विश्वकप लिग–२ : नेदरल्यान्ड्ससँग नेपाल आठ विकेटले पराजित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ ।
योसँगै नेपालले घरमै भएको शृंखलाका चारमध्ये तीन खेलमा हारको खराब नतिजा आत्मसात् गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य डच टिमले ३७.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
बार्सिलोनाका पूर्व फुटबलर अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्ष कैद
एजेन्सी । बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्। २०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो। तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ। ४० वर्षीय अल्भेसलाई जेल सजाय भुक्तान गरेको पाँच वर्षपछि सम्म पनि निगरानीमा राख्न अदालतले आदेश गरेको छ भने ९ वर्षसम्म उनीसँग कुनै पनि माध्यमबाट कुराकानी गर्न प्रतिबन्ध लगाएको छ। स्पेनमा यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएमा चार देखि १५ वर्षसम्म जेल सजाय हुनसक्छ। बिबिसीका अनुसार पीडिततर्फका वकिलले अल्भेसलाई १५ वर्षको जेल सजाय माग गरेका थिए। तर फैसलाले सत्य स्थापित गरेको भन्दै उनीहरुले अदालतको आदेशको स्वागत गरेका छन्। अल्भेसकी वकिल इनेस ग्वार्डिओलाले अदालतको उक्त आदेशविरूद्ध माथिल्लो अदातलमा अपील गर्ने बताएकी छन्। अल्भेसले बार्सिलोनाको नाइट क्लबमा २३ वर्षीय युवतीलाई मदिरा सेवन गराएर फकाइफुल्याइ शौचालयमा पुर्याएर बलात्कार गरेका थिए।
नेपालको लगातार दोस्रो जित, इराकविरुद्ध सावित्राको पाँच गोल
काठमाडौं । सावित्रा भण्डारीको पाँच गोलप्रेरित नेपालले पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् । लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो । लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने निश्चिन बनेको छ । इराकले यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० का हार बेहोरेको थियो । नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।
क्यानडासँग नेपाल ए ४ विकेटले पराजित
काठमाडौं, १० फागुन । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाल ए लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ । सिरिज जित्न नेपाल ए ले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । ७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाले । उनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे । दत्त १४ रनमा आउट भए । त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट गरेका थिए । तर पाँचौं बलमा किर्तोनले चौका हान्दै क्यानाडालाई सिरिज दिलाए । उनी ५८ रनमा अविजित रहे । आरोन जोनसनले ३६ रन जोडे । नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक विकेट रह्यो । यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन । अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९र१९ रनमा आउट भए । क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २ २ विकेट लिए ।
नेपाल ए ले क्यानडालाई दियो १८२ रनको लक्ष्य
काठमाडौं । तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । क्यानेडाले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन । अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९र१९ रनमा आउट भए । क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २/२ विकेट लिएका छन् ।
क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’
काठमाडौं । क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले ब्याटिङ गरिरहेको छ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । सिरिजको निर्णायक खेलमा आज जित निकाल्दै दुवै टोली नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । यसअघिका दुई खेलमा नेपाल र क्यानडाले १–१ को बराबरी खेलेका छन् । पहिलो खेलमा क्यानडा चार विकेट विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो ।
नामिबियासँग नेपाल पराजित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियासँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको देलमा नामिबियाले नेपाललाई २ विकेटले हराएको हो । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।
नामिबियाविरूद्ध नेपाल १६८ रनमा अलआउट
काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७।१ ओभरमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन् । कप्तान रोहित पौडेल सहित चार ब्याटरले खाता खोल्न सकेनन् भने ६ ब्याटरले दोहोरो अंकमा रन बनाएनन्। ६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। आसिफको यो १२औं एकदिवसीय अर्धशतक हो। उनले एकदिवसीय खेलमा एक शतक पनि प्रहार गरेका छ्न। जारी सिरिजमा उनले नेदरल्यान्ड्सविरूद्धको अघिल्लो खेलमा पनि अर्धशतक प्रहार गर्ने क्रममा नटआउट ५४ रन जोडेका थिए। अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे। उनले आसिफसँग ३८ रनको ओपनिङ साझेदारी गरे। उनी सातौं ओभरमा बर्नाल्ड स्कोल्जको एलबिडब्लूको धरापमा परेका थिए। सोहि ओभरमा अनिल साह र अर्को ओभरमा देव खनाल शून्यमा आउट भएपछि नेपाल सुरुमै दबाबमा परेको थियो। नेपालले आठ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाउँदा ४३ रन जोडेको थियो। खेलमा कप्तान रोहित पौडेल २४ ओभरमा ९ बल खेल्दा शून्यमा आउट भए। त्यसपछि कुशल मल्लले २६ रन जोड्दा नेपालको रन केही बढेको थियो। दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी ३४औं ओभरको चार बलको अन्तरमा आउट भए। दीपेन्द्र सो ओभरको दोस्रो बलमा ६ रनमा आउट हुँदा सोमपाल पाँचौ बलमा आउट भए। ३५औं ओभरमा भीम सार्की स्कोल्जबाट बोल्ड भए। यस्तै करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि १२ रन जोडे। बलिङमा स्कोल्जले ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३२ रन खर्चिए। जान निकोलले पनि ४ विकेट लिए। उनले ६.१ ओभरमा ३४ रन खर्चिए। यसअघि पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। अब नेपालले फागुन १३ गते पुनः नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।
