नेपाल सुपर लिग : धनगढीलाई हराएर बुटवल लुम्बिनी प्ले अफमा
काठमाडौं : धनगढी एफसीविरुद्धको आफ्नो अन्तिम खेलमा बुटवल लुम्बिनीले निश्चित जित निकाल्न सफल रहेपछि शनिबार नेपाल सुपर लिगको प्लेअफको यात्रा तय गरेको छ ।
दशरथ रंगशालामा भएको खेलका सुमन लामाले ८० औं मिनेटमा निर्णायक गोल गरे र यससँगै टिम १-० को संघर्षपूर्ण जितले शीर्ष चारमा उक्लिन सफल रह्यो ।
यससँगै प्रतियोगिताको शीर्ष चारमा रहने टिम पनि निश्चित भएको छ र यी धनगढी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी रहेका छन् । बुटवल लुम्बिनी आफू अनुकुल नतिजा निकाल्न सफल रहेपछि पोखरा थन्डर्सको सम्भावना समाप्त भएको हो । लिग चरणको अन्तिम आइतबार काठमाडौं र चितवनबीच हुनेछ ।
यो खेलको नतिजाले शीर्ष २ स्थानमा कुन कुन टिम रहने हो, त्यो निश्चित गर्नेछ । अन्तिम खेलमा प्राप्त जितपछि बुटवल लुम्बिनीको ८ अंक भएको छ । पोखराको पनि समान ८ अंक छ । प्रतियोगिता नियम अनुसार बुटवल लुम्बिनी हेड टु हेडको आधारमा अगाडि रहेको छ । लिग चरणको अर्को खेलमा बुटवल लुम्बिनीले पोखरालाई २–० ले हराएको थियो । धनगढी भने १० अंकमा अझै शीर्ष स्थानमा छ ।
काेलकाताविरुद्ध टस जितेर बलिङ गर्दै राजस्थान
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको १८औँ म्याच अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुँदैछ । राजस्थानले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले श्रेयस गोपाल र मनन बोहराको स्थानमा जयदेव उनादकट र यशस्वी जैसवाललाई मौका दिएको छ । केकेआरले भने प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले कमलेश नगरकोटीको स्थानमा शिवम मावीलाई अवसर दिएको छ । जारी सिजनमा राजस्थान र केकेआरले चार म्याच खेल्दा एक/एक खेलमा मात्र जित हासिल गरेका छन् । राजस्थानको प्लेइङ-११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान), डेविड मिलर, शिवम दुबे, रियान पराग, राहुल तेवटिया, क्रिस मोरिस, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान । केकेआरको प्लेइङ-११ : नितीश राणा, शुभमन गिल, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, सुनील नारायण, आन्द्रे रसेल, प्याट कमिन्स, वरुण चक्रवर्ती, शिवम मावी र प्रसिद्ध कृष्णा ।
आईपीएल : पञ्जाबविरुद्ध दिल्लीको शानदार जित
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको ११औँ म्याचअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ । मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । उसका लागि शिखर धवनले उत्कृष्ट पारी खेले । उनले ४९ बलमा दुई छक्का र १३ चौकासहित ९२ रनको योगदान दिए । त्यस्तै, पृथ्वी शाले ३२, मार्कस स्टोइनिसले अविजित २३, कप्तान ऋषभ पन्तले ११, ललित यादवले नटआउट १२ र स्टिभ स्मिथले ९ रन बनाए । बलिङमा झय रिचडर्सनले दुई, रिली मेरिडीथ र अर्शदीप सिंहले एक/एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९५ रन बनायो । एसका लागि मयंक अग्रवाल र केएल राहुलले अर्धशतकीय पारी खेले । मयंकले ३६ बलमा सात चौका र चार छक्कासहित ६९ र राहुलले ५१ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रन बनाए । त्यस्तै, दीपक हूडाले अविजित २२, साहरुख खानले नटआउट १५, निकोलश पूरनले ९ र क्रिस गेलले ११ रनको योगदान दिए । बलिङमा आवेश खान, लुकमान मेरिवाला, क्रिस वक्स र कागिसो रबाडाले एक/एक विकेट लिए । आजको जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले तीन म्याचमध्ये एक खेलमा मात्र हारको सामना गरेको छ ।
आरसीबीको लगातार तेस्रो जित
