंक बाँडेका थिए। २ खेलबाट ३ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल खेल्न लागेको हो । २ खेलबाट २ अंक बनाएको पिएनजी दोस्रो स्थानमा रहँदै नेपालसँगको उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्ने भएको हो । समान खेलबाट १ अंक बनाएको घरेलु टोली हङकङ भने तेस्रो स्थानमा छ । सिरिजको तेस्रो खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको थियो। पहिलो विकेटका लागि ओपनर टोनी उरा र सेसे बाउले १ सय २४ रनको अविजित साझेदारी गरेपछि पिएनजीले सहजै लक्ष्य भेट्टायो । टोनी उराले ३३ बलमा ५ चौका र २ छक्का मद्धतमा ५१ रनमा नटआउट रहे । सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का मद्धतमा ६१ रनमा अविजित रहे। त्यसअघि हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली १८.३ ओभरमा १ सय २१ रनमा अलआउट भयो। घरेलु टोलीले अब तेस्रो स्थानका लागि हङकङ कै ए टोलीसँग खेल्नेछ। सिरिजको फाइनल खेल भोली बुधबार हुनेछ।
त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीलाई हराउँदै नेपाल फाइनल प्रवेश
काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले पिएनजीविरुद्ध ८६ रनको जित निकालेको छ। यो जितसँगै नेपाल फाइनल प्रवेश गरेको छ । हङकङको मोङ कोक मैदानमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९९ रनको लक्ष्य भेट्न नसक्दा पिएनजी १६ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालले पिएनजीलाई १६.१ ओभरमा ११३ रनमै समेटेको हो। नेपालको जितका लागि कुशल भुर्तेलले मात्र १२ रन दिएर चार ओभरमा ४ विकेट लिए। प्रतिश जिसीले २ विकेट लिए। गुल्सन झा र आकाश चन्दले एकएक विकेट लिए। पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए। भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए। जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाए। २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए। नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे। लोकेस बमले ६ बलमा १४ रन बनाए। विवेक यादव चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बलमा १५ रन बनाए। चार बल खेलको कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए। पिएनजीका असाद भालाले २ विकेट लिँदा नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १/१ विकेट लिए।
कुसल र सन्दीपको अर्धशतकमा नेपालले पिएनजीलाई दियो १९९ रनको चुनौती
काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले पिएनजीलाई १९९ रनको चुनौती दिएको छ । हङकङको मोङ कोक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको हो । नेपालका लागि ओपनर कुसल भुर्तेल र सन्दीप जोराले अर्धशतक बनाए । भुर्तेलले ३३ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । भुर्तेल ३९ बल खेल्दै ५९ रनमा आउट भए । जोराले २१ बल खेल्दै तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाए । २६ बल खेलेका जोरा चार छक्का र तीन चौका प्रहार गर्दै ५६ रन बनाएर आउट भए । नेपालका लागि अर्का ओपनर विनोद भण्डारीले २२ बल खेल्दै २७ रन जोडे । लोकस बमले ६ बलमा १४ रन बनाए । विवेक यादवले चार बलमा १९ रन हान्दै नटआउट रहे भने गुल्सन झाले नटआउट १२ बल मा १५ रन बनाए । चार बल खेलको कप्तान रोहित पौडेल एक रनमा आउट हुँदा आरिफ सेख ७ बल खेल्दै चार रन बनाएर आउट भए । अब केही बेरमा पिएनजीले जवाफी ब्याटिङ गर्नेछ ।
त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा नेपालको ब्याटिङ
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टि-२० सिरिजको आजको खेलमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ। टस जितेर पिएनजीले नेपाललाई ब्याटिङको निम्तो दियो। हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्ध नेपालका ओपनर कुसल भुर्तेलले अर्धशतक बनाएका छन्। ३३ बल खेल्दै उनले चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । १३ औं ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा ९७ रन बनाएको छ ।९.३ ओभरमा नेपालले तेस्रो विकेटको रुपमा आरिफ सेखलाई गुमाएको हो। उनले ७ बल खेल्दै सात रन मात्र जोडे। सुरुको पाँच ओभर राम्रो ब्याटिङ गरेको नेपालले पछिल्लो तीन ओभरमा तीन विकेट नै गुमाएको हो। ओपनर बिनोद भण्डारी २२ बलमा २७ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। पौडेलले चार बल मात्र खेले। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका छन्। आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको थियो। खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका हुन्। हङकङ भ्रमणमा पुगेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।यो सिरिज बुधबारसम्म चल्नेछ।
एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन
बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण शुरु भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठ २९ गते शिल्यान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका हुन् । गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आइटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका थिए । उनी आफैँ पनि आइटी इन्जिनियर हुन् । कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवर दम्पत्तिले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन शुरु गरिएको थियोे । रंगशालाका अन्य पुर्वाधारहरु पांच वर्षभित्र पूरा गर्ने लक्ष्य छ । लगानीकर्ता विनोद कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै सुरू हुने उनले बताए । ‘रंगशालाका सबै पुर्वाधार ५ वर्षमा पूरा हुनेछ ,हामीले यसलाई चरण–चरणमा बनाउँदै लग्नेछौं र पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ’ उनले भने, ‘क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ ।’ क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनले पाएका छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने छ । उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताए । पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टी गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राखे । सो अवसरमा पुर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पुर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट,कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले रंगशाला निर्माणले क्रिकेटको उर्बरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए । मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको , एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।
बिनानतिजा टुंगियो नेपाल र हङकङबीचको खेल
काठमाडौं । वर्षाका कारण त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल बिनानतिजा टुंगिएको छ । हङकङस्थित मिसन रोड मैदानमा आइतबार टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । यसपछिको निरन्तर वर्षाका कारण खेल सम्भव नभएकाले बिनानतिजा टुंगिएको हो । त्यसअघि, हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल करिब आधा घण्टा प्रभावित बनेको थियो । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी ९पीएनजी० सहभागी छन् । नेपालले अब आउँदो मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।
वर्षाले रोकिएको नेपाल र हङकङबीचको खेल पुनः सुचारु
काठमाडौं । वर्षाका कारण रोकिएको त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल पुनः सुरु भएको छ । हङकङस्थित मिसन रोड मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएको करिब आधा घण्टापछि पुनः सुचारु भएको हो । खेलको ६ ओभर सकिँदा हङकङले एक विकेट गुमाएर ४५ रन बनाएको छ । जारी खेलमा नेपालका करण केसीले इनिङको पहिलो बलमै विकेट लिए ।
नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिल फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा हुने खेलमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ । फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।
त्रिकोणात्मक टि-२० सिरिज आजबाट सुरु, पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल
'यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्'
नेपाल हङकङसित ७३ रनले पराजित
काठमाडौं । मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेटमा नेपाल हङकङसित ७३ रनले पराजित भएको छ । शनिबार हङकङमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर गुमाएर २१२ रन बनाएको थियो । जवाफमा भ्रमणकारी नेपालले १६.४ ओभरमा अलआउट हुनुअघि १३९ रन मात्र बनाउन सक्यो । हङकङको जितमा बाबर हायातले विस्फोटक ब्याटिङ गरे । उनले ४९ बलमा १३ छक्का र तीन चौकाको मद्दतमा ११० रन जोडे। राष्ट्रिय टोलीबाट यही खेलमार्फत ट्वान्टी–२० मा ‘डेब्यु’ गरेका नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक एक विकेट लिए । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृंखला खेल्न बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक ट्वान्टी–२० शृंखला सुरु हुँदै छ । नेपालले हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक शृंलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ । यस्तै, नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।

