सागः श्रीलंकालाई कास्य पदक, पाकिस्तान र भारतको खेल भोलि
काठमाडौंः श्रीलङ्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्तको पुरुष भलिबल विधामा कास्य पदक जितेको छ ।
तेस्रो स्थानको लागि भएको खेलमा बङ्गलादेशमाथि ३–१ को जित हात पार्दै उसले कास्य पदक जितेको हो ।
त्रिपुरेश्वरस्थित राखेप परिसरको कभर्ड हलमा तेस्रो स्थानको लागि सम्पन्न खेलमा श्रीलङ्गाले बङ्गलादेशमाथि ३–१ को रोमाञ्चक जित हात पार्यो । पहिलो सेट बङ्गलादेशले २५–२३ ले आफ्नो पक्षमा पार्दै खेलमा १–० को अग्रता लिएको थियो । दबाबमा आएको श्रीलङ्काले बाँकीको तीनै सेट जितेर कास्य पदक जित्न सफल भयो ।
श्रीलङ्काले दोस्रो सेटमा २५–२० अङ्क जोडेर खेल १–१ को बराबरीमा ल्यायो । तेस्रो सेटमा पनि श्रीलङ्काले उक्त लयलाई निरन्तरता दिदै २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल २–१ को अग्रता लियो । चौथो सेटलाई नै निर्णायक बनाउँदै उसले बङ्गलादेशलाई २१ अङ्कमा रोकेर २५ अङ्क ल्याएर कास्य पदक जित्यो ।
सेमीफाइनलमा श्रीलङ्का भारतसँग पराजित भएको थियो भने बङ्गलादेश पाकिस्तानसँग हार बेहोरेर तेस्रो स्थानको लागि हुने स्पर्धामा आफ्नो स्थान सुनिश्चित गरेको थियो ।
नेपाल भने बङ्गलादेश र भारत दुबै टोलीबाट पराजित भएर प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।
१३औँ सागः आयशा शाक्यले जितिन् स्वर्ण
काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी छन् । आशयाले ७.९४० स्कोरका साथ जितेकी हुन् । सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कास्य पदक जितेकी थिइन् । शाक्य कीर्तिमानी तेक्वान्दो दीपक विष्टकी श्रीमातीसमेत हुन् । उनीहरुका दुई छोरा छन् ।
१३ औं सागः ७ स्वर्णसहित नेपाललाई १० पदक, कसले कति पदक जिते ?
काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म ७ स्वर्ण पदक जितेको छ । ७ स्वर्ण, २ रजत र १ कास्यसहित १० पदक जितेको नेपाल शिर्ष स्थानमा छ । भारतले १ स्वर्ण, २ रजत र १ कास्यसहित ४, पाकिस्तानले १ स्वर्ण र २ रजतसहित ३ पदक जितेको छ । तीन देशबाहेक अन्य देशले स्वर्ण पदक जित्न सकेका छैनन् । बंगलादेश र श्रीलंकाले ३ कास्यपदक जितेको छ । भुटान र माल्दिभ्स खाता विहिन छन् ।
कराँतेमा लक्ष्मण तामाङले दिलाए नेपाललाई स्वर्ण
काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका छन् । सोमबार कातातर्फ स्वर्ण जितेको नेपालले फाइट (कुमुते) तर्फ पनि शुरुमै स्वर्ण जितेको हो । ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १–० ले पराजित गरे । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सूर्यलाई पराजित गरेका थिए ।
१३औं सागः सीना मादेनले नेपाललाई दिलाइन् छैटौं स्वर्ण
काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको छैटौं स्वर्ण हो ।
सागमा नेपालको स्वर्ण संख्या ५ पुग्यो, तेक्वान्दोमा गोविन्दले पनि जिते स्वर्ण
काठमाडौः १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले पनि स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगितामा नेपालका लागि गोविन्दले स्वर्ण पदक जितेका हुन् । गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् । यसअघि तेक्वान्दोमै नेपालका कमल श्रेष्ठले पुरुष एकलतर्फ स्वर्ण पदक जितेका थिए ।
महिला ट्रायथलनमा सोनिकाले दिलाइन् नेपाललाई स्वर्ण
