एफए कप फुटबल : महरेजको ह्याट्रिकसँगै सिटी फाइनलमा
काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा सेफिल्ड युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।
सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गोल गरे । खेलको ४३ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।
खेलको ६१ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ६६ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।
अब सिटीले उपाधिका लागि ३ जुनमा म्यानचेस्टर युनाइटेड र ब्राइटन होव अल्वियोनबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज राति सेमिफाइनल खेल्दैछ ।
साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली महिला टोली घोषणा
काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली महिला टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रुसको टोली समेत सहभागी हुने छ । गत नोभेम्बरमा बंगलादेशमै भएको यू–१५ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । यस पटक त्यसैलाई अपग्रेड गर्दै यू–१७ च्याम्पियनसिप हुन लागेको हो । च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ । नेपालले पहिलो खेल मार्च २० मा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग मार्च २२ मा, तेस्रो खेल रुससँग मार्च २६ र अन्तिम खेलमा बंगलादेशसँग मार्च २८ मा खेल्नेछ । च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ । नेपाली टोली गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु मिडफिल्डर: माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ, फरवार्ड: दीपा रोकाया, वर्षा ओली, सेनु परियार
ताङ सूडो प्रतियोगितमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान
काठमाडौं । ताङ सूडो प्रतियोगितामा सहभागी हुन आज नेपाली ताङ सूडो टिमका खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनीहरु यही पुष २० गते देखि हुने भारतको नयाँ दिल्लीमा हुने नेपाल–भार ताङ सूडो प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा भाग लिन नेपालका तर्फवाट पाँच जना ताङ सूडो खेलाडीहरु आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रतियोगितामा तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुुङ्गाना सहभागी हुनेछन् । प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक संजय विश्वकर्माले जानकारी दिए । भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए । जि आर फिटनेस सेन्टरले नेपाल पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो ।
कतार विश्वकप क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो । पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले सेनेगललाई हराएको थियो ।
अर्जेन्टिना नेदरल्यान्ड्सलाई हराउँदै सेमिफाइनलमा
काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो । अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे ।अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके । पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे ।तर, भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि लुसाइल स्टेडियममा भएको रोमान्चक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।खेलको ३५ औं मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।मोलिनाले मेस्सीको पासमा गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो । खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए । मेस्सीको यो दशौँ विश्वकप गोल हो । यस गोलसँगै मेस्सीले विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका छन् । खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २(१ को स्थितिमा ल्याए । उनी ७८ औं मिनेटमा मेम्फिस डिपेको स्थानमा मैदान छिरेका थिए। त्यसपछि खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उनले कुपमाइनर्सको चलाखीपूर्ण फ्रिकिकमा गोल गरेका हुन् । अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ ।नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा
काठमाडौं । सर्वाधिक विश्वविजेता ब्राजिललाई पराजित गर्दै क्रोएसियाले सेमिफाइनलको यात्रा तय गरेको छ । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजि गरेको हो। क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो। यसअघिको विश्वकपमा ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी हुन पुग्यो । खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा गोल फर्काएर बराबरीमा पुर्यायो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले गोल फर्काए। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।
पहिलो क्वार्टरफाइनलको पहिलो हाफमा क्रोएसिया र ब्राजिल बराबरीमा
