आईपीएल : पञ्जाबविरुद्ध चेन्नईको फराकिलो जित
काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ९ विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।
उसका लागि आज पनि ऋतुराज गायकवाडले ४९ बलमा ६ चौका र १ छक्कासहित नटआउट ६२ रन बनाए । जारी सिजनमा गायकवाडको यो लगातार तेस्रो अर्धशतक हो ।
त्यस्तै, फाफ डुप्लेसिसले ४८ र अम्बाती रायडूले अविजित ३० रनको योगदान दिए । बलिङमा क्रिस जोर्डनले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो ।
उसका लागि दीपक हुड्डाले राम्रो ब्याटिङ गरे । उनले ३० बलमा ३ चौका र ४ छक्कासहित अविजित ६२ रन बनाए ।
त्यस्तै, कप्तान केएल राहुलले २९, मयंक अग्रवालले २६, मन्दीप सिंहले १४, क्रिस गेलले १२ रनको योगदान दिए ।
बलिङमा सीएसकेका लुंगी एनगिडीले ३, शार्दुल ठाकुर, इमरान ताहिर र रवीन्द्र जडेजाले एकएक विकेट लिए ।
आजको हारसँगै पञ्जाब पनि प्लेअफ दौडबाट बाहिरिएको छ ।
आईपीएल : दिल्लीद्वारा राजस्थानलाई १६२ रनको लक्ष्य
काठमाडौं : आईपीएलको १३ औँ सिजनमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धाीरत २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । एसका लागि शिखर धवनले ५७, कप्तान श्रेयस अय्यरले ५३, मार्कस स्टोइनिसले १८ र एलेक्स क्यारीले १४ रन बनाए । ब्लिङमा राजस्थानका जोफ्रा आर्चरले ३, जयदेव उनादकटले २, श्रेयस गोपाल र कार्तिक त्यागीले एक/एक विकेट लिए । आठौँ म्याचमा पनि बेन्चमै सन्दीप राजस्थानविरुद्ध पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । योसहित उनी लगातार आठौँ म्याचमा पनि प्लेइङ-११ मा मौका पाउन असफल भएका हुन् । आज पनि दिल्लीले मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्खिया र एलेक्स क्यारीलाई अन्तिम-११ मा मौका दिएको छ । राजस्थानविरुद्ध दिल्लीले एक खेलाडी परिवर्तन गरेको छ । उसले हर्षल पटेलको स्थानमा तुषार देशपाण्डेलाई मौका दिएको छ ।
राजस्थानविरुद्ध पनि सन्दीप बेन्चमै, दिल्ली ब्याटिङ गर्दै
काठमाडौं : आईपीएलको १३ औँ सिजन अन्तर्गत राजस्थानविरुद्ध दिल्ली क्यापिटल्सले टस जितेर ब्याटिङ रोजेको छ । दिल्ली र राजस्थानबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु दुबईमा सुरु हुँदैछ । दुबै टिमको यो आठौँ म्याच हो । दिल्लीले सात खेलमा २ मा हार र ५ खेलमा जित हासिल गरेको छ । राजस्थानले ७ मध्ये तीनमा जित र चार खेलमा हारको सामना गरेको छ । आठौँ म्याचमा पनि बेन्चमै सन्दीप राजस्थानविरुद्ध पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । योसहित उनी लगातार आठौँ म्याचमा पनि प्लेइङ ११ मा मौका पाउन असफल भएका हुन् । आज पनि दिल्लीले मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्खिया र एलेक्स क्यारीलाई अन्तिम ११ मा मौका दिएको छ । राजस्थानविरुद्ध दिल्लीले एक खेलाडी परिवर्तन गरेको छ । उसले हर्षल पटेलको स्थानमा तुषार देशपाण्डेलाई मौका दिएको छ । राजस्थानको प्लेइङ-११ : जोस बटलर, बेन स्टोक्स, स्टिभ स्मिथ (कप्तान), सञ्जु सामसन, यशस्वी जैयसवाल, रियान पराग, राहुल तेवटिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, कार्तिक त्यागी र जयदेव उदानकट । दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, आजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), मार्कस स्टोइनिस, एलेक्स क्यारी, तुषार देशपाण्डे, अक्क्षर पटेल, रविचन्द्रन आश्विन, कागिसो रबाडा र एनरिच नोर्त्जे ।
क्रिस्टियानो रोनाल्डोमा देखियाे कोरोना सङ्क्रमण
पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको खेलमा उनी आफ्नो राष्ट्रको टोलीबाट उत्रिने छैनन्। पोर्चुगलको फुटबल महासङ्घका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ। यसअघि सो प्रतियोगिता अन्तर्गत नै आइतवार भएको खेलमा पोर्चुगल र फ्रान्सबीच बराबरी भएको थियो।
