नेपाल सुपर लिग : आज धनगढी र बुटवल लुम्बिनी खेल्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

आजको खेलमा धनगढी दोस्रो जितको खोजीमा रहँदा बुटवल लुम्बिनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । जारी लिगमा धनगढी तीन अंकका साथ चौथो स्थानमा रहेको छ भने अंकविहीन रहेको बुटवल लुम्बिनी पुछारमा छ ।

धनगढीले आफ्नो पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई पराजित गरेको थियो भने बुटवल ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।

प्रम प्रचण्डद्धारा एसियाली गेम्समा सहभागी खेलाडीलाई सम्मान, पुरस्कार एक हप्तामा निकासा हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली गेम्सको १९ औं संस्करण सहभागी भई पदक हासिल गर्ने खेलाडिलाई सम्मान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एसियाली गेम्समा सहभागी भई नेपाल फर्किएका आज साँझ बालुवाटारमा स्वागत एंव सम्मान गरेका हुन् । वालुवाटारमा आयोजित खेलाडिसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफु खेलाडिलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै खेलाडीलाई उचित पुरस्कार दिने काममा लागेको र केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको बताए । खेल क्षेत्रको विकासका लागि सरकारको अंग म पनि हो भन्ने ठानेर अगि बढ्नुपर्ने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं। हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं । केही मेडल ल्यायौं। सुधारको काममा मम भनेर काम गरौं ।’कृकेट रंगशाला बनाउन काममा तुरुन्तै लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो क्रममा खेलाडिहरूले प्रधानमन्त्रीको खेलप्रतिको लगाव र मायाले आफुरूलाई उत्साहित बनाएको बताए । ‘कबड्डीलाई उदारतापूर्वक सरकारले सहभागी नगराको भए कहाँ अवसर हुन्थ्यो र ?’ खेलाडीले भने । प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा प्राप्त मेडलको लागि बधाई दिंदै आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्ने गरी लाग्न शुभकामना दिए । प्रोत्साहन रकम एक हप्तामा त्यो अर्थबाट आउने बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘मैले जादा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरूलाई बधाई दिन चाहन्छु ।खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।’ नेपालको खेल विश्वले हेरको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले भने -‘म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ। तपाईंहरूको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ।सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।’ एसियाली गेम्सको १९ औं संस्करणमा नेपालले एक रजत र एक काँस्य पदक हात पार्न सफल भएको हो । आईतबार हान्जाओमा सम्पन्न प्रतियोगितामा नेपालबाट कराँतेकी एरिका गुरुङले ब्यक्तिगत स्पर्धामा रजत पदक हात पारिन् भने कबड्डीको महिला टोलीले टिम इभेन्ट्समा काँस्य पदक प्राप्त गरेका हुन् ।

सरकारले खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार निकासा हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एसियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले घोषणा गरिएको पुरस्कार खेलाडीले नपाएको विषयमा आफूलाई जानकारी रहेको बताउँदै केही प्राविधधिक कारण र नीतिगत कारणले दिन नसकिएको बताए । उनले अहिले नियमावली बनेर अर्थमन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने बताए । प्रधानमन्त्रीले भने ‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले आजसम्म पनि नपाएको भन्नेकुरा मलाई जानकारी छ । केही प्राविधधिक कारणले, केही नीतिगत कारणले ढिला हुन गएको म दुःख व्यक्त गर्न चाहन्छु । मैले नै खेलाडीलाई घोषणा गरेको पुरस्कार नियमावलीको अभावको कारण भनेर निकासमा समस्या परेको थियो, अहिले त्यो नियमावली बनेको छ । अर्थ मन्त्रालयबाट त्यसको स्वीकृत भएर आजै खेलकुद मन्त्रालयमा आइपुगेको छ, भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ।’

फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । आज समूह सीमा रहेको जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा समूह बीमा रहेका क्यानडा र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । जापान र कोस्टारिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे हुनेछ । जापान लगातार दोस्रो जितका लागि राउन्ड अफ सिक्सटिन नजिक पुग्ने लक्ष्यमा रहँदा कोस्टारिका भने पहिलो जितको खोजिमा हुनेछ । कोस्टारिका आफ्नो पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो । जापानले भने जाम्बियामाथि फराकिलो जित निकालेको थियो । यो समूहमा जापान शीर्ष र स्पेन दोस्रो स्थानमा छन् । यस्तै आज दिउँसो सवा १ बजे स्पेन र जाम्बिया आमने सामने हुनेछन् । आजको खेलमा स्पेन विजयी भए राउन्डअफ सिक्सटीनको यात्रा पक्का गर्ने छ । जाम्बिाय भने पहिलो जितको खोजिमा हुनेछ । यसैगरी आज साँझ पौने ६ बजे हुने खेलमा क्यानडा र आयरल्याण्ड भिड्ने छन् । यी दुई टिम समूह बीमा रहेका छन् । आयरल्याण्ड र क्यानडा दुवै टिम पहिलो जितेको खोजिमा हुने छन् । आयरल्याण्ड अस्ट्रेलियासँग पराजित हुँदा क्यानडाले नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

