पञ्जाबविरुद्ध टस जितेर बलिङ गर्दै राजस्थान, को-कोले पाए प्लेइङ ११ मा मौका?
काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आइपीएल अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ । राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई हराएको थियो ।
यता पञ्जाबले पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध पराजय ब्यहोरे पनि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)माथि भने शानदार जित हासिल गर्न सफल भयो ।
पछिल्लो पटक राजस्थान र पञ्जाब राम्रो लयमा देखिएका छन् । पञ्जाबले आरसीबीसँगको खेलमा २ सय प्लस रन बनाएको थियो ।
राजस्थानले पनि पहिलो खेलमै सीएसकेलाई २ सयभन्दा बढी रनको चुनौती दिएको छ । राजस्थान र पञ्जाबबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
राजस्थान रोयल्सको प्लेइङ-११ : स्टिभ स्मिथ (कप्तान), जोस बटलर, सञ्जु स्यामसन, जोस बटलर, रोबिन उथप्पा, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर, टम कुरान, राहुल तेवतिया र जयदेव उनादकट ।
पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, सरफराज खान, जिमी नीशम, रवि बिश्नोई, मोहम्मद शमी, निकोलस पूरन, शेल्डन कोट्रेल र मुर्गन आश्विन ।
आइपीएल : दिल्लीले दियो चेन्नईलाई १७६ रनको लक्ष्य
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को सातौँ म्याचमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्स (सीएसके) लाई १ सय ७६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ न बनायो । उसका लागि ओपनर पृथ्वी शाले ६४, शिखर धवनले ३५, कप्तान श्रेयस अय्यरले २६, ऋषभ पन्तले नटआउट ३७ र मार्कस स्टोइनिसले अविजित ५ रन बनाए । बलिङमा सीएसकेका पियूष चावलाले २ र साम कुरानले एक विकेट लिए । सीएसकेविरुद्ध पनि नेपाली लेगस्पिनर सन्दीप लामिछानेले प्लेइङ-११ मा मौका पाउन असफल भएका छन् । दिल्ली क्यापिटल्सबाट तेस्रो पटक आइपीएल खेलिरहेका सन्दीपले जारी सिजनमा लगातार दोस्रो पटक प्लेइङ११ मा मौका नपाएका हुन् ।
आइपीएल : दिल्लीद्वारा पञ्जाबलाई १५८ रनको लक्ष्य
काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को आफ्नो पहिलो म्याचमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि मार्कस स्टोइनिसले शानदार ब्याटिङ गरे । उनले २१ बलमा २ छक्का र ७ चौकासहित ५३ रन बनाए । त्यस्तै, कप्तान श्रेयस अय्यर ३९, ऋषभ पन्त ३१, शिमरन हेटमायर ७, रविचन्द्रन आश्विन ४, अक्षर पटेल ६, पृथ्वी शा ५ र शिखर धवन शून्य रनमा आउट भए । बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले ३, सेल्डन कोट्रेलले २ र रबि बिश्नोईले एक विकेट लिए । दिल्लीबाट आइपीएल खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पहिलो म्याचमा प्लेइङ-११ मा मौका पाउन असफल भए । दिल्लीले पञ्जाबविरुद्ध विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, एनरिच नोर्तजे र कागिसो रबाडालाई मौका दिएको छ ।
आइपीएल : शतक नबनाउँदै दिल्लीले गुमायो महत्वपूर्ण ५ विकेट
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्सले पाँचौ विकेट गुमाएको छ । उसले पाँचौ विकेटका रूपमा कप्तान श्रेयस अय्यरलाई ३९ रनमा गुमाएको हो । उनलाई मोहम्मद शामीले क्याच आउट गराए । यसअघि दिल्लीले विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तलाई व्यक्तिगत ३१ रनमा गुमाउन पुग्यो । उनलाई आज आइपीएल डेब्यू गरेको स्पिनर रवि बोस्नोईले आउट गरेका हुन् । दिल्लीले पहिलो विकेटका रूपमा ओपनर शिखर धवनलाई शून्य, पृथ्वी शालाई ५ र शिमरन हेटमायरलाई ७ रनमा गुमाएको थियो । शिखर रनआउटको सिकार हुन पुगे । पृथ्वी र हेटमायरलाई मोहम्मद शामीले आउट गरेका हुन् । टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले यो समाचार तयार पार्दा १५ ओभरमा ५ विकेट गुमाएर ९३ रन बनाएको छ । पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाउन असफल भएका छन् । किंग्स इलावेन पञ्जावविरुद्ध सन्दीपले प्लेइङ ११ मा उनले मौका पाउन असफल भएका हुन् । सन्दीप यो पटक पनि दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका छन् । दिल्लीले पहिलो म्याचमा विदेशी खेलाडीका रूपमा मार्कस स्टोइनिस, एनरिच नर्खिया, कागिसो रबाडा र शिमरोन हेटमायरलाई मौका दिएको छ ।