पोखराः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ट्रायथलनमा नेपालले स्वर्ण पदक जितेको छ । पोखरामा सोमबार भएको महिला ट्रायथलनमा नेपालकी सोनिका गुरुङले स्वर्ण पदक जितेकी हुन् । यस विधामा श्रीलंकाकी खेलाडीले रजत पदक जितेकी छन् । गौरीघाटबाट सुरु भएको ट्रायथलनमा ७५० मिटर स्वीमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड भएर सम्पन्न भएको थियो । ३ दिनसम्म चल्ने ट्रायथलन प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । नेपाल, भारत र श्रीलका गरि ३ देशका २६ खेलाडीको सहभागिता रहने खेलमा पुरुष र महिला दुवै विधामा संचालन हुनेछ ।
माल्दिभ्सविरुद्ध नेपाल १० विकेटले विजयी, अञ्जलीले लिइन् ६ विकेट
काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स महिला क्रिकेट टिमविरुद्ध नेपाल १० विकेटले विजयी भएको छ । माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले ५ बलमा बिनाविकेट पूरा गर्यो । नेपालका लागि काँजल श्रेष्ठले ३ चौकाको मद्दतमा ५ बलमा १३ रन बनाइन् । यसअघि माल्दिभ्सले १०.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६ रन मात्र बनायो । उसका लागि हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउनु बाहेक अन्यले खाता नै खोल्न सकेनन् । माल्दिभ्सका ९ खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा नेपाली महिला टिमकी तिव्र गतिकी बलर अन्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । उनले माल्दिभ्सविरुद्ध २.१ ओभरमा २ मेडन कुनै रन नदिएर ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन् । यो विश्व टी–२० महिला क्रिकेटमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन् । अन्जलीले ४ खेलाडीलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।
१३औँ सागः मन्डे श्रेष्ठले नेपाललाई दिलाए पहिलो स्वर्ण
काठमाडौंः मन्डे श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन्। पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन्। फाइनलमा मन्डले २५.७२ अंक ल्याउँदै पाकिस्ताका नैयामातुल्लाहलाई पराजित गरेका हुन्। नैयामातुल्लाहले २४.९२ अंक प्राप्त गरे। यसअघि समूहमा मन्डेले २४.० अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका हुन्। यस्तै अर्को समूहमा पाकिस्तानका नैयामातुल्लाहले २३.६८ अंक ल्याउँदै स्वर्णका लागि मन्डेसँगको भिडन्त पक्का गरेका थिए। त्यसबाहेक समूहमा श्रीलंकाका साउथरासाले २१.१८, बंगलादेशका मोहम्मद हासिन्कले २२.८ अंक ल्याए। श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए । १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले पहिलो पदक जितेको छ। त्यसअघि चञ्चला दनुवारले कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ नेपाललाई रजत पदक दिलाएकी थिइन्। पाकिस्तानकी साइदासँग पराजित हुँदै नेपाल रजतमा खुम्चिएको थियो। पाकिस्तानकी साइदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन। चञ्चलाले २४.६२ अंक प्राप्त गरिन।
श्रीलंकाका पूर्वक्रिकेटर मुथैया मुरलीधरन गभर्नरमा नियुक्त