आईपीएल : हैदराबादविरुद्ध चेन्नई २० रनले विजयी
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) २० रनले विजयी भएको छ । सीएसकेले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । उसका लागि केन विलियम्सनले ५७, जोनि बेयरिस्टोले २३, प्रियाम गर्गले १६, विजय शंकरले १२, राशिद खानले १४ रन बनाए । बलिङमा सीएसकेका कर्ण शर्मा, डिजे ब्रावोले २/२, साम कुरान र रवीन्द्र जडेजाले एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको सीएसकेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो । उसका लागि शेन वाट्सनले ४२, अम्बाती रायडूले ४१, साम कुरानले ३१, महेन्द्रसिंह धोनीले २१ र रवीन्द्र जडेजाले नटआउट २५ रनको योगदान दिए । बलिङमा हैदराबादका सन्दीप शर्मा, थांगारासु नटराजन र खलिल अहमदले २/२ विकेट लिए ।
हैदराबादविरुद्ध ब्याटिङ गर्दै चेन्नई, यी खेलाडी छन् प्लेइङ-११ मा
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके)ले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि सुरु हुँदैछ । सीएसकेले आज एक खेलाडी परिवर्तन गरेको । उसले नारायण जगदीशनको स्थानमा पियूष चावलालाई मौका दिएको छ । हैदराबादले पनि आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले अभिषेक शर्मालाई आराम दिँदै शाहबाज नदीमलाई मौका दिएको छ । जारी सिजनमा सीएसकेले ७ म्याच खेल्दा केवल २ खेलमा मात्र जित हासिल गरेको छ । प्लेअफमा सम्भावना जिवित राख्न सीएसकेलाई अबका खेल जित्नैपर्ने दबाब छ । त्यस्तै, हैदराबादले ७ म्याचमा तीनमा जित र चार खेलमा हारको सामना गरेको छ । यो सिजनमा हैदराबादमा डेविड वार्नर कप्तान छन् । सीएसकेमा भने जारी लिगमा पनि महेन्द्रसिंह धोनी नै कप्तान छन् । पछिल्लो पाँच म्याचको आँकडा हेर्ने हो भने हैदराबादविरुद्ध सीएसके तीन खेलमा विजयी भएको थियो । सीएसकेको प्लेइङ-११ : शेन वाटसन, फाफ डु प्लेसिस, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तान), रवीन्द्र जडेजा, साम कुरान, ड्वेन ब्रावो, दीपक चहर, पियूष चावला, शार्दुल ठाकुर र कर्ण शर्मा । हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), जोनी बेयरिस्टो, मनीष पाण्डे, केन विलियम्सन, प्रियाम गर्ग, विजय शंकर, शाहबाज नदीम, राशिद खान, सन्दीप शर्मा, खलिल अहमद र टी नटराजन ।
आरसीबीले दियो केकेआरलाई १९५ रनको लक्ष्य, डिभिलियर्सको उत्कृष्ट ब्याटिङ
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई १ सय ९५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको आरसीबीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनायो । उसका लागि एबी डिभिलियर्सले शानदार ब्याटिङ गरे । उनले ३३ बलमा ५ चौका र ६ छक्कासहित नटआउट ७३ रन बनाए । जारी सिजनमा डिभिलियर्सको यो तेस्रो अर्धशतक हो । त्यस्तै, आरोन फिन्चले ४७, देवदत्त पाडिक्कले ३२, कप्तान विराट कोहलीले अविजित ३३ रन बनाए । बलिङमा केकेआरका प्रसिद्ध कृष्णा र आन्द्रे रसेलले एक/एक विकेट लिए ।
धोनीकी छोरीलाई धम्की दिने युवक पक्राउ
काठमाडौं : सामाजिक सञ्जालबाट चेन्नई सुपर किंग्स (सीएसके)का कप्तान महेन्द्र सिंह धोनीकी छोरीलाई धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार गुजरात प्रहरीले पक्राउ गरेको हो । ती युवाविरुद्ध राँचीमा घटना दर्ता भइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राँचीको ग्रामीण प्रहरी नौशाद आलमले ती युवालाई ल्याउन प्रहरी गुजरातको कच्छ जिल्ला गएको छ । घटनामा संलग्न अर्का व्यक्तिको पनि खोजी तीव्र भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका युवकले यूएईमा जारी आईपीएलमा खराब प्रदर्शन गरेको भन्दै धोनीकी छोरीलाई अपशब्द प्रयोग गरेका थिए ।