पञ्जाबविरुद्ध दिल्लीले गुमायो सस्तैमा ३ विकेट
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्सले खराब सुरुवात गरेको छ । उसले सस्तैमा ३ विकेट गुमाएको छ । दिल्लीले पहिलो विकेटका रूपमा ओपनर शिखर धवनलाई शून्य, पृथ्वी शालाई ५ र शिमरन हेटमायरलाई ७ रनमा गुमाएको हो । शिखर रनआउटको सिकार हुन पुगे । पृथ्वी र हेटमायरलाई मोहम्मद शामीले आउट गरेका हुन् । यो समाचार तयार पार्दासम्म दिल्लीले ५ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर २१ रन बनाएको छ । आफ्नो पहिलो म्याचमा दिल्लीले टस हारेर ब्याटिङ गरिरहेको हो । पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ११ मा मौका पाउन असफल भएका छन् । किंग्स इलावेन पञ्जावविरुद्ध सन्दीपले प्लेइङ ११ मा उनले मौका पाउन असफल भएका हुन् । सन्दीपयो पटक पनि दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका छन् । दिल्लीले पहिलो म्याचमा विदेशी खेलाडीका रूपमा मार्कस स्टोइनिस, एनरिच नर्खिया, कागिसो रबाडा र शिमरोन हेटमायरलाई मौका दिएको छ ।
आइपीएल : पञ्जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले पाएनन् मौका
काठमाडौं, ४ भदौ : इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जावविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ-११ मा मौका पाउन असफल भएका छन् । दिल्ली चार विदेशी खेलाडीका रुपमा मार्कस स्टोइनिस, एनरिच नर्खिया, कागिसो रबाडा र शिमरोन हेटमायरलाई मौका पाएका छन् । पञ्जाबले टस जितेर बलिङ रोजेको छ । दिल्ली र पञ्जावबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ । यूएईमा पञ्जाबको टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन । सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो । साथै पञ्जाबले पछिल्लो तीन सिजनमा आफ्नो पहिलो खेल जित्दै आएको छ ।
इंग्ल्याण्डसँगको वानडे सिरिज अष्ट्रेलियाले जित्यो
काठमाडौं : इंग्ल्याण्डसँगको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अष्ट्रेलियाले २-१ ले जितेको छ । गएराति अन्तिम खेलमा इंग्ल्याण्डलाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज जितेको हो । इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्न सफल भयो । सिरिजको ‘निर्णायक’ खेलमा अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले शतक बनाए । म्याक्सवेलले १०८ र क्यारीले १०६ रन बनाए । त्यस्तै, डेविड वार्नरले २४, मार्नस लाबुसेनले २०, कप्तान आरोन फिन्चले १२, मिचेल स्टार्कले अविजित ११ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा इंग्ल्याण्ड टिमका जो रूट, क्रिस वोक्स्ले २-२, आदिल रसिद र जोफ्रा आर्चरले एक/एक विकेट लिए । म्यानचेस्टरको मैदानमा भएको खेलमा अहिलेसम्म वानडेमा २ सय ५० रनको लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेको थिएन । अष्ट्रेलियाले ३०३ रनको विशाल लक्ष्य पूरा गर्दै नयाँ कीर्तिमानसमेत बनाएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इंग्ल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दै ३ सय ३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि ओपनर जोनि बेयरिस्टोले शतक बनाए । उनले १२६ बलमा १२ चौका र २ छक्कासहित ११२ रनको योगदान दिए । बेयरिस्टोको यो १० औँ शतक हो । त्यस्तै, साम बिलिङ्ले ५७, क्रिस वोक्सले अविजित ५३, टम कुरानले १९, कप्तान इयोन मोर्गनले १९, जोस बटलरले ८ र आदिल रसिदले नटआउट ११ रन बनाए । जेसन रोय र जो रूटले भने आज खातासमेत खोल्न सकेनन् । बलिङमा अष्ट्रेलियाका टिमका एडम जम्पा, मिचेल स्टार्कले ३-३ र प्याट कमिन्सले एक विकेट लिए ।
बागमती सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनलाई ३ करोड दिने