काठमाडौं । कतार विश्वकपको पहिलो क्वार्टरफाइनल खेलमा क्रोएसिया र ब्राजिलले बराबरी खेलेका छन्। दोहास्थित एजुकेशन सिटी स्टेडियममा खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी गरेका हुन्। पहिलो हाफमा ब्राजिलले ५१ प्रतिशत बल पोजेशन बनाएको छ भने साविक उपविजेता क्रोएशियाले ४९ प्रतिशत बलपोजिसन सहित रक्षापंक्ती मजभुत बनाएको छ । खेलको पाँचौ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरको प्रहार क्रोएशियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए। १३ औँ मिनेटमा इभान पेरिसिचको प्रहार गोलरक्षक एलिसनले रोक्दा ब्राजिलविरुद्ध अग्रता लिने सुन्दर मौका गुमायो।
विश्वकप फुटबल : क्वाटर फाइनलका दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज ९शुक्रबार० देखि क्वाटर फाइनलका खेलहरु सुरू हुने भएका छन् । शुक्रबार राति क्वाटर फाइनलका दुई खेल हुने भएका हुन् । पहिलो खेल शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच सुरू हुनेछ । ब्राजिलले राउण्ड अफ सिक्स्टीनमा दक्षिण कोरियालाई पराजित गरेको थियो । क्रोएरियाले भने जापानलाई पराजित गरेको थियो । अर्को क्वाटर फाइनल खेल भने शुक्रबार राति नै राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्डबीच हुने भएको छ । अर्जेन्टिनाले राउण्ड अफ सिक्स्टीनमा अष्ट्रेलियालाई पराजित गरेको थियो । नेदरल्याण्डले भने अमेरिकालाई पराजित गर्दै क्वाटर फाइनलमा आएको हो ।
फिफा विश्वकप : आज अन्तिम १६ का दुई खेल हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।
विश्वकप फुटबलमा आज दुई खेल हुँदै, फ्रान्ससँग पोल्यान्ड भिड्ने
काठमाडौं । विश्वकप फुटबलमा आज दुई खेल हुँदै छ । आजको सेमिफाइनल खेलमा पोल्यान्ड फ्रान्ससँग भिड्दैछ। अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फ्रान्स क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता विजेता फ्रान्स आजको खेलमा जित निकाल्दै यो संस्करणको उपाधिमा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पोल्यान्ड पनि आजको खेलमा सजह जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ । आज नै हुने विश्वकपको दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । इङ्ल्यान्ड आजको खेमला जित निकाल्दै आफूलाई उपाधि दावेदारको स्थानमा राख्ने योजनामा छ । यता सेनेगल पनि सोही योजनामा हुनेछ ।
नेपाललाई हराउँदै भारतले जित्यो यू–१७ साफको उपाधि
काठमाडौं । भारतले साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलको १८ औं मिनेटमा बोबी सिंहले गोल मार्फत भारतले अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पार्यो । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६२औं मिनेटमा भारतका थङ्गालाइसुनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० गोलको जितसँगै उपाधि दिलाए ।
साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत
काठमाडौं । सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरेपछि नेपालले मंगलबार साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई ४–० ले हराएको छ । यससँगै प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । आजको खेलबाट नेपालका अमिषा कार्की, दीपा शाही र समीक्षा घिमिरेले डेब्यू गरेका थिए । उनै डेब्यू गरेकी अमिषाको पासमा सावित्राले गरेको गोलबाट नेपालले १२औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा एक शून्यले अग्रता लिएको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो । सावित्राले ६८औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । साफमा सावित्राले भुटानविरुद्ध गरेको यो दसौँ गोल हो । ७२औँ मिनेटमा अनिता बस्नेत तेस्रो गोल थपिन् । खेल सकिन पाँच मिनेट बाँकी हुँदा अनिताले व्यक्तिगत दोस्रो गोल थपिन। महिला साफमा नेपाल र भुटान तीनपटक आमनेसामने भएका छन् । पाकिस्तानमा सम्पन्न २०१४ र भारतमा सम्पन्न २०१६ को संस्करणमा नेपालले भुटानलाई समान ८–० ले हराएको थियो । नेपालमै सम्पन्न २०१९ को संस्करणमा भने नेपाल ३–० ले विजयी भएको थियो ।
नेपालकाे सुरुवाती अग्रता : तीन वर्षपछि राष्ट्रिय टिमलाई सावित्राको गोल
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले सुरुवाती अग्रता लिएको छ । नेपालकी सुपरस्टार स्ट्राइकर साविधा भण्डारीले वर्षाले प्रभावित खेलको १२औं मिनेटमा डेब्यूटेन्ट अमिसा कार्कीको पासमा गोल गरी नेपाललाई अग्रता दिलाइन् । सावित्राले तीन वर्षपछि राष्ट्रिय टिमबाट गोल गरेकी हुन् । २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदयता उनी पहिलोपल्ट राष्ट्रिय टिमबाट खेलेकी हुन् र गोल गरेकी हुन् । विभागीय टोली एपीएफकी यी स्ट्राइकर राष्ट्रिय महिला लिगका क्रममा २०७७ माघमा चोटग्रस्त भएकी थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा कतारको चर्चित अस्पटार अस्पतालमा उपचार गराएकी हुन् । चोटबाट फर्किएर गत चैतमा राष्ट्रिय महिला लिग खेलेकी थिइन् । चोटका कारण सावित्राले बंगलादेशसँगको मैत्रीपूर्ण खेल र एसिया कप छनोट प्रतियोगिता गुमाएकी थिइन् । सावित्राले राष्ट्रिय टिमबाट ३९औं खेलमा ३९औं गोल गरेकी हुन् । ७ टिम सहभागी प्रतियोगिताको समूह बीमा नेपालसहित भुटान र श्रीलंका छन् । समूह एमा भने भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।
