पोखरा प्रिमियर लिगः इन्टरनेट पार्टनर सुबिसु

काठमाडौंः पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सुबिसु केबलनेट प्रा.लि रहने भएको छ ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउँद र प्रबन्ध निर्देशक छुम्बि लामा एवम्ं नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो ।

भुटानले श्रीलंकालाई ३–० ले हरायो, पहिलोपटक सागको फाइनलमा

काठमाडौंः नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद  (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै भुटान फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै पहिलोपटक भुटान साग फुटबलको फाइनलमा प्रवेश गरेको हो । भुटानको जितमा खेलको १९ औं मिनेटमा छिमी दोर्जीले गोल गर्दै अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा दावा छिरिङले पेनाल्टीमा गोल गर्दै भुटानलाई २–० को अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको ८० औं मिनेटमा एशि दोर्जीले गोल गर्दै भुटानलाई ३–० को जित दिलाए । जितसँगै ४ खेलमा ९ अंक जोड्दै भुटान शीर्ष स्थानमा उक्लिएको छ । भुटानले अब स्वर्ण पदकको लागि नेपाल र बंगलादेशमध्ये एक टिमसँग खेल्ने छ । आइतबार हुने बंगलादेश र नेपालबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी खेल्नु पर्ने हुन्छ ।

नेपालसँग पराजितपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त

काठमाडौंः नेपालमा जारी १३ औँ दक्षिण एसियाली केल कुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीसँग माल्दिभ्सको राष्ट्रिय फुटबल टोली पराजित भएपछि टिमका मुख्य प्रशिक्षक पिटर सेगर्टलाई बर्खास्त गरिएको छ । माल्दिभ्स आज नेपालविरुद्ध २–१ गोल अन्तरले हारेपछि माल्दिभ्स फुटबलले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो । शनिबार भएको साग अन्तर्गत पुरुष फुटबलमा खराब प्रदर्शन गरेपछि प्रशिक्षक पिटरलाई बर्खास्त गरेको माल्दिभ्स फुटबलले सामाजिक सञ्जाल फेसबुकबाट बर्खास्त गरेको जनाएको छ ।

भारतसँग नेपाल पराजित, स्वर्णका लागि फेरि भारतसँगै भिडन्त

काठमाडौं– नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा शनिबार लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको हो । लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले आजको खेल औपचारिकताका लागि मात्र थियो । भारतको जितमा खेलको पहिलो हाफको १८औँ मिनेटमा एनजी बाला देवीले गरेको एक मात्र गोल निर्णायक बन्यो । डेङ्गमी ग्रेनसले प्रहार गरेको ‘कर्नर किक’लाई अनमार्क रहेकी एनजी देवीले हेडमार्फत सेकेण्ड बार च्याप्दै बललाई पोष्टको दिशा दिएकी थिइन् । खेलमा फर्कन कडा मेहनत गरेको नेपालले बराबरीका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । नेपालका फरवार्ड सावित्रा भण्डारीलाई विपक्षी खेलाडीले आज खुलेर खेल्ने मौका नै दिएनन् । समूह चरणका तीन खेल जितेको भारत नौ अङ्कसहित समूह विजेता बनेको छ भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै छ अङ्कका साथ समूह उपविजेता बन्यो । नेपाल र भारतले पुनः आगामी मङ्सिर २३ गते स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् । खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले विपक्षी टोलीले पाएको कर्नर बल रोक्न नसोक्नु टोलीका लागि दुर्भाग्य भएको बताउँदै फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताए। भारतीय टोलीका प्रशिक्षक मेयामोल रकीले खेलाडीको प्रदर्शनभन्दा पनि खेलको नतिजासँग आफू सन्तुष्ट रहेको बताउँदै खेल अत्यन्त प्रतिष्पर्धापूर्ण रहेको प्रतिक्रिया दिए । महिला फुटबलमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको छ । यही मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए ।

पौडीमा गौरिकाले जितिन् रजत

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले रजत पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले राष्ट्रिय कीर्तिमानसहित रजत जितेकी हुन् । उनले १ मिनेट ३.१५ सेकेण्डको समयमा रजत जितेकी हुन् । यस स्पर्धामा १ मिनेट २.३५ मिनेटको समय निकाल्दै भारतकी मन्ना राजिब पटेलले स्वर्ण जित्न सफल भइन् ।