बेल्जियमका पूर्व स्ट्राइकर रुसेलको ४५ वर्षको उमेरमा निधन

काठमाडौं । बेल्जियमका पूर्व स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उल्भ्सका पूर्व स्ट्राइकरको शनिबार निधन भएको हो । सेड्रिकले बेल्जियमका लागि ३ खेल खेलेका थिए । कोभेन्ट्रीका पूर्व स्ट्राइकर समेत रहेका उनले उल्भ्समा १८ महिना बिताएका थिए । त्यसबाहेक उनले बेल्जियम, रुस, नेदरल्यान्ड्स, इटाली र साइप्रसका क्लबबाट व्यवसायिक खेल खेलेका थिए।

भारतसँग नेपाल पराजित, पहिलो चरणबाटै आउट

काठमाडौं । बेंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपाललाई २ गोलले पराजित गरेको छ । पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खान पुग्यो। भारतका लागि सुनिल क्षेत्रीले गोल गरे । त्यस्तै ७० औं मिनेटमा पनि भारतले गोल गरेको छ । सनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम महेश सिंहले गोल गरे । यो खेलमा पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिएको छ ।

साफ च्याम्पियनसिप : नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिदा नेपाल र भारत दुवै टिमले गोल गर्न सकेका छैनन् । रोमाञ्चक बनेको खेलमा दुवै पक्षले राम्रो अवसर सिर्जना गरेपनि गोलमा परिणत भने गर्न सकेनन् । आजको खेलमा भारतलाई हराएर प्रतियोगितमा पहिलो जित दर्ता गर्ने नेपालको लक्ष्य छ । भने भारत पनि दोस्रो जितको खोजिमा छ ।

एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

काठमाडौं ।  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल घरेल टोली म्यानमारसँग ५-० गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको म्यानमारले दोस्रो हाफमा तीन गोल थपेको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल बिहीबार चीन र शनिबार चाइनिज ताइपेइसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् । यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै दोस्रो चरणमा पुगेको थियो ।

इब्राहिमोविचद्वारा फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । इब्राहिमोविचले ४१ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका हुन् । इटालियन सिरी ए अन्तर्गत सिजनको अन्तिम लिग खेल भेरोनाविरुद्धको खेलपछि इब्राहिमोविचले सन्यास घोषणा गरेका हुन् । म फुटबललाई अलविदा भन्छु तर तपाईलाई होइन, इब्राहिमोविचले भने । इब्राहिमोविचले यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरिसकेका थिए । इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र एसी मिलन र इन्टर मिलान जस्ता क्लबहरूका लागि ५११ गोल गरेक थिए । उनले चार देशहरूमा लिग उपाधि जितेका थिए। इब्राहिमोविचले २०१९ मा एसी मिलान फर्किएका थिए । तर, चोटका कारण उनले यस सिजन मात्र ४ खेल खेलेका थिए। मिलानसँग इब्राहिमोविचको सम्झौता यसै महिना सकिदैछ । मिलानमा मेरो लागि धेरै भावनाहरू छन् । फोर्जा मिलान र अलविदा, इब्राहिमोविचले भने, पहिलो पल्ट म यहाँ आउँदा मलाई खुशी दियौ, दोस्रो पटक माया दियौ। तपाईंले मलाई खुल्ला हातले स्वागत गर्नुभयो । तपाईले मलाई घरमा महसुस गराउनुभयो । म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु । इब्राहिमोविचले आफ्नो करियरमा १४ लिग उपाधिसहित कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक बालोन डी ओरका लागि मनोनित भएका थिए । इब्राहिमोविच स्विडेनका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले स्विडेनका लागि १२२ खेलमा ६२ गोल गरेका छन् ।

काभा महिला भलिबल : नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं ।   काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा नेपालले आज तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ः ३० बजे सुरु हुनेछ । कजाकस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको थियो। अर्को सेमिफाइनलमा भारतसँग उज्वेकिस्तान सोझो सेटमा पराजित भयो। सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो।​ काभा महिला भलिबलको उपाधिका लागि भने भारत र कजाकस्तान अपराह्न ४ बजे भिड्नेछन्। प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए। जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे।

फ्रेन्च लिगको उपाधि पीएसजीलाई

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ। स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पीएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि जीत हासिल गरेको हो । यो जीतसँगै पीएसजीले ११ औं पटक फ्रेन्च लिगको उपाधि उचालेको हो। पीएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतामा शनिवार राती भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पीएसजीलाई उपाधि जित्न सहज भएको हो। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए। तर, घरेलु टोली पीएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन। खेलेको ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनवाट जान पनि रोकियो। यस बराबरीसँगै पीएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ।

बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले हात पारेको छ । शनिबार भएको अन्तिम लिग खेलमा कोल्नलाई २(१ गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११ औं पटक बुन्डेसलिगाको उपाधि जितेको हो । बायर्न २०११/१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । यस्तै बायर्नको ३२ औं बुन्डेसलिगा उपाधि हो । खेलको आठौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८१ औं मिनेटमा डेजानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८९ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बय्रणलाई २–१ को जित दिलाए । यस जितसँगै बायर्नले ३४ खेलमा ७१ अंक जोडेर च्याम्पियन बनेको हो । दोस्रो स्थानको बोरुसिया डर्टमण्डले पनि ७१ अंक जोड्यो । तर, गोल अन्तरले बायर्न अघि रहदै च्याम्पियन बनेको हो । शनिबार भएको अन्तिम खेलमा डर्टमण्ड मैन्जसँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।

रियललाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

काठमाडौं । साबिक विजेता रियल मड्रिडलाई ४–० ले पराजित गर्दै इंग्लिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बुधवार राती सिटीको घरेलु मैदान इतिहादमा भएको सेमिफाइनलको दोस्रो लेगमा ४–० र पहिलो लेगमा १–१ को नतिजा निकालेको सिटी समग्रमा ५–१ को जितसहित फाइनल पुगेको हो। खेलको २३ औं मिनेट र ३७ औं मिनेटमा बर्नार्डो सिल्भाले एक–एक गोल गरे। पहिलो हाफमा २–० ले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। म्यनुयल अकान्जीले ७६औं मिनेटमा र सब्सिट्युट खेलाडी जुलियन अल्भारेजले खेलको इन्जिुरी समयमा गोल गरेका थिए । यो जितसँगै सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ। फाइनल जुलाई ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ। इन्टर सेमिफाइनलमा एसी मिलानलाई पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो। सिटी दोस्रो पटक फाइनल पुगेको हो। सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।

इङ्लिस प्रिमियर लिग : लेस्टरमाथि लिभरपुलको सहज जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । सोमबार राति घरेलु मैदानमा लेस्टर सिटीलाई एनफिल्ड क्लबले ३–० ले पराजित गरेको हो । कर्टिस जोन्सले दुई गोल गर्दै लयमा देखिएको लिभरपुललाई महत्वपुर्ण जित दिलाउन सफल रहे । पछिल्लो हारले लेस्टरमाथि रेलिगेशनको दबाब थपिएको छ । रेलिगेशन जोनमा रहेको लेस्टर अन्तिमबाट दोस्रो स्थानमा छ । योर्गेन क्लोपको लिभरपुलले पछिल्ला ७ प्रिमियर लिगमा जित निकालेको छ । शीर्ष चारको सम्भावनाको दौडमा आफुलाई कायम राखेको छ । लिभरपुल समान ६६ अंक रहेका चौथों स्थानको न्युक्यासल र पाँचौं स्थानको म्यान यु भन्दा मात्र एक अंकले पछि छ । लिरभपुलको तीनैवटा गोलमा मोहमद सलाहाले सहयोग दिएका थिए । उनै सलाहाको पासलाई सदुपयोग गर्दै जोन्सले ३३ औं मिनेटमा लिभरपुललाई अघि बढाएका थिए । त्यसको तीन मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गरेका थिए । अलेक्जन्डर अर्नोल्डले ७१ औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरेका थिए । १९ औं स्थानमा रहेको लेस्टरको ३० अंक छ । रेलिगेशन जोन भन्दा माथि रहेको एभर्टन भन्दा लेस्टर दुई अंकले पछि छ ।

स्पेनिस कोपा डेल रे को उपाधि रियल मड्रिडलाई

काठमाडौं । ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल मड्रिड ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक च्याम्पियन बनेको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को जित दिलाए । रियलसँगको हारसँगै ओसासुना क्लबको १०३ वर्षको इतिहासमा पहिलो उपाधिबाट वञ्चित बन्यो ।

इंग्लिस प्रिमियर लिग फुटबल : टोटेनहममाथि न्युकासलको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले टोटेनहमलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । आज राती भएको खेलमा न्युकासलले टोटेनहमलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा जाकोब मुर्फेले गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए । छैटौं मिनेटमा जोइलिनटनले गोल गर्दा न्युकासल २–० ले अघि रह्यो । नवौं मिनेटमा जाकोबले व्यक्तिगत दोस्रो गोल गर्दा न्युकासल ३–० ले अघि रह्यो । १९ औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै न्युकासललाई ४–० को अग्रता दिलाए । खेलको २१ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई ५–० को अग्रता दिलाए । खेलको ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ५–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६–१ को जित दिलाए । जितसँगै न्युकासलले ३१ खेलमा ५९ अंक जोडेको छ । न्युकासल तेस्रो स्थानमा उक्लिएको छ ।