काठमाडौंः श्रीलंकाका पूर्वक्रिकेटर मुथैया मुरलीधरनलाई श्रीलंकाको उत्तरी प्रान्तको गभर्नरमा नियुक्त गरिएको छ । यो प्रान्त तमिल बाहुल्य क्षेत्र हो । स्थानीय सञ्चार माध्यमका अनुसार श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले मुरलीथरनलाई गभर्नरका लागि प्रस्ताव गरेका थिए । ४७ वर्षका पूर्वक्रिकेटर मुरलीथरनको नाममा १ सय ३३ टेस्टमा ८ सयभन्दा बढी विकेट लिएको रेकर्ड छ । उनले सन् २०१० मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । यस्तै उनले ३ सय ५० एकदिवसीय क्रिकेटमा ५ सय ३४ विकेट र १२ टी–२० क्रिकेटमा १३ विकेट लिएका छन् ।
सागः पहिलो खेलमै नेपाली महिला भलिबल टोलीको शानदार जित
काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले पहिलो जित हात पारेको छ । सागको महिला भलिबल विधाअन्तगर्त नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरस्थित कर्भड हलमा भएको पहिलो खेलमा नेपालले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । नेपालले पहिलो सेटदेखि नै सन्तुलित प्रदर्शन गर्यो । पहिलो सेटमा २५–९ ले जित हात पारेको नेपालले लगातार तीनै सेटमा जित हात पार्यो । दोस्रो सेटमा बङ्गलादेश २५–९ ले पराजित भयो । तेस्रो सेटको सुरुवातमा वापसी गरेको बङ्गलादेशले अन्त्यतिर कमजोर प्रदर्शन गर्दा तेस्रो सेट पनि गुमाउन पुग्यो । कुनै समय ६–७ ले अगाडि रहेको बङ्गलादेशलाई उछिन्दै नेपालले तेस्रो सेट २५–११ ले जित हात पार्यो । महिला भलिबलमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बङ्गलादेश छन् । प्रतियोगिता अन्तगर्त आजै माल्दिभ्स र पाकिस्तानबीच स्पर्धा हुनेछ । बिहिबार भारत र नेपाल तथा श्रीलङ्का र पाकिस्तानबीच स्पर्धा हुनेछ । शुक्रबार भारत र बङ्गलादेश तथा श्रीलङ्का र माल्दिभ्सबीच खेल हुनेछ । शनिबार लिग चरणमा उत्कृष्ट हुने चार टोली सेमीफाइनल खेल्नेछन् । सोमबार तेस्रो स्थानको लागि सेमीफाइनलमा पराजित हुने दुई टोलीबीच स्पर्धा हुनेछ । मङ्गलबार स्वर्ण पदकको लागि स्पर्धा हुनेछ । साग पुरुष भलिबल अन्तगर्त आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार भारतसँग स्पर्धा गर्नेछ । बिहिबार पाकिस्तान र माल्दिभ्स तथा भारत र बङ्गलादेशबीच स्पर्धा हुनेछ । पुरुष भलिबलमा नेपाल, भारत र बङ्गलादेश समूह ए मा रहेको छ । समूह बी मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स रहेको छ । त्यसैगरी, ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल फिटनेश सेन्टरमा ऊशु विधाका खेलहरु शुक्रबारबाट शुरु हुनेछन् ।
नेपालले एमसीसीबिरुद्ध लर्डसमा सिरिज खेल्ने
काठमाडौंः नेपालले सन् २०२० को अगस्टमा इंग्ल्याण्डको लर्डसमा एमसीसी विरूद्ध सिरिज खेल्ने भएको छ । केहि साता अगाडी नेपालमा आएर टी–२०, एकदिवसीय र तीन दिवसिय सिरिज खेलेको एमसीसीले अब नेपाललाई लड्समा स्वागत गर्नेछ । नेपालले २४ अगस्ट अर्थात २०७७ को भदौ ८ गते एमसीसीसँग सिरिज खेल्ने भएको हो । सिरिज कस्तो हुने भन्ने एमसीसीले खुलाएको छैन । तर २०२० को क्यालेन्डरमा एमसीसीले नेपाल विरुद्धको सिरिजलाइ समावेश गरेको छ ।
सागको उद्घाटन राष्ट्रपतिले गर्ने, प्रधानमन्त्रीको विशेष सम्बोधन
काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गर्नेछन् । उद्घाटन कार्यक्रम काठमाडौंस्थित दशरथ रंगशालामा मंसिर १५ गते साँझ ३ घण्टा चल्ने राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले जनाएको छ । १० दिनसम्म चल्नेसाग काठमाडौं र पोखरासँगै जनकपुरमा सञ्चालन हुँदैछ भने सागमा ७ देशका ३ हजार खेलाडीबीच २६ खेलमा प्रतिस्पर्धा हुनेछ ।