कुस्तीमा नेपाललाई पहिलो स्वर्ण, संगीताले दिलाइन् सफलता

जनकपुरधामः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ । जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन् । संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४–१ अंकले पराजित गर्दै स्वर्ण हात पारिन् । स्वर्ण विजेता धामी महेन्द्रनगरकी हुन् ।

तारादेवी र लक्ष्मीले भारोत्तोलनमा नेपाललाई जिताइन् कास्य

काठमाडौंः १३ औं सागमा नेपालले भारोत्तोलनबाट थप २ कास्य जितेको छ। महिलातर्फ ७६ केजी र ८१ केजी तौल समूहमा नेपालका लागि भारत, बंगलादेश र श्रीलंका बाधक बने। नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्यमा चित्त बुझाएका हुन् । पहिलो इभेन्टमा बंगलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०५ गरी कुल १८५ तौल उठाउँदै स्वर्ण जितिन् । त्यस्तै, श्रीलंकन खेलाडी बीसी प्रियन्थीले स्न्याचमा ८३ र क्लीन एण्ज जर्कमा १०१ गरी कुल १८४ किलो तौल बहन गरी देशलाई रजत पदक दिलाइन् । १ २ औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ९७ गरी कुल १७२ तौल उठाएकी हुन् । ७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लीन एण्ड जर्कमा १०८ गरी कुल १९० भार गरी स्वर्ण र बंगलादेशकी जुहोरा खातोन नीशाले कुल १६८ किलो तौल उठाउँदै रजत जित्न सफल भइन् । उनले स्न्याचतर्फ ७३ र क्लीन एण्ड जर्कमा ९५ तौल उठाएकी हुन्। ३ देशमात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन्। जारी प्रतियोगितामा नेपालले हालसम्म २ स्वर्ण र ८ कास्य जितिसकेको छ। प्रतियोगिता आइतबारसम्म चल्नेछ।

सागः महिला क्रिकेटमा नेपाललाई कास्य

पोखराः १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाललाई कास्य पदक प्राप्त भएको छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो। पोखरा रंगशाला भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा ८ रन बनाउँदा सबै विकेट गुमायो । ९ रनको लक्ष्य नेपालले जम्मा ५ बलमा कुनै विकेट नगुमाई ९ रन बनाई पूरा गर्यो । यसअघि पनि माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अञ्जली चन्दले हाज पनि ४ विकेट लिइन । ४ ओभर बलिङ गर्दा उनले १ रन मात्रै दिएकी अञ्जली प्लेअर अफ दी म्याच बनिन । मालदिभ्सका लागि ओपनर अइमा अइसादले १ रन बनाउनुबाहेक अन्यले रन जोड्न सकेनन् । ७ रन नेपालका बलरले वाइडकारुपमा अतिरिक्त दिएका थिए। सीता राना मगर र रुविना क्षेत्रीले २–२ विकेट लिए । बंगलादेश र श्रीलंकाको महिला टोलीले फाइनलमा स्थान बनाएको छन् । स्वर्ण पदकका लागि पोखरा रंगशालामै आइतबार खेल हुँदैछ। समूह चरणको पहिलो खेलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई १० विकेटले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकासँग ४१ रनले पराजित हुँदा फाइनलको यात्राबाट वञ्चित भएको हो। महिला क्रिकेटमा बंगलादेश, श्रीलंका, नेपाल र माल्दिभ्स सहभागी थिए।

गौरिका र एलेक्जेन्डर टोक्यो ओलम्पिक पौडीमा सहभागि हुने

काठमाण्डौः आउँदो वर्ष जापानमा हुने ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका सिंह र एलेक्जेन्डर शाहले सहभागिता जनाउने भएका छन् । पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार टोक्यो ओलम्पिकमा नेपालबाट २ जना खेलाडी सहभागिता जनाउन पाउने भएकाले गौरिका र शाहले खेल्ने बताउनुभयो । गएको जुलाईमा दक्षिण कोरियामा भएको १८ औं फिना च्याम्पियनसिपमा नेपालबाट गौरिका र सोफिया शाह तथा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । फिना च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपालबाट टोक्यो ओलम्पिकमा गौरिका र एलेक्जेन्डरले खेल्ने भएका हुन् । फिना विश्व च्याम्पियनसिपमा गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट ०० दशमलव ६२ सेकेण्डको समय निकालेकी थिइन् । त्यस्तै २ सय मिटरको फ्रिस्टाइलमा २ मिनेट १३ दशमलव ०० सेकेण्डन्डको समय निकालेकी थिइन् । एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइलमा ५६ दशमलव २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।

