भारतसँगको वानडे सिरिजमा डेब्यू गर्दैछन् न्यूजिल्याण्डका सर्बाधिक अग्ला क्रिकेटर!

काठमाडौंः पछिल्लो समय न्यूजिल्याण्ड क्रिकेट टीम स्टार तिव्र गतिका बलर चोटका कारण समस्यामा छ । त्यसको असर भारतसँगको टी–२० सिरिजमा पनि अनुमान गर्न सकिन्छ । न्यूजिल्याण्डका अनुभवी फास्ट बलर लकि फर्गुसन र ट्रेन्ट बोल्ट चोटका कारण टीम बाहिर छन् ।

अब उनीहरुको स्थानमा न्यूजिल्याण्डको टीममा अर्का फास्ट बलरको आगमन भएको छ । न्यूजिल्याण्डले टी–२० सिरिज सकिएसँगै भारतसँग नै वानडे श्रृंखला खेल्दै छ । भारतसँगको वानडे सिरिजका लागि न्यूजिल्याण्डले टोली पनि घोषणा गरिसकेको छ । न्यूजिल्याण्डले पहिलोपटक फास्ट बलर काइल जेमिन्सनलाई टीममा मौका दिएको छ ।

६ फिट आठ इन्च अग्ला कदका उनी भारतसँगको वानडे सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने सम्भावना छ । उनी न्यूजिल्याण्ड क्रिकेटका सर्बाधिक अग्ला क्रिकेटर हुन् । जेमिन्सनले न्यूजिल्याण्डका लागि यू–१० टीमबाट खेलिसकेका छन् । उनले हालसम्म २५ प्रथम श्रेणी म्याचमा ७३ विकेट लिएका छन् ।

यस्तै २६ लिस्ट ए म्याचमा जेमिन्सनको नाममा २५ विकेट छ । क्यान्टरबरीका लागि खेल्ने उनी इडन पार्कको मैदानमा ७ रन दिएर ६ विकेट लिएका थिए । टी–२० मा उनको यो सर्वश्रेष्ठ प्रदर्शन हो । भारत र न्यूजिल्याण्डबीचको तीन खेलको वानडे सिरिजको पहिलो म्याच म्याच ५ फेब्रुअरीमा हमिल्टनमा हुनेछ । दोस्रो म्याच ८ फेब्रुअरी र सिरिजको चौथो तथा खेल फेब्रुअरी ११ मा हुनेछ ।

भारतसँग वानडे सिरिज खेल्ने न्यूजिल्याण्डको टोलीः केन विलियमसन (कप्तान), रस टेलर, हमीश बेनेट, टम ब्लन्डेल, कोलिन डी ग्रान्डहोम, मार्टिन गुप्टिल, काइल ज्यामिसन, कुग्लेन, टम लाथम, जिमी नीशम, हेनरी निकोल्स, मिचेल सान्टनर, ईश सोधी, र टिम साउदी ।