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको १०औँ म्याचमा कोलाकाता नाइट राइडर्स (केकेआर)विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ३८ रनले विजयी भएको छ । जारी सिजनमा आरसीबीको यो लगातार तेस्रो जित हो । आरसीबीले पहिलोमा मुम्बई इण्डियन्स र दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो । केकेआरको भने यो लगातार दोस्रो हार हो । केकेआरले पहिलो खेलमा हैदराबादलाई हराउँदा दोस्रो म्याचमा मुम्बईविरुद्ध हारको सामना गर्नुपर्यो । आफ्नो तेस्रो खेलमा आरसीबीले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । उसका लागि आन्द्रे रसेलले ३०, कप्तान इयोन मोर्गनले २९, शाकिवअल हसनले २६, राहुल त्रिपाठीले २५, शुभमन गिलले २१, नीतिश राणाले १८ रन बनाए । बलिङमा कायल जेमिसनले तीन, हर्षल पटेल, युजवेन्द्र चहलले दुई/दुई र वासिङ्टन सुन्दरले एक विकेट लिए । त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । उसका लागि ग्लेन म्याक्सेवल र एबी डिभिलियर्सले आक्रामक पारी खेले । म्याक्सवेलले ४९ बलमा ९ चौका र तीन छक्कासहित ७८ रन बनाए । जारी सिजनमा उनको यो लगातार दोस्रो अर्धशतक हो । त्यस्तै, डिभिलियर्सले ३४ बलमा ९ चौका र ४ छक्काको मद्दतमा अविजित ७६ रनको योगदान दिए । आईपीएल २०२१ मा उनको यो पहिलो अर्धशतक हो । देवदत्त पाडिक्कलले २५, कायल जेमिसनले अविजित ११ रन बनाउँदा कप्तान विराट कोहली पाँच र रजत पाटिदार एक रनमै आउट भए । बलिङमा वरुण चक्रवर्तीले दुई, प्याट कमिन्स र प्रशिद्ध कृष्णाले एक/एक विकेट लिए । आजको जितसँगै आरसीबी शीर्ष स्थानमा उक्लिएको छ । आरसीबीको तेस्रो जितसँगै यस्तो बन्यो अंक तालिका :
मलेसियाविरुद्ध नेदरल्याण्ड्सले टस जितेर ब्याटिंग गर्दै
काठमाडौं । त्रिकोणात्मक टी–अन्तर्राष्ट्रिय श्रृखंला अन्तगर्तको दोस्रो खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । प्रतियोगिता अन्तगर्त आज हुने खेलमा नेदरल्याण्ड्सले मलेसियाको सामना गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले खेल भइरहेको छ । पहिलो खेलमा हार बेहोरेको नेदरल्याण्ड्सले दोस्रो खेलमा जित हात पार्दै प्रतियोगिताको फाइनलसम्म पुग्ने सम्भावनालाई जिवित राख्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा ३१ औं स्थानमा रहेको मलेसियाले भने १७ औं स्थानको नेदरल्याण्ड्समाथि जित हात पार्ने लक्ष्य राखेको छ । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको विशाल जित हात पारेको थियो ।
आरसीबीद्धारा हैदराबादलाई सामान्य लक्ष्य
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले सनराइजर्स हैदराबादलाई १ सय ५० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ४९ रन बनायो । उसका लागि ग्लेन म्याक्सेवलले ४१ बलमा तीन छक्का र पाँच चौकासहित सर्वाधिक ५९ रन बनाए । त्यस्तै, कप्तान विराट कोहलीले ३३, साहबाज अहमदले १४, देवदत्त पाडिक्कलले ११ र कायल जेमिसनले १२ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा राशिद खानले सबैभन्दा किफायती बलिङ गरे । उनले चार ओभरमा महत्वपूर्ण दुई विकेट लिएर १८ रन खर्चिए । त्यस्तै, जेसन होल्डरले तीन, भुवनेश्वर कुमार, टी नटराजन र सहबाज नदीमले एक/एक विकेट लिए । हैदराबादले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले मोहम्मद नाबी र सन्दीप शर्मालाई विश्राम दिँदै जेसन होल्डर र सहबाज नदीमलाई मौका दिएको छ । आरसीबीले प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले रजत पाटीदारलाई आराम दिएर देवदत्त पाडिक्कलाई समावेश गरेको छ । देवदत्त पाडिक्कल । फाइल तस्बिर जारी सिरिजनको पहिलो खेलमा आरसीबीले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको छ । हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो । यी