नेपाललाई अर्को झड्का, दीपेन्द्र पनि सस्तैमा आउट

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले फेरि अर्को विकेट गुमाएको छ । नवौ ओभरमा सौम्य सरकारको पाँचौ बलमा दिपेन्द्र आउट भएका हुन । योसँगै नेपाल ठुलो दबाबमा परेको छ । नेपाललाई संवरण जित्न आजको खेल जित्नैपर्ने दबाब छ । १० ओभरको खेल हुँदासम्म नेपालले ४ विकेटको क्षतिमा ५७ रन बनाएको छ । पूर्व कप्तान पारस खडका ९ रन बनाएर आउट भएका छन् । पारस लगत्तै आएका पवन सराफ पनि आउट भएका छन् । पवनपछि खेल्न आएका आरिफ शेख पनि आउट भएका छन् । तीनैजना खेलाडि क्याच आउट भएका हुन। तनवीर हसनको बल खेल्ने क्रममा हसन मोहम्मदले क्याच गरेपछि पारस आउट भएका थिए । नेपालले ३ विकेटको क्षतिमा ४ ओभरमा १६ रन बनाएको छ । यसअघि खेल्दै बंगलादेशले नेपाल सामु ६ विकेटको क्षतिमा १५६ रनको लक्ष राखेको छ । सुरुआती ओभरमा आक्रामक बलिङ खेलेको नेपाल सामु दबाबमा देखिएको बंगलादेशले खेलको मध्य समयदेखि रनरेटमा वृद्धि गरेको थियो । नेपालले बंगलादेशको ५ विकेट लिएपनि बंगलादेशले १५६ रन बनाउन सफल भएको छ । ललित राजवंशिलाई नखेलाउनु नेपालका लागि कमजोर साबित हुने अवसर दिएको टिप्पणि प्रशंसकहरुले गरेका छन् । बंगलादेशका तर्फबाट नजमुल हुसैनले ६० बलको सामना गर्दै ७५ रनको योगदान दिए । कप्तान अफि हुसैनले ३० बलमा ५५ रन दिए ।

साग क्रिकेटः नेपालको खराब शुरुआत, ५ ओभर नपुग्दै गुमायो पारससहित ३ विकेट

काठमाडौः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल र बंगलादेशबीच जारि टी २० खेलमा नेपालको खराब शुरुआत भएको छ। पूर्व कप्तान पारस खडका ९ रन बनाएर आउट भएका छन् । पारस लगत्तै आएका पवन सराफ पनि आउट भएका छन् । पवनपछि खेल्न आएका आरिफ शेख पनि आउट भएका छन् । तीनैजना खेलाडि क्याच आउट भएका हुन। तनवीर हसनको बल खेल्ने क्रममा हसन मोहम्मदले क्याच गरेपछि पारस आउट भएका थिए । नेपालले ३ विकेटको क्षतिमा ४ ओभरमा १६ रन बनाएको छ । यसअघि खेल्दै बंगलादेशले नेपाल सामु ६ विकेटको क्षतिमा १५६ रनको लक्ष राखेको छ । सुरुआती ओभरमा आक्रामक बलिङ खेलेको नेपाल सामु दबाबमा देखिएको बंगलादेशले खेलको मध्य समयदेखि रनरेटमा वृद्धि गरेको थियो । नेपालले बंगलादेशको ५ विकेट लिएपनि बंगलादेशले १५६ रन बनाउन सफल भएको छ । ललित राजवंशिलाई नखेलाउनु नेपालका लागि कमजोर साबित हुने अवसर दिएको टिप्पणि प्रशंसकहरुले गरेका छन् । बंगलादेशका तर्फबाट नजमुल हुसैनले ६० बलको सामना गर्दै ७५ रनको योगदान दिए । कप्तान अफि हुसैनले ३० बलमा ५५ रन दिए ।