कहिले र कहाँ हुनेछ आइपीएल २०२० को फाइनल? मिति सार्वजनिक

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० सुरु हुने मिति घोषणा गरिएको छ । आज मुम्बईमा बीसीसीआईका अध्यक्ष सौरव गांगुलीको अध्यक्षतामा बसेको बैठकले आसन्न संस्करणको आइपीएल सुरु हुने मिति घोषणा गरेको हो । २०२० को आइपीएल संस्करण मार्च २९ देखि सुरु हुनेछ भने फाइनल २४ मेमा मुम्बईमा सम्पन्न हुनेछ । राति सुरु हुने खेलको समय परिवर्तन हुने अनुमान गरिए पनि पूरानै समयमा म्याच हुने भएका छन् । आसन्न आइपीएलमा पनि ८ बजेदेखि नै रातिको म्याच सुरु हुनेछ । यी ५ क्रिकेटर, जो आइपीएलमा उत्कृष्ट गर्दै विश्वकप खेल्ने मौका पाउन सक्छन्! आइपीएल धेरै खेलाडीका लागि अन्तर्राष्ट्रिय म्याचमा ढोका खोल्ने माध्यम पनि बनेको छ । विश्व क्रिकेटकै लोकप्रिय लिग भएकाले यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सबैकाे नजरमा बस्छन् । र, उनीहरुले थुप्रै अवसर पनि पाउँछन् । यसैबीच आज आइपीएलमै शानदार प्रदर्शन गरेर यही वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि टीममा पर्नसक्ने क्रिकेटरको बारेमा चर्चा गर्दैछौं । पछिल्लो समय थुप्रै युवा क्रिकेटर चम्किँरहेका छन् । र, युवा खेलाडी उत्कृष्ट प्रदर्शन पनि गर्दै आइरहेका छन् । यदि आसन्न आइपीएलमा उनीहरुले शानदार प्रदर्शन गरे विश्वकपमा पनि मौका पाउन सक्छन् । आज यो सूचीमा रहेका प्रमुख ५ क्रिकेटरको बारेमा चर्चा गर्दैछौंः क्रिस लिनः आइपीएल २०२० को अक्सनमा लिनलाई मुम्बई इन्डियन्सले २ करोड भारुमा टीममा अनुबन्ध गरेको थियो । गत सिजनमा कोलकाता नाइट राइडर्सबाट खेलेका लिनले हालसम्म आइपीएलमा १४०.६ को स्ट्राइक रेटका साथ १२ सय ८० रन बनाएका छन् । यसक्रममा उनले धेरै म्याचमा विस्फोटक ब्याटिङ गरेका थिए । २९ वर्षीय लिन यो वर्ष मुम्बई टीमबाट चौका–छक्काको वर्षा गर्ने सम्भावना छ । मुम्बईको घरेलु मैदान वानखडेको पिच उनका लागि उपयुक्त हुनसक्छ । अष्ट्रेलिया टीमसँग अहिले डेविड वार्नर र आरोन फिन्च ओपनरका रुपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर, लिन ‘ब्याकअप’ ओपनर ब्याट्सम्यानका रुपमा आसन्न टी–२० विश्वकपका लागि टीममा समावेश हुन सक्छन् । यदि विश्वपका लागि टी–२० मा स्थान बनाउने हो भने लिनले आइपीएलमा शानदार प्रदर्शन