दुई टिमबीचको पछिल्ला पाँच खेलमा हैदराबाद हाबी देखिन्छ । पाँच खेलमा हैदराबादले आरसीबीलाई तीन म्याचमा हराएको छ । यी दुवै टिम गत सिजनमा ‘प्लेअफ’मा पुगेका थिए । हालसम्म हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ । आरसीबीले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी हात पार्न सकेको छैन । आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, सहबाज नदीम, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल । हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह (विकेटकीपर), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, जेसन होल्डर, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सहबाज नदीम र टी नटराजन ।
आरसीबीविरुद्ध बलिङ गर्दै हैदराबाद, यस्तो छ दुवैको प्लेइङ-११
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको छैटौँ म्याचअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुँदैछ । हैदराबादले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले मोहम्मद नाबी र सन्दीप शर्मालाई विश्राम दिँदै जेसन होल्डर र सहबाज नदीमलाई मौका दिएको छ । आरसीबीले प्लेइङ ११ मा एकम खेलाडी परिवर्तन गरेको छ । उसले रजत पाटीदारलाई आराम दिएर देवदत्त पाडिक्कलाई समावेश गरेको छ । जारी सिरिजनको पहिलो खेलमा आरसीबीले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको छ । हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो । यो पटक पनि आरसीबीमा विराट कोहली र हैदराबादमा डेविड वार्नर कप्तान छन् । यी दुई टिमबीचको पछिल्ला पाँच खेलमा हैदराबाद हाबी देखिन्छ । पाँच खेलमा हैदराबादले आरसीबीलाई तीन म्याचमा हराएको छ । यी दुवै टिम गत सिजनमा ‘प्लेअफ’मा पुगेका थिए । हालसम्म हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ । आरसीबीले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी हात पार्न सकेको छैन । आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, सहबाज नदीम, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल । हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह (विकेटकीपर), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, जेसन होल्डर, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सहबाज नदीम र टी नटराजन ।
कोलकाताविरुद्ध मुम्बई १० रनले विजयी
काठमाडौं : १४औँ सिजनको आईपीएलअन्तर्गत पाँचौ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध मुम्बई इण्डियन्स १० रनले विजयी भएको छ । जारी प्रतियोगितामा मुम्बईको यो पहिलो जित हो । उसले पहिलो खेलमा ९ अप्रिलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध हार ब्यहोरेको थियो । मुम्बईले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । उसका लागि नीतिश राणाले ५७ र शुभमन गिलले ३३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा राहुल चाहरले चार, ट्रेन्ट बोल्टले दुई र कुणाल पाण्ड्याले एक विकेट हात पारे । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन बनायो । उसका लागि सूर्यकुमार यादवले ३६ बलमा सात चौका र दुई छक्कासहित ५६ रन बनाए । त्यस्तै, कप्तान रोहित शर्माले ४३, हार्दिक पाण्ड्या र कृणाल पाण्ड्याले १५/१५ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा आन्द्रे रसेलले ५, त्यस्तै, प्याट कमिन्सले दुई, प्रशिद्ध कृष्णा, शाकिवअल हसन र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।
कोलकाताविरुद्ध टस हारेर ब्याटिङ गर्दै मुम्बई
