ए डिभिजन लिगः बराबरीमा रोकियो जावलाखेल र एनआरटीबीचको खेल
काठमाडौंः शहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब र न्यू रोड टिमबीचको खेल गोलरहित बराबरीमा सम्पन्न भएको छ । दुबै टोलीले खेल अवधिभरि अवसरहरु पाएपनि गोलमा परिणत गर्न सकेनन् ।
दशरथ रङ्गशालामा सोमबार सम्पन्न खेलको सुरुमै जावलाखेलले गोल गर्ने उत्कृष्ट पाएको थियो । खेलको १५ औं मिनेटमा जावलाखेलका डयाडी जुनियर वाम्बाले पेनाल्टी बक्सभित्र नियन्त्रणमा रहेको बललाई दिशा दिन नसक्दा गोलमा परिणत हुन सकेन । २६ औं मिनेटमा सुजित बूढाथोकीको फ्रिकिकमा एडम डोम्बियाको हेडर पोष्टबाट बाहिरिदा जावलाखेलले गोलको अर्को अवसर पनि गुमाउन पुग्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि दुबै टोलीले दोस्रो हाफमा पनि गोल गर्न संघर्षरत देखियो । ८२ औं मिनेटमा एनआरटीका राजेश परियारले पेनाल्टी क्षेत्र बाहिरबाट गर्नुभएको प्रहार गोलमा परिणत हुन सकेन ।
दुबै टोली गोलरहित बराबरीमा रोकिदा जावलाखेलले पाँच खेलबाट दुईमा जित, तीनमा बराबरीसँगै ९ अङ्क बटुलेको छ । एनआरटीको भने पाँच खेलमध्ये दुईमा जित, एक बराबर र दुईमा हार बेहोरेर पाँच अङ्क छ ।
बीबीएलः फिन्चको टिमको लगातार तेस्रो हार, सन्दीपको खेल कहिले?
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्ग होबार्ट हरिकेन्सविरुद्ध पनि मेलबर्न रेनेगेड्स ७ विकेटले पराजित भएको छ । मेलबर्नले दिएको १ सय ४९ रनको विजयी लक्ष्य हरिकेन्सले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका लागि डीअर्सी सर्टले ६०, बेन म्याकडर्मोटले अविजित ५५ र डेभिड मिलरले नटआउट २५ रन बनाए । बलिङमा मेलबर्नका लागि टम कपूरले २ र क्यामेरन ब्यासले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङको मौका पाएको मेलबर्नले १९.१ ओभरमा अलआउट हुँदै १ सय ४८ रन बनायो । उसका लागि कप्तान आरोन फिन्चले सर्बाधिक ५० रन बनाए । बलिङमा होबार्टका जेम्स फाल्कनर, नाथन एलिस र रिले मेरीडिथले ३–३ विकेट लिए । गत संस्करणको विजेता समेत रहेको फिन्चको टिम मेलबर्नको यो लगातार दोस्रो हार हो । यो सिजनको बीबीएलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि खेलिरहेका छन् । उनी यो संस्करणमा पनि मेबलर्न स्टार्सबाट खेलिरहेका हुन् । सन्दीपआवद्ध मेलबर्नले सुरुवातका २ खेलमा जित हासिल गरिसेको छ । मेलबर्नले आफ्नो तेस्रो खेल शुक्रबार राशिद खानआवद्ध एडिलेड स्ट्राइकर्सविरुद्ध खेल्दै छ । जारी बीबीएलमा सन्दीपले २ खेलमा २ विकेट लिएका छन् ।
पीपीएलः पारसको चितवनले दियो ज्ञानेन्द्रको काठमाडौंलाई १६८ रनको लक्ष्य
काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले काठमाडौं गोल्डेन्स वारियर्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनायो । उसका लागि बाबर हयात र रोहन मुस्तफाले अर्धशतक बनाए । बाबरले ४६ बलमा ६ छक्का र ४ चौकाको मद्दतमा ७० रन बनाए । यस्तै मुस्तफाले ५२ बलमा ६ चौका र १ छक्का हिर्काउँदै ५९ रनमा अविजित रहे । आरिफ शेख र शन्नी पटेलले १५–१५ रनकाे योगदान दिए । बलिङमा काठमाडौंका अमरसिंह रौटेल, बसन्त रेग्मी र सुशन भारीले एक–एक विकेट लिए । चितवनमा पारस खड्का र काठमाडौंमा ज्ञानेन्द्र मल्ल कप्तान छन् । आजको खेल काठमाडौंका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको ‘प्ले अफ’मा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ । चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । जितले काठमाडौं ‘प्ले अफ’मा पुग्ने छ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्ने छ ।
पीपीएलः काठमाडौंविरुद्ध बाबरको शानदार अर्धशतक
काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत काठमाडौं गोल्डेन्स वारियर्सविरुद्ध चितवन राइनजोका बाबर हयातले शानदार अर्धशतक बनाएका छन् । उनले ४२ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । जारी लिगमा बाबरको यो दोस्रो अर्धशतक हो । टस हारेर ब्याटिङको मौका पाएको चितवनले यो समाचार तयार पार्दा १५ ओभरमा १ विकेट गुमाएर १ सय १५ रन बनाएको छ । चितवनमा पारस खड्का र काठमाडौंमा ज्ञानेन्द्र मल्ल कप्तान छन् । आजको खेल काठमाडौंका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको ‘प्ले अफ’मा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ । चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । जितले काठमाडौं ‘प्ले अफ’मा पुग्ने छ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्ने छ ।
पीपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै चितवन, करन केसी ओपनिङमा!
काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्ग चितवन राइनोजविरुद्ध काठमाडौं गोल्डेन्स वारियर्सले टस जितेर बलिङ रोजेको छ । काठमाडौं–चितवनबीचको खेल पोखरा रंगशालामा भइरहेको छ । चितवनमा पारस खड्का र काठमाडौंमा ज्ञानेन्द्र मल्ल कप्तान छन् । आजको खेल काठमाडौंका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको ‘प्ले अफ’मा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ । चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । जितले काठमाडौं ‘प्ले अफ’मा पुग्ने छ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्ने छ ।
बीबीएलः कप्तान फिन्चको अर्धशतक, पहिलो जितको खोजीमा टिम
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्ग होबार्ट हरिकेन्सविरुद्ध मेलबर्न रेनेगेड्सका कप्तान आरोन फिन्चले शानदार अर्धशतक बनाएका छन् । उनले ३६ बलमा ६ चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । जारी लिगमा फिन्चको टिमको यो पहिलो खेल हो । उनको टिम पहिलो खेलमा पर्थ स्कोरचर्सविरुद्ध पराजित भएको थियो । यो सिजनको बीबीएलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि खेलिरहेका छन् । उनी यो संस्करणमा पनि मेबलर्न स्टार्सबाट खेलिरहेका हुन् । सन्दीपआवद्ध मेलबर्नले सुरुवातका २ खेलमा जित हासिल गरिसेको छ । मेलबर्नले आफ्नो तेस्रो खेल शुक्रबार राशिद खानआवद्ध एडिलेड स्ट्राइकर्सविरुद्ध खेल्दै छ । जारी बीबीएलमा सन्दीपले २ खेलमा २ विकेट लिएका छन् ।
पोखरा प्रिमियर लिगः पारस र ज्ञानेन्द्रको टिम भिड्दै आज
काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज चितवन राइनोज र काठमाडौं गोल्डेन्स वारियर्स भिड्दै छन् । चितवन–काठमाडौंबीचको खेल आज बिहान ११ः३० बजेदेखि सुरु हुँदैछ । चितवनमा पारस खड्का र काठमाडौंमा ज्ञानेन्द्र मल्ल कप्तान छन् । आजको खेल काठमाडौंका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको ‘प्ले अफ’मा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ । चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । जितले काठमाडौं ‘प्ले अफ’मा पुग्ने छ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्ने छ ।
बीबीएलः लिनको विस्फोटक ब्याटिङ, ब्रिसबेनले दियो सिड्नीलाई २१० रनको लक्ष्य
कैलालीः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा ब्रिसबेन हिटले सिड्नी सिक्सर्सलाई २ सय १० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको ब्रिसबेनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनायो । उसका लागि टिमका ओपनरसमेत रहेका कप्तान क्रिस लिनले मात्र ३५ बलमा ११ छक्का र ४ चौका प्रहार गर्दै ९४ रन बनाए । उनी ९.४ ओभरमा छक्का हान्ने धुनमा ‘क्याच आउट’ हुन पुगे । यस्तै म्याट रेन्शाले अविजित ६०, साम हिजलेटले १०, जिमी प्रिसनले २५ र बेन कटिङले नटआउट ९ रनको योगदान दिए । बलिङमा सिड्नी सिक्सर्सका बेन्जामिन मन्टी र शन एबटले २–२ विकेट लिए । ब्रिसबेनले यसअघि खेलेका २ म्याचमा पराजय बेहोरेको छ । आजै भएको पहिलो खेलमा होबार्ट हरिकेन्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्स ५२ रनले विजयी भएको छ । आज सन्दीपले ३ ओभरमा १८ रन दिएर १ विकेट लिए । मेलबर्नले खेलेका २ म्याचमै जित हासिल गरेको छ । उसले पहिलो खेलमा शुक्रबार ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो ।
बीबीएलः लिनद्वारा छक्का–चौकाको वर्षात, ३५ बलमा बनाए ९४ रन!