आईपीएल : आरसीबीद्वारा चेन्नईलाई १७० रनको लक्ष्य
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ७० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । कप्तान कोहलीले आज ५२ बलमा ४ चौका र ४ छक्कासहित अविजित ९० रन बनाए । त्यस्तै, देवदत्त पाडिक्कले ३३, वासिङटन सुन्दरले १०, आरोन फिन्चले २, शिवम् दुबेले नटआउट २२ रनको योगदान दिए । आरसीबीका विस्फोट ब्याट्सम्यान एबी डिभिलियर्स भने आज शून्य रनमै आउट भए । उनलाई शार्दुल ठाकुरले विकेटकीपर महेन्द्रसिंह धोनीको हातबाट क्याच आउट गराएका थिए । बलिङमा सीएसकेका शार्दुल ठाकुरले २, साम कुरान र दीपक चाहरले एक/एक विकेट लिए ।
आईपीएल : पञ्जाबमाथि केकेआरको अविश्वसनीय जित
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) २ रनले विजयी भएको छ । केकेआरले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान केएल राहुलले ७५, मयंक अग्रवालले ५६, निकोलस पूरनले १६ र ग्लेन म्याक्सवेलले १० रन बनाए । बलिङमा केकेआरका प्रशिद्ध कृष्णाले ३ र सुनील नारायणले २ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनायो । उसका लागि कप्तान दिनेश कार्तिकले ५८, शुभमन गिलले ५७, इयोन मोर्गनले २४ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा पञ्जाब टिमका अर्शदीप सिंह, मोहम्मद नाबी र रबि विश्नोइले एक/एक विकेट लिए । आजको जितसँगै केकेआर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ६ म्याचमा ४ मा जित र दुई खेलमा हारको सामना गरेको छ । पञ्जाबले भने ७ म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ । दुई अंकका सात तालिकामा पञ्जाब पुछारमा छ ।
कप्तान कोहलीले बनाए नयाँ कीर्तिमान
काठमाडौं : रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी-२० क्रिकेटमा ९ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । आज यूएईमा जारी आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध १० रन बनाएसँगै विराटले यो उपलब्धि हासिल गरे । उनी अब भारतका लागि टी-२० मा ९ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । यो रन उनको आईपीएलसहित लिग र अन्तर्राष्ट्रिय म्याचको हो । हालसम्म टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान भने क्रिस गेलको नाममा छ । उनले अहिलेसम्म १३ हजार २ सय ९६ रन बनाएका छन् । त्यस्तै, यो सूचीको दोस्रो स्थानमा किरण पोलार्डको नाम आउँछ । उनले हालसम्म टी-२० मा १० हजार ३७० रन बनाएका छन् । त्यस्तै, सोयब मलिक (९९२६), ब्रेण्डन म्याक्लम (९९२२), डेविड वार्नर (९४५१) र आरोन फिन्च (९१४८) क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौँ स्थानमा छन् । विराटले हालसम्म टी-२० मा ५ शतक र ६५ अर्धशतक बनाएका छन् ।
आईपीएल : दिल्लीले दियो आरसीबीलाई १९७ रनको लक्ष्य
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ९७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनायो । उसका लागि मार्कस स्टोइनिसले अविजित ५३ रन बनाए । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । त्यस्तै, पृथ्वी शाले ४२, ऋषभ पन्तले ३७, शिखर धवनले ३२, कप्तान श्रेयस अय्यर र शिमरोन हेटमायरले ११/११ रन बनाए । बलिङमा आरसीबीका मोहम्मद सिराजले २, इशरू उडाना र मोइन अलिले एक/एक विकेट लिए । पहिलो इनिङ्समा आज १८ चौका र ७ छक्का प्रहार भएका छन् । आरसीबीविरुद्ध पनि सन्दीपले पाएनन् मौका आरसीबीविरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । आज पनि दिल्लीले विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडा र एनरिक नोर्कियाले मौका दिएको छ । स्पिनर अमित मिश्रा घाइते भएकाले आज सन्दीपले मौका पाउने अनुमान गरिए पनि दिल्लीले उनलाई प्लेइङ-११ मा समेटेन । योसहित जारी सिजनमा सन्दीपले लगातार पाँचौ पटक प्लेइङ-११ मा मौका नपाएका हुन् ।