टेष्ट सिरिजः पाकिस्तानविरुद्ध अष्ट्रेलिया इनिङ अन्तरले विजयी
काठमाडौंः पाकिस्तान बिरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया एक इनिङसहित ५ रनले विजयी भएको छ । पहिलो टेष्टमा दोस्रो इनिङमा पाकिस्तान ३ सय ३५ रनमा अलाउट हुन पुग्यो । यसअघि, उसले पहिलो इनिङ्समा २ सय ४० रन बनाएको थियो । यता अष्ट्रेलियाले भने पहिलो इनिङ्समै ५ सय ८० रन बनाउन सफल भयो । पाकिस्तानका लागि दोस्रो इनिङ्समा बाबर आजमले शतकीय इनिङ खेल्दै १ सय ४ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा मोहमद रिजवानले ९५, यासिर शाह, शन मसूदले समान ४२–४२ रनको योगदान दिए । बलिङमा अष्ट्रेलियाका लागि जोस हेजलवुडले ४, मिचेल स्टार्कले ३ विकेट लिए । अष्ट्रेलियाका लागि पहिलो इनिङ्समा मार्नस लाम्बुसानले १ सय ८५ रनको योगदान दिए । यस्तै ओपनर डेभिड वार्नरले १ सय ५४, जो बर्न्सले ९७, म्याथ्यू वेडले ६० रन बनाए । बलिङमा पाकिस्तानका यासिर शाहले सर्बाधिक ४ विकेट लिए । जीतसँगै अस्ट्रेलियाले २ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।
सन्दीपको टिमविरुद्ध पारसआवद्ध आबुधाबीको खराब सुरुवात
काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत ‘सुपर लिग’को अन्तिम खेलमा सन्दीप लामिछानेआवद्ध कर्नाटक टस्कर्सविरुद्ध पारस खड्का सम्मिलित टिम आबुधाबीले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ रोजेको आबुधाबीले पहिलो ओभरमै महत्वपूर्ण विकेट गुमाएको छ । आबुधाबीले पहिलो विकेटका रुपमा विस्फोटक ब्याट्सम्यान अभिश्का फर्नान्डोलाई ३ रनमा गुमाएको हो । उनलाई कर्नाटकका नथन रिमिङटनले ‘क्याच आउट’ गराए । ‘सुपर लिग’को अन्तिम खेलमा कर्नाटक र आबुधाबीले प्लेइङ ११ मा २–२ खेलाडी परिवर्तन गरेको छ । कर्नाटकले आज सन्दीप लामिछानेलाई विश्राम दिएको छ । उनको स्थानमा फास्ट बलर प्याट ब्राउनलाई मौका दिइएको छ । यता आबुधाबीले भने पनि आफ्नो अन्तिम खेलमा २ खेलाडी परिवर्तन गरेको छ । पछिल्ला खेलमा लगातार प्लेइङ ११ मा नपरेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई बुधाबी मौका दिएको छ । यो संस्करणको ‘प्ले अफ’मा मराठा अरबियन्ससहित कलन्दर्स, बंगला टाइगर्स र डेक्कन ग्लाडियटर्स पुगेका छन् । नर्थन वारियर्स, दिल्ली बुल्स, टिम आबुधाबी र कर्नाटक टस्कर्स भने यो सिजनको टी–१० को ‘प्लेअफ’ पुग्न असफल भए ।
कर्नाटकविरुद्ध ब्याटिङ गर्दै आबुधाबी, पारसलाई प्लेइङ ११ मा मौका
काठमाडौंः यूएईमा जारी टी–१० लिग अन्तर्गत सन्दीप लामिछानेआवद्ध कर्नाटक टस्कर्सविरुद्ध पारस खड्का सम्मिलित टिम आबुधाबीले टस जितेर ब्याटिङ रोजेको छ । ‘सुपर लिग’को अन्तिम खेलमा कर्नाटक र आबुधाबीले प्लेइङ ११ मा २–२ खेलाडी परिवर्तन गरेको छ । कर्नाटकले आज सन्दीप लामिछानेलाई विश्राम दिएको छ । उनको स्थानमा फास्ट बलर प्याट ब्राउनलाई मौका दिइएको छ । यता आबुधाबीले भने पनि आफ्नो अन्तिम खेलमा २ खेलाडी परिवर्तन गरेको छ । पछिल्ला खेलमा लगातार प्लेइङ ११ मा नपरेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई बुधाबी मौका दिएको छ । यो संस्करणको ‘प्ले अफ’मा मराठा अरबियन्ससहित कलन्दर्स, बंगला टाइगर्स र डेक्कन ग्लाडियटर्स पुगेका छन् । नर्थन वारियर्स, दिल्ली बुल्स, टिम आबुधाबी र कर्नाटक टस्कर्स भने याे सिजनकाे टी–१० काे ‘प्लेअफ’ पुग्न असफल भए ।