गर्न आवश्यक छ । ४. श्रेयस गोपालः श्रेयसले आइपीएलमा ३१ म्याच खेलेका छन् । जसमा उनले ३८ विकेट आफ्नो नाममा लेखाइसकेका छन् । २६ वर्षीय श्रेयसले गत सिजनमा राजस्थान रोयल्सका लागि सर्बाधिक २० विकेट लिएका थिए । भारतीय टीम चयनकर्ताका लागि स्पिनररुपमा उनी एक विकल्प हुन सक्छन् । साथै श्रेयस अन्तिम ओभरमा शानदार ब्याटिङ पनि गर्न सक्षम छन् । यदि उनले आइपीएल २०२० मा उत्कृष्ट प्रदर्शन गर्नसके विश्वकपको टीममा मौका पनि पाउन सक्छन् । ३. टम ब्यान्टनः ब्यान्टन विकेटकिपर–ब्याट्म्यासन हुन् । उनले इंग्ल्याण्डको घरेलु टी–२० प्रतियोगितामा १३ खेलमा ५ सय ४९ रन बनाएका छन् । ब्यान्टनले उक्त प्रतियोगितामा शानदार ब्याटिङ गर्दै एक शतक र ४ अर्धतक बनाएका थिए । उनी पहिलोपटक २०२० मा आइपीएल खेल्दै छन् । ब्यान्टनलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले ‘अक्सन’बाट एक करोड भारुमा टीममा अनुबन्ध गरेको थियो । पछिल्लो समय शानदार ब्याटिङ गरिरहेका उनले आइपीएलमा पनि त्यही लय दोहोर्याएमा ब्यान्टन विश्वकपका लागि इंग्ल्याण्डको टीममा पर्ने पक्का जस्तै छ । २. क्रिस ग्रीनः यी अष्ट्रेलियन स्पिनर बलिङसँगै ब्याटिङ पनि गर्न सक्षम छन् । अन्तर्राष्ट्रिय म्याचमा डेब्यू गर्ने मौका नपाए पनि ग्रीनले विभिन्न लिगमा भने अवसर पाउँदै आएका छन् । र, उनले शानदार प्रदर्शन पनि गरिरहेका छन् । ग्रीनलाई योपटक कोलकाता नाइट राइडर्स (केकेआर)ले २० लाख भारुमा टीममा अनुबन्ध गरेको छ । अष्ट्रेलियाको टी–२० मा एडम जम्पाको दोस्रो विकल्प छैन । यसक्रममा यदि क्रिस ग्रीनले आइपीएलमा शानदार प्रदर्शन गरे उनले विश्वकपका लागि अष्ट्रेलियाको टीममा मौका पाउने सम्भावना बलियो देखिन्छ । १. शुभमन गिलः युवा ब्याट्सम्यान शुभमन भारतीय घरेलु प्रतियोगितामा लगातार शानदार प्रदर्शन गरिरहेका छन् । उनले गत सिजनको आइपीएलमा उत्कृष्ट ब्याटिङ गरेका थिए । टी–२० विश्वकपका लागि भारतीय टीममा शिखर धवन, रोहित शर्मा, केएल राहूल जस्ता ओपनर छन् । शिखर लगातारको चोटका कारण पछिल्लो समय टीम बाहिर बढी बस्ने गरेका छन् । यदि विश्वकप समयमा शिखर वा अरु ओपनर घाइते भएमा गिलले टीममा मौका पाउने सम्भावना देखिन्छ । साथै आसन्न आइपीएलमा उत्कृष्ट ब्याटिङ गरे भने पनि गिलले भारतीय टीममा अवसर पाउन सक्छन् ।

दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिज इंग्ल्याण्डले जित्यो

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टेष्ट सिरिज पाहुना टोली इंग्ल्याण्डले ३–१ ले जितेको छ । आज अन्तिम खेलमा दक्षिण अफ्रिकालाई १ सय ९१ रनले हराउँदै इंग्ल्याण्डले सिरिज ३–१ ले जितेको हो । अन्तिम खेलमा इंग्ल्याण्डले दिएको ४ सय ६६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७४ रनमै समेटियो । उसका लागि रस्सीभानडर डुसेनले ९८, क्विन्टन डीककले ३९, कप्तान फाफ डुप्लेसीसले ३५, टेम्बा बबूमाले २७, डेन एल्गरले २४, पीटर मलानले २२ रन बनाए । बलिङमा इंग्ल्याण्डका मार्क उडले सर्बाधिक ४ विकेट लिए । इंग्ल्याण्डले पहिलो इनिङ्समा ४ सय र दोस्रोमा २४८ रन बनाएको थियो । दक्षिण अफ्रिका भने पहिलो इनिङ्समा १ सय ८३ रनमै समेटिएको थियो ।

त्रिकोणात्मक सिरिजः नेपाली टिममा पारस र ज्ञानेन्द्रले ओपनिङ गर्ने

काठमाडौंः माघ २२ देखि २९ सम्म हुने ओमान र अमेरिका विरुद्धको त्रिकोणात्मक सिरिजमा नेपाली टीपको ओपनिङ पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्ले गर्ने भएका छन् । यी दुईले टी–२० क्रिकेटमा ओपनिङ गरिसकेका छन् । गत जुलाईमा सिंगापुरमा भएको आईसीसी टी–२० विश्वकप एसिया रिजनदेखि पारस र ज्ञानेन्द्रले टी–२० मा ओपनिङ गर्दै आएका छन् । टीक कप्तान मल्लले भने, ‘अहिले सम्मलाई हाम्रो सोच पारस र मैले नै ओपनिङ गर्ने छ । दुवैजना अनुभवी भएको र ५० ओभरमा टिमलाई चाहिएको हुँदा उत्कृष्ट गर्ने प्रयास गर्नेछौं । टी–२० मा गरिसकेका छौं, एकदिवसियमा पनि राम्रो गर्न चाहान्छौं । खेलका क्रममा परिवर्तन पनि हुन सक्छ ।’ पारसले टी–२० मा गत वर्ष यूएई विरुद्धको तीन टी–२० सिरिजदेखि ओपनिङ गर्दै आएका छन् । ज्ञानेन्द्रले सन् २०१६ अप्रिलमा कीर्तिपुरमा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–१७ मा नामिबियादेखि निरन्तर ओपनिङ गर्दै आएका छन् । त्यसअघि च्याम्पियनसिप अन्तर्गतनै ओपनर सुवास खकुरेल र अनिल कुमार मण्डलको जोडी रहेको थियो । नामिबियाविरुद्ध कीर्तिपुरका दुवै खेलमा नरेश बुढाएर र ज्ञानेन्द्रले ओपनिङ गरे । नामिबियाविरुद्ध पहिलो खेलमा ज्ञानेन्द्र र नरेशले ४२ र दोस्रो खेलमा २४ रनको साझेदारी गरेका थिए ।

आइपीएलः राजस्थान रोयल्समा भित्रिए नयाँ बलिङ प्रशिक्षक नियुक्त

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टीम राजस्थान रोयल्सले नयाँ बलिङ प्रशिक्षक नियुक्त गरेको छ । राजस्थानले अष्ट्रेलियाका पूर्व फास्ट बलर रोब क्यासललाई नयाँ बलिङ प्रशिक्षकमा नियुक्त गरेको हो । राजस्थानका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोन्ल्डले बलिङ कोच क्यासलको प्रवेशले टीम अझै बलियो भएको बताए । क्यासलले प्रथम श्रेणी क्रिकेटमा ९ खेलमा २४ विकेट लिएका छन् । योपटक राजस्थानमा एन्ड्र टाय, जोफ्रा आर्चर, जयदेव उनादकट जस्ता स्टार फास्ट बलर छन् ।

एभरेष्ट प्रिमियर लिगः श्रीलंकन पूर्वकप्तान थरंगा ललितपुरमा अनुबन्ध

काठमाडौंः आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) मा श्रीलंकन स्टार क्रिकेटर उपुल थरंगाले ललितपुर प्याट्रियट्सबाट खेल्ने भएका छन् । थरंगाले श्रीलंकाबाट तीन वटै प्रारुप खेलिसकेका छन् । जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी–२० खेलेका छन् । बाँया हाते ब्याट्सम्यान थरंगाले सन् २००५ मा भारतबिरुद्ध टेस्टमा डेब्यू गरेका थिए । सोही सिरीजमा एकदिवसीयमा डेब्यू गरेका थरंगाले टेस्टमा १७ सय ५४ रन बनाएका छन् ।  र, उनले एकदिवसीयमा ६ हजार ९ सय ५१ रन प्रहार गरेका छन् । टी–२० क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका थरंगाले टी–२० मा २६ खेलमा ४ सय ७ रन बनाएका छन् । सो फरम्याटमा उनले सन् २००६ मा इंग्ल्यान्ड बिरुद्ध डेब्यू गरेका थिए । ललितपुरले यो सिजनमा बिदेशी खेलाडीका रूपमा थरंगालाई ल्याएको हो । यसका साथै केही दिनमा अरू खेलाडीलाई पनि उसले सार्वजनिक गर्नेछ ।

फेरि जडेजा र मान्जेकरबीच ट्वीटर वार!