कैलालीः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध ब्रिसबेन हिटका कप्तान क्रिस लिनले चौका–छक्काको वर्षात गरेका छन् । टिमका ओपनरसमेत रहेका लिनले मात्र ३५ बलमा ११ छक्का र ४ चौका प्रहार गर्दै ९४ रन बनाए । उनी ९.४ ओभरमा छक्का हान्ने धुनमा ‘क्याच आउट’ भए । टस हारेर ब्याटिङको मौका पाएको ब्रिसबेनले यो समाचार तयार पार्दासम्म १३ ओभरमा ३ विकेट गुमाएर १ सय ३३ रन बनाएको छ । ब्रिसबेनले यसअघि खेलेका २ म्याचमा पराजय बेहोरेको छ । आजै भएको पहिलो खेलमा होबार्ट हरिकेन्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्स ५२ रनले विजयी भएको छ । आज सन्दीपले ३ ओभरमा १८ रन दिएर १ विकेट लिए । मेलबर्नले खेलेका २ म्याचमै जित हासिल गरेको छ । उसले पहिलो खेलमा शुक्रबार ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो ।
स्पोर्टस अवार्डः वर्ष पुरुष खेलाडीलाई शारदा राईस मिलको प्रायोजन
धनगढी: प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको राजपुरमा रहेको शारदा राईस मिलले सहयोग गरेको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष खेलाडी विधालाई शारदा राईस मिलले प्रायोजन गरेको हो । स्पोर्टस अवार्डमा दिईने ६ वटा विधा मध्येको बर्ष पुरुष खेलाडी विधाको नाम शारदा राईस मिल बर्ष पुरुष खेलाडी हुने भएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शारदा राईस मिलका प्रबन्ध निर्देशक तथा युवा व्यवसायी राहुल गुप्ता र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरेका छन् । पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन/तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ । अवार्ड अन्तर्गतको बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिलले प्रायोजन गरेसँगै अवार्डका पाँच विधाको प्रायोजन भईसकेको छ । बर्ष महिला खेलाडीलाई निसर्ग अस्पताल, वर्ष युवा खेलाडीलाई केटिएम वाईक, बर्ष प्रशिक्षकलाई दिनेश सोप र स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटलले प्रयोजन गरिसकेको अवार्ड कार्यक्रमका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले जानकारी दिए । चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।
बीबीएलः मेबलर्नको लगातार दोस्रो जित, सन्दीपलाई आज पनि सफलता
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्स ५२ रनले विजयी भएको छ । मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको होबार्टले १६ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि क्लाइव गुलाबले सर्बाधिक नटआउट १८ बलमा ३२ रन बनाए । बलिङमा मेलबर्नका हरिश रौफले ४ ओभरमा २७ रन दिएर ५ विकेट लिए । यस्तै एडम जम्पा, ग्लेन म्याक्सवेलले २–२ र सन्दीप लामिछानले १ विकेट लिए । आज सन्दीपले ३ ओभरमा १८ रन दिएर १ विकेट लिएका हुन् । यसअघि टस जितेर ब्याटिङ गरेको मेलबर्नले होबार्ट हरिकेन्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । मेलर्नका लागि ओपनर मार्कस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ४ छक्का र ७ चौका प्रहार गर्दै ५४ बलमा नटआउट ८१ रन बनाए । यस्तै निक म्याडिन्सनले ४०, बेन डंकले १९, कप्तान ग्लेन म्याक्सवेलले २, पीटर ह्यान्सक्बले ३ र हिल्टन कार्टराइटले अविजित ११ रनको योगदान दिए । बलिङमा होबार्टका रिले मेरीडिथले सर्बाधिक ३ विकेट लिए । मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए ।
बीबीएलः होबार्टविरुद्ध कस्तो रह्यो सन्दीपको पहिलो ओभर?