काठमाडौं : बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेशनलाई ३ करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७र०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो । कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए ।
विश्व ज्ञान सम्मेलनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने, २४ देशका २५० बढी वैज्ञानिक सहभागी हुने
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित दोस्रो विश्व ज्ञान भर्चुअल सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्माले गर्ने भएका छन् । सम्मेलन असोज २३ देखि २५ गतेसम्म हुनेछ । सम्मेलनमा संयुक्त राष्ट्र संघ अन्तरर्गतको विश्व खाद्य संगठन, आइएलओ लगायत इसिमोड, एसियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञहरूले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने एनआरएनए अध्यक्ष कुमार पन्तले जानकारी दिए । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विषेश अतिथिको रुपमा उपस्थित हुने सो सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक साइप्रस, अमेरिका, बेलायत, चीन, जापान, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्ड, क्यानाडा, भारत, सिंगापुर, श्रीलंका, फ्रान्स, जर्मनी, दक्षिण कोरियाका वैज्ञानिकहरु सहभागी हुने छन्। विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न सुरु गरिएको थियो । संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले जानकारी दिए।
खस्कियो सन्दीपको टी-२० बलिङ बरियता
काठमाडौं : लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-२० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहेका छन् । उनले कूल ३ सय ८९ रेटिङ अङ्क पाएका छन् । यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ औँ स्थानमा रहेका थिए । हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एण्ड टोबागोमा रहेका छन् । उनले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट प्राप्त गरेका थिए । यस्तै विश्व बलिङ बरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । दुवै जना हाल सीपीएल खेलिरहेका छन् । सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेलेका थिए। यस्तै आईसीसीको बलिङ बरियतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा रहेका छन् । यसैगरी आईसीसीले जारी गरेको ब्याटिङ बरियतामा नेपालका पूर्व कप्तान पारस खड्का ७०औँ स्थानमा रहेका छन् । उनको ४०० रेटिङ अङक छ । इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ बरियताको शीर्ष स्थानमा रहेका छन् । पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा रहेका छन् । यस्तै टी २० बरियतामा नेपाल १५औँ स्थानमा यथावत छ । यसअघि नेपाल विश्व बलिङ बरियतामा ११औँ स्थानसम्म पुगिसकेको छ । शीर्ष बरियतामा भने अस्ट्रेलिया छ । बरियतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।
सीपीएल सेमिफाइनल : जमैकाद्वारा पोलार्डको टिमलाई सामान्य लक्ष्य
काठमाडौं : वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनल खेलमा जमैका तल्लावाजले ट्रीनबागो नाइट राइडर्सलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो । उसका लागि नकरुम्हा बोन्नरले ४१, कार्लोस ब्रार्थवेटले १३, कप्तान रोभम्यान पावेलले ३३ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा नाइट राइडर्सका अकिल होसेनले ३, खरी पिर्रेले २, सुनिल नारायण र पवाद अहमदले १/१ विकेट लिए ।
नेमार र डि मारियालाई कोरोना पुष्टि
काठमाडौं : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेमार, मिडफिल्डर डि मारिया र लिएनार्दो पाराडेसलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्लबले बिहान सबै खेलाडीको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । उनीहरू फुटबल सिजन सकिएपछि सँगै बिदा मनाउन स्पेनिस आइसल्याण्डमा गएका थिए । उनीहरूसँगै गएका एन्डर हेरेरा, माउरो इकार्डी र केलर नाभासको स्वास्थ्य अवस्थाबारे भने जानकारी आएको छैन ।