काठमाडौंः भारतीय क्रिकेटर रवीन्द्र जडेजा र सञ्जय मान्जेकर बेलाबेला एक अर्काविरुद्ध उत्रिएका हुन्छन् । प्रायः मान्जेकरले जडेजाप्रति दिने अभिव्यक्तिका कारण यी दुईबीच सामाजिक सञ्जालमा चर्चाका पात्र भइरहन्छन् । यसैबीच फेरि मान्जेकर र जडेजाबीच सामाजिक सञ्जालमा ‘वार’ चलेको छ । दुवै बीचको सम्बन्धमा सुधार आएको होकि भनेर अनुमान गरिरहेका बेला मान्जेकरले न्यूजिल्याण्ड विरुद्धको दोस्रो टी–२० पछि जडेजाको फोटो सेयर गर्दै उनको नाम भन्न आग्रह गरेपछि फेरि मनमुटाव बाहिर आएको छ । क्रिकेट कमेन्टटेटर समेत रहेका मान्जेकरले केएल राहूललाई ‘म्यान अफ द म्याच’को अवार्ड दिएको विषयमा पनि प्रश्न उठाएका छन् । भारतका लागि ३७ टेस्ट र ७४ एक दिवसीय क्रिकेट खेलेका मान्जेकरले भनेका छन्, ‘म्यान अफ द म्याच अवार्ड कुनै बलरलाई दिनुपर्ने थियो, भन्दै जडेजाको फोटो सेयर गरेर सबैलाई नाम सोध्न चाहन्छु ।’ रवीन्द्र जडेजाले मान्जेकरलाई रिप्लाई गर्दै नाम मेन्सन गर्न आग्रह गरेका थिए । जवाफमा फेरि मान्जेकरले हाँस्दै भनेका छन्, ‘तिमी अथवा बुमराह । बुमराहले तेस्रो, १० औं, १८ औं र २० ओभरमा बलिङ गर्दै थोरै रन दिएका थिए ।’ Ha ha…Either you or Bumrah. Bumrah, because he was extremely economical while bowling overs no 3, 10, 18 and 20. https://t.co/r2Fa4Tdnki — Sanjay Manjrekar (@sanjaymanjrekar) January 27, 2020

ए डिभिजन लिगः पुलिसको जितमा भोलाको निर्णायक गोल

काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गरेको हो। पुलिसको जितमा भोला सिलवालले गरेको गोल नै निर्णायक बन्यो । सिलवालले १३ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि ९ खेलबाट १४ अंक जोडेको पुलिस क्लब पाँचौँ स्थानमा उक्लेको छ।

टी–२० सिरिजः भारतको पहिलो विकेट पतन, सस्तैमा आउट भए रोहित

काठमाडौंः टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४ रनको लक्ष्य पछ्याइरहेको भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा उपकप्तान रोहित शर्मा व्यक्तिगत ७ रनमा आउट भएका छन् । उनी १.४ ओभरमा मिचेल सान्टनरको बलमा क्याच आउट भएका हुन् । यसअघि टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि तीन खेलाडीले अर्धतक बनाए । न्यूजिल्याण्डका लागि कोलिन मुनरोले ६९, कप्तान केन विलियम्सनले ५१, रेस टेलरले अविजित २४, मार्टिन गुप्टिलले ३० रनको योगदान दिए । बलिङमा भारतीय टीममा रवीन्द्र जडेजा, जसप्रीत बुमराह, युजवेन्द्र चहल, शार्दुल ठाकुरले एक–एक विकेट लिए । पहिलो खेलमा भारतीय टिमको प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, युजवेन्द्र चहल, मोहम्मद शामी र जसप्रीत बुमराह । पहिलो खेलमा न्यूजिल्याण्ड टिमको प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन, कोलिन डि ग्रान्डोम्मे, रस टेलर, टिम सेफर्ट, मिशेल सान्टनर, टिम साउथी, ईश सोधी, ब्लेयर टिकनर र हमीश बेनेट ।

