एकैपटक मुम्बईका ५ खेलाडीले पाए राष्ट्रिय टिममा माैका
काठमाडौंः न्यूजिल्याण्ड ‘टूर’मा भारतीय टीममा ५ मुम्बईका खेलाडी छनोट भएका छन् । मंगलबार राति भारतीय कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जारी गरेको १६ सदस्यीय टीममा मुम्बईमा बस्ने ५ खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा टीमका उपकप्तान रोहित शर्मा, पृथ्वी शा, श्रेयस अय्यर, शिवम दुबे र शार्दुल ठाकुर रहेका छन् ।
यी ५ खेलाडीले घरेलु क्रिकेटमा मुम्बईका लागि खेल्ने गर्छन् । यद्यपी उनीहरु इन्डियन प्रिमियर लिग (आइपीएल) मा भने अलग–अलग टीमबाट खेल्ने गर्दछन् । रोहित मुम्बई इन्डियन्स, पृथ्वी, अय्यर दिल्ली क्यापिटल्स, शिवम रोयल च्यालेन्जर्स बैंग्लोर र शार्दुलले चेन्नई सुपर किंग्सबाट आइपीएल खेल्ने गरेका छन् ।
राष्ट्रिय टीममा मुम्बईका ५ खेलाडी अटाएको भन्दै मुम्बई क्रिकेट एसोसियशनले खुसी व्यक्त गरेको छ । मुम्बईका अलवा न्यूजिल्याण्डसँगको वानडे सिरिजमा दिल्लीका ३ खेलाडी पनि अटाएका छन् । दिल्लीबाट टीममा विराट कोहली, ऋषभ पन्त र नवदीप सैनी रहेका छन् । न्यूजिल्याण्ड र भारतबीचको तीन खेलको एकविदसीय सिरिज ५ फेब्रुअरीदेखि सुरु हुनेछ ।
न्यूजिल्याण्डविरुद्ध वानडे सिरिज खेल्ने भारतीय पूरा टीमः विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), पृथ्वी शा, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पन्त (विकेटकीपर), केदार जाधव, शिवम दुबे, कुलदीप यादव, युवेन्द्रद्र चहल, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर ।
बीबीएलः कस्तो रह्यो आज सन्दीपको पहिलो ओभर?
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध मेलबर्न स्टार्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा १० रन दिएका छन् । आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा एक छक्कासहित बिनाविकेट १० रन दिएका हुन् । यसअघि ‘ब्याट फ्लिप’ हारेर ब्याटिङको मेलबर्नले निर्धारित २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रन बनायो । उसका लागि ओपनर मार्कस स्टोइनिसले शतक बनाए । उनले ७९ बलमा ८ छक्का र १३ चौका प्रहार गर्दै अविजित १ सय ४७ रन बनाए । शतकसँगै स्टोइनिसले इतिहास रचेका छन् । उनले बीबीएलमा एकै खेलमा व्यक्तिगत सर्बाधिक रन बनाउने खेलाडीको इतिहास रचेका हुन् । मेलबर्नलाई विशाल लक्ष्यमा पुर्याउन अर्का ओपनर हिल्टन कार्टराइटले ४० बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ५९ रनको योगदान दिए । यस्तै कप्तान ग्लेन म्याक्सवेल ५ रनमा अविजित रहे । बलिङमा सिड्नीका टम करनले एक विकेट लिए । गत संस्करणको उपविजेता मेलबर्नले जारी सिजनमा पनि शानदार प्रदर्शन गरिरहेको छ । उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ ।
रंगशाला बनाउन श्रीलंकाका मैदान विशेषज्ञ नेपालमा
काठमाडौंः धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुरबीच रंगशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो । धुर्मुस–सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो पहिलो पटक हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको ब्यक्तिसँग जोडिन पाएकोमा खुसी भएको बताउँछन् । उनका अनुसार ४ महिनामा प्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधि पछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिने छन् । वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमका पहिलो कप्तानसमेत हुन् । उनी झण्डै ८ बर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाईरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाका लागि पहिलो ओ.डि.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जित दिलाएका थिए । उनले आफ्नो करियरमा १९७९ को विश्व कपमा भारत बिरुद्धको खेलमा १८ रन र १ विकेट लिँदै खेल श्रीलंकाको पक्षमा जिताएका थिए । जुन श्रीलंकाका लागि पहिलो जित थियो र उनको करियरमा यो खेलले इट्टा थप्ने काम मात्र गरेन् यो एक एसोसिएट सदस्य राष्ट्रद्धारा श्रृलंकाका लागी एक मात्र जित थियो, जसमा उनको नाम दर्ज छ । उनी श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (ए.सि.सि.) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए । २०१६ मा ‘युथ वीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमा समेत उनले काम गरिसकेका छन् । हाल उनि आईसिसि अन्तर्गत को एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् । वार्नपुरालाई रंगशाला निर्माण अवधिभरका लागि सम्झौता गरिएको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् ।