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर)ले टस जितेर बलिङ रोजेको छ । यी दुई टोलीबीचको म्याच नेपाली समयअनुसार साँझ ७:४५ बजे चेन्नईमा सुरू हुँदैछ । केकेआरले आज पनि अघिल्लो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिएको छ । मुम्बईले भने प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले क्रिस लिनको स्थानमा क्विन्टन डिककलाई मौका दिएको छ । जारी सिजनमा केकेआरले सनराइजर्स हैदराबादलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ । यता मुम्बई इण्डियन्स भने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पराजित भएको थियो । पछिल्लो पाँच खेलमा मुम्बईविरुद्ध केकेआरले एक खेलमा मात्र जित हासिल गरेको छ । केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नीतिश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेटकीपर), आन्द्रे रसेल, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्ध कृष्ण र वरुण चक्रवर्ती । मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मार्को जनसेन, क्रुणाल पाण्ड्या, किरण पोलार्ड, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट र राहुल चहर ।
चेन्नईद्वारा दिल्लीलाई १८९ रनको लक्ष्य, रैनाको आक्रामक अर्धशतक
काठमाडौं । १४औँ सिजनको आईपीएलको दोस्रो खेलमा चेन्नई सुपर किंग्स (सीएसके)ले दिल्ली क्यापिटल्सलाई १ सय ८९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको सीएसकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो । उसका लागि सुरेश रैनाले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा तीन चौका र चार छक्कासहित ५४ रन बनाए । त्यस्तै, मोइन अलीले ३६, अम्बाती रायडूले २३ रनको योगदान दिए । अलराउन्डर साम करनले आक्रामक ब्याटिङ गरे । उनले १५ बलमा दुई छक्का र चार चौकासहित ३४ रन बनाए । त्यस्तै, रवीन्द्र जडेजा २६ रनमा अविजित रहे । बलिङमा आवेश खान, क्रिस वक्सले दुई/दुई, रवीचन्द्रन आश्विन र टम करनले एक/एक विकेट हात पारे ।
चेन्नईविरुद्ध टस जितेर बलिङ गर्दै दिल्ली
काठमाडौं : १४औँ सिजनको आईपीएलको दोस्रो खेलमा न्नई सुपर किंग्स (सीएसके)विरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि मुम्बईमा हुँदैछ । हालसम्म दिल्लीलले आईपीएल उपाधि हात पार्न सकेको छैन । चेन्नईले भने तीन पटक आईपीएल ट्रफी जितिसकेको छ । दिल्ली गत सिजनमा पहिलो पटक फाइनलमा पुगेको थियो । यो पटक दिल्लीमा ऋषभ पन्त कप्तान छन् । नियमित कप्तान श्रेयस अय्यर घाइते भएपछि दिल्लीको कप्तानी पन्तलाई दिइएको हो । पहिलो खेलमा दिल्ली टिमका महत्वपूर्ण बलर कागिसो रबाडा र एनरिक नोर्टजे उपलब्ध हुने छैनन् । उनीहरू पाकिस्तानसँगको वानडे सिरिजका कारण ढिला भारत पुगेकाले पहिलो खेल गुमाउने भएका हुन् । यता चेन्नईका बलर लुंगी एनगिडीले पनि पहिलो म्याच गुमाउने छन् । पछिल्लो पाँच म्याचमा चेन्नईले दिल्लीलाई तीन खेलमा पराजित गरेको छ । गत सिजनमा भने दिल्लीविरुद्ध चेन्नई दुवै खेलमा पराजित भएको थियो । दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (कप्तान/विकेटकीपर), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, क्रिस वोक्स, रविचन्द्रन अश्विन, टम करन, उमेश यादव, अमित मिश्रा र इशान्त शर्मा । चेन्नईको प्लेइङ-११ : मोइन अली, फाफ डु प्लेसिस, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीन्द्र जडेजा, साम कुरन, ड्वेन ब्रावो, कृष्णप्पा गौतम, शार्दुल ठाकुर र दीपक चाहर ।
सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो उपाधि