टी–२० सिरिजः न्यूजिल्याण्डद्वारा भारतलाई २०४ रनको विशाल लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डले पाहुना टोली भारतलाई २ सय ४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि तीन खेलाडीले अर्धतक बनाए । न्यूजिल्याण्डका लागि कोलिन मुनरोले ६९, कप्तान केन विलियम्सनले ५१, रस टेलरले अविजित २४, मार्टिन गुप्टिलले ३० रनको योगदान दिए । बलिङमा भारतीय टीममा रवीन्द्र जडेजा, जसप्रीत बुमराह, युजवेन्द्र चहल, शार्दुल ठाकुरले एक–एक विकेट लिए । पहिलो खेलमा भारतीय टिमको प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, युजवेन्द्र चहल, मोहम्मद शामी र जसप्रीत बुमराह । पहिलो खेलमा न्यूजिल्याण्ड टिमको प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन, कोलिन डि ग्रान्डोम्मे, रस टेलर, टिम सेफर्ट, मिशेल सान्टनर, टिम साउथी, ईश सोधी, ब्लेयर टिकनर र हमीश बेनेट ।

न्यूजिल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै भारत, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः न्यूजिल्याण्डसँगको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतले टस जितेर बलिङ रोजेको छ । न्यूजिल्याण्ड र भारतबीचको पहिलो खेल दिउँसो १२ः३५ बजेदेखि सुरु हुँदैछ । पहिलो खेलमा भारतीय टीमका नियमित विकेटकीपर ऋषभ पन्तलाई विश्राम दिइएको छ । आज उनको जिम्मेवारी केएल राहुलले पाएका छन् । पहिलो खेलमा भारतीय टिमको प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, युजवेन्द्र चहल, मोहम्मद शामी र जसप्रीत बुमराह । पहिलो खेलमा न्यूजिल्याण्ड टिमको प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन, कोलिन डि ग्रान्डोम्मे, रस टेलर, टिम सेफर्ट, मिशेल सान्टनर, टिम साउथी, ईश सोधी, ब्लेयर टिकनर र हमीश बेनेट ।

आइपीएलः धोनीसहित सीएसकेका सबै खेलाडीको ‘स्यालरी’ (सूचीसहित)

काठमाडौंः भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्स (सीएसके) लाई तीन पटक उपाधि दिलाइसकेका छन् । आइपीएल २०२० को उपाधि दिलाउन पनि धोनीले तयारी थालिसकेका छन् । आइपीएल सुरु हुने मिति नतोकिँदै उनी अभ्यासमा व्यस्त भइसकेका छन् । टीमका एक सफल खेलाडी धोनीबारे विश्वभरका क्रिकेटप्रेमीलाई चासो हुन्छ । नेपालमा पनि उनका हजारौं समर्थक छन् । आज तिनै अनुभवी स्टार क्रिकेटर धोनीसहित सीएसकेका क्रिकेटरको ‘तलब’ बारेमा चर्चा गर्दैछौं । धोनीलाई योपटक पनि चेन्नईले मोटो रकममा ‘रिटेन’ गरेको छ । भारतीय मिडियाका अनुसार आइपीएल २०२० मा उनले १५ करोड भारु ‘स्यालरी’का रुपमा पाउने छन् । धोनीपछि सीएसकेमा सर्बाधिक ठूलो रकम पाउने खेलाडी हुन् सुरेश रैना । रैनाले आइपीएल २०२० मा ११ करोड रुपैयाँ भारु पाउने छन् । यो सूचीको तेस्रो स्थामा केदार जाधवको नाम आउँछ । उनले आइपीएल १३ औँ सिजनमा ७ करोड ८० लाख भारु पाउने छन् । चौथो स्थानमा अलराउन्डर रवीन्द्र जडेजाको नाम आउँछ । उनले आसन्न आइपीएलमा ७ करोड भारु ‘स्यालरी’का रुपमा पाउने छन् । १३ औँ सिजनको आइपीएलमा सीएसकेसँग २४ खेलाडी छन् । जसमा ८ विदेशी क्रिकेटर छन् । सूचीमा हेर्नुस् सीएसकेका कुन खेलाडीको स्यालरी कति?   १. महेन्द्रसिंह धोनीः १५ करोड २. सुरेश रैनाः ११ करोड ३. केदार जाधवः ७ करोड ८० लाख ४. रवीन्द्र जडेजाः ७ करोड ५. पीयूष चावलाः ७ करोड ७५ लाख ६. डिजे ब्रावोः ६ करोड ४० लाख ७. स्याम कुरनः ५ करोड ५० लाख ८. करण शर्माः ५ करोड ९. शेन वाट्सनः ४ करोड १०. शार्दुल ठाकुरः २ करोड ६० लाख ११. अम्बाती रायडूः २ करोड २० लाख १२. हरभजन सिंहः २ करोड १३. जोश हेजलउडः २ करोड १४. मुरली विजयः २ करोड १५. फाफ डुप्लेसिसः १ करोड ६ लाख १६. इमरान ताहिरः १ करोड १७. दीकक चाहरः ८० लाख १८. लुगिं एन्गीडीः ५० लाख १९. मिचेल सान्टनरः ५० लाख २०ः केएम आसिफः ४० लाख २१. मोनू कुमारः २० लाख २२. एन जगदीशनः २० लाख २३. साई किशोरः २० लाख २४. रितु गायकवाडः २० लाख भारु