मेलबर्नले दियो सिड्नीलाई २२० रनको लक्ष्य, स्टोइनिसले रचे इतिहास
काठमाडौंः मार्कस स्टोइनिसले शतक बनाएपछि अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टार्सले सिड्नी सिक्सर्सलाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ । ‘ब्याट फ्लिप’ हारेर ब्याटिङको मेलबर्नले निर्धारित २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रन बनायो । उसका लागि ओपनर स्टोइनिसले शतक बनाए । उनले ७९ बलमा ८ छक्का र १३ चौका प्रहार गर्दै अविजित १ सय ४७ रन बनाए । शतकसँगै स्टोइनिसले इतिहास रचेका छन् । उनले बीबीएलमा एकै खेलमा व्यक्तिगत सर्बाधिक रन बनाउने खेलाडीको इतिहास रचेका हुन् । मेलबर्नलाई विशाल लक्ष्यमा पुर्याउन अर्का ओपनर हिल्टन कार्टराइटले ४० बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ५९ रनको योगदान दिए । यस्तै कप्तान ग्लेन म्याक्सवेल ५ रनमा अविजित रहे । बलिङमा सिड्नीका टम करनले एक विकेट लिए । मेलबर्नमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने नवौं म्याचमा पनि सन्दीप प्लेइङ ११ मा अटाएका छन् । गत संस्करणको उपविजेता मेलबर्नले जारी सिजनमा पनि शानदार प्रदर्शन गरिरहेको छ । उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ । सिक्सर्सविरुद्ध मेलबर्नको प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, लान्स मोरिस, बेन डन्क, सेब गोच, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।
बीबीएलमा स्टोइनिसले पूरा गरे पहिलो शतक
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी सिक्सर्स विरुद्धको खेलमा मेलबर्न स्टार्सका ओपनर मार्कस स्टोइनिसले शतक पूरा गरेका छन् । उनले ६० बलमा १० चौका र ४ छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् । बीबीएलमा स्टोइनिसको यो पहिलो शतक हो । ‘ब्याट फ्लिप’ हारेर ब्याटिङको मेलबर्नले आज शानदार ब्याटिङ गरिरहेको छ । उसले १७ ओभरमा बिनाविकेट १ सय ७२ रन बनाएको छ । मेलबर्नमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने नवौं म्याचमा पनि सन्दीप प्लेइङ ११ मा अटाएका छन् । गत संस्करणको उपविजेता मेलबर्नले जारी सिजनमा पनि शानदार प्रदर्शन गरिरहेको छ । उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ । सिक्सर्सविरुद्ध मेलबर्नको प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, लान्स मोरिस, बेन डन्क, सेब गोच, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।
बीबीएलः स्टोइनिसले पूरा गरे अर्को शानदार अर्धशतक
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी सिक्सर्स विरुद्धको खेलमा पनि मेलबर्न स्टार्सका ओपनर मार्कस स्टोइनिसले अर्धशतक पूरा गरेका छन् । उनले ३६ बलमा ६ चौका र २ छक्का हिर्काउँदै अर्धशतक पूरा गरेका हुन् । जारी प्रतियोगितामा स्टोइनिसको यो पाँचौ अर्धशतक हो । ‘ब्याट फ्लिप’ हारेर ब्याटिङको मेलबर्नले आज राम्रो सुरुवात गरेको छ । उसले ११ ओभरमा बिनाविकेट ८९ रन बनाएको छ । मेलबर्नमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने नवौं म्याचमा पनि सन्दीप प्लेइङ ११ मा अटाएका छन् । गत संस्करणको उपविजेता मेलबर्नले जारी सिजनमा पनि शानदार प्रदर्शन गरिरहेको छ । उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ । सिक्सर्सविरुद्ध मेलबर्नको प्लेइङ ११ः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, लान्स मोरिस, बेन डन्क, सेब गोच, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।
नेपालले पायो नयाँ एकदिवसीय र टी-२० वरियता, के छ स्थान ?