काठमाडौं । ललितपुर मेयर महिला टी–२० च्याम्पियन्सको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । फाइनलमा आज सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले नगद तीन लाख पुरस्कार पाएको छ । उपविजेता सुदूरपश्चिमले भने एक लाख ५० हजारमा चित्त बुझाएको छ । फाइनलमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि ज्योति पाण्डेले ३६, कप्तान सीताराना मगरले २७, इन्दु रानाले अविजित २६ र ममता चौधरीले नटआउट १५ रन बनाइन् । ज्योजि र सीता दुवै रनआउट भएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो । उसका लागि विन्दु रावलले उत्कृष्ट ब्याटिङ गरिन् । उनले ५४ बलमा चार चौकासहित अविजित ४४ रन बनाइन् । त्यस्तै, डली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रनको योगदान दिइन् । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा विनु बुढा, सीताराना मगर, सुष्मा श्रेष्ठ, करुणा भण्डारी र रेखा रावलले एक/एक विकेट लिए ।
विश्वकप छनोट खेल कुवेतमा हुने
काठमाडौं । विश्वकप फुटबल २०२२ तथा एएफसी एशिया कप चीन २०२३ को छनोट खेल कुवेतमा हुने भएको छ । एशियाली फुटबल संघले एशिया छनोट खेल हुने स्थल शुक्रबार तय गरेको छ । गत साता एशियाली फुटबल संघ(एएफसी)ले नेपालले आयोजना गर्ने दोस्रो चरणको अष्ट्रेलिया विरुद्धको छनोट खेल स्थगित भएको जनाएको थियो । एएफसीले एशियाली सदस्य राष्ट्रहरुसँग नजिकको छलफलपछि छनोट खेल हुने स्थलको टुंगो लगाएको जनाएको छ । दोस्रो चरणको सबै खेल ३१ मई देखि १५ जुनसम्म खेलाइनेछ । तालिका बमोजिम चीनले समूह ए को सिरीया, फिलिपिन्स, माल्दिभ्स र गुआमबीचको खेलको आयोजना गर्नेछ । कुवेतलाई समूह बी अन्तगर्तको सबै खेल आयोजना गर्ने जिम्मेवारी दिइएको एएफसीले उल्लेख गरेको छ । नेपाल, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ समूह बी मा छन् । नेपालले चैत्त १७ गते दशरथ रङशालामा अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । दोस्रो चरणको छनोट अन्तगर्त नेपालले चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डन विरुद्ध खेल्न बाँकी छ । नेपालले छनोट चरणमा पाँच खेलमध्ये एकमा जित र चारमा हार बेहोरेर अङ्कतालिकाको चौथो स्थानमा छ । नेपालको तीन अङ्क छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ । कुवेतले पाँच खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन पाँच खेलबाट दश अङ्कसहित तेस्रो स्थानमा छ । कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ । चाइनिज ताइपेईले भने पाँच खेलमध्ये पाँच वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पूछारमा छ । नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७–० ले हार बेहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो । जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेत विरुद्ध भुटानको थिम्पुमा ०–१ को हार बेहोरेको थियो ।
मेयर्स कप : विनोदको आक्रामक शतकीय पारी, टिम भने १० रनले पराजित
काठमाडौं : काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लब १० रनले पराजित भएको छ । बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनायो । उसका लागि विनोद भण्डारीले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ११४ बलमा सात छक्का र आठ चौकासहित १ सय १४ रन बनाए । त्यस्तै, लोकेश बमले ४६, करण केसीले २४ र रोहितकुमार पौडेलले १५ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा अरियो पौडेल एक्लैले पाँच विकेट हात पारे । उनले ८.