बिग बास लिगः मेलबर्नको १४औँ म्याचमा पनि सन्दीपलाई मौका

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो १४ औँ म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आज ग्लेन म्याक्सवेलको नेतृत्वमा १३ सदस्यीय टोली घोषणा गरेको हो । १४ औँ म्याचमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएका छन् । १४ औं म्याचमा मेलबर्नले दीलबर हुसेन र नाथन कल्टर नाइललाई टीममा मौका दिइएको छ । अघिल्लो खेलमा नाथनलाई विश्राम दिइएको थियो । हुसेनलाई भने पहिलोपटक टीममा मौका दिइएको हो । उनी पाकिस्तानी फास्ट बलर हुन् । हुसेनले १४ औं म्याचदेखि मेलबर्नबाट खेल्नका लागि सम्झौता गरेका छन् । मेलबर्नले आफ्नो चौथौं म्याच ब्रिसबेन हिटविरुद्ध खेल्न लागेको हो । मेलबर्न र ब्रिसबेनबीचको म्याच शनिबार दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ । ब्रिसबेन विरुद्धको म्याचका लागि मेलबर्नको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), नाथन कल्टर नाइल, बेन डंक सेब कोच, पीटर ह्यान्ड्सकम्ब, क्लिन्ट हिन्चलिफ, दिलबर हुसेन, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।  

त्रिकोणात्मक सिरिजः नेपाली टोलीको घोषणा, को–कोले पाए मौका?

काठमाडौंः आइसीसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । दुई नयाँ अनुहारलाई समेट्दै नेपाली टोलीको घोषणा भएको हो । टीममा अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मी पनि अटाएका छैनन् । सोमपाल अस्वस्थ र बसन्त पारिवारीक कारणले टीममा नअटाएका हुन् । उनीहरुको स्थानमा पहिलोपटक कुशल मल्ल र कमलसिंह ऐरीले मौका पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा ज्ञानेन्द्र मल्लको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यस्तै टीममा सुशन भारीले पनि पहिलो पटक एकदिवसिय टिममा स्थान बनाएका छन् । पछिल्लो पटक टी–२० टिममा रहे पनि उनी पहिलोपटक एकदिवसिय सिरीजका लागि टिममा परेका हुन् । त्रिकोणात्मक सिरिज खेल्ने पाली टीमः ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी ९उपकप्तान०, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी । माघ २२ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ । यो प्रतियोगिताका लागि अमेरिका र ओमानले यसअघि नै टिमको घोषणा गरिसकेको छ ।  