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपाल १२ औं स्थानमा रहेको छ । तालिकाको शीर्षमा पाकिस्तान छ । त्यसपछि क्रमशः अस्ट्रेलिया, इङ्ल्याण्ड, दक्षिण अफ्रीका, भारत, न्यूजिल्याण्ड, अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल यस सूचीमा स्कटल्याण्ड, आयरल्याण्ड, यूएई, नेदरल्यान्ड्स र ओमानभन्दा माथि छ । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा शनिबार नै सार्वजनिक एकदिवसीय क्रिकेटको नयाँ वरियता क्रममा नेपाल एक स्थान माथि उक्लिएको छ । यसअघि सूचीमा १८ औं स्थानमा रहेको नेपाल शनिबार सार्वजनिक सूचीमा एक स्थान उक्लिएर १७ औँ स्थानमा झरेको छ। गत वर्षमात्र नेपालले एकदिवसीय क्रिकेट खेल्ने १६ औँ राष्ट्रको रूपमा मान्यता प्राप्त गरेको थियो । विश्वकप छनौटमा खराब प्रदर्शन गरे यता भने नेपालको वरियताक्रम लगातार ओरालो झर्ने क्रममा रहेको छ । आइसीसीको सूचीको शीर्षमा इङ्ल्याण्ड कायम रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ । सन् २०१९ को एकदिवसीय क्रिकेट विश्वकपको उप विजेता न्यूजिल्याण्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा रहेका छन्। सूचीको शीर्ष १० मा पर्ने टीमहरूमा दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज र अफगानिस्तान क्रमशः पाँचौ, छैठौं, सातौं, आठौँ, नवौं र दशौँ स्थानमा रहेका छन्। सूचीमा आयरल्याण्ड, जिम्बाब्वे, स्कटल्याण्ड, युएसए र ओमान क्रमशः ११ औं, १२औं, १३औ, १४ औं, १५ औं र १६ औं स्थानमा नेपालभन्दा माथि छन् भने नामिबिया र यूएई क्रमशः १८ औं र १९ औं स्थानमा रहेका छन् ।
बीपीएलः नेपालमा खेलिसकेका शान्तोले प्रहार गरे शानदार शतक
काठमाडौंः बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत ढाका प्लाटूनविरुद्ध खुल्ना टाइगर्सका ब्याट्सम्यान नाजमुल होसेन शान्तोले शानदार शतक बनाएका छन् । उनले ५१ बलमा ६ छक्का र ७ चौका प्रहार गर्दै शतक बनाएका हुन् । शान्ताेकै शतकमा प्लाटूनविरुद्ध खुल्ना टाइगर्स ८ विकेटले विजयी हुन सफल भयाे । उनले आज ५७ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा अविजित १ सय १५ रनको योगदान दिए । टी–२० क्रिकेटमा नाजमुलको यो पहिलो शतक हो । शान्तोले हालै नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)समेत खेलेका थिए । टियू स्थित कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा उनले नेपालविरुद्ध ६० बलमा अविजित ७५ रन बनाउँदै टिमलाई जित दिलाएका थिए । सागमा कप्तासमेत रहेका बंगलादेश–२३ ले स्वर्ण पदकसमेत जितेको थियो । पछिल्लो समय शान्तो शानदार ब्याटिङ गरिरहेका छन् । उनले २०१९ मा जिम्बाब्बेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
बीबीएलः आइतबार हुने म्याचका लागि पनि सन्दीप टिममा
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो नवौं म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आइतबार हुने सिड्नी सिक्सर्स विरुद्धको खेलमा लागि आज १३ सदस्यीय टोली घोषणा गरेको हो । सिक्सर्सविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टिममा मौका पाएका छन् । मेलबर्नले नवौं म्याचमा नाथन कल्टर–नाइल र साम इलियटलाई विश्राम दिइएको छ । उनीहरुको स्थान ज्याक्सन कोलम्यान र जोनाथन मेर्लोले लिएका