१ ओभरमा ४६ रन दिएर पाँच विकेट हात पारेका हुन् । त्यस्तै, राम नरेश गिरीले दुई, नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले एक/एक विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बागमतीले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६६ रन बनायो । उसका लागि पारस खड्काले शतकीय पारी खेले । उनले १३३ बलमा ११ चौका र दुई छक्कासहित ११९ रनको पारी खेलेका हुन् । त्यस्तै, नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा सोमपाल कामीले १० ओभरमा ६५ रन दिएर पाँच विकेट लिए । त्यस्तै, करण केसी, साहब आमल, जितेन्द्र मुखिया र बिक्रम सोबले एक/एक विकेट लिए । आर्मीलाई हराए पनि बागमती फाइनल पुग्न अससफल भयो । बागमतीले चार खेलमा दुइमा जित र दुई खेलमा हारको सामना गर्न पुग्यो । आर्मीले भने चारमध्ये एक खेलमा मात्र जित हासिल गर्न सक्यो ।
पुलिसविरुद्ध सन्दीपको टिमको फराकिलो हार
काठमाडौं । काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबविरुद्ध मेयर्स–११ टिम १ सय ३ रनले पराजित भएको छ । पुलिसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले ३१.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान सन्दीप लामिछानेले सन्दीले पुलिसविरुद्ध १७ बलमा दुई छक्का र तीन चौकासहित सर्वाधिक २६ रन बनाए । त्यस्तै, कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा पवन सराफले चार, दीपेन्द्रसिंह ऐरीले तीन, ललित राजवंशीले दुई र सागर ढकालले एक विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पुलिस ४७.४ ओभरमा अलआउट भयो । उसका लागि योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, पवन सराफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दिलिप नाथले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कप्तान सन्दीप लामिछाने, बिपिन खत्री र हरिशंकर साहले उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले १० ओभरमा ३५ रन दिएर तीन, हरिशंकरले ९.४ ओभरमा २८ रन खर्चेर तीन विकेट लिए । बिपिनले पनि १० ओभरमा ५४ रन दिएर तीन विकेट नै लिए । त्यस्तै, अनिल खरेलले एक विकेट हात पारे । आजको जितसँगै पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । मेयर्स–११ भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।
मेयर्स कपः एपीएफलाई बागमतीले हरायो, सोनुले लिए ६ विकेट
काठमाडौं । काठमाडौंमा जारी काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल एपीएफ क्लबविरुद्ध बागमती प्रदेश २७ रनले विजयी भएको छ । जारी प्रतियोगितामा बागमतीको पहिलो जित हो । उसले पहिलो दुई खेलमा लगातार हारको सामना गरेको थियो । एपीएफको भने पहिलो हार हो । उसले पहिलो र दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो । तेस्रो खेलमा बागमतीले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफले ४४.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६ रन मात्र बनाउन सक्यो । उसका लागि आशिफ शेखले अर्धशतक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ३८ बलमा सात चौका र दुई छक्कासहित ५० रन बनाए । त्यस्तै, शंकर राना २९, अमर रौटेला २७, सन्दीप जोरा २५, भुवन कार्की १४, बसन्त रेग्मी र किशोर महतो ११÷११ रनमा आउट भए । बलिङमा सोनु देवकोटाले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ४१ रन दिएर ६ विकेट हात पारे । त्यस्तै, अरियो पौडेल र रामनरेश गिरीले दुई÷दुई विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बागमतीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३३ रन बनायो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतकीय पारी खेले । मल्लले ८४ बलमा सात चौकासहित ५४ र यादवले ५६ बलमा दुई छक्का र सात चौकाको मद्दतमा अविजित ६० रनको योगदान दिए । त्यस्तै, आदिल खानले ३४, इशान पाण्डेले ३१ र पारस खड्काले २९ रन बनाए । बलिङमा किशोर महतो, अमर रौटेलालले दुई÷दुई, बसन्त रेग्मी र अविनाश बोहराले एक÷एक विकेट लिए ।