माघ १७ गतेदेखि चितवन प्रिमियर लिग

भरतपुरः चितवनमा चितवन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघको सह–आयोजनामा हुन लागेको प्रतियोगिता माघ १७ गतेदेखि २५ गतेसम्म प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । यस्तै चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनले धेरै राष्ट्रिय खेलाडी जन्माएको भन्दै यसले युवा खेलाडीलाई थप मौका प्रदान गर्ने बताए । प्रतियोगिताको लिग चरणका केही खेलहरु निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको नमूना क्रिकेट खेल मैदानमा गर्ने तयारी गरिरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा चितवनका पाँच वटा टिमको सहभागिता छ । जसमा भरतपुर गोर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्‍यापिड्स रहेका छन् । भरतपुरको मार्की प्लेयरमा संघर्ष पौडेल, माडीको मार्की प्लेयरमा किशोर महतो, इच्छाकामनाको मार्की प्लेयरमा दिपेश श्रेष्ठ, सौराहाको मार्की प्लेयरमा सन्तोष न्यौपाने र राप्तीको मार्की प्लेयरमा आकाश थापा छन् । यस प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दी सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ । यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दी म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यावसायिक लीग एभरेष्ट प्रिमियर लीग (ईपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

जिम्बाब्बेविरुद्ध श्रीलंका १० विकेटले विजयी, म्याथ्यूजको पहिलो दोहोरो शतक

काठमाडौंः जिम्बाब्बे विरुद्धको टेष्ट सिरिजको पहिलो खेलमा पाहुना टोली श्रीलंका १० विकेटले विजयी भएको छ । जिम्बाब्बेले दिएको १४ रनको लक्ष्य श्रीलंकाले ३ ओभरमा बिनाविकेट पूरा  गर्‍याे । उसका लागि कप्तान दिमुथ करुणारत्नले १० र ओशादा फर्नान्डोले ४ अविजित बनाए । दोस्रो इनिङ्समा जिम्बाब्बे १ सय ७० रनमै समेटिएको थियो । उसका लागि शन विलियम्सले सर्बाधिक ३९ रन बनाए । बलिङमा श्रीलंकाका सुरंगा लकमलले ४, लाहिरु कुमाराले ३, लसिथ एम्बुल्डेनियाले २ र कसुन रजिताले १ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको जिम्बाब्बेले पहिलो इनिङ्समा १४८ ओभरमा सबै विकेट गुमाएर ३ सय ५८ रन बनाएको थियो । उसका लागि क्रेग इवाइनले सर्बाधिक ८३ रन बनाएका थिए । बलिङमा श्रीलंकाका लसिथ एम्बुल्डेनियाले ५, सुरंगा लकमलले ३ र लाहिरु कुमाराले २ विकेट लिए । अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजको दोहोरो शतकमा श्रीलंकाले पहिलो इनिङ्समा ५ सय १५ रन बनाउन सफल भएको थियो । म्याथ्यूजले ४६८ बलमा १६ चौका र ३ छक्काको मद्दतमा अविजित २ सय रन बनाए । टेष्टमा उनको यो पहिलो दोहोरो शतक हो । यस्तै कुशल मेन्डिसले ८०, धनन्जय डीसिल्भा, निरोशन डिकवेलाले ६३–६३, कप्तान दिमुथ करुणारत्नले ३७, सुरुगां लकमलले २७, ओशादा फर्नान्डोले २१ र दिनेश चम्डिमलले १० रनको योगदान दिए । बलिङमा जिम्बाब्बेका सिकान्दर राजा, विक्टर न्यूचीले ३–३, कप्तान शन विलियम्सले २ र डोनाल्ड ट्रिपनोले एक विकेट लिए । जिम्बाब्बे र श्रीलंकाबीचको सिरिजका अन्तिम टेष्ट २७ जनवरीदेखि सुरु हुनेछ ।