छन् । मेलबर्न–सिक्सर्सबीचको खेल आइतबार दिउँसो १ः५५ बजेदेखि मेलबर्नमा सुरु हुनेछ । जारी सिजनमा पनि सन्दीपआवद्ध मेलबर्न स्टार्स शानदार प्रदर्शन गरिरहेको छ । उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ । सिक्सर्सविरुद्ध मेलबर्नद्वारा घोषित स्टार्सको टिमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, ज्याक्सन कोलम्यान, बेन डन्क, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, लान्स मोरिस, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।
स्टार बलर बुमराहले रचे इतिहास, कस–कसको तोडियो कीर्तिमान?
काठमाडौंः भारतीय क्रिकेट टिमका स्टार बलर जसप्रीत बुमराहले इतिहास रचेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक विकेट लिँदै बुमराहले इतिहास रचेका हुन् । उनले शुक्रबार राति श्रीलंका विरुद्धको सिरिजको अन्तिम खेलमा एक विकेट लिँदै यो उपलब्धि हासिल गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अब बुमराहको नाममा ५३ विकेट पुगेको छ । यसअघि भारतका लागि टी–२० क्रिकेटमा सर्बाधिक विकेट लिनेको सूचीको शीर्ष स्थानमा स्पिनरद्धय आर आश्विन र युजवेन्द्र चहल थिए । उनीहरुको नाममा समान ५२ विकेट थियो । दायाँ हाते फास्ट बलर बुमराहले ४५ टी–२० अन्तर्राष्टिय म्याचमा ५३ विकेट हासिल गर्दै आश्विन र चहलको कीर्तिमान तोडेका हुन् । अलि आश्चर्यको कुरा केछ भने हालसम्म बुमराहले अन्तर्राष्टिय टी–२० क्रिकेटमा एकै खेलमा ३ विकेट लिन सकेका छैनन् । टी–२० क्रिकेटमा भारतका लागि सर्बाधिक विकेट लिने क्रिकेटर जसप्रित बुमराह– ५३ विकेट रविचन्द्र आश्विन, युजवेन्द्र चहल– ५२ विकेट भुवनेश्वर कुमार– ४१ विकेट कुलदीप यादव– ३९ विकेट हार्दिक पाण्ड्या– ३८ विकेट
श्रीलंका विरुद्धको टी–२० सिरिज भारतद्वारा ‘क्लिन स्विप’
काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिज भारतले २–० ले ‘क्लिन स्विप’ गरेको छ । अन्तिम खेलमा श्रीलंकालाई ७८ रनले हराउँदै भारतले २–० ले सिरिज ‘क्लिन स्विप’ गरेको हो । सिरिजको अन्तिम म्याचमा भारतले दिएको २ सय २ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १५.५ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो । उसका लागि धनन्जय डी सिल्भाले सर्बाधिक ५७ रन बनाए । बलिङमा भारतका नवदीप सैनीले ३, वासिङटन सुन्दर, सार्दुल ठाकुरले २–२ र जसप्रित बुमहराले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनायो । उसका लागि केएल राहुल र शिखर धवनले अर्धशतक बनाए । केएलले ३६ बलमा १ छक्का र ५ चौका प्रहार गर्दै ५४ रन बनाए । यस्तै शिखरले ३६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५२ रनको योगदान दिए । कप्तान विराट कोहली २६, श्रेयस अय्यर ४, सञ्जु स्यामसन ६ रनमा आउट भए । मनिष पाण्डे ३१ र शार्दुल ठाकुर २२ रनमा अविजित रहे । बलिङमा श्रीलंकाका लक्षण सदानले ३, लाहिरु कुमारा र वाविन्दू हसरंगाले एक–एक विकेट लिए । भारत–श्रीलंकाबीचको सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
श्रीलंकाविरुद्ध भारतले गुमायो लगातार २ विकेट
काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतले छैटौं विकेट गुमाएको छ । भारतले छैटौं विकेटका रुपमा वासिङटन सुन्दरलाई शून्य रनमा गुमाएको हो । यही ओभरको तेस्रो बलमा कप्तान विराट कोहली व्यक्तिगत २६ रनमा ‘रन आउट’को सिकार भए । यसअघि भारतले श्रेयस अय्यरलाई ४, शिखर धवनलाई ५२, केएल राहुललाई ५४, सञ्जु स्यामसनलाई ६ रनमा गुमाइसकेको छ । सिरिजको अन्तिम खेलमा भारतले तीन र श्रीलंकाले २ खेलाडी परिवर्तन गरेको छ । श्रीलंकाले इसरु उडाना र भानुका राजापाक्षलाई विश्राम दिएको छ । उनीहरुको स्थान एन्जेलो म्याथ्यूज र लक्षण सदाकनले लिएका छन् । भारतले सिरिजको तेस्रो खेलमा ऋषभ पन्त, कुलदीप यादव र शिवम दुवेलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा सञ्जु स्यामसन, युजवेन्द्र चहल र मनीष पाण्डेलाई प्लेइङ ११ मा मौका दिइएको छ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ । यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो ।
एकै ओभरमा भारतलाई दोस्रो झड्का
काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतले चौथो विकेट गुमाएको छ । भारतले चौथो विकेटका रुपमा श्रेयस अय्यरलाई व्यक्तिगत ४ रनमा गुमाएको हो । उनी १२.३ ओभरमा लक्षण सदाकनको हातबाट क्याच आउट हुन पुगे । यही ओभरको तेस्रो बलमा सदानकै बलमा केएल राहुल व्यक्तिगत ५४ बलमा आउट भए । यो समाचार तयार पार्दासम्म भारतले १५ ओभरमा ४ विकेट गुमाएर १ सय ३८ रन बनाएको छ । सिरिजको अन्तिम खेलमा भारतले तीन र श्रीलंकाले २ खेलाडी परिवर्तन गरेको छ । श्रीलंकाले इसरु उडाना र भानुका राजापाक्षलाई विश्राम दिएको छ । उनीहरुको स्थान एन्जेलो म्याथ्यूज र लक्षण सदाकनले लिएका छन् । भारतले सिरिजको तेस्रो खेलमा ऋषभ पन्त, कुलदीप यादव र शिवम दुवेलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा सञ्जु स्यामसन, युजवेन्द्र चहल र मनीष पाण्डेलाई प्लेइङ ११ मा मौका दिइएको छ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ । यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो । भारतको प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), सञ्जु स्यामसन (विकेटकीपर), मनीष पाण्डे, श्रेयस अय्यर, युजवेन्द्र चहल, वाशिङटन सुन्दर, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी । श्रीलंकाको प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, लक्षण सदाकन, एन्जेलो म्याथ्यूज, वानिन्दु हसरंगा र लाहिरू कुमारा ।
टी–२० सिरिजः केएल राहुलको अर्को शानदार अर्धशतक
काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतीय टिमका ओपनर केएल राहुलले अर्धशतक पूरा गरेका छन् । उनले ३४ बलमा ४ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा राहुलको यो नवौं अर्धशतक हो । अघिल्लो खेलमा ४५ रन बनाएका केएल आज ५४ रन बनाएर आउट भए । टस हारेर ब्याटिङको मौका पाएको भारतले १२.४ ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन बनाएको छ । सिरिजको अन्तिम खेलमा भारतले तीन र श्रीलंकाले २ खेलाडी परिवर्तन गरेको छ । श्रीलंकाले इसरु उडाना र भानुका राजापाक्षलाई विश्राम दिएको छ । उनीहरुको स्थान एन्जेलो म्याथ्यूज र लक्षण सदाकनले लिएका छन् । भारतले सिरिजको तेस्रो खेलमा ऋषभ पन्त, कुलदीप यादव र शिवम दुवेलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा सञ्जु स्यामसन, युजवेन्द्र चहल र मनीष पाण्डेलाई प्लेइङ ११ मा मौका दिइएको छ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ । यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो । भारतको प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), सञ्जु स्यामसन (विकेटकीपर), मनीष पाण्डे, श्रेयस अय्यर, युजवेन्द्र चहल, वाशिङटन सुन्दर, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी । श्रीलंकाको प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, लक्षण सदाकन, एन्जेलो म्याथ्यूज, वानिन्दु हसरंगा र लाहिरू कुमारा ।
टी–२० सिरिजः श्रीलंकाविरुद्ध शिखरको शानदार अर्धशतक
काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतीय टिमका ओपनर शिखर धवनले अर्धशतक पूरा गरेका छन् । उनले ३४ बलमा ७ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धवनलको यो १० औँ अर्धशतक हो । अघिल्लो खेलमा ३२ रन बनाएका शिखर आज ५२ रन बनाएर आउट भए । टस हारेर ब्याटिङको मौका पाएको भारतले ११ ओभरमा १ विकेट गुमाएर १ सय ३ रन बनाएको छ । सिरिजको अन्तिम खेलमा भारतले तीन र श्रीलंकाले २ खेलाडी परिवर्तन गरेको छ । श्रीलंकाले इसरु उडाना र भानुका राजापाक्षलाई विश्राम दिएको छ । उनीहरुको स्थान एन्जेलो म्याथ्यूज र लक्षण सदाकनले लिएका छन् । भारतले सिरिजको तेस्रो खेलमा ऋषभ पन्त, कुलदीप यादव र शिवम दुवेलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा सञ्जु स्यामसन, युजवेन्द्र चहल र मनीष पाण्डेलाई प्लेइङ ११ मा मौका दिइएको छ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ । यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो । भारतको प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), सञ्जु स्यामसन (विकेटकीपर), मनीष पाण्डे, श्रेयस अय्यर, युजवेन्द्र चहल, वाशिङटन सुन्दर, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी । श्रीलंकाको प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, लक्षण सदाकन, एन्जेलो म्याथ्यूज, वानिन्दु हसरंगा र लाहिरू कुमारा ।
टी–२० सिरिजः अन्तिम खेलमा ऋषभ पन्तले पाएनन् माैका
काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा पाहुना टाेली श्रीलंकाले टस जितेर फिल्डिङ रोजेको छ । भारत–श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजेदेखि पुणेमा सुरु हुँदैछ । सिरिजको अन्तिम खेलमा भारतले तीन र श्रीलंकाले २ खेलाडी परिवर्तन गरेको छ । श्रीलंकाले इसरु उडाना र भानुका राजापाक्षलाई विश्राम दिएको छ । उनीहरुको स्थान एन्जेलो म्याथ्यूज र लक्षण सदाकनले लिएका छन् । भारतले सिरिजको तेस्रो खेलमा ऋषभ पन्त, कुलदीप यादव र शिवम दुवेलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा सञ्जु स्यामसन, युजवेन्द्र चहल र मनीष पाण्डेलाई प्लेइङ ११ मा मौका दिइएको छ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ । यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो । भारतको प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), सञ्जु स्यामसन (विकेटकीपर), मनीष पाण्डे, श्रेयस अय्यर, युजवेन्द्र चहल, वाशिङटन सुन्दर, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी । श्रीलंकाको प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, लक्षण सदाकन, एन्जेलो म्याथ्यूज, वानिन्दु हसरंगा र लाहिरू कुमारा ।