साग क्रिकेटः बङ्लादेशले नेपाल सामु राख्यो १५६ रनको लक्ष

काठमाडौः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल र बंगलादेशबीच जारि टी२० खेलमा बंगलादेशले नेपाल सामु ६ विकेटको क्षतिमा १५६ रनको लक्ष राखेको छ । सुरुआती ओभरमा आक्रामक बलिङ खेलेको नेपाल सामु दबाबमा देखिएको बङ्लादेशले खेलको मध्य समयदेखि रनरेटमा वृद्धि गरेको थियो । नेपालले बंगलादेशको ५ विकेट लिएपनि बंगलादेशले १५६ रन बनाउन सफल भएको छ । ललित राजवंशिलाई नखेलाउनु नेपालका लागि कमजोर साबित हुने अवसर दिएको टिप्पणि प्रशंसकहरुले गरेका छन् । बंगलादेशका तर्फबाट नजमुल हुसैनले ६० बलको सामना गर्दै ७५ रनको योगदान दिए । कप्चान अफि हुसैनले ३० बलमा ५५ रन दिए । नेपालका तर्फबाट दिपेन्द्र एेरिले १९ औं ओभरमा २ विकेट लिएका छन् । उनले कप्तान हुसैन, र महदुल ईस्लामको विकेट लिएका थिए । यसअघि १०।२ ओभरमा अभिनास बोहराले यासिर अलिको विकेट लिएका थिए। दक्षिण एशियालि प्रतियोगिता साग अन्तर्गत आज भईरहेको खेलमा पारसले बंगलादेशविरुद्ध बल फाल्दै ३ विकेट लिएका थिए । दोश्रो ओभरमा मैदान छिरेका पारसले आफ्नो पहिलो ओभरमै एक विकेट लिए भने चौथो ओभरमा दुई विकेट लिएका थिए । पारसले मोहम्मद नईम, सैफ हसन र सौम्य सरकारको विकेट लिएका हुन । बंगलादेशविरुद्ध उनले चार ओभर बल गरेका छन् । ११ ओभरको खेल समाप्त हुँदासम्म बङ्लादेशले ४ विकेटको क्षतिमा ६३ रन बनाएको छ ।

महिला म्याराथनमा पुष्पाले जितिन् रजत

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर महिलातर्फको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत जतेकी छन्। आज भएको खेलमा भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पुरा गरिन्। यो स्पर्धामा श्रीलंकाकी हिरोनी केशाले स्वर्ण हात पारिन्। उनले उक्त दुरी २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा पार गरेकी थिइन्।

नेपाललाई अर्को सफलता, अभिनासले लिए चौथो विकेट

काठमाडौः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल र बङ्लादेशबीच जारि टी२० खेलमा नेपालले अर्को सफलता पाएको छ । बङ्लादेशले १०.२ ओभरमा यासिर अलिको ओभर गुमाएको छ । नेपाली बलर अभिनास बोहराले अलिको विकेट लिएका छन् । यसअघि दक्षिण एशियालि प्रतियोगिता साग अन्तर्गत आज भईरहेको खेलमा पारसले बङ्लादेशविरुद्ध बल फाल्दै ३ विकेट लिएका थिए । दोश्रो ओभरमा मैदान छिरेका पारसले आफ्नो पहिलो ओभरमै एक विकेट लिए भने चौथो ओभरमा दुई विकेट लिएका थिए । पारसले मोहम्मद नईम, सैफ हसन र सौम्य सरकारको विकेट लिएका हुन । बंगलादेशविरुद्ध उनले चार ओभर बल गरेका छन् । ११ ओभरको खेल समाप्त हुँदासम्म बङ्लादेशले ४ विकेटको क्षतिमा ६३ रन बनाएको छ ।

पारसको धमाका, ४ ओभर खेल्दै लिए ३ विकेट

काठमाडौः नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले महत्वपूर्ण ३ विकेट लिएका छन् । दक्षिण एशियालि प्रतियोगिता अन्तर्गत आज भईरहेको खेलमा पारसले बङ्लादेशविरुद्ध बल फाल्दै विकेट लिएका हुन। दोश्रो ओभरमा मैदान छिरेका पारसले आफ्नो पहिलो ओभरमै एक विकेट लिए भने चौथो ओभरमा दुई विकेट लिएका हुन । पारसले मोहम्मद नईम, सैफ हसन र सौम्य सरकारको विकेट लिएका हुन बङ्लादेशविरुद्ध उनले चार ओभर बलीङ गरेका छन् । आठ ओभरको खेल समाप्त हुँदासम्म बंगलादेशले ३ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।

म्याराथनमा किरणले जिते स्वर्ण पदक

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे । म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।