विश्वकप लिग -२ : टस हारेर नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नेपालको प्रतिस्पर्धा नामिबियासँग हुँदैछ।नेपालले नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ । नेपालविरुद्ध टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल आज बिहान ९ बजेर ३० मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ।
विश्वकप लिग-२ : कीर्तिपुर मैदानमा आज नेपाल र नामिबिया भिड्ने
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नेपालको प्रतिस्पर्धा नामिबियासँग हुँदैछ। घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल आज बिहान ९ बजेर ३० मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ।
क्यानडा–११ विरुद्ध फिल्डिङमा नेपाल कप्तानी गर्दै सन्दीप
काठमाडौं । क्यानडा–११ सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ । मंगलबार मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान सन्दीप जोराले फिल्डिङको निर्णय गरेका हुन् । उनले पाहुना टिमलाई ब्याटिङको निम्तो दिए । आज नियमित कप्तान विनोद भण्डारी प्लेइङ–११ मा नभएपछि नेपालको नेतृत्व सन्दीपले गर्दै छन् । तीन खेलको शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । शृंखलामा पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारेको थियो । आइतबार मूलपानी मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।
आम आर आरको ७ औ संस्करणको फुटसल ललितपुरलाई उपाधि
झापा । झापाको बिर्तामोडमा हिजो सम्पन्न भएको आम आर आरको ७औ संस्करणको फुटसल प्रतियोगितामा फेरी पनि ललितपुरले उपाधि जित्न सफल भएको छ। यस प्रतियोगितामा १६ टिमको सहभागिता थियो। यो प्रतियोगिता सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एम आर आरले आयोजना गरेको थियो। अघिल्लो ६ टौ संस्करणमा नवलपुरमा भएको प्रतियोगितामा पनि ललितपुरले उपाधि जितेको थियो। देशै भरका दाजुभाई एउटै ठाउँमा भेला हुने र आपसी भाइचारालाई अझ प्रगाड बनाउने उदेश्यले संचालन गरिएको यो फुटसल खेल लगातार ७ वर्ष देखि संचालन हुँदै आएको छ। काठमाडौँबाट २०१८ मा सुरुवात भएको यो प्रतियोगिता अहिले राष्ट्रिय प्रतियोगिता बनेको छ। यसले देशभरका खेलाडीहरुलाई एकै मंचमा ल्याउने र आपसी सहयोग र सम्बन्धलाई बलियो बनाउने एक उत्कृष्ट अवसर प्रदान गरेको छ।
नेदरल्याण्ड्समाथि शानदार जित हासिल गरेकोमा नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेदरल्यान्डसमाथि ९ विकटले विजय हासिल गर्न सफल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई बधाई ज्ञापन गरेका छन् । नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेदरल्याण्ड्सलाई हराउँदै नेपालले लिग टूको तालिकामा २ अंकको खाता खोलेको छ ।
विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङमा नेपाल
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा (अहिले) शनिबार बिहान नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा छ । यता नेदरल्यान्ड्स पनि जितसहित सिरिज सुरुवात गर्ने तयारीमा छ । नेदरल्यान्ड्सविरुद्ध नेपालले दीपेन्द्रसिंह ऐरी र देव खनाललाई मौका दिएको छ । करण केसी र पवन सर्राफलाई बेन्चमा राखेको छ । नेदरल्यान्ड्सविरुद्ध नेपाल-११ रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, गुलशन झा, सोमपाल कामी र ललित राजवंशी ।
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ ९२०२३(२०२७० सिरिज अन्तर्गत आज दोस्रो खेल नेपाल नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल पहिलो जितको दाउमा रहेको छ । विश्वकप खेलेर आएको नेदरल्याण्ड्ससमेत उच्च मनोबलका साथ मैदानमा उत्रन लागेको छ । नेपालले भने घरेलु मैदानको फाइदा लिनेमा रहेको छ । यो खेल शनिबार बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलसन झालाई समेटेको छ। लिग- २ को सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन्।
८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना अधुरो
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै भएको छ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना सकिएको हो । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनायो । ११६ रनको विजयी लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेट्टायो । मलेसियाको जितमा इल्सा हन्टरले ६९ रन बनाइन् । नेपालकी कबिता जोशीले दुई विकेट लिइन् ।यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाउँदा डली भट्टले २४ रन बनाइन् । मलेसियाको जितसँगै एसिया कप खेल्ने टिमको टुङ्गो लागेको छ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै एसिया कपमा छनोट भएको थियो । अब एसिया कप वुमन्स प्रिमियर कपको फाइनलमा युएई र मलेसिया खेल्नेछन् । एसिया कपमा भने मलेसिया र युएईसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।