आईपीएल : पाँचौ म्याचमा पनि सन्दीपले पाएनन् मौका
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । स्पिनर अमित मिश्रा घाइते भएकाले आज सन्दीपले मौका पाउने अनुमान गरिए पनि दिल्लीले उनलाई प्लेइङ-११ मा समेटेन । योसहित जारी सिजनमा सन्दीपले लगातार पाँचौ पटक प्लेइङ-११ मा मौका नपाएका हुन् । आज पनि दिल्लीले विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडा र एनरिक नोर्कियाले मौका दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले आज एक खेलाडी परिवर्तन गरेको छ । उसले अमित मिश्राको स्थानमा अक्क्षर पटेललाई मौका दिएको छ । आरसीबीले आज २ खेलाडी परिवर्तन गरेको छ । उसले एडम जम्पा, गुरकीरत सिंहलाई विश्राम दिँदै मोइन अलि र मोहम्मद सिराजलाई मौका दिएको छ । आरसीबीको प्लेइङ-११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिविलियर्स (विकेटकीपर), मोहम्मद सिराज, शिवम दुबे, ईसुरु उडाना, वाशिङटन सुन्दर, नवदीप सैनी, मोइन अलि र युजवेन्द्र चहल । दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, श्रेयस अय्यर (कप्तान) ऋषभ पन्त (विकेटकीपर), शिमरोन हेटमायर, मार्कस स्टोइनिस, हर्षल पटेल, रविचन्द्रन अश्विन, कागिसो रबाडा, अक्क्षर पटेल र अनरिक नोर्किया ।
भुवनेश्वर कुमारले आईपीएलका बाँकी खेल गुमाउने
काठमाडौं : सनराइजर्स हैदरबादका तीव्रगतिका बलर भुवनेश्वर कुमार इन्डियन प्रिमियर लिग आइपीएलबाट बाहिरिएका छन्। एएनआई एजेन्सीका अनुसार कुइनाको चोटका कारण उनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । चेन्नई सुपर किंग्सविरुद्धको खेलका क्रममा उनले चोट बोकेका थिए। टिमले शुक्रबार दुबईमा खेलेको त्यो खेल सीएसकेविरुद्ध जित्यो। तर भुवनेश्वर कुमारले आफ्नो कोटाको अन्तिम ओभर गर्न सकेन। कुमार बाहिरिनु यो प्रतियोगितामा हैदराबादका लागि दोस्रो ठूलो धक्का हो। यसअघि अलराउण्डर मिचेल मार्स चोटकै कारण टुर्नामेन्टबाट बाहिरिएका थिए। वेष्टइन्डिनका अलराउन्डर जेसन होल्डरलाई मार्शको ठाउँमा टीममा समावेश गरिएको छ।
आइपीएल : पञ्जाबले दियो राजस्थानलाई २२४ रनको लक्ष्य
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को नवौँ म्याचमा किंग्स इलावेन पञ्जाबले राजस्थान रोयल्सलाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो । उसका लागि मंयक अग्रवालले शतक बनाए । उनले ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रन बनाए । आइपीएलमा अग्रवालको यो पहिलो शतक हो । त्यस्तै, पञ्जाबका कप्तान केएल राहुलले ५४ बलमा ७ चौका र एक छक्का हिर्काउँदै ६९ रनको योगदान दिए । अघिल्लो खेलमा राहुलले अविजित १३२ रन बनाएका थिए । आज राहुल र मयंकबीच पहिलो विकेटका लागि १८३ रनको विशाल साझेदारी बन्यो । उनी दुईबीचको यो साझेदारी आइपीएल इतिहासको तेस्रो ठूलो साझेदारी हो । त्यस्तै, आज पञ्जाबका लागि आज ग्लेन म्याक्सवेलले अविजित १३ र निकोल पूरनले नटआउट २५ रनको योगदान दिए । बलिङमा राजस्थान रोयल्सका टम कुरान र अंकित राजपूतले एक/एक विकेट लिए ।
आइपीएल : राजस्थानविरुद्ध मयंकले बनाए शानदार शतक
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्ध किंग्स इलावेन पञ्जाबका ओपनर मंयक अग्रवालले शानदार शतक पूरा गरेका छन् । उनले ४५ बलमा ९ चौका र ७ छक्कासहित शतक पूरा गरेका हुन् । आइपीएलमा अग्रवाललको यो पहिलो शतक हो । जारी सिजनमा शतक बनाउने मयंक दोस्रो खेलाडी हुन् । यही सिजनमा आरसीबीविरुद्ध पञ्जाबकै कप्तान केएल राहुलले शतक बनाएका थिए । राजस्थानविरुद्ध आज पञ्जाब टस हारेर ब्याटिङ गरिरहेको हो ।