ह्यान्डबललाई एसियाली महासङ्घको साढे ७ लाख सहयोग
काठमाडौंः नेपालका ह्यान्डबलका खेलाडी तथा प्रशक्षिकको सहयोगका लागि नेपाल ह्यान्डबल सङ्घलाई एसियाली ह्यान्डबल महासङ्घले रु ७ लाख ६५ हजार राहत सहयोग गरेको छ । नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत पाइयोस् भन्ने उद्देश्यले एसियाली ह्यान्डबल महासङ्घले उक्त सहयोग प्रदान गरेको हो । सो रकमले ह्यान्डबलका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीको कोरोना बीमा गरिने नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताए । कोरोना बीमा गर्न सङ्घले सबैको सूची तयार गर्ने काम गरिरहेको उनको भनाइ छ । कोरोनाबाट बढी प्रभावितलाई बीमामा प्राथमिकता दिइने सङ्घले जनाएको छ । यसअघि सङ्घले झण्डै २ सय खेलाडी लगायतको कोरोना बीमाको तयारी थालेको थियो ।
मलिंगाले आइपीएल नखेल्ने
काठमाडौं : मुम्बई इन्डियन्सका तीव्र गतिका बलर लसिथ मलिंगाले इन्डियन प्रिमियर लिग (आइपीएल)को १३ औँ संस्करण नखेल्ने भएका छन् । आफ्ना बुबाको स्वास्थ्य अवस्था खराब भएका कारण मलिंगाले आसन्न आइपीएल संस्करण नखेल्ने भएका हुन् । उनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको स्थानमा मुम्बईले अष्ट्रेलियन खेलाडी जेम्स पाटिसनलाई भित्र्याउने भएको छ । आसन्न आइपीएल सिजन सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदैछ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यो पटक आइपीएल यूएईमा आयोजना गरिएको हो । टोलीहरू आइपीएल २०२० का लागि यूएई पुगिसकेका छन् । र, सबै फ्रेन्चाइज टोली तयारीमा लागिसकेका छन् ।
सीपीएल : सन्दीपको तेस्रो खेल आज राति
काठमाडौं : क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेको आज राति आफ्नो तेस्रो खेल खेल्दै छन् । सन्दीपको टोली जमैका तलावाजले आज राति १२ बजे गुयाना अमेजन वारियर्सविरुद्ध खेल्दै छ । सन्दीपले सीपीएलमा हालसम्म खेलेका दुई खेलमा दुई विकेट लिएका थिए । उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए । सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल ५ विकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल ७ विकेटले गुमाएको थियो । ट्रिनबागो दुवै खेल जितेर हालसम्म शीर्ष स्थानमा रहेको छ । दुई खेलमा एउटामा जित तथा एउटामा हारका साथ गुयाना दोस्रो स्थानमा छ । यस्तै दुई खेलमा एकमा जित र एउटामा हारका साथ जमैका चौथो स्थानमा छ । रनरेट कमजोर हुँदा जमैका चौथो स्थानमा झरेको हो । गुयाना पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्ससँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा गुयानाले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्र्सलाई ३ विकेटले हराएको थियो । सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन्। उनले यस अघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।
सीपीएलमा सन्दीपआवद्ध जमैकाको विजयी सुरुवात
काठमाडौं वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट लुसिया जुक्सविरुद्ध सन्दीप लामिछानेआवद्ध जमैका तल्लावाज ५ केटले विजयी भएको छ । जुक्सले दिएको १ सय ५९ रनको लक्ष्य जमैकालले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गयोै । उसका लागि ग्लेन फिलिप्सले ४४, आसिफ अलिले अविजित ४७, कप्तान रोभम्यान पावेलले २६, आन्द्रे रसेलले १६, कार्लोश ब्राथवेटले नटआउट १८ रन बनाए । बलिङमा जुक्सका केसरिक विलियम्सले सर्बाधिक २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनायो । उसका लागि रोस्टन जेसले सर्बाधिक ५२ रन बनाए । बलिङमा जमैकाका उजीउर रमान, वीरस्यामी परम्युअलले २/२, सन्दीप लामिछाने, आन्द्रे रसेलले १/१ विकेट लिए । सन्दीपले आज ४ ओभरमा २३ रन दिएर महत्वपूर्ण १ विकेट लिए । उनले आफ्नो तेस्रो ओभरको दोस्रो बलमा नजिबुल्लाह जर्दानको विकेट लिएका थिए ।