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध मेलबर्न स्टार्समा आवद्ध सन्दीप लामिछानले आफ्नो पहिलो ओभरमा किफायती बलिङ गरेका छन् । पहिलो ओभरमा महँगा सावित भएका सन्दीपले आज पहिलो ओभरमा बिनाविकेट ३ रन रन दिएका छन् । यसअघि टस जितेर ब्याटिङ गरेको मेलबर्नले होबार्ट हरिकेन्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । मेलर्नका लागि ओपनर मार्कस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ४ छक्का र ७ चौका प्रहार गर्दै ५४ बलमा नटआउट ८१ रन बनाए । यस्तै निक म्याडिन्सनले ४०, बेन डंकले १९, कप्तान ग्लेन म्याक्सवेलले २, पीटर ह्यान्सक्बले ३ र हिल्टन कार्टराइटले अविजित ११ रनको योगदान दिए । बलिङमा होबार्टका रिले मेरीडिथले सर्बाधिक ३ विकेट लिए । मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए ।
बीबीएलः स्टोइनिस चम्किँदा मेलबर्नले दियो होबार्टलाई १६४ रनको लक्ष्य
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनायो । उसका लागि ओपनर मार्कस स्टोइनिसले उत्कृष्ट ब्याटिङ गरे । उनले ४ छक्का र ७ चौका प्रहार गर्दै ५४ बलमा नटआउट ८१ रन बनाए । यस्तै निक म्याडिन्सनले ४०, बेन डंकले १९, कप्तान ग्लेन म्याक्सवेलले २, पीटर ह्यान्सक्बले ३ र हिल्टन कार्टराइटले अविजित ११ रनको योगदान दिए । बलिङमा होबार्टका रिले मेरीडिथले सर्बाधिक ३ विकेट लिए । मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए । पहिलो खेलमा मेलबर्नले जित हासिल गरेको र दोस्रो ओभरदेखि लयमा देखिएकाले आज पनि सन्दीपले प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो देखिन्छ । जारी सिजनको बीबीएलमा पनि मेलबर्न स्टार्सको नेतृत्व विस्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले सम्हालिरहेका छन् ।
बिग बास लिगः म्याक्सवेल आज सस्तैमा आउट
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्सका कप्तान ग्नेल म्याक्सवेल आज सस्तैमा आउट भएका छन् । उनी १४.१ ओभरमा व्यक्तिगत २ रनमा क्याच आउट हुन पुगे । अघिल्लो खेलमा म्याक्सवेलले विस्फोटक ब्याटिङ गरेका थिए । उक्त खेलमा उनले ३९ बलमा ८३ रन बनाएका थिए । मेलबर्नले आफ्नो दोस्रो म्याचमा होबार्ट हरिकेन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । यो समाचार तयार पार्दासम्म मेलबर्नले १५ ओभरमा ४ विकेट गुमाएर १ सय २७ रन बनाएको छ । मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए । पहिलो खेलमा मेलबर्नले जित हासिल गरेको र दोस्रो ओभरदेखि लयमा देखिएकाले आज पनि सन्दीपले प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो देखिन्छ । जारी सिजनको बीबीएलमा पनि मेलबर्न स्टार्सको नेतृत्व विस्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले सम्हालिरहेका छन् ।
बीबीएलः होबार्टविरुद्ध स्टोइनिसको शानदार अर्धशतक
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सका ओपनर मार्कस स्टोइनिसले शानदार अर्धशतक बनाएका छन् । उनले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन् । मेलबर्नले आफ्नो दोस्रो म्याचमा होबार्ट हरिकेन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । यो समाचार तयार पार्दासम्म मेलबर्नले १३ ओभरमा १ विकेट गुमाएर १ सय ११ रन बनाएको छ । मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटविरुद्ध २२ रनको जित हासिल गरेको थियो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए । क्रिस लिन नेतृत्वको ब्रिसबेनविरुद्ध आफ्नो पहिलो ओभरमा १९ रच खर्चिदै महँगा भएका सन्दीपले दोस्रो ओभरदेखि भने लय समातेका थिए । उनले आफ्नो अन्तिम ओभरमा ब्रिसबेनका अलराउन्डर बेन कटिङलाई आउट गर्दै जारी सिजनको पहिलो सफलता हात पारेका थिए । पहिलो खेलमा मेलबर्नले जित हासिल गरेको र दोस्रो ओभरदेखि लयमा देखिएकाले आज पनि सन्दीपले प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो देखिन्छ । जारी सिजनको बीबीएलमा पनि मेलबर्न स्टार्सको नेतृत्व विस्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेलले सम्हालिरहेका छन् ।
लिभरपुलले जित्यो क्लब विश्वकपको उपाधि
काठमाडौंः क्लब विश्वकप फुटबलको उपाधि इंग्लिस क्लब लिभरपुलले जितेको छ । शनिबार राति कतारमा भएको खेलमा लिभरपुलले फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन रोबर्टो फिर्मिन्होले गोल गरे । निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा लिभरपुलका लागि फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यो गोल नै विश्वकप जिताउन पर्याप्त बन्यो । लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो।