खेलकुद मन्त्री अथक र नेपालका लागि इजरायलका राजदुत हनानबीच भेटवार्ता
काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ र नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहिबार युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भेट भएको खेलकुद मन्त्रीका स्वकिय सचिव दिलिप सोनीले जानकारी दिए । भेटका क्रममा समग्र नेपाली युवा र खेलकुदको क्षेत्रका विषयमा कुराकानी भएको थियो । नेपालको खेल क्षेत्रको विकासमा दुई राष्ट्रबीच हुनसक्ने सहकार्यको सम्भावनाको विषयमा छलफल भएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक समिति सचिवालयको उद्घाटन
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक समिति सचिवालयको द्घाटन भएकाे छ । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’, गण्डकी प्रदेश सरकारका मुख्य्मन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेल र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।असोज २८ देखी कार्तिक ३ गते सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणापछि त्यसअघि तय भएको नवौँ राष्ट्रिय खेलकुद स्थगन हुन सक्ने अनुमान गरिएपनि युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले प्रतियोगिता नरोकिने स्पष्ट पारेका छन् । आगामी असोज २८ देखी कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने प्रतियोगिताको तयारीका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा उनले मतदानभन्दा एक महिनाअघिनै राष्ट्रिय खेलकुद सम्पन्न हुने र निर्वाचन कार्यतालिकाले असर नगर्ने बताएका हुन्। उनले भने–,“राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारले बजेट निकासा गरी सकेको छ । यसका लागि सरकारको खर्च समेत भइसकेको छ । निर्वाचन आयोगसँग समेत परामर्श गरेर राष्ट्रिय खेलकुद तय गरिएकाले यसलाई निर्वाचनले कुनै पनि असर गर्दैन,आयोजक प्रदेशका हिसाबले तपाईहरु भव्य तयारीमा लाग्नुहोस् ।” खेलकुदमन्त्री अथकले प्रतियोगिताको तयारी, खेलाडी र खेल खेल्ने ठाउँको व्यवस्थापकीय आधारभूत दायित्व केन्द्र सरकारको रहेपनि प्रदेश सरकारले आफ्नो प्रदेशको टोली सक्षम र बढी भन्दा बढी पदक जित्ने गरी तयारीका काम गर्नुपर्ने बताए ।गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद पोखरा र गण्डकीका लागि महत्वपूर्ण अवसर र कोभिडले प्रभावित बनेको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने उनको विश्वास छ । मन्त्री गहतराजलले नवौँका लागि निर्माण गरिने भनिएका स्वीमिङ, सुटिङ लगायतका खेल पूर्वाधार विविध कारणले निर्माण गर्न नसकिएपनि राष्ट्रिय खेलकुदपछि समेत त्यसलाई अघि बढाइने प्रतिवद्धता जनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकुदका दौरान आइपर्ने समस्या र कठिनाईलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताए ।उनले विगतका संस्करणको अनुभवलाई समेटेर सामूहित दायित्वका साथ प्रतियोगिता सफल बनाउनुपर्ने सबैको साझा दायित्व रहेको बताए। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन महानगर राखेप र प्रदेशसरकारसँग सहकार्य गर्न प्रतिवद्ध रहेको बताए । राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी गराउँदै कार्यतालिका अनुसार काम अघि बढाइएको जानकारी दिए ।यही भदौ २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोज १० सम्ममा खेलगत इभेन्ट, खेल समय तालिका, खेलस्थलको जानकारी गराइने उनले बताए। खेलस्थल र खेलाडी आवास क्षेत्रमा सुरक्षा प्रवन्ध, स्वागत सत्कार र यातायात तथा खेलाडीहरुको हौसला बढाउनका लागि प्रदेश सरकारबाट आवश्यक काम हुने विश्वास राखेपले लिएको सदस्य सचिवले बताए ।प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलहरु छन् ।
दोस्रो चरणमा छानिए रग्बीका १८ खेलाडी
काठमाडौं । एसिया रग्बीको आयोजनामा हुन गई रहेको एसिया रग्बी सेभेन्स ट्रफी २०२२ (एआरएसडी)मा सहभागी नेपाली टोलीको दोस्रो चरणको छनोट सकिएको छ । नेपालको यो चौथो पटकको सहभागिता हो । दोस्रो चरणमा छनोट हुने खेलाडीमा एलिसा थापा, सृजना राई, सावित्री पुर्जा, मनीषा थापा मगर, सबिना महर्जन, मञ्चमाया श्रेष्ठ, नानी तामाङ र सुजिना गुरुङ छन् । यसैगरी, अपना पौडेल, सञ्चिता बमजन, प्रतीक्षा वाग्ले, पुनम भुजेल, अप्सरा कार्की, विशाखा राई र सुषमा थापा पनि छनोट भए । यसैगरी, शर्मिला राई, विनीता शाही र अस्मिता बस्नेत पनि छनोट भएका छन् । इन्डोनेसियाको जकार्तामा ६ र ७ अगस्टमा हुने प्रतियोगितामा सहभागी जनाउने टोलीको बन्द प्रशिक्षण अहिले काठमाडौँमा भई रहेको छ । नेपालले महिला स्पर्धामा मात्र सहभागिता जनाउँदै छ । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट दोस्रो चरणमा १८ खेलाडीको छनोट भएको हो । नेपाली पुरुष रग्बी टोलीले भने भर्खरै बङ्गलादेशमा भएको वङ्गबन्धु बङ्गलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा सहभागिता जनाएको थियो । उक्त बन्द प्रशिक्षणमा टङ्क राज गिरि र विनोद तामाङले प्रशिक्षण दिई रहेका छन् ।

